न्यायधर्मिता र मृत्युको वजन

उहिलेको कुरा हो, ईसा पुर्व ९९ को । चीनको उत्तरी सिमा क्षेत्रमा चिनियाँ शाही सेनाले विद्रोहीसंग आत्मसमर्पण गर्यो । दरबारको निम्ति यो दुखद खबर थियो र सम्राट रीसले आगो भए । भारदारहरुले सम्राटको बोलीमा लोली मिलाउन शुरु गरी हाले । भारदारहरुमा एक जना नयाँ रिकुटे सदस्य थिए, सिमा छियान । उनी थिए सत्यको रक्षा गर्नु पर्दा एन्टी करेण्टमा बग्न जोखाना हेर्नु नपर्ने । यस घटना बारे उनले भारदारी सभामा आफ्नो दलिल पेश गर्दै पराजित सैनिक जर्नेलको पक्षमा चट्टानी अडानमा उत्रिए । 'यी मान्छे बडो साहसी र शुरबीर हुन् । उनले ठूला ठूला लडाइँ जितेका छन् र किर्तिमान राखेका छन् । उनी विलक्षण प्रतिभाका धनी हुन्, ठिनेमिने होइनन् । यी भारदार भनेका त आफ्नो र आफ्ना परिवारको लाध्रो भर्न हिरिक्क हुने गैवार हुन् । यिनीहरु अर्काको एउटा सानो गल्तीलाई तिलको पहाड बनाउँछन् । यिनको चालामाला देखेर मेरो मन कटक्क काटिएको छ ।'

भारदारहरुमा एक जना नयाँ रिकुटे सदस्य थिए, सिमा छियान । उनी थिए सत्यको रक्षा गर्नु पर्दा एन्टी करेण्टमा बग्न जोखाना हेर्नु नपर्ने । यस घटना बारे उनले भारदारी सभामा आफ्नो दलिल पेश गर्दै पराजित सैनिक जर्नेलको पक्षमा चट्टानी अडानमा उत्रिए ।

सभाले फैसला गर्यो, जर्नेलले आत्मसमर्पण गर्न लगाएर गद्दारी गरे । सिमा छियानले पनि त्यस्ता गद्दारको प्रतिरक्षा गरेर अर्को गद्दारी गरे ।

सिमा छियानको समेत बचाउमा एकै जना अघि सरेनन् । न कुनै साथि न त कुनै सहयोद्धाले उनको पक्षमा चुइँक्क सम्म बोले । उनलाई गिरफ्तार गरियो र दिनसम्म सास्ती दिइयो । अन्ततः उनको विपक्षमा के फैसला सुनाइयो भने या त उनले मृत्युदण्ड रोज्नु पर्छ या त बन्ध्याकरण/खसी पार्ने - रोजी उनैको ।

सिमा छियानको जमानामा त्यस्ता दण्डमध्ये कुन चाहिँ रोज्ने सजिलो थिएन । जीवनको मोह कसलाई हुँदैन र ?! बन्ध्याकरण ?! यो त यति ठूलो कलंक हो जोसंग संगसंगै बाच्नु भनेको त मरेतुल्यभन्दा पनि खराब । प्राय: गरेर यो तहका दोषीहरु मृत्युदण्ड नै रोज्ने गर्दथे । सिमा छियानले भने बन्ध्याकरण रोजे ।

बन्ध्याकरण ?! यो त यति ठूलो कलंक हो जोसंग संगसंगै बाच्नु भनेको त मरेतुल्यभन्दा पनि खराब । प्राय: गरेर यो तहका दोषीहरु मृत्युदण्ड नै रोज्ने गर्दथे । सिमा छियानले भने बन्ध्याकरण रोजे ।

उनि भावी सन्तानको निम्ति इतिहास लेख्न अभिशप्त थिए । शायद नियति नै यहीं थियो - उनको विवेकले उनलाई त्यतैतिर उद्विग्न गराउँथ्यो । फेरि इतिहास लेखन उनको पुर्खौली काम भने पनि हुन्छ । उनका पिता आफैँ दरबारका नामुद इतिहासकार पनि हुन् । मृत्युशैयामा सुतिरहेका उनका बुवाले समा छियानलाई भनेका थिए, 'छोरा तिमीले मैले थालेको अधुरो काम पूरा गर्नु ।' छोराले हुन्छ भनेर कसम खाइसकेका थिए । सिमा छियनले यसै कारणले पनि बन्ध्याकरण रोज्नु परेको थियो ।

बन्ध्याकरणको शारीरिक पीडा त भयानक छँदै थियो, त्यस पछि पनि कतिपय त घाऊमा संक्रमण भएर मर्दथे । त्यसबाट बचेकाहरु कलंक र मानमर्दनले गर्दा रेशमी किराको कोकुनमा झैं बाँकी जीवन बिताउथे - एकलास र परित्यक्त ।

सिमा छियानले चुपचाप मृत्युको प्रतीक्षा गरेनन् । उनि अहोरात्र चिनियाँ इतिहासको लेखनमा मरिमेटेर लागे ।

The Records of the Grand Historian. Image source: wikipedia

सिमा छियानले नियतिको आफ्नो लहरीप्रति कुनै गुनासो गरेनन् बरु त्यसका परिणामप्रति आशावादी भाव राख्दथे । पछि उनले के पनि लेखेका छन् भने 'यति कष्ट झेलेर भए पनि आफ्नो कृति पछि गाउँ गाउँ र ठुला ठुला शहरमा पुगेछ भने म आफूलाई धन्य ठान्ने छु ।' उनले आफ्ना बुवासंग गरेको कबुल पुरा गरे । उनले त्यसलाई The Records of the Grand Historian मा लिपिवद्ध गरे । यो कृति उबेलाको चीनलाई चिहाउने अनुपम कृति हो, चिनियाँहरु र चिनियाँ इतिहासका पारखीहरु जो कोहीको निम्ति पनि । अधम शासक आएपछि कसरी चीनमा वंशको पतन भयो र इतिहासमा त्यसको शिक्षा जान्न चाहनेहरु निम्ति उनी निक्कै ठूलो श्रोत व्यक्ति हुन् ।

इतिहास उत्खनन गर्ने क्रममा उनले आफूभन्दा १००० वर्ष अगाडिको एउटा प्रसंग पनि उल्लेख गरेका छन् ।

कुरो शंग वंशको हो । 'सम्राट चाउको मिजास संकी थियो । उनि कुसाग्रबुद्धिका थिए । अरुभन्दा उनि भुसतिघ्रे/बलवान थिए । नाङ्गै हातले डरमर्दा जंगली जीवसंग उनि लाप्पा खेल्न पछि पर्दैनथे । उनि कसैलाई पनि तृण बराबर पनि गन्दैनथे । जड्याहा थिए । रंगरंगीलामा लिप्त । स्त्रीलम्पट । ...

आफ्ना सांगीतिक उस्तादलाई नयाँ नयाँ कामुक संगीत भर्न र घीनलाग्दा गीत गाउन लगाउँथे । दरबारमा मदिराको सानो सानो पोखरी नै हुन्थ्यो । मासुको सुकुटी हेर्दा मानौ जंगलै सुकाको जस्तो हुन्थ्यो । महिलाहरुलाई निर्वस्त्र पार्थे र घरि एउटी घरि अर्की घिसार्थे । रातभरि जसो मदिरा धोक्थे ।

 

यी उनै सिमा छियान हुन् जसको प्रसिद्ध भनाइ 'मानिसको एक पटक मात्रै मृत्यु हुन्छ, तर त्यो दुई खाले हुन्छ... ’लाई माओ चतुङ्गले आफ्नो संक्षिप्त लेख 'जनताको सेवा गर !' मा उद्धृत गरेका छन् ।

 

सम्राटका आलोचक नभएका होइनन् । तर तिनलाई उनी किमा बनाइदिन्थे । आफ्नो मान मनितो र मर्यादा नगर्ने कुलिनहरुलाई जिउदै सेकुवा पोले झैं पोल्थे ।'

यी उनै सिमा छियान हुन् जसको तलको प्रसिद्ध भनाइ माओ चतुङ्गले आफ्नो संक्षिप्त लेख 'जनताको सेवा गर !' मा उद्धृत गरेका छन् :

'मानिसको एक पटक मात्रै मृत्यु हुन्छ, तर त्यो दुई खाले हुन्छ । एउटा मृत्यु थाई पहाडभन्दा गह्रुङ्गो हुन्छ भने अर्को कुखुराको प्वाँख भन्दा हलुङ्गो । मानिसले कस्तो मृत्यु वरण गर्छ भन्ने कुरा ऊ कसरी व्यवहार गर्छ भन्ने कुरामा भर गर्छ ।'

वास्तवमै उनि महान चिनियाँ इतिहासकार हुन् ।

Title Photo: https://en.wikipedia.org