केही रोचक रमाइला तथ्यहरु

ह्वेल माछा पछाडिपट्टि तैरिन सक्दैन । टारन्टुला जातिको माकुरोले जालो बुन्दैन । गोहीले चपाउन सक्दैन । संसारकै सबैभन्दा सानो मानिने चरा हमिङ बर्ड चाहिँ हिँड्न सक्दैन, यो जमीनमा उफ्रन्छ ।

आफ्नो शरीरको तुलनामा सबैभन्दा ठूलो मस्तिष्क भएको जीव कमिलालाई मानिन्छ ।

केरा वा स्याउसँगै सुन्तलालाई राखिदियो भने त्यो सुन्तला चाँडो पाक्छ । यसो हुनुको कारण, केरा वा स्याउबाट निस्कने एक खास ग्याँसलाई मानिन्छ ।

जर्मनीका कुख्यात तानाशाह हिटलरले लाखौं मानिसहरुको हत्या गराएका थिए । यस्ता हिंस्रक र रक्तपिपासु तानाशाह हिटलर आफैं चाहिँ शुद्ध शाकाहारी थिए ।

मरुभूमिको जहाज मानिने ऊँटको सबैभन्दा ठूलो निर्यातकर्ता राष्ट्र अस्ट्रेलिया हो ।

अस्ट्रेलियामा बाँदर पाइँदैन । त्यहाँ बाँदर हेर्नको लागि चिडियाखाना नै जानुपर्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।