जुलियन असान्ज जेल मुक्त

विकिलिक्सका जुलियन असान्ज जेल मुक्त भएका छन्। बेलायतको सबै भन्दा कडा बेलमार्श जेलमा १९०१ दिन कारागार जीवन बिताएपछि २४ जुनमा उनलाई रिहा गरिएको हो। उनलाई बेलायतको लन्डन उच्च अदालतले जमानतमा छोडेको थियो। त्यसपछि जुलियन असान्जलाई स्टैनस्टेड एयरपोटमा लगेर रिहा गरिएको थियो। उनले हिजै बेलायत छोडेर आफ्नो देश अस्ट्रेलिया तर्फ प्रस्थान गरेका छन्।

बेलायतको अदालतका अनुसार विकिलिक्सका संस्थापक जुलियन असान्ज एक समझौता अन्तर्गत अमेरिकाले उनीमाथि लगाएका तथाकथित अपराधिक आरोपहरु स्वीकार गर्नेवाला छन् र यसवापत उनलाई मुक्त रिहा गरिएको हो। यो सम्झौता अनुसार जुलियन असान्जले आफूमाथि लागेका आरोपहरु अमेरिकी मुख्य भूमिको अदालतमा नभई अस्ट्रेलिया नजिक रहेको उत्तरी मेरिना द्विपमा जुलाई २६ मा स्वीकार गर्नेछन् ।

अस्ट्रेलिया सरकारले जुलियन असान्जको मुद्दा धेरै लामो समयसम्म चलेको भन्दै चासो व्यक्त गर्न थालेको थियो। गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाईडेन आफुले अस्ट्रेलिया सरकारले जुलियन असान्ज माथि लगाइएका अभियोगहरु फिर्ता गर्न गरेको अनुरोधमाथि बिचार गरिरहेको बताएका थिए।

जुलियन असान्जले बेलायत स्थित इक्वेडरको राजदुताबासमा २०१२ देखि ७ वर्ष शरण लिएर बसेका थिए। त्यसपछि उनलाई २०१९ मा इक्वेडरको सरकारले २०१९ मा राजदुताबासमा बेलायती प्रहरी बोलाएर गिरफ्तार गराएको थियो। त्यस यता जुलियन असान्जलाई बेलायतको सबै भन्दा कठोर मानिने बेलमार्श जेलमा राखिएको थियो। सो जेलमा ५ वर्ष यता दुई मिटर चौडाई र ३ मिटर लम्बाई भएको अत्यन्त सानो कोठोरीमा दिनको २३ घण्टा सम्म थुन्ने गरिथियो।

जुलियन असान्जको संस्था विकिलिक्सले संसार भरिका सरकारहरुले गरेका युद्ध अपराध, मानव अधिकार उल्लङ्घन, भ्रस्टचारसम्बन्धी गोप्य दस्तावेजहरु प्रकाशित गर्दै आएको थियो। अमेरिकाका काला कर्तुतहरुको भण्डाफोर गरेवापत अमेरिकी सरकार उनका पछाडि टुप्पी कसेर लागेको थियो ।

image source: https://nypost.com

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग