राष्ट्रिय स्वाधीनता युद्वको झण्डा इरान
दायित्वबोधका सम्पादक तथा लेखक चन्द्र खाकीले हिजो बेलुका फोनमार्फत् आक्रामक रुपमा थर्काउदै चेतावनी बोल्नु भो- नेपाली कम्युनिस्ट पार्टीका तपाईंहरुको के तरिका हो, इरानको स्थितिबारे लेख्नु पर्दैन? न त तपाईंहरु भर्खरै सम्पन्न निर्वाचनमा प्रकट वामपन्थीहरुको भारी पराजय र स्थिति सुधारबारे नै लेख्नु हुन्छ! के यसरी नै कम्युनिस्ट वैचारिकीको रक्षा हुन्छ? कम्युनिस्ट नै नभए पनि कमसेकम् वाम चरित्रमा त आउनोस्! साइँला दाइ, म त लेख्दा लेख्दा व्यथित भइसकें। अब म पनि लेख्न छोड्छु !
खाकीजीको आक्रोश र लेख्न छोड्नेसम्मको चेतावनी एकदम ठीक हो। देश देशावरमा लाखौ लाख जनसाधारण एवं बौद्विकहरु इरानको पक्षमा विशाल प्रदर्शन र खरो समर्थनमा छन्, तर नेपालमा भने छिट्फुट प्रतिक्रिया बाहेक त्यसबारे मुर्दाशान्ति छ। त्यसैले हामीले आफ्नो कमजोरी हठात् आत्मसात गर्यौं र यहाँ लेख्न थाल्यौं। यो पनि बताउनै पर्यो कि इरानमाथि अमेरिका-इजरायलको धोखापूर्ण आक्रमणवारे पार्टी नेतृत्व मौन झैं प्रतीत् हुन्छ। अस्ति भेनेजुएलाका राष्ट्रपतिको अपहरण काण्डमा पनि विशुद्व औपचारिकता निभाउने विज्ञप्ति रह्यो।
२०८२ कात्तिक १५ गते क. प्रचण्डसंगको सहमतिमा जुटेपछि पार्टी नेतृत्वसंग कुनै पनि विषयमा अद्यापि आवश्यक छलफल हुन पाएको छैन। पार्टी एकता सम्मेलनद्वारा जारी विधान र घोषणापत्र तथा संयोजक/सहसंयोजकका विज्ञप्तिहरु नितान्त औपचारिक लाग्दछन्, अझ हदैसम्मका सीमित लाग्दछन्। आफ्नो स्थिति कस्तो छ भने आठ वर्षपछि जुटिएको हुँदा कैयन विषयवस्तु तथा घटनाहरुमा बिना छलफल बोल्न अप्ठेरो छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे जान्दा जान्दै र चाहँदा चाहँदै पनि लेख्न र बोल्न हामीलाई अत्यन्त कठिन भइरहेको छ। फेरि पनि इरान प्रतिरोध युद्ववारे खाकीजीको आक्रोशले हामीलाई करिब विचलित तुल्याउन पुगेको पृष्ठभूमिमा यहाँ आफ्नो व्यक्तिगत दृष्टिकोण लेखिँदैछ।
खासगरी, नेपाली कम्युनिस्ट पार्टीले कोशी नाम खारेज आन्दोलनको स्वामित्व लिएर अघि बढ्नुपर्छ, भनी विराटनगर सभामा हामीले बोलेकोवारे २०८२ पुस ३ गते एक भेटमा सहसंयोजकले अनुशासनको चेतावनी छनक दिनु भएको विषयलगायत नयाँ विचार निर्माणवारे संयोजकसंग छलफलको समय मागेको आजसम्म उपलब्ध भएको छैन। यस्तो परिस्थितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे जान्दा जान्दै र चाहँदा चाहँदै पनि लेख्न र बोल्न हामीलाई अत्यन्त कठिन भइरहेको छ। फेरि पनि इरान प्रतिरोध युद्ववारे खाकीजीको आक्रोशले हामीलाई करिब विचलित तुल्याउन पुगेको पृष्ठभूमिमा यहाँ आफ्नो व्यक्तिगत दृष्टिकोण लेखिँदैछ।
* * *
लेख्नेवारे जब खाकीजीसंग कुराकानी भयो, उप्रान्त पश्चिम एसियास्थित युद्वक्रमका विदेशी भाषामा प्रशारित समाचारहरु खोज्न लागियो। क्रमश: युट्युबमा एउटा प्रस्तुति फेला पर्यो। ती मानिस सम्भवतः निजामति कर्मचारी हुनुपर्छ। जसका प्रेरक प्रस्तुतिहरु यस अघि पनि श्रवण गरिएका थिए। त्यसैले उपलब्ध नयाँ प्रस्तुतितर्फ हाम्रो ध्यान आकर्शित हुन पुग्यो। जुन, निम्न प्रकृतिको छ।
कथा ब्वाँसो र खरायोको
एकादेशको बगैंचामा खरायो चरिरहेको थियो। ब्वाँसो पनि त्यहाँ आइपुग्यो। ब्वाँसोले ठान्यो- अब यसलाई मारेर खान्छु। तर, ब्वाँसो भर्खरै सिकार गरेर अघाएको थियो। त्यसैले उसले विचार गर्यो- आज होइन, भोलि विहान यसलाई नास्ता बनाउँछु।
त्यस दिन खरायो बच्यो।
भोलि विहानको समय आयो। नास्ता बनाउन ब्वाँसोले खरायो खोज्न थाल्यो। देख्नासाथ उसले खरायोलाई झम्ट्यो। तर, खरायो दश हात उफ्रेर दौड्यो। ब्वाँसोले लखेट्न थाल्यो, खरायो दौडेको दौड्यै गर्यो। ब्वाँसोले खरायोलाई भेट्न सकिरहेकै थिएन।

ब्वाँसो र खरायोको दौडान २ घण्टा वित्यो। ब्वाँसो हार खाने स्थितिमा पुग्यो र रोकिएर सोंच्यो- होइन म यस्तो ठूलो र बलियो छु। जाबो खरायोलाई समातेर नास्ता बनाउन किन सकिरहेको छैन मैले? ब्वाँसोले निर्णय लियो- अब यसको कारण पत्ता लगाउनू पर्यो।
निक्कै पर दौडिरहेको खरायोलाई ब्वाँसोले चर्को श्वरमा भन्यो- ए खरायो भाइ! अब तिमी नभाग, म तिमीलाई मार्दिनँ। बरु तिमीलाई एउटा कुरा सोध्न चाहन्छु। नडराऊ, रोकिएर मेरो प्रश्न सुन।
खरायो रोकियो र उसले प्रश्न सुन्नेतिर ध्यान मोड्यो।
ब्वाँसोले सोध्यो- म यत्ति ठूलो, बलियो र शक्तिशाली ज्यानको छु। तिमी यत्ति सानो छौ कि मेरो एउटा हातको आकार जत्ति पनि पुग्दैनौ। तर, २ घण्टा भयो तिमीलाई मैले लखेटेको, भेट्न सकिरहेकै छैन। तिमीसंग त्यस्तो के तागत छ, जसले गर्दा तिमी यत्ति वेगमा दौडन सकिरहेका छौ?
इरानको तागत त्यही खरायोको जस्तै स्थितिमा छ र उसले आफ्नो सार्वभौम राष्ट्रिय जीवनको अन्तिम युद्व लड्दै छ। तर, ब्वाँसोको भूमिकामा रहेका अमेरिका र इजरायल जत्ति नै शक्तिशाली होउन्, तिनीहरु हैरान परेशान देखिन्छन्।
खरायोले मुस्कुराउँदै भन्यो- ब्वाँसो दाइ, तिमी यत्ति शक्तिशाली छौ कि तिम्रो लागि म केवल नास्ता मात्र हुँ। तर, मेरो लागि म जीवनको अन्तिम दौडमा छु। आज मैले बच्न सकिनँ भने मेरो जीवन सदाको लागि अन्त्य हुनेछ।
हो, इरानको तागत त्यही खरायोको जस्तै स्थितिमा छ र उसले आफ्नो सार्वभौम राष्ट्रिय जीवनको अन्तिम युद्व लड्दै छ। तर, ब्वाँसोको भूमिकामा रहेका अमेरिका र इजरायल जत्ति नै शक्तिशाली होउन्, तिनीहरु हैरान परेशान देखिन्छन्। अर्को, इरानसंग नैतिक वैधता पनि प्रचुर छ। किनभने, वार्ता जारी रहेको बेला वार्ता त्यागेर अमेरिका र इजरायलले धोकापूर्ण आक्रमण गरे- इरानको सर्वोच्च नेता आयोतुल्ला अली खोमेनीसहित ४८ जना सैनिक जनरलहरु र १६५ जना निर्दोष वालिकाहरुको एउटै चिहान बनाए। तब पृथ्वीनारायण शाहको भाषामा इरानले झिकिकटक कार्वाही सुरु गर्यो।
२१ औं शताब्दीमा राष्ट्रिय स्वाधीनता युद्वको झण्डा इरान
यहुदीले पनि बाँच्न पाउनु पर्छ। त्यसैका निमित्त प्यालेस्टाइन मुक्ति संगठनका सम्मानित नेता यासेर अराफातद्वारा दुई राज्य सिद्वान्त स्वीकार गरिएको हो। उक्त सिद्धान्तले प्यालेस्टाइन र इजरायल दुवै राज्यलाई मान्यता दिन्छ। परन्तु, सुरुमा बेलायत र त्यसपछि साम्राज्यवादी अमेरिकी उक्साहटमा इजरायलका यहुदी शासकहरु दुई राज्य सिद्वान्तलाई कुल्चिएर हिँडेका छन्। तिनीहरु प्यालेस्टाइनका अतिरिक्त छिमेकी मुस्लिम राज्यहरुमाथि कब्जा बढाएर विशाल इजरायलको विस्तारवादी हमला बोलिरहेका छन्। त्यसैको परिणाम हो, गाजा संकट र त्यसैको विस्तारित परिणाम हो, इरानमाथि अमेरिका- इजरायलको डकैतशैलीको आक्रमण तथा इरानको भीषण प्रतिरोध कार्वाही।
भर्खरै भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो परिवारको अपहरण र पेट्रोलियम पदार्थ असुल्ने सफलताको उन्मादमा साम्राज्यवादी डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड कब्जा गर्ने धमाश पिटे। यद्यपि, तिनलाई यूरोपेली एकजुटताले तत्कालका निम्ति पछि हटायो।
अपराधी एप्सटिनको सार्वजानिक फाइलमा ट्रम्पको पनि नाम उल्लेख भएबाट आफ्नो राक्षशी कर्तुत छल्ने भ्रमपूर्ण वातावरणका लागि डोनाल्ड ट्रम्प चौतर्फी युद्वका अनेक हथकण्डा प्रयोग गरिरहेका हुन्।
भनिन्छ, पाँच बर्षसम्मका बच्चीहरुलाई वलात्कार गराउदै जिउँदै बच्चीहरुको शरिरमा धारिलो चक्कु प्रयोगद्वारा वलात्कृत बच्चीहरुको मासु छिलेर खाने/ ख्वाउने राक्षश जेफ्री एप्सटिनसंग डोनाल्ड ट्रम्पको घनिष्ठता थियो। अपराधी एप्सटिनको सार्वजानिक फाइलमा ट्रम्पको पनि नाम उल्लेख भएबाट आफ्नो राक्षशी कर्तुत छल्ने भ्रमपूर्ण वातावरणका लागि डोनाल्ड ट्रम्प चौतर्फी युद्वका अनेक हथकण्डा प्रयोग गरिरहेका हुन्।
समग्रमा, आफ्नो मोजाइक कमाण्ड प्रणालीमा इरान अर्को भियतनमा र अर्को अफगानिस्तानको विकसित शक्तिमा उठेको छ। विश्व इतिहासको मञ्चमा आज उसले अति समवेदनशील आफ्नो परमाणु रक्षासहित भीषण प्रतिरोधको चमत्कार देखाइरहेको छ। अरब क्षेत्रका दर्जनौं राज्यस्थित अमेरिकी सैन्य आधार शिविर, अर्बौं डलर लागतको अमेरिकी राडार प्रणाली तथा तेल प्रशोधन केन्द्रहरुलाई ध्वस्त पारिरहेको छ। ७५ वटासम्म लडाकु विमान बोकेर हिँड्न सक्षम युएस अब्राहम लिङ्कन तथा जेराल्ड फोर्ड जस्ता धमाकेदार अमेरिकी युद्वपोतलाई घाइते तुल्याएर भाग्न विवश पारेको छ। अजेय प्रचारित स्टेल्थ लडाकु विमान एफ-३५ सहित चार दर्जन अधिक अमेरिकी सैनिक विमान खसालेको छ।चार हजार किलोमिटर टाढा डिएगो गार्सियास्थित अमेरिकी सैन्य आधार शिविरमा सफलतापूर्वक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेर आफ्नो सैन्य प्राविधिक श्रेष्ठता प्रदर्शन गरिरहेको छ। इजरायली परमाणु केन्द्र डिमोनाको १५ मिटर नजिकमा शक्तिशाली क्षेप्यास्त्र प्रहार तथा हर्मुज गल्छी नियन्त्रण गरेर चिनियाँ मुद्रा युआनमा भुक्तानीद्वारा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको छ।
उपरोक्त कार्वाही क्षमताले इरानलाई २१ औ शताब्दीमा राष्ट्रिय स्वाधीनता युद्वको नायक सिद्व गर्दछ। जसले, अमेरिकी साम्राज्यवाद विरुद्व राष्ट्रिय प्रतिरोधको देशभक्तिपूर्ण झण्डालाई चोमोलुङमा शिखरमा उठाएको प्रष्ट छ।
स्मरण रहोस्, शत्रु राष्ट्र अमेरिका र इजरायल बाहेक युआनमा भुक्तानी गर्ने जुनसुकै मुलुकलाई कच्चा तेल उपलब्ध गराउने घोषणा इरानले गरेको छ।
उपरोक्त कार्वाही क्षमताले इरानलाई २१ औ शताब्दीमा राष्ट्रिय स्वाधीनता युद्वको नायक सिद्व गर्दछ। जसले, अमेरिकी साम्राज्यवाद विरुद्व राष्ट्रिय प्रतिरोधको देशभक्तिपूर्ण झण्डालाई चोमोलुङमा शिखरमा उठाएको प्रष्ट छ। जुन, एकलध्रुवीय अमेरिकी प्रभुत्वलाई धराशायी तुल्याउने र बहुध्रुवीय विश्वव्यवस्थातर्फको शानदार यात्रा हो।
यद्यपि, त्यसैकारण रुस र चीनले इरानलाई साधनस्रोत र अत्याधुनिक युद्व प्रविधि उपलब्ध गराइरहेका छन्। किम जोङ ऊन भनिरहेका छन्, इरान माग गर्दछ भने जनसेनासहित एउटै क्षेप्यास्त्रले सम्पूर्ण इजरायललाई ठेगान लगाइदिन उत्तर कोरिया तयार छ। भनिरहनु पर्दैन, जसको लक्ष्य अमेरिकी अत्याचारको अन्त्य एवं बहुध्रुवीय विश्वसंरचना स्थापना हो।
सोभियत संघको अभावमा
यद्यपि, सोभियत संघ हुँदाकै बखत इण्डोनेसियाका सुकार्नो र चिलीका एलेन्डेको हत्या गराएर अमेरिकाले त्यहाँको किसान जनक्रान्तिलाई दबाएको थियो। भारतीय इन्दिरा गान्धीको हत्यालाई पनि त्यसैसंग जोड्दा अन्यथा हुँदैन।फेरि पनि सन १९९१ मा सोभियत संघको विघटनयता दर्जनौं मुलुकका शासकहरुको हत्याश्रृङ्खला अचाक्ली बढ्न पुग्यो। मानिसहरु भन्ने गर्छन्, सोभियत संघको अभावमा सद्दाम हुसेन, इदी अमिन, कर्णेल कद्दाफी, राजा वीरेन्द्र र अली खोमेनीको हत्या भयो! निकोलास मादुरोको अपहरणलाई वस्तुतः यसै पंक्तिमा राख्न सकिन्छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइमा राष्ट्रसंघ मरिसकेको छ। त्यसैले नयाँ विश्वव्यवस्थाको दरकार बढेको छ। जुन, बहुध्रुवीय संरचनामा हुनुपर्छ।
आयोतुल्ला खोमेनीले इरानमा इस्लामिक धर्मवाला शासन थोपरे, भन्ने जुन मुद्दा उछालिरहेका छन्, त्यो इरानी जनताको राष्ट्रिय आत्मनिर्णयको अधिकार हो। संयुक्त राष्ट्रसंघ जीवित छ र त्यसको बडापत्र मान्य छ भने शासनव्यवस्थाको रोजाइ सम्बन्धित राज्यका जनताको हुने गर्छ। जसलाई, राज्यहरुको सार्वभौमिकताको पारस्परिक सम्मान भनिएको छ। तर, अमेरिका वा अरु कसैले कुनै राज्यमाथि हस्तक्षेप गर्न वर्जित छ।
परन्तु, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइमा राष्ट्रसंघ मरिसकेको छ। त्यसैले नयाँ विश्वव्यवस्थाको दरकार बढेको छ। जुन, बहुध्रुवीय संरचनामा हुनुपर्छ।
स्मरण रहोस्, तत्कालीन नेकपा (माओवादी) को दोस्रो राष्ट्रिय सम्नेलन, २०५७ ले दक्षिण एसियाली सोभियत फेडरेशन हुँदै विश्व सोभियत फेडरेशनको महत्व उजागर गरेको थियो। गणतन्त्रयता के भयो, त्यो विषय? पार्टी विभाजन र अनेक ताडना खेप्नु त परेकै छ, तर त्यत्तिकैमा त्यत्रो प्रस्ताव बिर्सन वा छोड्न मिल्छ? गणतन्त्र नेपालका निम्ति लडेका जनयोद्वाहरु, विशेषतः सहिद तथा बेपत्ता योद्वाहरुको रगत, आँसु र पसिनाको मूल्य सम्झनु पर्छ कि?
कहिले काहिँ लाग्छ, महान जनयुद्व लड्दाका बखत माओवादीहरु हिन्दू कथा रामायणमा वर्णित वीर हनुमान जस्तै अदम्य शाहसका प्रतीक थिए। तर, भगवान प्रदत्त हनुमानको शक्ति यत्ति धेरै थियो कि त्यसको खपत नहुँदा हनुमान चकचक गर्न थाले र तिनले आफ्नो शक्ति दुरुपयोग गर्न पुगे। पीडित मनुष्यको उजुरीमा प्रकट भएका भगवानले हनुमानलाई श्राप दिँदै भने- तँलाई तेरो शक्ति सम्झाउने कोही नभएसम्म शक्ति विर्सेस्!
वीर हनुमान अब लुरे हनुमानमा बदलिए।
माओवादीहरुलाई पनि ठुलै ‘श्राप’ पो लागेको छ कि? प्रश्न कि अब त्यो ‘श्राप’बाट उनीहरुलाई कसले र कसरी मुक्त गर्दिने होला?
लङ्कास्थित सीताजीलाई लिन जाने बेला वहादुर सेनापतिको खोजीमा अंगद भौंतारिएका थिए। बाँच्नको लागि खानु पर्यो, खानका लागि हनुमान बयरको दाना टिप्दै रहेको अंगदले देखे। देख्नासाथ हनुमानलाई समातेर झकझक्याउदै अंगदले हनुमानको वीरता सम्झाए। श्राप मुक्त भएकाले वीर हनुमान जागे र छिरसागरबाट लङ्कातिर उडे। कथा अनुसार लङ्का जलाएर सीताजी लिइ फर्किए।
माओवादीहरुलाई पनि ठुलै ‘श्राप’ पो लागेको छ कि? प्रश्न कि अब त्यो ‘श्राप’बाट उनीहरुलाई कसले र कसरी मुक्त गर्दिने होला?
सर्वप्रथम बुझ्नेलाई श्रीखण्ड हुँदा साम्यवादसम्म जाने सैद्वान्तिक प्रतिबद्वताको मार्क्सवाद नै पहिलो श्राप मुक्तिदाता विचारधारा हो। दोस्रोमा साम्राज्यवाद विरुद्व लड्ने देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता आन्दोलनको अन्तर्राष्ट्रवादी कार्यभार। सैद्वान्तिक प्रतिबद्वता र तात्कालिक कार्यभार वहन नगर्ने, गर्न नसक्ने वा नचाहनेलाई पत्याइ देला कसले कम्युनिस्ट भनेर? के यही त होइन, २०८२ मद्यावधि निर्वाचन परिणामको एक प्रवल कारण?
ध्यान रहोस्, तत्कालीन नेकपा (माओवादी केन्द्र) का साथीहरुको पहलमा २०८२ असार २७ गते काठमाडौं, भृजुटीमण्डपस्थित संयुक्त आयोजनामा एक खबरदारी सभा गरिएको थियो। जुन, प्यालेस्टाइन र इरानमाथि अमेरिका-इजरायलको अन्यायपूर्ण आक्रमणको विरोधमा थियो।
खतरनाक सन्दर्भ यो कि कतिपय मानिस ब्राम्हण श्राद्धमा विरालो खोजेर घरको थाममा बाँध्ने चेतना बोलिरहेका सुनिन्छ। जुन समय सोभियत- अमेरिकावीच शीतयुद्वको थियो, सावधानीपूर्वक अमेरिकाले नेपाललाई केही सकारात्मक सहयोग पुर्याएको सत्य हो। तर, खम्पाकाण्डमा त्यसको ब्याज लिन खोजेको पनि त्यत्तिकै सत्य हो। आज स्वतन्त्र देशको राष्ट्रपतिलाई अपहरण गरेर अमेरिकी अदालतमा मुद्दा दायर गर्छ, हिरासतमा थुन्छ; वार्ता चल्दा चल्दै छलपूर्वक इरानमाथि बज्रपात मच्चाउँछ र सर्वोच्च नेताको हत्या गर्छ। त्यस्तो विश्व आतङ्ककारी अमेरिकासंगको साँठगाँठ भन्नै परेन, नेपालमा देशै सिध्याउने अर्को खम्पाकाण्ड मात्र हुने प्रष्ट छ।
हेक्का रहोस्, २०७७ जेठ १२ गते हामीले एउटा आलेख प्रकाशित गरेका थियौं, जसको शीर्षक थियो- एमसीसी सम्झौता: चिनियाँ एम्बुस एरियामा नेपाल?
आफ्नो जीवनको अन्त्यतिर खोमेनीले बोलेका दुई कुरा अत्यन्त महत्वपूर्ण तथा मार्मिक पनि छन्:
पहिलो, अमेरिका र इजरायललाई लल्कार्दै खोमेनीले दृढतापूर्वक भनेका थिए- युद्वको सुरुआत तिनीहरु गर्छौं, त्यसको अन्त्य इरानले गर्छ र
दोस्रो, मारिनु केही दिन अघिको भेटमा एक वालकले खोमेनीलाई भनेका रहेछन्-सर म सहिद बन्न तयार छु।
प्रतिक्रियामा खोमेनीले भनेका छन्- बाब’ तिमीहरु त वैज्ञानिक बन्नु पर्छ। सहिद बन्ने त हामी छँदैछौं नि!
बाह्य दुस्मनद्वारा अली खोमेनी मारिएपछिका दिनहरुमा ती वालक के सोँच्दै र के गर्दै होलान्?
(लेखक पूर्वमन्त्री किराती नेपाली कम्युनिस्ट पार्टीका नेता तथा देशभक्त समाजवादी स्कुलका अध्यक्ष हुन्)
इरानले युद्ध जित्ने ६ आधारहरु
स्ट्रेट अफ हर्मुजमा साम्राज्यको अवनति; इरान युद्ध अमेरिकाको आफ्नै 'स्वेज संकट'
मेरो सम्झनामा युर्गन हाबरमास
म्युजिकल चेयरदेखि डिजिटल एल्गोरिदमसम्म: कसरी बदलिएनन् नेता, तर बदलिए मतदाता?
के युद्ध अन्य माध्यमबाट राजनीतिको निरन्तरता हो?
हावर्ड जिन र ट्रम्प युगमा शक्ति राजनीतिको पुनरागमन
फागुन २१ को चुनावमा मत कसलाई हाल्ने ?
प्रतिक्रिया