गणतन्त्र ?
बडाहजुर !
तमी गणतान्त्रिक चिलगाडी चढेर
नदी तर्दै भोट माग्न आउँदा
मेरा छोराछोरी गणतान्त्रिक तुइनमा झुण्डीएर
नदी तर्दै तमकनी भोट हाल्न जादा
बडाहजुर यसो गणतन्त्रको सिंदुरे उत्सव
हजुरै मनाइ बक्सेला !
बडाहजुर !
तमकनी जरा आया
गणतान्त्रिक चिलगाडी चढी
बिदेश दवाइ हर्न जादा
मेरा छोराछोरी जरा आया
सिटामोल नपाई गणतान्त्रिक चिहान जादा
बडाहजुर यसो गणतन्त्रको फूलमाला
हजुरै लगाइ बक्सेला।
बडाहजुर !
तमी गणतान्त्रिक सरकार बनाइ
देश लूट्याको पैसा भर्न विदेश जादा
बडाहजुर!
जसका रगतपसिनाले गणतन्त्र ल्यायो
उनीहरु शरीरभरी गणतान्त्रिक छर्रा बोकी
खाडी मुलुक उट चराउन जादा ।
बडाहजुर
यसो जोकरनाच गणतन्त्र
यसो गोटीनाच गणतन्त्र
हजुरकाई रातागादी राखीबक्सेला ।
बडाहजुर
हामीलाई मोड होइन
बाटो बदल्नु छ ।
(नोट:- जरा = ज्वरो )
प्रतिक्रिया