मार्क्सवादी चिन्तनको आधारशिला ‘कम्युनिष्ट मेनिफेस्टो’

पूँजीवादी संरचनाको द्वन्द्वात्मक विश्लेषण: उत्पादनको एकाधिकार र वर्ग संघर्षको ऐतिहासिक भूमिका

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित 'कम्युनिष्ट घोषणापत्र' विश्व इतिहासकै सबैभन्दा प्रभावशाली राजनीतिक र दार्शनिक दस्तावेजमध्ये एक हो। यसको मुख्य महत्त्व मानव समाजको विकासक्रमलाई वर्ग संघर्षको नजरबाट व्याख्या गर्नुमा निहित छ। यसले पुँजीवादको उदय, यसका सीमाहरू र श्रमजीवी वर्ग (सर्वहारा) को मुक्तिको मार्गचित्र प्रस्तुत गर्दछ। समाजमा विद्यमान आर्थिक असमानता र शोषणको संरचनालाई बुझ्न यो पुस्तक एउटा दार्शनिक आधार हो, जसले विश्वभरका राजनीतिक क्रान्ति र सामाजिक सुधारका आन्दोलनहरूलाई दशकौँदेखि वैचारिक ऊर्जा प्रदान गर्दै आएको छ।

धनी र गरिबबीचको खाडल झन् फराकिलो बन्दै गएको आजको विश्वमा यसको सान्दर्भिकता उत्तिकै छ। वर्तमान विश्व परिवेशमा पुँजीको केन्द्रीकरण, विश्वव्यापीकरणका नकारात्मक प्रभाव र श्रमिकहरूको अधिकारका सवालहरूलाई गहिरोसँग बुझ्न पनि यो घोषणापत्र पढ्नु जरुरी छ। यसले हामीलाई केवल यथास्थितिलाई स्वीकार गर्न मात्र होइन, बरु एक न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि आलोचनात्मक सोच राख्न प्रेरित गर्छ। इतिहास, राजनीति र अर्थशास्त्रमा चासो राख्ने जोकोहीका लागि पनि समाजको भित्री तह र शक्ति सन्तुलन बुझ्न यो एउटा अनिवार्य अध्ययन सामग्री हो।

कम्युनिष्ट विचार–दर्शनमा आस्था र विश्वास राख्ने संसारभरिकै व्यक्ति–पार्टीहरूको लागि यो आधारभूत वैचारिक आधारशीला हो। यसले वर्ग संघर्षको सिद्धान्त, इतिहासको भौतिकवादी व्याख्या, पुँजीवादको गहिरो चिरफार, सर्वहारा वर्गको ऐतिहासिक भूमिका र उत्पादनका साधनमाथिको निजी स्वामित्व अन्त्य गर्ने जस्ता कम्युनिज्मका आधारभूत सिद्धान्तहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्छ। यी त्यस्ता सैद्धान्तिक विचारहरू हुन्, जसले संसारभरिका कम्युनिष्ट आन्दोलनहरूको वैचारिक दिशा तय गरेका छन्।

सन् १८४८ मा लेखिएको यो प्रारम्भिक दस्तावेजपछि मार्क्सका 'दास क्यापिटल' जस्ता विस्तृत कृतिहरू, साथै एंगेल्स, लेनिन, माओ र हो ची मिन्ह जस्ता विचारकहरूले गरेका व्याख्याहरूले कम्युनिष्ट पार्टीहरूको वैचारिक आधारलाई थप सुदृढ बनाएका छन्। विभिन्न देशका पार्टीहरूले आफ्नै ऐतिहासिक, सामाजिक र राष्ट्रिय परिस्थितिअनुसार मार्क्सवादलाई रूपान्तरण र विकास गरेका कारण रूसमा लेनिनवाद, चीनमा माओवाद र नेपाललगायत अन्य देशहरूमा आफ्नै विशिष्ट सन्दर्भका कम्युनिष्ट धाराहरू विकसित भएका छन्।

संसारभरिका अधिकांश कम्युनिष्ट पार्टीहरूले यसलाई जस्ताको तस्तै लागू गर्ने दस्तावेजभन्दा पनि ऐतिहासिक प्रेरणाको मूल स्रोत र मार्गदर्शक ग्रन्थका रूपमा ग्रहण गर्छन्। यो सम्पूर्ण कम्युनिष्ट विचारधाराको एक मात्र र अपरिवर्तनीय आधार भने होइन, बरु एउटा यस्तो ऐतिहासिक घोषणापत्र हो जसले पछि विकसित भएका विभिन्न सिद्धान्त र व्यवहारहरूका लागि बलियो आधारभूमि तयार पारेको छ।

आजको युगमा कम्युनिष्ट मेनिफेस्टोको सान्दर्भिकता

आजको युगमा पनि यस दस्तावेजको महत्त्व उत्तिकै छ। यसले विश्वव्यापी असमानता र मजदुर शोषणसँग जोडिएको पुँजीवादको मूलभूत आलोचना गर्छ। घोषणापत्रले स्वयं पुँजीवादलाई समयक्रममा विकसित एउटा यस्तो क्रान्तिकारी प्रणालीको रूपमा वर्णन गर्छ, जसले पुराना सामाजिक संरचनाहरूलाई प्रतिस्थापन गरे पनि नयाँ प्रकारको शोषण र असमानता सिर्जना गरेको छ।

बहुराष्ट्रिय कम्पनीहरूले मजदुरहरूलाई न्यूनतम ज्यालामा काम गराउने तथा धनी–गरीबको खाडल भीषण रूपमा बढ्दै गएको आजको वैश्वीकृत अर्थतन्त्रमा यसले उठान गरेका विश्लेषण अझै प्रासंगिक छन्। खासगरी, गरीबी र शक्तिको असन्तुलन जस्ता मुद्दाहरूलाई यसले गहिरो रूपमा सम्बोधन गर्छ। कम्युनिष्ट मेनिफेस्टो एउटा ऐतिहासिक दस्तावेज मात्र होइन, यो एक जीवित विचारधारा हो जसले आजको विश्वलाई व्याख्या गर्छ र परिवर्तनका लागि मार्गनिर्देश गर्दछ। यस अर्थमा पनि यसको अध्ययन र विमर्श हुनु जरुरी छ।

दायित्वबोध

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि संसारमा यति धेरै असमानता किन छ? किन केही मानिसहरू महलमा बस्छन् र करोडौं मानिसहरू दुई छाकको रोटीका लागि संघर्ष गर्छन्? प्रणालीहरुले धनीहरूका लागि काम गर्छ र गरिबहरूलाई शोषण मात्र गर्छ भन्ने किन लाग्छ ? यी प्रश्नहरुको उत्तर खोज्नका लागि पढ्नै पर्ने दस्तावेज हो– कम्युनिष्ट मेनिफेस्टो !

कम्युनिष्ट मेनिफेस्टो त्यस्तो दस्तावेज हो,  जसले संसारलाई सधैंका लागि परिवर्तन गरिदियो। एउटा त्यस्तो दस्तावेज, जसबाट राजा, महाराजा, तानाशाह र ठूलठूला पूँजीपति आज पनि भयभीत हुन्छन्।

आउनुहोस्, इतिहासलाई पुनर्लेखन गरिदिने संसारकै सबैभन्दा शक्तिशाली पुस्तकहरूमध्ये एक कम्युनिष्ट मेनिफेस्टोको अध्ययन–यात्रा गरौं ।

युरोपमा एउटा भूत

यात्रा सुरु गरौं सन् १८४८ को युरोपबाट। वातावरणमा एउटा अनौठो बेचैनी छ, एउटा तनाव छ। शताब्दियौं पुराना राजतन्त्रहरू हल्लिरहेका छन्। वाष्प इन्जिनहरूले सहरहरूको नक्सा परिवर्तन गरिरहेका छन्, र कारखानाका चिम्नीबाट निस्कने धुवाँले एउटा नयाँ युगको घोषणा गरिरहेको छ।

यही उथलपुथलको बीचमा युरोपका शासकहरू, धनीहरू र पादरीहरूको रातको निद्रा हराएको छ। उनीहरूलाई एउटा डर सताइरहेको छ, एउटा अज्ञात भय। मार्क्स र एंगेल्सले आफ्नो पुस्तकको सुरुआत यिनै शब्दहरूबाट गर्छन्। युरोपमा एउटा भूत व्याप्त छ, साम्यवादको भूत।

कम्युनिज्म वा साम्यवाद त्यो समयमा कुनै स्थापित शक्ति थिएन। यसको कुनै सरकार थिएन, कुनै सेना थिएन। त्यो त केवल एउटा विचार थियो। तर यो विचार यति शक्तिशाली थियो कि युरोपका सबै पुराना र स्थापित शक्तिहरू, चाहे त्यो पोप होस्, रुसका जार हुन्, फ्रान्सका कट्टरपन्थी हुन् वा जर्मनीका प्रहरी जासूसहरू, सबैले यसलाई आफ्नो सबैभन्दा ठूलो शत्रु मानिरहेका थिए।

अब सोच्नुहोस्, भूत शब्द किन प्रयोग गरिएको होला? भूत त्यस्तो हुन्छ, जो देखिँदैन तर जसको डर हरेक ठाउँमा महसुस हुन्छ। कम्युनिज्म वा साम्यवाद त्यो समयमा कुनै स्थापित शक्ति थिएन। यसको कुनै सरकार थिएन, कुनै सेना थिएन। त्यो त केवल एउटा विचार थियो। तर यो विचार यति शक्तिशाली थियो कि युरोपका सबै पुराना र स्थापित शक्तिहरू, चाहे त्यो पोप होस्, रुसका जार हुन्, फ्रान्सका कट्टरपन्थी हुन् वा जर्मनीका प्रहरी जासूसहरू, सबैले यसलाई आफ्नो सबैभन्दा ठूलो शत्रु मानिरहेका थिए।

यी सबै एकजुट भएका थिए, यो एउटै भूतलाई भगाउनका लागि। यो केही त्यस्तै हो, जस्तो आजको समयमा यदि कुनै यस्तो विचार आउँछ, जसले संसारका सबैभन्दा धनी मानिसहरू र सबैभन्दा शक्तिशाली सरकारहरूको जग हल्लाइदियो भने, ती सबै मिलेर त्यसलाई दबाउने प्रयास गर्छन्। त्यसलाई बदनाम गर्छन्। त्यसलाई खतरा जस्तो प्रस्तुत गर्छन्।

कम्युनिस्ट शब्द गालीजस्तो प्रयोग भइरहेको थियो। एउटा यस्तो हतियार, जसले सबैले आफ्ना शत्रुमाथि आक्रमण गरिरहेका थिए। मार्क्स र एंगेल्सले यो अवस्थालाई देखे र एउटा अत्यन्त महत्वपूर्ण निष्कर्ष निकाले।

मार्क्स भन्छन्, यो एउटा अनौठो स्थिति थियो। एकातिर सबै शक्तिशाली पार्टीहरू आफ्ना विरोधीहरूलाई कम्युनिस्टको ट्याग लगाएर बदनाम गरिरहेका थिए। आज पनि त्यस्तो हुन्छ । जब कुनै आन्दोलन वा विचारलाई दबाउनुपर्छ भने त्यसलाई देशद्रोही वा कुनै अर्को लेबल लगाइदिइन्छ। अर्कोतिर, जो पार्टीहरू विपक्षमा थिए, ती पनि आफूभन्दा बढी कट्टरपन्थी विपक्षीहरू र सरकार, दुवैलाई नै कम्युनिस्ट भएको आरोप लगाइरहेका थिए।

अर्थात् कम्युनिस्ट शब्द गालीजस्तो प्रयोग भइरहेको थियो। एउटा यस्तो हतियार, जसले सबैले आफ्ना शत्रुमाथि आक्रमण गरिरहेका थिए। मार्क्स र एंगेल्सले यो अवस्थालाई देखे र एउटा अत्यन्त महत्वपूर्ण निष्कर्ष निकाले। उनीहरूले भने, युरोपका सबै शक्तिहरू कम्युनिज्मलाई एउटा शक्ति मानिरहेका छन् र सबै यसबाट यति भयभीत छन् भने यसको अर्थ अब कम्युनिस्टहरूले लुकेर बस्नुपर्ने आवश्यकता छैन।

अब समय आइसकेको छ कि उनीहरू सम्पूर्ण संसारको सामु खुलेर आउन् र बताउन् कि उनीहरू वास्तवमै के चाहन्छन्। उनीहरूको विचार के हुन्? उनीहरूको लक्ष्य के हुन्? अफवाहको रुपमा फैलाइरहेको भूतको कथाको जवाफ एउटा घोषणा पत्रमार्फत दिनुपर्छ। एउटा यस्तो मेनिफेस्टो, जसले पार्टीको तर्फबाट सम्पूर्ण संसारलाई सम्बोधन गरोस्।

यो पुस्तक लेख्ने दुई साथी, कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स, कुनै वयोवृद्ध र अनुभवी नेता थिएनन्। त्यो बेला उनीहरू २९ र २७ वर्षका दुई जोशिला युवाहरू थिए। उनीहरूको आँखामा एउटा सपना थियो।

यो घोषणापत्र अर्थात् द कम्युनिस्ट मेनिफेस्टो, कुनै एक देशका लागि मात्र लेखिएको थिएन। त्यसैले लन्डनमा विभिन्न देशका कम्युनिस्टहरू भेला भए र उनीहरूले यस दस्तावेजको मस्यौदा तयार गरे। यो सबैभन्दा पहिले जर्मन भाषामा लेखियो, र त्यहींबाट अंग्रेजी, फ्रेन्च, डेनिस र धेरै अन्य भाषाहरूमा अनुवाद भयो।

यो पुस्तक लेख्ने दुई साथी, कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स, कुनै वयोवृद्ध र अनुभवी नेता थिएनन्। त्यो बेला उनीहरू २९ र २७ वर्षका दुई जोशिला युवाहरू थिए। उनीहरूको आँखामा एउटा सपना थियो। एउटा यस्तो संसार बनाउने सपना, जहाँ कसैले कसैको शोषण नगरोस्। जहाँ मेहनत गर्नेले आफ्नो पूरा हक पाओस्। जहाँ मानवता धनभन्दा माथि होस्।

उनीहरूले औद्योगिक क्रान्तिले समाजलाई कसरी परिवर्तन गरिदिएको छ भन्ने देखिरहेका थिए । एकातिर अपार धन उत्पादन भइरहेको थियो। विशाल भवनहरू बनिरहेका थिए। नयाँ–नयाँ मेसिनहरू आइरहेका थिए। तर अर्कोतिर, लाखौं मजदुरहरू दयनीय, कठोर र अभावमय जीवन बाँच्न बाध्य थिए। उनीहरूलाई दिनमा १६–१६ घण्टा काम गर्नुपर्थ्यो। फोहोर बस्तीहरूमा बस्नुपर्थ्यो। र उनीहरूका परिवार–बालबच्चाहरूको कुनै भविष्य थिएन।

यो पीडा, यो अन्याय देखेर मार्क्स र एंगेल्सको मनमा एउटा विद्रोहको ज्वाला दन्कियो। उनीहरूले इतिहास, अर्थशास्त्र र समाजशास्त्रको गहिरो अध्ययन गरे र यो समस्याको जड के हो भनेर बुझ्ने प्रयास गरे। त्यही बुझाइको निष्कर्ष नै यस मेनिफेस्टोको आधार हो।

उनीहरूले भने, यो कुनै संयोग होइन। यो भगवानको इच्छा पनि होइन। यो एउटा खराब व्यवस्थाको नतिजा हो। एउटा प्रणालीको परिणाम हो । त्यसलाई उनीहरू पूँजीवाद भन्थे। उनीहरूले घोषणा गरे कि उनीहरू यो भूतको कथाबाट डराउनेवाला छैनन्। बरु, उनीहरू यो भूतलाई, यो विचारलाई, संसारको सामु पूरा गौरवका साथ प्रस्तुत गर्नेछन्।

यो मेनिफेस्टो त्यही घोषणाको नतिजा थियो। यो एक अर्थमा सम्पूर्ण संसारका शासकहरू र धनीहरूका लागि खुला चुनौती थियो। यसको अर्थ थियो, तिमी जसलाई भूत मानेर डराइरहेका छौ, त्यो वास्तवमा भविष्यको आहट हो। तिमी जसलाई समाप्त गर्न चाहन्छौ, त्यो वास्तवमातिमीहरूले बनाएको यो अन्यायपूर्ण व्यवस्थालाई समाप्त गरिदिने शक्ति हो ।

यो कुनै बन्द कोठामा बसेर लेखिएको प्राज्ञिक अनुसन्धान पत्र होइन। बरु, यो  त एउटा राजनीतिक कार्यको हिस्सा हो। यो एउटा युद्धको घोषणा हो, र यो युद्ध विचारहरूको युद्ध हो।

यो एउटा अत्यन्त महत्वपूर्ण कुरा थियो। एउटा अत्यन्त साहसी कदम थियो। त्यसैले यस पहिलो अध्यायमा मार्क्स र एंगेल्सले केवल एउटा भूमिका बाँधेका छन्। उनीहरूले एउटा मञ्च तयार पारेका छन्। उनीहरूले हामीलाई यो पुस्तक किन लेखिँदैछ भनेर बताएका छन् ।

यो कुनै बन्द कोठामा बसेर लेखिएको प्राज्ञिक अनुसन्धान पत्र होइन। बरु, यो  त एउटा राजनीतिक कार्यको हिस्सा हो। यो एउटा युद्धको घोषणा हो, र यो युद्ध विचारहरूको युद्ध हो। उनीहरूले हामीलाई त्यो समयको तस्बिर देखाएका छन्, जहाँ एउटा नयाँ विचार जन्म लिइरहेको थियो र पुराना शक्तिहरू त्यसलाई कुचल्न भरमग्दूर प्रयास गरिरहेका थिए।

उनीहरूले हामीलाई विचारहरू कति शक्तिशाली हुन सक्छन् भन्ने अनुभूत गराएका छन् । ती यति शक्तिशाली हुन सक्छन् कि विशाल साम्राज्यहरू पनि तिनबाट काँप्न थाल्छन्। त्यसैले अब हाम्रो मनमा यो प्रश्न उठ्नु स्वाभाविक छ, आखिर यो विचार के थियो? यो कम्युनिज्म आखिर के थियो, जसले पूरै युरोपका शासकहरूको निद्रा हराम गरिदिएको थियो? र मार्क्सले यो भूतलाई लुकाउनुको सट्टा, किन सम्पूर्ण संसारको सामु ल्याउने निर्णय गरे?

इतिहासको पाङ्ग्रा: वर्ग संघर्ष

प्रश्न उठ्छ, कम्युनिज्मको विचारमा यस्तो के थियो, जसलाई यति खतरनाक मानियो? यसको उत्तर हामीलाई मेनिफेस्टोको अर्को भागमा भेटिन्छ, जसको सुरुआत एउटा यस्तो पंक्तिबाट हुन्छ, जो सम्भवतः इतिहासका सबैभन्दा प्रसिद्ध र सबैभन्दा उद्धृत गरिएका पंक्तिहरूमध्ये एक हो।

मार्क्स र एंगेल्स लेख्छन्, अहिलेसम्मका सम्पूर्ण समाजहरूको इतिहास वर्ग संघर्षको इतिहास रहँदै आएको छ। यही एक पंक्तिमा, यही एक विचारमा, उनीहरूको सम्पूर्ण दर्शनको सार लुकेको छ। यस पंक्तिलाई अलिक ध्यान दिएर बुझ्नुहोस्। उनीहरू भनिरहेका छन्, तपाईले मानव इतिहासलाई उठाएर हेर्नुहोस्, चाहे त्यो कुनै पनि देशको होस्, कुनै पनि युगको होस्। तपाईंलाई एउटा कथा बारम्बार दोहोरिएको भेटिन्छ, र त्यो कथा हो दुई वर्गबीचको संघर्षको।

मार्क्स र एंगेल्स लेख्छन्, अहिलेसम्मका सम्पूर्ण समाजहरूको इतिहास वर्ग संघर्षको इतिहास रहँदै आएको छ। यही एक पंक्तिमा, यही एक विचारमा, उनीहरूको सम्पूर्ण दर्शनको सार लुकेको छ।

एकातिर शक्तिशाली वर्ग छ, जसको हातमा जमिन, औजार, कारखाना, खानी लगायत सम्पत्ति उत्पादन गर्ने उत्पादनका साधन छन् । अर्कोतिर हातमा आफ्नो श्रम बेच्नुबाहेक केही नरहेको कमजोर र शोषित वर्ग छ ।

मार्क्स भन्छन्, यी वर्गहरूको नाम बदलिँदै आएका छन्, तर तिनको संघर्षको सार कहिल्यै बद्लिएको छैन। प्राचीन रोममा यो संघर्ष स्वतन्त्र नागरिक र दासहरूबीच थियो। मालिकको सम्पत्ति मानिने तिनै दासहरूको श्रमकै आधारमा सम्पूर्ण साम्राज्य चल्थ्यो।

मध्ययुगमा, अर्थात् सामन्तवादको समयमा, यो संघर्ष सामन्तहरू, जमिन्दारहरू र भूदासहरू, किसानहरूबीच थियो। किसानहरू जमिनसँग बाँधिएका थिए। उनीहरू सामन्तका लागि खेती गर्थे र बदलामा जिउन लायक अन्न मात्र पाउँथे। त्यसपछिको चरणमा, सहरहरूमा कारीगरहरूको संघ, गिल्डका उस्तादहरू र तिनका कारीगरहरूबीच संघर्ष थियो।

हरेक युगमा एउटा शोषक वर्ग रह्यो र एउटा शोषित वर्ग । यी दुवैबीच सधैं तानातान, संघर्ष चलिरह्यो। कहिले यो संघर्ष लुकेको हुन्थ्यो, दबिएको आक्रोश र साना–साना मागहरूको रूपमा। र कहिले यो खुला संघर्ष बनेर क्रान्तिको रूप लिइहाल्थ्यो।

मार्क्सको सबैभन्दा मुख्य दाबी यही हो कि जब–जब यो संघर्ष एउटा निर्णायक बिन्दुमा पुग्यो, तब या त सम्पूर्ण समाजको संरचना नै क्रान्तिकारी ढंगले परिवर्तन भयो, वा संघर्ष गरिरहेका दुवै वर्ग नष्ट भए।

यस कुरालाई आजको सन्दर्भमा सोचेर हेर्नुहोस्। के आज हाम्रो समाजमा वर्ग छैनन्? एकातिर ती मानिसहरू छन्, जसका हातमा विशाल कम्पनीहरू छन्, कारखानाहरू छन्, जसका हातमा यति धेरै पैसा छ कि उनीहरू अझ धेरै पैसा बनाउन सक्छन्। अर्कोतिर लाखौं मानिसहरू छन्, जो ती कम्पनीहरूमा, ती कारखानाहरूमा काम गर्छन्। आफ्नो श्रम, आफ्नो समय, आफ्नो सीप बेचेर महिनाको अन्त्यमा एउटा तलब मात्र पाउने गर्छन् ।

एक वर्ग मालिक हो, अर्को कर्मचारी। एकको प्रयास हुन्छ, कमभन्दा कम तलब दिएर बढीभन्दा बढी काम गरियोस्, ताकि नाफा बढोस्। अर्कोको प्रयास हुन्छ, राम्रो तलब, राम्रो सुविधा र कम काम गर्ने समय। के यो संघर्ष होइन? हड्ताल किन हुन्छन्? मजदुर आन्दोलन किन हुन्छन्? यो त्यही वर्ग संघर्षको आधुनिक रूप हो, जसको बारेमा मार्क्स–एङ्गेल्सले कुरा गरिरहेका थिए।

उनीहरु भन्छन्, यो कुनै व्यक्तिगत संघर्ष होइन। यस्तो होइन कि कुनै एक मालिक खराब छ वा कुनै एक कर्मचारी लोभी छ। यो व्यवस्था, प्रणालीको लडाइँ हो। प्रणाली नै यस्तो बनाइएको छ कि यी दुई वर्गका हितहरू एकअर्काका विरुद्ध हुन्छन्।

सामन्तवादका भग्नावशेषहरूबाट जन्मिएको आधुनिक पूँजीवादी समाजले वर्ग संघर्षलाई समाप्त गरेको छैन। त्यसले त केवल पुराना वर्गहरूको सट्टा नयाँ वर्गहरू पैदा गरेको छ।

मार्क्स–एङ्गेल्स अगाडि भन्छन्, सामन्तवादका भग्नावशेषहरूबाट जन्मिएको आधुनिक पूँजीवादी समाजले वर्ग संघर्षलाई समाप्त गरेको छैन। त्यसले त केवल पुराना वर्गहरूको सट्टा नयाँ वर्गहरू पैदा गरेको छ। शोषणका पुराना तरिकाको सट्टा नयाँ तरिका आविष्कार गरेको छ, र संघर्षका पुराना रूपको सट्टा नयाँ रूप स्थापित गरेको छ।

हाम्रो युग, अर्थात् पूँजीवादको युगको एउटा विशेषता यही हो। यसले समाजका बाँकी सबै साना–ठूला वर्गहरूलाई समाप्त गर्दै समाजलाई मुख्य रूपमा दुई विशाल र सिधै एकअर्काविरुद्ध उभिएका खेमाहरूमा बाँडिदिएको छ।

यी दुई वर्गलाई मार्क्स–एङ्गेल्सले बुर्जुवा, अर्थात् पूँजीपति वर्ग, र प्रोलिटेरियट, अर्थात् सर्वहारा वर्ग वा मजदुर वर्ग नाम दिएका छन् ।

बुर्जुवा, अर्थात् पूँजीपति वर्ग। यी ती मानिसहरू हुन्, जसको हातमा उत्पादनका साधनहरू, कारखाना, मेसिन, जमिन, कच्चा पदार्थको स्वामित्व हुन्छ, र जो अरूको श्रम किनेर नाफा कमाउँछन्।

प्रोलिटेरियट, अर्थात् सर्वहारा वर्ग वा मजदुर वर्ग। यी ती मानिसहरू हुन्, जसको हातमा उत्पादनको कुनै साधन हुँदैन, र जो बाँच्नका लागि आफ्नो श्रमशक्ति बेच्न बाध्य हुन्छन्।

अब तपाईं भन्न सक्नुहुन्छ, यो त धेरै सरलीकरण भयो। समाजमा त डाक्टर, इन्जिनियर, वकिल, पसले, किसानजस्ता धेरै अरू मानिसहरू पनि छन्। मार्क्स–एङ्गेल्स यस कुरालाई अस्वीकार गर्दैनन्। तर उनीहरुको तर्क के हो भने, पूँजीवादी व्यवस्थाको प्रवृत्ति यी सबै मध्यवर्ती वर्गहरूलाई बिस्तारै समाप्त गर्दै यही दुई मुख्य वर्गतर्फ धकेल्ने हो।

सानो पसलले विशाल सुपरमार्केट चेनसँग प्रतिस्पर्धा गर्न सक्दैन, र अन्ततः या त आफैं कर्मचारी बन्छ, वा उसका छोराछोरीहरू जागिर गर्न थाल्छन्। सानो किसान विशाल कृषि कम्पनीहरूसामु टिक्न सक्दैन, र आफ्नो जमिन बेचेर सहरमा मजदुर बन्छ। स्वतन्त्र पेशाकर्मीहरू पनि अन्ततः कुनै विशाल कर्पोरेशनका लागि काम गर्न थाल्छन्।

यसरी समाजको ध्रुवीकरण बढ्दै जान्छ, र यी दुई वर्ग, बुर्जुवा र प्रोलिटेरियट, नै समाजका मुख्य शक्तिहरू बन्छन्।

मार्क्सले पहिलोपटक भने कि वास्तविक कथा राजाहरूको होइन, सामान्य मानिसहरूको हो। शोषित र शोषक वर्गबीचको संघर्षको हो।

यो एउटा अत्यन्त शक्तिशाली र क्रान्तिकारी विचार थियो। किनकि त्यसअघि इतिहासलाई राजाहरू, महाराजाहरू र तिनका संघर्षहरूको कथाको रूपमा हेरिन्थ्यो। मार्क्सले पहिलोपटक भने कि वास्तविक कथा राजाहरूको होइन, सामान्य मानिसहरूको हो। शोषित र शोषक वर्गबीचको संघर्षको हो।

उनले इतिहास हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिए। उनले भने, समाजको विकास कुनै दैवी योजनाबाट होइन, बरु यी आन्तरिक संघर्ष र अन्तर्विरोधहरूबाट हुन्छ।

मार्क्सका अनुसार, हामी एउटा यस्तो युगमा बाँचिरहेका छौं, जसको मुख्य संघर्ष पूँजीपति वर्ग र मजदुर वर्गबीच छ। उनले हामीलाई इतिहासको एउटा ढाँचा देखाएका छन्, र बताएका छन् कि हामी त्यो ढाँचाको एउटा नयाँ चरणमा छौं।

तर अब सबैभन्दा महत्वपूर्ण प्रश्नहरू उठ्छन्। यो पूँजीपति वर्ग, अर्थात् बुर्जुवा, आखिर कसरी पैदा भयो? यो यति शक्तिशाली कसरी बन्यो कि यसले राजाहरू र सामन्तहरूलाई पनि हटाएर आफ्नो सत्ता स्थापित गर्‍यो? र यस वर्गले संसारलाई कसरी परिवर्तन गर्‍यो, राम्रोका लागि कि नराम्रोका लागि?

मार्क्स भन्छन्, यस वर्गको उदयको कथा बुझ्नु अत्यन्त आवश्यक छ। किनकि यही कथाभित्र यसको पतनका बीउ पनि लुकेका छन्। इतिहासमा जुनसुकै वर्ग सत्ता पुगेको छ, उसले आफ्नो विनाशका साधन पनि सँगै ल्याएको छ।

पूँजीपति वर्गको उदय

यो पूँजीपति वर्ग आखिर कहाँबाट आयो? यो यति शक्तिशाली कसरी बन्यो?

मार्क्स र एंगेल्सका अनुसार आधुनिक बुर्जुवा वर्ग आफैं उत्पादन र विनिमयका तरिकामा भएका धेरै क्रान्तिहरूको नतिजा हो, जुन लामो विकास प्रक्रियाबाट जन्मिएको हो। यसको जरा मध्ययुगीन सामन्तवादका किसानहरूमा भेटिन्छ। केही किसान अरूभन्दा अलि बढी सफल भए। उनीहरूले केही पूँजी जम्मा गरे र सहरतिर गएर साना व्यापारी बने। यही नयाँ वर्गका पहिलो बीउहरू थिए।

त्यसपछि एउटा यस्तो घटना भयो, जसले यस विकासलाई रकेटजस्तै तीव्र बनाइदियो। त्यो थियो अमेरिकाको खोज र समुद्री मार्गहरूको खुलासा। त्यो समयलाई कल्पना गर्नुहोस्। कोलम्बस अमेरिका पुगिसकेको छ। भास्को दा गामाले भारतसम्मको समुद्री बाटो खोजिसकेको छ। अचानक युरोपका व्यापारीहरूका लागि पूरै संसारको बजार खुल्यो। अमेरिकाबाट सुन र चाँदी, भारतबाट मसला, चीनबाट रेशम आउन थाल्यो। व्यापार धेरै गुणा बढ्यो।

अब मालको माग यति बढ्यो कि पुराना तरिका, अर्थात् गिल्ड प्रणाली, जहाँ केही उस्ताद कारीगर मिलेर सामान बनाउँथे, अपर्याप्त हुन थाले। माग पूरा गर्न उत्पादनको एउटा नयाँ तरिका देखापर्यो: म्यानुफ्याक्चरिङ। यसमा कारीगरहरूलाई एउटै छानामुनि जम्मा गरिन्थ्यो र कामलाई साना–साना भागमा बाँडिन्थ्यो। कोही धागो मात्र बनाउँथ्यो, कोही कपडा मात्र बुन्थ्यो, कोही रङ्ग्याउने काम मात्र गर्थ्यो। यसले उत्पादनको गति धेरै गुणा बढायो।

यी म्यानुफ्याक्चरिङ इकाइका मालिकहरू नै औद्योगिक मध्यवर्ग थिए, जो पुराना गिल्ड मास्टरहरूभन्दा अझ धनी र शक्तिशाली थिए। त्यसपछि आयो औद्योगिक क्रान्ति, अर्थात् वाष्प इन्जिन र नयाँ मेसिनहरूको आविष्कार। अब म्यानुफ्याक्चरिङको स्थान विशाल कारखानाहरूले लिए। एउटा–एउटा कारखानामा हजारौं मजदुरहरू काम गर्थे, र पहिले कल्पना पनि गर्न नसकिने गरी मेसिनहरूको सहयोगले यति धेरै माल उत्पादन हुन थाल्यो ।

यी विशाल कारखानाहरूका मालिक थिए आधुनिक पूँजीपति, धनी व्यक्ति, पूरै–पूरै औद्योगिक सेनाका मालिक। मार्क्स भन्छन्, जसरी–जसरी उत्पादनको तरिका बदलिँदै गयो, गिल्डबाट म्यानुफ्याक्चरिङ, म्यानुफ्याक्चरिङबाट विशाल उद्योगतर्फ, त्यसरी–त्यसरी बुर्जुवा वर्ग पनि विकसित हुँदै गयो र शक्तिशाली बन्दै गयो। आर्थिक रूपमा शक्तिशाली बन्दै जाँदा यस वर्गले राजनीतिक सत्तामाथि पनि आफ्नो दाबी गर्न थाल्यो।

मार्क्स भन्छन्, आधुनिक सरकारहरू अरू केही होइनन्, सम्पूर्ण पूँजीपति वर्गका साझा कामकाज चलाउने एउटा समिति मात्र हुन्। अर्थात् सरकारहरूले अन्ततः पूँजीपतिहरूका हितहरूको नै रक्षा गर्छन्।

पहिले यसले राजतन्त्रविरुद्ध संघर्ष गरेर सामन्तहरूलाई कमजोर बनायो। त्यसपछि यसले आधुनिक प्रतिनिधि सरकारहरू, अर्थात् आजका संसद र लोकतन्त्रजस्ता व्यवस्था स्थापना गरायो। मार्क्स यहाँ एकदम तीखो टिप्पणी गर्छन्। उनी भन्छन्, आधुनिक सरकारहरू अरू केही होइनन्, सम्पूर्ण पूँजीपति वर्गका साझा कामकाज चलाउने एउटा समिति मात्र हुन्। अर्थात् सरकारहरूले अन्ततः पूँजीपतिहरूका हितहरूको नै रक्षा गर्छन्।

इतिहासमा पूँजीपति वर्गले अत्यन्तै क्रान्तिकारी भूमिका खेलेको कुरालाई मार्क्स  स्वीकार गर्छन् । उनी भन्छन्, जब बुर्जुवा वर्ग सत्तामा आयो, उसले सबै पुराना, सामन्ती, भावनात्मक सम्बन्धहरू तोडिदियो। उसले बाबु–छोरा, गुरु–शिष्य, राजा–प्रजा बीचका भावनात्मक सम्बन्धहरू समाप्त गरेर हरेक सम्बन्धलाई नाङ्गो स्वार्थ र पैसाको लेनदेनमा बदलिदियो।

धार्मिक उत्साह, वीरताको साहस, भावुकता, यी सबैलाई उसले चिसो, नगद भुक्तानीको बरफपानीमा डुबाइदियो। उसले मानिसको व्यक्तिगत मूल्यलाई विनिमय मूल्यमा बदलिदियो। अर्थात् आज तपाईंको मूल्य तपाईं कति राम्रो मानिस हुनुहुन्छ  भन्नेबाट निर्धारण हुँदै, बरु तपाईं बजारमा कति कमाउन सक्नुहुन्छ भन्ने कुराबाट निर्धारण हुन्छ  । उसले अनगिन्ती स्वतन्त्रताहरूको स्थानमा केवल एउटा स्वतन्त्रता स्थापना गर्‍यो, र त्यो हो मुक्त व्यापारको स्वतन्त्रता।

संक्षेपमा, उसले धार्मिक र राजनीतिक भ्रमभित्र लुकेको शोषणको सट्टा खुला, निर्लज्ज, सिधा र क्रूर शोषण स्थापना गर्‍यो। यी कुरा सुन्दा कठोर लाग्न सक्छन्। तर आफ्नो वरिपरिको संसार हेर्नुहोस्। के आज सम्बन्धहरू पैसाबाट प्रभावित छैनन्? के करियर र सफलताको होडमा हामी मानवीय भावनाहरूलाई पछि छोड्दैनौं? के शिक्षा र स्वास्थ्यजस्ता कुराहरू पनि आज बेचिने सामान बनेका छैनन्? मार्क्स यही कुरा भनिरहेका थिए।

उनले यो पनि भने कि बुर्जुवा वर्गले हरेक सम्मानित पेशाबाट यसको आभामण्डल खोसिदिएको छ। डाक्टर, वकिल, कवि, वैज्ञानिक, यी सबैलाई उसले तलबभोगी मजदुर बनाइदिएको छ। परिवारको पवित्र सम्बन्धबाट पनि उसले पर्दा हटाएर त्यसलाई शुद्ध मौद्रिक सम्बन्धमा बदलिदिएको छ। यो सबै पूँजीवादको देन हो, जसले हरेक कुरालाई किनबेचको वस्तु बनाइदिन्छ।

तर मार्क्स पूँजीपति वर्गको केवल आलोचना मात्र गर्दैनन्। उनी यसको अपार शक्तिलाई पनि स्वीकार गर्छन्। उनी भन्छन्, बुर्जुवा वर्गले आफ्नो सय वर्षको शासनकालमा जति विशाल र व्यापक उत्पादक शक्तिहरू सिर्जना गरेको छ, त्यति अघिल्ला सबै पुस्ताहरूले मिलेर पनि गरेका थिएनन्। प्रकृतिका शक्तिहरूलाई मानिसको अधीनमा ल्याउनु, मेसिनरी, रसायनशास्त्रको उद्योग र कृषिमा प्रयोग, बाफबाट चल्ने जहाज, रेलमार्ग, विद्युतीय टेलिग्राफ, पूरै महादेशहरूलाई खेतीका लागि सफा गर्नु, के कुनै अघिल्लो शताब्दीले सोचेको थियो कि मानव श्रमभित्र यस्ता उत्पादक शक्तिहरू लुकेका छन्?

मार्क्स पूँजीपति वर्गको केवल आलोचना मात्र गर्दैनन्। उनी यसको अपार शक्तिलाई पनि स्वीकार गर्छन्। उनी भन्छन्, बुर्जुवा वर्गले आफ्नो सय वर्षको शासनकालमा जति विशाल र व्यापक उत्पादक शक्तिहरू सिर्जना गरेको छ, त्यति अघिल्ला सबै पुस्ताहरूले मिलेर पनि गरेका थिएनन्।

पूँजीपति वर्गको अर्को विशेषता के हो भने, ऊ उत्पादनका साधनहरूमा निरन्तर क्रान्ति नगरी बाँच्न सक्दैन। उसले प्रतिस्पर्धामा टिकिरहन र नाफा कमाइरहन सधैं नयाँ प्रविधि, नयाँ मेसिन, नयाँ बजार खोजिरहनुपर्छ। यसको परिणाम के हुन्छ भने समाजमा सधैं उथलपुथल मच्चिरहन्छ। केही पनि स्थायी रहँदैन। हरेक ठोस कुरा हावामा विलीन हुन्छ। पुराना परम्परा, पुराना विचार, पुराना सम्बन्ध, सबै कुरा यो निरन्तर क्रान्तिका कारण समाप्त हुँदै जान्छन्।

यसको अर्को मुख्य विशेषता वैश्वीकरण हो। आफ्ना उत्पादनका लागि निरन्तर बढ्दो बजारको आवश्यकता पूँजीपति वर्गलाई पूरै संसार घुमाउँछ। उसले हरेक ठाउँमा प्रवेश गर्नुपर्छ। हरेक ठाउँमा आफ्ना सम्बन्ध बनाउनु पर्छ। उसले राष्ट्रिय उद्योगहरू नष्ट गरिदिएको छ, र तिनको सट्टा यस्ता विश्वव्यापी उद्योग स्थापना गरेको छ, जसले संसारभरिबाट कच्चा पदार्थ ल्याउँछन् र तयार माल संसारभरि बेच्दछन्।

आज हामीले लगाउने कपडा, प्रयोग गर्ने फोन, खाने खाना, यी सबै संसारका फरक–फरक कुनाबाट आएका हुन्छन्। यो वैश्वीकरण पूँजीवादकै देन हो। यसले पूरै संसारलाई एउटैजस्तो बनाइदिएको छ। यसले कम विकसित देशहरूलाई पनि त्यहीअनुकूलको व्यवस्था अपनाउन बाध्य बनाएको छ। यसले ती देशहरूलाई भन्छ: या त हाम्रो जस्तै बन, अर्थात् पूँजीवादी बन, नभए समाप्त हुनेछौ।

संक्षेपमा, यसले पूरै संसारलाई आफ्नै छविमा ढाल्दैछ। यसले छरिएका जनसङ्ख्यालाई एउटै ठाउँमा जम्मा गरेको छ। उत्पादनका साधनहरूलाई केन्द्रित गरेको छ र सम्पत्तिलाई केही हातहरूमा सीमित गरिदिएको छ। यसको अनिवार्य परिणाम राजनीतिक केन्द्रीयकरण थियो। फरक–फरक हित र कानुन भएका स्वतन्त्र प्रान्तहरूलाई एउटा राष्ट्रमा, एउटै सरकार, एउटै कानुन, एउटै राष्ट्रिय वर्गीय हित र एउटै सीमा शुल्कअन्तर्गत बाँधियो।

त्यसैले यो हो पूँजीपति वर्गको उदयको कथा। एउटा यस्तो शक्ति, जसले संसारको नक्सा बदलिदियो। जसले अभूतपूर्व सम्पत्ति र प्रगति पैदा गर्‍यो, तर सँगसँगै हरेक मानवीय सम्बन्धलाई पैसाको तराजुमा तौलिदियो। यसले एउटा यस्तो संसार बनायो, जो निरन्तर बदलिँदै छ, जहाँ केही पनि स्थायी छैन।

तर के यो व्यवस्था सधैं यस्तै चलिरहनेछ? के यो शक्ति सधैं कायम रहनेछ? मार्क्स भन्छन्, होइन। जसरी पूँजीपति वर्गले सामन्तवादलाई समाप्त गर्‍यो, त्यसरी नै उसले आफ्नै पतनका बीउ पनि रोपिसकेको छ। ती बीउ के हुन्? पूँजीवादका ती कुन बाध्यता र अन्तर्विरोध हुन्, जसले यसलाई आफ्नै चिहान खन्न बाध्य बनाउँछन्?

पूँजीवादका बाध्यता र अन्तर्विरोध

मार्क्स र एंगेल्स हामीलाई कथाको अर्को पाटो देखाउँछन्। उनीहरू भन्छन् कि यो जादुगर (पूँजीवाद) अब आफैले सिर्जना गरेका  शक्तिहरूलाई नियन्त्रण गर्न सकिरहेको छैन। यो केही यस्तो हो, मानौँ कसैले जिन्नलाई बोतलबाट बाहिर त निकाल्यो, तर अब त्यो जिन्न उसकै नियन्त्रणबाहिर गएको छ। पूँजीवादले उत्पादनका यति विशाल शक्तिहरू पैदा गरिदिएको छ कि अब ती नै उसका लागि समस्या बनेका छन्।

यसलाई बुझाउन मार्क्स हामीलाई सामन्ती समाजको उदाहरण दिन्छन्। सामन्ती समाज किन समाप्त भयो? किनभने त्यसका उत्पादनका तरिका, अर्थात् कृषि र साना कारीगरहरूको काम, यति विकसित भइसकेका थिए कि सामन्ती सम्बन्धहरू, अर्थात् जमिनमा सामन्तको स्वामित्वको अधिकार र किसानको दासता, तिनका लागि बन्धन बन्न पुगेका थिए। उत्पादन बढ्न चाहन्थ्यो, तर पुराना सम्बन्धहरूले त्यसलाई रोकिरहेका थिए। त्यसैले ती बन्धनहरू समाप्त गरिए, र यो काम पूँजीपति वर्गले गर्‍यो।

मार्क्सका अनुसार ठ्याक्कै यही कथा पूँजीवादी समाजमा दोहोरिइरहेको छ। आज उत्पादनका साधनहरू, कारखाना र प्रविधि यति धेरै विकसित भइसकेका छन् कि स्वयं पूँजीवादी सम्बन्धहरू, अर्थात् उत्पादनका साधनहरूमा केही मानिसहरूको निजी स्वामित्व र बाँकी सबै मानिसहरूको मजदुर हुनु, अब यी उत्पादक शक्तिहरूका लागि बन्धन बनेका छन्। ती शक्तिहरूलाई समेट्न ती सम्बन्धहरू अत्यन्तै संकीर्ण भइसकेका छन्।

मार्क्स भन्छन्, यो पूँजीवादको कुनै दुर्घटना होइन। यो त यसको अन्तर्निहित, स्वाभाविक गुण हो। यो सङ्कट किन अचम्मको छ? इतिहासमा पहिले सङ्कट तब आउँथे जब अकाल पर्थ्यो, जब बाली नष्ट हुन्थ्यो, अर्थात् अभावको सङ्कट हुन्थ्यो। तर पूँजीवादमा सङ्कट अत्यधिक उत्पादनको हुन्छ।

यसको सबैभन्दा मुख्य प्रमाण के हो? यसको सबैभन्दा मुख्य प्रमाण हो समय–समयमा आउने व्यापारिक सङ्कटहरू, अर्थात् आर्थिक मन्दी। तपाईंहरूले २००८ को आर्थिक मन्दीबारे सुन्नुभएको होला, वा कोरोना समयमा आएको मन्दीबारे। यसमा के हुन्छ? अचानक कारखानाहरू बन्द हुन थाल्छन्। मानिसहरूको रोजगारी गुम्न थाल्छ। बजार सामानले भरिएको हुन्छ, तर किन्ने कोही हुँदैन।

मार्क्स भन्छन्, यो पूँजीवादको कुनै दुर्घटना होइन। यो त यसको अन्तर्निहित, स्वाभाविक गुण हो। यो सङ्कट किन अचम्मको छ? इतिहासमा पहिले सङ्कट तब आउँथे जब अकाल पर्थ्यो, जब बाली नष्ट हुन्थ्यो, अर्थात् अभावको सङ्कट हुन्थ्यो। तर पूँजीवादमा सङ्कट अत्यधिक उत्पादनको हुन्छ। यहाँ समस्या यो होइन कि हामीसँग कम सभ्यता छ, कम उद्योग छ वा कम व्यापार छ। बरु समस्या यो हो कि हामीसँग अत्यधिक सभ्यता छ, अत्यधिक उद्योग छ, अत्यधिक व्यापार छ।

कारखानाहरूले यति धेरै माल उत्पादन गरिदिन्छन् कि त्यसलाई किन्ने पैसा मानिसहरूसँग बाँकी रहँदैन। किन बाँकी रहँदैन? किनभने पूँजीपतिले मजदुरलाई बस त्यति नै तलब दिन्छ, जसले ऊ बाँचेर अर्को दिन फेरि काममा आउन सकोस्। उसले उनीहरूलाई कहिल्यै उनीहरूले आफूले नै बनाएका सबै वस्तुहरू किन्न सक्ने गरी पैसा दिँदैन। त्यसैले एकातिर मालको थुप्रो लाग्छ, र अर्कोतिर किन्नेहरूको खल्ती खाली हुन्छ। त्यसैको परिणाम, आर्थिक मन्दी आउँछ।

यस मन्दीका बेला समाज अचानक आफूलाई बर्बरताको अवस्थामा पाउँछ। यस्तो लाग्छ, मानौँ कुनै अकाल वा विनाशकारी युद्धले सबै आपूर्ति काटिदिएको हो। उद्योग र व्यापार नष्ट हुन्छन्।

अनि पूँजीपति वर्ग यी सङ्कटहरूसँग कसरी जुध्छ?

मार्क्स बताउँछन् कि उसँग दुई मुख्य तरिका हुन्छन्। पहिलो, उत्पादक शक्तिहरूको ठूलो हिस्सालाई जबरजस्ती नष्ट गरेर । अर्थात् मूल्य बढाउनका लागि कारखानाहरू बन्द गर्नु, मेसिनहरू कबाडमा बेच्नु, माललाई गोदाममा सड्न दिनु, वा कहिलेकाहीँ जानाजानी नष्ट गरिदिनु यसमा पर्दृछ । दोस्रो तरिका, नयाँ बजारहरूमा कब्जा गरेर र पुराना बजारहरूको अझ बढी शोषण गरेर। अर्थात् या त अरू देशमा गएर आफ्नो माल बेच्नु, वा आफ्नै देशका मानिसहरूलाई अझ बढी ऋण दिएर वा नयाँ–नयाँ आवश्यकता सिर्जना गरेर माल किन्न बाध्य बनाउनु।

जुन हतियारहरूको प्रयोग गरेर पूँजीपति वर्गले सामन्तवादलाई ढालेको थियो, ती नै हतियारहरू अब उसैको विरुद्ध उभिएका छन्। ती हतियार थिए उत्पादनका विशाल शक्तिहरू। तर पूँजीपति वर्गले केवल हतियारहरू मात्र बनाएको छैन। उसले ती हतियार चलाउने मानिसहरूलाई पनि जन्म दिएको छ।

तर के यसले समस्या समाधान हुन्छ? मार्क्स भन्छन्, हुँदैन। यो त केवल सङ्कटलाई भविष्यका लागि अझ ठूलो स्तरमा सार्ने एउटा उपाय मात्र हो। यो त सानो समस्याको समाधान गर्न खोज्दा झन् विशाल समस्या जन्माउने तरिका हो । यसले भविष्यमा आउने सङ्कटहरूलाई झन् व्यापक र विनाशकारी बनाउँछ, र तिनसँग जुध्ने तपाईंका हतियारहरू पनि कम हुँदै जान्छन्।

यहाँ मार्क्स एउटा अत्यन्त गहिरो कुरा भन्छन्। उनी भन्छन् कि जुन हतियारहरूको प्रयोग गरेर पूँजीपति वर्गले सामन्तवादलाई ढालेको थियो, ती नै हतियारहरू अब उसैको विरुद्ध उभिएका छन्। ती हतियार थिए उत्पादनका विशाल शक्तिहरू। तर पूँजीपति वर्गले केवल हतियारहरू मात्र बनाएको छैन। उसले ती हतियार चलाउने मानिसहरूलाई पनि जन्म दिएको छ। ती मानिसहरू हुन् आधुनिक मजदुर वर्ग, अर्थात् प्रोलिटेरियट।

पूँजी बढ्दै जाँदा मजदुर वर्ग पनि बढ्दै जान्छ। यो काम पाएको अवस्थासम्मा मात्र जीवित रहन सक्ने वर्ग हो । र उसको श्रमले पूँजी बढाएसम्म मात्र काम तबसम्म पाउँछ । यी मजदुर अरू कुनै वस्तुजस्तै बेचिने माल हुन्, जसले आफूलाई टुक्राटुक्रामा बेच्न बाध्य हुन्छन् । त्यसैले उनीहरू बजारको उतार–चढाव र प्रतिस्पर्धाको दयामायामा बाँचिरहेका हुन्छन्।

औद्योगिक क्रान्ति र मेसिनहरूको आगमनसँगै मजदुरको कामको सारा व्यक्तिगत चरित्र समाप्त भएको छ। ऊ अब कुनै कारीगर रहेन, जसले कुनै वस्तु बनाउँदा आफ्नो कला र गर्व महसुस गरोस्। अब ऊ स्वयं मेसिनको एउटा अंश मात्र बनेर रहन्छ। उसबाट केवल सबैभन्दा सरल, सबैभन्दा नीरस र सबैभन्दा सजिलै सिक्न सकिने कामको अपेक्षा गरिन्छ। त्यसैले उसको मजदुरी पनि बस त्यति नै निर्धारण गरिन्छ, जति ऊ र उसको परिवार बाँच्नका लागि न्यूनतम रूपमा आवश्यक हुन्छ।

मार्क्सका अनुसार कुनै वस्तुको मूल्य, र त्यसैले श्रमको मूल्य पनि, यसको उत्पादन लागत बराबर हुन्छ। त्यसैले जसरी–जसरी कामको घिनलाग्दोपन बढ्दै जान्छ, त्यसरी–त्यसरी मजदुरी घट्दै जान्छ। त्यति मात्र होइन, जसरी–जसरी मेसिनहरूको प्रयोग र कामको विभाजन बढ्दै जान्छ, त्यसरी–त्यसरी कामको बोझ पनि बढ्दै जान्छ, चाहे त्यो कामका घण्टा बढाएर होस्, वा निश्चित समयभित्र कामको गति बढाएर होस्, वा मेसिनहरूको गति बढाएर होस्।

आधुनिक उद्योगले साना कारीगरको कार्यशालालाई विशाल पूँजीपतिको कारखानामा रूपान्तरण गरिदिएको छ। कारखानामा भीडझैँ जम्मा हुने मजदुरहरूहरूलाई सैनिकझैँ संगठित गरिन्छ। उनीहरू औद्योगिक सेनाका सिपाहीहरू हुन्, र उनीहरूलाई अधिकारीहरू र सार्जेन्टहरू, अर्थात् म्यानेजर र सुपरभाइजरहरूको पूरै शृङ्खलाअन्तर्गत राखिन्छ।

मजदुर केवल पूँजीपति वर्ग र पूँजीवादी राज्यका दास मात्र होइनन्। उनीहरूलाई हरेक दिन, हरेक घण्टा, मेसिनहरूद्वारा, निरीक्षकद्वारा, र सबैभन्दा बढी स्वयं कारखाना मालिकद्वारा दास बनाइन्छ। यो तानाशाहीले जति खुलेआम आफ्नो लक्ष्य नाफा हो भनेर घोषणा गर्छ, त्यति नै घिनलाग्दो र घृणायोग्य बन्दै जान्छ।

जसरी–जसरी शारीरिक श्रममा कौशल र शक्तिको आवश्यकता घट्दै जान्छ, अर्थात् जसरी–जसरी आधुनिक उद्योग विकसित हुँदै जान्छ, त्यसरी–त्यसरी पुरुषहरूको श्रमको सट्टा महिलाहरू र बालबालिकाहरूको श्रम प्रयोग हुन थाल्छ। मजदुर वर्गका लागि उमेर र लिङ्गको भेदको कुनै सामाजिक महत्त्व रहँदैन। उनीहरू सबै श्रमका साधन मात्र हुन्, जसको मूल्य उमेर र लिङ्गअनुसार कम वा बढी हुन्छ।

र जब कारखाना मालिकद्वारा मजदुरको शोषण समाप्त हुन्छ, र उसले अन्ततः नगदमा आफ्नो मजदुरी पाउँछ, तब पूँजीपति वर्गका अरू हिस्सा घरधनी, पसले, साहुकार आदिहरु उसमाथि खनिन्छन्। यो एउटा दुष्चक्र हो। मजदुरले कारखानामा आफ्नो श्रम बेचेर जे कमाउँछ, त्यो पैसा पनि अन्ततः पूँजीपति वर्गकै अन्य प्रतिनिधिहरूकहाँ पुग्छ।

पूँजीवादले यस्तो व्यवस्था बनाएको छ, जो आफ्नै बोझले थिचिएर ध्वस्त हुन अभिशप्त छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले नजानिँदो ढङ्गले त्यो वर्गलाई पनि जन्म दिएको छ, जसले एक दिन यस व्यवस्थालाई चुनौती दिनेछ।

यसरी, यही हो पूँजीवादको आन्तरिक अन्तर्विरोध। एकातिर यसले सम्पत्तिको थुप्रो लगाउँछ। अर्कोतिर गरिबीको खाडल खन्छ। एकातिर यसमा उत्पादनलाई असीमित रूपमा बढाउने क्षमता छ। अर्कोतिर यसले समय–समयमा मन्दी सिर्जना गर्छ, जसमा सबै कुरा नष्ट हुन्छ।

यसले यस्तो व्यवस्था बनाएको छ, जो आफ्नै बोझले थिचिएर ध्वस्त हुन अभिशप्त छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले नजानिँदो ढङ्गले त्यो वर्गलाई पनि जन्म दिएको छ, जसले एक दिन यस व्यवस्थालाई चुनौती दिनेछ। त्यो वर्ग हो मजदुर वर्ग।

मजदुर वर्गको जन्म र विकास

अघिल्लो अध्यायमा हामीले देख्यौँ कि पूँजीवाद कसरी आफ्नै अन्तर्विरोधहरूको सिकार हुन्छ र कसरी उसले अनजानेमै आफ्नै चिहान खन्ने वर्गलाई जन्म दिएको छ। त्यो चिहान खन्ने वर्ग हो आधुनिक मजदुर वर्ग, अर्थात् सर्वहारा (प्रोलिटेरियट)। अब यस अध्यायमा हामी यस वर्गको जन्म, विकास र कसरी यो एक क्रान्तिकारी शक्ति बन्छ भन्ने कथालाई बुझ्नेछौँ।

मार्क्स बताउँछन् कि सर्वहारा वर्गको विकास पनि पूँजीपति वर्गको विकाससँगै धेरै चरणहरू पार गर्दै अघि बढ्छ। यसको सङ्घर्ष यसको जन्मसँगै सुरु हुन्छ। सुरुमा यो सङ्घर्ष व्यक्तिगत मजदुरहरूले गर्छन्। एक्लो मजदुर आफ्ना मालिकविरुद्ध विद्रोह गर्छ, जसले सिधै उसको शोषण गरिरहेको हुन्छ। त्यसपछि एउटै कारखानाका मजदुरहरू एकजुट हुन्छन्। त्यसपछि एउटै क्षेत्रका एउटै पेशाका मजदुरहरू आफ्ना मालिकहरूविरुद्ध संगठित हुन्छन्।

यस प्रारम्भिक चरणमा उनीहरूको आक्रमण पूँजीवादी उत्पादन सम्बन्धमाथि होइन, बरु सिधै उत्पादनका साधनहरूमाथि हुन्छ। उनीहरू मेसिनहरू नष्ट गर्छन्, कारखानामा आगो लगाउँछन्, र विदेशबाट आउने सस्तो माल नष्ट गरिदिन्छन्। उनीहरू सोच्छन् कि उनीहरूको शत्रु मेसिनहरू हुन्, न कि त्यो व्यवस्था जसले ती मेसिनहरूलाई उनीहरूको शोषणका लागि प्रयोग गरिरहेको छ। उनीहरू मध्ययुगका कारीगरहरूको हराइसकेको अवस्थालाई फेरि प्राप्त गर्ने प्रयास गर्छन्।

यस चरणमा मजदुरहरू अझै पनि पूरै देशभर छरिएको, असंगठित जनसंख्या हुन्छन्, जो आपसी प्रतिस्पर्धाका कारण विभाजित छन्। यदि उनीहरू कतै एकजुट पनि हुन्छन् भने, त्यो अझैसम्म उनीहरूको आफ्नै सचेत सङ्गठनको परिणाम हुँदैन, बरु पूँजीपति वर्गको एकताको परिणाम हुन्छ। किनकि पूँजीपति वर्गलाई सामन्तहरूलाई हराउन  लगायतका आफ्ना राजनीतिक उद्देश्यहरू पूरा गर्न सम्पूर्ण मजदुर वर्गलाई एकजुट गर्नुपर्ने हुन्छ, र केही समयका लागि ऊ यसमा सफल पनि हुन्छ।

उद्योगको विकाससँगै मजदुर वर्गको संख्या मात्र बढ्दैन। उनीहरू विशाल कारखाना र सहरहरूमा केन्द्रित हुँदै जान्छन्, उनीहरूको शक्ति बढ्छ, र उनीहरू यस शक्तिलाई झन् बढी महसुस गर्न थाल्छन्।

त्यसैले यस चरणमा मजदुरहरू आफ्ना शत्रुहरूसँग होइन, आफ्ना शत्रुका शत्रुहरूसँग सङ्घर्ष गर्छन्। अर्थात् निरङ्कुश राजतन्त्रका अवशेषहरू, जमीन्दारहरू र गैर–औद्योगिक पूँजीपतिहरूसँग। यसरी सम्पूर्ण ऐतिहासिक आन्दोलन पूँजीपति वर्गको हातमा केन्द्रित हुन्छ, र यसरी हासिल गरिएका हरेक जित पूँजीपति वर्गकै जित हुन्छ। मजदुरहरू केवल मोहराजस्तै प्रयोग हुन्छन्।

तर उद्योगको विकाससँगै मजदुर वर्गको संख्या मात्र बढ्दैन। उनीहरू विशाल कारखाना र सहरहरूमा केन्द्रित हुँदै जान्छन्, उनीहरूको शक्ति बढ्छ, र उनीहरू यस शक्तिलाई झन् बढी महसुस गर्न थाल्छन्। मेसिनहरूको आगमनले मजदुरहरूबीचका भिन्नताहरू समाप्त हुन थाल्छन्। अब हरेक व्यक्ति मेसिनको एउटा अंश हुन्छ, र लगभग सबैलाई उस्तै कम मजदुरी मिल्छ। यसले मजदुरहरूको हित र जीवन–स्थितिहरू पनि उस्तै हुन थाल्छन्।

अर्कोतर्फ, पूँजीपतिहरूबीच बढ्दो प्रतिस्पर्धा र त्यसको परिणामस्वरूप हुने व्यापारिक सङ्कटहरूले मजदुरहरूको मजदुरीलाई अझै अस्थिर बनाइदिन्छ। मेसिनहरूमा दिनप्रतिदिन तीव्र गतिमा निरन्तर सुधार हुन्छ, उनीहरूको जीविकालाई अझै अनिश्चित बनाइदिन्छ। अब व्यक्तिगत मजदुर र व्यक्तिगत पूँजीपतिबीचको टकराव बिस्तारै दुई वर्गबीचको टकरावको रूप लिन थाल्छ।

मजदुरहरूले अब आफ्ना मालिकविरुद्ध संगठित हुन अर्थात् ट्रेड युनियन बनाउन सुरु गर्छन्। उनीहरू मजदुरीको दर कायम राख्न एकसाथ सङ्गठित हुन्छन्। यी समय–समयका विद्रोहहरूको तयारीका लागि उनीहरू स्थायी सङ्घहरूको स्थापना गर्छन्। यहाँ–त्यहाँ सङ्घर्ष दङ्गाको रूपमा देखापर्छ। कहिलेकाहीँ मजदुरहरू विजयी हुन्छन्, तर त्यो केवल केही समयका लागि मात्र हुन्छ। उनीहरूको सङ्घर्षको वास्तविक फल तत्काल परिणाममा होइन, बरु मजदुरहरूको निरन्तर बढ्दो एकतामा निहित हुन्छ।

यस एकतालाई आधुनिक उद्योगले सिर्जना गरेका सञ्चारका सुधारिएका साधनहरूले सहयोग पुर्‍याउँछन्, जसले विभिन्न क्षेत्रका मजदुरहरूलाई एक–अर्कासँग सम्पर्कमा ल्याउँछन्। यही सम्पर्कको आवश्यकता थियो, धेरै स्थानीय सङ्घर्षहरूलाई, जो सबै एउटै प्रकृतिका थिए, एक राष्ट्रिय वर्ग सङ्घर्षमा केन्द्रित गर्नका लागि। र हरेक वर्ग सङ्घर्ष राजनीतिक सङ्घर्ष पनि हुन्छ।

पूँजीपति वर्गभित्रका विभाजनहरूको फाइदा उठाएर मजदुर वर्गका केही हितहरूलाई कानुनी मान्यता दिन पूँजीपति वर्गलाई बाध्य बनाउँछ।

मध्ययुगका वर्गहरूले दयनीय सडकहरूका कारण हासिल गर्न सदियौँ लगाएका सङ्घर्ष आधुनिक मजदुरहरूले रेलमार्गहरूको विकाससँगै केही वर्षमै हासिल गर्छन्। मजदुरहरूको यो सङ्गठन, एक वर्गको रूपमा र त्यसको परिणामस्वरूप एक राजनीतिक दलको रूपमा, मजदुरहरूबीचको आपसी प्रतिस्पर्धाका कारण बारम्बार विघटन पनि हुन्छ। तर यो सधैँ फेरि उठ्छ, र हरेक पटक पहिलेभन्दा अझ बलियो, अझ दृढ र अझ शक्तिशाली भएर।

यसले पूँजीपति वर्गभित्रका विभाजनहरूको फाइदा उठाएर मजदुर वर्गका केही हितहरूलाई कानुनी मान्यता दिन पूँजीपति वर्गलाई बाध्य बनाउँछ। उदाहरणका लागि, इङ्ग्ल्याण्डमा दस घण्टे कामको कानुन। समग्रमा, पुरानो समाजभित्रका टकरावहरूले धेरै अर्थमा मजदुर वर्गको विकास र हितलाई अघि बढाउँछन्।

पूँजीपति वर्ग आफूलाई निरन्तर सङ्घर्षमा पाउँछ। सुरुमा अभिजात वर्गसँग, पछि पूँजीपति वर्गकै ती हिस्सासँग, जसका हितहरू उद्योगको प्रगतिसँग प्रतिकूल हुन्छन्। र सधैँ विदेशी पूँजीपति वर्गसँग। यी सबै सङ्घर्षहरूमा ऊ मजदुर वर्गसँग अपिल गर्न, उसको सहयोग माग्न, र यसरी उसलाई राजनीतिक क्षेत्रमा तान्न बाध्य हुन्छ। त्यसैले पूँजीपति वर्ग स्वयं मजदुर वर्गलाई आफ्नै राजनीतिक र सामान्य शिक्षाका तत्त्वहरू प्रदान गर्छ। अर्को शब्दमा, उसले मजदुर वर्गलाई आफ्नै विरुद्ध सङ्घर्ष गर्नका लागि हतियार दिन्छ।

जब वर्ग सङ्घर्ष आफ्नो निर्णायक घडीको नजिक पुग्छ, शासक वर्गभित्रको विघटनको प्रक्रिया वास्तवमै पूरै पुरानो समाजभित्र यति हिंस्रक र स्पष्ट रूप लिन्छ कि शासक वर्गको सानो हिस्सा आफैँलाई अलग गरेर क्रान्तिकारी वर्गमा सामेल हुन्छ।

यसका अतिरिक्त, उद्योगको प्रगतिले सम्पूर्ण शासक वर्गका केही हिस्साहरूलाई मजदुर वर्गमा धकेलिदिन्छ, वा कम्तीमा पनि उनीहरूको अस्तित्वका अवस्थाहरूलाई खतरामा पारिदिन्छ। यसले पनि मजदुर वर्गलाई ज्ञान र प्रगतिका नयाँ तत्वहरू प्रदान गर्छ।

अन्ततः, जब वर्ग सङ्घर्ष आफ्नो निर्णायक घडीको नजिक पुग्छ, शासक वर्गभित्रको विघटनको प्रक्रिया वास्तवमै पूरै पुरानो समाजभित्र यति हिंस्रक र स्पष्ट रूप लिन्छ कि शासक वर्गको सानो हिस्सा आफैँलाई अलग गरेर क्रान्तिकारी वर्गमा सामेल हुन्छ। त्यो वर्ग, जसको हातमा भविष्य हुन्छ। ठीक त्यस्तै, जस्तै पहिलेको एउटा युगमा अभिजात वर्गको एउटा हिस्सा पूँजीपति वर्गतर्फ गयो। त्यसैगरी अब पूँजीपति वर्गको एउटा हिस्सा मजदुर वर्गतर्फ जान्छ, विशेष गरी पूँजीपति वर्गका ती विचारकहरू, जो सैद्धान्तिक रूपमा सम्पूर्ण ऐतिहासिक आन्दोलनलाई बुझ्ने स्तरसम्म पुगेका हुन्छन्।

आज पूँजीपति वर्गको सामना गरिरहेका सबै वर्गहरूमध्ये केवल मजदुर वर्ग मात्र वास्तविक क्रान्तिकारी वर्ग हो। अन्य वर्गहरू औद्योगिक विकासका अगाडि क्षय हुँदै जान्छन् र अन्ततः हराउँछन्। मजदुर वर्ग यसको विशेष र आवश्यक उत्पादन हो। मध्यम वर्गको रूपमा आफ्नो अस्तित्व विलुप्त हुनबाट बचाउन  निम्न मध्यम वर्ग, साना उत्पादक, पसले, कारीगर, किसान, यी सबै पूँजीपति वर्गसँग सङ्घर्ष गर्छन् ।

यसकारण पूँजीपति वर्ग क्रान्तिकारी होइनन्, बरु रूढिवादी हुन्। इतिहासको पाङ्ग्रा उल्टो घुमाउन खोज्ने उनीहरू प्रतिक्रियावादी हुन् । यदि संयोगवश उनीहरू क्रान्तिकारी हुन्छन् भने पनि, त्यो केवल आफ्नो आसन्न स्थानान्तरणलाई देखेर मजदुर वर्गमा सामेल हुने अर्थमा मात्र हो। यसरी उनीहरू आफ्ना वर्तमान हितहरू होइन, बरु आफ्ना भविष्यका हितहरूको रक्षा गर्छन्। उनीहरू मजदुर वर्गको दृष्टिकोण अपनाउन आफ्नै दृष्टिकोण त्याग्छन्।

यसरी एक छरिएको, शोषित र असहाय भीड बिस्तारै एक संगठित, सचेत र शक्तिशाली वर्गमा रूपान्तरित हुन्छ। यो विकास सिधा र सजिलो हुँदैन। यसमा हार पनि हुन्छ, जित पनि। तर हरेक कदमसँगै मजदुर वर्गले आफ्नो शक्ति र एकता बढाउँदै जान्छ।

तर अब प्रश्न उठ्छ, यस आन्दोलनमा कम्युनिस्टहरूको भूमिका के हो? के उनीहरू कुनै अलग पार्टी हुन्, जो मजदुरहरूमाथि आफ्ना विचार लाद्न चाहन्छन्? कम्युनिस्ट को हुन्, र उनीहरू बाँकी मजदुर आन्दोलनहरूसँग कसरी फरक वा समान छन्?

क्रान्तिको झिल्को : कम्युनिस्ट को हुन्?

हाम्रो अगाडि एउटा निकै महत्वपूर्ण प्रश्न उभिन्छ। यो सम्पूर्ण प्रकरणमा कम्युनिस्टहरूको भूमिका के हो? के उनीहरू मजदुरहरूबाट अलग कुनै बाह्य शक्ति हुन्? के उनीहरूको आफ्नै कुनै अलग पार्टी छ, जसका हित मजदुरहरूको हितभन्दा फरक छन्?

कम्युनिस्टहरूको हित सम्पूर्ण मजदुर वर्ग, सर्वहारा वर्गका हितहरूबाट अलग छैन। यसको अर्थ कम्युनिस्टहरू मजदुरहरूमाथि आफ्नो नेतागिरी थोपर्न चाहने कुनै अलगथलग समूह होइनन् । उनीहरू स्वयं मजदुर वर्गकै एक हिस्सा हुन्।

कम्युनिस्टहरूका बारेमा फैलाइएका अफवाह र भ्रमहरू हटाउन मार्क्स र एङ्गेल्स यी प्रश्नहरूको सीधा र स्पष्ट उत्तर दिन्छन्। उनीहरूको पहिलो र सबैभन्दा महत्वपूर्ण घोषणा यो हो कि कम्युनिस्टहरूको हित सम्पूर्ण मजदुर वर्ग, सर्वहारा वर्गका हितहरूबाट अलग छैन। यसको अर्थ कम्युनिस्टहरू मजदुरहरूमाथि आफ्नो नेतागिरी थोपर्न चाहने कुनै अलगथलग समूह होइनन् । उनीहरू स्वयं मजदुर वर्गकै एक हिस्सा हुन्। उनीहरूको आफ्नै कुनै अलग पार्टी छैन, जसले अन्य मजदुर पार्टीहरूको विरोध गरोस्।

उनीहरू अलग छैनन् भने, उनीहरूमा खास के छ?

मार्क्सले दुई मुख्य भिन्नताहरू बताउँछन्।

पहिलो, विभिन्न देशका मजदुर वर्गका राष्ट्रिय संघर्षहरूमा कम्युनिस्टहरूले सम्पूर्ण मजदुर वर्गका साझा हितहरूलाई औंल्याउँछन् र अगाडि ल्याउँछन्, जो राष्ट्रियताभन्दा स्वतन्त्र हुन्छन्। उदाहरणको लागि, एक भारतीय मजदुरको समस्या सायद एक अमेरिकी वा जर्मन मजदुरको समस्याभन्दा केही फरक देखिन सक्छ। तर आधारभूत रूपमा उनीहरूको समस्या एउटै हुन्छ, पूँजीवादी शोषण। कम्युनिस्टहरूको काम यही अन्तर्राष्ट्रिय एकतालाई पहिचान गर्नु र त्यसलाई अघि बढाउनु हो। उनीहरूको भाषा, देश वा संस्कृति जे भए पनि संसारभरका मजदुरहरूको संघर्ष अन्ततः एउटै हो । उनीहरूको शत्रु अर्को देशको मजदुर होइन, बरु अन्तर्राष्ट्रिय पूँजीपति वर्ग हो।

आजको विश्वव्यापीकरणको युगमा यो कुरा झन् बढी सान्दर्भिक छ, जहाँ एउटा बहुराष्ट्रिय कम्पनीले संसारको एक कुनामा मजदुरहरूको शोषण गरेर अर्को कुनामा नाफा कमाउँछ। कम्युनिस्टहरूले यस वैश्विक भ्रातृत्वमा जोड दिन्छन्।

दोस्रो भिन्नता यो हो कि पूँजीपति वर्गसँग जुध्नुपर्ने मजदुर वर्गको संघर्षका विभिन्न चरणहरूमा कम्युनिस्टहरू सधैं र सबै ठाउँमा सम्पूर्ण आन्दोलनका हितको प्रतिनिधित्व गर्छन्। यसको अर्थ के हो भने, जब मजदुरहरू आफ्ना साना–साना मागहरूका लागि संघर्ष गरिरहेका हुन्छन्, जस्तै राम्रो ज्याला वा कामका घण्टा घटाउनका लागि, कम्युनिस्टहरूले तिनलाई पूरा समर्थन गर्छन्। तर साथसाथै उनीहरूले मुख्य लक्ष्यको सम्झना पनि गराइरहन्छन्। उनीहरू बताउँछन् कि यी साना–साना जितहरू आवश्यक छन्, तर अन्तिम लक्ष्य केवल सुधार गर्नु होइन, पूरै पूँजीवादी व्यवस्थालाई नै बदल्नु हो।

सैद्धान्तिक रूपमा कम्युनिस्टहरू मजदुर वर्गका अन्य हिस्साहरूभन्दा यस अर्थमा अगाडि छन् कि उनीहरूसँग मजदुर आन्दोलनको दिशा, परिस्थितिहरू र अन्तिम सामान्य परिणामहरूको स्पष्ट बुझाइ हुन्छ। उनीहरू आन्दोलनका सबैभन्दा उन्नत र दृढ संकल्प भएका हिस्सा हुन्।

उनीहरू तात्कालिक लक्ष्य र अन्तिम लक्ष्यबीच पुलको काम गर्छन्। उनीहरूले आन्दोलनलाई यसको मूल तस्वीर देखाइरहन्छन्, त्यसलाई भट्किन दिँदैनन्। त्यसैले सैद्धान्तिक रूपमा कम्युनिस्टहरू मजदुर वर्गका अन्य हिस्साहरूभन्दा यस अर्थमा अगाडि छन् कि उनीहरूसँग मजदुर आन्दोलनको दिशा, परिस्थितिहरू र अन्तिम सामान्य परिणामहरूको स्पष्ट बुझाइ हुन्छ। उनीहरू आन्दोलनका सबैभन्दा उन्नत र दृढ संकल्प भएका हिस्सा हुन्। उनीहरू नै त्यो हिस्सा हुन्, जसले अरूलाई अघि बढाउँछ।

अब मार्क्स कम्युनिस्टहरूको तात्कालिक लक्ष्यका बारेमा बताउँछन्। उनी भन्छन् कि कम्युनिस्टहरूको तात्कालिक लक्ष्य अन्य सबै मजदुर पार्टीहरूको जस्तै हो– मजदुर वर्गलाई एक वर्गका रूपमा संगठित गर्नु, पूँजीपति वर्गको वर्चस्व अन्त्य गर्नु, र मजदुर वर्गद्वारा राजनीतिक सत्तामा कब्जा गर्नु। यी कुनै उडन्ते कुरा होइनन्। यी अत्यन्त ठोस लक्ष्यहरू हुन्।

पहिलो कदम हो मजदुरहरूलाई उनीहरूको वर्गीय चेतनाको अनुभूति गराउनु। उनीहरूलाई यो बुझाउनु कि उनीहरू एक्ला छैनन्, बरु एक विशाल वर्गका हिस्सा हुन्, जसका हितहरू साझा छन्। दोस्रो कदम हो– पूँजीपति वर्गसँग रहेको राजनीतिक र आर्थिक सत्तालाई चुनौती दिनु। र तेस्रो तथा अन्तिम तात्कालिक लक्ष्य हो– राज्य सत्तामा कब्जा गर्नु, ताकि त्यसलाई नयाँ, शोषणमुक्त समाजको निर्माणका लागि प्रयोग गर्न सकियोस्।

मार्क्स यस कुरामा पनि जोड दिन्छन् कि कम्युनिस्टहरूको सैद्धान्तिक निष्कर्ष कुनै सुधारकका मनगढन्ते विचार वा सिद्धान्तमा आधारित छैनन्। यो कसैले कोठामा बसेर एउटा आदर्श समाजको सपना देख्यो र त्यसलाई लागू गर्न निस्किए जस्तो होइन। उनीहरूले त केवल वर्तमान वर्ग संघर्षबाट उत्पन्न भइरहेका वास्तविक सम्बन्धहरूलाई सामान्य शब्दमा व्यक्त गर्छन्। एउटा यस्तो ऐतिहासिक आन्दोलनलाई, जो हाम्रो आँखै अगाडि भइरहेको छ। उनीहरूले पहिले नै भइरहेका प्रक्रियालाई केवल एउटा नाम र एउटा दिशा दिइरहेका छन्।

यस घोषणापछि मार्क्स र एङ्गेल्स कम्युनिस्टहरूमाथि प्रायः लगाइने आरोपहरूको जवाफ दिन सुरु गर्छन्। सबैभन्दा मुख्य र सबैभन्दा सामान्य आरोप यो हो, “तिमी कम्युनिस्टहरू व्यक्तिगत सम्पत्ति समाप्त गर्न चाहन्छौ।” यो यस्तो आरोप हो, जो आज पनि कम्युनिस्टहरूविरुद्ध प्रयोग गरिन्छ, र मानिसहरूलाई डर देखाउन कम्युनिस्ट आए भने तिम्रो घर, तिम्रो सवारी साधन, तिम्रो सबै कुरा खोस्नेछन् भन्ने गरिन्छ।

मार्क्स यस आरोपको अत्यन्तै उत्कृष्ट तरिकाले जवाफ दिन्छन्। उनी कम्युनिस्टहरूको विशेषता सामान्य रूपमा सम्पत्ति समाप्त गर्नु होइन, बरु बुर्जुवा सम्पत्ति, अर्थात् पूँजीवादी निजी सम्पत्ति समाप्त गर्नु हो भन्छन् । उनका अनुसार इतिहासमा सम्पत्तिको रूप सधैं परिवर्तन हुँदै आएको छ। फ्रान्सेली क्रान्तिले सामन्ती सम्पत्तिलाई समाप्त गरेर पूँजीवादी सम्पत्तिको बाटो खोलेको थियो। त्यसैले सम्पत्तिको रूप परिवर्तन गर्नु कुनै नयाँ वा अनौठो कुरा होइन।

उनी प्रश्न गर्छन्– के मजदुरी, अर्थात् मजदुरले आफ्नो श्रमको बदलामा कमाएको पैसा, उसको लागि सम्पत्ति बन्छ? उनी जवाफ दिन्छन्, बिल्कुलै होइन। मजदुरले पाउने ज्याला यति मात्र हुन्छ कि ऊ आफूलाई मजदुरका रूपमा जीवित राख्न सकोस् र अर्को पुस्ताका मजदुरहरू उत्पादन गर्न सकोस्। यो केवल त्यति न्यूनतम मजदुरी बनाउने र बढाउनेसम्म पर्याप्त हुन्छ, जो जीवनलाई जोगाइराख्न नितान्त आवश्यक छ।

कम्युनिस्टहरू यस व्यक्तिगत आम्दानीलाई कुनै पनि रूपमा समाप्त गर्न चाहँदैनन्। हामी त्यो आम्दानी समाप्त गर्न चाहँदैनौं, जो कसैको आफ्नै श्रमको फल हो र जो जीवन जोगाइराख्न आवश्यक छ। त्यसो भए कम्युनिस्टहरूले कुन सम्पत्ति समाप्त गर्न चाहन्छन्? उनीहरू त अरूको श्रमको शोषण गरेर जम्मा गरिने सम्पत्ति समाप्त गर्न चाहन्छन् । उनीहरू पूँजी समाप्त गर्न चाहन्छन्।

पूँजी के हो?

पूँजी कुनै व्यक्तिगत शक्ति होइन। यो एउटा सामाजिक शक्ति हो। यो केवल धेरै सदस्यहरूको संयुक्त कार्यद्वारा गति पाउँछ। र अन्तिम विश्लेषणमा, केवल समाजका सबै सदस्यहरूको संयुक्त कार्यद्वारा। त्यसैले पूँजी कुनै व्यक्तिगत उत्पादन होइन। यो एउटा सामाजिक उत्पादन हो।

मार्क्स तपाईंको सवारी साधन, तपाईंको घर वा तपाईंका लुगाहरू खोस्ने कुरा गरिरहेका छैनन्। उनी त्यो व्यवस्थालाई समाप्त गर्ने कुरा गरिरहेका छन्, जहाँ एक व्यक्तिले हजारौं, लाखौंको सम्पत्ति, जस्तै कारखाना र कम्पनीहरूको मालिक बन्न सक्छ, जबकि त्यो सम्पत्ति निर्माण गर्ने लाखौं मजदुरहरू मुश्किलले मात्र गुजारा चलाउन सक्छन्।

यसैले, जब पूँजीलाई सामान्य सम्पत्तिमा, समाजका सबै सदस्यसँग सम्बन्धित सम्पत्तिमा रूपान्तरण गरिन्छ, तब व्यक्तिगत सम्पत्ति सामाजिक सम्पत्तिमा बदलिँदैन। केवल सम्पत्तिको सामाजिक चरित्र बदलिन्छ। यसले आफ्नो वर्गीय चरित्र गुमाउँछ।

सोझो शब्दमा भन्ने हो भने, मार्क्स तपाईंको सवारी साधन, तपाईंको घर वा तपाईंका लुगाहरू खोस्ने कुरा गरिरहेका छैनन्। उनी त्यो व्यवस्थालाई समाप्त गर्ने कुरा गरिरहेका छन्, जहाँ एक व्यक्तिले हजारौं, लाखौंको सम्पत्ति, जस्तै कारखाना र कम्पनीहरूको मालिक बन्न सक्छ, जबकि त्यो सम्पत्ति निर्माण गर्ने लाखौं मजदुरहरू मुश्किलले मात्र गुजारा चलाउन सक्छन्।

उनी उत्पादनका साधनहरूको निजी स्वामित्व समाप्त गरेर तिनलाई सामाजिक स्वामित्वमा ल्याउन चाहन्छन्, ताकि तिनबाट हुने लाभ केही व्यक्तिहरूको खल्तीमा जाने सट्टा सम्पूर्ण समाजका लागि उपयोगी होस्। उनीका अनुसार पूँजीवादी समाजमा जीवित श्रम, मृत श्रम, अर्थात् पूँजी बढाउने एउटा साधन मात्र हो। जबकि कम्युनिस्ट समाजमा मृत श्रम, पूँजीकृत श्रम, मजदुरको जीवनलाई विस्तार गर्न, समृद्ध बनाउन र अघि बढाउनको साधन हुनेछ।

पूँजीवादी समाजमा अतीत वर्तमानमाथि हावी हुन्छ। कम्युनिस्ट समाजमा वर्तमान अतीतमाथि हावी हुन्छ। पूँजीवादी समाजमा पूँजी स्वतन्त्र हुन्छ र उसको आफ्नै व्यक्तित्व हुन्छ, जबकि जीवित व्यक्ति आश्रित हुन्छ र उसको कुनै व्यक्तित्व हुँदैन। र यस अवस्थाको उन्मूलनलाई पूँजीपति वर्ग स्वतन्त्रता र व्यक्तित्वको उन्मूलन भन्छ । पूँजीवादी व्यक्तित्व, पूँजीवादी स्वतन्त्रता र पूँजीवादी आजादीको उन्मूलन निस्सन्देह लक्ष्य हो।

अब, कम्युनिस्ट को हुन् भन्ने स्पष्ट हुँदै गइरहेको छ । उनीहरु मजदुर वर्गकै सबैभन्दा सचेत हिस्सा हुन्। उनीहरू संसारभरका मजदुरहरूको एकतामा जोड दिन्छन् र आन्दोलनलाई यसको अन्तिम लक्ष्यको सम्झना दिलाइरहन्छन्। उनीहरूको पहिलो काम मजदुरहरूलाई संगठित गरेर राजनीतिक सत्ता हासिल गर्नु हो। र उनीहरूको सबैभन्दा मुख्य सैद्धान्तिक लक्ष्य पूँजीवादी निजी सम्पत्तिको उन्मूलन हो।

तर यो लक्ष्य कसरी हासिल हुनेछ? सत्तामा आएपछि कम्युनिस्टहरूले के गर्नेछन्? उनीहरूले कुन–कुन ठोस कदम चाल्नेछन्, जसले समाज परिवर्तन हुन थालोस्?

मार्क्स र एङ्गेल्स यसको पनि एउटा खाका प्रस्तुत गर्छन्। उनीहरूले दस सूत्रीय कार्यक्रम दिन्छन्, जो कुनै पनि उन्नत देशमा क्रान्तिपछि लागू गर्न सकिन्छ। ती दस लक्ष्य के–के हुन्?

कम्युनिस्टहरूको १० लक्ष्य

कम्युनिस्टहरूको मुख्य लक्ष्य पूँजीवादी निजी सम्पत्तिको उन्मूलन हो। तर यो एक अत्यन्त विशाल र सामान्य लक्ष्य हो। प्रश्न उठ्छ, यो कसरी हासिल गरिनेछ? यदि मजदुर वर्ग क्रान्ति गरेर सत्तामा आउँछ भने, उसले कुन–कुन ठोस र व्यवहारिक कदम चाल्नेछ?

मार्क्स र एङ्गेल्सलाई थाहा थियो कि केवल सिद्धान्तले मात्र काम चल्दैन। मानिसहरूलाई एउटा कार्यक्रम, एउटा कार्ययोजना पनि दिनुपर्छ। त्यसैले मेनिफेस्टोमा उनीहरूले केही यस्ता उपायहरूको सूची प्रस्तुत गर्छन्, जुन सबैभन्दा उन्नत देशहरूमा सत्ता प्राप्त गरेपछि लागू गर्न सकिन्छ। उनीहरूले यो पनि स्पष्ट गर्छन् कि यी उपायहरू हरेक देशमा केही फरक हुन सक्छन्, जुन त्यहाँका स्थानीय परिस्थितिहरूमा निर्भर गर्नेछ। तर मोटामोटी रूपमा दिशा यही रहनेछ।

मार्क्स र एङ्गेल्सलाई थाहा थियो कि केवल सिद्धान्तले मात्र काम चल्दैन। मानिसहरूलाई एउटा कार्यक्रम, एउटा कार्ययोजना पनि दिनुपर्छ। त्यसैले मेनिफेस्टोमा उनीहरूले केही यस्ता उपायहरूको सूची प्रस्तुत गर्छन्, जुन सबैभन्दा उन्नत देशहरूमा सत्ता प्राप्त गरेपछि लागू गर्न सकिन्छ।

अब यी १० लक्ष्यहरूलाई एक–एक गरेर विस्तारमा बुझौं।

पहिलो लक्ष्य हो, भूमिमा निजी सम्पत्तिको उन्मूलन र सबै भूमिबाट प्राप्त हुने भाडा सार्वजनिक प्रयोजनका लागि प्रयोग गर्नु। यसको अर्थ जमिनमाथि कुनै व्यक्ति वा कम्पनीको निजी स्वामित्व समाप्त गरिनेछ। कसैले नबनाएको प्राकृतिक स्रोत जमिनलाई सम्पूर्ण समाजको सम्पत्ति मानिनेछ। यसबाट प्राप्त हुने लगान वा भाडा लगायतका आम्दानी कुनै जमिनदारको खल्तीमा नजानेर राज्यको कोषमा जानेछ र त्यसको प्रयोग विद्यालय, अस्पताल, बाटो निर्माणजस्ता सार्वजनिक काममा गरिनेछ। यो कदम कुनै काम नगरी केवल जमिनको मालिक भएको आधारमा ठूलो नाफा कमाउँने विशाल जमिनदार र जमनीका मालिकहरूको शक्तिमाथि प्रहार हो। यसले सहरमा घरभाडाको समस्या र गाउँमा किसानहरूको शोषणको समस्याको जडमाथि आक्रमण गर्छ।

दोस्रो लक्ष्य हो, एक भारी प्रगतिशील वा वर्गीकृत आयकर। प्रगतिशील आयकरको अर्थ, जसले जति धेरै कमाउँछ उसले त्यति नै उच्च प्रतिशतमा कर तिर्नुपर्छ। कम कमाउनेहरूमाथि करको भार कम हुन्छ वा बिल्कुलै हुँदैन, जबकि लखपति र अर्बपतिहरूमाथि अत्यन्त भारी कर लगाइन्छ। यो पूँजीवादको त्यस प्रवृत्तिविरुद्ध हो, जहाँ धनी झन् धनी हुँदै जान्छन् र गरिब झन् गरिब। यस कदमको उद्देश्य धनको पुनर्वितरण सुनिश्चित गर्नु हो, ताकि समाजमा आर्थिक असमानता घटाउन सकियोस्। आज संसारका धेरै देशहरूमा प्रगतिशील आयकर व्यवस्था लागू छ। तर मार्क्सले भनेको भारी प्रगतिशील करको उद्देश्य अत्यधिक सम्पत्ति जम्मा हुन नदिनु हो।

उत्तराधिकारका सबै अधिकारहरूको उन्मूलनको अर्थ, कुनै व्यक्तिको मृत्यु भएपछि उसको सम्पत्ति स्वतः उसका छोराछोरी वा आफन्तलाई प्राप्त हुने छैन। यो एक अत्यन्त क्रान्तिकारी विचार हो।

तेस्रो लक्ष्य हो, उत्तराधिकारका सबै अधिकारहरूको उन्मूलन। यसको अर्थ, कुनै व्यक्तिको मृत्यु भएपछि उसको सम्पत्ति स्वतः उसका छोराछोरी वा आफन्तलाई प्राप्त हुने छैन। यो एक अत्यन्त क्रान्तिकारी विचार हो। मार्क्सको तर्कमा केवल धनी परिवारमा जन्मिएको कारण कसैले असीमित सम्पत्तिको मालिक बन्नु हुँदैन। यो योग्यता आधारित सिद्धान्तको विरुद्ध हो। यस कदमको उद्देश्य पुस्तौँदेखि चल्दै आएको धनको एकाग्रता समाप्त गर्नु हो। यसले हरेक व्यक्तिलाई विरासतमा प्राप्त सम्पत्तिको आधारमा हैन, आफ्नो योग्यता र परिश्रमको आधारमा जीवनमा अघि बढ्ने समान अवसर दिनेछ । त्यसो त यो साना व्यक्तिगत सामानमा लागू हुँदैन, यसको मुख्य लक्ष्य विशाल सम्पत्ति, व्यवसाय र जागिरहरूलाई व्यक्तिगत उत्तराधिकार बन्नबाट रोक्नु हो।

चौथो लक्ष्य हो, सबै प्रवासी र विद्रोहीहरूको सम्पत्ति जफत गर्नु। यो एक राजनीतिक कदम हो। यसको अर्थ, जो नयाँ मजदुर राज्यविरुद्ध विद्रोह गर्छन् वा देश छाडेर भाग्छन् र नयाँ व्यवस्थालाई क्षति पुर्‍याउने प्रयास गर्छन्, उनीहरूको सम्पत्ति राज्यले जफत गर्नेछ। यो कदम नयाँ क्रान्तिकारी सरकारलाई स्थिर बनाउने र त्यसविरुद्ध हुने षड्यन्त्र रोक्नका लागि बनाइएको हो।

पाँचौँ लक्ष्य हो, राज्यको हातमा एक राष्ट्रिय बैंकमार्फत ऋणको केन्द्रीयकरण । त्यसमा राज्यको पूँजी र विशेष एकाधिकार हुनेछ। यसको अर्थ सबै निजी बैंकहरू समाप्त गरिनेछन् र तिनको सट्टा एउटै सरकारी बैंक रहनेछ। देशको सम्पूर्ण बैंकिङ र ऋण प्रणाली राज्यको नियन्त्रणमा हुनेछ। राष्ट्रिय बैंकको उद्देश्य नाफा कमाउनु होइन, बरु समाजको आवश्यकताअनुसार ऋण उपलब्ध गराउनु हुनेछ। यसले सरकारलाई, अर्थतन्त्रलाई अझ राम्रोसँग निर्देशित गर्न मद्दत गर्नेछ ।

छैटौँ लक्ष्य हो, सञ्चार र यातायातका साधनहरूको राज्यको हातमा केन्द्रीयकरण। यसको अर्थ रेल, सडक, एयरलाइन्स, टेलिफोन, इन्टरनेटजस्ता सबै महत्वपूर्ण सञ्चार र यातायात सेवाहरू निजी कम्पनीको हातमा नभई राज्यको नियन्त्रणमा रहनेछन्। मार्क्स–एङ्गेल्सका तर्कअनुसार यी सेवाहरू सम्पूर्ण समाजका लागि अत्यन्त महत्वपूर्ण छन् र तिनलाई नाफाका लागि चलाइनु हुँदैन। जब यी राज्यको नियन्त्रणमा हुन्छन्, तब यी सेवाहरू देशका हरेक कुनासम्म पुग्ने, सस्ता हुने र जनहितमा काम गर्ने सुनिश्चित गर्न सकिन्छ ।

राज्यले स्वयं नयाँ कारखानाहरू स्थापना गर्नेछ र उत्पादन बढाउनेछ। तर यो उत्पादन पूँजीपतिहरूको नाफाका लागि होइन, समाजका आवश्यकताहरू पूरा गर्नका लागि हुनेछ। साथै, राष्ट्रिय योजनाअन्तर्गत कृषि विकास गरिनेछ। बाँझो जमिनलाई उब्जाउ बनाइनेछ र वातावरणको संरक्षण गर्दै खेतीका विधिहरू सुधार गरिनेछन्।

सातौँ लक्ष्य हो, राज्य स्वामित्वमा रहेका कारखाना र उत्पादनका साधनहरूको विस्तार, बाँझो जमिनलाई खेतीयोग्य बनाउनु र साझा योजनाअनुसार माटो सुधार गर्नु। यो औद्योगिकीकरण र कृषि विकासको योजना हो। राज्यले स्वयं नयाँ कारखानाहरू स्थापना गर्नेछ र उत्पादन बढाउनेछ। तर यो उत्पादन पूँजीपतिहरूको नाफाका लागि होइन, समाजका आवश्यकताहरू पूरा गर्नका लागि हुनेछ। साथै, राष्ट्रिय योजनाअन्तर्गत कृषि विकास गरिनेछ। बाँझो जमिनलाई उब्जाउ बनाइनेछ र वातावरणको संरक्षण गर्दै खेतीका विधिहरू सुधार गरिनेछन्। यसको उद्देश्य देशलाई आत्मनिर्भर बनाउनु र सबैका लागि खाना तथा आवश्यक वस्तुहरू सुनिश्चित गर्नु हो।

आठौँ लक्ष्य हो, सबैका लागि काम गर्ने समान बाध्यता। विशेष गरी कृषिका लागि औद्योगिक सेनाहरूको स्थापना गरिनेछ। यसको अर्थ समाजमा हरेक सक्षम व्यक्तिले काम गर्नुपर्नेछ। कसैले पनि अरूको श्रममा परजीवीझैं बाँच्न पाउने छैन। औद्योगिक सेनाको अवधारणा मानिसहरूलाई ठूलो स्तरका सार्वजनिक परियोजनाहरू, जस्तै बाँध निर्माण, नहर खन्ने वा खेतीपातीमा काम गर्न संगठित गर्नु हो। यो बेरोजगारीको समस्या अन्त्य गर्ने र राष्ट्र निर्माणमा सबैको सहभागिता सुनिश्चित गर्ने उपाय हो।

नवौँ लक्ष्य हो, कृषिलाई विनिर्माण उद्योगसँग जोड्नु र देशभर जनसंख्याको बढी समान वितरणमार्फत सहर र गाउँबीचको अन्तरलाई बिस्तारै समाप्त गर्नु। मार्क्स–एङ्गेल्सले  पूँजीवादमा सहर र गाउँबीच ठूलो खाडल सिर्जना हुने गरेको देखेका थिए । त्यहाँ सहर धनी र विकसित बन्छन्, जबकि गाउँ पछाडि पर्छन्। यस लक्ष्यको उद्देश्य यही खाडल मेटाउनु हो। उद्योगहरू केवल सहरमा केन्द्रित गर्नुको सट्टा गाउँ नजिक पनि स्थापना गरिनेछन्। यसले मानिसहरूलाई आफ्नै घर नजिक रोजगारी दिनेछ र उनीहरूलाई सहरको भीडतर्फ जान बाध्य पार्ने छैन। यसले सम्पूर्ण देशको सन्तुलित विकास सुनिश्चित गर्नेछ।

दसौँ र अन्तिम लक्ष्य हो, सार्वजनिक विद्यालयहरूमा सबै बालबालिकाका लागि निःशुल्क शिक्षा, वर्तमान स्वरूपमा बालबालिकाबाट कारखानामा काम गराउने प्रथाको उन्मूलन, र शिक्षालाई औद्योगिक उत्पादनसँग जोड्नु। यो एक अत्यन्त प्रगतिशील लक्ष्य हो। यसले धनी वा गरिब, हरेक बालबालिकाले निःशुल्क र गुणस्तरीय शिक्षा पाउने सुनिश्चित गर्छ। यसले बालश्रमलाई पूर्ण रूपमा समाप्त गर्ने कुरा गर्छ। साथै, यसले शिक्षालाई व्यवहारिक बनाउन जोड दिन्छ, ताकि बालबालिकाले केवल किताबी ज्ञान मात्र नलिऊन्, बरु उत्पादन र समाजको काममा सहभागी बनून्, जसले उनीहरूलाई राम्रो र जिम्मेवार नागरिक बनाओस्।

यी हुन् ती १० लक्ष्य। यी लक्ष्यहरूको अवलोकन गर्दा तपाईंलाई लाग्न सक्छ कि यिनमध्ये केही कुरा त आज संसारका धेरै कल्याणकारी राज्यहरूमा लागू भइसकेका छन् । उदाहरणका लागि प्रगतिशील कर वा निःशुल्क शिक्षालाई लिन सकिन्छ। यो सत्य हो, र यसको श्रेय कतै न कतै ती मजदुर आन्दोलनहरूलाई जान्छ, जसले यी मागहरूका लागि लामो संघर्ष गरे। तर मार्क्सको अन्तिम लक्ष्य केवल यी सुधारहरू लागू गर्नु मात्र थिएन।

के व्यक्तिगत सम्पत्तिको उन्मूलनले साँच्चै मानिसहरूको स्वतन्त्रता खोस्दैन? कम्युनिस्टहरूमाथि लाग्ने सबैभन्दा मुख्य आरोप, कि उनीहरूले परिवार, संस्कृति र राष्ट्रलाई समाप्त गर्नेछन् भन्ने हो ।

मार्क्स–एङ्गेल्सको धारणामा जब मजदुर वर्गले यी कदमहरू चाल्नेछ, तब उसले बिस्तारै पूँजीपति वर्गबाट सम्पूर्ण पूँजी आफ्नो हातमा लिनेछ। उत्पादनका सबै साधनहरू राज्यको नियन्त्रणमा केन्द्रित गर्नेछ र उत्पादक शक्तिहरूलाई तीव्र रूपमा बढाउनेछ। वर्गभेद पूर्ण रूपमा समाप्त भएर सम्पूर्ण उत्पादन समाजकै हातमा केन्द्रित भएपछि राज्य अर्थात् सार्वजनिक शक्तिको आफ्नै राजनीतिक पहिचान पनि समाप्त हुनेछ। मार्क्स–एङ्गेल्सका अनुसार राज्य अन्ततः एउटा वर्गद्वारा अर्को वर्गलाई दबाउने उपकरण मात्र हो। जब वर्ग नै रहनेछैनन्, तब राज्यको पनि आवश्यकता रहनेछैन।

तर के यो सबै यति सजिलो छ? के व्यक्तिगत सम्पत्तिको उन्मूलनले साँच्चै मानिसहरूको स्वतन्त्रता खोस्दैन? कम्युनिस्टहरूमाथि लाग्ने सबैभन्दा मुख्य आरोप, कि उनीहरूले परिवार, संस्कृति र राष्ट्रलाई समाप्त गर्नेछन् भन्ने हो । यी गम्भीर र भावनात्मक प्रश्नहरूको बारेमा मार्क्स र एङ्गेल्सले के सोचेका थिए ?

व्यक्तिगत सम्पत्तिको सत्य

कम्युनिष्ट घोषणापत्रमार्फत् मार्क्स–एङ्गेल्सले अघि सारेका ती १० ठोस कदमहरूमध्ये सबैभन्दा आलोचित विचार निजी सम्पत्तिको उन्मूलन हो। यही त्यो विचार हो, जसको प्रयोग गरेर कम्युनिस्टहरूको विरोध गर्नेहरूले आम मानिसलाई डर देखाउँछन्। उनीहरू भन्छन्, हेर, कम्युनिस्ट आए भने तिमीले मेहनत गरेर बनाएको घर, तिम्रो सानो पसल, तिम्रा खेत, सबै लिनेछन्। यही डरका कारण धेरै मानिसहरू कम्युनिज्मका अन्य विचारहरू नसुनीकनै त्यसलाई अस्वीकार गरिदिन्छन्।

मार्क्स र एङ्गेल्सलाई यस किसिमको आलोचना आउन सक्ने बारे राम्रो अनुमान थियो । त्यसैले मेनिफेस्टोमा उनीहरूले यस आरोपको सिधा र निकै विस्तारमा जवाफ दिएका छन्।

तपाईं कुन सम्पत्तिको कुरा गर्दै हुनुहुन्छ? के तपाईं साना कारीगर र साना किसानको सम्पत्तिको कुरा गर्दै हुनुहुन्छ, जुन पूँजीवादी सम्पत्तिभन्दा अघि अस्तित्वमा थियो?

सबैभन्दा पहिले उनीहरूले आफ्ना आलोचकहरूमाथि नै प्रश्न तेर्स्याएका छन्। उनीहरू भन्छन्, हामीमाथि यो आरोप लगाइन्छ कि हामी व्यक्तिगत रूपमा कमाइएका, स्वयं प्राप्त सम्पत्तिलाई समाप्त गर्न चाहन्छौं। त्यो सम्पत्ति, जसलाई व्यक्तिगत स्वतन्त्रता, गतिविधि र स्वतन्त्रताको आधार मानिन्छ। उनीहरू यस आरोपलाई स्वीकार गर्छन् र त्यसपछि सोध्छन्, तपाईं कुन सम्पत्तिको कुरा गर्दै हुनुहुन्छ? के तपाईं साना कारीगर र साना किसानको सम्पत्तिको कुरा गर्दै हुनुहुन्छ, जुन पूँजीवादी सम्पत्तिभन्दा अघि अस्तित्वमा थियो?

मार्क्स जवाफ दिन्छन्, त्यो सम्पत्ति त हामीले समाप्त गर्नै पर्दैन। उद्योगको विकासले त्यसलाई पहिले नै धेरै हदसम्म नष्ट गरिसकेको छ र अझै पनि गरिरहेको छ। विशाल सुपरमार्केटहरूले साना किराना पसलहरू समाप्त गरिरहेका छन्। ठूला कम्पनीहरूले साना कारीगरहरूको काम खोसिरहेका छन्। त्यसैले जसलाई सानो व्यक्तिगत श्रमबाट आर्जित सम्पत्तिको नाममा रोइकराइ गरिन्छ, त्यो त पूँजीवादले आफैं निलिरहेको छ।

त्यसपछि उनीहरू सोध्छन्, कि तपाईं आधुनिक पूँजीवादी निजी सम्पत्तिको कुरा गर्दै हुनुहुन्छ? यहीँ उनीहरूले आफ्नो मुख्य तर्क प्रस्तुत गर्छन्। उनीहरू सोध्छन्, के मजदुरको श्रम, अर्थात् उसको मजदूरी, उसकै लागि सम्पत्ति बन्छ? उत्तर हो, हुँदैन। जस्तो कि हामीले पहिल्यै चर्चा गरेका छौं, मजदुरले पाउने मजदूरी केवल उसलाई र उसको परिवारलाई जीवित राख्न पर्याप्त हुन्छ। यसले उसलाई यस्तो कुनै वास्तविक सम्पत्ति दिँदैन, जसबाट उसले अरूको शोषण गर्न सकोस्। यसले केवल उसलाई एक मजदुरको रूपमा कायम राख्छ।

त्यसैले कम्युनिस्टहरू यस न्यूनतम मजदूरीलाई, यस व्यक्तिगत कमाइलाई लिन चाहँदैनन्। बरु उनीहरू यस्तो व्यवस्था बनाउन चाहन्छन्, जहाँ मजदुरले बाँच्न लायक मजदूरी मात्र होइन, आफ्नो श्रमको पूरा फल पाओस् ।

अब प्रश्न उठ्छ, कम्युनिस्टहरू कुन सम्पत्तिलाई समाप्त गर्न चाहन्छन्? उनीहरू त्यो सम्पत्ति समाप्त गर्न चाहन्छन्, जसले पूँजीको रूप लिन्छ। पूँजी भनेको त्यो सम्पत्ति हो, जसले मजदूरी श्रमको शोषण गर्छ र जुन तबसम्म बढ्न सक्दैन, जबसम्म नयाँ शोषणका लागि मजदूरी श्रमको नयाँ आपूर्ति सिर्जना हुँदैन। अर्थात् संसारभरि नै कहलिएका धनीमानी व्यक्तिहरुको सम्पत्ति उनीहरूको व्यक्तिगत श्रमको फल होइन, बरु लाखौं मजदुरहरूको श्रम शोषणको परिणाम हो। यो त्यस्तो सम्पत्ति हो, जसको प्रयोग अझ बढी सम्पत्ति सिर्जना गर्न र अझ बढी मानिसहरूको शोषण गर्न गरिन्छ।

मार्क्स–एङ्गेल्स आलोचकहरूलाई भन्छन्, तपाईंहरू हामी निजी सम्पत्ति समाप्त गर्न चाहन्छौं भनेर डराइरहनुभएको छ । तर तपाईंहरूको वर्तमान समाजमा १० मध्ये ९ जनाका लागि निजी सम्पत्ति पहिले नै समाप्त भइसकेको छ।

मार्क्स–एङ्गेल्स भन्छन्, यो सम्पत्ति व्यक्तिगत होइन, सामाजिक शक्ति हो। कुनै विशाल कारखाना वा कम्पनी केवल मालिककै कारणले चल्दैन। त्यो हजारौं श्रमिक, इन्जिनियर, प्रबन्धकहरूको संयुक्त प्रयास र सम्पूर्ण समाजको आधारभूत संरचना, जस्तै सडक, बिजुली, कानुनी व्यवस्था, यिनको समर्थनमा चल्छ। त्यसैले जब यस पूँजीलाई व्यक्तिगत सम्पत्तिबाट सामाजिक सम्पत्तिमा रूपान्तरण गरिन्छ, तब कसैको व्यक्तिगत कमाइ खोसिँदैन। केवल सम्पत्तिको सामाजिक चरित्र परिवर्तन गरिन्छ। यसले आफ्नो वर्गीय चरित्र गुमाउँछ। अर्थात् अब यो केही व्यक्तिहरूको हातमा शोषणको हतियार नबनी सम्पूर्ण समाजको हितका लागि प्रयोग हुने साधन बन्छ।

मार्क्स–एङ्गेल्स आलोचकहरूलाई भन्छन्, तपाईंहरू हामी निजी सम्पत्ति समाप्त गर्न चाहन्छौं भनेर डराइरहनुभएको छ । तर तपाईंहरूको वर्तमान समाजमा १० मध्ये ९ जनाका लागि निजी सम्पत्ति पहिले नै समाप्त भइसकेको छ। यो अत्यन्त शक्तिशाली तर्क हो। उनीहरू भन्छन्, तपाईंले जोगाउन खोजिरहनुभएको निजी सम्पत्ति समाजको ९० प्रतिशत मानिससँग त छँदै छैन। लाखौं मानिससँग आफ्नै घर छैन। उनीहरू भाडामा बस्छन्। लाखौं किसानसँग आफ्नै जमिन छैन। उनीहरू अरूका खेतमा मजदूरी गर्छन्। त्यसैले निजी सम्पत्तिको अस्तित्व केवल मुट्ठीभर मानिसका लागि मात्र छ, र त्यसको अस्तित्व बाँकी ९० प्रतिशत मानिससँग त्यो नहोस् भन्ने कुरामा आधारित छ ।

त्यसैले जब हामी ती मुट्ठीभर मानिसहरूको सम्पत्ति समाप्त गर्ने कुरा गर्छौं, वास्तवमा हामी बहुसंख्यक जनतालाई सम्पत्तिहीनताबाट मुक्त गर्ने कुरा गरिरहेका हुन्छौं। तपाईं हामीमाथि आरोप लगाउनुहुन्छ कि हामी तपाईंको सम्पत्ति समाप्त गर्न चाहन्छौं। सत्य त यो हो कि हामी त्यो सम्पत्ति समाप्त गर्न चाहन्छौं, जसको अस्तित्वको सर्त नै यही हो कि समाजको विशाल बहुसंख्यकसँग कुनै सम्पत्ति नहोस्।

यसपछि मार्क्स–एङ्गेल्स स्वतन्त्रताको अवधारणामाथि प्रहार गर्छन्। पूँजीपति वर्ग स्वतन्त्रताको ठूलो हल्ला गर्छ। तर यो कसको स्वतन्त्रता हो? मार्क्स–एङ्गेल्स भन्छन्– वर्तमान पूँजीवादी सम्बन्धअन्तर्गत स्वतन्त्रताको अर्थ हो, स्वतन्त्र व्यापार, किनबेच गर्ने स्वतन्त्रता। र जब यो किनबेच गर्ने स्वतन्त्रता समाप्त हुन्छ, तब पूँजीपतिहरू स्वतन्त्रता नै समाप्त भयो, व्यक्तित्व नै नष्ट भयो भनेर कोकोहोला मच्चाउन थाल्छन्।

मार्क्स–एङ्गेल्स भन्छन्– तपाईं जुन व्यक्तित्व गुमेको भनेर रोइकराइ गरिरहनुभएको छ, त्यो अरू केही होइन, पूँजीपतिको व्यक्तित्व हो। मध्यवर्गीय सम्पत्ति मालिकको व्यक्तित्व हो। हो, यो सत्य हो कि हामी यही व्यक्तित्व समाप्त गर्न चाहन्छौं। जबसम्म श्रमलाई पूँजीमा, पैसामा, भाडामा, यस्तो सामाजिक शक्तिमा रूपान्तरण गर्न सकिँदैन, जसमा एकाधिकार कायम गर्न सकियोस् । अर्थात् जबसम्म व्यक्तिगत सम्पत्तिलाई पूँजीवादी सम्पत्तिमा बदल्न सकिँदैन, तबसम्म तपाईं भन्नुहुन्छ कि व्यक्तित्व हराउँछ। तपाईंले स्वीकार गर्नैपर्छ कि तपाईंको लागि व्यक्ति भन्नाले पूँजीपति बाहेक अरू कोही होइन, र यही व्यक्तिलाई वास्तवमै मार्गबाट हटाइनुपर्छ र असम्भव बनाइनुपर्छ।

कम्युनिज्मले कसैलाई पनि समाजका उत्पादनहरू उपभोग गर्ने अधिकारबाट वञ्चित गर्दैन। यसले केवल यसरी अरूको श्रम आफ्नो अधीनमा राख्ने शक्ति खोस्छ। अर्थात् तपाईं समाजमा बनेका वस्तुहरूको उपभोग गर्न सक्नुहुन्छ। तपाईंलाई आवश्यक पर्ने वस्तु लिन सक्नुहुन्छ। तर ती वस्तुहरू कब्जा गरेर अरूलाई आफ्नो दास बनाउन सक्नुहुन्न।

अर्को सामान्य आपत्ति के छ भने, यदि निजी सम्पत्ति समाप्त गरियो भने कोही पनि काम गर्नेछैन र सार्वभौमिक आलस्य समाजमा फैलिनेछ। मार्क्स–एङ्गेल्स यसलाई व्यंग्य गर्दै भन्छन्, यो कुरा सत्य हुन्थ्यो भने पूँजीवादी समाज धेरै पहिल्यै आलस्यकै कारण नष्ट भइसकेको हुनेथियो। किनकि यस समाजमा जो काम गर्छन्, उनीहरूले केही प्राप्त गर्दैनन्, र जो सबै कुरा प्राप्त गर्छन्, उनीहरू काम गर्दैनन्। यो सम्पूर्ण आपत्ति वास्तवमा एउटै कुराको अर्को अभिव्यक्ति मात्र हो। जब पूँजी हुँदैन, तब मजदूरी श्रम पनि हुँदैन।

अर्को सामान्य आपत्ति के छ भने, यदि निजी सम्पत्ति समाप्त गरियो भने कोही पनि काम गर्नेछैन र सार्वभौमिक आलस्य समाजमा फैलिनेछ। मार्क्स–एङ्गेल्स यसलाई व्यंग्य गर्दै भन्छन्, यो कुरा सत्य हुन्थ्यो भने पूँजीवादी समाज धेरै पहिल्यै आलस्यकै कारण नष्ट भइसकेको हुनेथियो।

संक्षेपमा, मार्क्सको तर्क यो हो कि कम्युनिस्टहरू त्यो सम्पत्तिको विरोधमा छैनन्, जुन कसैले आफ्नो श्रमबाट बनाएको छ र व्यक्तिगत प्रयोगका लागि राखेको छ। उनीहरू त्यस विशाल, केन्द्रीकृत सम्पत्तिको विरोधमा छन्, जुन उत्पादनका साधन, कारखाना, जमिन, खानीमाथि निजी स्वामित्वको रूपमा अस्तित्वमा छ र जसको प्रयोग लाखौं मानिसहरूको शोषण गरेर नाफा कमाउन गरिन्छ। उनीहरू यस पूँजीलाई व्यक्तिगत हातबाट निकालेर सम्पूर्ण समाजको हातमा दिन चाहन्छन्, ताकि त्यसको लाभ सबैले पाउन सकून्। यो सम्पत्तिको अवधारणाको अन्त्य होइन, बरु सम्पत्तिको वर्गीय र शोषक चरित्रको अन्त्य हो।

समाजवादका विभिन्न रंगहरू

अहिलेसम्म हामीले चर्चा गरेका कम्युनिस्ट मेनिफेस्टोका मुख्य तर्कहरू – इतिहास वर्ग सङ्घर्षको कथा हो। पुँजीवादले अभूतपूर्व विकास गरेको छ। तर यो आफ्नै आन्तरिक अन्तर्विरोधहरूले घेरिएको छ। र मजदुर वर्ग नै त्यो क्रान्तिकारी शक्ति हो, जसले यस व्यवस्थालाई परिवर्तन गरेर वर्गहीन समाजको स्थापना गर्नेछ। हामीले कम्युनिस्टहरूको लक्ष्य र निजी सम्पत्तिबारेका उनीहरूको विचार पनि जानेका छौँ।

तर सन् १८४८ मा जब यो मेनिफेस्टो लेखिँदै थियो, त्यतिबेला समाजवाद वा कम्युनिज्मको विचार केवल मार्क्स र एंगेल्ससम्म सीमित थिएन। त्यस समयमा आफूलाई समाजवादी भन्ने अरू धेरै प्रकारका विचारक र समूहहरू पनि थिए। तर तिनका विचारहरू मार्क्सका विचारहरूभन्दा धेरै फरक थिए। यस अध्यायमा मार्क्स र एंगेल्स यी अन्य समाजवादहरूको आलोचना गर्छन्, ताकि उनीहरू आफ्नो वैज्ञानिक समाजवाद किन यी सबैभन्दा फरक र श्रेष्ठ छ भन्ने कुरा स्पष्ट गर्न सकून्। यसबाट हामीले समाजवाद एउटै किसिमको विचार होइन, बरु यसका धेरै फरक–फरक रूप र रंगहरू हुन सक्छन् भन्ने बुझ्न पाउँछौं।

सन् १८४८ मा जब यो मेनिफेस्टो लेखिँदै थियो, त्यतिबेला समाजवाद वा कम्युनिज्मको विचार केवल मार्क्स र एंगेल्ससम्म सीमित थिएन। त्यस समयमा आफूलाई समाजवादी भन्ने अरू धेरै प्रकारका विचारक र समूहहरू पनि थिए।

मार्क्सले यी विचारहरूलाई मुख्य रूपमा तीन श्रेणीमा विभाजन गर्छन्। प्रतिक्रियावादी समाजवाद, रूढिवादी वा पुँजीवादी समाजवाद, र आलोचनात्मक यूटोपियन समाजवाद।

पहिलो श्रेणी हो प्रतिक्रियावादी समाजवाद। प्रतिक्रियावादी भन्नाले इतिहासको पाङ्ग्रा उल्टो घुमाउन चाहने भन्ने अर्थ लाग्छ। यसभित्र पनि तीन उपप्रकार छन्। पहिलो हो सामन्ती समाजवाद। यो पुराना अभिजात वर्गहरू, अर्थात् जमिन्दार र सामन्तहरूले प्रचार गरेका थिए, जसलाई पुँजीपति वर्गले सत्ताबाट विस्थापित गरिसकेको थियो। यी मानिसहरू मजदुर वर्गप्रति सहानुभूति देखाउँथे र पुँजीपति वर्गको आलोचना गर्थे। तर उनीहरूको वास्तविक उद्देश्य मजदुरहरूको भलाइ गर्नु थिएन। बरु उनीहरू आफ्नो हराएको सामन्ती गौरव फिर्ता पाउन चाहन्थे। उनीहरूले पुँजीवादको आलोचना यसले उनीहरूको सत्ता खोसेको कारण गर्ने गर्थे । त्यसो गरेर उनीहरू मजदुर वर्गलाई आफ्नो पक्षमा तान्न चाहन्थे, ताकि पुँजीपति वर्गविरुद्ध सङ्घर्ष गरेर पुराना सामन्ती दिनहरू फिर्ता ल्याउन सकून्।

मार्क्स भन्छन्, उनीहरूको समाजवाद आधा विलाप र आधा व्यङ्ग्य हो। आधा अतीतको प्रतिध्वनि र आधा भविष्यको खतरा। उनीहरू मजदुरहरूको नाममा भीखको थैलो हल्लाउँछन्, तर मानिसहरू नजिक आउनासाथ उनीहरूका ढाडमा पुराना सामन्ती कुलचिन्ह देखेर हाँस्दै भाग्छन्। यो अगाडि हेर्ने होइन, पछाडि फर्केर हेर्ने पाखण्डी समाजवाद थियो।

यही श्रेणीमा दोस्रो प्रकार हो निम्न पुँजीवादी समाजवाद। यसले साना पसले, साना किसान र कारीगरजस्ता वर्गहरूको प्रतिनिधित्व गर्थ्यो, जो विशाल पुँजीवादका कारण बर्बाद हुँदै थिए। यी वर्गहरू विशाल उद्योग र विशाल खेतहरूको प्रतिस्पर्धामा टिक्न सकिरहेका थिएनन् र बिस्तारै मजदुर वर्गमा धकेलिँदै थिए। यस धाराका विचारकहरूले पुँजीवादी उत्पादनका अन्तर्विरोधहरूको निकै सटीक विश्लेषण गरे। उनीहरूले आर्थिक मन्दी, धनको सङ्केन्द्रण र मेसिनहरूको विनाशकारी प्रभावलाई उजागर गरे। तर समाधानको कुरा आउँदा, उनीहरू पनि इतिहासलाई पछाडि नै लैजान चाहन्थे। उनीहरू या त पुरानो गिल्ड प्रणाली र सानो किसान व्यवस्था फिर्ता ल्याउन चाहन्थे, वा आधुनिक उत्पादनका साधनहरूलाई पुराना सम्पत्ति सम्बन्धका साँघुरा ढाँचामा अटाउन चाहन्थे। मार्क्स भन्छन्, यो दृष्टिकोण प्रतिक्रियावादी र यूटोपियन, अर्थात् काल्पनिक दुवै हो। यसले वर्तमान समस्याको समाधान अतीतमा खोज्छ, जुन सम्भव नै छैन।

यो समाजवाद जर्मन निरंकुश सरकारहरूको हातमा एउटा मीठो हतियार बन्यो, जसले उदाउँदै गरेको पुँजीपति वर्गलाई तर्साउन मद्दत गर्‍यो। यसले वर्ग सङ्घर्षको आगोलाई चिस्यायो र समाजवादलाई किताबी र कार्यान्वयन गर्न नसकिने विचारमा सीमित गरिदियो।

तेस्रो प्रकार हो जर्मन वा साँचो समाजवाद। यो जर्मनीका दार्शनिक र बुद्धिजीवीहरूबीच लोकप्रिय थियो। उनीहरूले फ्रान्सबाट समाजवादी र कम्युनिस्ट साहित्य आयात त गरे, तर त्यसको व्यावहारिक र क्रान्तिकारी सार बुझ्न सकेनन्। उनीहरूले फ्रान्सेली विचारहरूलाई आफ्नै अमूर्त दार्शनिक भाषामा बेरिदिए। उदाहरणका लागि, जहाँ फ्रान्सेली विचारकहरूले पैसाका कार्यहरूको आलोचना गरिरहेका थिए, त्यहाँ जर्मन दार्शनिकहरूले त्यसलाई ‘मानवताको सारको अलगाव’जस्तो गम्भीर नाम दिए। उनीहरूले वर्ग सङ्घर्षको ठोस विचार हटाएर मानवीय सार र निरपेक्ष सत्यजस्ता अमूर्त कुराहरू अघि सारे। यो समाजवादी धारले राजनीतिक कार्यवाही र क्रान्तिभन्दा बढी केवल सैद्धान्तिक चिन्तनमा विश्वास गर्थ्यो।

मार्क्स यसको आलोचना गर्दै भन्छन्, यो समाजवाद जर्मन निरंकुश सरकारहरूको हातमा एउटा मीठो हतियार बन्यो, जसले उदाउँदै गरेको पुँजीपति वर्गलाई तर्साउन मद्दत गर्‍यो। यसले वर्ग सङ्घर्षको आगोलाई चिस्यायो र समाजवादलाई किताबी र कार्यान्वयन गर्न नसकिने विचारमा सीमित गरिदियो।

अब दोस्रो मुख्य श्रेणीमा आउँछौँ, रूढिवादी वा पुँजीवादी समाजवाद। यो समाजवाद पुँजीपति वर्गकै एउटा हिस्साबाट आउँछ। यी मानिसहरू पुँजीवादका खराबीहरू हटाउन चाहन्छन्, तर त्यसको उद्देश्य पनि पुँजीवादी समाज सुरक्षित राख्ने नै हुन्छ। यसमा अर्थशास्त्री, परोपकारी, मानवतावादी, मजदुर वर्गको अवस्थालाई सुधार गर्न चाहनेहरू, दानकार्यका आयोजक र सबै प्रकारका सुधारकहरू पर्छन्। उनीहरू पुँजीवादका सबै राम्रा पक्ष जस्ताको तस्तै राखेर त्यसका खराब परिणाम र सङ्घर्ष समाप्त होस् भन्ने चाहन्छन् । उनीहरू यस्तो पुँजीवाद चाहन्छन्, जहाँ पुँजीपति त होस् तर मजदुर वर्ग नहोस्, वा कम्तीमा क्रान्तिकारी मजदुर वर्ग नहोस्। उनीहरू मजदुरहरू यस व्यवस्थासँग सन्तुष्ट रहून् र कुनै पनि क्रान्तिकारी विचार त्यागून् भन्ने चाहन्छन्।

उनीहरू मजदुरहरूलाई भन्छन् कि कुनै राजनीतिक क्रान्तिले उनीहरूको भलाइ गर्न सक्दैन, बरु केवल उनीहरूको जीवनका भौतिक अवस्थाहरूमा परिवर्तन, अर्थात् प्रशासनिक सुधारहरूले मात्र मद्दत गर्न सक्छन्। यी सुधारहरूले पुँजी र श्रमका सम्बन्धलाई छुँदैनन्, बरु बढीमा पुँजीपति वर्गको शासन लागत घटाउँछन् र प्रशासनिक काम सजिलो बनाउँछन्। स्वतन्त्र व्यापार मजदुर वर्गको हितका लागि, सुरक्षात्मक कर मजदुर वर्गको हितका लागि, जेल सुधार मजदुर वर्गको हितका लागि, यही पुँजीवादी समाजवादको अन्तिम र एकमात्र गम्भीर नारा हो। मार्क्स–एङ्गेल्सका अनुसार यसको सार मजदुर वर्गको हितका नाममा पुँजीपति पुँजीपति नै रहोस् भन्ने नै हो ।

तेस्रो र अन्तिम श्रेणी हो आलोचनात्मक यूटोपियन समाजवाद र साम्यवाद। यसले सन्त साइमन, फुरिये र ओवेनजस्ता प्रारम्भिक समाजवादी विचारकहरूको विचारलाई प्रतिनिधित्व गर्छ। यी विचारकहरू जब पुँजीवाद र मजदुर वर्ग अझै विकासका प्रारम्भिक चरणमा रहेको बेला लेखिरहेका–बोलिरहेका थिए। उनीहरूले वर्ग सङ्घर्ष देखे र शोषित वर्गप्रति गहिरो सहानुभूति राखे। उनीहरूले विद्यमान समाजका हरेक सिद्धान्तमाथि तीखो र महत्वपूर्ण आलोचना गरे। उनीहरूका लेखन मजदुरहरूलाई सचेत बनाउन अत्यन्त मूल्यवान थिए।

तर त्यो समयमा मजदुर वर्ग अझै संगठित र स्वतन्त्र राजनीतिक शक्ति बनेको थिएन। त्यसैले यी विचारकहरूले मजदुर वर्गबाट कुनै ऐतिहासिक पहल देख्न सकेनन्। उनीहरूले इतिहासको वास्तविक प्रक्रियाभन्दा आफ्नो मनमा आदर्श समाजको रूपरेखा कोर्थे। उनीहरू सामाजिक विज्ञानका नयाँ नियम पत्ता लगाएर आदर्श समाज निर्माण गर्न सकिन्छ भन्ने सोच्थे। उनीहरूले शासक र शोषित दुवैसहित सम्पूर्ण समाजलाई अपिल गर्थे। उनीहरूलाई लाग्थ्यो कि उनीहरूले बनाएको योजना यति उत्कृष्ट छ कि जोसुकैले देख्ना–सुन्नासाथ स्वीकार गर्नेछ।

यसकारण उनीहरूले सबै राजनीतिक र विशेषगरी सबै क्रान्तिकारी कार्यवाही अस्वीकार गरे। उनीहरू शान्तिपूर्ण उपायबाट आफ्ना लक्ष्य हासिल गर्न चाहन्थे र अनिवार्य रूपमा असफल हुने नियतिले बाँधिएका साना–साना प्रयोगमार्फत नयाँ सामाजिक सुसमाचारको बाटो खोल्ने प्रयास गर्थे। उनीहरूले भविष्यको समाजका शानदार चित्र कोर्थे, तर त्यहाँ कसरी पुग्ने भन्ने कुरा बताउँदैनथे। किनकि उनीहरूले वर्ग सङ्घर्ष बुझेनन्, त्यसैले आफूलाई सबै वर्गीय शत्रुताभन्दा माथि ठान्थे। उनीहरू समाजका सबैभन्दा विशेषाधिकार प्राप्तहरूको समेत सबै सदस्यहरूको अवस्था सुधार गर्न चाहन्थे, । त्यसैले उनीहरूले कुनै भेदबिना समाजलाई ठूलो स्तरमा अपिल गर्थे।

विद्यमान सबै समाजवादी धाराहरूको आलोचना गरेपछि, मार्क्स र एंगेल्स आफ्नो वैज्ञानिक समाजवादलाई सबैभन्दा फरक र श्रेष्ठ प्रमाणित गर्छन्। उनीहरूको समाजवाद कसैको कल्पनाको उपज होइन, बरु इतिहासको ठोस विश्लेषण र वर्ग सङ्घर्षको वास्तविक प्रक्रियामा आधारित छ।

मार्क्स यी प्रारम्भिक समाजवादीहरूको सम्मान गर्छन्। तर भन्छन्, पछि तिनका अनुयायीहरू प्रतिक्रियावादी समूहमा परिणत भए। किनकि मजदुर वर्गको सङ्घर्ष जति वास्तविक बन्दै गयो, उनीहरू आफ्ना गुरुहरूका पुराना काल्पनिक विचारमा अडिग रहे। उनीहरूले वर्ग सङ्घर्षको वास्तविकतालाई अस्वीकार गरे र शान्तिपूर्ण साना सुधारका सपना देखिरहे।

यसरी विद्यमान सबै समाजवादी धाराहरूको आलोचना गरेपछि, मार्क्स र एंगेल्स आफ्नो वैज्ञानिक समाजवादलाई सबैभन्दा फरक र श्रेष्ठ प्रमाणित गर्छन्। उनीहरूको समाजवाद कसैको कल्पनाको उपज होइन, बरु इतिहासको ठोस विश्लेषण र वर्ग सङ्घर्षको वास्तविक प्रक्रियामा आधारित छ। यो सुधारका सपनामा सीमित छैन, बरु इतिहासलाई अगाडि बढाउने वास्तविक क्रान्तिकारी शक्ति, अर्थात् मजदुर वर्गमा विश्वास गर्छ।

तर केवल सिद्धान्त मात्रै पर्याप्त हुँदैन, त्यसका लागि कार्यवाही पनि आवश्यक हुन्छ । त्यसैले विभिन्न देशहरूमा विद्यमान विपक्षी पार्टीहरूप्रति कम्युनिस्टहरूको दृष्टिकोण के हुनुपर्छ? कसलाई समर्थन गर्ने र कसको विरोध गर्ने? यसका लागि व्यावहारिक रणनीतिको खाँचो हुन्छ।

भविष्यको रणनीति र अन्तिम आह्वान

कम्युनिष्ट घोषणापत्रको अन्त्यतिर मार्क्स र एंगेल्स हामीलाई सिद्धान्तको संसारबाट बाहिर निकालेर सिधै राजनीतिक कार्यवाही र रणनीतिको मैदानमा ल्याउँछन्। कम्युनिस्टहरूले विभिन्न देशहरूमा विद्यमान राजनीतिक दलहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? कसको समर्थन गर्नुपर्छ? कससँग गठबन्धन गर्नुपर्छ? र उनीहरूको आफ्नै स्वतन्त्र पहिचान के हुनेछ? भन्नेबारे हामीलाई बताउछन् ।

मार्क्स र एंगेल्स अत्यन्त व्यावहारिक र लचिलो दृष्टिकोण अपनाउँछन्। उनीहरू भन्छन् कि कम्युनिस्टहरू हरेक देशमा विद्यमान व्यवस्थाविरुद्धका सबै क्रान्तिकारी आन्दोलनहरूको समर्थन गर्छन्। उनीहरूको मूल मन्त्र यो हो कि जुनसुकै शक्ति विद्यमान सामाजिक र राजनीतिक व्यवस्थाविरुद्ध सङ्घर्ष गरिरहेको छ, त्यससँग मिलेर काम गर। तर उनीहरू यस्तो समर्थनको अर्थ आफ्नो पहिचान गुमाउनु होइन भन्ने पनि स्पष्ट गर्छन् । हरेक आन्दोलनमा उनीहरूले सम्पत्तिको प्रश्नलाई, चाहे त्यो त्यस समयमा कति नै अविकसित किन नहोस्, आन्दोलनको मुख्य प्रश्नका रूपमा अगाडि ल्याउँछन्। अर्थात् उनीहरू सधैँ सम्झाइरहन्छन् कि वास्तविक सङ्घर्ष निजी सम्पत्तिको व्यवस्थाविरुद्ध हो।

उनीहरू केही समसामयिक उदाहरण दिन्छन्। फ्रान्समा कम्युनिस्टहरू सामाजिक लोकतान्त्रिक पार्टीसँग मिलेर रूढिवादी र कट्टरपन्थी पुँजीपति वर्गविरुद्ध सङ्घर्ष गर्छन्। तर साथसाथै उनीहरूले उक्त पार्टीद्वारा फ्रान्सेली क्रान्तिबाट विरासतमा पाएका खोक्रा वाक्यांश र भ्रमहरूको आलोचना गर्ने आफ्नो अधिकार सुरक्षित राख्छन्। स्विट्जरल्यान्डमा उनीहरूले रेडिकलहरूको समर्थन गर्छन्, यो जान्दाजान्दै पनि कि उक्त पार्टी विरोधाभासी तत्त्वहरूबाट बनेको छ, जसमा फ्रान्सेली शैलीका लोकतान्त्रिक समाजवादी र कट्टरपन्थी पुँजीपति दुवै समावेश छन्।

पोल्यान्डमा उनीहरूले त्यस पार्टीको समर्थन गर्छन्, जसले कृषि क्रान्तिलाई राष्ट्रिय मुक्तिको मुख्य सर्त मान्छ। यही पार्टीले सन् १८४६ मा क्राको (Kraków) विद्रोहलाई जन्म दिएको थियो। जर्मनीमा उनीहरूले पुँजीपति वर्गसँग मिलेर सङ्घर्ष गर्छन्, जबसम्म त्यो वर्ग निरङ्कुश राजतन्त्र, सामन्ती जमिन्दारी र निम्न पुँजीपति वर्गविरुद्ध क्रान्तिकारी ढङ्गले काम गरिरहेको हुन्छ। तर उनीहरूले एउटा अत्यन्त महत्वपूर्ण चेतावनी पनि दिन्छन्। उनीहरू भन्छन् कि कम्युनिस्टहरूले एक क्षणका लागि पनि मजदुर वर्गको मनमा पुँजीपति वर्ग र मजदुर वर्गबीचको शत्रुतापूर्ण विरोधबारे स्पष्ट चेतना पैदा गर्न छोड्दैनन्।

उनीहरूको उद्देश्य यो हो कि जर्मन मजदुरहरूले पुँजीपति वर्गद्वारा आफ्नो शासनसँग अनिवार्य रूपमा ल्याइने सामाजिक र राजनीतिक अवस्थाहरूलाई तुरुन्तै पुँजीपति वर्गविरुद्ध हतियारका रूपमा प्रयोग गर्न सकून्, ताकि जर्मनीमा प्रतिक्रियावादी वर्गहरूको पतनपछि पुँजीपति वर्गविरुद्धको सङ्घर्ष तत्काल सुरु होस्।

कम्युनिस्टहरू हरेक ठाउँमा विद्यमान हरेक सामाजिक र राजनीतिक व्यवस्थाविरुद्धका सबै क्रान्तिकारी आन्दोलनहरूको समर्थन गर्छन्। उनीहरू मजदुरहरूको तत्कालीन लक्ष्यहरू प्राप्त गर्न सङ्घर्ष गर्छन्। तर वर्तमानका आन्दोलनहरूमा उनीहरूले भविष्यका आन्दोलनहरूको पनि प्रतिनिधित्व गर्छन् र त्यसको ख्याल राख्छन्।

कम्युनिस्टहरूले जर्मनीमाथि विशेष ध्यान दिन्छन्, किनकि उनीहरू मान्छन् कि जर्मनी पुँजीवादी क्रान्तिको पूर्वसन्ध्यामा छ। यो क्रान्ति युरोपको अझ विकसित सन्दर्भमा हुनेछ र अझ विकसित मजदुर वर्गसँग हुनेछ। त्यसैले जर्मनीमा हुने पुँजीवादी क्रान्ति सर्वहारा, अर्थात् मजदुर वर्गको क्रान्तिको तत्काल प्रस्तावना हुनेछ।

संक्षेपमा भन्नुपर्दा, कम्युनिस्टहरू हरेक ठाउँमा विद्यमान हरेक सामाजिक र राजनीतिक व्यवस्थाविरुद्धका सबै क्रान्तिकारी आन्दोलनहरूको समर्थन गर्छन्। उनीहरू मजदुरहरूको तत्कालीन लक्ष्यहरू प्राप्त गर्न सङ्घर्ष गर्छन्। तर वर्तमानका आन्दोलनहरूमा उनीहरूले भविष्यका आन्दोलनहरूको पनि प्रतिनिधित्व गर्छन् र त्यसको ख्याल राख्छन्। उनीहरू विद्यमान सत्ताविरुद्ध उभिएका जुनसुकै पार्टीसँग गठबन्धन गर्न तयार हुन्छन्। तर उनीहरू कहिल्यै पनि आफ्ना मूल सिद्धान्त र अन्तिम लक्ष्यसँग सम्झौता गर्दैनन्। उनीहरू आफ्नो आलोचनात्मक दृष्टि कहिल्यै त्याग्दैनन् र सधैँ मजदुरहरूलाई उनीहरूको वास्तविक वर्गीय हितबारे शिक्षित गरिरहन्छन्।

यस रणनीतिक विश्लेषणपछि मेनिफेस्टो आफ्नो सबैभन्दा प्रसिद्ध र प्रेरणादायी निष्कर्षमा पुग्छ। मार्क्स र एंगेल्सले सम्पूर्ण विश्वसामु आफ्नो स्थिति पूर्ण रूपमा स्पष्ट गर्छन्। उनीहरू भन्छन्, कम्युनिस्टहरू आफ्ना विचार र लक्ष्य लुकाउन घृणा गर्छन्। उनीहरू खुलेआम घोषणा गर्छन् कि उनका लक्ष्यहरू केवल सबै विद्यमान सामाजिक परिस्थितिहरूलाई बलपूर्वक समाप्त गरेर मात्र प्राप्त गर्न सकिन्छ। यो कुनै सुधारको कार्यक्रम होइन। यो त एक क्रान्तिको आह्वान हो।

उनीहरूले शासक वर्गहरूलाई चुनौती दिन्छन्। शासक वर्गहरूलाई कम्युनिस्ट क्रान्तिको डरले काँप्न देऊ। यो पहिलो अध्यायमा उल्लेख गरिएको भूतको सिधा जवाफ हो। उनीहरू भन्छन्, हो, हामी नै त्यही भूत हौँ, र तिमीहरूले हामीसँग डराउनु पर्छ, किनकि हामी तिमीहरूको संसार परिवर्तन गर्न आइरहेका छौँ।

त्यसपछि उनीहरूले संसारको सबैभन्दा शोषित वर्ग, मजदुर वर्गलाई सिधै सम्बोधन गर्छन्। उनीहरूलाई आशा र शक्तिको सन्देश दिन्छन्। उनीहरू भन्छन्, ‘मजदुरहरूसँग जित्नका लागि सारा संसार छ तर गुमाउका लागि आफ्ना बन्धनहरूबाहेक केही छैन ।’ यो अत्यन्त शक्तिशाली वाक्य हो। यसले मजदुरलाई यस व्यवस्थाले उसलाई दासत्वका बन्धनहरूबाहेक केही दिएको छैन भन्ने सम्झाउँछ । मजदुरको कुनै सम्पत्ति छैन, कुनै सत्ता छैन, कुनै सम्मान छैन। त्यसैले जब उसले क्रान्ति गर्छ, ऊसँग गुमाउनका लागि केही हुँदैन। डराउनु त ती मानिसहरूले पर्छ, जससँग गुमाउनका लागि सम्पत्ति, उनीहरूको सत्ता, उनीहरूको विशेषाधिकार लगायत धेरै कुरा छन् ।

संसारभरका मजदुरहरू, एक हौं। यो केवल नारा होइन। यो एउटा आह्वान हो, एउटा आदेश हो, एउटा प्रार्थना हो। यो यस बोधमा आधारित छ कि मजदुर वर्गको सङ्घर्ष राष्ट्रिय सीमाभित्र सीमित छैन। पुँजी अन्तर्राष्ट्रिय छ, त्यसैले मजदुरहरूको सङ्घर्ष पनि अन्तर्राष्ट्रिय हुनुपर्छ।

यदि मजदुरहरूसँग गुमाउनका लागि केही छैन भने पाउनका लागि के छ? मार्क्स जवाफ दिन्छन्, उनीहरूसँग जित्नका लागि सम्पूर्ण संसार छ। यो केवल राम्रो मजदुरी वा राम्रो कामका अवस्थाहरूको वाचा होइन। यो त पूरै नयाँ संसार निर्माण गर्ने वाचा हो। यस्तो संसार, जहाँ कुनै शोषण हुनेछैन, कुनै वर्ग हुनेछैन, जहाँ हरेक मानिसले आफ्नो सम्पूर्ण क्षमताको विकास गर्न सक्नेछ, जहाँ मानवता पैसाभन्दा माथि हुनेछ। यस्तो संसार, जसको मालिक स्वयं मेहनतकश मानिसहरू हुनेछन्।

यस शानदार वाचासँगै मेनिफेस्टो आफ्नो अन्तिम, विश्वप्रसिद्ध नारासँग समाप्त हुन्छ। यस्तो नारा, जो आज पनि संसारभरका आन्दोलनहरूमा गुञ्जिरहेकै छ। यस्तो नारा, जो लाखौँ मानिसहरूका लागि एकता र सङ्घर्षको प्रतीक बनेको छ। संसारभरका मजदुरहरू, एक हौं। यो केवल नारा होइन। यो एउटा आह्वान हो, एउटा आदेश हो, एउटा प्रार्थना हो। यो यस बोधमा आधारित छ कि मजदुर वर्गको सङ्घर्ष राष्ट्रिय सीमाभित्र सीमित छैन। पुँजी अन्तर्राष्ट्रिय छ, त्यसैले मजदुरहरूको सङ्घर्ष पनि अन्तर्राष्ट्रिय हुनुपर्छ। जबसम्म संसारभरका मजदुरहरू जाति, धर्म, राष्ट्र र भाषाका आधारमा विभाजित रहन्छन्, तबसम्म पुँजीपति वर्गले उनीहरूको शोषण गरिरहनेछ। उनीहरूको मुक्ति उनीहरूको एकतामै निहित छ।

यही सार्वभौमिक र कालातीत आह्वानसँगै यो ऐतिहासिक दस्तावेज समाप्त हुन्छ। यसले संसारलाई सधैँका लागि परिवर्तन गर्‍यो। यसले लाखौँ मानिसहरूलाई प्रेरित गर्‍यो, क्रान्तिहरू जन्मायो, र आज पनि यो बहस, प्रेरणा र विवादको एक शक्तिशाली स्रोत बनेको छ।

सामग्री आधारस्रोत: अडियोबुक लिजेन्ड

पुनर्लेखन, सम्पादन र प्रस्तुति: चन्द्र खाकी

नोट

फेब्रुअरी २१ तारिख अर्थात्  'रेड बुक डे'। सन् २०२० देखि मनाउन सुरु गरिएको यो दिवस विशेष गरी वामपन्थी साहित्य, वैचारिक स्वतन्त्रता र राजनीतिक चेतना अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण उत्सव हो। सन् १८४८ फेब्रुअरी २१ मा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले विश्वप्रसिद्ध 'कम्युनिष्ट घोषणापत्र' पहिलो पटक प्रकाशन गरेको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

रेड बुक डे मनाउनुको मुख्य उद्देश्य संसारभरका प्रगतिशील साहित्य र विचारहरूलाई जनमानससम्म पुर्‍याउँदै पठन संस्कृतिको विकास गर्नु र सामाजिक न्याय एवं समानताका आवाजहरूलाई सशक्त बनाउनु हो। यस अवसरमा विश्वभरका लेखक, पाठक, प्रकाशक र सामाजिक कार्यकर्ताहरू एकजुट भई सार्वजनिक रूपमा वैचारिक पुस्तकहरू वाचन गर्ने, बौद्धिक छलफल चलाउने र पुस्तक प्रदर्शनीहरू आयोजना गर्ने गर्दछन्। वर्तमान समयमा बढ्दो वैचारिक संकुचनका विरुद्ध उभिन र समाज परिवर्तनका लागि पुस्तकको शक्तिलाई पुनर्जागृत गर्न यो दिवसको विशेष महत्त्व रहेको छ।

दायित्वबोध