युरोपको पतनतर्फको यात्रा

युरोपेली संघ (ईयू) लोकतन्त्र कसरी असफल हुन सक्छ र अन्ततः आफ्नै विपरीत रूप लिन सक्छ भन्ने कुराको एक स्पष्ट उदाहरण हो। तर यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ– के यो समस्या स्वयं ईयू सँग मात्र सम्बन्धित हो? या  यो नै लोकतन्त्रको स्वभाविक विशेषता हो?

युरोपेली संघ (ईयू) लोकतन्त्र कसरी असफल हुन सक्छ र आफ्नै विपरीत स्वरूपमा कसरी परिणत हुन सक्छ भन्ने कुराको एक स्पष्ट उदाहरण हो। तर यो समस्या युरोपेली संघ मात्रकै हो कि लोकतन्त्रको स्वाभाविक विशेषता नै यही हो ? भन्ने कुरा अझै हेर्न गर्न बाँकी छ।

उदारवाद मूलतः अन्तर्राष्ट्रिय प्रकृतिको हुन्छ। त्यसैले ईयू जस्तो लोकतन्त्र उदारवादको प्रयोगबाट व्युत्पन्न तार्किक परिणाम हो। यो कुनै आकस्मिक विचलन होइन। बरु अपरिहार्य र स्वभाविक  निष्कर्ष जस्तो देखिन्छ। प्लेटोले विश्वास गर्थे कि कुनै पनि लोकतन्त्र अन्ततः निरंकुशतामा रूपान्तरण हुन्छ। निरंकुशताले अन्ततः पतनतर्फ लैजान्छ।

ईयू सभ्यता विरोधी छ। यो मानवताविरोधी छ। ईयूका नेताहरू भगवानसँग प्रार्थना गरेजस्तै ट्रम्पको अन्त्यको प्रतीक्षा गरिरहेका छन्। ट्रम्पपछि वाशिङ्टनको साँचो एन्टिक्राइस्ट (डेमोक्र्याट) सरकार हुने अपेक्षा उनीहरूको छ। त्यसपछि उनीहरुको आत्म-विनाशको अन्तिम रहस्य सुरु हुनेछ। यही कारण उनीहरुको सन् २०२८ मा रुससँग युद्धको योजना बनाइएको छ।

राजनीतिक शृंखलाका दुवै चरम सीमामा लोकतन्त्रको समाप्ति (cancelling) सार्वभौम छ। जनताले उदार लोकतान्त्रिक नाटकको बहिष्कार र काथेओनको शासन आरम्भको माग गरिरहेका छन्। उदारवादीहरूले प्रत्यक्ष अत्याचारी तानाशाही शासन स्थापना गरिरहेका छन्। त्यसैले लोकतन्त्र मूलतः एउटा झुठ र भ्रम मात्र हो।

अनुवाद: मोहनप्रसाद ज्ञवाली