क्रान्तिकारी व्यवहारमा मार्क्स
सन् १८८०को मे महिनाको कुरा हो । फ्रेन्च मजदुर पार्टीका नेता ज्युल गेद (Jules Guesde) मार्क्सलाई भेट्न लन्डन पुगेका थिए । त्यहीं बेला आसन्न फ्रेन्च मजदुर पार्टी (Parti Ouvrie) को घोषणा पत्र तैयार गर्ने काम भयो । घोषणापत्रको प्रस्तावना मार्क्स स्वयंले ‘डिक्टेसन’ गरेर लेख्न लगाएका थिए । त्यसको न्यूनतम राजनीतिक तथा आर्थिक मागका अन्य दुई भाग भने एङ्गेल्स र पौल लाफार्जको मदतमा मार्क्स र ज्युल गेद मिलेर तैयार गरेका थिए । त्यहीं वर्षको नोभेम्वरमा उक्त पार्टीको महाधिवेशनले सामान्य परिमार्जनसहित त्यो दस्तावेज पारित गर्यो ।
यस दस्तावेजको विशेष महत्व छ । यसमा मार्क्सका विरोधी या यहाँसम्म कि कतिपय आफूलाई उनका अनियायी हुँ भन्नेहरुका भन्दा भिन्न विचार छन् । त्यसमा अभिव्यक्त भए अनुसार,
१. मार्क्स पुँजीवादी समाजभित्र पनि हुन सक्ने सुधारको विपक्षमा थिदै थिएनन् । उनी ठान्थे त्यसको कार्यनीतिक महत्व छ ।
2. त्यस्तो कार्यक्रममार्फत् सार्विक मताधिकारको उपयोग गर्न र चुनावमा भाग लिन सकिन्छ भन्ने पक्षमा थिए ।
३. तर त्यो काम गरिरहँदा पुँजीवादीहरुले जस्तो 'धोखाधडीको रुपमा प्रयोग' नगरेर 'मुक्तिको उपकरणको रुपमा ग्रहण' गरिनु पर्दछ । मार्क्सको विचार प्रणालीमा पुँजीवादीहरुको सिको गर्न वर्जित थियो ।
उनको यस्तो धारणा विशेष गरी फ्रेन्च मजदुर पार्टीको उक्त घोषणामा प्रष्टसंगले अभिव्यक्त भएको छ । उनी 'धोखाधडीको रुपमा प्रयोग गरिएको सार्विक मताधिकार समेतलाई मुक्तिको उपकरणको रुपमा ग्रहण गर्ने 'राजनीतिक लगायत आर्थिक सामाजिक सुधारको न्युनतम कार्यक्रम’को पक्षमा थिए । सुधारको कुराले श्रमिकहरुको क्रान्तिकारी उर्जालाई बिथोल्छ भन्ने 'क्रान्तिकारी'हरुसंग उनि सहमत थिएनन् ।
महाधिवेशनले कार्यक्रमलाई पारित गरेको केही समयपछि गेद र लाफार्जले मार्क्ससंग कार्यक्रमको न्यूनतम खण्डको उद्देश्यलाई लिएर विमति राख्न थाले । मार्क्सको विचार त प्रष्ट थियो, पुँजीवादी रुपरेखाभित्र पनि हासिल गर्न सकिने मागलाई समेटेर अघि बढ्नु भनेको आन्दोलनलाई अघि बढाउने व्यवहारिक तरिका हो । गेदको उल्टो विचार थियो । उनी पुँजीवाद भित्रबाट त्यस्तो सुधार हासिल हुने कुरालाई अस्वीकार गर्दथे । त्यसलाई त उनी संघर्षको व्यवहारिक कार्यक्रमको रुपमा नभएर मजदुरहरुलाई आमुल परिवर्तनबाट विमुख राख्ने चारो मात्रै मान्दथे । उनको निम्ति पुँजीवादीहरुबाट यस्ता सुधारको सम्भावना अस्वीकार गरेर मात्रै मजदुरहरुलाई बचेखुचेको सुधारवादी भ्रमबाट मुक्त गर्न सकिन्छ ।
मार्क्स सुधारको कुराले श्रमिकहरुको क्रान्तिकारी उर्जालाई बिथोल्छ भन्ने 'क्रान्तिकारी'हरुसंग सहमत थिएनन् ।
गेद र लाफार्जलाई 'क्रान्तिकारी शब्दाडम्बर' र सुधारवादी संघर्षको उपादेयतालाई नमान्ने भनेर मार्क्सले आरोपित गर्दै यदि तिनीहरुको राजनीति मार्क्सवादी हो भने 'के कुरा पक्का हो भने म आफू चाहिँ मार्क्सवादी हुँइन' भन्न समेत पुगे ।
कुरो साफ छ, आम चुनावलाई धोकाधडीको उपकरणको रुपमा प्रयोग गर्ने र वहिस्कारवादीहरु, भलै दुवै थरीले तथाकथित मार्क्सवादी खास्टो ओडेका भए पनि ती सच्चा मार्क्सवादी भने होइनन् ।
एकाधिकारपछिको साम्राज्यवाद: भेनेजुएला, वैश्विक दक्षिण र पुँजीको नयाँ भू–राजन…
सात तारा: गोर्खा राज्य विस्तारको राजकीय समापन बाँकी छ
आधुनिक गुरुकुलको आवश्यकता
भेनेजुएलाको व्यथा: अमेरिकी दादागिरीको कथा !
इरानको उथलपुथललाई बुझाउने ६ बुँदा
आठ वर्षे अध्ययन बिदा
इरानको गहिरिँदो संकट: अर्थतन्त्र, सत्ता र आन्दोलन
प्रतिक्रिया