सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको निधन

बुधबार बिहान ११ बजेतिर काठमाडौंको त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा परी १८ जनाको निधन भएको छ ।

‘जहाजको इन्जिनको पूर्ण मर्मतको लागि पोखरा उडेको’ भनिएको सौर्य एयरको विमान उडेलगत्तै त्रिभुवन विमानस्थाल परिसरभित्रै दुर्घटनाग्रस्त भएको हाे। त्यसबेला जहाजमा १९ जना सवार रहेकोमा पाइलट मनिष शाक्यको मात्रै जीवित उद्धार गर्न सकिएको थियो । जहाजमा सवार सबैजना सौर्य एयरलाइन्सका इन्जिनियर तथा प्राविधिकहरु रहेको भनिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारी अनुसार सौर्य एयरलाइन्सको CRJ7  जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भएको थियो । केन्द्रले ‘तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएको’ प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ । तर प्रत्यक्षदर्शीहरुको हवाला दिँदै समाचार संस्थाहरुले भने दुर्घटनाको लगत्तै उद्धारकार्य सञ्चालन हुन नसकेको खबरहरु संप्रेषण गरेका छन् ।

जहाज दुर्घटनाको खास कारण के हो भन्नेबारे खुल्न बाँकी नै छ, त्यो अनुसन्धानबाट खुल्ने नै छ । स्मरण रहोस्, विगतमा जहाजहरु दुर्घटना हुँदा अधिकांशतः मारिएका जहाज चालक दलको ‘मानवीय त्रुटी’ देखाइने गरिएको इतिहास छ ।

तस्विर स्रोत: नेपाल प्रहरीको फेसबुक पेज

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग