विश्वव्यापी परिघटनाका रूपमा अति दक्षिणपन्थी धार: पर्यावरणीय  समाजवादी विकल्प

हालैका वर्षहरूमा, हामीले विश्वभरि नै प्रतिक्रियावादी, अधिनायकवादी र/वा फासीवादी सुदूर-दक्षिणपन्थी आन्दोलनहरूको नाटकीय उदय देखेका छौँ। तिनीहरूले पहिले नै विश्वका आधा देशहरूमा शासन गरिसकेका छन् वा गरिरहेका छन् । त्यसमा ट्रम्प (अमेरिका), मोदी (भारत), ओर्बान (हंगेरी), एर्दोगान (टर्की), मेलोनी (इटाली), नेतान्याहु (इजरायल) र हालै मिलेई (अर्जेन्टिना) पर्दछन्। अन्यत्र, तिनीहरूले भर्खरै ब्राजिल (बोल्सोनारो) मा शासन गरेका थिए र फ्रान्सको 'नेसनल र्‍याली', जर्मनीको 'एएफडी', चिलीको रिपब्लिकन पार्टीका कास्ट आदि सत्ताका लागि गम्भीर उम्मेदवार हुन्। रूसमा पुटिनको शासन पनि यो मोडेलभन्दा धेरै टाढा छैन।

प्रत्येक देशमा, अति-दक्षिणपन्थीका आफ्नै विशेषताहरू छन्: धेरैजसो अवस्थामा (युरोप, अमेरिका, भारत), 'शत्रु' अर्थात् बलि का बोका– मुस्लिम र/वा आप्रवासीहरू हुन्।  केही मुस्लिम देशहरूमा, यो केही धार्मिक अल्पसंख्यकहरू (क्रिश्चियन, यहूदी, येजिदी) हुन्। कतिपय अवस्थामा, अन्ध-राष्ट्रवाद र रंगभेद प्रबल हुन्छ; अरूमा, धार्मिक कट्टरपन्थी, वा वामपन्थी, नारीवाद र समलिंगीहरू प्रतिको घृणा मुख्य हुन्छ।

२१ औं शताब्दीको अति दक्षिणपन्थीको निरन्तरता र नवीनता दुवैलाई वर्णन गर्न 'नव-फासीवाद' (Neo-fascism) नै सबैभन्दा उपयुक्त शब्द हो।

यस विविधताका बाबजुद, अधिकांश वा सबैमा साझा केही विशेषताहरू छन्: अधिनायकवाद, पूर्ण राष्ट्रवाद– 'डोयचल्याण्ड उबेर एलेस' (जर्मनी सबैभन्दा माथि) र यसका स्थानीय संस्करणहरू 'अमेरिका फर्स्ट', 'ओ ब्राजिल आसिमा डे टुडो' (ब्राजिल सबैभन्दा माथि) आदि; धार्मिक वा जातीय (नस्लवादी) असहिष्णुता; र सामाजिक समस्या एवं अपराधको एक मात्र प्रतिक्रियाको रूपमा प्रहरी/सैनिक हिंसा। फासीवादी वा अर्ध-फासीवादीको रूपमा चित्रण केहीमा लागू हुन सक्छ, तर सबैमा होइन। एन्जो ट्राभर्सोले 'पोस्ट-फासिज्म' (उत्तर-फासीवाद) शब्द प्रयोग गर्छन्, तर मलाई विश्वास छ कि २१ औं शताब्दीको अति दक्षिणपन्थीको निरन्तरता र नवीनता दुवैलाई वर्णन गर्न 'नव-फासीवाद' (Neo-fascism) नै सबैभन्दा उपयुक्त शब्द हो।

नव-फासीवादी, पपुलिस्ट होइन

'पपुलिज्म' (लोकरिझ्याँइवाद) को अवधारणा केही राजनीतिशास्त्री, सञ्चारमाध्यम र वामपन्थीको एउटा हिस्साले समेत प्रयोग गर्ने गरेको छ। तर यसले केवल भ्रम छर्ने काम मात्र गर्छ। सन् १९३० देखि १९६० को दशकसम्म ल्याटिन अमेरिकामा यो शब्दले तुलनात्मक रूपमा स्पष्ट कुरा भारगासवाद (Vargasism), पेरोनवाद (Peronism) आदिलाई बुझाउँथ्यो भने, १९९० को दशकदेखि युरोपमा यसको प्रयोग झन्-झन् अस्पष्ट र अनिश्चित बन्दै गएको छ।

अति दक्षिणपन्थी पार्टीहरूका लागि प्रयोग गरिने 'पपुलिज्म'को यो छद्म-अवधारणाले चाहेर होस् वा नचाहेर तिनीहरूलाई वैधानिकता प्रदान गर्छ। यसले तिनीहरूलाई स्वीकार्य, र कतिपय अवस्थामा सहानुभूतिपूर्ण समेत बनाउँछ,  आखिर अभिजात वर्गको विरुद्धमा र जनताको पक्षमा को हुँदैन र?

'पपुलिज्म' लाई ‘अभिजात वर्ग विरुद्ध जनताको पक्ष लिने राजनीतिक दृष्टिकोण’ का रूपमा परिभाषित गरिन्छ। तर यो त लगभग जुनसुकै राजनीतिक आन्दोलन वा पार्टीमा लागू हुन्छ! अति दक्षिणपन्थी पार्टीहरूका लागि प्रयोग गरिने यो छद्म-अवधारणाले चाहेर होस् वा नचाहेर तिनीहरूलाई वैधानिकता प्रदान गर्छ। यसले तिनीहरूलाई स्वीकार्य, र कतिपय अवस्थामा सहानुभूतिपूर्ण समेत बनाउँछ,  आखिर अभिजात वर्गको विरुद्धमा र जनताको पक्षमा को हुँदैन र? यसले गर्दा 'रंगभेद', 'अन्ध-राष्ट्रवाद', 'फासीवाद' ' अति दक्षिणपन्थी' जस्ता बिझाउने शब्दहरूको प्रयोगलाई सावधानीपूर्वक पन्छाइन्छ। नव-उदारवादी विचारकहरूले अति दक्षिणपन्थी र उग्र-वामपन्थीलाई एउटै डालोमा हाल्नका लागि पनि जानाजानी 'पपुलिज्म' शब्दको भ्रामक प्रयोग गर्छन्। तिनीहरू उदारवादी नीति र 'युरोप' आदिको विरोध गर्ने भएकाले तिनीहरूलाई 'दक्षिणपन्थी पपुलिज्म' 'वामपन्थी पपुलिज्म' को रूपमा चित्रण गरिन्छ।

जलवायु परिवर्तनलाई अस्वीकार

यी अधिकांश नव-फासीवादी सरकार वा आन्दोलनहरूमा एउटा साझा तत्व छ नकारवाद (Negationism); अर्थात् पर्यावरणीय संकट र जलवायु परिवर्तनलाई स्वीकार गर्न अस्वीकार गर्नु। अकाट्य वैज्ञानिक प्रमाणहरूका बाबजुद, तिनीहरू विश्वव्यापी तापमान वृद्धिको वास्तविकतालाई नकार्न वा बेवास्ता गर्न तल्लीन छन्। डोनल्ड ट्रम्प यस अवधारणाका सबैभन्दा मुखर र भद्दा समर्थक मात्र होइनन्, यो त एक विचारधारा मात्र नभएर 'पर्यावरण-हत्यारा' (Ecocidal praxis) अभ्यास पनि हो।

यी अधिकांश नव-फासीवादी सरकार वा आन्दोलनहरूमा एउटा साझा तत्व छ नकारवाद (Negationism); अर्थात् पर्यावरणीय संकट र जलवायु परिवर्तनलाई स्वीकार गर्न अस्वीकार गर्नु। अकाट्य वैज्ञानिक प्रमाणहरूका बाबजुद, तिनीहरू विश्वव्यापी तापमान वृद्धिको वास्तविकतालाई नकार्न वा बेवास्ता गर्न तल्लीन छन्।

यसलाई ट्रम्पले पुनः पुष्टि गरेका छन्, जो जीवाश्म इन्धनको असीमित विकासमा पूर्ण रूपमा समर्पित छन्। यी आत्मघाती राजनीतिले जीवाश्म कुलीनतन्त्र (Fossil oligarchy)– अर्थात् तेल, कोइला, ग्यास, रसायन, प्लास्टिक, कार र हवाईजहाज आदिको उत्पादनसँग जोडिएका पूँजीवादी क्षेत्रहरूको हितको प्रतिनिधित्व गर्दछ। तिनीहरूको अदूरदर्शी दृष्टिकोण केवल तत्कालको नाफा र सम्पत्ति थुपार्ने अवसरहरूमा केन्द्रित छ।

के सन् १९३० को दशकतिरै फिर्ता?

इतिहासले आफूलाई दोहोर्‍याउँदैन,  हामी समानता वा उपमाहरू त पाउन सक्छौं, तर वर्तमान परिघटनाहरू विगतका मोडलहरू भन्दा निकै फरक छन्। सबैभन्दा मुख्य कुरा, हामीसँग अहिलेसम्म युद्धअघिको कालखण्डसँग तुलना गर्न सकिने खालका सर्वसत्तावादी राज्यहरू छैनन्। फासीवादको शास्त्रीय मार्क्सवादी विश्लेषणले यसलाई मजदुर आन्दोलनले निम्त्याएको 'क्रान्तिकारी खतरा' विरुद्ध मध्यम वर्गको समर्थनमा ठूला पूँजीपतिहरूले गरेको प्रतिक्रियाको रूपमा परिभाषित गरेको थियो। सन् १९२० र १९३० को दशकमा इटाली, जर्मनी र स्पेनमा भएको फासीवादको उदयलाई यो व्याख्याले साँच्चै सम्बोधन गर्छ कि गर्दैन भन्ने प्रश्न उठ्न सक्छ। जे भए पनि, आजको संसारमा यो सान्दर्भिक छैन, जहाँ कतै पनि 'क्रान्तिकारी खतरा' विद्यमान छैन।

नव-फासीवादी शासनहरू राष्ट्रिय-कर्पोरेट अर्थतन्त्रमा नभई नव-उदारवादमा समर्पित छन्। र तिनीहरू सन् १९३० को दशकको तुलनामा धेरै ठूलो स्तरमा पर्यावरण-विनाशकारी गतिविधिहरूमा संलग्न छन्।

विगतको फासीवादसँग अन्य महत्त्वपूर्ण भिन्नताहरू पनि छन्: नव-फासीवादी शासनहरू राष्ट्रिय-कर्पोरेट अर्थतन्त्रमा नभई नव-उदारवादमा समर्पित छन्। र तिनीहरू सन् १९३० को दशकको तुलनामा धेरै ठूलो स्तरमा पर्यावरण-विनाशकारी गतिविधिहरूमा संलग्न छन्।

के हो त यसको व्याख्या?

यस्ता विविध परिघटनाहरूको लागि कुनै एउटा साझा व्याख्या दिन गाह्रो छ, किनकि यी विश्वका प्रत्येक देश वा क्षेत्रका विशिष्ट अन्तर्विरोधका अभिव्यक्तिहरू हुन्।

एउटा 'व्याख्या' जसलाई अस्वीकार गरिनुपर्छ, त्यो हो यसलाई आप्रवासनको लहरसँग जोड्नु (विशेष गरी अमेरिका र युरोपमा)। आप्रवासीहरू त केवल एक सुविधाजनक बहाना र अन्ध-राष्ट्रवादी एवं नश्लवादी शक्तिहरूका लागि उपयोगी हतियार मात्र हुन्, तर तिनीहरू कुनै पनि हालतमा यी शक्तिहरूको सफलताका कारण  होइनन्। यसबाहेक, ब्राजिल र भारतजस्ता धेरै देशहरूमा जहाँ आप्रवासन कुनै ठूलो मुद्दा नै होइन, त्यहाँ पनि अति दक्षिणपन्थी शक्तिहरू फस्टाइरहेका छन्।

सबैभन्दा स्पष्ट र निस्सन्देह सान्दर्भिक व्याख्या यो हो कि पूँजीवादी भूमण्डलीकरण (जुन क्रूर सांस्कृतिक समरूपीकरणको प्रक्रिया पनि हो) ले विश्वव्यापी स्तरमा 'पहिचानको त्रास'  उत्पन्न र पुनरुत्पादन गर्दछ। यसले राष्ट्रवादी र/वा धार्मिक असहिष्णुता निम्त्याउँछ र जातीय वा धार्मिक द्वन्द्वलाई बढावा दिन्छ। राष्ट्रहरूले जति आफ्नो आर्थिक शक्ति गुमाउँदै जान्छन्, त्यति नै उनीहरू 'सबैभन्दा माथि राष्ट्र' भन्दै राष्ट्रको महिमा गाउन थाल्छन्।

क्रूर सांस्कृतिक समरूपीकरणको प्रक्रिया पनि रहेको पूँजीवादी भूमण्डलीकरणले विश्वव्यापी स्तरमा 'पहिचानको त्रास'  उत्पन्न र पुनरुत्पादन गर्दछ। यसले राष्ट्रवादी र/वा धार्मिक असहिष्णुता निम्त्याउँछ र जातीय वा धार्मिक द्वन्द्वलाई बढावा दिन्छ।

यीमध्ये केही व्याख्याहरू उपयोगी त छन्, तर पर्याप्त छैनन्। यो एक विश्वव्यापी परिघटना हो जुन इतिहासको एक विशिष्ट मोडमा भइरहेको छ, र यसको विस्तृत विश्लेषण हुन अझै बाँकी छ।

कसरी प्रतिकार गर्ने?

दुर्भाग्यवश, यसको कुनै जादुई सुत्र छैन। बर्नी स्यान्डर्सले गरेको 'विश्वव्यापी फासीवाद विरोधी मोर्चा' (Global Anti-Fascist Front) को आह्वान एउटा उत्कृष्ट प्रस्ताव हो। साथै, हामीले प्रभावित प्रत्येक देशमा लोकतान्त्रिक स्वतन्त्रताको रक्षाका लागि बृहत् गठबन्धनहरू निर्माण गर्नुपर्छ। यो एक पर्यावरणीय अनिवार्यता पनि हो: नकारवादी र पर्यावरण-विनाशकारी सरकारहरूको उदयलाई रोक्नु, वा तिनीहरू सत्तामा हुँदा तिनीहरूको विनाशकारी राजनीतिको प्रतिरोध गर्नु।

तर हामीले यो पनि ध्यानमा राख्नुपर्छ कि पूँजीवादी व्यवस्थाले, विशेष गरी संकटको समयमा, फासीवाद, 'कू' र अधिनायकवादी शासनजस्ता परिघटनाहरू निरन्तर उत्पादन र पुनरुत्पादन गरिरहन्छ। यी प्रवृत्तिहरूको जरो प्रणालीगत छ, त्यसैले यसको विकल्प पनि मौलिक वा प्रणाली-विरोधी (Anti-systemic) हुनुपर्छ। सन् १९३८ मा फ्रान्कफर्ट स्कुल अफ क्रिटिकल थ्योरीका प्रमुख विचारक म्याक्स होर्कहाइमरले लेखेका थिए, "यदि तपाईं पूँजीवादको बारेमा कुरा गर्न चाहनुहुन्न भने, तपाईंले फासीवादको बारेमा भन्नुपर्ने केही छैन।" अर्को शब्दमा, एक सच्चा फासीवाद विरोधी नै पूँजीवाद विरोधी हो।

पूँजीवादी व्यवस्थाले, विशेष गरी संकटको समयमा, फासीवाद, 'कू' र अधिनायकवादी शासनजस्ता परिघटनाहरू निरन्तर उत्पादन र पुनरुत्पादन गरिरहन्छ। यी प्रवृत्तिहरूको जरो प्रणालीगत छ, त्यसैले यसको विकल्प पनि मौलिक वा प्रणाली-विरोधी (Anti-systemic) हुनुपर्छ।

यो आजको समयमा झन् बढी सान्दर्भिक छ, जहाँ पर्यावरणको सक्रिय विनाश र विश्वव्यापी तापमान वृद्धि पूँजीवादी प्रणालीको विस्तारवादी तर्कका अपरिहार्य परिणामहरू हुन्। यदि हामी पर्यावरणीय विनाशबाट बच्न चाहन्छौं भने, त्यसको एक मात्र उपाय पर्यावरणीय समाजवाद (Ecosocialism) जस्ता प्रणाली-विरोधी प्रस्तावहरू खोज्नु नै हो।

पर्यावरणीय समाजवाद अगाडिको बाटो

पर्यावरणीय समाजवाद (Ecosocialism) पर्यावरणीय आन्दोलनका आधारभूत तर्कहरू र राजनीतिक अर्थतन्त्रको मार्क्सवादी आलोचनामा आधारित एक मौलिक एवं सभ्यतागत विकल्प दिने प्रयास हो। यसले पूँजीवादको विनाशकारी 'प्रगति' को अवधारणालाई पैसा वा अर्थशास्त्रद्वारा नभई सामाजिक आवश्यकता र पर्यावरणीय सन्तुलनद्वारा निर्देशित आर्थिक दृष्टिकोणमार्फत चुनौती  दिन्छ। यो द्वन्द्वात्मक संश्लेषण (Dialectical synthesis) विभिन्न लेखकहरू (जोएल कोभेल र जोन बेलामी फोस्टर लगायत) द्वारा अघि सारिएको छ। यो एकैसाथ 'बजार पर्यावरण' (Market ecology), जसले पूँजीवादी व्यवस्थालाई चुनौती दिँदैन, 'उत्पादनमुखी समाजवाद' (Productivist socialism), जसले प्राकृतिक सीमाको मुद्दालाई बेवास्ता गर्छ, दुवैको आलोचना हो।

पर्यावरणीय समाजवादसँग नव-फासीवादी नकारवाद र वातावरणीय विनाश विरुद्धको प्रतिरोधमा सामाजिक र पर्यावरणीय आन्दोलनहरू, किसान, आदिवासी जनजाति, युवा, महिला र मजदुरहरूलाई एकजुट गराउने क्षमता छ।

पूँजीवादी 'विनाशकारी प्रगति' बाट समाजवादतर्फको यात्रा एउटा ऐतिहासिक प्रक्रिया हो, जुन समाज, संस्कृति र चिन्तनको स्थायी क्रान्तिकारी रूपान्तरण हो। यो संक्रमणले नयाँ उत्पादन पद्धति र समतामूलक एवं लोकतान्त्रिक समाज मात्र निर्माण गर्दैन, बरु जीवन जिउने वैकल्पिक मार्ग पनि प्रशस्त गर्नेछ ।

उत्पादनका साधनहरूमाथि सार्वजनिक नियन्त्रण र योजनाबिना पर्यावरणीय समाजवादी रूपान्तरण असम्भव छ; यसको अर्थ लगानी र प्राविधिक परिवर्तनका निर्णयहरू सार्वजनिक रूपमा गरिनुपर्छ। समाजको साझा हितका लागि यी निर्णयहरू बैंक र पूँजीवादी संस्थाहरूको हातबाट खोसिनुपर्छ। समाजवादी योजना लोकतान्त्रिक र बहुलवादी बहसको धरातलमा अडिएको हुन्छ, जहाँ निर्णय प्रक्रियाका सबै तहमा पार्टी, प्लेटफर्म वा अन्य राजनीतिक आन्दोलनका रूपमा विभिन्न प्रस्तावहरू जनतामाझ पेश गरिन्छ र सोही अनुसार प्रतिनिधिहरू निर्वाचित हुन्छन्। यद्यपि, प्रतिनिधिमूलक लोकतन्त्रलाई प्रत्यक्ष लोकतन्त्रका माध्यमबाट पूर्णता दिइनुपर्छ र जहाँ आवश्यक छ त्यहाँ सच्याइनुपर्छ, जसमा जनताले स्थानीय, राष्ट्रिय र पछि विश्वव्यापी तहमा प्रमुख मुद्दाहरूका विकल्पहरू सिधै रोज्न पाउँछन्।

पूँजीवादी 'विनाशकारी प्रगति' बाट समाजवादतर्फको यात्रा एउटा ऐतिहासिक प्रक्रिया हो, जुन समाज, संस्कृति र चिन्तनको स्थायी क्रान्तिकारी रूपान्तरण हो। यो संक्रमणले नयाँ उत्पादन पद्धति र समतामूलक एवं लोकतान्त्रिक समाज मात्र निर्माण गर्दैन, बरु जीवन जिउने वैकल्पिक मार्ग पनि प्रशस्त गर्नेछ । एउटा नयाँ पर्यावरणीय समाजवादी सभ्यता, जुन पैसाको शासन, विज्ञापनद्वारा कृत्रिम रूपमा सिर्जित उपभोगवादी बानी र वातावरणका लागि बेकार वा हानिकारक वस्तुहरूको असीमित उत्पादन भन्दा धेरै माथि हुनेछ।

यस्तो प्रक्रिया सामाजिक तथा राजनीतिक संरचनाहरूको क्रान्तिकारी रूपान्तरण बिना, तथा जनसंख्याको विशाल बहुमतबाट पर्यावरणीय समाजवादी कार्यक्रमप्रति सक्रिय समर्थन प्राप्त नगरी सुरु हुन सक्दैन। समाजवादी चेतना र पर्यावरणीय  जागरूकताको विकास एक यस्तो प्रक्रिया हो, जसमा निर्णायक तत्व भनेको स्थानीय र आंशिक संघर्षदेखि समाजको आमूल परिवर्तनसम्मका जनताको आफ्नै  सामूहिक संघर्षको अनुभव हो 

स्रोत: https://www.amandla.org.za/