अन्तर्राष्ट्रिय खुशी दिवस: फिनल्याण्ड सातौं पटक प्रथम, नेपाल ९३ औ स्थानमा !

अन्तर्राष्ट्रिय खुशी दिवस  हरेक वर्ष २० मार्चको दिन मनाइने गरिन्छ। यसको नाम बाटै थाहा हुन्छ अन्तर्राष्ट्रिय खुशी दिवस खुशी हुने दिन हो। किनकि खुशी मानिसको एउटा मौलिक लक्ष्य हो। संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय खुशी दिवस पहिलो पटक २०१३ मा  मनाएको थियो।

संयुक्त राष्ट्रसंघको  वेबसाइटका अनुसार, संयुक्त राष्ट्रसंघ यो मौलिक लक्ष्यलाई पहिचान गर्छ र आर्थक विकासका लागि अरु समावेशी, न्यायसंगत र सन्तुलित दृष्टिकोणको लागि आवहान गर्छ जसले सबै जनाको खुशी र हितलाई बढावा दिन्छ। यसको अतिरिक्त संयुक्त राष्ट्रसंघले अलग-अलग देशहरुलाई आफ्ना नागरिकहरुको खुशीको लागी ठाउ बनाउन आग्रह गर्दछ।

सरकारहरु र अन्तर्राष्ट्रिय संगठनहरुले यस्तो स्थितिमा लगानी गर्नु पर्छ जसले मानवाधिकारहरुलाई कायम राख्तै १७ वटा दिगो विकासका लक्ष्यहरु जस्तै नीतिगत ढाँचामा भलाइ र पर्यावरणीय आयामहरुलाई पनि समावेश गरी खुशियालीलाई सहयोग गरुन्। शान्ति र सामाजिक व्यवस्था कायम राख्नको साथै साथै करको क्षेत्रमा, कानुनी संस्थानहरु र सार्वजनिक सेवाहरुको वितरणको क्षेत्रमा सरकारहरुको प्रभावशिलता, औसत जीवनको  संतुष्टिसंग जोडिएको हुन्छ।

संयुक्त राष्ट्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ कि उसले कुनै पनि उमेरको व्यक्ति, साथै हरेक व्यवसाय र सरकारलाई अन्तर्राष्ट्रिय खुशियाली दिवसको लागि आमन्त्रण गर्दछ।

अन्तर्राष्ट्रिय खुशियाली दिवसले मानिसहरुलाई यो विचार गर्न प्रोत्साहित गर्दछ कि खुशी पाउने थुप्रै तरिका हुन्छन्। त्यसमा अरुसंगको सार्थक सम्बन्ध, राम्रो मानसिक स्वास्थ्य र आत्म-संतुष्टि सामेल छन्। यो दिनलाई मानिसहरु र संगठनहरुद्वारा आफ्नो र आफ्नो समुदायहरुको खुशीका मानकहरु बढाउनमा ध्यान केन्द्रित गर्ने आवहानको रुपमा मनाइन्छ। यदि हामीले खुशीलाई स्वीकार गर्यौं र यसलाई प्राथमिकता दियौं भने हामी संसारका सबैको लागि अरु खुशियाली र अरु सन्तोषजनक ठाउ बनाउन सक्छौ।

अन्तर्राष्ट्रिय खुशी दिवसको इतिहास

संयुक्त राष्ट्रसंघको महासभाले १२ जुलाई २०१२ को आफ्नो प्रस्ताव ६६/२८१ मा संसारभरका मानिसहरुको जीवनमा सार्वभौमिक लक्ष्यहरु र आकांक्षाहरुको रुपमा खुशी र भलाइको प्रासंगिकतालाई मान्यता दिदै २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवस घोषित गर्‍यो। सार्वजनिक नीति उद्देश्यहरुमा आर्थिक विकासको लागि बढी समावेशी, न्यायसंगत र सन्तुलित दृष्टिकोणको आवश्यकतालाई पनि पहिचान गरिएको छ। जसले दिगो विकास, गरिवी उन्मुलन, खुशी र सबै मानिसहरुको भलाइलाई बढावा दिन्छ।

यो प्रस्ताव भूटानद्वारा सुरु गरिएको थियो। एउटा त्यस्तो देश जसले १९७० को दशकको सुरुवातबाटै राष्ट्रिय आयमा राष्ट्रिय खुशीको मूल्यलाई मान्यता दिएको थियो। साथै कुल राष्ट्रिय उत्पादन भन्दा कुल राष्ट्रिय खुशीको लक्ष्यलाई अपनाएको थियो। भूटानले संयुक्त राष्ट्र संघ महासभाको ६६ औ सत्रमा "खुशी र कल्याण: एक नया आर्थिक प्रतिमानको परिभाषा" माथि एउटा उच्च स्तरीय बैठक आयोजना गरेको थियो।

आज, २० मार्चमा संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको विश्व खुशियाली रिपोर्टमा फिनल्याण्ड लगातार सातौं पटक संसारको सबैभन्दा खुशी देश बनेको छ। खुशियाली सूचकांकमा नेपाल ९३ औ स्थानमा छ। जबकि भारत १२६ स्थानमा रहेको छ।

नॉर्डिक देशहरुले खुशी देशहरुको सुचीमा आफ्नो स्थान कायम राखेका छन्। डेनमार्क, आइसल्याण्ड र स्वीडेन फिनल्याण्डभन्दा पछाडि छन्।

२०२० मा तालिवानको नियन्त्रणमा आएपछि मानवीय तबाहीबाट त्रसित अफगानिस्तान, यो सर्वेक्षणमा सामेल १४३ देशहरुमध्ये सबै भन्दा अन्तिममा रहेको छ।

यो रिपोर्ट प्रकासित हुन् थालेको एक दशक भन्दा बढी समयमा पहिलो पटक अमेरिका र जर्मनी संसारका २० सबै भन्दा खुशी देशहरु भित्र परेनन्। अमेरिका र जर्मनी २३ औ र २४ स्थानमा रहेका छन्।

श्रोत:- डाउन टु अर्थ

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग