रोजा लक्जेमबर्ग : समाजवादी आन्दोलनको अद्वितीय व्यक्तित्व

झन्डै डेढसय वर्षको जीवनकथाको विश्व सामाजवादी आन्दोलनले एकसे एक आकर्षक र पराक्रमी व्यक्तित्व जन्माएको छ । मार्क्स जस्ता चिन्तक, लासाल जस्ता रोमाण्टिक योद्धा, लेनिन सरहका कर्मपुरूषले भरिपूर्ण यस आकाशगंगामा पनि तर एउटा अर्कै किसिम र ढाँचाको विद्युतिवान नक्षत्र वा चन्द्रमा हाँसिरहेको छुट्टै देखिन्छ । तिनी हुन रोजालक्जेमवर्ग, एउटी अद्भूत महिला । पातली होची, ठूलठूला तेजस्वी आँखा, चिरविरे स्वाभाव भएकी, पच्चीस पनि नपुगेकी, कथा वा उपन्यासकी नायिका सरहकी रोजा १८८४ मा पोल्याण्डको गतिशून्य राजनीतिमा एक्कासी उदाइन् । झट्टै नै पोल्याण्डमा मूलत: उनकै कर्मठताले त्यस देशको इतिहासमा पहिलो पटक सोशलिष्ट पार्टीको गठन भयो । तिनताक उनको वसोवास स्वीट्जरल्याण्डमा थियो । क्रान्तिकारी निर्वासनको समयमा नै उनले पोल्याण्डको राजनीतिमा त्यत्रो महत्त्वको कर्म सम्पन्न गरेकी थिइन् ।

रोजा लक्जेमवर्गको जन्म १८७० मा पोल्याण्डमा भएको थियो । क्रान्ति मानौं रोजाको रगतमा थियो । १६ वर्ष नपुग्दै रोजा एउटा गुप्त समाजवादी संगठनकी सदस्य भएकी थिइन् । त्यही गतिविधिको परिणामस्वरूप आइलागेको गिरफ्ताराट जोगिन रोजा १८८८ मा देश त्यागी स्वीट्जरल्याण्ड जान बाध्य भइन् । प्रवासले उनको क्रान्ति ज्वालामा झन घीउको काम गर्‍यो । यसै पनि उत्साहकी मुहान रोजाका लागि पोल्याण्ड अत्यन्त सीमित ठाउँ थियो । उनी स्टीट्जरल्याण्डमा पुगेर सम्पूर्ण यूरोपका समाजवादी नेताको घनिष्ट सम्पर्कमा पुगिन् । मार्क्सवादको उनको अध्ययन झन् परिष्कृत र परिमार्जित भयो । त्यही उनको भेट उनका आजीवनको सहयोगी र प्रणयपात्र लिओ जोगिचसंग भयो । आफ़्ना क्रान्तिकारी गतिविधिमा दुवै

एक अर्काका पूरक भए । रोजा कुशल सिद्धान्तकार थिइन्, लिओ जोगिच अद्वितीय संगठक थिए । पोल्याण्डको सोशलिस्ट पार्टीको गठनबाट जर्मनीको सशस्त्र विद्रोहको प्रयत्नसम्ममा जोगिच रोजाका साथ थिएन ।

रोजाको पुगनपुग ५०/५१ वर्षको जीवनकालमा अधिकांश भाग जर्मनीमा बिते । पुग्न उनी फ्रान्स पनि पुगिन्, वेल्जियम पनि पुगिन्, जहाँ क्रान्तिको गन्ध पाइन् त्यहाँ पुगिन् ।

पोल्याण्डमा जम्मेकी रोजालाई पोल्याण्डको क्रान्तिकारी संघर्षले सधैं आकर्षित गयो । १८०५ को विद्रोहमा रोजा सशरीर पोल्याण्डमा उपस्थित थिइन् । रोजाको पुगनपुग ५०/५१ वर्षको जीवनकालमा अधिकांश भाग जर्मनीमा बिते । पुग्न उनी फ्रान्स पनि पुगिन्, वेल्जियम पनि पुगिन्, जहाँ क्रान्तिको गन्ध पाइन् त्यहाँ पुगिन् । तर अन्ततः रोजाको मन र प्राणलाई मुख्यतः मार्क्स, एंगेल्स, वेवेल र लिबनेख्ताको प्रसिद्ध पार्टी जर्मन सोशल डेमोक्रेटिक पार्टीले नै जित्यो । १८ साँ शताब्दीका अन्तिम वर्षमा जर्मनीको सोशलिष्ट पार्टी यूरोपको समाजवादको नेता थियो, द्वितीय अन्तर्राष्ट्रिय प्रेरणा थियो, सर्वाधिक सचेत र ठूलो सोशलिष्ट पार्टी थियो । तर उनी उपलब्धिको ऐन बेलामा जर्मन समाजवादमा संशोधनवाद उदायो । बर्नस्टीनको नेतृत्वमा मार्क्सका मूलभूत सिद्धान्तमा संशोधन ल्याउन चाहनेहरुको समूहले १८८७ पछि पार्टी प्रेसमा खुलेआम ‘शान्तिपूर्ण परिवर्तन’ का कुरा गर्न थालेको थियो । वर्नस्टीनले ढुक्क भनेका थिए "मेरा लागि समाजवादको लक्ष्य रूपी मृग मरीचिका भन्दा धेरै महत्त्वपूर्ण मजदूर आन्दोलनका डेगैपिच्छेका उपलब्धि हुन् ।आज लामो ऐतिहासिक परिप्रेक्ष्यमा वर्नस्टीनको संशोधनको चाहे जे मूल्य होस्, तर त्यस समयमा वर्नस्टीनले स्पष्टतः क्रान्तिका उपर प्रहार गरेका थिए । क्रान्तिसुधा रोजाका निमित्त मानौ द्वन्दको खुला आक्रमण थियो र रोजाका सैद्धान्तिक लेखनको विचारणीय शुरूआत वर्नस्टीनको जवाफको रूपमा थालियो ।

इतिहासमा एक होइन अनेक पटक रोजा र बर्नस्टीन, स्त्रुवे र लेनिन देखा पर्दछन् । रोजा र लेनिन जस्ताको सधैं एउटै जवाफ हुन्छ- यो द्वन्द नै गलत हो । हरेक मांसाहारी मानिस स्वभावतः शाकाहारी भएझैँ क्रान्तिकारीलाई सुधारसंग झगडा गर्ने जरूरत हुन्न ।

बर्नस्टीनको संशोधनवादका विरूद्ध शास्त्रीय मार्क्सवादका मूल प्रवक्ता त्यस समय कार्ल काउत्स्की थिए । कार्ल काउत्स्कीको पत्रिका नयाँ युगमा संशोधनवादको निर्मम परीक्षण रोजाले थालिन् । सुधार कि क्रान्ति ? बर्नस्टीनको सिद्धान्तको केन्द्रीय तत्त्व वा द्वन्द यिनै दुई शब्दबाट जाहेर थिए । क्रान्तिकारी आन्दोलनको इतिहासमा यो प्रश्न अनेक पटक दोहरिएको छ । इतिहासमा एक होइन अनेक पटक रोजा र बर्नस्टीन, स्त्रुवे र लेनिन देखा पर्दछन् । रोजा र लेनिन जस्ताको सधैं एउटै जवाफ हुन्छ- यो द्वन्द नै गलत हो । हरेक मांसाहारी मानिस स्वभावतः शाकाहारी भएझैँ क्रान्तिकारीलाई सुधारसंग झगडा गर्ने जरूरत हुन्न । तर एक हैन अनेक पटक
इतिहासमा सुधारको नाउँमा मात्र यथास्थितिवादको बचाउ र रक्षा गरिएको छ । र "यथास्थितिवाद कि क्रान्ति" भनेर प्रश्नलाई सही सन्दर्भमा राख्ने हो भने रोजा संयमका सारा बांध तोडेर क्रान्तिको पक्षमा थिइन् ।

रोजा लक्जेमवर्गले आफ्नो राजनीतिका एकदम प्रारम्भिक दिनमा नै बर्नस्टीन जस्ता समाजवादी दिग्गजसंग लड्नु पर्‍यो । वर्नस्टीन लरतरा मानिस थिएनन् । स्वयम् मार्क्सको सान्निध्यमा उनको मार्क्सवादी शिक्षा दीक्षा पूरा भएको थियो । तर रोजा यसाट डगिनन् । आफ्नो आदर्श, आफ्नो आत्मविश्वास र आफ्नो साहस रोजाका प्रमुख सम्बल थिए । वर्नस्टीन त रोजाको आजीवन लडाइँको प्रारम्भ थियो । अन्तकहाँ गएर भयो र कसरी भयो । त्यसको सम्पूर्ण गौरव र महत्ता, अर्थ र नाटकीयता यो संक्षिप्त परिचयमा निश्चय अभिव्यक्त गर्न सकिन्न । समाजवादी आन्दोलनका सर्वाधिक निर्णायक र मर्मान्तक दिनमा रोजाले विकट लडाइँ लडिन् । विभिन्न कुण्ठा, गलत र अतिवादी प्रवृत्तिवाट जोगाइ समाजवादी आदर्शको राँकोलाई प्रदीप्त राख्न उनले आफ्नो प्राणहुति दिनुपर्यो । त्यही रांकोको क्षीण प्रकाशमा आज आधा शताब्दी पछि पनि एउटा समाजवादी शक्ति छ- जो उनका उपर गर्व गर्दछ र आफुलाई पराजयवादी, सर्वसत्तावादी र मौखिक क्रान्तिकारीताका दुष्परिणामवाट छुट्याउन समर्थ रहेको छ । रोजाको लडाईको चरित्र महाकाव्यात्मक थियो ।

समाजवादी आन्दोलनका सर्वाधिक निर्णायक र मर्मान्तक दिनमा रोजाले विकट लडाइँ लडिन् । विभिन्न कुण्ठा, गलत र अतिवादी प्रवृत्तिवाट जोगाइ समाजवादी आदर्शको राँकोलाई प्रदीप्त राख्न उनले आफ्नो प्राणहुति दिनुपर्यो । त्यही रांकोको क्षीण प्रकाशमा आज आधा शताब्दी पछि पनि एउटा समाजवादी शक्ति छ- जो उनका उपर गर्व गर्दछ र आफुलाई पराजयवादी, सर्वसत्तावादी र मौखिक क्रान्तिकारीताका दुष्परिणामवाट छुट्याउन समर्थ रहेको छ ।

“यदि तोर डाक सुने केउ ना आसे तबे एकला चलो रे" भावनाले भरिएको मुटु लिएर वर्नस्टीन, काउत्स्की लेनिन सब गलत हुन सक्दछन् तर समाजवाद गलत छैन भन्ने दृढ विश्वास लिएर उनी कर्तव्यनिष्ठ रहिन् । इतिहास ढिलै सही उनको भविष्यदृष्टि सही सिद्ध गर्दैछ । समाजवादलाई तन्त्रमन्त्रको रूप दिन चाहने मूर्ख हुन वा मानवीयताको स्पर्शवाट विमुक्त पार्न चाहने दुष्ट, सवै असफल हुँदैछन् । अन्तमा सही सिद्ध हुँदैछन् नेताहरूद्वारा ठगिएकी, पार्टीद्वारा त्यागिएकी र अनुयायीहरूद्वारा नबुझिएकी एक्ली रोजा लक्जेमवर्ग ।

रोजालाई सैद्धान्तिक बहसमा गहिरो दिलचस्पी थियो र सैद्धान्तिक प्रश्नलाई उनी जीवन मरणको गम्भीरता साथ केलाउथिन् । सिद्धान्त वस्तुतः उनका लागि कोरा वहस थिएनन् । हामीले समाज र दुनियाँलाई एउटा निर्दिष्ट दिशामा लैजानु छ । यही निर्दिष्ट दिशामा व्यवहारिक रूपमा सिद्धान्त जान्ने क्रममा सर्वाधिक सशक्त साधन हो- हतियार हो । यदि सिद्धान्त त्याज्य छ । यस्तो पथविरतिको गन्ध पाएर रोजाले कम्युनिष्ट सिद्धान्तका एकदम प्रारम्भ मै १८०३ -२८०४ मा लेनिनको आलोचना गरिन् । लेनिनको संगठनले लोकतान्त्रिक ढाँचा स्वीकार गरिन् । लेनिनको संगठनले लोकतान्त्रिक ढाँचा स्वीकार गरोस् भन्ने रोजाको आग्रह थियो । लेनिनको - क्रान्ति प्रयत्न र रूसको वास्तविक परिस्थितिमा रोजाको सल्लाह कतिको व्यवहारिक थियो यो विवादको विषय हुन सक्छ । तर यसमा केही शंका छैन रोजाका तीक्ष्ण अन्तरदृष्टिले वोल्शेविक पार्टीको सांगठनिक ढाँचाको खतरालाई एकदम सही ढंगबाट औल्याएको थियो ।

रोजालाई सैद्धान्तिक बहसमा गहिरो दिलचस्पी थियो र सैद्धान्तिक प्रश्नलाई उनी जीवन मरणको गम्भीरता साथ केलाउथिन् । सिद्धान्त वस्तुतः उनका लागि कोरा वहस थिएनन् ।

लेनिन सतर्क थिएनन् । यही पृष्ठभूमिमा अगाडि गएर रोजाले जर्मन झ्यालखानामा सुनेका खवरका भरमा वोल्शेभिक क्रान्तिको जस्तो समीक्षा गरिन् त्यो निश्चय इतिहासको सर्वाधिक संयत गंभीर एवम् महत्त्वपूर्ण दस्तावेज हो । सिद्धान्तकै सवालमा १८०६-०७ मै रोजाले त्यस समयका मार्क्सवादका सर्वमान्य गुरू कार्ल काउत्सकीसंग पनि नजुधी भएन । १८०५ को पोल्याण्डको विद्रोहमा सशरीर भाग लिदा रोज़ालाई केही अमूल्य अनुभव भएका थिए । पोल्याण्ड विद्रोहको प्रमुख स्वरूप हडताल थियो । रोजा त्यसबाट प्रभावित भइन् । १८०६ मा फिनल्याण्डमा छपेको 'हडताल, ट्रेड युनियन र पार्टी शीर्षक पुस्तिका छापियो ।

त्यो पुस्तिका वस्तुतः पोल्याण्डको संघर्षको अनुभवको सार थियो । पोल्याण्डको अनुभवले उनलाई क्रान्तिको प्रक्रिया, क्रान्तिकारी पार्टीले गर्नु पर्ने नेतृत्वदायी भूमिका, जनताको चरित्रका बारेमा नयाँ ज्ञान प्रदान गरेको थियो । एउटा मजबुत क्रान्तिकारी पार्टी वेगर क्रान्तिकारी संघर्षमा विजयी हुन सकिन्न भन्ने कुरो उनले पोलेण्डको विद्रोहबाट राम्ररी सिकिन् । तर क्रान्तिकारी पार्टी कस्तो हुन्छ ? यस विषयमा पनि रोजाले त्यस समय मौलिक रूपले सोच्नु पर्‍यो । बर्नस्टीनको सुधारको विरूद्धमा कार्ल काउत्स्कीको नेतृत्वमा, रहेको जर्मन सोशल डेमोक्रेटिक पार्टीको तथाकथित क्रान्तिकारी गुटका साथ त्यतिञ्जेलसम्म रोजा लक्जेमवर्ग कदमता मिलाउँदै हिँडेकी थिइन् ।

विस्मार्कका मारमा परेका जर्मन शोसलिष्टहरू कॉतर र बेइमान भै सकेका थिए । लम्बा चौडा कुरा गर्नु तर ती कुरालाई कार्यरूपमा परिणत गर्न एउटै पनि ठोस कदम नचाल्नुमा उनीहरूको बठ्याई थियो ।

तर वर्नस्टीनको विरोध गरे भन्दैमा के कार्ल काउत्स्की र उनका अनुयायी साँचा क्रान्तिकारी थिए ? रोजाको मोह भंग भयो, उनले क्रान्तिका लागि क्रान्तिका आदर्शका लागि सुधारका विरूद्धमा बर्नस्टीनसंग लडिन् । केन्द्रीय तानाशाहीको विरूद्ध लेनिनसंग बाझ्थिन् । अब उनले कार्ल काउत्स्कीको मौखिक क्रान्तिसंग लड्ने अठोट गरिन् । रोजा लक्जेमवर्गले कडा लवजमा कार्ल काउत्स्कीको कार्यनीतिको आलोचना गरिन् । विस्मार्कका मारमा परेका जर्मन शोसलिष्टहरू कॉतर र बेइमान भै सकेका थिए । लम्बा चौडा कुरा गर्नु तर ती कुरालाई कार्यरूपमा परिणत गर्न एउटै पनि ठोस कदम नचाल्नुमा उनीहरूको बठ्याई थियो । मानौ क्रान्ति पाकेको आँप सरह उनका पोल्टोमा खस्छ । क्रान्ति त्यसरी हुन्न, क्रान्तिकालागि त क्रान्तिकारी पार्टीले एकदम सचेत रूपमा तैयारी गर्दै लैजानु पर्दछ । हरेक कदममा साधनको खोज हुन्छ र आत्मविश्वासको वृद्धि । क्रान्ति, क्रान्ति क्रान्ति अमूर्त शब्द फलाकेर क्रान्ति हुन्न । रोजा लक्जेमवर्गका प्रहारले जर्मन पंडितलाई निश्चय रिंगटा छुट्यो । बर्नस्टीन, लेनिन र काउत्स्कीसंगको लडाई अध्ययन गरिसकेपछि रोजा लक्जेमवर्गको क्रान्तिचेतनाको शुद्धता र गहनतामा शंका गर्ने 'कुनै ठाउँ रहन्न ।

तर रोजा लक्जमवर्गको मूल्यांकन यतिनै गरियो भने उनका प्रति ठूले अन्याय हुनेछ । उनको असली परिभाषा त अहिले शेष नै छ । प्रथम विश्वयुद्धको पृष्ठभूमिमा भएको क्रान्ति स्फुरणका माझको कर्मनिष्ठ रोजालाई अहिले हामीले चिनेक छैनौ । कर्म वाहेक सिद्धान्तकै क्षेत्रमा पनि रोजाको पूंजीको सञ्चय भन्ने पुस्तक उनको सर्वोत्कृष्ट कृति मानिन्छ । माथि उल्लेखित लेख एवम् पुस्तिका व्यवहारिक झगडाको गौण उत्पादन थियो । “पुंजीको संचय" भने विशुद्ध चिन्तनको नमुना हो । मार्क्सेली अर्थशास्त्रको परम्परामा त्यस टक्करको पुस्तक मुस्किलले अरू एक दुई होलान् । साम्राज्यवादको प्रक्रियाको प्रथम विश्लेषणको प्रयत्न रोजाद्वारा नै त्यस पुस्तकमा भएको छ । लेनिनको साम्राज्यवाद सम्बन्धी सिद्धान्त पछि गएर लोकिप्रय भयो ।
मानिसको चरित्र ठूलो संकट र ठूलो भूवरीमा परे यही मात्र थाहा हुन्छ । साधारण समयमा त सामान्य मानिसले पनि महानताको पाखण्ड गर्न सक्तछन् ।

चाहे कुनै देशको होस्, दलित र शोषित वर्गलाई बुर्जुवा राज्यले केही पनि नागरिक हक स्वतन्त्रता र आत्मसम्मान दिएका हुन्नन् । देश उनीहरूको देश हुँदैन । उनीहरू कमारा हुन्छन् तसर्थ यी सवै दुनियाँका कमारा एकै हुन् भन्ने मार्क्सको तर्कले त्यस समयको समाजवादी आन्दोलनलाई प्रभावित पारिराखेको थियो ।

 प्रथम विश्वयुद्ध र त्यसका तार्किक उपयतीका रूपमा जन्मिएको वोल्सेभिक क्रान्ति र जर्मन विद्रोहको अग्निपरीक्षामा विश्व समाजवादी आन्दोलन र समाजवादी नेताहरूको पहिलो पटक जाँचपरख भयो । समाजवादी आन्दोलनको सामर्थ्य र सीमाबारे त्यतिञ्जेलसम्म गम्भीर भ्रम थिए । तर प्रथम विश्वयुद्धले आदर्श र औसरवाद, विद्रोह र आत्मसमर्पण, क्रान्ति र कायरताका बिचमा सवै रेखा स्पष्ट देखायो । अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको संगठनले युद्धका बारेमा सधै एउटा दृढ र धारवाहिक नीति लिएको थियो । समाजवादी विश्लेषणका अनुसार दुई बुर्जुवा देशका युद्धका विचमा रुची राख्ने खाँचो मजदूरवर्गलाई र समाजवादीलाई कम से कम थिएन । राज्यहरू युद्धकालमा अपेक्षाकृत शक्तिहीन एवम् विघटनोन्मुख हुन्छन् । समाजवादी शक्तिले यस अवसरको क्रान्तिकारी उपयोग गर्नु पर्दछ । चाहे कुनै देशको होस्, दलित र शोषित वर्गलाई बुर्जुवा राज्यले केही पनि नागरिक हक स्वतन्त्रता र आत्मसम्मान दिएका हुन्नन् । देश उनीहरूको देश हुँदैन । उनीहरू कमारा हुन्छन् तसर्थ यी सवै दुनियाँका कमारा एकै हुन् भन्ने मार्क्सको तर्कले त्यस समयको समाजवादी आन्दोलनलाई प्रभावित पारिराखेको थियो । यस पृष्ठभूमिमा बुर्जुवा राष्ट्रहरूको आपसी लडाई गृहयुद्धमा परिणत गर्नुपर्छ भन्ने संकल्पको एउटा प्रस्ताव स्टुगर्ट सम्मेलनले १८०७ ई. मा पारित गरेको थियो । त्यस प्रस्ताव अनुरूप
प्रथम विश्वयुद्धको परिप्रेक्षमा जर्मन शोसल डेमोक्रेटिक पार्टी या कुनै पनि दशेको शोलिष्ट पार्टीको एउटै, वस एउटै कर्तव्य शेष थियो जर्मन राजा कैसरको शासन समाप्त होस् । तर दुर्भाग्यवस ठीक कर्तव्यको यस विकट घडिमा जर्मन समाजवादी आन्दोलन राष्ट्रिय उन्मादले ग्रस्त भयो । अन्तर्राष्ट्रिय नाराका जुन सपना र विश्वासले वर्षों आन्दोलनलाई पुष्ट पारेको थियो, ती सपना र विश्वास रातारात माटोमा मिले । समाजवादी नेताले जर्मन मजदूरलाई यथोचित नेतृत्व दिन सकेनन् । पछि घटना चक्रका वस्तुगत चापमा परी कैसरले स्वयम् गद्दी छोड्नु पर्यो । युद्ध समर्थक समाजवादीहरूको आँखा त्यहाँ पनि खुलेन । एउटा निम्नकोटीको उदारवादी सरकारलाई समर्थन गरेर उनीहरूले यथास्थितिवादको शक्तिलाई मजबुत गरिरहे रोजा लक्जेमवर्गले तर कहिले हार खाईनन् । उनी र उनका मुट्ठीभर सहयोगीहरूले स्टुटगर्ट सम्मेलनले सुम्पिएको दोहोरो दायित्व पूरा गर्न भरमग्दुर कोशिश गरिरहे ।

पहिलो दायित्व थियो कैंसरको युद्धप्रयासलाई कमजोर तुल्याउने दोस्रो यससंग सम्बन्धित दायित्व गृहयुद्ध र क्रान्तिको तैयारी थियो । जर्मन शोसल डेमोक्रेटिक पार्टीको झन्डै सबै जस्ता शीर्षस्थ नेता र समितिले युद्धं र जर्मनीको समर्थन गरेको हुंदा स्वाभावतः रोजासंग शक्ति र संगठन थिएन । रोजाले आफ्नो ध्येयप्राप्तिका निमित्त नयाँ तवरबाट संगठनको जग बसाल्दै लैजानु जरुरी थियो । तर यो पनि कहां सजिलो थियो र । प्रथम विश्वयुद्ध थालिएका दिनदेखि युद्ध बन्द नहुञ्जेलसम्म रोजा जेलको जेलमै रहिन् । वीचमा एक दुई महिनाको स्वतन्त्रताको खास अर्थ थिएन ।

जेहोस, रोजाको प्रेरणा र नेतृत्वमा युद्ध कालमै १८१६ मा स्पार्टकस लीगको नाममा एउटा नयाँ पार्टीको जन्म भयो । रोजा लक्जेमवर्गको निर्देशनमा स्पार्टकस लीगले जन विद्रोहको संगठन थाल्यो । तर विभिन्न कारणहरूले गर्दा स्पार्टकस लीगले यथेष्ट शक्ति बटुल्न सकेन । पुराना समाजवादी नेताहरू त स्पार्टकस लीगको विरोधी थिए नै, शेष परिस्थिति पनि प्रतिकूल थिए । युद्धबाट क्लान्त एवम् आक्रान्त जर्मन जनतालाई क्रान्ति भन्दा बढी त्यस मनोवैज्ञानिक क्षणमा सुरक्षा चाहिएको थियो । फेरि रोजा स्वयम् त जेलमै रहिन् भनी हामीले भनिसक्यौ । इतिहासको विद्यार्थीले न्यासंगत विश्लेषण गर्दा यो पनि भन्नु पर्ला रोजा शायद उस्तो कुशल संगठनक थिईनन् । युद्ध र क्रान्तिका सम्बन्धमा रोजा र लेनिनका विचारमा खास अन्तर थिएन । क्रान्ति सम्पादनका लागि धैर्य र बुद्धिमत्ताका साथ १७ वर्षको प्रवासमा लेनिनले जस्तो संगठनको निर्माण गरेका थिए स्पार्टकस लीगले रातारात त्यो कुशलता र तेजी हासिल गर्ने कुरै थिएन । लेनिनको वोल्शेविक पार्टीले रूसमा केरेन्स्कीको सरकारलाई सजिलै सत्ताच्युत गरेर समाजवादी क्रान्तिको संभावनाका तर्फ संकेत गरेको थियो । स्पार्टकस लीगका सदस्य लेनिनको सफलताबाट जर्मनीमा सो घटनाको पुनरावृत्तिका निम्ति उन्मुख थिए । कैसरको पलायनपछि जर्मनी गणतन्त्र घोषित भएको थियो । केरेन्स्कीकै ब्यवस्था सरह जर्मनीमा फ्रिजएवर्टको प्रधान मन्त्रीत्वमा एउटा लुते एवम् दिशाहीन सरकारको गठन भएको थियो । स्पार्टकस लीगका सदस्य यस सरकारलाई समाप्त पार्न तम्सिराखेका थिए ।

नोभेम्बर १८१७ मा रोजा लक्जेमवर्ग अन्तिम पटक युद्ध अभियोगवाट मुक्तभै जेलबाट छुटिन् । यस पछिको रोजा लक्जेवर्गको जीवनी ग्रीकका दुखान्त नाटकको अटल तर्क सरह कसैले रोक्न नसकिने गरी विकसित भएर गयो । ती दुखान्त नाटकका पात्र सरह उनको उदात्तता नै उनको काल भयो । उनमा छल, कपट र कायरता लेश मात्र पनि थिएन भन्ने देखिसकेका छौं । स्पार्टकस लिगका उनका साथीहरूको उन्माद र त्यसका घातक परिणामबाट उनी परिचित थिईन् । माथि भनेझैं स्पार्टकस लीग स्वयम् त कमजोर संगठन थियो नै जर्मनीमा शेष वस्तुतिष्ठ परिस्थिति पनि अनुकूल थिएनन् । रूसमा वोल्शेविक क्रान्ति सफल हुनमा जार सेनाको नैतिक ह्रास र परंपरागत जर्जर संगठनको ठूलो हात थियो । जर्मन सेना पनि पराजित भै भग्न मनोवलका साथ बसेको थियो । तर जर्मन सेनाको संगठन कमसेकम अत्यन्त आधुनिक एवम् कुशल थियो । जर्मन सेनाको विशिष्ट पद्धति एवम् शिक्षणले उनीहरूलाई हिजो आजका सेना सरह किसान मजदुरसंग कुनै सहानुभूति थिएन । सेना स्वयम् एक जातिमा परिणत भएर जनतासंग सम्बन्ध विच्छेद गरिसकेको थियो । रूसी सेनाले भने किसान र मजदूरका हितलाई आफ्नो हित ठान्दै थिए । त्यसै कारण लेनिन सफल भएका थिए । जर्मनीमा सफलता त्यति सजिलो थिएन् । रोजा लक्जेमवर्गले स्पार्टकम लीगको उन्मादलाई यथासम्भव शान्त गर्ने चेष्टा गरिन् तर वेकार । स्पार्टकस लीगको केन्द्रिय समितिको बैठकले १८१८ को जनवरीमा खेलाची सरह विद्रोह थाल्यो । रोजाको क्यै लागेन । आफ्ना ईच्छा विरूद्ध पनि साथीहरूलाई पूरा इज्जत र तागत लगाएर मद्दत गर्नु बाहेक इमान्दार रोजाले अरू बाटो देखिनन् । स्पार्ट कसलिगका सदस्यले वर्लिन बहरमा यन्त्रवत भागलिई सरकारी कार्यालय कब्जा गर्न लागे ।

रोजा लक्जेमवर्गले स्पार्टकम लीगको उन्मादलाई यथासम्भव शान्त गर्ने चेष्टा गरिन् तर वेकार । स्पार्टकस लीगको केन्द्रिय समितिको बैठकले १८१८ को जनवरीमा खेलाची सरह विद्रोह थाल्यो । रोजाको क्यै लागेन ।

आतिएर अन्तरिम सरकारका प्रधान मन्त्रीले जर्मन सेनालाई दमनका निमित्त निम्त्याए । बर्लिनमा रगतको खोलो बग्यो । मुट्टीभर समाजवादीहरू एक एक गरेर मारिए । ती मध्ये पनि रोजा लक्जेम्बर्गको हत्या सर्वाधिक हृदय विदारक थियो । १६ जनवरीका दिन फौजका केही जवानले रोजालाई गिरफ्तार गरे । महिनौ पछि रोजालक्जेवर्गको लासका काटिएका टुक्रा-टुक्रा जर्मनीका नालीमा फेला परे । रोजा लक्जेमवर्गको हत्या जर्मनीमा समाजवादी क्रान्तिको सम्भावनाको प्रतीकात्मक हत्या थियो । त्यसपछि जर्मनी सन्देह, अन्धकार अनिश्चय र प्रतिक्रान्तिका बाटोबाट अनेकौ वर्ष हिँड्यो ।

हिटलरको उदयका रूपमा जर्मन सभ्यताको अमानदियकरणको अभूत पूर्व यातनाको रूपमा, द्वितीय विश्वयुद्धको अपराधिका रूपमा र जर्मनराष्ट्रको विघटन र विभाजनका रूपमा जर्मन इतिहास र जनताले त्यसपछि अझै मानौ रोजा लक्जेवर्गको हत्याको प्रायश्चित गर्दैछ । पश्चिमी जर्मनीमा अहिले आशाका केही किरण शोसलडेमोक्रेटिक पार्टीका सत्ता ग्रहणका रूपमा उदाएको छ । तर के जर्मन समाजवादको प्रायश्चित पूर्ण भइसक्यो होला ?

आज दुनियामा समाजवादका नाममा कमसेकम तीन स्पष्ट विभाजन देखा परिरहेका छन् । प्रथमतः रोजा लक्जेमवर्गको जीवन र मृत्युमा यस विभाजनको ऐतिहासिक जरो फेला पर्छ । प्रथम विश्वयुद्धका साथ समाजवादी आन्दोलनमा सर्वप्रथम यी तीन प्रवृत्ति देखापरे । एक थरिका समाजवादी पूंजीवादी राष्ट्रिय उन्मादमा बगेर बिलाए । दोस्रो थरिका लेनिन एवम् उनका अनुयायी तानाशाह भई कम्युनिष्ट कहलाए । तेस्रो प्रवृत्तिको स्वयम् रोजा हुन् । रोजा र लेनिनमा क्रान्ति र युद्धका सवालमा समानता भए तापनि गम्भीर मतभेद थिए । ती मतभेदलाई नबुझी कम्युनिष्टको र समाजवादीहरूको लडाई बुझ्न सकिन्न ।

रोजा र लेनिनमा क्रान्ति र युद्धका सवालमा समानता भए तापनि गम्भीर मतभेद थिए । ती मतभेदलाई नबुझी कम्युनिष्टको र समाजवादीहरूको लडाई बुझ्न सकिन्न ।

रोजा जर्मन जेलमा छंदै उनले वोल्सेविक क्रान्तिको खबर सुनिन् । उनले क्रान्तिको अभ्यर्थना अवश्य गरिन्, तर क्रान्तिले बाटो विराउला भन्ने आशंका व्यक्त गर्नबाट चुकिनन् । क्रान्ति शासनको हेर फेर मात्र होइन, केही मानविय आदर्शको यथार्थी करणको प्रक्रिया हो । लेनिनले समाजवादको स्थापनाको निमित्त सर्वहाराको तानाशाहीको नाममा उनले आफ्नो पार्टीको तानाशाही स्थापित गरेका थिए । रोजाले क्रान्ति, तानाशाही र लोकतन्त्रको सम्बन्धलाई 'दि वोल्सेविक रेवल्युशन' भन्ने पुस्तिकामा केलाईन् । सो पुस्तिका समाजवादी आन्दोलनको इतिहासमा सधै एक ऐतिहासक दस्तावेजका रूपमा समादृत हुनेछ । रोजाले रूसि क्रान्तिको अत्यन्त वास्तविक मूल्यांकन गरेकी छन् । समाजवादको स्थापना गर्न चाहने मानिसले लोकतन्त्रलाई कहिले तिलाञ्जली दिन सक्तैन । लोकतन्त्र समाजवादका निमित्त एक सथा लक्ष एवम् बाटो हो ।

लेनिनको ध्येय चाहे जे होस् तर तानाशाहीको स्थापनाको बाटो खोलेर लेनिनले गलत कदम लिएका छन् । जनताको स्वतःस्फूर्त साझेदारी र अनन्तः प्रेरणा वेगर समाजवादको स्थापना सम्भव छैन । समाजवाद त जनतन्त्रको सर्वोच्च रूपमात्र हो । त्यसको विरोध होइन । जन जागरणका निमित्त स्वतन्त्रता आवश्यक शर्त हो । रोजाले स्पष्ट लेखिन्– “अहिले रूसमा राजनैतिक जीवनको दमन गरिएको छ । यसको परिणामका रूपमा निश्चय रूसको स्फूर्ति र जीवन शक्ति समाप्त हुनेछ । आम चुनावको अभावमा, प्रेस भाषण र मतभेदको अभावमा सबै जन संस्थान मृत प्रायः हुनेछन् र बस एउटा कर्मचारी तन्त्र मात्र सक्रिय रहन्छ । तानाशाही सरकार र जनताको वस एउटै नाता रहनेछ । जनताहरू पटक-पटक यी शासक र नेताको भाषण समारोहमा ताली बजाउन निम्त्याइने छन् हरेक पटक नेताहरूको निर्विघ्न भाषण हुनेछ । जनता र मजदुरले यन्त्रवत ताली पडकाउने छन् । र संसद वा सभामा प्रस्ताव उप-प्रस्ताव निर्विरोध पारित हुने छन् । यस प्रकार एउटा सानु समूहको मुट्ठीभर भर राजनीतिज्ञहरूको बुर्जुवा तानाशाही चल्नेछ । यो तानाशाही जनताका उपरको तानाशाही हुनेछ जनताको तानाशाही हुने छैन ।”

यी उपरोक्त पंक्तिहरू झट्ट पढ्ने पाठकलाई यी १८१८ मा लेखिएका पंक्ति हुन् भन्ने कुरो विश्वास गर्न गाह्रो पर्ला । रोजा लक्जेम्वर्गको तीक्ष्ण अन्तर्दृष्टिले आगामी साम्यवादी समाजको अविकल तस्वीर उही वेला खिचेको थियो । तर कसैले चेतेन र इतिहासको एउटा महत्त्वपूर्ण क्रान्ति अरू अनेक क्रान्ति सरह बीच बाटोमा गएर विकृत भयो, तिक्त भयो । आज शब्द लेखिएको अनि रोजाको मृत्यु भएको ६० वर्ष भन्दा वढी भई सक्यो नयाँ-नयाँ किसिमका अत्याचार झन् झन् मजबुत हुदैछन् । स्टालिन र माओको नेतृत्वमा समाजवादका नाउमा जे जस्ता वहुलठ्ठी भए वा हुँदैछन् त्यो हामी देख्दै छौं । रोजाका ठूलठूला आँखामा सधै पौडिने सपना सपना नै छन् तर के हामी त्यसले गर्दा निराश हुन्छौ ? अहं, निराशले हामीलाई स्पर्शसम्म पनि गर्न सक्दैन । ६०, ७० वर्षको समय एक वा दुइ पुस्ताका लागि धेरै हुन सक्छ, तर इतिहासका लागि त निमेष भर मात्र हो । इतिहासका आफ्ना बाध्यता रहन्छन् । हामी ब्रम्हा होइनौं । हाम्रो संकल्पको सार्थकता छ, फेरि रोजाको सपनाको के महत्त्व छ भने त्यो त दुई आँखाको सपना होइन, मनुष्य जातिमात्रको युग युग देखिको सपना हो ।

०००
(यो लेख वाराणासी प्रकाशित हुने अक्षर द्वैमासिक पत्रिकामा अक्टुबर-नवम्बर १८७१ मा पहिलोपटक प्रकाशित भएको थियो । त्यस घटनाको झण्डै ४० वर्ष पुगिसक्यो । तिनताक रोजा लक्जमवर्गको साहित्य र सन्दर्भ लगभग शून्य प्रायः थियो । पाठकले यस् तथ्यलाई ध्यानमा राख्दै यो लेख पढ्नु हुँदा उपयोगी हुनेछ : प्र.गि.)

समता अध्ययन केन्द्रद्वारा प्रकाशित गिरिको कृति ‘व्यक्तित्व – विचार र सम्झना’बाट साभार