प्रधानमन्त्री दाहाललाई फेरि विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट फेरि विश्वासको मत प्राप्त गरेका छन् ।
गत २०७९ पुस १० गते प्रधानमन्त्री पद सम्हाले यता उनले १६ महिनाको अवधिभित्र चौथो पटक पुनः विश्वासको मत प्राप्त गरेका हुन् ।
जेठ ६ गते भएको मतदानमा जम्मा १५८ जना सांसदहरु सहभागी भएका थिए । तीमध्ये एकजनाले मत दिन्न भनी तटस्थ बसेका थिए भने बाँकी १५७ जनाले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेका थिए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले भने मतदानको क्रममा नाराबाजी र विरोध प्रदर्शन गरेका थिए ।
उनीहरुल सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहभागिताका बारेमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि संसदीय छानविन समितिको माग गर्दै विगत लामो समयदेखि संसदमा विरोध प्रदर्शन तथा अवरोध गर्दै आइरहेका छन् । कांग्रेसको भनाइमा सत्ताको आडमा उनीविरुद्ध सही र तथ्यपरक छानविन राज्यले गरिरहेको छैन ।
केही दिनअघि सत्ता गठबन्धनका एक घटक जनता समाजवादी नेपाल पार्टी फुटेर सरकारबाट बाहिरिपछि र सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन् । नेपालको संवैधानिक प्रावधानअनुसार कसैले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा २० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
यसअघि प्रधानमन्त्री दाहाले २०७९ पुसमा २६ गते (पक्ष २६८, विपक्ष २), २०७९ चैत ६ गते (पक्ष १७२, विपक्ष ८९, तटस्थ १), २०८० फागनु ३० गते (पक्ष १५७, विपष ११०, तटस्थ १) विश्वासको मत लिएका थिए ।
संसदमा ३२ सीट रहेको नेकपा माओवादीका अध्यक्ष प्रचण्डले समय समयमा फेरबदल भइरहने गठबन्धनको सहारामा सत्ता सञ्चालन गरिरहेका छन् । यहीकारण गठबन्धनमा फेरबदल आउनेबित्तिकै उनले पुनः विश्वासको मत लिनु परेको हो । यसरी १६ महिनाको छोटो समयमै चौथो पटक विश्वासको मत लिनुपर्ने प्रधानमन्त्री प्रचण्डको बाध्यताले नेपाली राजनीतिको अत्यन्तै अस्थीर र ढलपल चरित्रलाई प्रदर्शित गर्दछ ।
हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
प्रतिक्रिया