निर्जन टापुमा एक्लै बस्ने रबिन्सन क्रुसो !

समाजबाट अलग–थलग बस्ने, समाजमा हेलेमेल गर्न नरुचाउने मान्छेलाई भन्ने गरिन्छ–कस्तो रबिन्सन क्रुसो जस्तो मान्छे । तर के तपाइलाई थाहा छ– रबिन्सन क्रुसो को हुन् ? र, उनी किन प्रख्यात भए भन्ने करा ?

रबिन्सन क्रुसो वास्तवमा सुप्रसिद्ध कथाकार डेनियल डीफोको उपन्यास ‘रबिन्सन क्रुसो’ का कथा–नायक हुन् । डीफोको उक्त उपन्यास एक नाविकले भोगेको साँचो घटनामा आधारित थियो । अलेक्जेण्डर सेल्कर्क नाम गरेका एक नाविकलाई उनको जहजको कप्तानले प्रशान्त महासागरस्थित एउटा टापुमा एक्लै छोडीदिएका थिए । उनलाई त्यसरी उक्त टापुमा छोड्नुको कारण चाँहि, उनले जहाजमा विद्रोह गर्न उस्काएकोले थियो । त्यो निर्जन टापुमा ती नाविकले कयौ वर्ष एकलै विताएका थिए । कतै कतै चाँहि उनले उक्त टापुमा सन् १७०४ देखि १७०९ सम्म चार वर्ष मात्र विताएको उल्लेख भएको पाइन्छ ।

    भनिन्छ, धेरै वर्ष पछि समुद्रयात्रीहरुले जव रविन्सनको क्रुसोलाई भेट्टाए, त्यसवेला उनी एकदमै जंगली स्वभावका बनिसकेका थिए । मान्छे र आधुनिक समाजसंग पूरै सम्पर्क विच्छेद भएको कारण उनले मान्छेको वोली राम्ररी बोल्न पनि बिर्सिसकेका थिए । यो कुराले प्रष्टै देखाएको छ भने– निर्जन ठाउमा आधुनिक र पूर्ण विकसित मान्छे समेत मान्छे नै भएर बाँच्न सक्दैन ।

जे होस्, त्यसरी निर्जन टापूमा एक्लै चार वर्ष विताएकोले नै रविन्सन क्रुसो नामका ती पात्र विश्व प्रख्यात  र अमर बन्न पुगे भने तिनै रबिन्सन क्रुसो नाममा एक टापुको नामाकरण समेत गरिएको छ ।

https://www.chile.travel

प्रशान्त महासागरमा चिलीदेखि ६४० किलोमिटर पश्चिममा तीनवटा टापुहरुको एउटा समुह छ । उक्त टापुहरुको समुहलाई १६ औं शताब्दीमा फ्रान्सका एकजना खोजी नाविक हुआँ फर्नाण्देजले पत्त लगाएका थिए । जम्म १५० वर्ग किलोमिटर क्षेत्रफल  रहेको उक्त टापू समुह तिनै नाविक फर्नाण्देजले नामले चिनिन्छ ।

अहिले चिलीको अधिनमा रहेको सो ज्वालामुखी टापु समुहको सबैभन्दा ठुलो टापुको नाम नै रबिन्सन क्रुसो राखिएको छ । सो टापु समुहका अन्य दुई टापुको नाम चाँहि शान्त क्लारा र अलेक्जाद्रो सेल्कर्क रहेको छ ।

यो टापु अहिले लोकप्रिय पर्यटन केन्द्रको रुपमा विकास भएको छ । यहाँ हाइकिङ, डाइभिङ, वन्यजन्तु अवलोकन र विभिन्न ऐतिहासिक स्थलहरुको अवलोकन भ्रमणको लागि चर्चित मानिन्छ । यस टापुको मुख्य शहर सान हुआ बाउटिस्टा हो ।