अफिम चढाइने मन्दिर

राजस्थानको चित्तौडगढबाट ४० किलोमिटरको दूरीमा एउटा गाउँँ छ मंडफिया । उक्त गाउँमा श्रीकृष्ण भगवानको एउटा मन्दिर ५ । उक्त मन्दिर साँवरिया सेठको नामले चर्चित छ ।

उक्त मन्दिर स्थानीय बीच मात्र हैन, भारतभरबाट आउने तीर्थयात्रीहरुमाझ लोकप्रिय छ । यो मन्दिर राजस्थान, मध्यप्रदेश र गुजरातवासीहरुमाझ त औंधी लोकप्रिय छ । रमाइलो कुरा के छ भने उक्त मन्दिर स्थानीय अफिम तस्करहरुका लागि पनि प्रिय पुजास्थल हो । उनीहरु साँवरिया सेठलाई आफ्नो आराध्य मान्ने गर्छन् । त्यही भएर त्यहाँ वर्षेनी करोडौं रुपियाँ बराबरको अफिम दान चढाइने गरिन्छ । हरेक वर्ष त्यहाँको दान पेटीमा करोडौं रुपियाँ बराबरको अफिम दान चढाइएको फेला पर्ने गर्छ ।

किम्बदन्तीअनुसार सन् १८४० मा भोलाराम गुर्जर नाम गरेको एक स्थानीय गाईपालक किसानले सपनामा भगवान कृष्णको मूर्ति देखे । उनले सपना देखेको स्थानमा उत्खनन गर्दा भगवान कृष्णको तीनवटा सुन्दर मूर्ति फेला परेको थियो । ती तिनवटै मूर्तिहरु मंडफिया, भादसोडा र बागुंड गाउँको छापरमा मन्दिर बनाएर स्थापित गरियो । यीमध्ये मंष्डफियाको मन्दिरले साँवरियाधाम (साँवलियाजी धाम) को रुपमा प्रसिद्धि पाएको छ ।

Photo: wikipedia