निषेधको राजनीति गलतः शान्तिपूर्ण संघर्षमा दमन गरिए प्रतिरोध गरिनुपर्छ – डा. बाबुराम भट्टराई (भिडियोसहित)
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले लादेको निषेधलाई तोडेर सडकमा उत्रिनुपर्ने बताएका छन् ।
माघ २ गते शान्तिबाटिका, रत्नपार्कमा आयोजित ‘लोकतन्त्रमा निषेधको राजनीतिः नागरिक बहस’ कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
त्यस अवसरमा उनले सरकारमा बस्दैमा सडकमा उत्रेर बोल्न हुन्न भन्ने कुरा संसारमा कहीँ कतै नभएको बताउँदै सत्ता, सडक, सदन सबैतिरबाट आवाज उठाउनुपर्ने बताए । सरकारमा आफ्नै पार्टी छ भने पनि गलत कामको विरोध गर्न पाइने बताउँदै निरंकुश शासकहरुले जस्तै अहिले पनि सडकलाई निषेध गरिएको कुराले आफूलाई चिन्तित बनाएको जनाए । समाज र राज्य रहेसम्म ठीक र बेठीकको लडाइँ भइरहेने उल्लेख गर्दै डा. भट्टराईले राजनीतिमा ठीक र बेठीकको लडाइँ चलिरहने बताए । त्यसका विरुद्धको लडाइँमा ठीको पक्षमा उभिनुपर्ने जनाउँदै उनले त्यसको विरुदध्को संघर्ष कस्तो हुने भन्ने बारे कुनै सुत्र नहुने पनि बताए । शान्तिपूर्ण संघर्षलाई दमन गर्न आए प्रतिरोध गरिनुपर्छ भन्दै डा. भट्टराईले त्यो प्रतिरोध गर्ने जनताको अधिकार हो भनी बताए ।
अहिलेको सरकारले वानेश्वर, माइतीघर, शान्तिबाटिका लगायतका क्षेत्रमा निषेध गरेर नागरिकको आवाज छेक्न खोजेको भन्दै डा. भट्टराईले त्यसलाई तोड्न अघि बढ्न आव्हान गरे । सडक, खुलामञ्चहरु जनताको रहेको र त्यसलाई कब्जा गरेर जनताले सत्ताधारीहरुलाई पाठ सिकाउनुपर्ने उल्लेख गरे ।
त्यसअवसरमा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल, राष्ट्रिय स्वतन्त्रता पार्टी नेपालका नेता प्रा.डा. चन्दा कार्की, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका धनकुमारी सुनारले पनि आफ्नो धारणा राखेका थिए । त्यसैगरी, न्यायको माग गर्दै आन्दोलनरत–अनसनरत तथा संघर्षरतहरुले पनि त्यस अवसरमा बोलका थिए । त्यस क्रममा दाइजोको प्रताडना दिई हत्या गरिएका घटनामा न्यायको माग गर्दै २४३ दिनभन्दा बढी समयदेखि अनसनरत आरती शाहका भाइ, न्यायाधीशबाट आफूमाथि बलात्कार भएको भन्दै न्यायको माग गरिरहेका आरती र सेनाबाट आफू पीडित भएको र क्षतिपूर्ति नपाएको भन्दै संघर्षरत घले तथा मिटर व्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समिति परिवारका प्रतिनिधिले पनि बोलेका थिए ।
उक्त कार्यक्रमलाई वृहत् नागरिक आन्दोलनले सक्रियतापूर्वक सहयोग गरेको थियो भने कार्यक्रममा आन्दोलनको तर्फबाट व्यानर समेत राखिएको थियो ।कार्यक्रमको सञ्चालन नागरिक अभियन्ता शिशिर उप्रेतीले गरेका थिए ।
हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
प्रतिक्रिया