सर्पले आफ्नो जिब्रो किन हल्लाउने गर्छ ?

सर्प, यो सुन्ने बित्तिकै एकपटक सबैलाई डर लाग्न सक्छ । किन नलागोस् पनि, विषालु सर्पले टोक्यो भने शरीरमा विष पस्छ, त्यसरी पसेको विषले जोसुकैलाई पनि मार्न सक्छ । सर्पको एउटा अनौठो बानी हुन्छ । यसलाई नियालेर हेर्ने हो भने जहिले पनि आफ्नो जिब्रो बाहिर निकालेर हल्लाउने गर्छ । आखिर यसले यस्तो किन गर्छ त ?

वास्तवमा सर्पले मात्र नभएर अरु घस्रने जीवहरुले पनि यसै गरी आफ्नो जिब्रो बाहिर निकालेर हल्लाउने गर्छ ।  यिनीहरुले यसो गर्नुको प्रमुख कारण भनेको आफ्नो खानेकुराको गन्ध पत्ता लगाउनु हो । छेपारो, भित्ती आदिले पनि यसै गरी आफ्नो आहारको गन्ध पत्ता लगाउने गर्छन् । उनीहरु  आफ्नो जिब्रोको मद्दतले सुघ्ने गर्छन् । घस्रने जीवहरुमा गन्ध पत्ता लगाउने अंग जिब्रोमा हुन्छ । यसलाई ज्याकोबसन अंग पनि भनिन्छ । उनीहरुले जिब्रो हावामा हल्लाउँदा हावाको कणलाई ग्रहण गर्ने गर्छन् । त्यो कण ज्याकोबसन अंगमा पुगेपछिसायनिक परक्षणको क्रिया सम्पन्न हुने गर्छ । यदि त्यहाँ कुनै जनवारको गन्ध छ भने त्यस अंगले तुरुन्तै पत्ता लगाउने गर्छ । यसरी जिब्रोबाट लिएको गन्धको आधारमा सर्पले आफ छेउछाउ भएको हरेक जनवारबारे थाहा पाउन सक्छ । यदि आफ्नो छेउमा कुनै आहरा छ भने त्यसलाई तुरुन्त झम्टेर  खाने गर्छ । भाइपर नामक सर्पले मुसाको शिकार गर्न त्यसलाई पछ्याउनको लागि पनि यसो गर्ने गर्छ ।

यसरी सर्पहरु लगायत सरिसृप वर्गका अधिकांश प्राणीहरुले जिब्रोको प्रयोग सुघ्न र आफ्नो आहार पत्ता लगाउने काममा प्रयोग गर्ने गर्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।