चार सय डलरमा बेचिएको आविष्कार !

सेप्टीपीन आधुनिक जीवनको अनिवार्य हिस्सा जस्तै बनिसकेको छ। तर तपाईंलाई थाहा छयस्तो उपयोगी बस्तुको आविष्कार कसले गरेका थिए भन्ने कुरा ?

आधुनिक सेप्टीपीनको आविष्कार १८४९ मा भएको मानिन्छ। यसका आविष्कारक थिएवाल्टर हन्ट नामक व्यक्ति

भनिन्छ, उनले आफ्नो यो आविष्कारको सर्वाधिकार त्यसबेला ४०० डलरमा बेचेका थिए

त्यसो त सेप्टिपीनको प्रचलन कसरी र कहिलेदेखि शुरु भयो भन्नेबारे ठोकुवा गरेर भन्न चाहिँ सकिन्न । खासगरी, सेप्टीपीनको ‍आविष्कार मुश्लिम महिलाहरुले टाउको छोप्न प्रयोग गर्ने हिजाबलाई अड्याउनको लागि भएको पनि मानिन्छ । त्यसैले कसैकसैले त यसलाई हिजाब पीन पनि भन्ने गर्छन् । यसको उपयोग पुस्तौं अघिदेखि हुँदै आएको र त्यसको उपदेयतालाई देखेर त्यसमा क्रमश: परिमार्जन हुँदै आएको र सोही सिलसिलामा अहिले बहुउपयोगी साबित भइसकेको आधुनिक सेप्टीपीनको आविष्कार हुन पुगेको विश्वास गरिन्छ ।