ढल्यो नेपाली पत्रकारिताको बटवृक्ष !

 

नेपाली पत्रकारिताका बटवृक्ष वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन भएको छ ।

हिजो सोमबार बिहान उनको निधन भएको हो ।

८८ वर्षीय पोखरेल फोक्सो र मुटुको समस्याले ग्रसित थिए ।

पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष समेत हुन् । राष्ट्रिय समाचार समितिको रिपोर्टरबाट सेवा गर्दै कायममुकायम महाप्रवन्धक समेत भइसकेका पोखरेलले  गोरखापत्रको प्रधानसम्पादकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। त्यसबाहेक उनी स्वर्गीय पोखरेल मानव अधिकार आयोगको सदस्य समेत रहिसकेका छन् ।

नेपाली र अंग्रेजी दुबै भाषामा समान दक्षता रहेका पोखरेलले नेपाली पत्रकारिता, पत्रकारिता शिक्षा र तालिमका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । नेपाली पत्रकारितामा उनले प्रशिक्षित गरेका थुप्रै पत्रकारहरु अहिले पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

दिवंगत पत्रकार पोखरेलका एक श्रीमती, दुई छोरी र एक छोरा छन्।

 

तीर्थ कोइराला

अध्यक्ष

नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाका अनुसार पोखरेलका निधनले

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।