पश्चिमी प्रतिबन्ध निष्प्रभावी, रुस 'उच्च आय' भएको मुलुकमा स्तरोन्नति
 
              
              
              
              
              
              
              
              
              एजेन्सी । विश्व बैंकले सोमबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय आय र्याङ्किङले रुसले पश्चिमी आर्थिक नाकाबन्दीका बाबजुद उल्लेख्य आर्थिक वृद्धि गरेको देखाएको छ । यसरी विगत डेढ वर्षदेखि युक्रेनसँग युद्धमा रहेको रुस ‘उच्च मध्यम आय’ भएको मुलुकबाट ‘उच्च आय’ भएको मुलुकमा पर्न सफल भएको हो।
यहाँनेर रोचक त के छ भने सन् २०२२ सम्म ‘निम्न मध्यम आय’ भएको मुलुकका रुपमा रहेको रुसी आक्रमणको सिकार भइरहेको युक्रेन समेत यसबिच ‘उच्च मध्यम आय’ भएको राष्ट्रमा परेको छ ।
विश्व बैंकले प्रत्येक वर्ष जुलाई १ मा यस प्रकारको वर्गीकरण अपडेट गर्दछ । अघिल्लो वर्षको प्रति व्यक्ति आयको तुलनामा गणना गरिएको वर्ष अमेरिकी डलरमा आय कति बढ्यो भनेर मापन गर्ने गरिन्छ।
‘रसियामा आर्थिक गतिविधि सन् २०२३ मा निकै भएको थियो। सैन्य सम्बन्धी गतिविधिमा ठूलो वृद्धिबाट प्रभावित यस्तो आर्थिक क्रियाकलापले व्यापारमा रिबाउन्ड ६.८ प्रतिशत, वित्तीय क्षेत्र ८.७ प्रतिशत र निर्माण ६.६ प्रतिशतले बढेको पाइन्छ’ विश्व बैंकको ब्लग पोष्टमा लेखिएको छ।
विश्व बैंकको तथ्याङ्कले दक्षिण एसिया, ल्याटिन अमेरिका र क्यारिबियनमा पनि विकासको प्रवृत्ति देखाएको छ। जबकि पश्चिम एसिया र उत्तर अफ्रिकाको अवस्था सन् १९८७ को तुलनामा २०२३ मा खराब रहेको देखिएको छ । यसको विपरीत युरोप र मध्य एसियामा ७१% उच्च वृद्धि भएको थियो। सन् १९८७ मा कम आम्दानी भएका देशहरूमा गत आर्थिक वर्षमा ६९ प्रतिशतले वृद्धि भएको थियो ।
 
            ट्रम्प–सी जिनपिङ भेटवार्तापछि व्यापारिक तनावमा शिथिलता
 
            पेन्सनको अन्त्य कि राज्यको पलायन?
 
            बजेट २०८२/८३: समाजवादलाई लात, दलाल पूँजीवादलाई साथ
 
            अमेरिकाले थालेको नयाँ व्यापार युद्ध: के हुन सक्छ असर ?
 
            अर्थमन्त्रीको देश डुबाउने आश्वासन : सिएले नोट खारेज गराएर देश उकास्ने आवश्यकता
 
            एशियाका अन्य ३० देशहरु जोड्दा पनि चीनको अर्थतन्त्र नै ठूलो !
 
            के अमेरिकाले आफूले जति चाह्यो त्यति डलर छाप्न सक्छ ?
 
             
                             
                   
                   
                   
                  
प्रतिक्रिया