बाथरुममा गाउँदा किन हाम्रो स्वर राम्रो सुनिन्छ ?

धेरै मानिस नुहाउँदा वा लुगा धुँदा बाथरुममा बसेर गुन्गुनाउने वा गाउने गर्छन् । तर धेरै कमले मात्र याद गर्ने गर्छन्, अरु ठाउँमा भन्दा बाथरुममा गाउँदा हाम्रो स्वर राम्रो सुनिन्छ ।यस्तो किन हुन्छ होला ?

 यसरी राम्रो सुनिनुको पनि आफ्नै कारण छ ।

विशेष गरेर हाम्रो बाथरुम अन्य कोठाहरुको तुलनामा निकै साना हुन्छन् । यिनीहरुको भित्ता पनि चिल्लो बनाइएको हुन्छ । सानो ठाउँ, अझ त्यसमाथि पनि चिल्लो भित्ता । यसले हाम्रो अवाजलाई थर्काउँछ । हामीले एउटै आवाज धेरै पटकसम्म सुन्न सक्छौँ । यसलाई हामी इको (Echo) भन्छौं । यसै कारणले हाम्रो स्वर बाथरुममा निकै राम्रो सुनिन्छ ।

बाथरुममा मात्र होइन । जुनसुकै साना कोठा र चिल्लो र खाली भित्ता भएका कोठाहरुमा हाम्रो आवाज खुल्ला ठाउँभन्दा निकै राम्रो सुनिन्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।