३ दिन राष्ट्रिय शोक मनाइने

बाढी पहिरोले गरेको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारले असोज १५, १६ र १७ गते तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केलगत्तै हिजो बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
राष्ट्रिय शोकको समयमा सार्वजनिक विदा हुने छैन तर सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ ।
सोही बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय पनि गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।
यसअघि नै बागमती प्रदेश सरकारले बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । उक्त राहत प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई तत्कालै दिइने छ ।
–यो पनि पढ्नुहोस्

सात दलित युवा महिलालाई 'जस्ट फ्युचर्स फेलोसिप'

रसुवाको भीषण बाढीले धनजनको ठूलो क्षति

इरानको आणविक केन्द्रमाथिको हमला: नष्ट भयो, नष्ट भएन !

इरानविरुद्धको युद्धमा अमेरिका प्रत्यक्ष उत्रियो ! प्रतिवाद गर्ने इरानको चेतावनी

इरानको समर्थनमा बोले किराती

‘इन्काउन्टर’ मा तीन दिनभित्र सात माओवादी नेताको मृत्यु; अधिकार समूहद्वारा बर्ब…

फेरि मारिए माओवादीका अर्को वरिष्ठ नेता

प्रतिक्रिया