पुँजीवादलाई तर्साउने ‘साम्यवादी भूत’का जनक कार्ल मार्क्स
एक विद्रोही दार्शनिकको गरिबी, संघर्ष र क्रान्तिको कथा
हामीले प्रगति गरिरहेका छौँ कि आफ्नै चिहान खन्दैछौँ? १९औँ शताब्दीको युरोपमा यो प्रश्न प्रत्येक मजदुरको जिब्रोमा झुण्डिएको थियो। महलहरूमा स्याम्पेनका बोतलहरु अटुट रुपमा फोरिइरहेका थिए । तर अर्कोतिर खटिखाने वर्गहरु माझ भने मृत्यु नाचिरहेको थियो। मानिसको हैसियत आलु–प्याजभन्दा पनि कम भइसकेको थियो। मानवतामाथि भइरहेको यो कुठाराघात र अन्यायका बारेमा धर्म र दर्शन मौन थियो । त्यो अन्धकारमय डरलाग्दो बेलामा एकजना मानिसले आफ्नो मौनता तोडे । उनले त्यो अवस्थाका विरुद्ध आवाज बुलन्द गरे । उनले चुसिखाने वर्गहरुको मुटुमा महाभूकम्प आउने गरी गर्जन गरे– संसारलाई बुझ्ने समय सकियो, अब यसलाई बदल्ने समय आएको छ।
ती व्यक्ति थिए– कार्ल मार्क्स। उनले खटिखानेहरुमाथि भइरहेको अन्याय र शोषणका विरुद्धमा यस्तो क्रान्तिकारी विचारलाई जन्म दिए, जुन डाइनामाइटभन्दा पनि खतरनाक साबित भयो। उसले खटिखाने वर्गका मानिसहरुलाई घोर निद्राबाट जगाएर पूँजीवादको छातीमा औँला राखेर सोध्न सिकाए– हाम्रो रगतपसिनामाथि खडा यो महल कसले बनायो र यसमा बस्ने असली हकदार को हो ?
हेगेल भन्थे कि संसार विचारहरूले बदलिन्छ, इतिहास तर्कसंगत दिशातर्फ अगाडि बढ्छ। मार्क्स पनि यस बौद्धिक वातावरणमा डुबेका थिए, तर उनको मनमा एक छट्पटी थियो। उनले देखिरहेका थिए कि विचार धेरै छन्, दर्शन धेरै छन्, तर सडकमा अभाव र भोकमरीका कारण मरिरहेको मानिसका लागि यी विचारहरूले रोटीको व्यवस्था गर्न सक्दैनन्।
दर्शनबाट विद्रोहतर्फ
१८१८ मा प्रशियाको ट्रायरमा जन्मेका कार्ल मार्क्सले बॉन र बर्लिनमा दर्शन र राजनीतिक अर्थशास्त्र पढे, तर किताबहरूभन्दा बढी संसारले नै उनलाई बदल्यो। उनको जन्म यस्तो परिवारमा भएको थियो, जो कुलीन त थिएन तर अभावग्रस्त पनि थिएन। उनका पिता एक वकिल थिए, जो चाहन्थे कि छोरा सुरक्षित र सम्मानजनक जीवन बाँचोस्। तर त्यस समय जर्मनीका विश्वविद्यालयहरूमा अलगै आगो सल्किरहेको थियो। हेगेलको दर्शनले युवाहरूको मन–मस्तिष्कलाई तरंगित बनाइरहेको थियो। हेगेल भन्थे कि संसार विचारहरूले बदलिन्छ, इतिहास तर्कसंगत दिशातर्फ अगाडि बढ्छ। मार्क्स पनि यस बौद्धिक वातावरणमा डुबेका थिए, तर उनको मनमा एक छट्पटी थियो। उनले देखिरहेका थिए कि विचार धेरै छन्, दर्शन धेरै छन्, तर सडकमा अभाव र भोकमरीका कारण मरिरहेको मानिसका लागि यी विचारहरूले रोटीको व्यवस्था गर्न सक्दैनन्।
उनले महसुस गरे – दर्शनशास्त्रको काम केवल संसारको व्याख्या गर्नु मात्र होइन, त्यसलाई बदल्नु पनि हुनुपर्छ, र अनि त्यसलाई बदल्नका लागि समस्याको जडमा प्रहार गर्नुपर्छ। उनले देखे कि कानून, धर्म र संस्कृति यी सबै हावामा झुण्डिएका हुँदैनन्, बरु त्यो आर्थिक गतिविधिको जमिनमा उभिएका हुन्छन् । अर्थात् पैसा कसरी कमाइन्छ र कसको हातमा कति छ, यही धुरी हो जसमा पूरा संसार घुम्छ। यो एक अत्यन्त ठूलो वैचारिक परिवर्तन थियो। उनले आफ्नो कलम उठाए, तर कविता लेख्नका लागि होइन, समाजलाई धमिराले झैं खाइरहेको प्रणालीको पोस्टमार्टम गर्नका लागि। मार्क्सले आफ्ना युवावस्थामै वास्तविक संघर्ष राष्ट्रहरूबीच होइन, समाजका वर्गहरूबीच हुन्छ भन्ने कुरा बुझिसकेका थिए । उनले एकातिर हातमा सबै कुराहरु भएको तथा अर्कोतिर जन्जिरबाहेक गुमाउनका लागि केही पनि नरहेका वर्गहरु छन् भन्ने कुरा पनि राम्ररी बुझेका थिए ।
पैसा कसरी कमाइन्छ र कसको हातमा कति छ, यही धुरी हो जसमा पूरा संसार घुम्छ। यो एक अत्यन्त ठूलो वैचारिक परिवर्तन थियो। उनले आफ्नो कलम उठाए, तर कविता लेख्नका लागि होइन, समाजलाई धमिराले झैं खाइरहेको प्रणालीको पोस्टमार्टम गर्नका लागि।
औद्योगिक नरक र मजदुरको पीडा
मार्क्सलाई राम्ररी बुझ्नका लागि उनको समयका म्यानचेस्टरका मिलहरूतिर जाऔँ। बिहान चार बजे निन्द्रा राम्ररी नखुलिसकेका आँखासहित मजदुरहरू भित्र पस्छन्, जहाँ मेसिनहरू कहिल्यै रोकिँदैनन्। यहाँ कुनै सुरक्षा कवच थिएन। मेसिन रोकिनुको अर्थ औँला काटिनु वा जागिर गुमाउनु थियो। यदि दुर्घटना हुन्थ्यो भने मेसिन सफा गरिन्थ्यो, लास बाहिर फालिन्थ्यो र काम फेरि सुरु हुन्थ्यो। यसलाई प्रगति भनिँदै थियो। तर मार्क्सले सोधे, यो कस्तो प्रगति हो ? सिंह र बाख्रालाई एउटै पिंजडामा बन्द गर्नु प्रगति र स्वतन्त्रता कदापि होइन। गरिबसँग त भोकै मर्ने स्वतन्त्रतामात्र थियो।
पत्रकारिता, दमन र विद्रोही चेतना
यस आक्रोशलाई मार्क्सले आफ्नो कलमबाट आवाज दिए। उनले ‘राइनिशे साइटुङ’ अखबारमा लेख्न थाले। उनले जङ्गलमा ढलेपढेका काठ संकलन गर्ने गरिबहरूको हकमा लेख्दा प्रशियाको सरकार हल्लियो। उनले बुझे कि प्रहरी र अदालत निष्पक्ष होइनन्, बरु धनीहरूको चौकीदार हुन्। यो अनुभूति एक टर्निङ पोइन्ट थियो। अब मार्क्स केवल दार्शनिक होइन, विद्रोही थिए, यस्तो विद्रोही जसका विचार बन्दुकभन्दा पनि खतरनाक थिए।
उनले संसारसामु एक चिमोट्ने प्रश्न राखे– किन यस्तो हुन्छ कि कारखानाको मालिक औँला पनि नहल्लाई लाखौँ कमाउँछ, तर दिन–रात मेसिनमा खट्ने मजदुर दुई छाक रोटीका लागि पनि तड्पिनुपर्छ? त्यस समयका समाजशास्त्रीहरूले यसलाई ‘भाग्यको खेल’ भन्थे, तर मार्क्सले निर्भीक रूपमा यसलाई ‘चोरी’ भने।
निजी सम्पत्ति र ‘सरप्लस भ्यालु’को सिद्धान्त
जसै–जसै मार्क्सले यस प्रणालीका तहहरू खोतल्न थाले, उनले समस्याको वास्तविक जड निजी सम्पत्तिको विचारमा गाडिएको छ भन्ने बुझ्न थाले। तर यसको अर्थ यो कदापि होइन कि मार्क्स कसैको निजी कमिज वा जुत्ता खोस्न चाहन्थे। उनको निशाना त उत्पादनका साधन थिए, अर्थात् ती कारखानाहरू, ती जमिनहरू र ती खानीहरू जसबाट धनसम्पत्ति पैदा हुन्छ। उनले संसारसामु एक चिमोट्ने प्रश्न राखे– किन यस्तो हुन्छ कि कारखानाको मालिक औँला पनि नहल्लाई लाखौँ कमाउँछ, तर दिन–रात मेसिनमा खट्ने मजदुर दुई छाक रोटीका लागि पनि तड्पिनुपर्छ? त्यस समयका समाजशास्त्रीहरूले यसलाई ‘भाग्यको खेल’ भन्थे, तर मार्क्सले निर्भीक रूपमा यसलाई ‘चोरी’ भने। उनले बताए कि जसलाई मालिक मुनाफा भन्छ, त्यो वास्तवमा मजदुरको त्यो श्रम हो जसको मूल्य उसलाई कहिल्यै तिरिएको हुँदैन। यसलाई उनले ‘सरप्लस भ्यालु’ नाम दिए।
एंगेल्ससँगको ऐतिहासिक साझेदारी
यो केवल आर्थिक सिद्धान्त मात्र थिएन, यो एक क्रान्तिकारी विचार थियो। यसले मजदुरलाई झक्झक्यायो र यो अनुभूति दिलायो कि उनीहरु भिखारी होइन, निर्माता हुन्। उनीहरुले नै सबै कुरा बनाइरहेका छन् तर उनीहरुकै श्रम लुटेर यो सारा चमक–दमक खडा गरिएका छन् । यस विचारले मजदुरहरूमा आत्मसम्मानको नयाँ लहर दौडायो। तर यस लडाइँमा मार्क्स एक्ला थिएनन्। इतिहास साक्षी छ– महान परिवर्तनहरू प्रायः दुई दिमागको टकरावबाट जन्मिन्छन्, र यहीँ प्रवेश हुन्छ त्यस्तो व्यक्तिको जो मार्क्सको छायाँ, उनका भाइ र उनको सबैभन्दा ठूलो शक्ति बन्नेवाला थिए । ती व्यक्ति थिए– फ्रेडरिक एंगेल्स।
एंगेल्ससँग भुइँतहको तथ्याङ्क थियो भने मार्क्ससँग सिद्धान्तको बलियो कवच थियो । जब यी दुई मिले, तब बारुदमा आगोको झिल्को लागेको जस्तै अवस्था पैदा भयो । यी दुई व्यक्तिहरुको भेटघाट र मिलन केवल औपचारिक मित्रता थिएन, यो त इतिहासको सबैभन्दा खतरनाक र प्रभावशाली बौद्धिक साझेदारीको सुरुआत थियो।
एंगेल्स स्वयं एक विरोधाभास जस्तै थिए। उनी धनी टेक्सटाइल मिल मालिकका छोरा थिए, तर उनले गरिबीलाई आफ्नो सुविधासम्पन्न कोठाको झ्यालबाट होइन, म्यानचेस्टरका दुर्गन्धित झुपडीहरूमा घुमेर देखेका थिए। एंगेल्ससँग भुइँतहको तथ्याङ्क थियो भने मार्क्ससँग सिद्धान्तको बलियो कवच थियो । जब यी दुई मिले, तब बारुदमा आगोको झिल्को लागेको जस्तै अवस्था पैदा भयो । यी दुई व्यक्तिहरुको भेटघाट र मिलन केवल औपचारिक मित्रता थिएन, यो त इतिहासको सबैभन्दा खतरनाक र प्रभावशाली बौद्धिक साझेदारीको सुरुआत थियो। मार्क्स र एंगेल्सको ऐतिहासिक भेट पेरिसमा भएको थियो । त्यस समय पेरिस त्यस समय युरोपको धड्कन र क्रान्तिहरूको केन्द्र थियो। पेरिसका क्याफेहरूमा सिगरेटको धुवाँका घेरा बीच बसेर यी दुई दिमागहरूले संसारको नक्सा बदल्ने योजना बनाए। उनीहरूले मिलेर यस व्यवस्थाको चक्रव्यूह डिकोड गरे।
निर्वासन, गरिबी र १८४० को दशकको विस्फोटक वातावरण
उनीहरूले देखे कि पुँजीवाद यस्तो जाल हो, जसबाट निस्कन सहज रुपमा असम्भव छ। मजदुरले पैसा कमाउँछ, आफ्नो जिउँदो रहन आवश्यक कुरामा खर्च गर्छ, र अन्ततः त्यो पैसा घुमेर फेरि उही मालिकको खल्तीमा पुग्छ। मजदुर फेरि खाली हात रहन्छ, यो चक्र अन्तहीन थियो। उनीहरूले बुझिसकेका थिए कि पूँजीवाद आफ्नो मृत्यु आफैँ मर्दैन, न त पूँजीपतिले आफ्नै इच्छाले लुटको स्वर्गलाई छोड्छन्। परिवर्तन भीख मागेर होइन, खोसेर लिनुपर्छ।

उनीहरूले यस्तो भाइरस फैलाइरहेका थिए जसको नाम चेतना थियो। उनीहरूले मजदुरहरूलाई बुझाइरहेका थिए कि तिमीहरूको गरिबी तिमीहरूको अल्छीपन होइन, बरु एक योजनाबद्ध ढङ्गले बनाइएको व्यवस्था हो । कठिन अवश्य छ तर यस व्यवस्थालाई बदल्न सकिन्छ। यो अत्यन्तै खतरनाक विचार थियो।
तर यी सबै कुरा अझै कागज र विचारहरूमै सीमित थिए। वास्तविकतामा मार्क्स एक युवा ‘भगौडा’ थिए, जो आफ्नी पत्नी जेनीसँग गरिबी र निर्वासनको दंश भोगिरहेका थिए। पहिले जर्मनीबाट निकालिए, त्यसपछि फ्रान्सबाट, अनि बेल्जियमबाट पनि, युरोपको कुनै पनि सरकार उनलाई शरण दिन तयार थिएन। किनभने उनीहरूले यस्तो भाइरस फैलाइरहेका थिए जसको नाम चेतना थियो। उनीहरूले मजदुरहरूलाई बुझाइरहेका थिए कि तिमीहरूको गरिबी तिमीहरूको अल्छीपन होइन, बरु एक योजनाबद्ध ढङ्गले बनाइएको व्यवस्था हो । कठिन अवश्य छ तर यस व्यवस्थालाई बदल्न सकिन्छ। यो अत्यन्तै खतरनाक विचार थियो।
सरकारहरू डराइरहेका थिए कि यदि यो कुरा सर्वसाधारणको मनमस्तिष्कमा पस्यो भने शताब्दीयौँ पुराना पुँजीवादको सिंहासन तासका पत्ताजस्तै छरपस्ट हुनेछन् । वासत्वमा यो डर हावादारी पनि थिएन। युरोपभित्र असन्तोष र विद्रोहको लावा उम्लिरहेको थियो। १८४० को दशक भोक, अकाल र निराशाको दशक थियो। आलुको बाली नष्ट भइसकेको थिए। खानेकुराको मूल्य आकाश छोइरहेको थियो। मानिसहरू सडकमा उत्रिन तयार थिए। विद्रोहको बारुद त तयार भइससकेको थियो, उनीहरूलाई केवल एक दिशा, एक झन्डा र यस्तो घोषणापत्रको आवश्यकता थियो जसले उनीहरूको आक्रोशलाई आवाज दिन सकोस्। र इतिहासले यो गह्रौँ जिम्मेवारी कार्ल मार्क्सका काँधमा हालिदियो।
पात्र फेरिए तर खेल उही पुरानै थियो, शोषणको। तर मार्क्सको मान्यता थियो कि यो चरण अघिल्ला चरणभन्दा फरक छ। पूँजीवादले नजानिँदो ढङ्गले आफ्नै चिहान खन्ने व्यवस्था गरिसकेको छ।
कम्युनिस्ट म्यानिफेस्टो: युद्धको घोषणा
वातावरणमा आँधी आउनुअघि हुने शान्ति जस्तै एउटा अनौठो बेचैनी थियो । त्यो वेचैनीका कारण र समाधानलाई राम्ररी केलाएका मार्क्सले इतिहासको नाडी समाते र देखे– मानव सभ्यताको कथा सधैँ वर्ग सङ्घर्षकै कथा रहिआएको छ। कहिले मालिक र दास, कहिले सामन्त र किसान, र अब पूँजीपति र सर्वहारा । पात्र फेरिए तर खेल उही पुरानै थियो, शोषणको। तर मार्क्सको मान्यता थियो कि यो चरण अघिल्ला चरणभन्दा फरक छ। पूँजीवादले नजानिँदो ढङ्गले आफ्नै चिहान खन्ने व्यवस्था गरिसकेको छ।
त्यो कसरी त ?
त्यसको सपाट उत्तर हो– लाखौँ मजदुरलाई ठूला–ठूला कारखानामा एकै ठाउँमा ल्याएर। पहिले किसान खेतहरूमा छरिएका थिए, तर अब मजदुर एउटै छानामुनि छन्, एउटै पीडा र एउटै आक्रोश बाँडिरहेका छन्। यही एकता त्यो हतियार थियो जसले शोषण र उत्पीडनको फलामेतन्त्रलाई तोड्न सक्थ्यो।
मार्क्सका आँखामा एउटा सपना तैरिरहेको थियो, यस्तो संसारको सपना जहाँ कुनै वर्ग नहोस्, कुनै राज्य नहोस्, जहाँ नियम होस्, हरेकबाट उसको क्षमताअनुसार र हरेकलाई उसको आवश्यकताअनुसार मिलोस्। त्यो समयको नर्कजस्तै वास्तविकतामा यही युटोपिया नै आशाको एकमात्र किरण थियो। यही सपना थियो जसले मार्क्सको रातको निद्रा उडाइदिएको थियो, जसले आफ्ना छोराछोरीको रोग र घोर गरिबीका बाबजुद पनि उनलाई लेखिरहने शक्ति दिएको थियो। उनीहरू जान्दथे कि उनीहरू एउटा लामो लडाइँको बीउ रोपिरहेका छन्, यस्तो लडाइँ जो सायद उनको जीवनकालमा सकिँदैन, तर जसको प्रतिध्वनि आउने कैयौं शताब्दीहरुसम्म सुनिनेछ।
कार्ल मार्क्स आकाशबाट झरेका कुनै मसीहा थिएनन्। उनी १९औँ शताब्दीको युरोपको पहिचान बनेको त्यही कालो, खुनी, विषालु धुवाँ र उही अन्यायको प्रतिरोधमा खडा व्यक्ति थिए । उनले शताब्दीयौँदेखि हेपिएका–थिचिएकाहरुको घाँटीमा अड्किएको चिच्याहटलाई शब्दलाई आवाज दिए, र जब उनले बोल्न थाले, संसारले सुन्नै पर्ने बन्यो । सन् १८४७ ढल्दै थियो। युरोपका चिसा हावामा एउटा अनौठो छटपटाहट थियो, जस्तो पर्दापछाडि कुनै अदृश्य शक्तिले कोल्टो फेरिरहेको होस्।
लन्डनको एउटा धुवाँले भरिएको, ध्वाँसो लागेको कोठामा केही मानिसहरू गोप्य रूपमा भेला भएका थिए। उनीहरू आफूलाई ‘लीग अफ द जस्ट’ भन्थे, अर्थात् न्यायको लीग। यिनीहरु समाजले तिरस्कृत गरेका तर आफ्नो टुटेको भाग्यमाथि रोइरहनु सट्टा त्यसलाई बदल्ने दुस्साहस गरिरहेका मजदुर, कारीगर र निर्वासित क्रान्तिकारीहरु थिए। तर समस्या के थियो भने उनीहरूसँग आक्रोश त थियो, तर कुनै प्रष्ट रोडम्याप थिएन। उनीहरूका विचार बारुदझैँ छरिएका थिए, जसलाई एउटा दिशाको आवश्यकता थियो। उनीहरूलाई यस्तो आवाज चाहिएको थियो, यस्तो घोषणापत्र चाहिएको थियो, जसले उनीहरूको दबिएको धड्कनलाई युद्धघोषमा बदलिदियोस्।
यिनीहरु समाजले तिरस्कृत गरेका तर आफ्नो टुटेको भाग्यमाथि रोइरहनु सट्टा त्यसलाई बदल्ने दुस्साहस गरिरहेका मजदुर, कारीगर र निर्वासित क्रान्तिकारीहरु थिए। तर समस्या के थियो भने उनीहरूसँग आक्रोश त थियो, तर कुनै प्रष्ट रोडम्याप थिएन। उनीहरूका विचार बारुदझैँ छरिएका थिए, जसलाई एउटा दिशाको आवश्यकता थियो।
र यो गह्रौँ जिम्मेवारी दिइयो दुई युवा साथीहरूलाई, कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स। एकपटक त्यो दबाबको कल्पना गर्नुहोस्। त्यसबेला मार्क्सको उमेर मात्र २९ वर्ष थियो। हालत यस्तो थियो कि एकातिर प्रहरी उनीहरूको पछि लागिरहेको थियो, अर्कोतिर गरिबीले उनको घाँटी निमोठिरहेको थियो, र त्यसमाथि थप, पूरै एक पुस्ता उनीहरूबाट बाटो देखाउने आशामा बसेको थियो। ब्रसेल्समा मेजमाथि झुकेर रातको सन्नाटामा मार्क्सले लेख्न सुरु गरे।
उनी कुनै साधारण किताब लेखिरहेका थिएनन्। उनीहरू कागजमा बारुद उतारिरहेका थिए। हरेक शब्द, हरेक वाक्य कुनै हथौडाको चोटजस्तै थियो। उनले जानाजानी दर्शनशास्त्रको भारीभरकम भाषा त्यागे र ती शब्दहरू रोजे जो सिधै एक अनपढ मजदुरको कलेजामा सजिलै छिर्न सकून्।
जनवरी १८४८ सम्म त्यो पातलो किताब तयार भइसकेको थियो, जसलाई आज संसार ‘कम्युनिस्ट म्यानिफेस्टो’ नामले चिन्छ। मसी अझै सुक्न पनि नपाउँदै त्यसको पहिलो वाक्यले युरोपका सबै राजा र शासकहरूको निद्रा उडाइदियो। “अ स्पेक्टर इज हन्टिङ युरोप, द स्पेक्टर अफ कम्युनिज्म।” अर्थात् एक भूत युरोपमाथि मडारिरहेको छ, साम्यवादको भूत । यो केवल किताबको सुरुवात मात्र थिएन। यो चेतावनी थियो। यो युद्धको खुला घोषणा थियो।
उनले लेखे, “वर्कर्स अफ द वर्ल्ड युनाइट। यु हेभ नथिङ टु लुज बट योर चेन्स। यु हेभ अ वर्ल्ड टु विन।” संसारका मजदुरहरू एक होऊ। तिमीहरूसँग गुमाउनका लागि आफ्ना बन्धनबाहेक केही छैन र जित्नका लागि पूरा संसार छ। यी केवल शब्द थिएनन्, यी सुतिरहेका खटिखाने वर्गलाई हकअधिकार प्राप्तिको लागि जुरुक्कै उठाउने मन्त्र थिए।
मार्क्सले सपाट शब्दमा भने कि इतिहास राजा-महाराजाहरूको, कथित कुलीन वर्गको महानताको कथा होइन, बरु शोषक र शोषितबीच चल्दै आएको कहिल्यै नटुङ्गिने युद्ध हो। उनले लेखे, “वर्कर्स अफ द वर्ल्ड युनाइट। यु हेभ नथिङ टु लुज बट योर चेन्स। यु हेभ अ वर्ल्ड टु विन।” संसारका मजदुरहरू एक होऊ। तिमीहरूसँग गुमाउनका लागि आफ्ना बन्धनबाहेक केही छैन र जित्नका लागि पूरा संसार छ। यी केवल शब्द थिएनन्, यी सुतिरहेका खटिखाने वर्गलाई हकअधिकार प्राप्तिको लागि जुरुक्कै उठाउने मन्त्र थिए।
१८४८ का क्रान्तिहरू र पराजयको तीतो पाठ
त्यसपछि एक अनौठो संयोग भयो। लन्डनमा प्रिन्टिङ प्रेसको मसी सुक्न पनि नपाउँदै युरोपमा बारुद पड्कियो। फेब्रुअरी १८४८ मा फ्रान्स ब्युँझियो । पेरिसका सडकमा बेरिकेडहरू खडा गरिए र राजा लुई फिलिप ज्यान जोगाएर भाग्न बाध्य भए। यो आगो डढेलोझैं फैलियो। जर्मनी, इटली, अस्ट्रिया, हङ्गेरी, जहाँतहाँ रातो झन्डा फहराइरहेका थिए। यस्तो लाग्थ्यो कि पुरानो संसार ढल्दैछ र मार्क्सको भविष्यवाणी साँचो हुँदैछ।

इतिहास यति सजिलै उल्टिँदैन। क्रान्तिकारीहरूसँग जोश थियो, तर सत्तासँग बन्दुक थियो, संगठन थियो र सबैभन्दा ठूलो कुरा पैसा थियो। क्रान्तिहरू प्रायः अनुशासनको कमीले हार्छन् र १८४८ मा पनि यही त्रासदी दोहोरियो।
मार्क्स स्वयं यस आगोमा हाम्फाले। उनी पेरिस गए, जर्मनी फर्किए, अखबार निकाले र विद्रोहीहरूमा जोश भरे। यो आशाको समय थियो। यसलाई ‘राष्ट्रहरूको वसन्तकाल’, ‘द स्प्रिङ टाइम अफ नेशन्स’ भनियो। तर इतिहास यति सजिलै उल्टिँदैन। क्रान्तिकारीहरूसँग जोश थियो, तर सत्तासँग बन्दुक थियो, संगठन थियो र सबैभन्दा ठूलो कुरा पैसा थियो। क्रान्तिहरू प्रायः अनुशासनको कमीले हार्छन् र १८४८ मा पनि यही त्रासदी दोहोरियो।
जसै–जसै वर्ष अगाडि बढ्दै गयो, आशाहरू मर्न थाले। सेनाहरू फर्किए। पेरिसमा मजदुरहरूको संहार भयो। बर्लिनमा विद्रोह बुटमुनि कुल्चियो। फेब्रुअरीको जाडोमा देखिएका सुनौलो सपनाहरू जूनको गर्मीसम्म रगतमा डुबिसकेका थिए। मार्क्सले यो हार आफ्नै आँखाले देखे। उनले पहिले राजाविरुद्ध मजदुरसँग रहेको मध्यम वर्ग कसरी आफ्नै सम्पत्ति जोगाउन अचानक राजाको काखमा गएर बस्यो भन्ने देखे। यो मार्क्सका लागि एक तीतो पाठ थियो। क्रान्तिमा आधा–अधुरा साथीहरूमाथि कहिल्यै भरोसा गर्न सकिँदैन।
लन्डन निर्वासन: भोक, मृत्यु र अडिग संघर्ष
यसपछि दमनको युग सुरु भयो। मार्क्स अब सर्वाधिक खोजीको सूचीमा परेका अपराधी थिए। जर्मनीले देश निकाला दियो, फ्रान्सले भगायो, बेल्जियमले ढोका बन्द गर्यो। पूरै युरोपले उनलाई एक खतरनाक शत्रुका रूपमा हेर्न थाल्यो। उनको खल्तीमा फूटी कौडी पनि थिएन। साथमा गर्भवती पत्नी जेनी र साना–साना छोराछोरी थिए। यस भागदौडमा उनलाई केवल एउटै सहरले आश्रय दियो– लन्डन। त्यो सहर, जो त्यसबेला संसारको राजधानी पनि थियो र संसारकै सबैभन्दा ठूलो झुग्गीझोपडीको सहर पनि।
१८४९ मा जब मार्क्स लन्डन पुगे, उनलाई लाग्यो यो केवल अस्थायी बास हो, क्रान्ति फेरि उठ्नेछ र उनी फर्किनेछन्। तर उनलाई थाहा थिएन कि अब उनी जीवनभर निर्वासनमै रहनेछन्, र यहीँबाट सुरु हुन्छ उनको जीवनको सबैभन्दा कालो, सबैभन्दा पीडादायी र सबैभन्दा कठिन अध्याय । लन्डनको सोहो इलाका, ती साँघुरा हिलोले भरिएका गल्लीहरू, जहाँ घामको किरण कहिल्यै जमिनमा पुग्दैनथ्यो। हैजा र टाइफाइड यहाँका स्थायी बासिन्दा थिए।
१८४९ मा जब मार्क्स लन्डन पुगे, उनलाई लाग्यो यो केवल अस्थायी बास हो, क्रान्ति फेरि उठ्नेछ र उनी फर्किनेछन्। तर उनलाई थाहा थिएन कि अब उनी जीवनभर निर्वासनमै रहनेछन्, र यहीँबाट सुरु हुन्छ उनको जीवनको सबैभन्दा कालो, सबैभन्दा पीडादायी र सबैभन्दा कठिन अध्याय ।
पारिवारिक त्रासदी र मानवीय पीडा
यही सोहोको डीन स्ट्रिटको दुई कोठे ढुसी लागेको फ्ल्याटमा कार्ल मार्क्सको परिवार बस्न आयो।, दिमागमा संसारको नक्सा बदल्ने खाका बोकेका एक महान दार्शनिक खल्तीमा भाडा तिर्ने पैसाको अभावमा आफ्ना घरबेटीबाट लुकेर हिँड्थ्यो ।प्रहरीका गोप्य फाइलहरूमा आज पनि उनी बसेको घरको वर्णन भेटिन्छ: अव्यवस्थाको थुप्रो, भाँचिएका कुर्सीहरू, बालबालिकाका खेलौना, चुरोटको खरानी र किताबका पहाड, र यिनैबीच भविष्यका पाण्डुलिपिहरू छरिएका।
गरिबी मार्क्सका लागि केवल भोक थिएन, अपमान थियो। धेरैपटक उनीहरू हप्तौँसम्म घरमै थुनिन्थे। किनभने बालबालिकाको रोटीको व्यवस्था गर्न उनले आफ्ना कोट र जुत्तासमेत धरौटी राख्नुपरेको थियो। उनी ओछ्यानमा पल्टेर लेखिरहन्थे, जबकि कोठामा यति चिसो हुन्थ्यो कि हात सुन्निन्थे। यस अँध्यारोमा उनको एकमात्र आशा फ्रेडरिक एंगेल्स थिए। म्यानचेस्टरका कारखानाबाट एंगेल्सले पठाउने पैसाले मात्र मार्क्सका जीवन जेनतेन धानिइरहेका थिए। कस्तो विडम्बना ! पूँजीवादविरुद्ध लेखिँदै गरेको सबैभन्दा ठूलो ग्रन्थ पूँजीवादबाट कमाइएका पैसाकै सहायताले लेखिँदै थियो।
तर सबैभन्दा ठूलो दुःख भोक होइन, लाचारिता थियो, एक बुवाको लाचारिता। लन्डनको फोहोरले मार्क्सको परिवारमाथि घनघोर संकट ल्यायो। छोराछोरी एकपछि अर्को बिरामी पर्न थाले। न औषधिका लागि पैसा थियो, न डाक्टर देखाउने हैसियत। जब उनकी नानी छोरी फ्रान्जिस्काको मृत्यु भयो, मार्क्ससँग कात्रो किन्नेका लागि पनि पैसा थिएन। छिमेकीबाट उधारो लिएर मात्र त्यो सानी नानीको लागि कफिनको व्यवस्था गर्न सम्भव भयो। संसारका मजदुरहरूलाई अधिकार दिलाउन लागिपरेका ती त्यो बुवाले आफ्नै छोरीलाई सम्मानजनक अन्तिम बिदाइ गर्न सकेन।
त्रासदी त्यहीँ रोकिनन्। मार्क्सले ‘मस’ भन्ने गरेका सबैभन्दा प्यारो छोरा एडगर पनि यही गरिबीको सिकार बन्यो। मसको मृत्युले मार्क्सलाई भित्रैदेखि तोडिदियो। उनी धेरै दिनसम्म उसको चिहानमा टाउको राखेर रोइरहे। उनले एंगेल्सलाई लेखे, म पहिले पनि अभागी थिएँ, तर आज मलाई थाहा भयो कि साँच्चिकै टुटेको मानिस के हुन्छ। मार्क्सका लागि सबै कुरा छाडेर कुलीन परिवारबाट आएकी मार्क्सकी पत्नी जेनी बिस्तारै लन्डनको कुहिरोमा ओइलाउँदै गइरहेकी थिइन्। तैपनि उनी चट्टानझैँ मार्क्सको साथमा उभिइरहिन्। जेनी नभएको भए कार्ल मार्क्स सायद धेरै पहिले नै टुटिसक्थे।
ब्रिटिश म्युजियम र ‘दास क्यापिटल’को तपस्या
यस गहिरो निराशामा कुनै पनि साधारण मानिस हार मान्थ्यो वा रोजगारीमा लाग्थ्यो होला । तर मार्क्स ‘जिद्दी’ थिए। कृतसंकल्पित मार्क्सले आफ्नो पीडालाई आँसुमा होइन, क्रोधमा बदलिदिए। १८५० को दशकसम्म उनी बुझिसकेका थिए कि सडकमा केवल नारा लगाउँदैमा क्रान्ति आउँदैन। पूँजीवाद कुनै कमजोर शत्रु होइन, एक जटिल मेसिन हो, र यसलाई हराउन त्यसको एक–एक पुर्जा खोल्दै बुझ्नुपर्छ। उनलाई प्रमाणित गर्नुपर्थ्यो कि यो प्रणाली केवल अनैतिक मात्र होइन, वैज्ञानिक रूपमा पनि खोक्रो छ। यसका लागि उनलाई प्रमाणहरू चाहिएको थियो।
मार्क्स ‘जिद्दी’ थिए। कृतसंकल्पित मार्क्सले आफ्नो पीडालाई आँसुमा होइन, क्रोधमा बदलिदिए। १८५० को दशकसम्म उनी बुझिसकेका थिए कि सडकमा केवल नारा लगाउँदैमा क्रान्ति आउँदैन। पूँजीवाद कुनै कमजोर शत्रु होइन, एक जटिल मेसिन हो, र यसलाई हराउन त्यसको एक–एक पुर्जा खोल्दै बुझ्नुपर्छ।
प्रमाणहरूको खोजीमा मार्क्सले सोहोका गल्लीहरू छाडेर ब्रिटिश म्युजियमको लाइब्रेरीतर्फ लागे। त्यो विशाल गुम्बज भएको लाइब्रेरीको अध्ययनकक्ष उनको दोस्रो घर बन्यो। बिहान नौ बजेदेखि साँझ सात बजेसम्म किताबका थुप्राभित्र डुबेर उनी संसारको सबैभन्दा ठूलो पोस्टमार्टम गरिरहेका थिए। उनले सरकारी प्रतिवेदन पढे, कसरी बालबालिकाबाट १६ घण्टा काम गराइन्छ, कसरी मजदुरका फोक्सो कुहिँदै छन् र कसरी नाफा बढ्दै छ भन्ने थाहा पाए। यी सबै सरकारी तथ्याङ्क थिए र मार्क्स यिनै तथ्याङ्कलाई हतियार बनाएर पूँजीवादको छातीमा बज्र प्रहार गर्ने तयारी गरिरहेका थिए।
केवल पन्ना पल्टाउने सरसराहट सुनिने ब्रिटिश म्युजियमको त्यो शान्त गुम्बजमुनि संसारको सबैभन्दा विस्फोटक विचारले मूर्त आकार लिइरहेको थियो। मार्क्स अब केवल आन्दोलनकारी मात्र रहेनन्, उनी एक वैज्ञानिक भइसकेका थिए। उनी विरोधको होइन, विश्लेषणको नयाँ भाषा गढिरहेका थिए। अब उनी केवल शोषणको कुरा गरिरहेका थिएनन्, उनी वस्तुको मूल्य र सरप्लस श्रमको कुरा पनि गरिरहेका थिए। उनी पूँजीवादको पोस्टमार्टम गरिरहेका थिए, यसको डीएनए सिक्वेन्सिङ गरिरहेका थिए। उनी पैसामा शक्ति कहाँबाट आउँछ, कुनै वस्तुको मूल्य कसले तय गर्छ, र सबैभन्दा ठूलो रहस्य, आखिर यो नाफा पैदा कहाँबाट हुन्छ जस्ता अदृश्य रहस्यहरुको कुञ्जीलाई बुझ्ने प्रयास गरिरहेका थिए ।
यो लेखन होइन, एक तपस्या थियो। उनको शरीरमा पीडादायी घाउहरू निस्केका थिए, जुन सायद वर्षौँको तनाव र गरिबीको परिणाम थिए। उनी पीडाले रन्थनिन्थे, तर लेख्न छोड्दैनथे। चरम पीडाका कारण बस्न नसक्दा धेरै पटक उनी उभिएर लेख्थे। म्यानचेस्टरबाट एंगेल्सले उनलाई चिठी लेखेर हौसला दिन्थे र एउटै प्रश्न सोध्थे– किताब कहिले सकिन्छ ? र मार्क्सले हरेकपटक एउटै जवाफ दिन्थे: चाँडै, खालि एउटा अध्याय, एउटा अनुसन्धान अझै बाँकी छ। यो चाँडै महिनामा होइन, वर्षौँमा बदलियो। मार्क्स परफेक्शनिस्ट थिए, उनी संसारलाई आधा–अधुरो तर्क होइन, कसैले अस्वीकार गर्न नसक्ने अकाट्य हतियार दिन चाहन्थे ।
यस बीच बाहिर संसार बदलिँदै थियो। अमेरिकामा गृहयुद्ध सुरु भइसकेको थियो। मार्क्सले लन्डनबाट लिंकनलाई चिठी लेखे र उत्तरको समर्थन गरे। उनको दूरदर्शिता उनको लेखाइमा देखिन्छ । उनले लेखे, “लेबर इन द ह्वाइट स्किन क्यान नट इमान्सिपेट इटसेल्फ ह्वेयर लेबर इन द ब्ल्याक स्किन इज ब्रान्डेड।” कालो छालाको मजदुर दास रहेसम्म सेतो छालाको मजदुर कहिल्यै स्वतन्त्र हुन सक्दैन। उनको दृष्टि केवल युरोपमा होइन, पूरै संसारमा थियो। १८५७ मा भारतको विद्रोहबारे पनि उनले ब्रिटिश साम्राज्यवादको धज्जी उडाउँदै लेखे। उनले पूँजीवाद एक विश्वव्यापी अक्टोपस बनेको र त्यसका भुजाहरूले पूरै संसारलाई कस्दै गइरहेको उनले देखिरहेका थिए ।
उनले लेखे, “लेबर इन द ह्वाइट स्किन क्यान नट इमान्सिपेट इटसेल्फ ह्वेयर लेबर इन द ब्ल्याक स्किन इज ब्रान्डेड।” कालो छालाको मजदुर दास रहेसम्म सेतो छालाको मजदुर कहिल्यै स्वतन्त्र हुन सक्दैन। उनको दृष्टि केवल युरोपमा होइन, पूरै संसारमा थियो।
पूरै संसारको चिन्ता गर्ने मार्क्सको आफ्नै संसार कागजका पन्ना र उधारो पैसामा सीमित थियो। उनका कपाल सेता हुँदै गइरहेका थिए। दाह्री बाक्लो र अव्यवस्थित हुँदै गइरहेको थियो । सारा संसारले आज मार्क्सको रुपमा चिन्ने त्यो रूप यही संघर्षको भट्टीमा खारिएर तयार भइरहेको थियो। छोराछोरी उनलाई मायाले ‘ओल्ड मूर’ भन्थे। तर यो बूढो मूर विस्फोट हुन तयार ज्वालामुखीको मुखमा बसेको थियो।
१८६० को दशक आउँदासम्म मार्क्ससँग विचारहरूको पहाड जम्मा भइसकेको थियो। तर त्यो पहाड अझै छरपस्ट अवस्थामा थियो, त्यसलाई एउटा ढाँचा र एउटा नामको आवश्यकता थियो।उनको जीवनको उद्देश्य बनिसकेको त्यो किताब अझै अधूरै थियो। एंगेल्स प्रायः झर्को मान्दै भन्थे: जुन दिन तिम्रो यो किताब छापिन्छ, म खुसीमा आफैँलाई रक्सीमा डुबाउनेछु। तर मार्क्सलाई थाहा थियो उनी के गर्दैछन्। उनी हतारमा कुनै पर्चा होइन, मजदुर वर्गको ‘महाकाव्य’ लेखिरहेका थिए। अन्ततः त्यो घडी आइपुग्यो।
१८६७: दास क्यापिटलको प्रकाशन
१६ वर्षको भोक, रोग, अपमान र शरीर तोडिदिने मेहनतपछि कार्ल मार्क्सले आफ्नो मेजबाट त्यो पाण्डुलिपि उठाए । त्यो पाण्डुलिपि चानुचुने खालको थिएन, त्यो त संसारलाई हल्लाउने विचारको पोको थियो । यो केवल कागजको थुप्रो मात्र थिएन। यो त उनको जीवनको निचोड थियो जसका लागि उनले आफ्नो स्वास्थ्य, आफ्ना खुशीहरू र आफ्नो सबै कुरा दाउमा लगाएका थिए। उनले स्वयं एंगेल्सलाई लेखेका थिए: बुर्जुवा वर्गले मेरा घाउहरू सम्झिरहनेछ। मलाई आशा छ कि यो बुर्जुवा वर्गले मेरो शरीरका घाउहरूलाई ताम्रपत्रको रूपमा सम्झिरहनेछ। हो, जब मार्क्स दास क्यापिटल लेखिरहेका थिए, उनको पूरा शरीर पीडादायी घाउहरूले भरिएको थियो। उनी बस्न सक्दैनथे, सुत्न सक्दैनथे, तर उनी लेखिरहे। र जब यो किताब छापिएर आयो, यो अर्थशास्त्रको कुनै सुख्खा किताब थिएन। यो एउटा ‘गोथिक त्रासद–कथा’ थियो। मार्क्सले यसमा पुँजीवादलाई मजदुरको रगत पिएर मात्र जिउँदो रहने पिशाच भ्याम्पायरको रूपमा चित्रित गरेका थिए। उनले लेखे: पुँजी मृत श्रम हो, जसले पिशाचले जस्तै केवल ज्युँदाको श्रम चुसेर मात्र सास लिन्छ र जति बढी यसले चुस्छ त्यति नै बढी शक्तिशाली हुँदै जान्छ।
उनले स्वयं एंगेल्सलाई लेखेका थिए: बुर्जुवा वर्गले मेरा घाउहरू सम्झिरहनेछ। मलाई आशा छ कि यो बुर्जुवा वर्गले मेरो शरीरका घाउहरूलाई ताम्रपत्रको रूपमा सम्झिरहनेछ। हो, जब मार्क्स दास क्यापिटल लेखिरहेका थिए, उनको पूरा शरीर पीडादायी घाउहरूले भरिएको थियो। उनी बस्न सक्दैनथे, सुत्न सक्दैनथे, तर उनी लेखिरहे।
दास क्यापिटलले मार्क्सले कमोडिटी फेटिसिज्म अर्थात् वस्तुपूजा भनेका त्यो कालो जादूलाई तोडिदियो। उनले संसारलाई देखाए कि हाम्रो वरिपरिका टेबल, कुर्सी, कोट लगायतका चिजहरू केवल वस्तु मात्र होइनन्। तिनीभित्र पनि मानवीय सम्बन्ध र शोषण लुकेको हुन्छ। हामी वस्तुहरूको पूजा गर्छौँ र तिनलाई बनाउने मानिसलाई बिर्सन्छौँ।
तर के संसार यो तीतो सत्य सुन्न तयार थियो?
वास्तवमा सुरुआतमा केवल मौनता थियो। किताब छापियो तर कुनै भूकम्प आएन। समालोचकहरूले यसलाई बेवास्ता गरे। मार्क्स भित्रैबाट नराम्ररी निराश र हताश भए। उनलाई लाग्यो कि उनका १६ वर्षका तपस्या व्यर्थ गए। तर विचारहरू बारुदजस्ता हुन्छन्। तिनलाई सल्किन समय लाग्छ। तर जब तिनीहरू विस्फोट हुन्छन्, तिनका भयानक आवाज शताब्दियौंसम्म गुञ्जिरहन्छ।
बिस्तारै यो किताब मजदुरका खस्रा हातहरूमा, क्रान्तिकारीहरूको झोलामा र बुद्धिजीवीहरूको बहसमा पुग्न थाल्यो। रोचक कुरा त के भने, मार्क्सले सोचेका भन्दा फरक ढङ्गले यस किताबको अनुवाद सबैभन्दा पहिला रूसमा भयो र मानिसहरूले यसलाई कुनै ‘धार्मिक ग्रन्थ’ जस्तै गहनताका साथ आत्मसात गरेर पढ्न थाले।
फर्स्ट इन्टरनेशनल र बाकुनिनसँगको द्वन्द्व
तर मार्क्स अब केवल लेखक भएर सन्तुष्ट थिएनन्। उनी चेस बिछ्याइरहेका थिए। सन् १८६४ मा लन्डनमा फर्स्ट इन्टरनेशनलको स्थापना भयो। यो संसारभरका मजदुरहरूको पहिलो संसद थियो र यसको केन्द्रमा थिए कार्ल मार्क्स। उनी यसको अध्यक्ष थिएनन्, तर उनी यसको मूल दिमाग थिए। उनले यसको नियम लेखे। उनले यसको दिशा तय गरे। अब मार्क्स केवल एक निर्वासित जर्मन मात्र थिएनन्। उनी युरोपको मजदुर वर्गका अघोषित सेनापति भइसकेका थिए।
तर सत्ता कहिल्यै निर्विवाद हुँदैन। मार्क्सका अगाडि एउटा नयाँ चुनौती उभियो। शरीर र विचार दुवैमा भीमकाय एक व्यक्ति। उसको नाम थियो मिखाइल बाकुनिन। मिखाइल बाकुनिन एक रूसी अराजकतावादी अर्थात् अनार्किज्मको मसीहा थिए। मार्क्स दिमाग थिए भने बाकुनिन बारुद थिए। मार्क्स अनुशासन चाहन्थे भने बाकुनिन विध्वंस चाहन्थे। यो दुई विचारधाराहरूको टक्कर थियो।
मार्क्सको मान्यता मजदुरहरूले एउटा पार्टी बनाउनु पर्छ र राज्य कब्जा गर्नु पर्छ भन्ने थियो। तर बाकुनिन यसको कडा विरोधमा थिए। उनको भनाइमा चाहे पुँजीपतिहरूको होस् वा मजदुरहरूको, राज्य नै खराबीको जड हो ।
मार्क्सको मान्यता मजदुरहरूले एउटा पार्टी बनाउनु पर्छ र राज्य कब्जा गर्नु पर्छ भन्ने थियो। तर बाकुनिन यसको कडा विरोधमा थिए। उनको भनाइमा चाहे पुँजीपतिहरूको होस् वा मजदुरहरूको, राज्य नै खराबीको जड हो । साँचो बागीले कहिल्यै सत्ता स्वीकार गर्दैन। बाकुनिनले मार्क्सको अनुहारतिर औँला ठड्याएर एउटा डर लाग्दो भविष्यवाणी गरेका थिए। उनले भनेका थिए, मार्क्सका विचारहरू स्थापित भयो भने संसारले पुराना राजा र जारभन्दा पनि खराब तानाशाही देख्नेछ ।
यी दुवैबीचको लडाइँले फर्स्ट इन्टरनेशनललाई कुस्तीको अखाडा बनाइदियो। मेजहरू तोडिए, ठूलो अराजकता भयो। मार्क्सले बाकुनिनलाई फर्स्ट इन्टरनेशनलबाट निस्कासन गर्न बाध्य भए ।
यस घटनाले इन्टरनेशनल कमजोर भएर टुट्यो। मार्क्सले मजदुरहरूलाई एकताबद्ध गर्नु सजिलो छ, तर नेताहरूको अहंकार सम्हाल्नु निक्कै कठिन छ भन्ने तीतो पाठ सिके ।
पेरिस कम्युन: स्वर्गमाथि धावा
तर जब यी बौद्धिक लडाइँहरू चलिरहेका थिए, त्यही बेला वास्तविक संसारमा मार्क्सका सिद्धान्तहरूलाई पहिलोपटक रगतले लेखिएको यथार्थमा बदलिदिने घटना घटित भयो। सन् १८७१ मा फ्रान्स प्रशियासँगको युद्ध हारिसकेको थियो। फ्रान्सेली सेनाले घुँडा टेकेको थियो। तर पेरिसका जनताले हार मान्न इन्कार गरे। पेरिसका मजदुरहरू, महिलाहरू र कारीगरहरूले हतियार उठाए। उनीहरूले सरकारलाई सहरबाट लखेटिदिए। सन् १८७१ को १८ मार्चमा होटल दे विलेमा पहिलोपटक रातो झण्डा फहराइयो। संसारले सास रोकेर त्यो घटनालाई हेर्यो। इतिहासमा पहिलोपटक सर्वहारा वर्गले सत्ता आफ्नै हातमा लिएको थियो। यसलाई नाम दिइयो– पेरिस कम्युन।
पेरिस कम्युन यथार्थमा क्रियान्वित भइरहेको एउटा युटोपिया, एउटा सपना थियो। मार्क्सले यसलाई आफ्नो सबैभन्दा ठूलो श्रद्धाञ्जली दिए। उनले यसलाई “स्वर्गमाथि धावा” अर्थात् स्टर्मिङ हेभन भने।
लन्डनमा बसेका मार्क्सले प्रत्येक समाचारमा आँखा गाडेर बसेका थिए। उनी उत्साहित थिए, तर डराएका पनि। यही त्यो क्रान्ति थियो जसको उनले जीवनभर सपना देखेका थिए। तर यो उनले सोचेको समयभन्दा पहिले आइसकेको थियो। पेरिसका कम्युनार्डहरूले ७२ दिनसम्म नयाँ संसारको प्रयोग गरे। उनीहरूले चर्च र राज्यलाई अलग गरे। पुलिस हटाइयो, भाडा माफ गरियो र महिलालाई बराबरीको अधिकार दिइयो। यो यथार्थमा क्रियान्वित भइरहेको एउटा युटोपिया, एउटा सपना थियो। मार्क्सले यसलाई आफ्नो सबैभन्दा ठूलो श्रद्धाञ्जली दिए। उनले यसलाई “स्वर्गमाथि धावा” अर्थात् स्टर्मिङ हेभन भने।
लन्डनमा बसेका मार्क्सले प्रत्येक समाचारमा आँखा गाडेर बसेका थिए। उनी उत्साहित थिए, तर डराएका पनि। यही त्यो क्रान्ति थियो जसको उनले जीवनभर सपना देखेका थिए।
तर सपना काँचका हुन्छन् र बन्दुकअगाडि काँच टिक्दैन।भर्सायमा लुकेको फ्रान्सको सरकारले आफ्नो सेना पेरिस पठायो र त्यसपछि इतिहासमा द ब्लडी वीक भनिने त्यो बर्बर हप्ता शुरु भयो ।मे महिनाको अन्त्यतिर पेरिसका सडकहरूमा मृत्युको ताण्डव भयो। बेरिकेडहरू भत्किए। मजदुरहरू अन्तिम साससम्म लडे। उनीहरू “भिभ ला कम्युन” भन्दै पर्खालसँग अडिएर गोली खाइरहेका थिए। २०,००० भन्दा बढी पेरिसवासी मारिए। सहरका प्रसिद्ध स्मारकहरूमा आगो लगाइयो।
कम्युनको रक्तपात र नयाँ कठोरता
मार्क्सले लन्डनबाट यो तबाही हेरे। उनका आशा, उनका उत्साह सबै खरानी भए। तर यही खरानीबाट मार्क्सले नयाँ आगो जन्माए। उनले तुरुन्तै एउटा पम्फलेट लेखे–“द सिभिल वार इन फ्रान्स।” यसमा उनले कम्युनको बचाव गरे। उनले संसारलाई बताए कि यो अराजकता थिएन। यो भविष्यको झलक थियो। उनले लेखे, मजदुरहरूको पेरिस आफ्ना कम्युनसहित सधैँ नयाँ समाजको गौरवशाली अग्रदूतको रूपमा स्मरण गरिनेछ।
पेरिस कम्युनको असफलताले मार्क्सलाई निराश बनायो । तर यसले उनलाई संसारकै सबैभन्दा विख्यात मानिस पनि बनायो। यसअघिसम्म उनी केवल बुद्धिजीवीहरूको वृत्तमै चिनिन्थे। तर अब उनी अखबारका हेडलाइनमा थिए। उनलाई “रेड टेरर डाक्टर” भनिन थाल्यो। युरोपका सरकारहरूले उनलाई कम्युन पछाडिको मास्टरमाइन्ड ठान्थे, जुन सत्य थिएन । तर डरको कुनै आधार र तर्क हुँदैन। जासूसहरू उनको घरबाहिर पहरा दिन थाले। उनलाई धम्कीहरू आउन थाले।
पेरिस कम्युनको असफलताले मार्क्सलाई निराश बनायो। तर यसले उनलाई संसारकै सबैभन्दा विख्यात मानिस पनि बनायो। यसअघिसम्म उनी केवल बुद्धिजीवीहरूको वृत्तमै चिनिन्थे। तर अब उनी अखबारका हेडलाइनमा थिए। उनलाई “रेड टेरर डाक्टर” भनिन थाल्यो।
तर मार्क्सलाई यसको परवाह थिएन। उनलाई थाहा थियो: कम्युन हारेको छ तर मरेको छैन। उनले कम्युनका गहन समीक्षा गरेर तिनका गल्तीहरूबाट पाठ सिके। उनलाई लाग्यो कि प्रोलेटेरियटले केवल पुरानो राज्य मेशिनरी कब्जा गर्नु हुँदैन, बरु त्यसलाई भाँचेर आफ्नै नयाँ मेशिनरी बनाउनु पर्छ। यही विचार अर्थात् डिक्टेटरशिप अफ द प्रोलेटेरियट अब झनै कठोर बनेको थियो। पेरिसको रगतले मार्क्सका सिद्धान्तहरूलाई अझ कठोर र अझ क्रान्तिकारी बनाएको थियो।
अन्तिम वर्षहरू र चेतावनी
१८७० को दशकको मध्यतिर आइपुग्दा मार्क्स अब बूढा भइसकेका छन्। रोगले उनलाई जकडेको छ। तर उनको काम अझै समाप्त भएको छैन। दास क्यापिटल का अर्को खण्डहरू अझै अपूरा छन्। उनी धेरै नोटहरू बनाइरहेका छन्। गणित पढिरहेका छन्। रूसका कृषि तथ्याङ्कहरूको अध्ययन गरिरहेका छन्। तर उनको लेख्ने गति सुस्त भइसकेको छ। सदाझैं एंगेल्स अब पनि उनको ढाल बनेर उभिएका छन्, जो उनको आर्थित हेरचाह गरिरहेका छन् र बाहिरी संसारबाट उनलाई जोगाइरहेका छन्।साथसाथै, मार्क्सका वैचारिक सारथी पनि बनिरहेका छन् ।
मार्क्सको मनमा एउटा गहिरो डर पनि छ। उनी देखिरहेका छन् कि मानिसहरूले उनका विचारहरू आफ्नै हिसाबले तोडमोड गरिरहेका छन्। फ्रान्समा केही मानिसहरू आफूलाई मार्क्सवादी भन्दथे। तर उनीहरूको कुरा सुनेपछि मार्क्सले भनेका थिए, “यदि यो मार्क्सवाद हो भने म मार्क्सवादी होइन।”
मार्क्सको घर अब क्रान्तिकारीहरूको तीर्थस्थल बनिसकेको छ। संसारभरिबाट, रूसदेखि अमेरिका र जर्मनीसम्म, मानिसहरू त्यो बूढो मूरलाई भेट्न आउँछन्। सल्लाह लिन आउँछन्। मार्क्स उनीहरूलाई बुझाउँछन् कि क्रान्ति कुनै भोजभतेर होइन। यो त एउटा विज्ञान हो।
तर मार्क्सको मनमा एउटा गहिरो डर पनि छ। उनी देखिरहेका छन् कि मानिसहरूले उनका विचारहरू आफ्नै हिसाबले तोडमोड गरिरहेका छन्। फ्रान्समा केही मानिसहरू आफूलाई मार्क्सवादी भन्दथे। तर उनीहरूको कुरा सुनेपछि मार्क्सले भनेका थिए, “यदि यो मार्क्सवाद हो भने म मार्क्सवादी होइन।” अर्थात् जे ने सुई पास मार्क्सिस्ट– यो एउटा धेरै ठूलो चेतावनी थियो। मार्क्सलाई डर थियो कि उनका विचार कतै एउटा जडसूत्र नबनून्, जहाँ प्रश्न सोध्न निषेध होस्, र यो डर कति सही थियो भन्ने कुरा आउने समयले देखाउने थियो।
मृत्यु, छाया र इतिहासको नयाँ मोड
१४ मार्च १८८३, लन्डनको एउटा पुरानो आरामकुर्सीमा बसिरहेकै बेला कार्ल मार्क्सका आँखा सधैँका लागि बन्द भए। जब उनलाई हाईगेट चिहानमा गाडियो । कस्तो विडम्बना ! संसारलाई हल्लाउने विचारका जनक महान दार्शनिक मार्क्सका मलामी औंलामा गन्न सकिने मात्रै थिए । उनको चिहान वरिपरि जम्मा ११ जना मात्र उभिएका थिए। पानी परिरहेको थियो, वातावरणमा गहिरो उदासी थियो। हेर्नेहरूलाई लाग्यो कि अर्को असन्तुष्ट बूढो र असफल क्रान्तिकारीको कथा यहीँ समाप्त भयो। तर एंगेल्सले भने, उनको नाम र उनको काम सदियौँसम्म जीवित रहनेछ।
|
मार्क्स आफ्नै युगका सबैभन्दा बढी ‘घृणित’ र निन्दित व्यक्ति थिए ! |
मार्क्सको शरीर माटोमा मिल्यो। तर उनको छाया, त्यो आभा, अब चिहानको कैदबाट मुक्त भइसकेको थियो र सारा संसारमा छाउन तयार थियो। मार्क्सको मृत्यु पछिका दशकहरू मौनताका होइनन्, बरु आँधी आउनुअघिका तयारीका थिए। एंगेल्सले आफ्नो अन्तिम साससम्म त्यो ज्योति जलाइरहे। उनी दास क्यापिटल का पन्नाहरू जोडिरहे, मार्क्सले पूरा गर्न नसकेका अधुरा लेखनहरुलाई पूरा गर्दै गए र संसारभरिका विद्रोहीहरूलाई बाटो देखाइरहे।
लेनिन र सोभियत प्रयोग
शताब्दीको सुरुवातमा इतिहासले यस्तो मोड लियो, जसको कल्पना सायद स्वयं मार्क्सले पनि गरेका थिएनन्। मार्क्सको भविष्यवाणी थियो कि क्रान्ति त्यहाँ हुनेछ जहाँ पुँजीवाद आफ्नो चरम अवस्थामा छ । मार्क्सेली परिकल्पनाअनुसार सामन्तवाद, विकसित पुँजीवाद, विशाल औद्योगिक मजदूर वर्ग, वर्गसचित सर्वाहारा हुँदै समाजवादी क्रान्तिको बाटो अगाडि बढ्छ । अर्थात् मार्क्सका विचारअनुसार मजदूर वर्गसंख्या, संगठन र चेतना बलियो भएका ठाउँमा सर्वाहारा क्रान्ति हुन्छ । यसअनुसार जहाँ कारखानाहरू र संगठित मजदुर रहेका इङ्ग्ल्यान्ड वा जर्मनीमा क्रान्ति हुनुपर्ने हो । तर इतिहासका हिँडाइहरु सधैं सोझा हुँदैनन् । मार्क्सले परिकल्पना गरेअनुरुप मार्क्सवादको बीउ त्यहाँ उम्रिएन जहाँ जमिन उब्जाउ थियो, बरु त्यहाँ उम्रियो जहाँ जमिन बाँझो, पिछडिएको र सामन्ती थियो। त्यो देश थियो– रूस। निरंकुश जारले शासनसत्ता चलाइरहेको रूस। हिउँ, भोक, कमजोर उद्योग–न्यून म मजदूर अनि ८० प्रतिशतभन्द बढी किसानहरु रहेको सामन्ती अवशेषले ग्रस्त देश।
मार्क्सका विचारअनुसार मजदूर वर्गसंख्या, संगठन र चेतना बलियो भएका ठाउँमा सर्वाहारा क्रान्ति हुन्छ । यसअनुसार जहाँ कारखानाहरू र संगठित मजदुर रहेका इङ्ग्ल्यान्ड वा जर्मनीमा क्रान्ति हुनुपर्ने हो । तर इतिहासका हिँडाइहरु सधैं सोझा हुँदैनन् । मार्क्सले परिकल्पना गरेअनुरुप मार्क्सवादको बीउ त्यहाँ उम्रिएन जहाँ जमिन उब्जाउ थियो, बरु त्यहाँ उम्रियो जहाँ जमिन बाँझो, पिछडिएको र सामन्ती थियो। त्यो देश थियो– रूस।
यहाँ कारखाना कम थिए, खेत धेरै। यहाँ औद्योगिक प्रोलेटेरियट होइन, अशिक्षित किसान थिए। किताबी मार्क्सवादका हिसाबले यहाँ क्रान्ति असम्भव थियो। तर यहीं प्रवेश हुन्छ एउटा यस्तो व्यक्तिको, जसले मार्क्सवादलाई एउटा सिद्धान्तबाट विकसित गर्दै क्रान्तिको एउटा शक्तिशाली हतियार बनाइदियो । ती व्यक्ति थिए– भ्लादिमिर लेनिन। लेनिन कुनै पुस्तकालयमा बसेर चिन्तन गर्ने दार्शनिक थिएनन्। उनी कुशल रणनीतिकार थिए, सडकमा लड्ने र अन्यायको प्रतिरोधमा अरुलाई समेत उतार्न सक्ने योद्धा थिए। उनले मार्क्सका विचारहरुलाई पचाए, उनका दर्शनहरुलाई वस्तुस्थितिसँग घोले र आफ्नै आवश्यकताअनुसार विकसित तुल्याए । उनले मार्क्सवादलाई ऐतिहासक रुपमा पुनर्व्याख्या गरे ।
मार्क्स मान्थे कि मजदुरहरूको चेतना बिस्तारै जाग्नेछ र उनीहरूले आफैँ विद्रोह गर्नेछन्। लेनिनले भने, “हिस्ट्री विल नट फर्गिभ अस इफ वी डु नट टेक पावर नाउ। डिले इज फेटल।” अर्थात् हामीसँग यति समय छैन। उनको तर्क थियो: साम्राज्यवादको युगमा विश्व एकीकृत प्रणाली बन्छ र सबैभन्दा कमजोर कडी (weakest link) मानिएकोमा क्रान्ति विस्फोट हुन्छ ।
दमनकारी जार शासन, प्रथम विश्वयुद्धले थलथिलो बनेको तथा अर्थतन्त्र ध्वस्त भएको, जनता भोक, युद्ध र निराशाले ग्रस्त भएको अवस्थाले रुसलाई वैश्विक पुँजीवादी प्रणालीको कमजोर कडी बनायो । पहिलो विश्वयुद्धको दौरानमा रुसमा किसानहरुलाई जबरजस्ती सेनामा भर्ती गरिएको थियो, शहरमा खाद्य संकट पैदा भएको थियो र मजदूरहरुको ज्याला काटिएको अवस्था थियो । त्यसले राज्यप्रतिको वैद्यता पूर्णरुपमा समाप्त भएको थियो । फलत: जनतामा विद्रोहको भावना सल्किरहेको थियो । मार्क्सको परिकल्पनाअनुसार क्रान्ति ‘ऐतिहासिक अपरिहार्यता’ त थियो तर लेनिनले भने जस्तो ‘“क्रान्ति स्वतः हुँदैन, त्यसलाई सङ्गठित गरिनुपर्छ।’ लेनिनका अनुसार मजदुरहरूलाई नेतृत्व दिनका लागि एउटा भ्यानगार्ड पार्टी चाहिन्छ– पेशेवर क्रान्तिकारीहरूको यस्तो समूह, जसले भीडलाई संगठित दिशा दिनेछ। यो मार्क्सवादको सिद्धान्तमा गरिएको पहिलो ठूलो र महान् क्रान्तिकारी विकास थियो ।

मार्क्सको परिकल्पनाअनुसार क्रान्ति ‘ऐतिहासिक अपरिहार्यता’ त थियो तर लेनिनले भने जस्तो ‘“क्रान्ति स्वतः हुँदैन, त्यसलाई सङ्गठित गरिनुपर्छ।’
सन् १९१७ मा, जब पहिलो विश्वयुद्धले रूसको कम्मर भाँचिसकेको थियो, लेनिनले अवसरलाई क्रान्तिको पक्षमा उपयोग गरे । लेनिनले जनतालाई दर्शनशास्त्रका भारीभरकम शब्दावली र उपदेशहरु दिएनन्। उनले तीन जादुई शब्द दिए– शान्ति, जमीन र रोटी (पीस, ल्याण्ड एन्ड ब्रेड) । यी शब्द कुनै पनि भारी किताबभन्दा धेरै शक्तिशाली साबित भए। यसले मजदूर र किसान दुवैलाई एउटै राजनीतिक झण्डामुनि ल्यायो। अक्टोबर १९१७ मा बोल्शेभिकहरूले विन्टर प्यालेसमा धावा बोले। संसारले सास रोकेर हेर्यो। इतिहासमा पहिलोपटक एउटा पूरै मुलुक मार्क्सका विचारमा आधारित सरकार बनाउन जाँदै थियो। रातो झण्डा अब केवल विरोधको प्रतीक रहेन। यो अब सत्ताको प्रतीक बनिसकेको थियो। र यही खरानीबाट जन्म भयो– सोभियत युनियन।
लेनिन स्वयं भन्थे :“हामी किसानको समर्थनबिना एक हप्ता पनि टिक्न सक्दैनौं।” अर्थात्,रुसी क्रान्ति मजदूरले नेतृत्व गर्यो, तर किसानले त्यसलाई जितायो।
मजदूरहरुको राजनीतिक नेतृत्वमा सोभियत क्रान्ति सम्पन्न भयो । त्यसलाई टिकाउने बलियो आधार सामाजिक–सैन्य शक्तिको रुपमा रुसका किसान वर्गले गरे । किसानहरुको बलियो आडभरोसा र समर्थनमा लालसेना मजबूत बन्यो । गाउँमा भूमिका पुनर्वितरण गरिए । गृहयुद्धमा किसानको समर्थनबिना बोल्सेभिकहरू टिक्नै सक्दैनथे।लेनिन स्वयं भन्थे :“हामी किसानको समर्थनबिना एक हप्ता पनि टिक्न सक्दैनौं।” अर्थात्,रुसी क्रान्ति मजदूरले नेतृत्व गर्यो, तर किसानले त्यसलाई जितायो।
साम्यवादी सत्ता: सपना देखि दुःस्वप्नसम्म
यो कुनै मामूली परिवर्तन होइन, बरु मानव इतिहासको सबैभन्दा विशाल र दुस्साहसी सामाजिक प्रयोग थियो। निजी सम्पत्ति रातारात समाप्त गरियो। महल अब अनाथालय बने र कारखानाको स्वामित्व मुठ्ठीभर पुँजीपतिहरु होइन, त्यसका असली हकदार मजदुरहरूका भए।
सुरुवातमा यो एउटा सुनौलो सपनाजस्तै लाग्यो। संसारभरका कलाकार र बुद्धिजीवीहरू मस्कोतर्फ यसरी हेर्थे, मानौँ त्यहाँ मानवताको नयाँ सूर्य उदाएको हो। उनीहरूलाई लाग्यो कि मानवताले अन्ततः लोभको पहाडमाथि उभिएको पुँजीवादी महारोगको उपचार भेट्टाएको छ। तर क्रान्ति गर्नु सजिलो हुन्छ, त्यसलाई बाँच्नु गाह्रो।
लेनिनपछि जुन ढङ्गले सोभियतसत्ता अगाडि बढ्नुपर्थ्यो, त्यसरी बढन सकेन । हिटलरको मानवताविरोधी युद्धको प्रतिरोधमा सोभियतसंघ बलिदानी संघर्षमा होमिन बाध्य बन्दा जुन ढङ्गले मार्क्सवाद–लेनिनवादको अभ्यास र प्रयोग हुनुपर्थ्यो, त्यो हुन सकेन । विज्ञानको रुपमा जसरी सिद्धान्त र विचारलाई निरन्तर माझेर विकसित एवं परिमार्जित गर्दै लानुपर्थ्यो त्यो हुन सकेन । मार्क्स–लेनिनहरुले परिकल्पना गरेविपरीत श्रमजीवीहरुको प्रजातन्त्रको अभ्यास सोभियतसंघमा किन र कसरी लालफिताशाही नोकरशाहीमा परिणत हुँदै गयो ? मुठ्ठीभर पुँजीवादीहरुले गर्ने शासनसत्ता क्रमश: ‘लालझण्डा बोक्ने लालझण्डाविरोधीहरु’को कब्जामा पर्दै गयो । तब मार्क्स–लेनिनले परिकल्पना गरेको आदर्शमय समाजवादी राज्यसत्ता कतै पछाडि छुट्यो र यसको स्थान राज्यको आतङ्कले लियो। मार्क्सले भविष्यवाणी गरेका थिए कि राज्य बिस्तारै विलुप्त हुनेछ, तर सोभियत सङ्घमा राज्य नोकरशाहीतन्त्रमा बदलियो । सबै किसमिका बन्धनहरुबाट मुक्त भएर समतामूलुक समाजको हिस्सा बन्नुपर्ने खटिखाने वर्गहरुलाई नयाँ अदृश्य बन्धनमा बाँधियो– पार्टीप्रतिको वफादारीको बन्धन। खटिखाने वर्गहरुमाथि ‘लालझण्डा बोकेका मुठ्ठीभर लालझण्डाविरोधीहरु’को शासनसत्ता चल्ने अवस्था पैदा भयो ।
मार्क्स–लेनिनहरुले परिकल्पना गरेविपरीत श्रमजीवीहरुको प्रजातन्त्रको अभ्यास सोभियतसंघमा किन र कसरी लालफिताशाही नोकरशाहीमा परिणत हुँदै गयो ? मुठ्ठीभर पुँजीवादीहरुले गर्ने शासनसत्ता क्रमश: ‘लालझण्डा बोक्ने लालझण्डाविरोधीहरु’को कब्जामा पर्दै गयो । तब मार्क्स–लेनिनले परिकल्पना गरेको आदर्शमय समाजवादी राज्यसत्ता कतै पछाडि छुट्यो र यसको स्थान राज्यको आतङ्कले लियो।
इतिहास आज पनि सोध्छ: समतामुलक समाज स्थापनाको सपनाका साथ अगाडि सारिएको सर्वहारा वर्गको तानाशाही किन र कसरी सर्वहारामाथि मुठ्ठीभर नोकरशाही वर्गले शासन चलाउने तानाशाहीमा परिणत हुन सम्भव भयो ? यो त्यो प्रश्न हो, जो आज पनि मार्क्सवादको अनुयायीहरुले खोतल्नै पर्ने जब्बर प्रश्नको रुपमा रहिरहेको छ ।

माओले स्पष्ट रूपमा भने : “चीनको क्रान्तिको वास्तविक आधार किसान हुन्।” मार्क्सले ‘राजनीतिक रुपमा असक्षम वर्ग’ ठानेका किसानहरुलाई नै क्रान्तिको मेरुदण्ड बनाएर माओले जनवादी क्रान्ति सम्पन्न गरे ।
क्रान्तिको दावानल
तर क्रान्तिको यो दावानल रूसमै रोकिएन। दोस्रो विश्वयुद्धपछि मार्क्सवाद एउटा जङ्गलको आगोजस्तै फैलियो। चीनमा माओ त्से तुङले मार्क्सवादलाई थप नयाँ उचाइमा पुर्याए। मार्क्सले परिकल्पना गरेको ‘स्वत: क्रान्तिको सिद्धान्त’ वा लेनिनले सफलीभूत प्रयोग गरेको मजदूर वर्गको नेतृत्वमा शहरिया जनविद्रोहका विपरीत माओले किसानहरुलाई संगठित गरे र ग्रामीण युद्धद्वारा शहर घेर्ने रणनीतिका आधारमा जनवादी क्रान्ति सम्पन्न गरे । ८५–९०% जनता किसान, सानो उद्योग तथा विखण्डित कमजोर मजदूर वर्ग तथा शहरहरू कुओमिन्ताङ (राष्ट्रवादी) र विदेशी शक्ति (मूलत: जापानीहरु)को कडा नियन्त्रणमा रहेको पृष्ठभूमिमा शहरिया जनविद्रोहबाट क्रान्ति सम्पन्न गर्न सम्भव थिएन । त्यसैले माओले स्पष्ट रूपमा भने :
“चीनको क्रान्तिको वास्तविक आधार किसान हुन्।” मार्क्सले ‘राजनीतिक रुपमा असक्षम वर्ग’ ठानेका किसानहरुलाई नै क्रान्तिको मेरुदण्ड बनाएर माओले जनवादी क्रान्ति सम्पन्न गरे ।
माओको नारा थियो–“पोलिटिकल पावर ग्रोज आउट अफ द बैरल अफ अ गन।” अर्थात् सत्ता बन्दुकको नलीबाट निस्कन्छ। यो मार्क्सका क्रान्तिका सिद्धान्तहरूभन्दा फरक तर त्यसैमा आधारित भएर विकसित गरिएको सिद्धान्त थियो जसको प्रभाव निक्कै चर्को थियो। सन् १९४९ सम्म आइपुग्दा चीन पनि रातो भइसकेको थियो। त्यसपछि क्युबामा फिदेल कास्त्रो, भियतनाममा हो ची मिन्ह। अफ्रिकाका जङ्गलदेखि दक्षिण अमेरिकाका पहाडसम्म, हरेक विद्रोहीको झोलामा मार्क्स वा माओको रातो किताब हुन्थ्यो। संसार दुई खेमामा बाँडियो। यो युद्ध सिमानाको होइन, विचारहरूको थियो। एकातिर स्वतन्त्रताको वाचा थियो, भलै त्यो धनीहरूको स्वतन्त्रता होस्, र अर्कोतिर बराबरीको वाचा थियो, भलै त्यो गरिबीको बराबरी होस्।
मार्क्स अब मानिस मात्र रहेनन्। उनी महामानव बनिसकेका थिए। संसारको आधा भागका चोकहरूमा उनका मूर्तिहरू उभिएका थिए। जस मानिसले जीवनभर मूर्तिपूजा र आइडियोलोजीको विरोध गरे, उही मानिसका मूर्तिहरू पूजा हुन थाले। जसले सिकाएका थिए–सबै कुरामा शङ्का गर, डाउट एभ्रिथिङ–उनका शब्दहरू ढुङ्गामा कोरिएका रेखाजस्तै मानिन थाले।
समाजवादको प्रयोग मार्क्स–लेनिन वा माओले परिकल्पना गरेअनुसारको सोझो बाटोमा अगाडि बढेन । विस्तारै समाजवाद पार्टी व्युरोक्र्याटहरुको अपहरुणमा पर्दै गर्यो । जनताको मुक्ति र समतामुलुक समाजको परिकल्पना गर्ने समाजवादी प्रणाली विस्तारै नयाँ ढङ्गको पुँजीवादमा रुपान्तरित हुँदै गए ।
समाजवादको प्रयोग मार्क्स–लेनिन वा माओले परिकल्पना गरेअनुसारको सोझो बाटोमा अगाडि बढेन । विस्तारै समाजवाद पार्टी व्युरोक्र्याटहरुको अपहरुणमा पर्दै गर्यो । जनताको मुक्ति र समतामुलुक समाजको परिकल्पना गर्ने समाजवादी प्रणाली विस्तारै नयाँ ढङ्गको पुँजीवादमा रुपान्तरित हुँदै गए । फरक यति रह्यो: समाजवादी शासन व्यवस्थामा मालिक फेरिए, तर प्रणाली फेरिन सकेन । अब मालिक पुँजीपति होइन, पार्टी ब्युरोक्रेट थियो।, जो मुक्तिको विज्ञान मार्क्सवाद–लेनिनवाद–माओविचारधाराको विद्रूपीकरणले अब ‘समाजवाद’ जनताको मुक्तिको हैन, दमनको रगताम्य हतियार बन्यो। सोभियतसंघको विघटन तथा विश्वभरिबाटै समाजवादी सत्ताहरुको पछि हटाइ–विलय त्यसैको पराकाष्ठा थियो ।
डरको विरासत र पुँजीवादमा सुधार
तर तस्वीरको अर्को पक्ष पनि छ। साम्यवादको डरले पुँजीवादलाई सुध्रिन बाध्य बनायो। आठ घण्टा काम, न्यूनतम ज्याला र वेलफेयर स्टेट–यी सबै कतै न कतै रातो झण्डाको डरकै कारण प्राप्त भएका थिए। मार्क्स–एङ्गेल्सको महान विचारहरुको जगमा विकसित मार्क्सवाद–लेनिनवाद–माओविचारधाराले संसारलाई सिकाए कि गरिबी भाग्यको खेल होइन, यो नियोजित रुपमा बहुसंख्यकमाथि थोपरिएको एउटा चुसाहा प्रणालीको उपज हो।
इतिहास सिधा रेखामा चल्दैन। सन् २००८ मा जब वाल स्ट्रिट ढल्यो र संसारका सबैभन्दा ठूला बैंकहरू तासका पत्ताजस्तै गर्ल्यामगुर्लुम्मै धूलीसात भए, तब मानिसहरुलाई अचानक धूलो जमेको त्यो पुरानो किताब ‘दास क्यापिटल’ फेरि सम्झना आयो।
२००८ र मार्क्सको पुनरागमन
१९९० को दशकमा जब सोभियतसंघको विघटन भयो तथा जब बर्लिनको पर्खाल ढल्यो, संसारले घोषणा गर्यो कि इतिहासको अन्त्य भयो। धेरैले मार्क्सलाई ‘औचित्य सिकएको विचारक’ ठाने, उनका किताबहरू रद्दीमा फ्याँकिए। चारैतिर ग्लोबलाइजेसनको उत्सव मनाइयो । त्यो देख्दा यस्तो लाग्थ्यो– मानौं अब समृद्धि नै समृद्धि मात्रै छाउनेछ । तर इतिहास सिधा रेखामा चल्दैन। सन् २००८ मा जब वाल स्ट्रिट ढल्यो र संसारका सबैभन्दा ठूला बैंकहरू तासका पत्ताजस्तै गर्ल्यामगुर्लुम्मै धूलीसात भए, तब मानिसहरुलाई अचानक धूलो जमेको त्यो पुरानो किताब ‘दास क्यापिटल’ फेरि सम्झना आयो। मानिसहरूले सोच्न र सम्झन बाध्य भए: त्यो बूढो जर्मन दार्शनिकले पहिल्यै ‘पुँजीवादले आफ्नै सफलताबाट संकट जन्माउनेछ’ भनी चेतावनी दिएका थिए ! २००८ ले प्रमाणित गरिदियो– मार्क्सका चेतावनीहरु कपोलकल्पित थिएनन्, उनका विचारहरु मरेका थिएनन्, त्यो त भित्रभित्रै भुसको आगोझैं सल्किइरहेको थियो ।
डिजिटल युग, एल्गोरिदम र नयाँ सर्वहारा
अब एकछिन आउनुहोस्, आजको संसारलाई मार्क्सको चश्माबाट हेरौँ। आज वाष्प इन्जिन होइन, सिलिकन चिप्स छन्, तर के आधारभूत संरचना बद्लिएको छ? आज संसारका केवल आठ दश जना व्यक्तिहरुसँग संसारका आधा जनसंख्या बराबरको सम्पत्ति थुप्रिएको छ । के यो असमानता १९औँ शताब्दीभन्दा पनि भयानक छैन?
हामी एकापसमा जोडिएका छौँ, तर इतिहासमै सबैभन्दा एक्ला छौँ। हाम्रो डाटा नै अबको नयाँ इन्धन हो। मार्क्सले भनेका थिए, पुँजीवादले सबै कुरा बेच्नेछ। आज हाम्रो डाटा, हाम्रो ध्यान र हाम्रो गोपनीयता पनि बेचिँदैछ।
आजको मजदुर सर्वहारा होइन, प्रिकेरिएट हो। त्यो उबर ट्याक्सी चालक, त्यो अमेजन डेलिभरी ब्वाय–उसको मालिक कुनै सेठ होइन, एउटा एल्गोरिदम हो। एउटा एपले उसलाई काम दिन्छ, सजाय दिन्छ र जागिरबाट निकालिदिन्छ, कुनै पनि मानिससँग कुरा नगरी। हामी एकापसमा जोडिएका छौँ, तर इतिहासमै सबैभन्दा एक्ला छौँ। हाम्रो डाटा नै अबको नयाँ इन्धन हो। मार्क्सले भनेका थिए, पुँजीवादले सबै कुरा बेच्नेछ। आज हाम्रो डाटा, हाम्रो ध्यान र हाम्रो गोपनीयता पनि बेचिँदैछ।
मेसिन, रोबोट र पर्यावरणीय चेतावनी
मार्क्सले उहिल्यै एक दिन मेसिनहरूले मानिसको पसिनाको स्थान लिनेछन् भनी भविष्यवाणी गरेका थिए। यो मुक्तिको सपना हुन सक्थ्यो, तर आज यो एउटा डरलाग्दो प्रश्न बनेको छ। रोबोटहरूले सबै काम गर्ने हो भने, नाफा रोबोटका मालिकको हुनेछ, अनि मजदुरले के खाने? प्रविधि बढिरहेको छ, तर सङ्घर्ष घटिरहेको छैन। र सबैभन्दा ठूलो चेतावनी– पर्यावरणको छ। मार्क्सले सोधेका थिए, सीमित ग्रहमा अनन्त वृद्धि कसरी सम्भव छ? आज जलिरहेका वन र पग्लिरहेका हिमनदीहरूले चिच्याएर भनिरहेका छन्– जब अन्तिम रुख काटिनेछ, र प्रकृतिको ताण्डव चरममा पुग्नेछ, के हामीलाई त्यसबेला पैसाले बचाउनेछ ?
लन्डनको हाईगेट चिहानस्थलमा उनको चिहानमा एउटा ढुङ्गा छ। त्यसमा सुनौलो अक्षरमा लेखिएको छ–“दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले मात्र व्याख्या गरेका छन्। तर मूल प्रश्न यसलाई बदल्ने कसरी भन्ने हो?” मार्क्सले आफ्नो विचार राखिदिएका थिए, तर यो प्रश्न आज पनि हावामा तैरिरहेको छ।
अन्तिम प्रश्न: महामानव कि भविष्य देखाइदिने ऐना?
_-_grave_wPoQNrUuFE_2v9ybo1rtys7ddegvvfhgcxwvoxq9lgl1hxamvrgeptm5xzdyorpnr6vnfqe.jpg)
त्यसो भए, कार्ल मार्क्स को थिए– महामानव कि शैतान? यो हेर्ने दृष्टिकोणमा भर पर्छ। वास्तवमा उनी एक दुरदृष्टि भएका वैज्ञानिक, चिन्तक र साधन थिए जसले हामीलाई संसारलाई हेर्ने एउटा व्यापक दृष्टिकोण दिएका छन् । उनले हामीलाई त्यो शब्दकोश दिए, जसबाट हामी आफ्नै संसार बुझ्न सक्छौँ। लन्डनको हाईगेट चिहानस्थलमा उनको चिहानमा एउटा ढुङ्गा छ। त्यसमा सुनौलो अक्षरमा लेखिएको छ–“दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले मात्र व्याख्या गरेका छन्। तर मूल प्रश्न यसलाई बदल्ने कसरी भन्ने हो?” मार्क्सले आफ्नो विचार राखिदिएका थिए, तर यो प्रश्न आज पनि हावामा तैरिरहेको छ। यो फैसला इतिहासले गर्ने छैन। यो फैसला हामीले गर्नुपर्छ, किनकि मार्क्स केवल एक व्यक्ति थिएनन्, उनी एक ऐना थिए। त्यो ऐनामा हामी आफ्नो अनुहार र आफ्नो डर देख्छौँ। साया अझै पनि मडारिरहेको छ। प्रश्न अझै पनि जीवित छ।
सामग्रीस्रोत: youtube channel of Advait Ankit
अनुवाद, सम्पादन, पुनर्लेखन र परिमार्जन: हर्कबहादुर प्रधान
प्रतिक्रिया