अन्नपूर्ण सर्किटमा याक अट्याक अन्तर्राष्ट्रिय बहुदिवसीय साइक्लिङ प्रतियोगिता हुने

माउन्टेन बाइकिङ वर्डवाइडको आयोजना तथा नेपाल पर्यटन बोर्ड लगायतको संस्थाहरुसँगको सहकार्यमा मंसिर २ गते (नोभेम्बर १८) बाट पन्ध्रौँ याक अट्याक अन्तर्राष्ट्रिय क्रस कन्ट्री बहुदिवसीय साइकल प्रतियोगिता नेपालमा सम्पन्न हुने भएको छ ।

यस वर्ष सन् २०२३ मा आठ स्थानमा बास बस्दै ९ राष्ट्रका २६ जना साइक्लिष्टले २ सय ५० किलोमिटर दूरी पार गर्ने क्रममा ९ हजार मिटर उचाइसम्म साइक्लिङ गर्नेछन् । यस वर्ष ३० वर्षदेखि ६३ वर्षसम्मका साइक्लिष्टले अन्नपूर्ण सर्किट हुँदै सबैले साइक्लिङ गरि थोरोङला पार गर्ने क्रममा समुन्द्री सतहदेखि ५ हजार ४ सय १६ मिटरको उचाइमा साइकल हाँक्नेछन् ।

विश्वकै सबैभन्दा उच्च हिमालयमा आयोजना गरिने यस साइक्लिङ प्रतियोगिता १९ नोभेम्बरमा बेसी शहरबाट सुरु गरिने छ र २७ नोभेम्बरमा तातोपानी पुगेर अन्त्य हुनेछ । यस प्रतियोगिताको समापन समारोह भने २८ नोभेम्बरमा पोखरामा आयोजना गरिनेछ ।

शान्त, सफा, मनोरम हिमालय श्रृङखलामा १५ वर्षदेखि जारी यस साइक्लिङ प्रतियोगितालाई विश्वकै सबैभन्दा उच्च भेगमा आयोजित साहसिक साइक्लिङ प्रतियोगिता मानिन्छ । धानमकै खेतबारीदेखि याक हिड्ने विकट गोरेटो हुँदै उच्च हिमशिखरहरु पार गरि सम्पन्न गरिय यस साहसिक साइक्लिङ प्रतियोगिताले डेढ दशकदेखि विश्व जगतकै ध्यान आकर्षित गरेको देखिन्छ । अहिलेसम्म ५० भन्दा बढी राष्ट्रका साइक्लिष्टहरु आफ्नै खर्चमा नेपालमा १७ वर्ष अघिदेखि वर्षेनी आयोजना गरिदै आएको यस प्रतियोगितामा स्वस्फूर्त सहभागिता जनाइसकेका छन् । यस वर्ष पनि ९ राष्ट्रका २६ साइक्लिष्टहरु ठमेल काठमाडौँमा भेला भइसकेका छन् । गत शुक्रबार सबैजनाले सहभागिताका लागि विधिवत नामदर्ता प्रक्रिया पूरा गरेर सहभागिताका लागि तयारी अवस्थामा छन् ।

सन् २०२३ नोभेम्बर १८ मा सबै सहभागी साइक्लिष्ट तनहु बेशी शहर पुग्नेछन् । त्यहाँबाट अन्नपूर्ण सर्किट हुँदै थोरोङला पास गर्ने क्रममा यस वर्ष अघिल्लो वर्षहरुमा भन्दा नयाँ रुटहरुमा साइकल कुदाउने तयारी रहेको यस प्रतियोगिताका परिकल्पनाकार तथा निर्देशक बेलायती साइक्लिष्ट फिल इभान्सले बताए । नयाँ रुटहरुबारे आयोजकले पहिले नै रेकी गरिकन रुट मार्किङ तथा आवश्यक तयारी पूरा गरिसकेको नेपालका तर्फबाट लोजेस्टिक व्यवस्थापनको संयोजक अजय पण्डित क्षेत्रीले बताए ।

 

सहभागी साइक्लिष्टहरुको संयोजक कोरिन इभान्सका अनुसार यस वर्ष बेलायत, आइरिस, लिथुसिया, स्वीजरल्याण्ड, ब्राजिल, अस्ट्रियन, अस्ट्रेलिया, पोल्याण्ड र नेपालसहित ९ राष्ट्रका साइक्लिष्टहरु काठमाडौँमा प्रतियोगिताका लागि उपस्थित भई विधिवत नाम दर्ता गरिसकेका छन् । शनिबार उनीहरु सबै बेशी शहर पुग्नेछन् । त्यहाँको वातावरणमा घुलमिल भई प्रतियोगिताका लागि शारीरिक तथा मानशिक रुपमा तयार हुनेछन् । आइतबारदेखि बहुदिवसीय साइक्लिङ प्रतियोगितामा भाग लिनेछन् ।

सहभागी साइक्लिष्टले समुन्द्र सहतदेखि ८ सय मिटरको उचाइबाट साइक्लिङ सुरु गरि ५ हजार ४ सय १६ मिटरको उचाइसम्म साइक्लिङ गरिकन प्रतियोगिता पूरा गर्दा ८ रात विभिन्न स्थानमा बास बस्नेछन् । त्यस क्रममा सहभागी साइक्लिष्टले हिमनदीहरु, खोच, भीर, पहरा, चट्टानी हिमाल र हिमपात पहिलो पार गर्दै गन्तव्यमा पुग्नेछन् । त्यस क्रममा सबै साइक्लिष्टले चामे, मनाङ, मनाङ लुप, थोरोङ फेदी, कागबेनी, कागबेनी लुप, तातोपानी, मालढुंगा पार गरि समापन कार्यक्रममा सहभागी हुन पोखरा पुग्नेछन् । सहभागी साइक्लिष्टले दैनिक ३० देखि ६२ किलोमिटर अन्नपूरर्ण हिमालय सर्किट तथा थोरोङला हिमालय क्षेत्रमा साइक्लिङ गर्नेछन् ।

विश्वकै सबैभन्दा उच्च हिमालयमा साइक्लिङ प्रतियोगिता आयोजना गर्दै विश्वमा रेकर्ड राखिसकेको आयोजकले प्रतियोगिलाई उच्चकोटीको न्यानो कपडा, पन्जा, हावापानी नछिर्ने जुत्तामोजा, अनुहार सुरक्षा गर्ने सामान, अत्याधुनिक चस्मा तथा अत्यावश्यक सामानको व्यवस्था गर्न पूर्व जानकारी दिने गरिएको छ । यस प्रतियोगिताबाट पन्ध्र वर्षसम्म कल्पना नै नगरिएका कथाहरु आयोजक तथा सहभागीहरुले बटुलेको देखिन्छ । नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुलाई विश्वसामू परिचित गराउनुका साथै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको यस नमुना साइक्लिङ प्रतियोगितालाई नेपाल सरकार तथा सरोकारवालाले दीर्घकालीन रणनीतिका साथ सघाउन सके नेपालको साहसिक पर्यटनमा थोरै भए पनि योगदान पुग्ने देखिन्छ ।

Photo credit: puspha_mrjn_photography

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन