पुनरावलोकन : मदन भण्डारी र जनताको वहुदलीय जनवाद
मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर १. नेपाल निरंकुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिक/संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा संक्रमण हुँदै थियो, र २. सोभियत संघ र पूर्वी युरोपमा 'समाजवाद'को पतन भइरहेको र यसर्थ, दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्था थियो । कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था धकेलिएको थियो ।
मुलुक भित्रको त्रि-शक्ति सन्तुलनको (राजतन्त्र, काङ्ग्रेस र वामपन्थी) एउटा पक्षको हैसियतमा नेपाली कम्युनिष्ट आन्दोलनले लिने दिशा तरवारको धारमा हिँड्नु जत्तिकै जोखिमपूर्ण थियो । मुलुकमा आफैं समेत संलग्न संयुक्त आन्दोलनबाट भरखरै स्थापित पुँजीवादी प्रजातन्त्रको उपर्युक्त स्वरुपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्यदिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्त्वको काम थियो । यो संगिन घडी थियो र यहाँ दुइटा उत्ताउला काम हुन सक्थे– मार्क्सवादी साहित्यमा भनिने गरिएको दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव । (यी दुइटैले ल्याउने त विसर्जन नै हो ।) दक्षिणपन्थी अवसरवादले सामाजिक क्रान्तिको सामाजिक मिशन बिर्सने र सत्ताको शान र सुविधामा हेलिन जोड दिन्थ्यो भने उग्र वामपन्थी भडकावले 'निरन्तर क्रान्ति'को नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाउने र त्यहीं अनुरुपको चर्तिकला देखाउथ्यो । मिशनमा प्रतिवद्ध शक्तिको जिम्मेवार विकल्प चाहीं यी दुईटै अतिबाट बच्नु हुन्थ्यो ।
दक्षिणपन्थी अवसरवादले सामाजिक क्रान्तिको सामाजिक मिशन बिर्सने र सत्ताको शान र सुविधामा हेलिन जोड दिन्थ्यो भने उग्र वामपन्थी भडकावले 'निरन्तर क्रान्ति'को नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाउने र त्यहीं अनुरुपको चर्तिकला देखाउथ्यो । मिशनमा प्रतिवद्ध शक्तिको जिम्मेवार विकल्प चाहीं यी दुईटै अतिबाट बच्नु हुन्थ्यो ।
मदन भण्डारीले भने बिना लप्पनछप्पन व्यवहारिक सोंचको अगुवायी गरे । पुँजीवादी प्रजातन्त्रका 'रुप पक्ष'लाई 'क्रान्तिकारी सार'मा कलमी गरे । बहुदलीय प्रणाली, आवधिक निर्वाचन, बहुमतको शासन र अल्पमतको विपक्ष, कानुनी शासन, मानव अधिकार, शक्तिको पृथक्कीकरण जस्ता विषयलाई 'क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र (निजी क्षेत्रको भूमिकालाई रणनीतिक अर्थमै लामो समयसम्म स्वीकारेर स्थान दिनु, राज्य क्षेत्रलाई स्वच्छ र प्रभावकारी बनाउनु तथा सहकारी क्षेत्रलाई जनस्तरबाट बिस्तार गर्दै लानु) र आधुनिक संस्कृति' निर्माणमा सजाए । त्यसलाई उनले 'जनताको बहुदलीय जनवाद'मा लिपिबद्ध गरे । तर त्यस पछि उनले त्यति मौकै पाएनन् ।
मदनको अवसानपछि मदनले कोरेको लक्ष्मण रेखामा कम्युनिष्ट आन्दोलन टिक्न सकेन । यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकावको तानातानमा पर्यो । दक्षिणपन्थी अवसरवादी विचलनले उग्र वामपन्थी भडकावको निम्ति बारुद तैयार गरिदियो भने उग्र वामपन्थी भडकावले दक्षिणपन्थी अवसरवादी विचलनलाई खोर बाख्री खोर गर्यो । हो, पुँजीवादी प्रजातन्त्रलाई 'धोखाधडीको उपकरण'को रुपमा प्रयोग गरिँदै आएको इतिहास छ । त्यसैमा हेलिनु र चुनावदेखि चुनावसम्म सीमित हुनु हुदैनथ्यो । यो पनि क्रमश: हुँदै गयो । तर के त्यतिकै भरमा यसलाई अस्वीकार गर्नु युक्तिसङत हुन्थ्यो ?! हुनु हुँदैनथ्यो । त्यसलाई पनि 'मुक्तिको उपकरण'को रुपमा ग्रहण गर्न मार्क्सवादले बर्जित गर्दैनथ्यो । ("Introduction to Marx’s Class Struggles in France" by Frederic Engels र Preamble of the Programme of the French Workers' Party written by K. Marx हेरे हुन्छ ।) तर यहीं आन्दोलन भित्रको अर्को धारा सुरुमा अनकनाउँदै स्वीकारेको भए पनि अलिक पछि यसलाई अस्वीकार गर्दै जनयुद्धमा होमियो । लोकतान्त्रिक गणतन्त्रको स्थापना पछाडि पनि एउटा पक्ष त आज पनि वहिस्कारको पैरवी गर्दै छ ।
मदन भण्डारीपछि वाह्य परिवेश र मुलुकको राजनीतिमा बडो परिवर्तन आयो ।
एकल ध्रुवीय विश्वमै इतिहास अन्त्य भएको होइन रहेछ । अझै थिग्री नसकेको भए पनि वहुध्रुवीय विश्व व्यवस्थाको निम्ति दुनियाँ द्वन्दरत छ । यसले अन्तत: अघिल्ला विश्व व्यवस्थाले सीमान्तकृत गरेका हाम्रा जस्ता वैश्विक दक्षिणका मुलुक र प्रतिरक्षात्मक भएको कम्युनिष्ट आन्दोलनमा, युगबोध हुने हो र गतिशील हुने हो भने, सकारात्मक प्रभाव पर्ने नै छ ।
मुलुक भित्र पनि यस बिचमा मार्क्सवादी साहित्यमा भन्ने गरिएको पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो, एकात्मक सामन्ती राजतन्त्र राजतन्त्र फालियो र त्यसको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापित भयो । तर पुँजीवादी जनवादी क्रान्तिका आर्थिक सामाजिक कार्यभार पूरा गर्न बाँकी नै थियो । सामाजिक विकासको हिसावबले मुलुक 'प्रारम्भिक पुँजीवादी' चरणमै रहेको कारणले ती कार्यभार पूरा गर्न रातारात संभभव थिएन तर प्राथमिकता र निष्ठाका साथ लाग्नु पर्ने थियो । ती पूरा नगरी समाजावादमा प्रवेश गर्न सकिन्नथ्यो । तर नेतृत्व यसमा गम्भीर र प्रतिबद्ध भएन । नेतृत्व, एकातिर 'नव उदारवाद'को वहावमा हेलियो भने अर्कोतिर लोकरन्जनाको खातिर 'नेपाली विशेषताको समाजवाद'को खेस्रा लेख्न थाल्यो ।
'मदन भण्डारीलाई पनि उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुयायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे । देख्नलाई तिनको 'देवपुजन' त देखिन्छ तर 'उनको आत्मा' कहिले पोलेर खाए, खाए ! यो त्यतिबेलैदेखि सुरु भयो, जब तिनले उनको 'बहुदलीय जनवाद'को 'रुप पक्ष'लाई सिद्धान्तको सार र शास्वत पक्ष भनेर भाष्य बाड्न थाले ।
हान्स एन्जेन्बर्गले मार्क्सलाई संबोधन गर्दै भनेका थिए, 'तिमीलाई तिम्रै अनुयायीले धोका दिए, वैरी त हिजो जस्ता थिए आज पनि उस्तै छन् ।'मदन भण्डारीलाई पनि उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुयायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे । देख्नलाई तिनको 'देवपुजन' त देखिन्छ तर 'उनको आत्मा' कहिले पोलेर खाए, खाए ! यो त्यतिबेलैदेखि सुरु भयो, जब तिनले उनको 'बहुदलीय जनवाद'को 'रुप पक्ष'लाई सिद्धान्तको सार र शास्वत पक्ष भनेर भाष्य बाड्न थाले । अर्को दुखद पक्ष यस बिचमा उग्र वामपन्थी भडकावले पनि सम्यक पाठ सिक्न सकेन । सुखद कुरा, यस आन्दोलनका दुई ठुला धार एमाले र मावोवादी एकीकृत भएका पनि हुन्, त्यसले यस वामपन्थी आन्दोलनलाई मुलुकको राजनीतिक शक्ति सन्तुलनमा सर्वाधिक शक्तिशाली शक्तिको रुपमा स्थापित पनि गर्यो । तर त्यस एकताले अल्पायुमै मृत्युवरण गर्नु पर्यो । नेतृत्वमा रहेको स्वेच्छाचारिता, महत्वाकांक्षा र कुन्ठाले, उसमाथि अरुको उलामालाले हुनुहार गर्यो - आन्दोलन आफैंले भने खुम्चिनु पर्यो, शक्ति सन्तुलन आफ्नो विपक्षमा फेरियो । आन्दोलनले धक्का खायो, भित्री बाहिरी शक्तिलाई खुँदो पल्टियो, राजनीतिक अस्थिरता बढायो र मुलुकलाई अनिश्चयको गर्तमा धकेलिदियो । यो सब यस आन्दोलनभित्र आफ्नो सामाजिक मिशन र ध्येयसंग मेल नखाने संगठनात्मक प्राणालीको संरचना, संस्था र विधिप्रणालीले निम्त्याएको करामत हो । अन्तर्पार्टी जीवनमा यसले अनुशरण गरेको र कस्दै लगेको 'निर्देशित प्रजातन्त्र'ले सुधारको आन्तरिक उर्जालाई नै निस्तेज गरेको छ । यस प्रणालीले निस्कन्टक अधिनायक बन्ने र विभाजनकारी प्रतिवादको अन्तरविरोध पुरुत्पादन गर्ने न हो । यो प्रणाली नै दक्षिणपन्थी अवसरवाद र उग्र वामपन्थी भड्कावको मुहान हो ।
फेरि पनि यस आन्दोलनको सामाजिक आधार बलियो छ । अहिले यो आफैंभित्र भने उद्विग्न र उद्वेलित छ - कहाँ गल्ती भयो, कसरी सच्चिने र कसरी पुनर्जीवन प्राप्त गर्ने ?! त्यसको निम्ति सम्यक 'प्रज्ञा' र सम्यक 'साधना' चाहिन्छ । व्यक्तिवादी अधिनायकवादी संरचनाका ठाउँमा सामुहिक नेतृत्व र सामुहिक सुझबुझमा चल्ने र संस्थागत विधिको 'धर्म' अनुसरण गर्ने लोकतान्त्रिक संरचनाको पुनर्स्थापना पहिलो शर्त हो । विगत ७५ वर्षभित्र यस आन्दोलनले हाशिल गरेका राम्रा उपलब्धि र यस बीचमा देखापरेका कमजोरी र विसंगतिको सघन आत्मसमीक्षा हुनु जरुरी छ, त्यो पनि तलैदेखि । विभाजित तथा छितरिएको यस आन्दोलनको पुनर्एकीकरण, व्यक्ति विशेषका निर्घिणी स्वार्थ्यहरुको समायोजनबाट होइन आदोलनको ध्येय र मिशनको हितसंग गासिएको एकता यस आन्दोलनको पुनरजीवनको निम्ति उत्तिकै जरुरी छ ।
भित्री बाहिरी चुनौतीसंग जुझ्न र लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय हितको संरक्षण र सामाजिक न्यायको प्रवर्द्धनको निम्ति यसको पुनर्एकीकरण र पुनर्जागरण अरु कुनै बेलाको भन्दा बढी जरुरी छ । अहिले यस आन्दोलनलाई नेतृत्वका बफादार चेलाभन्दा सत असत छुट्याउने आलोचनात्मक चेत भ'का सामाजिक मिशनका निष्ठावान नेता कार्यकर्ताको हस्तक्षेप जरुरी छ । चुनौती जो छ लरतरो छैन ।
यस आन्दोलनलाई निस्तेज गर्न बडो चलाकीका साथ आन्दोलनभित्रै पसेर चौतर्फी भइरहेको हमला अबोधगम्य छैन । यस आन्दोलनभित्र आएको विचलन र यसको विघटनबाट रणनीतिक लाभ लिन भित्री बाहिरी शक्ति खुलेरै लागेको कुरा कसैसंग छिपेको छैन पनि । दुखद कुरो त यत्रो हमलालाई नजर अन्दाज गरेर आफ्नो दुनो सोझ्याउन निर्लिप्त भएको नेतृत्वदेखि मौलाउदै गएको दीर्घरोग नै हो । यो आन्दोलन विचलित हुँदा र कमजोर हुँदा हुने भनेको समृद्धिका साथ लोकतान्त्रिक समाजवादी समाज निर्माणको जनताको चीर आकांक्षा र सपनाको तुषारापात हो । यसको अधोगतिबाट उत्पन्न खाली ठाउँ भर्न दक्षिणपन्थी शक्तिहरु बडो उत्साहका साथ लागिपरेका छन् । यसर्थ पनि, भित्री बाहिरी चुनौतीसंग जुझ्न र लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय हितको संरक्षण र सामाजिक न्यायको प्रवर्द्धनको निम्ति यसको पुनर्एकीकरण र पुनर्जागरण अरु कुनै बेलाको भन्दा बढी जरुरी छ । अहिले यस आन्दोलनलाई नेतृत्वका बफादार चेलाभन्दा सत असत छुट्याउने आलोचनात्मक चेत भ'का सामाजिक मिशनका निष्ठावान नेता कार्यकर्ताको हस्तक्षेप जरुरी छ । चुनौती जो छ लरतरो छैन ।
मदन भण्डारीको स्मृति यसर्थ पनि विशेष अर्थ राख्दछ ।
नेपाली कम्युनिष्ट आन्दोलन सानो दु:खले आर्जेको होइन, यसको श्रीवृद्धिको निम्ति धेरैको रगत पसिना बगेको छ
तस्विर: https://www.janaboli.com
ओली र ओली जस्ता सबै नेताहरुले पाठ सिकुन्!
योगदानीहरुप्रति कृतज्ञताका लागि आवश्यक दायित्वबोध कसको ?
ल्याटिन अमेरिकाले आँधीको सामना गर्दै: अलेक्जेन्डर दुगिन
मञ्चाशान विधिको अपरिहार्यतावारे किरातीको खुलापत्र
गौहत्या गर्ने ब्राह्मण र श्रेय लिने नेता : उस्तै कथा, फरक समय !
जेन–जी घटना : विश्व भू–राजनीतिक टकरावको परिणाम
लालुप्रसादको जङ्गलराज !
प्रतिक्रिया