के हो बिरालो ?

शीर्षक मात्रै पढ्दा पक्कै पनि तपाईंलाई झनक्क रिस वा हाँसो उठ्यो होला । कतै यस्तो वाहियात प्रश्न पनि सोध्ने हो । किनभने बिरालो भनेको हाम्रो घर छेउछाउमा बस्ने सानो र प्यारो प्राणी भनेर हामीलाई थाहा छ । तर पख्ननोस्, तपाईं हामीले घर वरिपरि देखेका प्राणी मात्रै विरालो होइन । वास्तवमा विरालो एउटा खास प्राणी मात्र नभएर यो त प्राणीहरुको समूहको नाम हो ।

यो समहभित्र ती स–साना प्राणी मात्र नभएर अझ धेरै र ठला प्राणीहरु पनि पर्दछन् । बिरालोको समहभित्र ठला सिंहदेखि लिएर साना घरमा पालिने बिरालो पनि पर्दछ । सबै बिरालाहरुमा एउटा समानता पाइन्छ । त्यो समानता हो– तिनीहरु सबै मांसाहारी हुन्छन् र तिनीहरुको सिकारलाई पक्रने तरिका पनि करिब करिब एउटै हुन्छ । घरमा पालेको बिरालोले मुसा मार्ने तरिका र जंगलमा बस्ने बाघले मृगलाई मार्ने तरिका लगभग उस्तै हुन्छ ।

बिरालो समहका प्राणी पनि हामी मानिस जस्तै स्तनधारी प्राणीको समूहमा पर्दछ । अहिले यिनीहरुका ३५ प्रजातिहरु अन्टार्टिका, अस्ट्रेलिया–एसिया र मडागास्कर बाहेक संसारका प्रायः सबै भागमा बस्ने गर्छन् । बाघ, हिउँचितुवा, ज्यागुवर, सिंह, चिता, चितुवा दि ठला बिरालाहरु हुन् । साना बिरालोहरुमा बबक्याट, लिङ्क्स्, ओसियोट, प्यमा आदि प्रजातिका बिरालाहरु पर्दछन् । सबैभन्दा सानो बिरालो भने दक्षिण अफ्रिकामा पाइने कालो खुट्टा भएको बिरालो हो । यो करिब ३३–५० सेन्टिमिटर लामो मात्र हुने गर्छ । यसको पुच्छर पनि १५ सेन्टिमिटर लामो मात्रै हुन्छ ।

बिरालोको जीउ एकदमै लचिलो हुने गर्छ । घरमा पालिने बिरालोको शरीरमा २३० वटा भन्दा धेरै हाडहरु हुन्छन् । तिनीहरुको हामी मानिसभन्दा पनि धेरै हाडहरु हुने गर्छन् । तिनीहरुको मांशपेशी पनि शक्तिशाली हुन्छन् । त्यही भएर तिनीहरु सजिलै उफ्रन र कुद्न सक्छन् । तिनीहरुको पुच्छरले सन्तुलन कायम गर्न मद्दत गर्छ । त्यही भएर धेरै माथिबाट खस्दा पनि बिरालोलाई चोटपटक लाग्दैन । तिनीहरुको पञ्जामा तिखो नङहरु हुन्छन्, जसलाई हामी नङ्ग्रा भन्दछौं । त्यसको मद्दतले तिनीहरु सजिलैसँग सिकार पक्रन सफल हुन्छन् । ठूला बिरालाहरुले चाहिँ नङ्ग्राका साथै शिकार पक्रन धेरैजसो दाँतको पनि प्रयोग गर्ने गर्छ । सिकार नगरेको बेला भने ती नहरुको धार नजाओस् भनेर तिनीहरुलाई खुम्चाएर पञ्जाभित्र नै लुकाउने गर्छन् । बेलाबेलामा उनीहरुले आफ्नो नङलाई रुखमा कोतरेर तीखो बनाउने काम गर्छ ।

बिरालो समूहका प्राणीको अति तेजिलो आँखा र संवेदनशील कान हुन्छ । त्यसले रातको अन्धकारमा पनि देख्न सक्छ । त्यसले आफ्नो दुइटै कान भिन्न भिन्न दिशामा हल्लाउन सक्छ । त्यसो गरेर त्यसले विभिन्न दिशाहरुबाट आएका आवाजहरु सजिलै सुन्न सक्छ । घरपालुवा र जंगली बिरालोहरु गन्धको मद्दतले आफ्नो सीमाक्षेत्र छुट्याउने गर्छन् । तिनीहरुको जुङ्गा पनि अति संवेदनशील हुन्छन् । त्यसको मद्दतले उनीहरु अँध्यारोमा बाटो पत्ता लगाउने गर्छन् ।

मानिसले निक्कै लामो समयदेखि नै बिरालोलाई घरमा पाल्दै आएका छन् । छोटो कपाल भएका अफ्रिकी जंगली बिरालोलाई प्राचीन इजिप्टका मानिसहरुले पाल्न सुरु गरेका थिए । लामो कपाल भएको घरपालुवा बिरालोको पुर्खा भने एसियाका जंगली बिरालोहरु हुन् । बिरालोले मुसालाई मार्ने हुँदा तिनीहरुलाई पाल्न थालियो । उता प्राचीन कालमा इजिप्टमा बिरालोलाई वास्ट देवीको रुप मानिन्थ्यो र तिनको  पजा समेत गरिन्थ्यो । कहिले काँही त तिनीहरुलाई विरालोको मालिकको लाससँग ममी समेत बनाएर राखिइन्थ्यो

संसारमा अहिले ४० प्रकारका घरपालुवा बिरालाहरु छन् । तिनीहरुका विभिन्न खाले रौं, रंग र बनावट भएकाहरु छन् । लामो कपाल भएका घरपालुवा बिरालाहरुमा पर्सियन, मेयन कुन आदि जातका बिरालोहरु पर्छन् । छोटो कपाल भएका घरपालुवा बिरालोहरु भने अब्सिनियन, ब्रिटिस आदि बिरालोहरु हुन् । स्फिङ्क्स् नामक जातका बिरालोहरु चाहिँ कपाल नै नभएका बिरालोहरुमा पर्छन् ।

आज बिरालो संसारकै सबैभन्दा बढी पालिने घरपालुवा जनवारहरु मध्ये एक हो । कुकरभन्दा तिनीहरु आत्मनिर्भर भएपनि तिनीहरुलाई आफ्नो मालिकको माया र स्नेहको जरुरत पर्छ । तिनीहरुलाई नियमित समयमा खाना र पानी पनि चाहिन्छ । समय समयमा तिनीहरुलाई नुहाइदिनु पनि जरुरी हुन्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।