विश्व क्रान्तिका महान नेता माओ त्से तुङ
उग्र वाम र दक्षिणपन्थी नेतृत्वसँग संघर्षको क्रममा माओले ठोस स्थितिको ठोस विश्लेषण नगरीकनै क्रान्ति गर्न हिंडेका नेताहरू देखेर माओले आफैलाई पटक पटक सोध्नुभयो - 'शत्रु को हो, मित्र को हो भन्ने - थाहा नपाएका नेताहरू क्रान्तिकारी कम्युनिष्ट हुनसक्छन् र ?'

पूँजीवादको विश्वविजय र माओको महत्ता
एक्काइसौं शताब्दीको संघारमा टेकेर चारैतिर हेर्दा स्पष्ट देखिन्छ - आज विश्वव्यापी रूपमा मानवता र बर्बरताबीच संघर्ष चर्किरहेको छ । मानवताका पक्षधर समाजवादीहरू केही समयका लागि पराजित भएका छन् भने बर्बरताका अनुयायी पूँजीवादी र साम्राज्यवादीहरू उन्मत्त भई विजयोल्लास मनाइरहेका छन् ।
इतिहासको पाना पल्टाएर हेर्दा छर्लङ्ग देखिन्छ– उत्पीडित र उत्पीडक वर्गको संघर्षको अटुट सिलसिलाको रूपमा रहेको मानवताको विकास यात्रामा कहिले उत्पीडक वर्गको जीत भएको छ भने कहिले उत्पीडित वर्गको । हार र जीतको यही श्रृंखलामा बीसौं शताब्दीमा उत्पीडितहरूको दुईवटा ऐतिहासिक र महानतम् क्रान्तिहरूले मानवताको नौलो स्वरूप र भविष्य कुँद्ने काममा निर्णायक भूमिका खेलेका थिए । ती हुन् सन् १९१७ को सोभियत समाजवादी क्रान्ति र सन् १९४९ को चिनियाँ नयाँ जनवादी क्रान्ति ।
समाजवादीहरूको नेतृत्वमा सन् १९१७ देखि १९७६ सम्म चलेको उत्पीडितहरूको यी क्रान्तिहरू बीसौं शताब्दीको उत्तरार्द्ध पुग्दा नपुग्दै पुनः पराजित भए, उन्नाइसौं शताब्दीको पेरिस कम्यूनजस्तै । यसपटक उत्पीडितहरूको मुक्तिका लागि लड्नेको हार पूँजीवादी साम्राज्यवादीहरूको प्रत्यक्ष सैनिक आक्रमणका कारणले भयो । यसपटक सोभियत र चिनियाँ कम्युनिष्ट पार्टी तथा त्यसका सरकारमा रहेका संशोधनवादीहरूको धूर्ततापूर्ण विश्वासघातका कारणले हार भयो र विना रक्तपात नैं अन्ततः पूँजीवादको पुनर्स्थापना भयो । 'समाजवादी मुकुण्डो' लगाएका संशोधनवादीहरूले पूँजीवादी - साम्राज्यवादी शक्तिहरूसँग साँठगाँठ गरेर रूस, पूर्वी यूरोपेली राष्ट्रहरू र चीनमा नांगो रूपमा विस्तारै पूँजीवादको पुनर्स्थापना गरेको हुनाले विश्व कम्युनिष्ट आन्दोलनले सबैभन्दा कठोर धक्का खानुपरेको छ । त्यसैले एक्काइसौं शताब्दीको संघारमा उभिएको यो कालखण्ड भनेको विश्वभरिका धेरै मात्रामा समाजवादी उत्पीडितहरूको क्रान्तिले पराजयको सामना गर्नुपरेको कारणले उत्पीडित वर्गमा चारैतिर हताशा, निराशा र भ्रम छाएको बेला हो भने उत्पीडकवर्गका पूँजीवादी साम्राज्यवादीहरूमा हर्षोल्लास छाएको समय हो ।
उत्पीडित वर्गका लागि पराजय विपत्ति र प्रतिकूलताको यो समयमा धेरैजसो उत्पीडितहरूको मनमा एउटा ठूलो सवाल उठ्न सक्छ । त्यो सवाल हो - चिनियाँ क्रान्तिका शिल्पी, विश्वका उत्पीडित जनहरूका महानतम् नेता तथा शिक्षक एवं मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिनपछिका प्राधिकारका रूपमा स्थापित क. माओ त्से तुङ यस्तो विपत्तिको समयमा के भन्नुहुन्थ्यो होला ?
सोभियत क्रान्तिको विफलता र आफ्नै कम्युनिष्ट पार्टीका शीर्षस्थ नेताहरूसमेत पूँजीवादी पथमा हिंड्न थालेको देख्नुभएको क. माओ यस्तो सन्दर्भमा बारम्बार भन्नहुन्थ्यो “सामन्तवादमाथि करीब करीब सम्पूर्ण विजय हासिल गर्नका लागि पूँजीवादलाई सयौं वर्षको समय लागेको थियो र त्यसबीच उसले कैयौंपटक पराजय र विपत्तिको सामना गर्नुपरेको थियो । इतिहास यस्तो छ भने, सर्वहारा क्रान्तिले लगातार विजय हासिल गरिरहनुको सट्टा विभिन्न आरोह-अवरोहहरू, पराजय विपत्तिहरू तथा पूँजीवाद पुनस्थापनाको कालखण्डबाट गुज्रनुपर्यो भनेर हताश, निराश र दिग्भ्रमित हुने कुरै कहाँबाट आउँछ
त ?"
यहाँ सगर्व उल्लेख गर्नुपर्ने पक्ष के हो भने, पूँजीवादले आफ्नो विश्वविजयको क्रममा पुराना समाजवादी राष्ट्रहरूमा समेत आफ्नो बर्बरताको झण्डा गाडिसकेको यो स्थितिमा विश्वभरिका उत्पीडितहरूको ध्यान माओका क्रान्तिकारी चिन्तन, कर्म र आचरणमाथि केन्द्रित हुनथालेको छ । पूँजीवादका कमजोर क्षेत्रहरूमा अंकुरित भइरहेका क्रान्तिहरूको निम्ति आशाको किरण हुनुभएका माओले आफ्नो चिन्तन, कर्म र आचरणबाट विश्वका उत्पीडितहरूको जीवन र चिन्तनमाथि जुन अमिट प्रभाव पार्नुभएको छ, त्यसलाई पूँजीवादी प्रतिक्रान्ति र आक्रमणहरूले अहिलेसम्म पनि धूलोमा मिलाउन सकिरहेका छैनन् । त्यसमाथि समाजवादी क्रान्तिको पराजयको खतरा र पूँजीवादी पुनर्स्थापनाको संभावनाबारे माओले गर्नुभएको सटिक भविष्यवाणी अहिले आएर सही सावित भएको सन्दर्भले माओको चिन्तन प्रक्रियाप्रति क्रान्तिकारीहरूको ध्यानाकर्षण गरिरहेको छ । पूँजीवादको पुनर्स्थापनाको टड्कारो संभावनाका विरूद्ध माओले अगाडि बढाउनुभएको महान सर्वहारावादी सांस्कृतिक क्रान्तिबारे अहिले फेरि एकपटक क्रान्तिकारीहरूले गहिरिएर चिन्तन- मनन गर्न थालेका छन् । यस हिसाबले एक्काइसौं शताब्दीको संघारमा चलिरहेको विश्वव्यापी वर्गसंघर्ष र क्रान्तिहरूका लागि माओ झन् बेसी सान्दर्भिक र महत्वपूर्ण हुनुभएको छ । यस अर्थमा उहाँजस्तो अन्तर्राष्ट्रिय स्तरको महान कम्युनिष्ट, महान क्रान्तिकारी, महान चिन्तक र अद्वितीय शिक्षकको जीवनसंघर्षको इतिहास विश्वका सबै उत्पीडितहरू र कान्तिकारीहरूका लागि उत्प्रेरक जीवन्त ग्रन्थ हुनथालेको छ ।
उदाहरणीय क्रान्तिकारी जीवन
मानवताका पक्षधर उत्पीडितहरूको क्रान्तिका निम्ति लागिरहेकाहरूका लागि कमरेड माओको जीवनसंघर्षको इतिहास साँच्चै नै प्रेरणादायी छ किनभने उहाँले उदाहरणीय क्रान्तिकारी जीवन बाँच्नुभएको थियो । मृत्युलाई चुनौतीदिने हिम्मत र तेजस्विताद्वारा उहाँले चीनको र सिंगो विश्वकै इतिहासलाई नयाँ मोड दिने खालको नयाँ इतिहासको निर्माण गर्ने कार्यको नेतृत्व गर्नुभएको थियो ।
माओ र चीनको कम्युनिष्ट पार्टी, माओ र चीनको क्रान्ति, माओ र चीन तथा विश्वको इतिहासलाई अलग्याएर हेर्न सक्ने स्थिति नै छैन । त्यसैले चीनको इतिहास लेख्ने कतिपय इतिहासकारहरू आफैँलाई प्रश्न गर्छन्- माओविनाको चिनियाँ क्रान्ति र चिनियाँ क्रान्तिविनाको माओको जीवन संभव हुन्थ्यो होला त ?
विख्यात पत्रकार एड्गर स्नोका अनुसार चीनको तीनहजार वर्षको लिखित इतिहासमा माओका योगदानहरू अद्वितीय र अतुलनीय छन् । दुर्गम गाउँको किसान परिवारमा जन्मिनुभएका माओले किसानहरूको बलमा क्रान्तिलाई सफलतापूर्वक अगाडि बढाउनुभयो । तर सत्ता प्राप्तिका लागि किसानहरूको टाउकोमा टेक्ने परम्परागत कामचाहिँ उहाँले कहिले पनि गर्नुभएन । उहाँले नयाँ जनवादी क्रान्ति, समाजवादी रूपान्तरण र सांस्कृतिक क्रान्तिको नेतृत्व गरेर इतिहास रचना गर्नुभयो र विश्वका एक चौथाई मानवताको मुक्तिको आन्दोलनलाई नयाँ दिशा एवं नयाँ उचाइ प्रदान गर्नु भयो । माओ र चीनको कम्युनिष्ट पार्टी, माओ र चीनको क्रान्ति, माओ र चीन तथा विश्वको इतिहासलाई अलग्याएर हेर्न सक्ने स्थिति नै छैन । त्यसैले चीनको इतिहास लेख्ने कतिपय इतिहासकारहरू आफैँलाई प्रश्न गर्छन्- माओविनाको चिनियाँ क्रान्ति र चिनियाँ क्रान्तिविनाको माओको जीवन संभव हुन्थ्यो होला त ?
वास्तविकता के हो भने चिनियाँ क्रान्तिले आफ्नो अग्रिम पंक्तिका नेताको रूपमा माओलाई अगाडि ल्याएको थियो र माओले चिनियाँ समाजमा विद्यमान अन्तरविरोधले जन्माएको चिनियाँ क्रान्तिलाई हुर्काउने, शिक्षित-दीक्षित गर्ने र नयाँ रूपाकृति दिने काम गर्नुभएको थियो । जेहोस्, चिनियाँ क्रान्तिलाई नयाँ आकृतिमा ढाल्ने माओको चिन्तन र कुशल शिल्पलाई रेखांकित गर्दै अगाडि बढ्ने हो भने विश्वका क्रान्तिकारीहरूले धेरै नै ठोस शिक्षा प्राप्त गर्ने संभावना प्रबल छ ।'
आलोचनात्मक विवेकयुक्त विद्रोह
माओको जन्म २६ डिसेम्बर १८९३ मा हुनान प्रान्तको शाओशान चुङ गाउँमा भएको थियो । गरीब किसानका छोराको रूपमा जन्मिनुभएका माओको बल्यकाल गरीवी, भोकमरी र किसान विद्रोहको वातावरणमा बितेको थियो । ताइपिङ विद्रोह र डा. सन यातसेनको क्रान्तिको बीचको अवधिमा हुर्कनुभएका माओ सानैदेखि न्यायप्रेमी र विद्रोही स्वभावका हुनुहुन्थ्यो । कन्फ्यूशियसको धार्मिक संस्कारले ग्रस्त चिनियाँ समाजमा नयाँ मूल्य- मान्यताका लागि लागिपर्ने जोसुकैले पनि पारिवारिक विद्रोह गर्नु भनेको पहिलो र अनिवार्य पाइला थियो । उहाँले पनि शुरूमा आफ्नी आमाप्रतिको बाबुको हेपाहा व्यवहार, आफूप्रतिको निरंकुश तौरतरिकाविरूद्ध विद्रोह गर्नुभएको थियो । आफ्ना पिताविरूद्ध शुरू भएको विद्रोह झ्याँगिदै जाने क्रममा उहाँले हरेक खालका अन्याय, उत्पीडन र शोषणविरुद्ध विद्रोह गर्नुभयो । कहिले एक्लै त कहिले सामूहिक रूपमा ।
आफूभित्र हुर्केको आलोचनात्मक विवेकयुक्त विद्रोहलाई माओले युवावस्थादेखि नै जन-जनको मन-मस्तिष्कमा विस्तार गर्नुभयो, जुन पछि गएर क्रान्तिको रूपमा प्रज्वलित भयो ।
शुरूमा सामन्त, पूँजीपति र साम्राज्यवादीहरू विरूद्ध विद्रोह गर्नुभएका माओले पछि गएर कोमिन्टर्न र सोभियत संघर्षको हस्तक्षेप र दबावविरूद्ध, सोभियत संघका नेताहरूको संशोयधनवादविरुद्ध र अन्ततः आफ्नै पार्टीका दक्षिणपन्थी, उग्र वामपन्थी र पूँजीवादी बाटोमा हिंड्ने उच्चस्तरका संशोधनवादी नेताहरूविरुद्ध समेत विद्रोहको झण्डा उचाल्नुभयो ।
आफूभित्र हुर्केको आलोचनात्मक विवेकयुक्त विद्रोहलाई उहाँले युवावस्थादेखि नै जन-जनको मन-मस्तिष्कमा विस्तार गर्नुभयो, जुन पछि गएर क्रान्तिको रूपमा प्रज्वलित भयो । सत्य प्राप्तिका लागि एक्लै वा सामूहिक रूपमा विद्रोह गर्ने आँट र साहस नभैकन कोही पनि क्रान्तिकारी हुनसक्दैन भन्ने कुरा माओको क्रान्तिकारी जीवनमा छर्लङ्गै देख्न सकिन्छ ।
जीवन र जगतको गहन अध्ययन
माओको विद्रोही स्वभावसँग अध्ययनप्रतिको उहाँको तीव्र आकांक्षाको नजिकको साइनो छ । उहाँ सानैदेखि नै अध्ययन गर्न अति नै रूचाउनु हुन्थ्यो । रोमान्स, साहसिक यात्रा र विद्रोहसँग सम्बन्धित किताव भयो भने उहाँ किताब छाड्दै छाड्नु हुन्नथ्यो ।
स्कूलमा पाठ्य पुस्तकभित्र लुकाएर पढ्ने, घरमा कम्बलभित्र लुकाएर पढ्ने र खेतबारीमा काम सकिएपछि रूखमुनी छहारीमा बसेर पढेने बानी उहाँमा थियो । निरंकुश सामन्त र तानाशाह राजाहरूविरुद्ध भएका साहसिक विद्रोहका कथाहरू
पढदै हुर्कनुभएका माओमा अस्सी वर्ष नाघीसक्दा पनि पढाइप्रतिको लालसा पटक्कै घटेको थिएन ।
स्कूल र कलेजको औपचारिक अध्ययनको क्रममा उहाँले देशभित्र र बाहिरका पुराना र नयाँ साहित्य, दर्शन, भूगोल र राजनीतिको राम्रो अध्ययन गर्नुभएको थियो । ६-६ महिनासम्म हुनान प्रोभिन्सियल पुस्तकालयमा विहानदेखि बेलुका अबेरसम्म धाउने माओले औपचारिक शिक्षा र किताबी अध्ययनलाई मात्रै कहिले पनि महत्व दिनुभएन ।
जनतालाई गुरू थापी उनीहरूका संघर्षबाट सिक्न रूचाउनु हुने माओले जनताबाट सिक्ने र जनतालाई सिकाउने प्रक्रियालाई जीवनभर जारी राख्नुभयो ।
च्याङ्शा नर्मल कलेजमा ५ वर्षको औपचारिक अध्ययनपछि शिक्षामा स्नातक हुनुभएका माओले आफ्नो अज्ञानता र आफ्नो गहन अध्ययनको कमीलाई मध्यनजर गरी स्वअध्ययन र जीवन जगतको अनुसन्धानलाई तेज पार्नुभएको थियो । जनतालाई गुरू थापी उनीहरूका संघर्षबाट सिक्न रूचाउनु हुने माओले जनताबाट सिक्ने र जनतालाई सिकाउने प्रक्रियालाई जीवनभर जारी राख्नुभयो । जीवन र जगतको प्रत्यक्ष अध्ययन-अनुसन्धानलाई प्राथमिकता दिनुहुने माओले गाउँ गाउँ डुलेर, किसानहरूसँग संवाद गरेर आफ्नो समग्र अध्ययन र ज्ञानको भण्डारलाई समृद्ध बनाउनुभएको थियो ।
साँच्चै भन्ने हो भने माओ चिनियाँ क्रान्तिको कुशल शिल्पी बन्न सक्नुको रहस्यको पछाडि केवल उहाँको प्रतिभाशाली राजनैतिक कुशाग्रता, सुझबुझ र नेतृत्वकारी गुणमात्रै लुकिरहेको देखिँदैन । यस रहस्यको पछाडि चीनको बारेमा त्यहाँको इतिहास, भूगोल र समाजको बारेमा, जनताको बारेमा, उनीहरूको मानिसक गठनको बारेमा उहाँले प्राप्त गर्नुभएको गहिरो अन्तदृष्टिले सर्वाधिक भूमिका खेलेको देखिन्छ । यसको लागि उहाँले वर्षौं वर्षको जीवनसंघर्ष र चिन्तनको क्रममा मार्क्सवादी- लेनिनवादी दर्शन, दृष्टिकोण र आम सत्यहरूमाथि विस्तृत र गहन पकड़ हासिल गर्नुभएको थियो ।
द्वन्दात्मक भौतिकवादी दृष्टिकोण किन ?
चिनियाँ कम्युनिष्ट आन्दोलनलाई केस्रा केस्रा केलाएर हेर्दा स्पष्ट देखिन्छ - चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) का संस्थापक नेताहरूले कम्युनिष्ट पार्टी स्थापना गर्नेजस्तो उच्चस्तरको ऐतिहासिक कार्य गर्ने क्रममा अति आवश्यक न्यूनतम गृहकार्य भने गरेका थिएनन् । उनीहरूले चिकपाको स्थापनापछिको धेरै अवधिसम्म पनि चीनको ठोस स्थितिको ठोस विश्लेषण गर्ने, त्यहाँको बस्तुगत स्थितिभित्र चलिरहेको क्रान्तिको प्रक्रियालाई सही ढंगले ठम्याउने, क्रान्तिका शत्रु र मित्र छुट्याउने काम गरिसकेका थिएनन् ।
चिनियाँ कम्युनिष्ट आन्दोलनको इतिहास पल्टाउँदा स्पष्ट देखिन्छ धेरैजसो निम्न पूँजीपति वर्गबाट आएका संस्थापक नेताहरूले द्वन्दात्मक भौतिकवादमाथि बलियो पकड जमाएर दृष्टिकोणको समस्या हल गर्ने तथा निम्न पूँजीपति वर्गीय संस्कृतिलाई छाडेर सर्वहारावर्गीय संस्कृति अँगाल्ने काम न्यूनतम रूपमा पनि गरिसकेकाथिएनन् ।
यस हिसावले चीनको वर्ग विश्लेषण गर्ने, मार्क्सवादी-लेनिनवादी दृष्टिकोणले सुसज्जित हुने र सर्वहारावर्गीय संस्कृतिमा आफूलाई ढाल्ने प्रक्रियामा त्यहाँ निकै समस्या देखापरेको थियो, जुन समस्या अहिलेसम्म पनि हल नभएको कारणले पूँजीवादी पुनर्स्थापना संभव हुँदै गएको हो ।
माओले सन् १९२१ देखि मृत्यु पर्यन्त चिकपाका नेता, कार्यकर्तादेखि लिएर जनताबीच नराम्ररी फैलिएको विचार अस्पष्टता, दृष्टिकोण र सस्कृतिको समस्यासँग जुध्नुभयो ।
यही वैचारिक सांस्कृतिक समस्या देखेर चिकपाका एक संस्थापक नेता माओले सन् १९२१ देखि मृत्यु पर्यन्त चिकपाका नेता, कार्यकर्तादेखि लिएर जनताबीच नराम्ररी फैलिएको विचार अस्पष्टता, दृष्टिकोण र सस्कृतिको समस्यासँग जुध्नुभयो । उहाँले जीवनसंघर्षकै क्रममा मार्क्सवाद- लेनिनवादको सारतत्वमाथि बलियो पकड जमाउन द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको गहिरो अध्ययन गर्न थाल्नुभयो र त्यसमाथिको चिन्तन एवं कर्म पनि एकैसाथ गर्न थाल्नुभयो । उहाँले वास्तविक जीवन संघर्षमा चिन्तनलाई कर्मसँग र कर्मलाई चिन्तनसँग कहिले पनि अलग्याउने काम गर्नुभएन ।
वैचारिक सास्कृतिक समस्याहरूसँग जुध्ने र गहन अध्ययन गर्ने क्रममा उहाँले थाहा पाउनुभयो मार्क्सवादी- लेनिनवादी चिन्तन र दृष्टिकोणबाट देश विशेषको ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु हरेक देशको क्रान्तिकारी आन्दोलनको सुनिश्चित विजयको लागि सर्वोच्च महत्वको कार्य हो । यही कारणले लेनिनले 'मार्क्सवादको प्राण भनेकै ठोस परिस्थितिको ठोस विश्लेषण हो' भन्नुभएको हो ।
ठोस परिस्थितिको ठोस विश्लेषण गर्दा

छन् तु श्यू . https://dingyue.ws.126.net/
'विना अध्ययन- अनुसन्धान कसैलाई पनि बोल्ने अधिकार छैन' भन्नुहुने माओले चिकपाका संस्थापक महासचिव तथा मार्क्सवादका विद्वान मानिने छन् तु श्यूको दक्षिणपन्थी अवसरवादविरूद्ध संघर्ष गर्ने क्रममा चीनको बस्तुस्थितिको गहन अध्ययन- अनुसन्धानको क्रम थाल्नुभयो । द्वन्द्वात्मक भौतिकवादजस्तो सर्वांगीण विज्ञानको सहयोग लिई गाउँ, शहर घुमी स्थानीय जनतासँग घुलमिल भई, उनीहरूका सुख - दुखका बारेमा आत्मीय संवाद र संघर्ष गरी त्यसबाट आएका अनुभव र सूचनाहरूलाई मन्थन गरी उहाँले चीनको वर्ग विशलेषण गर्न थाल्नुभयो ।
सामाजिक अध्ययन अनुसन्धान गर्ने वैज्ञानिक र बस्तुवादी तरिकालाई उहाँले चीनको इतिहास र वर्तमानलाई किताबी अध्ययन र प्रत्यक्ष अनुभवमार्फत् समृद्ध पार्ने क्रममा अन्ततः चीनको ठोस परिस्थितिको ठोस विश्लेषण प्रस्तुत गर्नुभयो । सन् १९२६ मा माओले तयार गर्नुभएको 'चिनियाँ समाजमा वर्गहरूको विश्लेषण' नामक कृतिमा उहाँले चिनियाँ समाजमा विद्यमान अनेक वर्गहरूको स्थिति, उनीहरूको भूमिकामाथि वैज्ञानिक ढंगले विश्लेषण गर्नुभयो ।
वर्ग विश्लेषण र नयाँ जनवादी क्रान्ति
चिनियाँ समाजको वर्ग विश्लेषणलाई सन् १९३९ सम्म प्रनि समृद्ध पार्ने क्रममा उहाँले चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक देशको रूपमा रहेको, त्यहाँका अल्पसंख्यक सर्वहारा वर्गको नेतृत्वमा बहुसंख्यक किसानशक्तिसँग संश्रयको आधारमा 'कृषि क्रान्ति' गर्नुपर्ने प्रस्थापना प्रस्तुत गर्नुभयो ।
उहाँले वर्ग विश्लेषण गर्दै प्रष्ट देखाउनुभयो "युद्ध सरदारहरू, नोकरशाहहरू, विदेशी मालका कमिशन एजेन्टहरू, जमिन्दारहरू र उनीहरूमाथि आश्रित बुद्धिजीवी समुदायको एउटा हिस्सा- साम्राज्यवादसँग साँठगाँठ गर्ने यी सबै वर्गहरू नै हाम्रा शत्रु हुन् । हाम्रो क्रान्तिको अग्रणी शक्ति हो - औद्योगिक सर्वहारा । अर्ध सर्वहारा निम्न पूँजीपतिवर्गका सबै हिस्सा हाम्रा घनिष्ट मित्र हुन् । र जहाँसम्म दुलमुले मध्यम बुर्जुआ (राष्ट्रिय पूँजीपति वर्ग- सं.) को सवाल छ, त्यसको दक्षिण हिस्सा हाम्रो दुश्मन र वाम हिस्सा हाम्रो मित्र हुनसक्छ, तर वाम हिस्सामाथि निरन्तर सतर्कतापूर्वक निगरानी राखी छाड्नुपर्दछ र उनीहरूलाई मोर्चामा कुनै गडबडी र भ्रम पैदागर्न दिनुहुँदैन ।"
माओले वर्गविश्लेषणको क्रममा लेनिन र स्तालिनको मतअनुसार "कृषि क्रान्ति' को प्रस्थापना मात्रै प्रस्तुत गर्नुभएको होइन, उहाँले कृषि क्रान्तिमार्फत सर्वहारा वर्गको नेतृत्वमा जनवादी क्रान्तिको लक्ष्य हासिल गर्दै समाजवादी रूपान्तरणको बाटोसमेत तयार गर्नुभयो– यस अर्थमा यो नयाँ जनवादी क्रान्ति विश्व कम्युनिष्ट आन्दोलनमा नवीन र अभूतपूर्व सावित भयो । वास्तवमा नयाँ जनवादी क्रान्तिको प्रस्थापना र सफल क्रियान्वयन माओले मार्क्सवाद लेनिनवादको भण्डारमा गर्नुभएको अद्वितीय र विख्यात योगदान हो ।
दक्षिणपन्थी अवसरवादको विरोधमा संघर्ष
चीनको ठोस स्थितिको ठोस विश्लेषणको रूपमा माओद्वारा प्रस्तुत "चिनियाँ समाजमा वर्गहरूको विश्लेषण' नामक कृतिलाई महासचिव छन् तु श्यूको दक्षिणपन्थी अवसरवादी नेतृत्वले चिकपाको अखवार र पत्रिकामा छाप्न अस्वीकार गरेको थियो । त्यस कृतिलाई कार्यकर्ताहरूबीच बहस पैरवीका लागि लानुको सट्टा पार्टी नेतृत्वले त्यसका प्रस्थापनाहरू पार्टीको आधिकारिक कार्यदिशा विपरीत भएको ठहर गयो । त्यसपछि त्यसले माओलाई 'किसान मानसिकता' भएको आरोप लगाउने र नेतृत्वबाट झार्ने काम गर्यो । छन् तु श्यूको प्रभुत्वमा चलेको पार्टीको पाँचौ महाधिवेशनमा क्रान्तिमा किसानहरूको लडाकू भूमिका र क्रान्तिकारी भूमिनीतिसम्बन्धी माओका विचारहरूलाई छलफलसमेत गर्न दिइएन । प्रथम महासचिव छन् तु श्यू न आफू नै वर्गवश्लेषण गर्न चाहन्थे न अरूले अनुसन्धान गरेको स्वीकार्ने पक्षमा थिए । 'वर्तमान क्रान्ति पूँजीवादी जनवादी प्रकृतिको भएकोले यसको नेतृत्व गर्ने काम पूँजीपतिवर्गको प्रतिनिधि कोमिन्ताङ पार्टीलाई सुम्पेर सर्वहारावर्गले त्यसलाई नै सहयोग गर्नुपर्छ र सर्वहारावर्गले सहयोगीको भूमिकामात्र खेल्दै जनवादी क्रान्तिपछि त्यसलाई उखेलेर फ्याँक्न क्रियाशील हुनुपर्ने' दक्षिणपन्थी विचार उनको थियो । त्यसविचारमा उनले बहुसंख्यक किसानहरूको क्रान्तिकारी भूमिकाबारे छुनुसमेत जरूरी ठानेनन् । लेनिनवादी प्रस्थापनाअनुसार बदलिँदो ऐतिहासिक परिस्थितिमा सर्वहारावर्गलाई पूँजीवादी, जनवादी क्रान्तिको नेतृत्व गर्न दिनुको सट्टा दक्षिणपन्थी अवसरवादी प्रवृत्तिका प्रतिपादक छन् तु श्यूले सर्वहारावर्गलाई पतनशील पूँजीपतिवर्गको सहायक शक्ति, आरक्षित शक्तिको भूमिका दिने तथा सर्वहारावर्गको पार्टी कम्युनिष्ट पार्टीलाई कोमिन्ताङ पार्टी र सरकारको पुच्छरमात्र बनाउने क्रान्तिघाती नीति र व्यवहार लिइरहे । महासचिव छन् तु श्यूले ठूला जमिन्दारहरूको स्वार्थ रक्षाका लागि किसान संघर्षलाई तुहाउने र संयुक्त मोर्चाको नाममा कोमिन्ताङ सरकारसँग आत्मसमर्पण गर्ने नीति लिइरहे । उनको यस्तो दक्षिणपन्थी अवसरवादी रूझानकै कारणले पूँजीपतिवर्गको पार्टी कोमिन्ताङको दक्षिणपन्थी हिस्साको नेतृत्व गरिरहेका च्याङ काई शेकले मजदूर, किसान र कम्युनिष्टहरूको आमहत्या गर्ने हौसला पाए भने लडाकू र सशस्त्र किसान संगठन र संघर्षको विस्तारमा ठूलो बाधा पुग्नगयो ।
तानाशाहको रूपमा प्रकट भएका छन् तु श्यूको नेतृत्वको दक्षिणपन्थी अवसरवादी नीतिविरूद्ध माओले अविराम वैचारिक संघर्ष चलाउँदै चिकपालाई चीनको क्रान्तिको धरातलमा टेकाउने अनेकौं प्रयास गर्नुभयो । किसानहरूको लडाकू संगठन र क्रान्तिकारी संघर्षको उभारको प्रत्येक प्रयासलाई कुल्चने काममा छन् तु श्यूका साथै सोभियत संघको कम्युनिष्ट पार्टी र कोमिन्टर्नका प्रतिनिधिहरू मिखाइल बोरोदिन र एम. एन. रायदेखि उग्रवामपन्थी कट्टरतावादीहरूको पनि ठूलो योगदान रह्यो ।
उग्रवामपन्थीहरुसँगको संघर्ष
चाङ को थाओजस्ता केन्द्रीय नेताको वरिपरि रहेका उग्रवामपन्थी कट्टरतावादीहरूले पूँजीपतिवर्गको कोमिन्ताङ पार्टीसँग कुनै पनि हालतमा संयुक्त मोर्चा नबनाउने, बहुसंख्यक शोषित किसानहरूसँग संश्रय गर्न नहुने विचार प्रस्तुत गरे । राष्ट्रिय पूँजीपतिवर्ग र किसान वर्गसँग कुनै पनि हालतमा संश्रय नगर्ने संकीर्णतावादी सोचसँग पनि त्यसैबेला माओले पार्टीभित्र वैचारिक संघर्ष चलाउनुभयो । उहाँले आफ्नो पार्टीको स्वाधीनता र स्वतन्त्रतालाई बचाईराख्दै देशको मुख्य शत्रुसँग अन्तरविरोध राख्ने शक्तिहरूसँग एकता – संघर्ष र एकताको सूत्रको आधारमा जतिसुकै अस्थायी र अविश्वसनीय संश्रय वा मोर्चाबन्दी पनि गर्नुपर्ने संयुक्त मोर्चासम्बन्धी क्रान्तिकारी नीति प्रस्तुत गर्नुभयो ।
उग्र वाम र दक्षिणपन्थी नेतृत्वसँग संघर्षको क्रममा माओले ठोस स्थितिको ठोस विश्लेषण नगरीकनै क्रान्ति गर्न हिंडेका चिकपाका त्यसबेलाका अधिकांश नेताहरूले 'शत्रु को हो, मित्र को हो' भन्ने पनि थाहा नपाएको महसूस गर्नुभयो । यस्तो स्थितिमा माओले आफैलाई पटक पटक सोध्नुभयो 'शत्रु को हो, मित्र को हो भन्ने थाहा नपाएका नेताहरू क्रान्तिकारी कम्युनिष्ट हुनसक्छन् र ?
देशका संपूर्ण जनसंख्याको ८५ प्रतिशत गरीव किसानहरूको लडाकु संगठन, उनीहरूको सक्रिय र क्रान्तिकारी संघर्ष सहभागिताविना सर्वहारावर्गको नेतृत्वमा क्रान्तिकारी विचार र तथ्यलाई सर्वत्र फैलाउने क्रममा उहाँले सर्वहारा र किसान वर्गको संश्रयका लागि जोड्दार आवाज उठाउनुभयो । सन् १९२७ मा कोमिन्ताङ सरकार र युद्ध सरदारहरूले किसान, मजदूर र कम्युनिष्टहरूको संहार गरिरहेको बेला १ करोड किसानहरूको सशस्त्र र लडाकू संघर्षमार्फत् सशक्त प्रतिरोध गर्ने, सोभियतहरू खडा गर्दै जमिन्दारहरूको जग्गा कब्जा गर्ने तथा किसान- मजदूरको लालसेना तयार गर्ने अभियानसँगै उहाँले किसान-मजदूर संश्रयसम्बन्धी आवाजलाई चारैतिर गुञ्जाउनु भयो ।
किसानविना क्रान्ति होला र ?
हुनान किसान आन्दोलन र हिउँदे बाली काट्ने अभियानको सफल नेतृत्व गरिसक्नुभएका माओले प्रत्यक्ष संघर्षको अनुभव, अनुसन्धानात्मक लेखको प्रकाशन तथा पार्टीको अन्तरद्वन्दमा फरक मतको प्रस्तुतिद्वारा छर्लङ्ग देखाउनुभयो 'गरीब किसानहरूको संगठन र संघर्षविना क्रान्ति हुनैसक्दैन ।'
त्यसैले ठोस अध्ययन र किसान संघर्षको अनुभवबाट प्राप्त ज्ञानको आधारमा माओले चिनियाँ कृषि क्रान्तिको खाका प्रस्तुत गर्नुभयो । उहाँको खाकाअनुसार ग्रामीण क्षेत्रमा कृषिगत समस्याको सही समाधानको उद्देश्यले वर्ग संघर्षलाई जोड्दार रूपले चलाउनुपर्दछ, तब मात्र विशाल किसान समुदायलाई क्रान्तिकारी संघर्षमा सक्रिय सहभागी गराउन जागृत गर्न सकिन्छ ।
उहाँले भन्नुभयो : "कृषि क्रान्तिको मध्यमवर्गीय खाकामा किसानहरूलाईएकजूट पारेर, धनी किसानहरूलाई नियमले बाँधेर जमिन्दार वर्गलाई
वर्गीय रूपमा सखाप पारेर, व्यापारीहरूसहित मध्यम र साना उद्योगपतिहरूलाई सुरक्षा प्रदान गरेर कृषि क्रान्ति अगाडि बढाउनु जरूरी छ । यसको मेरूदण्ड किसान र खेतीहर मजदूर हुनेछन् भने मस्तिष्क हुनेछ - सर्वहारावर्ग ! ... महान किसान समुदाय आफ्नो ऐतिहासिक मिशन पूरा गर्न उठिसकेका छन् ... उनीहरूको जागरण, क्रियाशीलता र संघर्षशीलता उत्कृष्ट छ, भव्य छ ।"
उहाँले दक्षिणपन्थी र उग्रवापन्थी नेतृत्वलाई चेतावनी दिँदै लेख्नुभयो - “किसान आन्दोलनविरूद्ध निर्देशित सबै कुरा, त्यससम्बन्धी सबै गलत कदमहरूलाई छिटोभन्दा छिटो फेर्नु जरूरी छ, केवल यसरी र यही बाटोबाट मात्रै क्रान्तिको भविष्यलाई लाभान्वित पार्न सकिन्छ ।"
सोभियत संघको अन्ध नक्कल गर्न खोज्दा....
छु- छ्यू पाई, चाङ को थाओ, ली-ली सान र वाङ मिङको उग्रवामपन्थी डफ्फाले छन् तु श्यूलाई दक्षिणपन्थी अवसरवादीको आरोपमा महासचिव र पोलिट्व्युरो सदस्यबाट निकाला गरेपछि किसान संघर्षको मामिलाका साथै अन्य यान्त्रिक र उग्र सोचाइको सवालमा उनीहरूका नेतृत्वविरूद्ध पनि माओले बैचारिक संघर्ष जारी राख्नुभयो । उनीहरू कोमिन्ताङसँग कुनै प्रकारको गठजोड वा संयुक्त मोर्चाको विरोध गर्दै पूँजीपतिवर्गविरूद्ध तत्कालै 'समाजवादी क्रान्ति' गर्न चाहन्थे । यसका लागि क्रान्तिको झण्डा फहराउन एकमात्र सर्वहारा वर्ग समक्ष छ भन्ने राय राख्दै माओद्वारा बुलन्द पारिएको ग्रामीण किसान समस्या र कृषि क्रान्तिको कार्यक्रमलाई नराम्ररी लत्याउँदै शहरीया क्षेत्रहरू कब्जा गर्ने र मजदूर वर्गको सशस्त्र विद्रोह गर्ने पक्षमाथि विशेष जोड दिन्थे । सोभियत संघमा मार्क्सवाद पढेर आएका २८ बोल्शेभिकहरूका रूपमा चर्चित ती उग्रवामपन्थीहरूले वास्तवमा चीनको विशिष्ट परिस्थितिको कुनै ठोस अध्ययन, अनुसन्धान र विश्लेषण नै नगरीकन सोभियत संघकै समाजवादी क्रान्तिको फोटोकपी क्रान्ति गर्ने प्रयत्न गरेका थिए ।
‘२८ बोल्शेभिकहरू' को यान्त्रिकतावादी र जडसूत्रवादी चिन्तनको विश्लेषण गर्दै माओले चुनौती दिनुभयो- “थोत्रा नारा र सूत्रहरू सुगाले जस्तै कण्ठस्थ पार्नेहरूले क्रान्ति गरी खाँदैनन् । वास्तवमा उनीहरू भनेका आफ्नो मन-मस्तिष्कले काम नगर्ने, घमण्डी, सुस्त र कामै नलाग्ने मानिसहरू हुन् ।
अध्ययन र अनुभवबाट माओलाई राम्ररी थाहा भइरहेको थियो- मार्क्सवाद त विज्ञान हो, सबै विज्ञानहरूको पनि विज्ञान हो अर्थात् सर्वाधिक सर्वाङ्गीण विज्ञान ! यो कुनै जडसूत्र होइन । त्यसैले अरू कुनै देशको क्रान्तिकारी आन्दोलनलाई आँखा चिम्लेर यान्त्रिक ढंगले नक्कल गर्ने र मार्क्सवादलाई जडसूत्रको रूपमा लागू गर्न खोज्नेहरू अवश्य पनि नराम्ररी असफल हुनेछन् ।
‘२८ बोल्शेभिकहरू' को यान्त्रिकतावादी र जडसूत्रवादी चिन्तनको विश्लेषण गर्दै माओले चुनौती दिनुभयो- “थोत्रा नारा र सूत्रहरू सुगाले जस्तै कण्ठस्थ पार्नेहरूले क्रान्ति गरी खाँदैनन् । वास्तवमा उनीहरू भनेका आफ्नो मन-मस्तिष्कले काम नगर्ने, घमण्डी, सुस्त र कामै नलाग्ने मानिसहरू हुन् । मार्क्स, एंगेल्स, लेनिन र स्तालिनका विचारहरू रट्नु, त्यसलाई नक्कल गर्दै लागू गर्नु क्रान्ति होइन । क्रान्ति भनेको मार्क्सवाद-लेनिनवादको सारतत्वलाई देश-विशेषको ठोस परिस्थितिमा लागू गर्न सिक्ने कला हो । यसका लागि जरूरी छ– देश विशेषको विरासत र परम्परालाई याद गर्नु, त्यहाँको ठोस परिस्थितिको ठोस अध्ययन, अनुसन्धान र विश्लेषण गरी वैचारिक राजनैतिक संग्राम चलाउनु ।"
मार्क्सवादलाई राम्ररी नपचाएका २८ बोल्शेभिकहरूले सोभियत संघको अन्ध नक्कल गरी छिटो भन्दा छिटो समाजवादी क्रान्ति गर्न क्यान्टन, शाङ्घाईदेखि नानछाङसम्ममा शहर कब्जा गर्ने उद्देश्यले मजदूरहरूको सशस्त्र विद्रोहको आगो सल्काए । छन् तु श्यूको दक्षिणपन्थी अवसरवादको विरोधमा विस्फोट भएको यो उग्रवामपन्थी विद्रोहले फेरि एकपटक कम्युनिष्टहरूको नरसंहारलाई सजिलै निम्त्यायो । 'चिनियाँ क्रान्ति जनउभारमा आइरहेको' मनोगतवादी व्याख्यासहित लाखौं मजदूरहरू र कम्युनिष्टहरूलाई विद्रोहको आगोमा झोस्ने ती उग्रवामपन्थीहरूको बालरोगले गर्दा चिनियाँ क्रान्तिले ठूलो क्षति व्यहोर्नु पर्यो ।
उग्रवामपन्थी दक्षिणपन्थी अवसरवादी रोगहरूले गर्दा कम्युनिष्टहरूको संहार भएको र चिनियाँ क्रान्तिले नराम्रो क्षति व्यहोर्नुपरेको स्थितिमा पनि दशौं वर्ष सम्म यस्ता उग वामपन्थी क्रियाकलापहरूलाई जारी राखे, माओको कडा विरोधका बाबजूद ।
जहिले पनि जोसँग पनि संघर्ष गर्ने बाल रोगीहरू
चिनियाँ कम्युनिष्ट पार्टीको सत्तामा रहेका ती उग्रवामपन्थीहरूले जापानी सैन्यवादीहरूद्वारा चीनमाथि आक्रमण हुँदा समेत संयुक्त मोर्चा वा कार्यगत एकताको विरोध गरे, किसानहरूको लडाकू संगठन र दिगो संघर्षको अपमान गरे, अनि भर्खरै विकसित भइरहेका पूँजीपति वर्गविरूद्ध सशस्त्र मजदूर विद्रोह उचाल्ने काम जारी राखे । माओले राखेको जापानविरोधी संयुक्त मोर्चाको प्रस्तावलाई पटक पटक रद्दीको टोकरीमा फ्याँके ।
उनीहरूले अर्ध-सामन्ती र अर्ध- औपनिवेशिक देशमाथि साम्राज्यवादी जापानको आक्रमणको ठोस रूपमा विश्लेषण गर्नु जरूरी नै ठानेनन् । त्यसैले उनीहरूले मुख्य शत्रुको विरूद्ध लड्न मित्र शक्ति, ढुलमुले पंक्ति र शत्रुका शत्रुहरूसँग अस्थायी प्रकृतिका, न्यूनतम् शर्तमा पनि कार्यगत एकता वा संयुक्त मोर्चा कायम गर्नु भनेको श्रमजीवी जनतामा सर्वहारा नेतृत्वको स्थापना गर्नु हो भन्ने लेनिनवादी पथप्रदर्शनलाई याद गर्नु पनि आवश्यक संझेनन् ।
तर यसको ठीक उल्टो, उनीहरूको उग्रवामपन्थी बालरोगको विरोधमा आफ्नो सशक्त विचार र सफल व्यवहारबाट तलतल भुइँतहदेखि केन्द्रसम्ममा आवाज उठाउने माओलाई भने उनीहरूले तीन तीन पटकसम्म कडा निन्दा गरे, तीन-तीन पटकसम्म कारवाही गरी निकाला गरे, केन्द्रीय समिति सदस्यताबाट पटक पटक खोसुवा गरे ।
जब जापानी साम्राज्यवादीहरू, च्याङ काई-शेकको कोमिन्ताङ सरकार र युद्ध सरदारहरूको पटक पटकको आक्रमण र नरसंहारपछि शहर कब्जा गर्ने मजदूर विद्रोहहरू गर्ने प्रयासले पराजयको मुख देख्नुपर्यो र सिंगो नेतृत्व माओ र चु-तेहको नेतृत्वमा संचालित किसान मजदूरहरूको लाल सेनासँगै 'लङ मार्च'मा पछि हट्दै हट्दै बढनु पयो, तब मात्रै चुन्यी सम्मेलनमार्फत् उग्रवामपन्थी कार्यदिशालाई परित्याग गर्ने, माओको सही कार्यदशालाई मान्यता दिई उहाँलाई सिंगो पार्टीका नेताको रूपमा स्थापित गरिएको थियो ।
माओको सही कार्यदिशाको विजय
माओले थाल्नुभएको उग्रवामपन्थी दक्षिणपन्थी अवसरवादी प्रवृत्तिहरूको विरूद्ध लामो समयसम्मको वैचारिक संघर्ष र भुइँतहको व्यापक अनुभवपछि अन्ततः पार्टीभित्र उहाँको सही कार्यदशा विजयी भयो । वास्तवमा उहाँको कार्यदिशा भनेको नयाँ जनवादी क्रान्तिमा सर्वहारावर्गको नेतृत्व, कम्युनिष्ट पार्टीको स्वाधीनता र पहकदमीसहितको संयुक्तमोर्चा तथा कृषि क्रान्तिको माध्यमबाट किसान-मजदूरहरूको जनसत्ता हो । यी तीनवटा महत्वपूर्ण कार्यदिशाहरूले पार्टीभित्र विजय हासिल नगरेको भए चिनियाँ क्रान्तिको सुनिश्चित सफलता संभव नै थिएन । जापानी साम्राज्यवादीहरूको आक्रमणको बेलामा, कम्युनिष्टहरूको रगतले हात लतपत भएका तानाशाह च्याङ काई शेकको पार्टी- 'कोमिन्ताङसँगसमेत संयुक्त मोर्चा निर्माण गर्ने हदसम्म साहस र कौशल भीषण प्रदर्शन गरेर माओले संघर्षको क्रममा कोमिन्ताङलाई अलगथलग पार्ने जुन रणनीति अख्तियार गर्नु भयो, अनि कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिलाई सफलताको शिखरमा पुन्याउनु भयो, त्यो वास्तवमा लेनिनवादी सिद्धान्तको सही प्रयोग थियो । त्यही रणनीति र कौशल माओको राजनैतिक सांगठनिक योगदानको रूपमा लिइन्छ ।
माओको कार्यदिशा भनेको नयाँ जनवादी क्रान्तिमा सर्वहारावर्गको नेतृत्व, कम्युनिष्ट पार्टीको स्वाधीनता र पहकदमीसहितको संयुक्तमोर्चा तथा कृषि क्रान्तिको माध्यमबाट किसान-मजदूरहरूको जनसत्ता हो ।
माओले जोड दिएर भन्नुभएको "संयुक्त मोर्चाको रणनीति र रणकौशलको वास्तविक उद्देश्य दुईवटा शक्तिको मोर्चाबन्दी मात्र होइन, जनसाधारणको अरू हिस्सा, विशेष गरी मध्यम किसानहरू, निम्न पूँजीपतिवर्ग, साना र मझौला उद्योगपतिहरू र पूँजीपतिवर्गकै वाम हिस्सासहित किसान समुदायसँग घनिष्टता स्थापित गर्नु र जनसत्ता निर्माण गरी उनीहरूलाई सम्पूर्ण कृषि क्रान्तिको पक्षमा तान्नु तथा अन्ततः राष्ट्रिय क्रान्तिमाथि सर्वहारा नेतृत्व स्थापित गर्नु नै हो ।"
संयुक्त मोर्चा निर्माण गर्दा कहिले पनि, कुनै पनि खालको संघर्ष होइन, सम्पूर्णरूपमा एकता मात्रै हुनुपर्छ भन्ने दक्षिणपन्थी अवसरवादीहरू र पटक्कै एकता हुनु हुँदैन, केवल संघर्ष, अविराम, संझौताहीन संघर्ष हुनुपर्दछ भन्ने वामसंकीर्णतावादीहरूको प्रवृत्तिविरूद्ध माओको वैचारिक-सांस्कृतिक संघर्ष सफलनभएको भए प्रतिक्रियावादी च्याङ काई-शेकका सैनिकहरू, जापानी साम्राज्यवादीका सैनिकहरू र अमेरिकी सैनिकहरूको पराजयको संभावना निकै टाढाको कुरा हुने थियो ।
लाल आधार केन्द्र : अद्वितीय विशिष्टता
आफ्नै पार्टीभित्र र बाहिरका प्रतिकूलताहरूसँग जुध्दै माओले किसान संघर्षलाई उच्चस्तरमा उठाउने क्रममा जुन लाल सेना र लाल आधार इलाका बनाउनु भयो, त्यो चिनियाँ क्रान्तिको अद्वितीय विशिष्टता थियो र क्रान्तिको सफलताको एउटा प्रमुख कुँजी थियो ।
सन् १९२७ मा पार्टी केन्द्रको निर्णयअनुसार शहर शहरमा जन- विद्रोह उठाउने नीति अनुरूप चाओ एन लाई र चु तेहको नेतृत्वमा भएको नानछाङ शहरको विद्रोहलाई गाउँले किसानहरूको संघर्षसम्म विस्तार गर्ने उद्देश्यले माओले हुनानमा शरदेबाली विद्रोह शुरू गर्नुभयो ।
यी दुवै विद्रोहहरू असफल भए तापनि पराजित किसान मजदूरहरूलाई युद्ध सरदार सामन्तहरूका निजी सैनिकहरू र कोमिन्ताङका सैनिकहरूको श्वेत आतंकबाट बचाउने क्रममा उहाँले किसान मजदूरहरूको लालसेना गठन गर्नुभयो । त्यसलाई हुनान -च्याङशी सीमास्थित चिङकाङ पहाडहरूमा सुरक्षित रूपमा लगेर प्रथम लाल आधार क्षेत्र स्थापना गर्ने कार्य गर्नुभयो । त्यहाँ किसान, मजदुर र सैनिकहरूको जन प्रतिनिधि सभा (सोभियत ) हरू गठन गर्ने र आफनै नयाँ झण्डा फहराउने काम गर्नुभयो । केन्द्रीय समितिको अनुमति बेगर गरिएका यी कामहरू 'अनियमित' भएको ठहर गर्दै पार्टी केन्द्रले उहाँलाई निन्दा गर्ने, पोलिट्व्यूरोबाट निकाला गर्ने काम गर्दा पनि उहाँले यी कार्यलाई जारी राख्नुभयो । र, चु तेहका पराजित सेना र शहरिया मजदूर विद्रोहीहरू पनि सुरक्षित स्थान खोज्ने क्रममा त्यहाँ आएपछि लाल सेना तथा लाल आधार क्षेत्र निकै विस्तार भयो ।
चिङकाङशानदेखि जुइछिन र येनान लगायतका लाल आधार क्षेत्रको निर्माण र लाल सेनाको सशस्त्र संघर्णबिना चीनको विशिष्ट परिस्थितिमा चिकपाको राजनैतिक, सामाजिक र सांस्कृतिक आन्दोलनको संरक्षण र सम्वर्द्धन तथा विस्तारको संभावना नै थिएन– समग्र अध्ययन अनुसन्धानलाई अनुभवसँग जोडेर हेर्दा माओ यस्तो निष्कर्षमा पुग्नुभयो ।
दीर्घकालीन सशस्त्र युद्ध किन ?
माओले चिनियाँ क्रान्तिको प्रमुख रूप सशस्त्र संघर्ष हुने यथार्थसम्मत निष्कर्ष निकाल्नुभन्दा अगाडि आफ्नो देशको विशिष्ट स्थितिको पटक पटक मूल्यांकन गर्नुभएको थियो, द्वन्दात्मक र ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको आधारमा ! उहाँले बस्तुगत परिस्थितिको ऐनामा देख्नुभयो- चिनियाँ क्रान्तिका शत्रुहरूका रूपमा रहेका शक्तिशाली सामन्ती शक्तिहरू, बलवान साम्राज्यवादी केन्द्रहरू र ती दुवैसँग साँठगाँठ गर्ने पूँजीपति वर्गका प्रतिक्रियावादी शक्तिहरू निकै धेरै शक्तिशाली छन्, उनीहरू सशस्त्र र निरंकुश छन् । उनीहरूको शक्ति क्रान्तिकारी जनताको तुलनामा अत्यन्त धेरै भएकाले चिनियाँ क्रान्ति अरू देशको तुलनामा अत्यन्त दीर्घकालीन र निर्मम हुनेछ । चीनमा क्रान्तिकारी शक्तिले विशाल शत्रुसित लड्दै चलखेल गर्नका लागि विशाल भूमि छ, त्यकारण पनि चीनमा दीर्घकालीन युद्ध हुन संभव छ । सानो मुलुकमा त्यस्तो अनुकूलता हुँदैन । चिनियाँ क्रान्तिका शत्रुहरूले राजनैतिक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारहरू जम्मै खोसिसकेको र शान्तिपूर्ण आन्दोलनको ढोका बन्द गरिसकेकोले र चीनमा पूँजीवादी संसद पनि नभएकाले शान्तिपूर्ण संघर्ष होइन, सशस्त्र संघर्ष हुनुपर्दछ ।
चीनमा क्रान्तिकारी शक्तिले विशाल शत्रुसित लड्दै चलखेल गर्नका लागि विशाल भूमि छ, त्यकारण पनि चीनमा दीर्घकालीन युद्ध हुन संभव छ । सानो मुलुकमा त्यस्तो अनुकूलता हुँदैन ।
चीन र अरू देशको तुलना गर्दै माओले परिस्थितिको लेख्नुभएको थियो अरू देशमा प्रत्येक पूँजीवादी पार्टीको प्रत्यक्ष कमाण्डमा सैन्य शक्ति हुँदैन, तर बाहिरको तुलनामा चीनको परिस्थिति भिन्नै छ । किनकि, युद्ध सरकार र स्थानीय सत्ताहरूमा सामन्ती शक्तिहरूको विभाजित यस मुलुकमा जमीन्दार, सामन्त र पूँजीपतिहरूको समूह र पार्टीसँग बन्दूक छ, सैन्य शक्ति छ र जोसँग सैनिक र बन्दूक छ, उनीहरूसँग सत्ता-शक्ति छ । अझ कतिसम्म भने जतिबेसी बन्दूक भयो, त्यतिबेसी सत्ता शक्ति हुने ! यस्तो वातावरणमा सर्वहाराको पार्टीले समस्याको चुरो नै समात्नु पर्दछ । यही स्थितिबोधका साथ उहाँले चीनको विशिष्ट सन्दर्भमा घोषणागर्नुभयो- "राजनैतिक सत्ता बन्दूकको नालबाट निस्कन्छ !" (हेनुहोस् माओः Selected works, II )
लाल आधार इलाका कसरी टिक्छ ?
यही निष्कर्षका साथ अगाडि बढ्नु भएका माओले ग्रामीण क्षेत्रका पहाडहरूमा राजनैतिक-सैनिक लाल आधार क्षेत्र बनाउने, युद्ध सरदारहरूको
निजी सेनाका साथै कोमिन्ताङको सेनाको समानान्तर रूपमा लाल सेना निर्माण र विस्तार गर्ने काममा सफलता हासिल गर्न सक्नुमा उहाँले गर्नु भएको चीनको विशिष्ट स्थितिको ठोस विश्लेषणले ठूलो भूमिका खेलेको कुरालाई कहिले पनि बिर्सन सकिँदैन । विश्लेषणको क्रममा उहाँले देख्नुभयो- विशाल चीनका ग्रामीण क्षेत्रमा स्वाधीन, स्वावलम्बी र आत्मनिर्भर स्थानीय अर्थव्यवस्था छ । त्यहाँ कोमिन्ताङ र साम्राज्यवादी शक्तिको सैनिक प्रभाव कम छ र युद्ध सरदारहरू आपसमा र केन्द्रीय सत्तासँग पनि युद्धरत छन् र लामो छापामार युद्धका लागि अनुकूल भूबनौट र नियमित सेना टिक्ने सैनिक, राजनैतिक, आर्थिक र सांस्कृतिक आधार विद्यमान भएकाले चिङ काङ शान, जुइछिन र येनानले क्रान्तिलाई लामो समयसम्म सुरक्षा दिन सक्छन् ।
यस्तो विशेषखालको राजनैतिक आर्थिक सामरिक कारणहरूको ठोस विश्लेषणपछि उहाँले लाल सेनालाई पार्टी संगठनहरूको जग हाल्ने, स्थानीय क्रान्तिकारी सरकार गठन गर्ने, किसान-मजदूरहरूलाई भर्ती गर्ने र सशस्त्र पार्ने, भूमिसुधारलाई प्रोत्साहित गरेर जनसाधारणलाई सक्रिय पार्ने र शोषकहरूलाई अलग थलग पार्ने काममा ऐतिहासिक भूमिका खेल्न लगाउनु भयो ।
माओले क्रान्तिकारी आधार क्षेत्र र लाल सेनाको निर्माणको क्रममा विश्वमै अद्वितीय काम गर्नुभएको थियो । किसान र मजदूरहरूको लाल सेनाको गठन गर्नु र त्यसलाई केन्द्रीकृत रूप दिएर ग्रामीण लाल आधार क्षेत्रको स्थापना गर्नु, त्यसलाई क्रान्तिकारी जनसत्ताको रूप दिनु कृषि क्रान्तिको माध्यमबाट किसानहरूलाई लाल आधार क्षेत्रमा गोलबन्द र क्रियाशील बनाउनु, शत्रु सेनाविरूद्ध छापामार युद्धमार्फत् क्रान्तिकारी शक्तिलाई चट्टानझैं सुदृढ र सुरक्षित बनाइराख्नु र अन्ततः क्रान्तिकारी शक्तिको सफलतासम्म नेतृत्व गर्नु – यी माओका अद्वितीय कामहरू थिए । यो चीनको ठोस र विशेष परिस्थितिमा राजनैतिक, आर्थिक र सामरिक क्षेत्रमा मार्क्सवाद-लेनिनवादको सारतत्वको माओले गर्नुभएको सिर्जनात्मक विकास र क्रियान्वयनको उल्लेखनीय उदाहरण हो ।
युद्ध सरदार, कोमिन्ताङ, जापानी र अमेरिकी सैनिकहरूको लाखौं लाखको संख्याले पनि चिनियाँ लाल सैनिकहरूलाई बीसौं वर्ष लामो युद्धमा पनि पराजित गर्न नसक्नुको पछाडि यही सिर्जनात्मक क्रियान्वयनको सबैभन्दा भूमिका रहेको थियो ।
सन् १९३४ मा कोमिन्ताङ सरकारका लाखौं सैनिकहरू र सयौं बमवर्षक प्लेनहरूको आक्रमणको कारणले आफ्नो लाल आधार क्षेत्रबाट पछाडि हट्नु पर्दा समेत माओले बुद्धिमतापूर्ण रणकौशल प्रदर्शन गर्नुभयो । त्यो कौशल पनि मार्क्सवाद-लेनिनवादको सारतत्वको सिर्जनात्मक क्रियान्वयनद्वारा ठूलो शत्रुको प्रबल आक्रमणको सामना गर्न नसक्दा आफ्नो शक्ति जोगाउन पछाडि हट्ने युद्धको इतिहासमा बेजोडको गौर रणकौशल थियो ।
लाल आधार क्षेत्र र लङ मार्चको क्रममा उहाँले गर्नु भएको कामहरूमध्ये सबैभन्दा महत्वपूर्ण काम हो - शासकहरू र भाग्यको अगाडि आत्मसमर्पण गर्ने चिनियाँ जनतालाई आफ्नो भाग्यको निर्माता आफैं बनाउने सोचले दीक्षित पार्नु अर्थात् जनताको आफ्नो राजनैतिक सत्ता-निर्माण आफ्नै पहलमा गर्न सघाउनु !
उहाँले लङ मार्चमा पछाडि हट्ने क्रममा यो बेजोडको रणकौशल प्रयोगमार्फत् विशाल चीनभरि क्रान्तिकारी वातावरण र नयाँ उभार पैदा गर्नुभएको थियो । चीनलाई वारपार गर्ने ७५०० माइल लामो बाटो, १८ वटा विशाल पहाड़ी श्रृंखलाहरू, २४ वटा नदीहरू पार गर्दै पछाडि हट्दासमेत उहाँले पाइला पाइलामा मृत्यृको सामना गर्दै हिँडेका लाल सैनिकहरूलाई क्रान्तिको सन्देश फैलाउने, जनतालाई जागृत र संघर्षशील बनाउने, दर्जनौं दर्जन गाउँ, शहर प्रान्तहरू कब्जा गर्दै चीनलाई बैचारिक र सांस्कृतिक रूपमा एकीकरण गर्ने अभियानलाई सफलतापूर्वक नेतृत्व गर्न सक्नु भनेको उहाँको विशिष्ट खुबी नै मान्नुपर्दछ । लाल आधार क्षेत्र र लङ मार्चको क्रममा उहाँले गर्नु भएको कामहरूमध्ये सबैभन्दा महत्वपूर्ण काम हो - शासकहरू र भाग्यको अगाडि आत्मसमर्पण गर्ने चिनियाँ जनतालाई आफ्नो भाग्यको निर्माता आफैं बनाउने सोचले दीक्षित पार्नु अर्थात् जनताको आफ्नो राजनैतिक सत्ता-निर्माण आफ्नै पहलमा गर्न सघाउनु !
गाउँले शहरलाई र शहरले गाउँलाई घेर्ने कार्यनीति
माओले चिनियाँ सशस्त्र क्रान्तिको सिलसिलामा जापानी आक्रमणताका कोमिन्ताङजस्तो प्रतिक्रियावादी शक्तिसँग पनि संयुक्त मोर्चा गर्ने सही कार्यनीतिका साथै जापानी सैनिकहरू पराजित भएर भागेपछि कोमिन्ताङसँग लड्नका लागि गाउँबाट शहरलाई घेर्ने विशिष्ट र विख्यात रणकौशल पनि अपनाउनु भएको थियो । शत्रुको शक्ति गाउँको तुलनामा शहरमा बलियो भएको सन्दर्भमा प्रयोग गरिएको 'गाउँले शहरलाई घेर्ने' रणकौशललाई देशको स्थिति फेरिएपछि माओले सन् १९४९ को पहिलो आधाआधीसम्ममा पूरै उल्टाउनु भएको थियो अर्थात् पहिले शहर कब्जा गर्ने, अनि मात्रै गाउँ ! शहरहरूमा कोमिन्ताङको फौज कमजोर हुनथालेपछि उहाँले पार्टीको नेतृत्वकारी केन्द्रलाई गाउँबाट शहरमा सार्ने र शहरहरू कब्जा गर्दै गाउँतिर केन्द्रित भएका शत्रु सैनिकहरूलाई सखाप पार्ने लचिलो रणकौशल अपनाएर विजय हासिल गर्नुभएको थियो ।
एग्नेस स्मेड्लीका अनुसार लेख्ने पढ्ने तरिका सिक्ने सिकाउने काममा अतिरिक्त बहस, संवाद अन्तर्क्रियाहरूजस्ता सबैभन्दा जीवन्त र शक्तिशाली शैक्षिक विधिद्वारा लालसैनिकहरूको चेतनास्तर उठाउने प्रयत्न गरिएको थियो । बहस छलफलको क्रममा सबै लालसैनिकहरूलाई मनको कुरा स्वतन्त्र रूपले पोख्ने अधिकार थियो ।
लालसेनालाई उत्पादनमूलक काममा लगाई जनतालाई आर्थिक भार नपार्ने, प्रत्येक सैनिक टोलीमा पार्टी कमिटी बनाउने, राजनैतिक कमीसारमार्फत् राजनैतिक प्रशिक्षण दिलाई बन्दूकलाई राजनीति र विचारको कमाण्डमा राख्ने, उनीहरूलाई बैचारिक, राजनैतिक र सांस्कृतिक प्रशिक्षण दिएर अनुशासित र विवेकवान बनाउने काममा माओले असल शिक्षकको भूमिका खेल्नुभएको थियो ।
एग्नेस स्मेड्लीका अनुसार लेख्ने पढ्ने तरिका सिक्ने सिकाउने काममा अतिरिक्त बहस, संवाद अन्तर्क्रियाहरूजस्ता सबैभन्दा जीवन्त र शक्तिशाली शैक्षिक विधिद्वारा लालसैनिकहरूको चेतनास्तर उठाउने प्रयत्न गरिएको थियो । बहस छलफलको क्रममा सबै लालसैनिकहरूलाई मनको कुरा स्वतन्त्र रूपले पोख्ने अधिकार थियो । त्यतिखेर युद्ध र संघर्षमा भएका राम्रा नराम्रा कार्य र प्रवृत्तिहरूको मात्रै होइन, कमाण्डर र लडाकूहरूका व्यक्तिगत कमी कमजोरीहरूको बारेमा पनि खुलेआम बोल्ने स्वतन्त्रताको व्यवस्था गरिएको थियो ।
आलोचनात्मक विवेकको जागरण
लालसैनिकहरूमा उँचनीचको व्यवस्था हटाउन श्रेणी, तलब, खाना र लुगामा फरक नपार्ने व्यवस्था गरेर माओले लालसेनाबाटै समतामूलक व्यवहारको शुरूवात गर्नुभएको थियो । यसैलाई अझ सुदृढ पार्न उहाँले पार्टी कार्यकर्ता र लाल सैनिकहरूमा आलोचनात्मक विवेक जगाउने प्रयास पनि गर्नुभयो । विशेष गरी अन्धता, कट्टरता, संकीर्णतामाथि प्रहार गर्दै उहाँले माथिका आदेश र नीति-निर्देशनहरू बिना सोचविचार सतही ढंगले लागू गर्ने, सिर्जनात्मकताको नाममा सारतत्व नै बिर्सने जस्ता प्रवृत्तिहरू विरूद्ध जुध्नलाई शिक्षित-दीक्षित गर्ने अभियान नै चलाउनु भयो । यसलाई उहाँले महान सर्वहारा सांस्कृतिक क्रान्तिको बेला करोडौं जनताको मन-मस्तिष्कसम्म विस्तार गर्ने गर्ने र गहिराइ प्राप्त अभियानमा फेरि एकपटक जोड्नु भएको थियो ।
उहाँ बारम्बार भन्नुहुन्थ्यो - "कम्युनिष्टहरूको कर्तव्य भनेको आँखा चिम्लेर माथिका नीति निर्देशनहरू र आदेशहरू लागू गर्नु होइन, ती नीति-निर्देशन र आदेशहरू गलत भएको थाहा भयो भने आफ्नो मन-मस्तिष्कको प्रयोग गर्नु पर्दछ । कम्युनिष्टहरूले सधैं सधैं आफ्नो दिमागलाई प्रयोग गर्नुपर्दछ । हरदम सोच्नु विचार गर्नुपर्दछ ।" (हेर्नुहोस् The morning deluge/Han Suyin)
माओ र हिंसाको साइनो
'क्रान्ति कुनै डिनर पार्टी होइन..... यो सुकोमल, शिष्ट, शालीन र मनोहर हुन सक्दैन । .... क्रान्ति एउटा बिद्रोह हो, एउटा हिंसात्मक कार्य हो, जसद्वारा एक वर्गले फ्याँक्छ अर्को वर्गलाई उखेलेर फ्याँकिन्छ ।' –माओ ।
चिनियाँ दक्षिणपन्थी अवसरवादीहरूले शान्ति - सुलहपूर्ण, केवल कानूनी संघर्षलाई मात्रै जोड दिइरहेको बेला चेतावनी दिँदै माओले क्रान्तिको प्रवृतिबारे उनीहरूलाई याद दिलाउन यो प्रहार गर्नुभएको थियो । माओलाई यही सन्दर्भमा हिंसाको प्रतीक संझनेहरूले चिनियाँ सशस्त्र क्रान्तिको इतिहास पल्टाएर हेरेमा प्रष्ट देख्नेछन् - माओ हिंसाका पूजारी हुनुहुन्नथ्यो ।
बिना भेदभाव मार्ने र यातना दिने प्रथालाई सर्वथा घृणा गर्नु हुने माओले क्रान्तिकालमा जहिले पनि 'जति कम हत्या भयो, त्यति राम्रो !' भन्नु हुन्थ्यो । माओ भन्नुहुन्थ्यो "सर्वश्रेष्ठ सेनापति उही हो, जसले न्यूनतम् रक्तपातद्वारा नै सर्वाधिक नतीजा हासिल गर्नसक्छ ।”
सुन्दा पत्याउनै गाह्रो हुन्छ, कोमिन्ताङकै देशभक्त विद्रोहीहरूले एकपटक आफ्ना खुँखार नेता तथा सैनिक कमाण्डर च्याङ काई शेकलाई गिरफ्तार गरी हत्या गर्न खोज्दा माओ र चाओ एन लाईले उनको स-सम्मान रिहाइको व्यवस्था गर्नुभएको थियो ।
लाल सेनामा उहाँले हिंसा र व्यक्ति हत्यासम्बन्धी नियम नै बनाएर युद्ध बन्दीहरू र शत्रुको हत्याबारे आचारसंहिता तयार गर्नुभएको थियो । औषधि युद्धबन्दीहरूलाई उपचारसहित स-सम्मान गर्नुपर्ने, युद्धमा शत्रुका सैनिक र तल्लो तहका सैनिक अधिकारीहरूको सकेसम्म हत्या गर्नु नहुने र उनीहरूलाई आफ्नो विचार र व्यवहारले दीक्षित पार्नुपर्ने कुरामा उहाँ सधैँ जोड दिनु हुन्थ्यो ।
सुन्दा पत्याउनै गाह्रो हुन्छ, कोमिन्ताङकै देशभक्त विद्रोहीहरूले एकपटक आफ्ना खुँखार नेता तथा सैनिक कमाण्डर च्याङ काई शेकलाई गिरफ्तार गरी हत्या गर्न खोज्दा माओ र चाओ एन लाईले उनको स-सम्मान रिहाइको व्यवस्था गर्नुभएको थियो । युद्ध बन्दी हो भने च्याङ काई शेकलाई समेत मार्नु हुँदैन भनेर क्रियाशील हुनुहुने माओले युद्धबन्दी बनाइएका कोमिन्ताङका लाखौं लाख सैनिकहरूको ज्यान बचाउनुभएको उदाहरण यहाँ उल्लेखनीय छ ।
नयाँ जनवादी क्रान्तिको सफलतापछि पार्टीको केन्द्रीय समिति तथा माओद्वारा निर्धारित नीति र व्यवहार पनि मानवीय खालको थियो । त्यसमा भनिएको थियो– प्रतिक्रान्तिकारी समूहका नाइकेहरूलाई सजायँ अनि उनीहरूद्वारा बाध्यतामा पारेर सह-अपराधी बनाइएकाहरूलाई माफी, जसले स्पष्ट रूपमा गल्ती स्वीकार्छ, उनीहरूलाई नरम व्यवहार, त्यस्तो गर्न इन्कार गर्नेहरूलाई कडा व्यवहार, क्रान्तिको सेवा गर्न चाहनेहरूको
अपराधलाई प्रायश्चित मानियोस् र खासरूपमा विशिष्ट सेवा गर्नेलाई पुरस्कार दिइयोस् ।'
'व्यक्ति होइन, वर्गलाई खत्तम गर !
वर्ग शत्रुका रूपमा रहेका जमीन्दार, सामन्त र युद्ध सरदारहरूप्रति पनि माओले कहिले द्वेष र प्रतिशोधको भावनाले निर्देशित भएर हिंस्रक व्यवहार गर्नुभएन, न त अरूलाई नै त्यसो गर्न दिनुभयो । चिकपाका केन्द्रीय नेताहरूदेखि लाल सैनिकहरू र किसानहरू शोषक, उत्पीडक ठूला जमिन्दारहरूको धन- सम्पत्ति, जग्गा जमीन लुट्नुपर्ने र उनीहरूलाई शारीरिक रूपमा समेत सखाप पार्नुपर्ने विचार राख्थे । तर माओले लामो वैचारिक-सांस्कृतिक संघर्षपछि लाल-सैनिक किसानहरूबीच एउटा मानवीय खालको आचारसंहितामा समान धारणा बनाउनुभयो, त्यो धारणा हो धेरै मानिसको हत्या गरेका शोषकहरूलाई जनसमुदाय स्वयंले मार्न खोज्छन् भने मार्न दिने, अन्यथा खुंखार शोषकका रूपमा रहेकालाई ठूला, जमीन्दारहरूलाई पनि शारीरिक रूपमा सखाप पार्नु हुँदैन ! हामीले जमीन्दार वर्गलाई राजनैतिक र आर्थिक रूपमा सखाप पार्नु पर्दछ, त्यस वर्गका सदस्यहरूको रूपमा रहेका शोषक जमीन्दारहरूलाई पनि बाँच्ने अधिकार दिनुपर्छ, उनीहरूको धन-सम्पत्ति र जग्गा जमीन खोसेर लिंदा पनि अरू मानिसहरू सरह, मानवोचित जीवन यापन गर्न पुग्ने सम्पत्ति छोड्नु पर्दछ । (हेनुहोस् The History of Modern Chinese Revolution)
माओले लाल सेना छाडेर घर फर्कन चाहने आफ्ना सैनिकहरूलाई जान दिने, अझ घरसम्म जानका लागि चाहिने खर्चसमेत दिएर पठाउने विचार र व्यवहार प्रदर्शन गरेर सबैलाई आश्चर्यचकित पार्नुभएका तथ्यहरू पनि थुप्रै छन् । माओका विरूद्ध विद्रोह गर्ने र उहाँलाई हत्या गर्न खोज्नेहरूलाई समेत मार्न लगाउने काम नगरिकन उहाँले शान्तिपूर्वक लालसेना छाडेर जान दिएको प्रसंगले माओको व्यक्तित्वको नयाँ मानवीय पाटो उजागर भएको थियो ।
लाल सेना छोडेर जाने, विद्रोह गर्ने या नेताहरूलाई मार्न खोज्ने व्यक्तिहरूलाई क्रान्तिकारी आन्दोलनमा अहिलेसम्म गद्दारी गरेको आरोपमा मृत्युदण्ड दिने गरिंदै आइरहेको स्थितिमा माओका यस्ता मानवीय आचरणहरूले नयाँ नीति- नैतिकताको प्रतिमान थप्ने कार्य गरेका छन् ।
त्यसमाथि शोषण र उत्पीडन गरिरहेका उत्पीडक वर्गका मानिसहरूलाई समेत मानवोचित जीवनयापन गर्न दिने र ठूलो जमीन्दार वर्गलाई आर्थिक-राजनैतिक रूपमा सखाप पार्ने तर जमीन्दारहरूलाई शारीरिक रूपमा अन्त्य नगर्ने नीति अख्तियार गरी उहाँले विश्वकै सशस्त्र क्रान्तिको हिंसात्मक इतिहासमा नयाँ मानवीय आयाम थप्ने कार्य गर्नुभएको छ । (हेनुहोस् : The Morning Deluge/Han Suyin)
वास्तवमा माओ उत्पीडित जनसमुदायको मात्र होइन, उत्पीडकहरूलाई समेत मुक्त गर्न चाहनुहुन्थ्यो । यस अर्थमा सिंगो मानव समाजको मुक्ति नै उहाँको सिंगो क्रान्तिको लक्ष्य थियो भन्दा अतिशयोक्ति नहोला ।
अत्याचार, प्रतिशोध र व्यक्तिगत विद्वेषप्रति अत्यन्त घृणा गर्नुहुने माओले पटक पटक संझाउनुभएको थियो 'व्यक्तिको होइन, वर्गको विध्वंश गर ! रोगीलाई होइन, रोगलाई खत्तम पार !'
उहाँ सबै खाले प्रतिक्रियावादी विचारहरू, भावधाराहरू र उत्पीडक वर्गहरूका विरूद्ध उनीहरूको आर्थिक- राजनैतिक र सांस्कृतिक अन्त्यका लागि जति हदसम्म संझौताहीन संघर्ष गर्ने कट्टर योद्धा हुनुहुन्थ्यो त्यति नै मात्रामा कट्टरविरोधी हुनुहुन्थ्यो क्रान्तिको विजयका लागि गरिने व्यक्तिहत्या, शारीरिक यातना र अंगभंगको अमानवीय कर्मको । अत्याचार, प्रतिशोध र व्यक्तिगत विद्वेषप्रति अत्यन्त घृणा गर्नुहुने माओले पटक पटक संझाउनुभएको थियो 'व्यक्तिको होइन, वर्गको विध्वंश गर ! रोगीलाई होइन, रोगलाई खत्तम पार !'
माओको बेजोड क्रान्ति ? नयाँ जनवादी क्रान्ति
सन् १९२१ मा स्थापित चिकपाले माओको नेतृत्वमा सशस्त्र क्रान्ति अगाडि बढाउने क्रममा चार चार वटा क्रान्तिकारी युद्धहरूपछि अन्तमा १९४९ मा नयाँ जनवादी क्रान्ति सफल पारी छाड्यो । डा. सन यात सेनको नेतृत्वमा सम्पन्न सन् १९११ को अपूरो पूँजीवादी क्रान्तिलाई पूरा गर्ने उद्घोषका साथ सफल भएको नयाँ जनवादी क्रान्ति वास्तवमा सोभियत संघको अक्टोबर समाजवादी क्रान्तिको भन्दा नौलो ढंगको क्रान्तिको रूपमा देखापयो ।
सर्वहाराको नेतृत्वमा, विशाल गरीब र मध्यम किसानको तागतको आधारमा सबैजसो प्रजातान्त्रिक र देशभक्त शक्तिहरूको मोर्चाद्वारा सम्पन्न गरिएको नयाँ जनवादी क्रान्ति वास्तवमा 'माओको क्रान्ति' थियो । माओले नै चिनियाँ समाजका वर्गीय अन्तरविरोधहरूलाई नयाँ जनवादी क्रान्तितिर मोड्ने, त्यसको सही रणनीति, कार्यनीति र रणकौशल प्रदान गर्ने कार्य गर्नुभएको कुरामा कुनै दुईमत छैन । माओले आफ्नो कुशलताद्वारा नयाँ जनवादी क्रान्तिको सफल क्रियान्वयनको क्रममा विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलोपटक बेजोडको नयाँ सोच प्रस्तुत गर्नु भयो - हेपिएका लाखौं लाख किसानहरूले पनि ऐतिहासिक रूपमा क्रान्तिकारी भूमिका खेल्न सक्छन् !
मार्क्सवादले औद्योगिक सर्वहाराहरूको मुक्तिको बाटो मात्र देखाउन सक्छ भन्ने तथाकथित मार्क्सवादीहरूको जडसूत्रलाई नकार्दै उहाँले - मार्क्सवादजस्तो सर्वाधिक सर्वागीण विज्ञानको सारतत्वलाई आफ्नो देशको विशिष्ट परिस्थितिमा सिर्जनात्मक ढंगले लागू गर्ने हो भने सवै शोषित पीडित वर्ग, समुदाय, जात, जाति, भाषा-भाषी र लिङ्गको मुक्तिका लागि क्रान्ति सफल पार्न सकिन्छ भन्ने देखाउनुभयो ।
नयाँ जनवादी क्रान्तिका महानायक माओको क्रान्तिसम्बन्धी सोच र व्यवहारले खुलेआम घोषणा गयो क्रान्तिको वास्तविक अर्थ हो - सामाजिक प्रगति र मुक्तिको लागि जनआन्दोलन ! यही लक्ष्य प्राप्तिको एउटा बाटो हो सशस्त्र संघर्ष ! सशस्त्र संघर्ष आफैं क्रान्ति र आन्दोलनको लक्ष्य होइन, हुन पनि सक्दैन । वाध्यात्मक परिस्थितिमा अवलम्बन गरिएको सशस्त्र संघर्षसँगसँगै माओले जनजीविका, प्रजातन्त्र र राष्ट्रियताको सवालमा गाउँ र शहरमा सबै तप्काका जनताको संघर्ष संचालनद्वारा नयाँ जनवादी क्रान्तिलाई सफलीभूत पारेर संघर्षमा सबै उपायहरूको अवलम्बनका लागि विश्वका क्रान्तिकारीहरूलाई सचेत तुल्याउनु भयो ।
मानवीय सिर्जनशीलता र चमत्कारिक प्रगति
नयाँ जनवादी क्रान्तिको सफलतापछि थाहा भयो बन्दूकको नालको राजनैतिक सत्ताको उदय त भयो, क्रान्ति त भयो, अब यसलाई कसरी टिकाउने, विस्तृत र गहन कसरी पार्ने ?
क्रान्ति गर्नुभन्दा यसलाई टिकाउन गाह्रो भएको महसूस गर्दै क्रान्तिकारीहरूका महान नेता माओले 'घोषणा गर्नुभयो- क्रान्तिले देशव्यापी विजय प्राप्त गर्नु भनेको हजारौं हजारवटा लङ्ग मार्चहरूको पहिलो पाइला मात्रै हो, अगाडिको समाजवादी बाटो त झन् लामो, कठिन छ, समाजवादी रूपान्तरणको काम त झन् विशाल र भयावह खालको छ ।
चिनियाँ क्रान्तिकारीहरूका अगुवा, मार्ग निर्देशक तथा शिक्षक माओले नयाँ जनवादबाट समाजवादको कठिन बाटोमा अगाडि बढ्नका लागि आह्वान गर्दै चिनियाँ जनतासामु उभिएका विभिन्न अन्तरविरोधका अजंगका पहाडहरूबारे सतर्क र सचेत पार्नुभयो । उहाँले क्रान्तिपछि देखापरेका नयाँ अन्तरविरोधहरू देखाउनुभयो ।
क्रान्ति गर्नुभन्दा यसलाई टिकाउन गाह्रो भएको महसूस गर्दै क्रान्तिकारीहरूका महान नेता माओले 'घोषणा गर्नुभयो- क्रान्तिले देशव्यापी विजय प्राप्त गर्नु भनेको हजारौं हजारवटा लङ्ग मार्चहरूको पहिलो पाइला मात्रै हो, अगाडिको समाजवादी बाटो त झन् लामो, कठिन छ, समाजवादी रूपान्तरणको काम त झन् विशाल र भयावह खालको छ ।
अन्तर्राष्ट्रिय स्तरमा चिनियाँ जनता र साम्राज्यवादीहरूबीचको अन्तरविरोध, राष्ट्रिय रूपमा सर्वहारा र पूँजीपति वर्ग बीचको अन्तरविरोध, कम्युनिष्ट पार्टीभित्रै प्रकट भइरहेको पूँजीवादी र समाजवादीरूझान राख्नेहरूबीचको अन्तरविरोध ।
नयाँ जनवादबाट समाजवादको मार्गमा अगाडि बढ्ने सिलसिलामा चिनियाँ क्रान्तिले माओको नीति निर्देशनमा विश्वको मानव इतिहासमा सबैभन्दा विशाल मात्रामा भूमिको पुनर्वितरण, विदेशी तथा दलाल पूँजीपतिहरूका कारखानाहरू र पूँजीको राष्ट्रियकरण, नारीलाई मुक्तिका साथै सामाजिक जीवनमा क्रान्तिकारी परिवर्तन ल्यायो । सुतिरहेका करोडौं करोड मानिसहरू उत्पीडनबाट मुक्त भई आफ्नो असीम सिर्जनात्मकता र क्रियाशीलताका साथ अगाडि बढेपछि विकास र निर्माणले फड्को मार्न थाल्यो ।
सन् १९५६ बाट आत्मनिर्भर समाजवादी अर्थव्यवस्था निर्माणका लागि करोडौं चिनियाँ जनता जुट्न थालेपछि चमत्कारिक ढंगले प्रकृतिलाई नियन्त्रित गर्ने, बेरोजगारी, भोकमरी र अशिक्षा निर्मूल पार्ने र राजनीतिमाथि जनहस्तक्षेपको आँधी आउन थाल्यो । सन् १९५८ को 'महान अग्रवर्ती छलांग' पछि कृषिको सामूहिकीकरण र कम्यूनको निर्माणले समाजवादको निर्माणलाई नयाँ प्रकाश दिए।
यस्ता चमत्कारिक कामहरूको महत्व आफ्नो ठाउँमा त छँदैछ, तर माओको नेतृत्वमा चिनियाँ क्रान्तिले लिएको बाटो समातेको प्रक्रिया र पक्रेको दृष्टिकोण र संस्कृति त्योभन्दा निकै महत्वपूर्ण देखिन्छ । ग्रामीण कृषिको विकासलाई औद्योगिक विकासको आधार बनाउने नौलो विकासे मोडल, जनताको श्रमशक्ति र सिर्जनशीलताको बलमा मेशिनीकरण र प्रविधिको विकास गर्ने सोचाइ र व्यवहार, कम्युनलाई उत्पादन, शिक्षा र स्वास्थ्य, सरकारको पाठशाला र प्रयोगशाला बनाउने प्रक्रिया, उद्योग विशेषज्ञ वा नोकरशाहको नेतृत्वमा हुने व्यवस्थापनको सट्टा मजदूरहरूको क्रान्तिकारी कमिटीले संचालन गर्ने शैलीले अभूतपूर्व परिणाम निकाल्न थाल्यो ।
पूँजीवादका अनुयायीहरूसँग संघर्ष
तर कस्तो विडम्बना भने, क्रान्तिको सफलतापछिको कामकारवाही, कार्यशैली र कार्य पद्धतिको बारेमा विचार अस्पष्टता र पूँजीवादी सोच र व्यवहारको प्रभावलेगर्दा चीनमा माओ र ल्यू शाओ चिका फरक फरक अवधारणा, कार्य पद्धति र कार्यशैलीबीच अन्तरविरोध निकै चर्किदै गयो । क्रान्तिपछि समाजवादलाई लागू गर्नुको सट्टा नयाँ जनवादलाई नै सुदृढ बनाई राख्न खोज्ने ल्यूशाओं चि र तेङ सियाओ पिङ आदिले समाजवादी रूपान्तरणको प्रक्रियालाई रोकेर हरतरहले विकासक्रमलाई पूँजीवादी दिशातिर मोड्न खोजे । पार्टी र सरकारमा प्रभुत्व जमाएर बसेका ती पूँजीवादी बाटो हिँड्नेहरूका विरूद्ध माओले सन् १९४९ देखि नै पार्टीभित्र लामो समय संघर्ष गर्नुभयो ।
अन्तर पार्टी संघर्षको सिलसिलामा माओले नयाँ जनवादी चरणदेखि समाजवादी कालसम्म पनि पूँजीपति वर्गसँग सर्वहारा वर्गको वर्ग-संघर्ष चलिरहने वास्तविकतालाई स्वीकारेर चौतर्फी वर्ग संघर्ष नचलाइकन केवल प्रविधि, विकास, भौतिक उन्नति, उत्पादन बृद्धि र अर्थतन्त्रमाथि मात्र जोड दिँदा पूँजीपति वर्ग मजबूत हुने, निश्चिन्त हुने र समाजवादी विकास विस्तारै पूँजीवादी विकासमा फेरिने विचार प्रस्तुत गर्नुभयो ।
मानिसमाथि, उनीहरूको सिर्जनात्मकता र क्रियाशीलतामाथि अथाह र असीम आस्था राख्नुहुने माओले समाजको विकासमा, समाजवादी व्यवस्थाको निर्माणमा र मानवताको नियति बदल्ने अभियानमा मानव मानवीय कारकतत्वको पक्षमाथि सर्वाधिक बल दिनुभयो । तर ल्यू शाओ चि र तेङ सियाओ पिङहरूले सिर्जनशील मानवमाथि भन्दा पनि अर्थतन्त्रमाथि, प्राविधिक ज्ञान र अत्याधुनिक मेशिनमाथि, नोकरशाही व्यवस्थापनमाथि सोभियत सहायतामाथि, सहकारितालाई भन्दाव्यक्तिगत क्रियाशीलतामाथि अत्यधिक जोड दिए ।
माओले अन्तरपार्टी संघर्ष चलाउँदै अगाडि बढ्दा आफ्ना छिमेकी सहयोगी राष्ट्र सोभियत संघमा समाजवादलाई ध्वस्त पार्दै पूँजीवादको पुनर्स्थापना गर्ने खुश्चेभको संशोधनवादी डफ्फाविरूद्ध 'महान बहस' चलाउनु भयो ।
पार्टी र सरकारमाथि पकड जमाइरहे का ती पूँजीवादी अनुयायीहरूविरूद्ध माओले अल्पमतमा रहँदा रहँदै पनि अन्तरपार्टी संघर्ष गरिरहनुभयो । उनीहरू कम्युनको निर्माणलगायत समाजिक शिक्षा अभियानलाई ध्वस्त पार्ने, लालसैनिकहरू र कलकारखानाहरूमा पद, तलब र श्रेणी विभाजन गर्न थाल्ने काममा अग्रसर हुनथालेपछि माओले नयाँ क्रान्तिको आवश्यकता महसूस माओले अन्तर पार्टी संघर्ष गर्न थाल्नुभयो ।
माओले अन्तरपार्टी संघर्ष चलाउँदै अगाडि बढ्दा आफ्ना छिमेकी सहयोगी राष्ट्र सोभियत संघमा समाजवादलाई ध्वस्त पार्दै पूँजीवादको पुनर्स्थापना गर्ने खुश्चेभको संशोधनवादी डफ्फाविरूद्ध 'महान बहस' चलाउनु भयो । सोभियत संघको कम्युनिष्ट पार्टीका संशोधनवादी नेताहरूबाट अत्यन्त प्रभावित चिनियाँ नेताहरू ल्यू शाओ चि र तेङ सियाओ पिङको चुरीफुरी निकै बढ्न थालेपछि उहाँले आफ्नो देशमा पनि समाजवाद नष्ट हुने र पूँजीवादको पुनर्स्थापना हुने संभावनाविरूद्ध डटेर मुकाबिला गर्ने प्रण गर्नुभयो ।
सांस्कृतिक क्रान्ति किन ?
चीनमा सामन्तवाद र साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्ति सफल भइसकेपछि जनमानसलाई समाजवादी संस्कृतितर्फ डोयाउन र सामन्ती एवं पूँजीवादी संस्कृतिका दूषित प्रभावहरूबाट बैचारिक-सांस्कृतिक रूपले मुक्त गर्न क्रान्तिले बैचारिक, राजनैतिक र सांस्कृतिक क्षेत्रका कामहरू पूरा गर्न बाँकी नै थियो । त्यस्तै, सत्ताच्यूत भएको वर्ग सम्पूर्ण शक्तिका साथ प्रतिरोधमा उत्रिरहेको र उनीहरूको अवशेषलाई सामाजिक सांस्कृतिक जीवनबाट विस्थापित गर्न त बाँकी नै रहेको थियो । त्यसमाथि ३-४ दशक लामो कम्युनिष्ट आन्दोलनको क्रममा पार्टी सदस्यलाई न त पूँजीवादी संस्कृति, आनीबानी, कुलतहरूबाट मुक्त गर्न सकिएको थियो, न त पुरानो सामन्ती समाजका अवशेषको रूपमा उनीहरूमा सर्दै आएका मानसिकता, नीति- संस्कृति र खराब आचरणहरूलाई सखाप पार्न सकिएको थियो ।
सशस्त्र संघर्ष गर्दैमा, क्रान्ति सफल पार्दैमा, सत्ता कब्जा गर्दैमा यस्ता वैचारिक सांस्कृतिक विकृतिबाट त्यतिकै मुक्त होइने रहेनछ भन्ने कुरा लेनिन, स्तालिन र माओको समाजवादको देखापरिसकेको थियो । यसको लागि अभ्यासको अनुभवबाट द्वन्दात्मक भौतिकवादी दृष्टिकोण, सर्वहारा विचार, राजनीति र संस्कृतिको मानदण्डलाई लगातार माथि उठाउँदै लैजाने दृढ संकल्पका साथ संघर्ष जारी राख्नु अनिवार्य रहेछ भन्ने कुरा स्पष्ट देखियो ।
चिकपा सत्तासीन भएपछि वैचारिक, सांस्कृतिक र राजनैतिकस्तर निम्न भएका पार्टी सदस्यदेखि केन्द्रीय स्तरका नेताहरूमा समेत पुराना सामन्ती र पूँजीवादी संस्कृतिका साथै थप नयाँ व्यक्तिवादी र अवसरवादी प्रवृत्तिहरू भ्याँगिन थाले । सशस्त्र संघर्ष गर्दैमा, क्रान्ति सफल पार्दैमा, सत्ता कब्जा गर्दैमा यस्ता वैचारिक सांस्कृतिक विकृतिबाट त्यतिकै मुक्त होइने रहेनछ भन्ने कुरा लेनिन, स्तालिन र माओको समाजवादको देखापरिसकेको थियो । यसको लागि अभ्यासको अनुभवबाट द्वन्दात्मक भौतिकवादी दृष्टिकोण, सर्वहारा विचार, राजनीति र संस्कृतिको मानदण्डलाई लगातार माथि उठाउँदै लैजाने दृढ संकल्पका साथ संघर्ष जारी राख्नु अनिवार्य रहेछ भन्ने कुरा स्पष्ट देखियो ।
अतः माओको चिन्तन, प्रेरणा र प्रत्यक्ष नीति निर्देशनमा सन् १९६६ मा महान सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी गरियो, जुन विश्वको कम्युनिष्ट आन्दोलन र सिंगो माओका क्रान्तिको इतिहासको अद्वितीय र महत्वपूर्ण क्रान्ति सावित भयो । सन् १९१९ मे ४ को सांस्कृतिक आन्दोलन मै नेतृत्वस्तरमा क्रियाशील हुनुभएका माओका लागि लाल सेनाको गठन, लालआधार क्षेत्रको निर्माण, संयुक्त मोर्चाको गठन, कोमिन्ताङ सैनिक, जापानी र अमेरिकी हस्तक्षेपविरोधी युद्ध, नयाँ जनवादी क्रान्ति आदि सबै नै सांस्कृतिक चिन्तन र कर्महरू हुन् । त्यसै अवधिमा देशभरि नयाँ जनसास्कृतिक अभियानचलाइरहनुभएका माओले कला, साहित्य सम्बन्धी येनानको छलफलदेखि 'नयाँ जनवादबारे' सोभियत नेताहरूको संशोधनवादविरुद्ध छेडिएको 'महान बहस' आदिमा नयाँ सांस्कृतिक आन्दोलनलाई नै अभिव्यक्त गर्नुभएको थियो ।
यसैको निरन्तरतामा सर्वहारा वर्गको नेतृत्वमा सतत क्रान्तिको अवधारणासहित माओले सन् १९६४, मा सर्वहारा सांस्कृतिक क्रान्तिको भूमिकाको रूपमा 'समाजवादी शिक्षा अभियान' थाल्दै भन्नुभयो “वर्तमान आन्दोलनमा प्रहारको मुख्य लक्ष्य पार्टीका ती सत्ताधारी मानिसहरू हुन्, जो पूँजीवादी बाटो अपनाइरहेका छन् ।” शिक्षा सँगसँगै सिंगो कला, साहित्य, संस्कृतिको क्षेत्रमा पूँजीवादी प्रवृत्ति र रूझानहरूको प्रभुत्व रहेको स्थितिमा उहाँले सर्वहारा सांस्कृतिक क्रान्तिका रूपमा एउटा सर्वतोमुखी क्रान्तिको नेतृत्व गर्नुभयो ।
सांस्कृतिक क्रान्तिको क्रममा उहाँले एकातिर खुश्चेभले जस्तै पूँजीवादी बाटो अपनाउने ल्यू शाओं चि र तेङ सियाओ पिङजस्ता नेता र शासकहरूलाई सत्ताच्यूत पार्ने जन अभियान चलाउनुभयो । अर्कोतिर संशोधनवाद हुर्कने वातावरण नै ध्वस्त पार्न जनव्यापी वैचारिक-सांस्कृतिक अभियान चलाउनुभयो । त्यस क्रममा पूँजीपतिहरूका कुप्रभावहरूदेखि लिएर सामन्ती विचार, अवधारणा संस्कृतिविरूद्ध संघर्ष चलाइयो । सामाजवादी समाजमा विद्यमान रहने जटिल र विकट रूपको वर्ग संघर्षको क्रममा पूँजीवादी शक्तिले पुनः सत्ता खोस्न सक्ने संभावनाहरूलाई मध्यनजरमा राखी सर्वतोमुखी अधिनायकत्व लागू गर्ने प्रयास गरियो ।
कोही पनि आलोचना- भन्दा पर छैनन्
जनतालाई सर्वाधिक क्रियाशील, सचेत, संगठित, आलोचनात्मक, शक्तिशाली सत्ता संचालकको विकसित गर्न सर्वहारा जनवादको अभूतपूर्व प्रयोग रूपमा गरियो । सचेत रूपमा, पार्टी र सरकारका सर्वोच्च नेताहरूदेखि सामान्य सदस्यहरूलाई समेत पार्टी कार्यकर्ता, युवा, विद्यार्थी मजदूर, किसानदेखि करोडौं सामान्यजनको आलोचनाको घेरोभित्र ल्याएर वैचारिक सांस्कृतिक रूपान्तरण गर्ने प्रयत्न थालियो ।
पहिले पहिले पार्टी पंक्तिभित्र मात्रै सीमित रहेको 'शुद्धीकरण आन्दोलन' लाई निर्बन्ध पार्ने क्रममा माओको आफ्नै नेतृत्वमा अत्यधिक विशाल र व्यापक मात्रामा पार्टी, सरकार, स्कूल, कारखाना वा जहाँकहीं पनि सत्तासीन रहेकाहरूलाई 'आलोचना, आत्मालोचना र एकता' को मार्क्सवादी शिक्षा र क्रान्तिकारी पद्धतिविज्ञानको आधारमा सुधार्ने प्रयास गरियो ।
क्रान्तिको पहिलो तारो आफू आफ्ना गलत विचार र संस्कृति हुनुपर्ने विचार सार्वजनिक गर्दै उहाँले आह्वान गर्नुभयो– 'हामीले पूँजीवादी पुनर्स्थापनाका लागि प्रयत्नरत संशोधनवादको जग नै भत्काउने हो भने त्यसको आर्थिक, राजनैतिक र सांस्कृतिक आधार ध्वस्त पार्नुपर्दछ र मानिसहरूको दृष्टिकोणलाई बदल्नु पर्दछ ।'
माओले पार्टी र सरकारमा पूँजीवादी विकृति फैलिनुमा पार्टी र सरकारको नेतृत्वदायी व्यक्तिको हैसियतले आफ्नो नैतिक जिम्मेवारी बेसी रहेको विचार पोख्दै आत्मालोचना गर्ने र आलोचनाको घेरोभित्र पार्न अपील गर्नुभयो । क्रान्तिको पहिलो तारो आफू आफ्ना गलत विचार र संस्कृति हुनुपर्ने विचार सार्वजनिक गर्दै उहाँले आह्वान गर्नुभयो– 'हामीले पूँजीवादी पुनर्स्थापनाका लागि प्रयत्नरत संशोधनवादको जग नै भत्काउने हो भने त्यसको आर्थिक, राजनैतिक र सांस्कृतिक आधार ध्वस्त पार्नुपर्दछ र मानिसहरूको दृष्टिकोणलाई बदल्नु पर्दछ ।'
समाजवादी रूपान्तरणका दुईवटा पाटाहरू हुन्छन्, एक व्यवस्थालाई फेर्नु, अर्को मानिसलाई बदल्नु । यी दुई पाटाहरूमा सन्तुलन नभएमा पूँजीवादी पुनर्स्थापनालाई कसैले रोक्न सक्दैन । त्यसैले माओले सांस्कृतिक क्रान्तिताका पूँजीवादी पुनर्स्थापनाका भौतिक आधारहरूको समूल नष्ट गर्न पूँजीवादी व्यक्ति स्वतन्त्रता, व्यक्ति मुक्तिवोध र व्यक्तिवादका साथै डर र लालच देखाएर (भौतिक प्रलोभन दिएर) काम गराउने, हिंसात्मक प्रतिस्पर्धा गराउने, माल उत्पादन गराउने कामलाई नाश गर्न थालियो । र, शिक्षा, संस्कृति, साहित्य, कला, सामाजिक आचार-व्यवहार र संस्कारजस्ता माथिल्लो ढाँचाका सवै अंगहरूमा सतत् क्रान्तिकारीकरणलाई अनिवार्य बनाउने प्रयास गरियो ।
प्रजातन्त्रको नवीन प्रयोगलाई असफल पारियो
यो अद्वितीय, विशाल र जटिल चौतर्फी संघर्षले पार्टी, नेता, शासक, नोकरशाह, कार्यकर्ता र जनताबीच उच्चस्तरको उन्नत, आलोचनात्मक विवेकयुक्त सम्बन्ध विकसित गर्न र पार्टीभित्र र वाहिर जनवाद र केन्द्रीयताको अभूतपूर्व र स्तरीय रूप प्रकट गर्न सघाउ पुर्यायो । यसबाट अभूतपूर्व रूपमा देखापर्यो - जनता नै इतिहासको वास्तविक निर्माता हुन्, उनीहरूको सिर्जनात्मकता, पहलकदमी तथा निर्णय प्रक्रियामा बढीभन्दा बढी सहभागिताद्वारा जनतालाई सशक्त, शक्तिशाली र सत्तासीन पार्ने खालको समाजवादी जनवादले मात्रै पूँजीवादी पुनर्स्थापना रोक्नलाई सहयोग पुऱ्याउन सकिन्छ । जनवाद अथवा प्रजातन्त्रको यस्तो नवीन र विशाल प्रयोग सर्वाधिक उदारवादी पूँजीवादी प्रजातन्त्रवादीहरूले कल्पना समेत गर्न सकेका छैनन्, न त सांस्कृतिक क्रान्तिलाई माओको अक्षम्य गल्ती ठान्ने तेङ सियाओ पिङको 'बजार समाजवाद'ले क्रियान्वयन गर्न सकेको छ, न त चीन, सोभियत संघ र पूर्वी यूरोपमा 'प्रजातन्त्रको खोजी गर्ने पूँजीवादीहरूले प्रयोग गर्न सकेका छन्
जनताका लागि, जनता सँगसँगै जनताद्वारा पूँजीवादको पुनर्स्थापनाविरूद्ध र आफ्नो मुक्तिका लागि अभूतपूर्व रूपमा थालिएको महान सर्वहारा सांस्कृतिक क्रान्ति ९ सेप्टेम्बर १९७६ मा माओको मृत्युसँगै अन्त्य भयो र त्यसले वाञ्छित उपलब्धि हासिल गर्न सकेन । तेङ सियाओ पिङको संशोधनवादी डफ्फाले पार्टी र सरकारलगायत उपरी ढाँचाका सम्पूर्ण संघसंस्थाको संरचनामाथि कब्जा जमाई पूँजीवादको पुनर्स्थापना गर्न थालेपछि सर्वहारा सांस्कृतिक क्रान्तिका प्रयोग र उपलब्धि प्रक्रियाहरूलाई रछ्यानमा फ्याँकियो । र, अन्ततः पार्टी कार्यकर्ता र जनताको तल्लो स्तरको वैचारिक-सांस्कृतिक हैसियतलाई दुरूपयोग गर्दै सिंगो समाजवादी क्रान्तिलाई चकनाचुर पार्न थालियो ।
जनताका लागि, जनता सँगसँगै जनताद्वारा पूँजीवादको पुनर्स्थापनाविरूद्ध र आफ्नो मुक्तिका लागि अभूतपूर्व रूपमा थालिएको महान सर्वहारा सांस्कृतिक क्रान्ति ९ सेप्टेम्बर १९७६ मा माओको मृत्युसँगै अन्त्य भयो र त्यसले वाञ्छित उपलब्धि हासिल गर्न सकेन ।
स्तालिनको मृत्युपछि संशोधनवादी खुश्चेभ गुटले पार्टी र राज्यको नेतृत्व हड्पेर पूँजीवादको पुनर्स्थापना गरेको देखेर सचेत र सतर्क हुनु भएका माओले आफ्नो देशमा र सिंगो विश्वमा पूँजीवादको पुनर्स्थापनाविरूद्ध अनि मनुष्यको रूपान्तरणका लागि जुन महान् सांस्कृतिक संघर्ष चलाउनुभयो, त्यो माओको दुःखद् निधनपछि पनि विश्व कम्युनिष्ट आन्दोलन र सिंगो मानव इतिहासकै एक विश्वव्यापी महत्वको सर्वतोमुखी क्रान्तिको रूपमा स्थापित भएको छ ।
कमी-कमजोरी कहीं भयो कि ?
दश दश बर्षसम्म सांस्कृतिक क्रान्ति चलाउँदा पनि विगतमा क्रान्ति सफल पार्ने कम्युनिष्ट पार्टी, त्यसका शीर्षस्थ क्रान्तिकारी भनाउँदा केन्द्रीय 'नेता, पोलिट्व्यूरो सदस्य तथा महासचिवहरूमा समेत वैचारिक-सांस्कृतिक परिवर्तन नहुनु भनेको उनीहरूको दृष्टिकोण, आचार- व्यवहार नीति संस्कृतिमा केही फेरबदल नआउनु भनेको धेरै नै गम्भीर र सोचनीय पक्ष हो । उनीहरूको मन मस्तिष्कमा रहेका सामन्ती र पूँजीवादी संस्कृतिहरूलाई दश दश वर्षको सांस्कृतिक क्रान्तिले पनि सिनित्तै बढार्न नसक्नु र तिनीहरूबाटै फेरि एकपटक सोभियत संघमा जस्तै पूँजीवादको पुनस्थापना हुनथाल्नुले प्रश्न उठाइरहेको छ - कहीं सांस्कृतिक क्रान्तिको क्रममा केही गल्ती कमी कमजोरी भएका थिए कि ?
हुन त चिनियाँ क्रान्ति र सांस्कृतिक क्रान्तिको समग्र विश्लेषण गरी गल्ती कमजोरीहरूको बारेमा तत्कालै अन्तिम निश्कर्ष निकाल्न सकिने स्थिति बनेको छैन । तर त्यसको बारेमा गहन अध्ययन गरिरहेका विद्वानहरूले संकेत गरेका केही कमी कमजोरीहरूलाई छलफलका लागि प्रस्तुत गर्ने जमर्को गर्दैछु ।
एंगेल्स र लेनिनको मतअनुसार सर्वहाराको राज्यलाई केन्द्रीकृत राज्यको सट्टा विकेन्द्रित अराज्य (नो-स्टेट) तिर लान नीति-निर्णयको प्रक्रिया तथा राज्यका अन्य कार्य र प्रक्रियामा अधिकतम् संभव सीमासम्म श्रमजीवी जनताको प्रत्यक्ष सहभागिता हुनुपर्दछ । जनताको नाममा, जनताको भलाइ गर्ने ठेक्का लिएका पार्टी र नेताहरूको निरंकुश शासन हुनुहुँदैन । यहीं मतअनुसार चीनमा पनि सांस्कृतिक क्रान्तिताका पेरिस कम्यून र सोभियतहरूको मोडलअनुसार प्रारम्भिक चरणका क्रान्तिकारी जन कमिटीहरू बनाइएका थिए । तर पछि गएर यिनीहरूलाई नीति-निर्धारिक स्वायत्त र शक्तिशाली समानान्तर शक्ति- संरचनाको रूपमा विकसित गरिनुको सट्टा कानूनी मान्यता दिएर राज्यको मातहतको निकायको रूपमा विकसित गरियो । यसले गर्दा राज्यसत्तामाथि संशोधनवादीहरूको कब्जा हुनासाथ ती कमिटीहरू जनसम्पर्क गर्ने मातहतको अंग बन्न पुग्यो । पछि त कानूनी प्रक्रियाद्वारा नै यसलाई गैरकानूनी भएको आरोपमा भंग गरियो । यसबाट आलोचनात्मक विवेकले युक्त श्रमजीवी जनतालाई सशक्तिकरण गर्दै पूँजीवादी बाटोका अनुयायीहरूसँग लड्न समानान्तर खालको शक्तिशाली क्रान्तिकारी जन-कमिटीको जस्तो संरचना, संचालन पद्धति र त्यसमार्फत् सत्तामाथि जनहस्तक्षेपको कारवाहीलाई अक्षुण्ण राखी छाड्नुपर्ने पक्ष स्पष्ट रूपमा देखियो ।
त्यस्तै, विद्वानहरूले उठाएका अरू प्रश्नहरू हुन्– पार्टीको विधानमै लिन प्याओलाई माओका योग्य उत्तराधिकारी घोषित गर्ने निर्णय कत्तिको ठीक छ ? आफ्नो जीवनका निजी स्वार्थहरूलाई क्रान्ति-स्वार्थको अधीनमा राख्ने कि क्रान्तिको स्वार्थसँग भन्ने सवालमा प्रश्न उठाइएको छ क्रान्तिको स्वार्थसँग एकाम्य पार्ने भन्ने सवालमा प्रश्न उठाइएको छ- क्रान्तिको स्वार्थप्रतिको प्रतिवद्धतामा कमी आयो भने व्यक्तिगत स्वार्थले फणा उठाउँछ कि उठाउँदैन र त्यसले प्रतिक्रान्तितिर डोयाउँछ कि डोयाउँदैन ? यी सवालहरू अहिलेसम्म अनुत्तरित नै छन् ।
दुई चारवटा सांस्कृतिक क्रान्तिको जरूरत
चारैतिर पूँजीवादले विजय अभियान चलाइरहेको र पुराना समाजवादी राष्ट्रहरूमा समेत पूँजीवादको पुनस्थापना भइसकेको स्थितिमा फेरि पनि एउटा महत्वपूर्ण ज्वलन्त प्रश्न उठन सक्छ - माओको नेतृत्वमा भएको महान सर्वहारा सांस्कृतिक क्रान्तिले चीनमा समेत पूंजीवादी पुनर्स्थापनाको प्रक्रियालाई रोक्न नसकेको स्थितिमा माओको विचार, व्यवहार र क्रान्तिको महत्ता के हुनसक्छ र ?
मार्क्सले भन्नुभएको छ– 'विश्वलाई बदल्नका लागि मजदूरहरूले सबैभन्दा पहिले आफूलाई नै फेर्नुपर्दछ ।'
यसको लागि निरन्तर सांस्कृतिक क्रान्तिको जरूरत महसूस गर्दै लेनिनले जोड दिदै भन्नुभएको छ "सांस्कृतिक क्रान्ति सत्ता-क्रान्तिको अगाडि अगाडि हिंड्नुपर्दछ ।"
जीवनको अन्तिम समयसम्म पनि चीनमा समाजवादको विजय हुन्छ कि पूँजीवादको विजय हुन्छ भन्ने सवाल तय नभैसकेको सत्य उदघाटन गर्दै उहाँले आह्वान गर्नुभएको छ– चीनमा पनि पूँजीवादको पुनर्स्थापना भयो भने त्यसको विरूद्ध सबैले अथक र अविश्राम संघर्ष चलाउनुपर्दछ पूँजीवादी पुनर्स्थापनाको जरै उखेल्ने हो भने सर्वहारा सांस्कृतिक क्रान्तिलाई र कैयौं पिंढीसम्म दीर्घकालीन रूपमा चलाइरहनु पर्दछ ।'
माओले सामान्य जनदेखि सचेत सुसंस्कृत भनाउँदा पार्टी नेता तथा पार्टी सरकार प्रमुखहरूको दृष्टिकोण र संस्कृतिलाई बदल्न क्रान्तिभन्दा अगाडि शुद्धिकरण अभियान र क्रान्तिपछि सांस्कृतिक क्रान्तिकै अगुवाइ गर्नुभयो । कम्युनिष्ट र कम्युनिष्ट पार्टीको क्रान्तिकारी सत्तामा आसीन पूँजीपतिहरू, पूँजीवादी बाटोका अनुयायीहरूलाई सत्ताच्यूत गर्न लामो समयसम्म वैचारिक- सांस्कृतिक र राजनैतिक संघर्ष चलाउनुभयो । जीवनको अन्तिम समयसम्म पनि चीनमा समाजवादको विजय हुन्छ कि पूँजीवादको विजय हुन्छ भन्ने सवाल तय नभैसकेको सत्य उदघाटन गर्दै उहाँले आह्वान गर्नुभएको छ– चीनमा पनि पूँजीवादको पुनर्स्थापना भयो भने त्यसको विरूद्ध सबैले अथक र अविश्राम संघर्ष चलाउनुपर्दछ पूँजीवादी पुनर्स्थापनाको जरै उखेल्ने हो भने सर्वहारा सांस्कृतिक क्रान्तिलाई र कैयौं पिंढीसम्म दीर्घकालीन रूपमा चलाइरहनु पर्दछ ।'
पूँजीवादको विश्व विजयविरूद्ध, पूँजीवादको पूनर्स्थापना गर्न चाहने संशोधनवादीहरूविरुद्ध कम्युनिष्ट पार्टीभित्र र बाहिर, सरकारभित्र र बाहिर देशभित्र र बाहिर अथक रूपमा सांस्कृतिक क्रान्ति चलाउनु हुने माओका विचार, व्यवहार र क्रान्ति यस अर्थमा एक्काइसौं शताब्दीको लागि पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण सावित भएको छ । विश्वका सबै क्रान्तिकारीहरूले सत्ता- क्रान्तिभन्दा अगाडि पछाडि सतत् रूपमा सांस्कृतिक क्रान्ति चलाइरहने चिन्तन प्रक्रिया र प्रेरणा दिइरहनुभएका माओ त्सेतुङ पूँजीवाद र समाजवादबीच टक्कर रहेसम्म, वगसंघर्ष जारी रहेसम्म र मानवता तथा बर्बरताबीच द्वन्द भइरहेसम्म प्रकाशपूञ्ज बनिरहनु हुनेछ । प्रकाशपुञ्ज माओले सगर्व घोषणा
गरिरहनु हुनेछ:-
मुठ्ठीमा समेट्न सक्छौं चन्द्रमालाई
नवौं आकाशमा
र समात्न सक्छौं कुछुवाहरू
पाँच महासमुद्रहरूको गहिराइमाझ
विजयको उल्लासले भरिएका गीतहरू र हाँसोकाबीच
हामी फर्कनेछौं ।
चुलीहरूमा टेक्ने आँट छ भने
केही पनि हुँदैन असंभव यस संसारमा !
(माओ त्से तुङद्वारा मे १९६५ मा लिखित 'चिंगकांग शानमा फेरि चढ्दा' नामक
कविताको एक अंश)
मूल्याङ्कन २०५७ असोजमा प्रकाशित
रूमी: महान सूफी सन्त कसरी एक विद्वान प्रेमी बने?
हाकिमको भोज
रूसी चरित्र
रेबीज : अत्यन्तै घातक तर बेलैमा उपचार गरे रोकथाम गर्न सकिने रोग
नेटो: क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि खतरा
वार्सा प्याक्टको विघटनपछि नेटो किन जारी रह्यो ?
कार्ल मार्क्सको कालजयी कृति ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान’
प्रतिक्रिया