‘मरणोन्मुख’ पुँजीवाद किन र कसरी बाँचिरहेको छ ?
समाजवादको विफलता र पुँजीवादको अनुकूलन: जनसम्बन्ध र सत्ता संरचनाका आयाम
मार्क्सवादको व्याख्या अनुसार पूँजीवाद भनेको मरणोन्मुख व्यवस्था हो। यो आफ्नो उच्चतम रूप–साम्राज्यवादको चरणमा प्रवेश गरिसकेको छ र यसको अब अन्त्य अवश्यम्भावी छ भनिन्छ। तर त्यसको विपरीत पुँजीवादले ठूला–ठूला संकटहरू पार गर्दै झन् झन् भर्बराउँदै, जवान हुँदै, अझै बलशाली बन्दै आएको देखिन्छ। यो कसरी सम्भव भयो त? के यसको अर्थ मार्क्सवादको भाष्य परिमार्जन गर्नुपर्ने हो, वा त्यो व्याख्या अहिले पनि सान्दर्भिक नै छ ?
यस प्रश्नमा विचार गर्दा कुनै पनि व्यवस्था–चाहे अर्थव्यवस्था होस् वा राजनीतिक व्यवस्था–थिचेर मात्र टिक्दैन। जब संकट आउँछ, त्यसबाट बाहिर निस्कने उपाय पनि खोज्छ। मार्क्सद्वारा त्यो भनिएको ठूला संकटहरू नआएका होइनन्। उदाहरणका लागि, २०३० को ‘महामन्दी’ एउटा थियो। पछिल्लो २००८ को मन्दी अर्को उदाहरण हो। अहिले पनि फेरि मन्दीतिर जाने सम्भावना बढ्दैछ। ट्रम्पको नीतिका कारण युरोपेली र अमेरिकी अर्थव्यवस्था दुबै मन्दीमा जाने प्रबल सम्भावना भइसकेको छ।
जब संकट आउँछ, त्यो व्यवस्थासामु दुईवटा विकल्प हुन्छन्– या त आफ्नै अन्त्यसम्म टिकेर मर्ने, वा चुनौतीको सामना गर्दै त्यसबाट बाहिर निस्कने उपाय खोज्ने ! पूँजीवादले दोस्रो बाटो रोज्यो।
जब संकट आउँछ, त्यो व्यवस्थासामु दुईवटा विकल्प हुन्छन्– या त आफ्नै अन्त्यसम्म टिकेर मर्ने, वा चुनौतीको सामना गर्दै त्यसबाट बाहिर निस्कने उपाय खोज्ने ! पूँजीवादले दोस्रो बाटो रोज्यो। संकट आएको बेला त्यसबाट बाहिर निस्कन उसले समाजवादी उपायहरू नै प्रयोग गर्यो। अमेरिकामा र बेलायतमा संघटन भएपछि, बेलायतले स्वास्थ्य व्यवस्थालाई राज्यको जिम्मेवारी बनायो, र शिक्षामा पनि राज्यले हस्तक्षेप गर्यो। त्यो समाजवादी उपाय थियो– सोभियत समाजवादमा प्रयोग भएको उपाय नै उसले अपनायो।
त्यसपछि बेलायतले त्यही प्रणालीलाई निरन्तरता दियो । त्यसको उदाहरण अहिले पनि कायम ‘नेशनल हेल्थ केयर सिस्टम’ हो। रुसमा समाजवाद नभएको भए, र समाजवादी खेमा विश्वव्यापी रूपमा बलियो नबनेको भए, सम्भवतः बेलायतले त्यो उपाय अपनाउने थिएन। उसले त्यो समाजवादी प्रक्रियालाई अपनाएर आफ्ना संकटहरू टार्ने उपाय गर्यो।
मार्क्सवादले परिभाषा गरेअनुसार संकट नआएका होइनन्; विशाल–विशाल संकटहरू आएका छन्, पूँजीवाद लगभग ढल्ने अवस्थामा पुगेका क्षण पनि आएका छन्। तर त्यसपछि पूँजीवादी शक्तिहरूले छलफल गर्दै समाजवादी उपायहरू नअपनाउने हो भने टिक्न सकिँदैन भन्ने निष्कर्ष निकाले ।
अहिले अमेरिकादेखि लिएर अधिकांश पूँजीवादी मुलुकहरूले पनि स्वास्थ्य र शिक्षालाई राज्यको जिम्मेवारी मानिसकेका छन्। स्क्यान्डिनेभियन देशहरूले त यस क्षेत्रमा उदाहरणीय भूमिका खेलेका छन्। अहिले पनि उनीहरूले समाजवादी टुलहरूको प्रयोग गरेर संकटबाट बाहिर निस्कने उपायहरू गरिरहेका छन्, र ती उपायहरू केही हदसम्म सफल पनि भइरहेका छन्।
यसबाट स्पष्ट हुन्छ– मार्क्सवादले परिभाषा गरेअनुसार संकट नआएका होइनन्; विशाल–विशाल संकटहरू आएका छन्, पूँजीवाद लगभग ढल्ने अवस्थामा पुगेका क्षण पनि आएका छन्। तर त्यसपछि पूँजीवादी शक्तिहरूले छलफल गर्दै समाजवादी उपायहरू नअपनाउने हो भने टिक्न सकिँदैन भन्ने निष्कर्ष निकाले । त्यसैले उनीहरूले समाजवाद शब्द प्रयोग त गरेनन्, तर ‘कमन गुड’ अर्थात् सामूहिक हितका लागि नीति अपनाए। शिक्षामा पनि सबै नागरिकलाई सामूहिक कल्याणका लागि तयार पार्ने दृष्टिकोण अवलम्बन गरे।
उनीहरूले आफुलाई संकटबाट बाहिर निकाल्नका लागि त्यो सामाजवादी टुल लिएका हुन्, र त्यो टुल प्रयोग गरेर उनीहरू केही मात्रामा सफल पनि भएका देखिन्छन्।
विशाल जनसमुदायको हितलाई नै कमन गुड भनिन्छ। समाजवादले पनि यही कुरा भनेको हो। अहिले तपाईं अमेरिकामा जानुहोस्, बेलायत जानुहोस् वा अरू कुनै देशमा जानुहोस्– त्यहाँ कमन गुडको लागि हामी सबै जनाले योगदान गर्नुपर्छ भन्ने कुरा हरेकलाई सिकाइन्छ।
त्यस कारण, उनीहरूले आफुलाई संकटबाट बाहिर निकाल्नका लागि त्यो सामाजवादी टुल लिएका हुन्, र त्यो टुल प्रयोग गरेर उनीहरू केही मात्रामा सफल पनि भएका देखिन्छन्। तर त्यो लिँदै जाँदा पनि पूँजीवादले अहिले व्यापक रूपमा एकाधिकार प्रणाली अपनाउँदै गएको छ, जसले समस्या थपेको छ।
अमेरिकाको उदाहरण लिनुहोस्। अमेरिकाले खुला बजार अर्थतन्त्र (free market economy) को नीति अघि सार्यो। त्यसलाई यति धेरै प्रवर्द्धन गर्यो कि उसले वर्ल्ड ट्रेड अर्गनाइजेसन (WTO) भन्ने संस्था नै स्थापना गर्यो। अमेरिकाले अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) र विश्व बैंक दुवैको नेतृत्व पनि गर्यो। तर अहिले त्यही अमेरिका आफ्नै देशको अर्थतन्त्र बचाउने नाममा फेरि रक्षात्मक नीतितर्फ फर्किँदैछ।
अहिले अमेरिकाले चीन र भारतका सामानहरू त्यहाँ निस्फिक्री प्रवेश गर्न नदिने नीति अपनाएको छ। ती वस्तुहरूमा ऊसले उच्च भन्सार दर लगाइरहेको छ। यसले के जनाउँछ भने–अमेरिका आफैंले प्रचार गरेको खुला बजार अर्थतन्त्रको ठीक उल्टो बाटोमा हिँडिरहेको छ।
अहिले हरेक अर्थव्यवस्था कुनै न कुनै किसिमको संकटमा छ। अमेरिकी अर्थतन्त्र पनि अहिले संकटतर्फ उन्मुख छ। एउटा संकटको क्रम सुरु भइसकेको छ, र त्यो क्रम गम्भीर संकटमा परिणत हुँदैछ।
अहिले डोनाल्ड ट्रम्पले दिइरहेको “मेक अमेरिका ग्रेट अगेन” भन्ने नाराको अर्थ नै के हो भने–अब हामीले रक्षात्मक, नियन्त्रित अर्थतन्त्रतर्फ फर्किनुपर्छ।
त्यस कारण, अहिले हरेक अर्थव्यवस्था कुनै न कुनै किसिमको संकटमा छ। अमेरिकी अर्थतन्त्र पनि अहिले संकटतर्फ उन्मुख छ। एउटा संकटको क्रम सुरु भइसकेको छ, र त्यो क्रम गम्भीर संकटमा परिणत हुँदैछ।
कुरा के हो भने– पुँजीवादले त्यो समाजवादी टुल त अपनायो, तर त्यसको नोक्सानी कसलाई भयो? अहिले स्पष्ट छ– त्यो नोक्सानी अमेरिकी जनतालाई नै भएको छ। उनीहरूले प्रयोग गर्ने सामानहरू महँगा भएका छन्, र जब वस्तुहरू महँगा हुन्छन्, त्यहाँका जनताले विद्रोह गर्छन् नै।
अब समाजवादले पनि एउटा कुरा सिक्नुपर्छ। त्यो भनेको के हो भने, जब संकट आउँछ, त्यो एकछिनमा ढल्न सक्दैन।
स्वभाविक रुपमा प्रश्न उठ्छ– एकातिर पूँजीवाद समाजवादी टुलहरूको सिको गरेर, त्यसलाई अपनाएर आफ्ना महासंकटहरूबाट बाँच्न सफल हुन्छ; तर त्यही टुलको प्रयोग गरेर अभ्यास गरेको समाजवाद भने किन असफल हुन्छ? कहाँ गडबडी भयो त?
समाजवाद भन्ने कुरा खटिखाने समुदायको स्वामित्वमा आधारित प्रणाली थियो। तर त्यसमा दुई कुरा मासिए–समुदायको सर्वोच्चता र खटिखाने समुदायको सर्वोच्चता। त्यसको सट्टा, केही नेताहरूको मात्र सर्वोच्चता बाँकी रह्यो। त्यसकारण, जनता र शासन व्यवस्था अलगिए। खटिखाने समुदाय र शासन व्यवस्था छुट्टिए। समुदायको सर्वोच्चता भन्ने कुरा त बिर्सिन नै गयो।
वास्तवमा समाजवादले दुई वटा कुरा नसिकेको हुनाले यस्तो भयो। पहिलो कुरा, समाजवाद जनता र खटिखाने समुदाय वा कामदार वर्ग (वर्किङ क्लास) बाट अलगियो। समाजवादले गर्न नहुने गल्ती यही थियो। समाजवाद भन्ने कुरा खटिखाने समुदायको स्वामित्वमा आधारित प्रणाली थियो। तर त्यसमा दुई कुरा मासिए–समुदायको सर्वोच्चता र खटिखाने समुदायको सर्वोच्चता। त्यसको सट्टा, केही नेताहरूको मात्र सर्वोच्चता बाँकी रह्यो। त्यसकारण, जनता र शासन व्यवस्था अलगिए। खटिखाने समुदाय र शासन व्यवस्था छुट्टिए। समुदायको सर्वोच्चता भन्ने कुरा त बिर्सिन नै गयो।
त्यसैले गडबडी त्यहीँ भयो, र यस गडबडीबाट सिक्नैपर्छ। हामीले कहाँ गल्ती गर्यौं भन्ने कुरा पहिचान गरेर त्यसबाट सिक्न जरुरी छ।
त्यो गल्तीबाट सिक्ने क्रममा चीनले अलिक–अलिक गर्दै सिकिरहेको छ। सबैभन्दा धेरै सिकेको त क्युबाले हो। क्युबामा अहिले सामुदायिक सर्वोच्चता धेरै ठूलो मात्रामा स्थापित हुँदैछ। जसले सिक्यो, उसले आफ्नो प्रणाली बचाउन सक्छ; जसले सिकेन, त्यो मासिन्छ।
प्रकृतिको नियम नै के हो भने–गल्तीबाट सिक्नेहरूको मात्रै विजय हुन्छ। जसले गल्तीबाट सिक्दैन, उसको नाश हुन्छ। त्यसको अर्को कुनै विकल्प नै हुँदैन। त्यसकारण, अहिले समाजवादबाट सिक्ने क्रम संसारभर चलिरहेको छ, हामीलाई मात्र थाहा नहुन सक्छ।
अहिले पुनरुत्थान हुँदैछ– समाजवादको पुनरुत्थान। कतिपय देशहरू, जस्तै भेनेजुएला वा ल्याटिन अमेरिकाका धेरै देशहरू, समाजवादी टुलहरूतिर, समाजवादी व्यवस्थातिर फर्किँदै छन्।
यद्यपि भर्खरै भेनेजुएलामा वामपन्थीहरू केही पछाडि परे पनि, त्यो पछाडि पर्ने क्रम स्थायी होइन। पछाडिने, उचालिने, फेरि पछाडिने– यो चक्र चलिरहन्छ। एउटा घटनाबाट मात्र निष्कर्ष निकालेर ‘अब सिद्धिने भयो’ भन्न सकिँदैन।
सबैभन्दा ठूलो उदाहरण चीन हो। चीनले गरिबी निवारणको उल्लेखनीय उपलब्धि हासिल गर्यो, र भर्खरै नै त्यसको घोषणा पनि गर्यो। तर चीनले पनि जनतासँग अलगिने भुल गर्दैछ । अहिले चीनमा तटीय क्षेत्रका धनी वर्ग र भित्री भागका सामान्य वर्गबीच ठूलो अन्तर पैदा हुँदैछ।
ठूलो अर्थतन्त्र भएको कुरा मात्रले चीनलाई स्थिर राख्दैन। त्यहाँ गरिब र धनीबीचको अन्तर कति ठूलो हुन्छ, गाउँ र सहरबीचको अन्तर कति गहिरो हुन्छ, र राज्य र जनताको सम्बन्ध कति घनिष्ठ हुन्छ–त्यो नै चीनको अर्थतन्त्र र राज्य व्यवस्थाको स्थायित्वको आधार हुनेछ।
अब प्रश्न यो हो– चीन त्यसबाट सिक्छ कि सिक्दैन? त्यो अन्तर अन्त्य गर्न चीनले प्रयास गर्छ कि गर्दैन? यही कुरामा चीनको भविष्य आधारित छ। ठूलो अर्थतन्त्र भएको कुरा मात्रले चीनलाई स्थिर राख्दैन। त्यहाँ गरिब र धनीबीचको अन्तर कति ठूलो हुन्छ, गाउँ र सहरबीचको अन्तर कति गहिरो हुन्छ, र राज्य र जनताको सम्बन्ध कति घनिष्ठ हुन्छ–त्यो नै चीनको अर्थतन्त्र र राज्य व्यवस्थाको स्थायित्वको आधार हुनेछ।
चीनले गल्तीबाट सिक्छ भने, उ अघि बढ्छ।सिक्दैन भने, सोभियत संघजस्तै ढल्छ।
तर त्यसपछि अर्को पुस्ताले फेरि सिक्नेछ।यो क्रम चल्ने नै हो– यो प्रक्रिया निरन्तर रहिरहन्छ।
त्यसकारणले यसलाई हामीहरूले छोटो समयावधिमा किन यस्तो भयो भनेर प्रश्न गर्दा तत्काल उत्तर पाउँदैनौं। छोटो समयमा जे भइरहेको छ, त्यही मात्र देखिन्छ। तर लामो अवधिमा हेर्नु पर्छ, समयको लामो अन्तरालमा हेर्दा भने एउटा ठूलो चित्र (big picture) प्रष्ट देखिन्छ।
पुँजीवादले पनि आफ्ना गल्तीबाट सिक्दै गएको छ र बाँच्ने उपायहरू निकाल्दै गएको छ। समाजवादले पनि गल्तीबाट सिक्दै गएको छ– कतिपय ठाउँमा सिक्दै छ, कतिपय ठाउँमा सिकिरहेको छैन। जहाँ जहाँ सिकिरहेको छैन, त्यहाँ त्यहाँ त्यसको परिणाम पनि त्यसैअनुसार देखापर्छ, र उस्तै ढंगले त्यसको उत्थान वा पतन हुने सम्भावना रहन्छ।
पुँजीवाद अहिले पनि कुनै शासन व्यवस्थाबाट डराएको छ भने, त्यो समाजवादबाट नै डराएको छ– अरू कुनै व्यवस्थाबाट होइन।
यसको अर्थ के हो भने अहिलेको वैश्विक अवस्थामा पुँजीवाद र समाजवादको सम्बन्धको कुरा गर्दा, संसारमा अहिले पनि मूल प्रवृत्ति समाजवाद र पुँजीवादबीचको अन्तरसंघर्षमै केन्द्रित छ।
अर्को कुनै व्यवस्था, जुन पुँजीवादको विकल्पको रूपमा देखा परिरहेको होस्, त्यस्तो अहिले आएको छैन। पुँजीवाद अहिले पनि कुनै शासन व्यवस्थाबाट डराएको छ भने, त्यो समाजवादबाट नै डराएको छ– अरू कुनै व्यवस्थाबाट होइन।
अब व्यवस्थाहरू हेर्नुस् न– भारतमा पुँजीवाद छ, तर पनि त्यसले आफ्नो संविधानमा समाजवादको उल्लेख नगरी सकेको छैन। किनभने समाजवादी व्यवस्थाका केही उपकरणहरू (tools) लिनु उसको लागि अनिवार्य भएको छ; ती बिना उसले सन्तुलन वा सुख पाउन सकेको छैन।
यो कुरा केवल भारतमा सीमित छैन। मैले बेलायतको पनि कुरा गरें, हैन र? अहिले युरोपका अधिकांश देशहरूमा पनि कुनै न कुनै रूपमा समाजवादी तत्वहरू समावेश गरिएका देखिन्छन्– ठूला मात्रामा वा साना मात्रामा। ती लिएर बाँच्ने प्रयास भइरहेको देखिन्छ। तर सबै ठाउँमा त्यो प्रयास सफल भइरहेको छ भनेर भन्न सकिँदैन ।
अहिले विज्ञान प्रविधिमा धेरै फड्को मारिएको छ। त्योचाहिँ पूँजीवादले नै गरेको हो र त्यसले त्यसलाई बचाउन झन् ठूला चासे एड गर्न मद्दत गर्ला। हैन र? अनि यसबाट चाहिँ हाम्रो जस्तो त्यो जुन समाजवादको बाटोमा पुग्ने प्रसङ्गमा मार्क्स, एङ्गेल्स र लेनिनले परिकल्पना गरेको भन्दा अहिलेको वैकल्पिक परिस्थिति अलि फरक खालको छ।
अर्को अहिले क्रान्तिको चालक शक्ति पनि परिवर्तन भइसकेको अवस्था हो। यो बेलामा समाजवादको नयाँ ढङ्गले व्याख्या हुनुपर्ने अवस्था वा आवश्यकता छ कि छैन? भन्ने सवाल पनि उठ्छ ।
त्यसो त त्यतिखेरको विज्ञान प्रविधिले जे नवीन कुरा गरेको थियो, त्यो कुरा मार्क्स र एङ्गेल्सले आफ्ना सिद्धान्तमा समेटेका थिए। तर उहाहरूले त्यसलाई अभ्यास गर्ने मौका पाउनु भएन। त्यतिखेर अभ्यास भएको एउटै कुरा थियो– पेरिस कम्युन। त्यसपछि अर्को अभ्यास गर्नु भएन। पेरिस कम्युनबाट केहि सारांश निकाल्न भ्याउनु भयो, त्यसपछि उहाहरू बित्नुभयो।
अहिलेको विज्ञान प्रविधिले जे विकास गरेको छ, त्यसको सारांश निकाल्ने, नयाँ शिक्षा लिने, र त्यसबाट आफ्नो व्यवस्थालाई परिमार्जन गर्ने काम अहिलेको समाजवादी व्यवस्थाले गरेन। त्यसैले अहिले पनि फेरि पूँजीवादकै हातमाथि पर्छ, समाजवादको होइन।
अब उहाहरूले त्यतिखेर, दुई सय वर्ष अगाडि वा डेढ सय वर्ष अगाडि, जे निष्कर्ष निकालेका थिए, त्यसैमा अहिलेको पुस्ता पनि आधारित भएर बस्यो। तर अहिलेको विज्ञान प्रविधिले जे विकास गरेको छ, त्यसको सारांश निकाल्ने, नयाँ शिक्षा लिने, र त्यसबाट आफ्नो व्यवस्थालाई परिमार्जन गर्ने काम अहिलेको समाजवादी व्यवस्थाले गरेन। त्यसैले अहिले पनि फेरि पूँजीवादकै हातमाथि पर्छ, समाजवादको होइन।
समाजवाद भनेको वास्तवमा ज्ञान, विज्ञान र समाजवादी सामाजिक आन्दोलन– यी तीनवटैको समुच्चय हो। त्यसबाट मथनी गरेर, त्यसबाट निचोड निकालेर समाजवाद विकसित हुन्छ।
लेनिनको पालासम्म चाहिँ ज्ञान र विज्ञानका कुरा लिएर आफ्नो सिद्धान्तलाई इन्टिग्रेट गर्ने प्रयास देखिन्छ। सन् १९०८ सम्म लेनिनले Philosophical Notebooks तयार पार्दा, त्यतिखेरको ज्ञान–विज्ञानलाई समेट्ने कोसिस गरेको देखिन्छ। तर लेनिनले पनि त्यस पक्षमा पूरा भ्याउन सकेनन्।
त्यसपछि क्वान्टम सिद्धान्त आयो– जसले विज्ञानको बुझाइलाई आकाश–पाताल फरक पारिदियो। त्यसपछि आइन्स्टाइनको पालामा आएको Theory of Relativity लाई लेनिनको पालासम्म पुरै समेट्न सकिने स्थिति थिएन।
युद्धले गर्दा हो, वा तिनका आफ्नै सीमाहरूका कारण माओ वा स्टालिनको पालामा त विज्ञानबाट लिने काम लगभग भएन। लेनिनजस्तो सैद्धान्तिक उचाइ उनीहरूमा थिएन, त्यसैले त्यो समग्र वैचारिक विकास ठप्प जस्तो भयो।
अहिले संसारको समाजवादी खेमामा एउटा समस्या आएको छ– त्यो के भने, त्यतिखेर मार्क्स, एङ्गेल्स, लेनिनले जति ज्ञान र विज्ञान टिप्ने प्रयास गर्नुभयो, त्यसपछि नयाँ पुस्ताले त्यसलाई अद्यावधिक गर्न सकेन।
तर माओले केही प्रयास अवश्य गर्नुभएको थियो, यद्यपि उहाँको पनि धेरै समय रहेन। त्यसैले अहिले संसारको समाजवादी खेमामा एउटा समस्या आएको छ– त्यो के भने, त्यतिखेर मार्क्स, एङ्गेल्स, लेनिनले जति ज्ञान र विज्ञान टिप्ने प्रयास गर्नुभयो, त्यसपछि नयाँ पुस्ताले त्यसलाई अद्यावधिक गर्न सकेन।
त्यसैले पुरानै कुरा, “यो नै शास्त्र हो” भन्दै जपेर बस्ने प्रवृत्ति बढ्यो। तर हामीले त्यो भुल निरन्तर गरिरह्यौँ भने, हामी अहिलेको समयलाई सम्बोधन गर्न सक्ने स्थिति रहँदैन।
त्यसो भएको हुनाले अहिलेको समयलाई अब नयाँ दृष्टिले हेर्नुपर्ने भएको छ। अहिले त आर्टिफिसियल इन्टेलिजेन्स (AI) आइसकेको छ। त्यो आइसकेपछि धेरै क्षेत्रमा मजदुर चाहिने अवस्थाहरू परिवर्तन हुन सक्छन्। अब त्यस स्थितिमा मजदुरको समस्या कसरी समाधान हुन्छ? उत्पादनको समस्याको समाधान कसरी गरिन्छ? हिजो उत्पादन मान्छेले गर्थ्यो, अहिले रोबोटले गर्न थालेको छ।त्यो अवस्थामा हामीले यसलाई कसरी बुझ्ने, कसरी सम्बोधन गर्ने भन्ने कुरामा गम्भीर छलफल गर्नुपर्ने हुन्छ। यही कुरा अहिले छुटिरहेको छ।
हिजो मार्क्स, एङ्गेल्स, लेनिन, माओले परिकल्पना गरेको क्रान्तिको सन्दर्भमा, त्यसका निर्णायक शक्तिहरु मजदुर र किसानहरू थिए। तर अहिले त्यो स्थिति बदलिएको छ। विभिन्न देशहरू, विशेषगरी नेपालको परिवर्तनहरू हेर्दा पनि क्रान्तिको निर्णायक शक्तिहरु मध्यम वर्गतिर सरेको देखिन्छ। यस्तो अवस्थामा अब समाजवादी क्रान्ति– नेपालमै हुने समाजवादी क्रान्ति–कसरी सम्भव छ भन्ने प्रश्न उठ्छ।
यो प्रश्न छुट्टै बहसको विषय हो, जसमा गहिरो अध्ययन र अनुसन्धान आवश्यक पर्छ। किनभने नेपालमा एआइ अझै पूर्ण रूपमा आएको छैन। अहिले पनि यहाँको निर्णायक शक्तिहरु भनेको खटिखाने समुदाय नै हो। तर त्यो खटिखाने समुदायको स्वरूप बदलिएको छ।
पहिले खटिखाने समुदाय भन्नासाथ कारखानाका मजदुर सम्झिइन्थ्यो। तर अहिले सेवाक्षेत्रको खटिखाने समुदाय सबैभन्दा ठूलो संख्यामा आएको छ। नेपालको अर्थतन्त्रमा अहिले कारखानाबाट हुने योगदान लगभग १४ प्रतिशत मात्र छ, कृषिबाट २५ प्रतिशत जति, बाँकी सबै सेवा क्षेत्रबाट आउँछ।
अब त्यो सेवाक्षेत्रको कामदार समुदाय भनेको पुरानै ढाँचाको, औद्योगिक कामदार वर्ग जस्तो संगठित होइन। त्यसैले अब प्रश्न उठ्छ– त्यो कामदार वर्ग कसरी संगठित हुन्छ? त्यसका लागि नयाँ परिभाषा चाहिन्छ, नयाँ सिद्धान्त चाहिन्छ। बदलिएको स्थिति अनुसार बदलिएको सिद्धान्त हाम्रो आवश्यकता हो।
अब एआइ नेपालमा पनि आउनेछ। संसारका अरू भागहरूमा आइसकेपछि, नेपालमा पनि त्यसको प्रवेश अवश्य हुनेछ। अहिले नै धेरै कामहरू, जुन पहिले दसौं जनाले गर्थे, अब एउटा कम्प्युटरले गर्न थालेको छ।
उदाहरणका लागि, हिजो छापाखानामा धेरै मजदुर चाहिन्थ्यो। अहिले भने एउटा सानो प्रेसले सबै काम गर्न सक्छ। यसरी ‘वर्किङ क्यापासिटी’ निकै घटेको छ।
जापानजस्ता देशहरूले नयाँ विधिहरू निकालेका छन्–जहाँ एउटै कारखानामा धेरै मजदुरहरू नहुने, तर सानो–सानो टुक्रा कामहरू विभिन्न ठाउँमा बाँडिने र ती सबैलाई अन्त्यमा एउटै ठाउँमा एसेम्बल गर्ने प्रणालीमा पूँजीवाद पुगेको छ।
समाजवादको नयाँ व्याख्या, अहिलेको प्रविधि–प्रधान अर्थतन्त्रसँग समायोजन गर्न आवश्यक अनुसन्धान, यी सबै कुरामा गहिरो, सैद्धान्तिक अध्ययन अपरिहार्य छ।
अब यस्तो अवस्थामा कामदार वर्ग कसरी संगठित हुन्छ? यो बदलिएको आर्थिक र वैज्ञानिक परिवेशलाई कसरी समाजवादले समेट्छ? यही प्रश्नमा अहिले गहिरो बहस र अनुसन्धानको खाँचो छ।
थोरै बहसहरू भइरहेका छन्, तर पर्याप्त मात्रामा होइनन्। जुन स्तरको गहिरो अनुसन्धान आवश्यक छ, त्यो अझै भएको छैन। समाजवादको नयाँ व्याख्या, अहिलेको प्रविधि–प्रधान अर्थतन्त्रसँग समायोजन गर्न आवश्यक अनुसन्धान, यी सबै कुरामा गहिरो, सैद्धान्तिक अध्ययन अपरिहार्य छ।
उता पूँजीवादले चाहिँ त्यो अनुसन्धान गरिराखेको छ । हरेक कुराको–सानो कुराको–समाजवादबाट के लिने भन्ने कुराको पनि अनुसन्धान भैराख्या छ। उता सानो कुराको अनुसन्धान भैराख्दा हाम्रोतिरबाट अनुसन्धान छुट्यो। यो छुटेको अनुसन्धानलाई जगाउनु जरुरी छ। मार्क्सले, एङ्गेल्सले, लेनिनले– सबै कुरा निकालेको अनुसन्धानबाट थियो। अहिले त्यो अनुसन्धान छुटेको स्थिति छ। अध्ययन अनुसन्धान छुटेर छुट्न गएको कुरालाई हामीले समाजवादमा ल्याएर जोड्न जरुरी छ। र नयाँ विज्ञान–प्रविधिबाट जुन ढंगको नयाँ परिवेश निर्माण हुँदैछ, त्यसलाई हामीले जोड्न जरुरी छ ।
अहिले नयाँ परिवेशबाट जसरी उत्पादन भैराखेको छ, त्यो उत्पादनलाई कसरी हामीले अब सामान्यीकृत गर्ने त? त्यसबाट सारांश कसरी निकाल्ने, त्यसबाट सिद्धान्त कसरी बनाउने भन्ने कुरामा समाजवादले ध्यान दिन जरुरी छ। यो कुरा विश्वभर नै छुटेको एजेन्डाको रूपमा छ। यो एजेन्डा छुट्न दिनु हुँदैन। पूँजीवादले अनुसन्धान गर्ने, हामीले अनुसन्धान नगर्ने? अनुसन्धान भन्ने कुरै नगर्ने? हामीले त्यो अनुसन्धान गर्दा उसलाई जित्न सक्छौं, नत्र जित्न सक्दैनौं। त्यसकारण जसले ज्ञान–विज्ञान, अनुसन्धानमा जित्छ, उसैले संसारलाई जित्ने हो।
चीनले त धेरै अगाडिदेखि नै अध्ययन अनुसन्धानमा काफी धेरै पैसा खर्च गर्न थालेको छ। तर चीनले मात्र गरेर त भएन। विश्वभर नै यो ट्रेन्ड आउनु पर्छ।
त्यसैले पूँजीवादको अन्त्य समाजवादी क्रान्तिहरूले विस्थापित गरेर हुन्छ कि पूँजीवादको आफ्नै आन्तरिक कारणले हुन्छ भन्ने प्रश्नमा विचार गर्दा त्यो दुवै कारणले नै हुन्छ भन्ने लाग्छ। किनभने पूँजीवादले पनि आफ्नो पुरानो पूँजीवादी सिद्धान्तहरूलाई छोड्दै समाजवादका कुराहरू वा सामुदायिक हितका कुराहरू लिँदै जाने क्रममा पूँजीवाद त्यहीँबाट सिद्धिँदै जान्छ–हाइब्रिड हुँदै।
उ त हिजोको पूँजीवाद त रहँदै रहेन। नयाँ पूँजीवाद आयो, जो पूँजीवाद होइन। त्यहीबाट सिद्धिन्छ। अर्को कुरा के हुन्छ भने उसले जुन खालका हतियार र औजार प्रयोग गर्दैछ–जस्तो कम्प्युटर–उसेले नै निकालेको हो। कम्प्युटरबाट ऊ सिद्धिँदै छ। आर्टिफिसियल इन्टेलिजेन्स उसैको उत्पादन हो। त्यसैबाट ऊ सिद्धिने क्रममा जानेछ।
उनीहरूले “हाम्रो विजय भयो” भनेर भनिराखेका छन्। त्यो त समाजवादी उपकरणहरू लिएर उसको विजय कहाँबाट हुन्छ? त्यो त पूँजीवादको बाँचेको हो–कोरामिन खाँदैछ। उसले आफैलाई एडजस्ट गरेको मात्रै हो। विजय होइन।
सबभन्दा धेरै अहिले हतियार उत्पादन गर्ने देश अमेरिका हो। त्यहाँ हतियारकै कारण अमेरिका सिद्धिँदै जानेछ। आफ्नै कारणले ऊ सिद्धिँदै जान्छ, हैन र? उसले अब थेग्न नसकेर समाजवादी उपकरणहरू जुन दिन थाल्छ, त्यसैबाट ऊ मात्रामा सिद्धिनेछ। र समग्रमा के हुन्छ भने समाज विज्ञानको नियम अनुसार पनि ऊ सिद्धिनेछ। त्यो अनिवार्य छ। त्यो अनिवार्य छ। त्यसकारण हिजो घोषणा गरेको जस्तो छोटो समयमा अब हुन असम्भव छ। तर लामो समयमा सिद्धिने क्रम अहिले पनि भैराखेको छ।
त्यसलाई उनीहरूले “हाम्रो विजय भयो” भनेर भनिराखेका छन्। त्यो त समाजवादी उपकरणहरू लिएर उसको विजय कहाँबाट हुन्छ? त्यो त पूँजीवादको बाँचेको हो–कोरामिन खाँदैछ। उसले आफैलाई एडजस्ट गरेको मात्रै हो। विजय होइन। किनभने त्यहाँ भित्रको संकट–जस्तो अहिले संसारको सबैभन्दा ठूलो संकट अमेरिका भित्र छ। अमेरिकाको सबैभन्दा ठूलो औजार डलर हो। डलरको सामर्थ्य सिद्धिँदै छ।
डलरको सामर्थ्य सिद्धिनु भनेको के हो? उसको अर्थतन्त्र त डगमगिँदै छ। अब ब्रिक्सको जुन ढंगले यहाँ अहिले प्रचार भैराखेको छ, ब्रिक्समा विश्वको जीडीपी समावेश छ। ब्रिक्सले नयाँ खालको अर्थव्यवस्था, नयाँ खालको मुद्रामा गयो भने डलर कति दिन बाच्छ? हिजो पेट्रो–डलरको कारण ऊ बाँचिरहेको थियो। अब साउदी अरेबिया लगायत सबै देशहरू ब्रिक्समा आउँदैछन्। उनीहरूले त्यो डलर सँगको अनिवार्य विनिमयलाई तोड्दै लगेपछि डलरको सामर्थ्य सिद्धिँदै जानेछ।
त्यसकारणले यी यस्ता खालका कारणले पनि त्यो सिद्धिँदै जानेछ। सिद्धिने क्रम हरेकको छ– समाजवादी खेमाको पनि छ, पूँजीवादी खेमाको पनि छ। जसले जति छिटो खोज अनुसन्धान गरेर आफ्ना कमजोरीहरूलाई पत्ता लगाउँछ र नयाँ उपकरणहरू पैदा गर्छ, ऊ छिटो बाँच्ने सम्भावना हुन्छ।
‘मार्क्सले जे निकालेका छन्, त्यही नै सर्वश्रेष्ठ हो’ भनेर जसले त्यत्ति मात्रै लिएर बस्छ, त्यो नासिने क्रममा जान्छ। त्यसकारणले हामीले अहिले “पुँजीवाद झनै बौरिइरहेको छ” भनेर कुनै हतासो मान्नु पर्दैन। किनभने ऊ हाम्रै उपकरणहरू लिएर बाचिरहेको छ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया