ग्रीनल्याण्ड अधिग्रहणमा संयुक्त राज्य अमेरिकाको चासो : एक रणनीतिक, राजनीतिक र आर्थिक उद्देश्य

१. समग्र अवलोकन

१८ अगस्ट २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड खरीद गर्ने आफ्नो चासो सार्वजनिक गरेको विषयले अन्तर्राष्ट्रिय समुदायमा व्यापक विवाद उत्पन्‍न गर्‍यो । धेरै कूटनीतिज्ञ, सरकारहरू तथा विश्लेषकहरूले यस प्रस्तावलाई असामान्य र अव्यावहारिकसमेत भन्दै यसलाई राष्ट्रपतिको व्यक्तिगत सनकको परिणामका रूपमा व्याख्या गरे । तर यस्तो मूल्याङ्कनले ग्रीनल्याण्डप्रति संयुक्त राज्य अमेरिकाको चासोको आधारमा रहेको व्यापक ऐतिहासिक र रणनीतिक सन्दर्भलाई बेवास्ता गर्दछ ।

वास्तवमा राष्ट्रपति ट्रम्पको प्रस्ताव लामो समयदेखि कायम रहँदै आएको अमेरिकी भू-राजनीतिक दृष्टिकोणको निरन्तरता हो जसको आधार सैन्य रणनीति, आर्थिक महत्त्वाकाङ्क्षा तथा दुर्लभ पृथ्वी खनिज, तेल र ग्यासजस्ता महत्त्वपूर्ण प्राकृतिक स्रोतहरूको खोज र नियन्त्रणमा रहेको छ । यी सबै प्रयासहरूको मुख्य उद्देश्य विश्वव्यापी शक्ति प्रतिस्पर्धामा अमेरिकाको अग्रता कायम राख्‍नु हो ।

ऐतिहासिकरूपमा ग्रीनल्याण्ड अधिग्रहण गर्ने अवधारणा – चाहे खरीदमार्फत होस् वा अन्य कुनै उपायबाट – सन् १८६७ सम्म फर्कन सकिन्छ । अलास्का खरीदका लागि रूसी साम्राज्यसँग सफल वार्ता सम्पन्‍न भएपछि अमेरिकी विदेशमन्त्री विलियम एच. सिवार्डले ग्रीनल्याण्ड अधिग्रहणका लागि कूटनीतिक प्रयासहरू प्रारम्भ गरे । सिवार्डले उत्तर एटलान्टिक समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न टापुको रणनीतिक महत्त्वलाई जोड दिँदै ग्रीनल्याण्डलाई “उत्तर एटलान्टिकको नियन्त्रण” का रूपमा व्याख्या गरे र यसले युरोप र उत्तर अमेरिकाबीच रणनीतिक सुरक्षा कवचको रूपमा कार्य गर्न सक्ने तर्क प्रस्तुत गरे । सिवार्ड तथा उनका सहयोगीहरूले ग्रीनल्याण्डको अमेरिकी भू-राजनीतिक तथा सैन्य रणनीतिमा रहेको अत्यन्तै महत्त्वपूर्ण भूमिकालाई निरन्तररूपमा स्पष्ट पारेका थिए ।

यी प्रयासहरूले ग्रीनल्याण्डको संयुक्त राज्य अमेरिका तथा उत्तर एटलान्टिक क्षेत्रका राष्ट्रहरूका लागि रहेको रणनीतिक महत्त्वलाई मात्र उजागर गर्नुका साथै अनुसन्धान टोलीले यस टापुलाई तेल, ग्यास तथा समुद्री उत्पादनहरूसहित खनिज र प्राकृतिक स्रोतहरूले सम्पन्‍न क्षेत्रका रूपमा पनि चित्रण गर्‍यो । सिवार्डले ग्रीनल्याण्डलाई लगभग अक्षय स्रोतसाधनले भरिएको भूमिको रूपमा चित्रण गरे । उनको दृष्टिकोणमा ग्रीनल्याण्ड रणनीतिकरूपमा “उत्तर एटलान्टिकको नियन्त्रण” मात्र होइन, संयुक्त राज्य अमेरिकाका लागि सम्भावितरूपमा “वैश्विक व्यापारको नियन्त्रण र केन्द्र” को रूपमा पनि प्रस्तुत हुन्थ्यो ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वले ग्रीनल्याण्डको रणनीतिक, राजनीतिक तथा आर्थिक महत्त्व १६० वर्षभन्दा बढी समयअघि नै पहिचान गरिसकेको थियो; तर उक्त क्षेत्र अधिग्रहण गर्ने प्रयासहरू व्यवहारतः कहिल्यै साकार हुन सकेनन् । इतिहासको विभिन्‍न कालखण्डमा, विशेषगरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको परिवर्तन, विज्ञान तथा प्रविधिमा भएको प्रगति, युद्ध उद्योगहरूको विकास, र ऊर्जा स्रोत र दुर्लभ पृथ्वी खनिजहरूको बढ्दो महत्त्वको पृष्ठभूमिमा अमेरिकी राष्ट्रपतिहरूले ग्रीनल्याण्ड अधिग्रहणको विषयलाई बारम्बार उठाउँदै आएका छन् ।

सन् १९१० मा अमेरिकी सरकारले ग्रीनल्याण्ड अधिग्रहणका लागि एउटा वैकल्पिक योजना प्रस्ताव अघि सारेको थियो । सो समयमा टापु खरीद गर्नुको सट्टा प्रशासनले भू-भाग साटासाट (territorial exchange) मार्फत ग्रीनल्याण्ड प्राप्त गर्ने सम्भावनालाई विचार गरेको थियो । यस उद्देश्यका लागि मौरिस इगनलाई डेनमार्कका अधिकारीहरूसँग वार्ता गर्न अधिकार दिइएको थियो । उनले डेनमार्कसित ग्रीनल्याण्ड संयुक्त राज्य अमेरिकालाई सुम्पने प्रस्ताव राखे जसको बदलामा संयुक्त राज्य अमेरिकाले फिलिपिन्सका केही टापुहरूको समूह डेनमार्कलाई हस्तान्तरण गर्ने योजना प्रस्तुत गर्‍यो । ती टापुहरू जर्मनीलाई सुम्पिने हो भने डेनमार्कले सन् १८६४ मा जर्मन कन्फेडेरेशनसँग गुमाएको श्लेस्विग–होल्स्टाइन क्षेत्र पुनः प्राप्त गर्न सक्ने तर्क उनले प्रस्तुत गरे । राजदूत इगनले यस भू-भाग साटासाटसम्बन्धी प्रस्तावबारे पहिले नै अमेरिकी विदेश मन्त्रालयसँग परामर्श गरिसकेका थिए । तर उक्त योजनालाई स्वीकृति दिनुको सट्टा अमेरिकी सरकारले अन्ततः यस विषयमा कुनै ठोस कदम चलेन ।

ऐतिहासिकरूपमा संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्ड अधिग्रहणका लागि सन् १८६७, १९१०, १९४६, १९५५ तथा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो र दोस्रो कार्यकालको अवधिमा समेत पटक–पटक प्रयासहरू गरेको छ । त्यसैले, अगस्ट १८, २०१९ मा राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्ड खरीद गर्ने चासो व्यक्त गर्नु सन् १८६७–१८६८ मा शुरु भएका अमेरिकी प्रारम्भिक प्रयासहरूसम्म फैलिएको यस ऐतिहासिक पृष्ठभूमिको सन्दर्भभित्र बुझिनु आवश्यक छ ।

२. ग्रीनल्याण्डमा संयुक्त राज्य अमेरिकाको प्रवेश

.१ दोस्रो विश्वयुद्धको प्रारम्भमा डेनमार्कले तटस्थता कायम राखे तापनि जर्मनीले अप्रिल ९, १९४० मा डेनमार्कमाथि आक्रमण गरेर त्यसलाई कब्जामा लियो । डेनमार्क जर्मनीको नियन्त्रणमा परेपछि संयुक्त राज्य अमेरिकाको प्रशासनले डेनमार्कको अधीनस्थ भू-भाग भएको ग्रीनल्याण्ड पनि जर्मनीको निशानामा पर्न सक्ने आशङ्का गर्‍यो । यदि त्यस्तो आक्रमण भएको खण्डमा जर्मनीले त्यहाँ रणनीतिक सैन्य अड्डा स्थापना गर्न सक्ने थियो जसले अमेरिकी महादेशलाई प्रत्यक्ष खतरा पुर्‍याउने र युरोपलाई गम्भीररूपमा अस्थिर बनाउने सम्भावना थियो । युद्धकालमा संयुक्त राज्य अमेरिका र युरोपेली शक्तिहरूको एटलान्टिक महासागर वरपर जर्मनीविरुद्ध प्रत्यक्ष सैन्य कारबाही सीमित थियो; तर ग्रीनल्याण्ड र आइसल्याण्डको हवाई क्षेत्रमाथिको नियन्त्रण जर्मन अग्रसरतालाई रोक्नका लागि अत्यन्तै महत्त्वपूर्ण माध्यमका रूपमा देखा पर्‍यो । त्यसैले जर्मनीको उत्तरतर्फको विस्तार रोक्न ग्रीनल्याण्डको संरक्षण अनिवार्य बन्यो जसले यसको रक्षा गर्ने जिम्मेवारी उत्तर अमेरिका र युरोप दुवैको काँधमा पार्‍यो ।

युद्धकालमा संयुक्त राज्य अमेरिका र युरोपेली शक्तिहरूको एटलान्टिक महासागर वरपर जर्मनीविरुद्ध प्रत्यक्ष सैन्य कारबाही सीमित थियो; तर ग्रीनल्याण्ड र आइसल्याण्डको हवाई क्षेत्रमाथिको नियन्त्रण जर्मन अग्रसरतालाई रोक्नका लागि अत्यन्तै महत्त्वपूर्ण माध्यमका रूपमा देखा पर्‍यो ।

यस रणनीतिक अवस्थाको प्रत्युत्तरस्वरूप संयुक्त राज्य अमेरिका र डेनमार्कले अप्रिल ९, १९४१ मा वाशिङ्टन डी.सी.मा ग्रीनल्याण्ड रक्षा सम्झौतामा हस्ताक्षर गरे । यस सम्झौताले ग्रीनल्याण्डमाथि डेनमार्कको सार्वभौमिकतालाई पूर्णरूपमा मान्यता दिँदै सम्मान गर्नुका साथै संयुक्त राज्य अमेरिकालाई उक्त भू-भागमा व्यापक रणनीतिक अधिकारहरू प्रदान गर्‍यो । सम्झौताका प्रावधानअनुसार युद्धकालको अवधिमा ग्रीनल्याण्डको रक्षा गर्ने जिम्मेवारी संयुक्त राज्य अमेरिकाले लियो । निम्‍नलिखित सम्झौताका अंशहरूले यी व्यवस्थाहरूको दायरा र उद्देश्यलाई स्पष्टरूपमा प्रतिबिम्बित गर्छन् :

ग्रीनल्याण्ड मातृदेशबाट अलग रहिरहने अवधिसम्म संयुक्त राज्य अमेरिकाको सरकारले ग्रीनल्याण्डमा फहराइरहेको डेनिस झण्डाको असुरक्षित अवस्थालाई तथा त्यहाँका स्थानीय ग्रीनल्याण्डवासी तथा डेनिस जनसङ्ख्याको अवस्थालाई, र स्थापित सार्वजनिक व्यवस्था (कानून तथा शान्ति) को सुरक्षालाई निरन्तर ध्यानमा राख्‍नेछ ।

अमेरिकी गणतन्त्रहरूका सरकारहरूले युरोपेली शक्तिहरूको स्वामित्वमा रहेका पश्चिमी गोलार्धका क्षेत्रहरूको स्थिति अमेरिकी राष्ट्रहरूका लागि गहिरो चासोको विषय हो भन्‍ने कुरामा सहमति जनाएका छन् । साथै, युरोपमा भइरहेका सैन्य घटनाक्रमहरू र तिनबाट उत्पन्‍न हुने परिवर्तनहरूले अमेरिकामा रहेका युरोपेली भू-भागहरूलाई अमेरिकी महादेशका राष्ट्रहरूविरुद्ध आक्रमण गर्ने रणनीतिक केन्द्रमा रूपान्तरण गरिन सक्ने गम्भीर खतरा सिर्जना गर्न सक्ने तथ्यलाई पनि उनीहरूले स्वीकार गरेका छन् ।

गैर-अमेरिकी शक्तिद्वारा हुने आक्रमणबाट ग्रीनल्याण्डको रक्षा गर्नु अमेरिकी महादेशको शान्ति र सुरक्षाको संरक्षणका लागि अत्यावश्यक छ र यो विषय संयुक्त राज्य अमेरिका तथा डेनमार्क अधिराज्य दुवैका लागि अत्यन्तै महत्त्वपूर्ण चासोको विषय हो ।

ग्रीनल्याण्डमाथि डेनमार्कको सार्वभौमिकतालाई पूर्णरूपमा मान्यता दिए पनि वर्तमान परिस्थितिका कारण अस्थायीरूपमा डेनमार्कस्थित सरकारले ग्रीनल्याण्डसम्बन्धी आफ्नो अधिकार र शक्तिहरू प्रयोग गर्न असमर्थ रहेको छ ।

धारा १ : संयुक्त राज्य अमेरिकाको सरकारले ग्रीनल्याण्डमाथि डेनमार्क अधिराज्यको सार्वभौमिकतालाई मान्यता दिने तथा त्यसको सम्मान गर्ने आफ्नो अडानलाई पुनः पुष्टि गर्दछ । वर्तमान युरोपेली युद्धको परिणामस्वरूप ग्रीनल्याण्ड अमेरिकी महादेशका राष्ट्रहरूमाथि आक्रमण गर्ने केन्द्रबिन्दुमा रूपान्तरण हुन सक्ने खतरा विद्यमान रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले यस अवस्थालाई गम्भीर रूपमा लिएको छ ।

धारा २ : यस सम्झौताअनुसार उद्देश्यहरू पूरा गर्न आवश्यक पर्ने अवतरण स्थलहरू (landing fields), समुद्री विमान (seaplane) का सुविधा तथा रेडियो र मौसमसम्बन्धी (meteorological) प्रतिष्ठानहरूको निर्माण, सञ्चालन र मर्मत–सम्भार गर्ने अधिकार संयुक्त राज्य अमेरिकाको सरकारलाई प्रदान गरिनेछ ।

धारा ३ : धारा २ मा निर्दिष्ट गरिएका अधिकारहरूको प्रदानमा बन्दरगाह तथा लङ्गरस्थलहरू सुधार गर्ने र गहिरो बनाउने, ती स्थानसम्म पुग्‍ने मार्गहरू विकास गर्ने, हवाई तथा जलमार्ग दुवैका लागि नेभिगेशन सहायता उपकरणहरू स्थापना गर्ने, सडकहरू, सञ्चार सेवाहरू, किल्लाबन्दी संरचनाहरू, मर्मत तथा भण्डारण सुविधा, र कर्मचारीहरूका लागि आवास निर्माण गर्ने अधिकार पनि समावेश हुनेछ । समग्रमा स्थापना गरिने यस्ता रक्षा सुविधाहरूको प्रभावकारी सञ्चालन, मर्मत र सुरक्षा सुनिश्चित गर्न आवश्यक ठानिने सबै कार्यहरू गर्ने अधिकार पनि यसमा अन्तर्भूत हुनेछ ।

धारा ४ : धारा २ र ३ अन्तर्गत संयुक्त राज्य अमेरिकाको सरकारले निर्माण र सञ्चालन गर्न सक्ने अवतरण स्थल, समुद्री विमान सुविधा, बन्दरगाह तथा अन्य रक्षा संरचनाहरू पश्चिमी गोलार्धको साझा रक्षा प्रयोजनका लागि सबै अमेरिकी राष्ट्रहरूका विमान तथा जलयानहरूलाई उपलब्ध गराइनेछ ।

धारा ६ : अघिल्ला धाराहरूमा उल्लेख गरिएका रक्षा क्षेत्रहरूमाथि डेनमार्कको अधिराज्यले आफ्नो सार्वभौमिकता कायम राख्‍नेछ । जतिबेलासम्म यो सम्झौता क्रियाशील रहन्छ ग्रीनल्याण्डमा रहेका यस्ता कुनै पनि रक्षा क्षेत्रहरूमाथि, साथै त्यहाँ कार्यरत अमेरिकी सैन्य तथा नागरिक कर्मचारीहरू, उनीहरूका परिवारका सदस्यहरू र ती क्षेत्रभित्र रहेका डेनिस नागरिक र स्थानीय ग्रीनल्याण्डवासीहरू बाहेक अन्य सबै व्यक्तिहरूमाथि संयुक्त राज्य अमेरिकाको सरकारको विशेष अधिकारक्षेत्र (exclusive jurisdiction) रहनेछ ।

धारा १० : अमेरिकी महादेशको शान्ति र सुरक्षामा विद्यमान वर्तमान खतरा समाप्त भएको ठहर नहुँदासम्म यो सम्झौता प्रभावमा रहनेछ ।

सम्झौताअन्तर्गत प्रदान गरिएका अधिकारहरूको प्रयोग गर्दै संयुक्त राज्य अमेरिकाले हवाई धावनमार्गहरू (airstrips), समुद्री विमानका सुविधा (seaplane facilities) साथै रेडियो र मौसमसम्बन्धी प्रतिष्ठानहरूको निर्माण, सञ्चालन तथा मर्मत–सम्भार गर्‍यो । यसका अतिरिक्त, गहिरो पानीका बन्दरगाहहरू र लङ्गरस्थलहरू तथा तीनतर्फका मार्गहरू सुधार र विस्तार गरियो; हवाई तथा समुद्री यातायात दुवैका लागि नेभिगेसन सहायता उपकरणहरू स्थापना गरियो; साथै सडकहरू, सञ्चार सञ्जालहरू, किल्लाबन्दी संरचनाहरू र सैनिक तथा कर्मचारीहरूका लागि आवास सुविधाहरू विकास गरिए ।

नाजी जर्मनीबाट युरोप र ग्रीनल्याण्ड दुवैको रक्षा गर्न सहयोगी गठबन्धन (Allied coalition) भित्र महत्त्वपूर्ण भूमिका खेलेको र करिब पाँच वर्षसम्म ग्रीनल्याण्डमा सैन्य उपस्थिति कायम राखी आफ्नै सैन्य अड्डा सञ्चालन गरेको अनुभवपछि संयुक्त राज्य अमेरिकाले संयुक्त राज्य अमेरिका तथा उत्तर अमेरिकाको सुरक्षाका निमित्त ग्रीनल्याण्डको निर्णायक रणनीतिक महत्त्वलाई स्पष्टरूपमा पहिचान गर्‍यो ।

सन् १९४१ को ग्रीनल्याण्ड रक्षा सम्झौताले दोस्रो विश्वयुद्धको अवधिमा ग्रीनल्याण्डको रक्षा गर्ने जिम्मेवारी संयुक्त राज्य अमेरिकालाई प्रदान गरेको थियो । सम्झौताअनुसार संयुक्त राज्य अमेरिकालाई सैन्य गतिविधि सञ्चालन गर्ने र आवश्यक पूर्वाधार विकास गर्ने अधिकार दिइएको थियो । यी प्रावधानहरू युद्धको अवधिभर लागू रहनका लागि बनाइएका थिए । तथापि युद्धको क्रममा अमेरिकी रणनीतिकारहरूले प्रारम्भिक चेतावनी प्रणाली र ट्रान्सपोलार रक्षा (transpolar defense) का लागि ग्रीनल्याण्डको निर्णायक महत्त्वलाई स्पष्टरूपमा देखे । त्यसैले उनीहरूले एउटा कानूनी ढाँचाभित्र नै ग्रीनल्याण्डमा स्थायी उपस्थिति कायम राख्‍ने निर्णय गरे ।

.२ अप्रिल ९, १९४१ मा ग्रीनल्याण्डको रक्षा सम्झौता मार्फत डेनमार्कको ग्रीनल्याण्डमाथिको सार्वभौमिकता मान्यता दिए तापनि संयुक्त राज्य अमेरिकाले सन् १९४६ मा डेनमार्कसँग १ करोड अमेरिकी डलरको रकममा ग्रीनल्याण्ड खरीद गर्ने प्रस्ताव राख्यो जसलाई यसको युरोपेली प्रतिनिधि विलियम एच. टिम्बल मार्फत डेनमार्कसम्म पुर्‍याइएको थियो । यो प्रस्ताव संयुक्त राज्य अमेरिकाद्वारा पहिलोपटक प्रस्तुत गरिएको थियो र यसले डेनमार्क र त्यसका नागरिकहरूलाई चकित पार्‍यो । डेनमार्कले यो प्रस्तावलाई दृढतापूर्वक अस्वीकार गर्‍यो । यो ठूलो वित्तीय प्रस्तावलाई गम्भीर र अभूतपूर्व विषयका रूपमा हेरिन्थ्यो जसले दुई सार्वभौम राष्ट्रबीच यस्तो लेनदेनको ‌औचित्यताबारे प्रश्न उठायो ।

संयुक्त राज्य अमेरिकाले सन् १९४६ मा डेनमार्कसँग १ करोड अमेरिकी डलरको रकममा ग्रीनल्याण्ड खरीद गर्ने प्रस्ताव राख्यो जसलाई यसको युरोपेली प्रतिनिधि विलियम एच. टिम्बल मार्फत डेनमार्कसम्म पुर्‍याइएको थियो । यो प्रस्ताव संयुक्त राज्य अमेरिकाद्वारा पहिलोपटक प्रस्तुत गरिएको थियो र यसले डेनमार्क र त्यसका नागरिकहरूलाई चकित पार्‍यो ।

.३ रणनीतिक स्थिति स्थायी बनाउन संयुक्त राज्य अमेरिकाले सन् १९५१ अप्रिल २७ मा ग्रीनल्याण्ड रक्षा सम्झौताको ढाँचाभित्र व्यापक सैन्य प्रतिष्ठान, पूर्वाधार विकास, तथा अनुसन्धान तथा विकास गतिविधिहरू आफ्नो नियन्त्रणमा लियो । डेनमार्कले यस सम्झौतामार्फत टिवल एयर बेस (Thule Air Base) निर्माण गर्ने पूर्ण अधिकार संयुक्त राज्य अमेरिकालाई प्रदान गर्‍यो । यो सम्झौता आजसम्म लागू रहँदै आएको छ र क्रमिक संशोधनमार्फत अद्यावधिक गरिएको छ । ग्रीनल्याण्ड रक्षा सम्झौताको अन्तर्गत टिवल एयर बेसको स्थापना गर्ने कार्यले ग्रीनल्याण्डमाथि संयुक्त राज्य अमेरिका, डेनमार्क र ग्रीनल्याण्डबीच साझा सार्वभौमिकताको अभ्यास सिर्जना गर्‍यो । परिणामस्वरूप, ग्रीनल्याण्डको सार्वभौमिकता आज तीन पक्ष ग्रीनल्याण्ड, डेनमार्क र संयुक्त राज्य अमेरिकामा वितरण गरिएको छ ।

यस बाहेक ग्रीनल्याण्डमा संयुक्त राज्य अमेरिकाको संलग्‍नता उत्तर एटलान्टिक सम्झौता संगठन (नेटो) को सुरक्षा ढाँचाभित्र भएको थियो । संयुक्त राज्य अमेरिकाले १९५१ को डेनमार्कसँगको  ग्रीनल्याण्ड रक्षा सम्झौता अन्तर्गत टिवल एयर बेस (Thule Air Base) सञ्चालन गर्‍यो । यद्यपि डेनमार्कले अघिल्ला अमेरिकी प्रस्तावहरूलाई औपचारिकरूपमा अस्वीकार गरिसकेको थियो । यस सम्झौताले संयुक्त राज्य अमेरिकालाई ग्रीनल्याण्डमा सैन्य उपस्थितिको स्थापना गर्न अनुमति दिनुका साथै ग्रीनल्याण्डलाई नेटो सुरक्षा ढाँचामा समाहित गराइयो  जसले संयुक्त राज्य अमेरिकालाई उक्त भू-भागमाथि साझा सार्वभौमिकता अभ्यास गर्न सक्षम बनायो । परिणामस्वरूप डेनमार्कले ग्रीनल्याण्डको विदेश तथा रक्षा नीतिहरू स्वतन्त्ररूपमा निर्धारण गर्ने क्षमता सीमित भयो र संयुक्त राज्य अमेरिका यस क्षेत्रमा मुख्य रणनीतिक पक्षको रूपमा स्थापित भयो ।

नेटोको ढाँचाभित्र स्थापित यो सम्झौताले संयुक्त राज्य अमेरिका र डेनमार्कबीचमा ग्रीनल्याण्ड तथा पूरै उत्तर एटलान्टिक सम्झौता क्षेत्रको सामूहिक सुरक्षा सुनिश्चित गर्दछ । यसले ग्रीनल्याण्डमा रक्षा प्रतिष्ठानहरूको निर्माण र सञ्चालन नेटोको रक्षा योजनाअनुसार गर्न अनुमति दिनुका साथै डेनमार्कको सार्वभौमिकतालाई पूर्णरूपमा मान्यता र सम्मान गर्दछ । सम्झौताको शर्तअनुसार संयुक्त राज्य अमेरिकालाई सैन्य सुविधा र कर्मचारीहरू निर्माण, सञ्चालन, सुरक्षा र व्यवस्थापन गर्ने अधिकार प्रदान गरिएको छ । यस बाहेक यस्ता रक्षा क्षेत्रहरू अन्य नेटो सदस्य सेनाहरूको लागि आवश्यक भएमा प्रयोग गर्न उपलब्ध गराउन सकिन्छ । सन् १९५१ अप्रिल २७ मा संयुक्त राज्य अमेरिका र डेनमार्कबीच सम्पन्‍न ग्रीनल्याण्ड रक्षा सम्झौताले यी प्रावधानहरू स्पष्टरूपमा उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिकाको सरकारले, डेनमार्कको अधिराज्यको सरकारलाई कुनै क्षतिपूर्ति नदिइकन, निम्‍न कार्यहरू गर्ने अधिकार पाउनेछ – यस रक्षा क्षेत्रभित्र र त्यससँग सम्बन्धित हवाई क्षेत्र तथा जलमार्गहरूमा :

१. उक्त क्षेत्रलाई सुधार गर्नु र सामान्य रूपमा सैन्य प्रयोगका लागि अनुकूल बनाउनु;

२. सुविधाहरू र उपकरणहरूको निर्माण, स्थापना, मर्मत–सम्भार, र सञ्चालन गर्नु जसमा मौसमसम्बन्धी र सञ्चार सुविधाहरू तथा उपकरणहरू समावेश छन्, साथै आवश्यक सामग्रीहरू भण्डारण गर्नु;

३. कर्मचारीहरूलाई तैनाथ गर्नु, उनीहरूको आवासको व्यवस्था गर्नु र उनीहरूको स्वास्थ्य, मनोरञ्जन तथा कल्याण सुनिश्चित गर्नु;

४. उक्त क्षेत्रको सुरक्षा र आन्तरिक सुरक्षा सुनिश्चित गर्नु;

५. हुलाक (postal) सेवा र पसल (commissary stores) स्थापना र सञ्चालन गर्नु;

६. डेनमार्क राज्य सरकारको जहाज सञ्चालन र हवाई सञ्चालन सम्बन्धी जिम्मेवारीको सम्मान गर्दै जहाज, हवाईजहाज, पानीमा चल्ने सवारी साधन तथा यन्त्रहरूको अवतरण, उडान, एंकरिङ, बन्धन, गतिविधि र सञ्चालन नियन्त्रण गर्न,

७. बन्दरगाहहरू, नहरहरू, प्रवेश मार्गहरू, र लङ्गरस्थलहरू सुधार र गहिरो बनाउनु ।

३. संयुक्त राज्य अमेरिका र ग्रीनल्याण्ड

.१ यो भू-राजनीतिक चासो १६० वर्षभन्दा बढी समयदेखि कायम छ । रूसले यस क्षेत्रमा लामो समयदेखि सक्रिय सहभागिता कायम राख्दै आएको छ भने चीन हालसालै यहाँ सक्रिय शक्तिको रूपमा देखा परेको छ । युरोपेली शक्तिहरू दोस्रो विश्वयुद्धदेखि नै नेटो मार्फत ग्रीनल्याण्डसँग संलग्‍न छन् । ग्रीनल्याण्ड डेनमार्कको सार्वभौमिकतामा पर्छ जुन युरोपेली राष्ट्र र नेटो सदस्य हो र जसले टापुसँग युरोपको लामो समयदेखि रहेको राजनीतिक र रणनीतिक सम्बन्धलाई पुष्टि गर्दछ ।

तर ग्रीनल्याण्डप्रति विश्व शक्तिहरूको चासो सधैँ स्थिररूपले बढ्दो वा घट्दो थिएन; समयसँगै यसमा उतार-चढाव देखिएको छ । केही समयको अवधिमा ग्रीनल्याण्डको रणनीतिक महत्त्व बढेको छ भने अन्य समयहरूमा घटेको छ । परिणामस्वरूप संयुक्त राज्य अमेरिकाले कहिलेकही ग्रीनल्याण्ड अधिग्रहण गर्ने प्रस्तावहरू सक्रियरूपमा अघि बढाएको छ भने कहिलेकही यस्ता पहलहरू स्थगित गरिएका छन् । यी गतिशीलताहरू प्रायः अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ग्रीनल्याण्डका अद्वितीय रणनीतिक, आर्थिक र भौगोलिक विशेषताहरूमा निर्भर गर्दै आएका छन् ।

केही समयको अवधिमा ग्रीनल्याण्डको रणनीतिक महत्त्व बढेको छ भने अन्य समयहरूमा घटेको छ । परिणामस्वरूप संयुक्त राज्य अमेरिकाले कहिलेकही ग्रीनल्याण्ड अधिग्रहण गर्ने प्रस्तावहरू सक्रियरूपमा अघि बढाएको छ भने कहिलेकही यस्ता पहलहरू स्थगित गरिएका छन् ।

.२ दोस्रो विश्वयुद्ध समाप्त भएको लगत्तै ग्रीनल्याण्डको विषयले संयुक्त राज्य अमेरिकाको ध्यान विशेषरूपले आकृष्ट गर्‍यो । सन् १८६७ देखि विकासक्रम मात्र अनुगमन गर्दै आएको अवस्थाको सट्टा, युद्ध समाप्तिपछि संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्डमा आफ्नो उपस्थिति र सैन्य गतिविधिहरू उल्लेखनीयरूपमा विस्तार गर्‍यो ।

यस रणनीतिक फोकसले पूर्व सोवियत सङ्घ (USSR) को पनि ध्यान तान्यो । द्विध्रुवीय (bipolar) वैश्वीय सङ्घर्षको सन्दर्भमा, संयुक्त राज्य अमेरिकाले संभावित पूर्व सोभियत सङ्घसँगको द्वन्द्वका लागि पूर्वतयारीको रूपमा ग्रीनल्याण्डमा टिवल एयर बेस (Thule Air Base) को स्थापना मार्फत आफ्नो सैन्य अभियान र पूर्वाधार विकासलाई तीव्र बनायो । शीतयुद्ध (Cold War) अवधिभर संयुक्त राज्य अमेरिकाको ग्रीनल्याण्डमा रहेको उपस्थिति र गतिविधिहरूको विस्तारको विवरण सन् २०२५ मा प्रकाशित युरोपेली प्रतिवेदनमा दर्ता गरिएको छ ।

शीतयुद्धको अवधिमा संयुक्त राज्य अमेरिकाले टिवल एयर बेस (Thule Air Base) मा न्यूक्लियर हतियारहरू राख्यो जसको जानकारी ग्रीनल्याण्ड वा डेनमार्कलाई दिइएको थिएन र यो डेनमार्कको अणु हतियार–विरोधी नीतिको विपरीत थियो । सन् १९६८ मा चारओटा न्यूक्लियर बम बोकेको अमेरिकी बमवर्षक विमान टिवल एयर बेस नजिक दुर्घटना भयो जसकारण उक्त क्षेत्रमा रेडियोधर्मी प्रदूषण निम्त्यायो ।

यस घटनाका सार्वजनिक स्वास्थ्य परिणामहरूबारे युरोपेली संसदले सन् २००७ मा एक प्रस्ताव पारित गरेको थियो ।

संयुक्त राज्य अमेरिकाको यस कार्यले सिधै सन् १९५१ को ग्रीनल्याण्ड रक्षा सम्झौताका सिद्धान्त र प्रावधानहरूको उल्लङ्घन मात्र गरेन यसले अन्तर्राष्ट्रिय व्यवहारका मान्यता प्राप्त मान्यताहरू र मानवीय सिद्धान्तहरूको व्यापकरूपमा विरोध गर्‍यो ।

संयुक्त राज्य अमेरिका र सोवियत सङ्घबीचको शीतयुद्धको व्यापक प्रतिस्पर्धात्मक सन्दर्भमा, ग्रीनल्याण्डको रणनीतिक महत्त्व अमेरिकी नीति-निर्माताहरूका लागि चरम सीमामा पुगेको थियो ।

सन् १९५१ को ग्रीनल्याण्ड रक्षा सम्झौता र यसको प्रावधानअन्तर्गत टिवल एयर बेस (Thule Air Base) को स्थापना, निःसन्देह आर्क्टिक क्षेत्रमा संयुक्त राज्य अमेरिकाको रणनीतिक उपस्थितिलाई सुदृढ पार्न र पूर्व सोवियत सङ्घसँग सम्भावित द्वन्द्वको तयारीमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । संयुक्त राज्य अमेरिका र सोवियत सङ्घबीचको शीतयुद्धको व्यापक प्रतिस्पर्धात्मक सन्दर्भमा, ग्रीनल्याण्डको रणनीतिक महत्त्व अमेरिकी नीति-निर्माताहरूका लागि चरम सीमामा पुगेको थियो ।

सैकडौँ वर्षभन्दा बढी समयदेखि ग्रीनल्याण्डलाई मुख्यतः यसको रणनीतिक महत्त्वमाथि जोड दिइएको छ । त्यसबेला अमेरिकी विदेशमन्त्री विलियम एच. सिवार्ड (William H. Seward) नेतृत्वको टोलीले ग्रीनल्याण्डलाई खनिज र प्राकृतिक स्रोतहरू, जस्तै तेल, ग्यास र समुद्री उत्पादनहरू, सम्पन्‍न भूमि भनेर वर्णन गरेको थियो । उनीहरूले टापुलाई लगभग अक्षय स्रोतसाधन भएको र संयुक्त राज्य अमेरिकाका लागि सम्भावित वैश्विक व्यापार केन्द्र बन्‍न सक्ने भूमि भनेर चित्रण गरेका थिए । विस्तृत समुद्री बरफ (sea ice)ले गर्दा अन्तर्राष्ट्रिय शक्तिहरू यी स्रोतहरूको प्रभावकारी अन्वेषण वा उपयोग गर्न असमर्थ थिए । फलस्वरूप, वैश्विक शक्तिहरू, विशेष गरी संयुक्त राज्य अमेरिका, ग्रीनल्याण्डको रणनीतिक मूल्यलाई प्राथमिकता दिए, हवाई प्रभुत्व कायम गरे, सैन्य अड्डाहरू स्थापना गरे, र आवश्यक पूर्वाधार विकास गरे ।

पछिल्ला तीन दशकमा ग्रीनल्याण्डको भौतिक भू-दृश्य परिवर्तन भएसँगै सबै प्रमुख शक्तिहरू – विशेष गरी संयुक्त राज्य अमेरिका, रूस र चीनले यसको रणनीतिक महत्त्व मात्र होइन बढ्दो आर्थिक महत्त्व पनि बिस्तारै स्वीकार गर्न थालेका छन् ।

अघिल्लो तीन दशकमा ग्रीनल्याण्डको भौतिक वातावरणमा तीव्र परिवर्तन आएको छ । लगातार बढ्दो तापक्रमले गर्मीमा समुद्री बरफमा उल्लेखनीय कमी ल्याएको छ । बरफ पग्लिनुका कारणले, विशेष गरी व्यापारिक जलमार्ग र प्राकृतिक स्रोत अन्वेषणको दृष्टिले, टापुको आर्थिक महत्त्व बढाएको छ । ग्रीनल्याण्डमा उदीयमान व्यावसायिक गतिविधिहरूले वैश्विक जलयात्रा, अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । निश्चित रूपमा आर्क्टिक जलयात्राले ग्रीनल्याण्ड, अमेरिकी महादेश र व्यापक विश्व अर्थतन्त्रका लागि रणनीतिकरूपमा खेल परिवर्तन गर्ने क्षमता राख्दछ ।

फलस्वरूप, पछिल्ला तीन दशकमा ग्रीनल्याण्डको भौतिक भू-दृश्य परिवर्तन भएसँगै सबै प्रमुख शक्तिहरू – विशेष गरी संयुक्त राज्य अमेरिका, रूस र चीनले यसको रणनीतिक महत्त्व मात्र होइन बढ्दो आर्थिक महत्त्व पनि बिस्तारै स्वीकार गर्न थालेका छन् । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने ग्रीनल्याण्डको २१औँ शताब्दीमा सान्दर्भिकता केवल सुरक्षा र रक्षासम्बन्धी विचारसम्म सीमित नभई महत्त्वपूर्ण आर्थिक आयामहरू पनि यसले समेट्दछ ।

४. ग्रिनल्याण्ड : आर्क्टिक क्षेत्र वैश्वीक शक्तिहरूको प्रतिस्पर्धाको केन्द्रबिन्दु

ग्रीनल्याण्ड, आर्क्टिक क्षेत्रमा स्वशासित टापु हुनुका बावजूद विश्वका प्रमुख शक्तिहरू – जस्तै संयुक्त राज्य अमेरिका, रूस, युरोपेली राष्ट्रहरू, र चीनबीच भू-राजनीतिक प्रतिस्पर्धा र गहिरो रणनीतिक द्वन्द्वको केन्द्रबिन्दु बनेको छ ।

ग्रीनल्याण्डको विषयलाई केवल एउटा टापुसम्बन्धी मामिला मात्र भनेर हेर्नु हुँदैन । बरु यसले आर्क्टिक भू-राजनीतिक प्रतिस्पर्धाका सबै आयामहरूमा रणनीतिक महत्त्व राख्दछ । हाल ग्रीनल्याण्ड विश्वका प्रमुख शक्तिहरूबीचको आर्क्टिक दौडमा केन्द्रबिन्दुको रूपमा देखापरेको छ ।

यसको भौगोलिक अवस्थाका कारण ग्रीनल्याण्ड क्षेत्रीय सुरक्षा र रक्षा, विशेष गरी संयुक्त राज्य अमेरिका, नेटो, र रूसका लागि महत्त्वपूर्ण भूमिका खेल्दछ ।

संयुक्त राज्य अमेरिकाका लागि ग्रीनल्याण्ड आर्थिक, राजनीतिक र रणनीतिक तीन मुख्य क्षेत्रमा अत्यन्तै महत्त्वपूर्ण राख्दछ । यसको भौगोलिक अवस्थाका कारण ग्रीनल्याण्ड क्षेत्रीय सुरक्षा र रक्षा, विशेष गरी संयुक्त राज्य अमेरिका, नेटो, र रूसका लागि महत्त्वपूर्ण भूमिका खेल्दछ ।

यस सन्दर्भमा संयुक्त राज्य अमेरिकाको ग्रीनल्याण्डसँगको सम्बन्ध परम्परागतरूपमा सुरक्षामा केन्द्रित रहँदै आएको छ । तर, पछिल्ला तीन दशकमा यो सम्बन्ध आर्थिक र राजनीतिक आयामहरूमा समेत विस्तार भएको छ ।

आर्थिक चासो :

आर्थिक दृष्टिले ग्रीनल्याण्ड प्रमुख शक्तिहरू – विशेष गरी संयुक्त राज्य अमेरिका, चीन, र रूसबीच उदीयमान प्रतिस्पर्धाको केन्द्रबिन्दुको स्थानमा छ । वाशिङटनका लागि ग्रीनल्याण्ड केवल एक दुर्गम आर्क्टिक भू-भाग नभई आधुनिक उद्योग र राष्ट्रिय सुरक्षाका लागि आवश्यक स्रोतहरू सम्पन्‍न रणनीतिक आर्थिक सीमा क्षेत्र हो । संयुक्त राज्य अमेरिकाको ग्रीनल्याण्डप्रति चासो खनिज सम्पदा, ऊर्जा क्षमता, समुद्री व्यापार मार्गहरू र मत्स्य पालनजस्ता क्षेत्रहरूको सङ्गमले प्रेरित छ – यी क्षेत्रमा अमेरिकी चासो प्रायः प्रतिस्पर्धी शक्तिहरूसँग मिल्छ र कहिलेकही टकराव पनि गर्दछ ।

अमेरिकी भू-वैज्ञानिक सर्वेक्षण (U.S. Geological Survey) द्वारा गरिएको अध्ययन अनुसार ग्रीनल्याण्ड पृथ्वीका दुर्लभ तत्त्वहरू (REEs), युरेनियम, जिङ्क, तामा, फलाम खानी लगायत बहुमूल्य धातुहरूको प्रमुख भण्डार हो ।

ग्रीनल्याण्डको सबैभन्दा महत्त्वपूर्ण आर्थिक सम्पत्तिमध्ये एक यसको विशाल खनिज सम्पदा हो । अमेरिकी भू-वैज्ञानिक सर्वेक्षण (U.S. Geological Survey) द्वारा गरिएको अध्ययन अनुसार ग्रीनल्याण्ड पृथ्वीका दुर्लभ तत्त्वहरू (REEs), युरेनियम, जिङ्क, तामा, फलाम खानी लगायत बहुमूल्य धातुहरूको प्रमुख भण्डार हो । विशेष गरी पृथ्वीका दुर्लभ तत्त्वहरू अत्यन्त महत्त्वपूर्ण मानिन्छन् किनभने यी आधुनिक इलेक्ट्रोनिक्स्, नवीकरणीय ऊर्जा प्रविधि र सैन्य प्रणालीहरू – जस्तै क्षेप्यास्त्र, उपग्रह र राडार – का लागि अपरिहार्य छन् ।

संयुक्त राज्य अमेरिका हाल यी सामग्रीहरूमा प्रायः चीनमाथि निर्भर जसले गर्दा रणनीतिक कमजोरी सिर्जना गरेको छ । चीनको वैश्विक पृथ्वीका दुर्लभ तत्त्वहरू आपूर्ति श्रृङ्खलामा प्रभुत्वले अमेरिकी रक्षा र औद्योगिक योजना क्षेत्रमा गम्भीर चिन्ता उत्पन्‍न गरेको छ । फलस्वरूप क्वानेफ्जेल्ड (Kvanefjeld) मा रहेको ग्रीनल्याण्डको व्यापक अप्रयुक्त पृथ्वीका दुर्लभ तत्त्वहरू निक्षेपलाई अमेरिकी नीति-निर्माताहरूले चीनमाथिको निर्भरता घटाउने र दीर्घकालीन आर्थिक तथा प्रविधिगत स्वतन्त्रता सुनिश्चित गर्ने सम्भावित उपायको रूपमा हेरिरहेका छन् । यसले ग्रीनल्याण्डलाई संयुक्त राज्य अमेरिका–चीन आर्थिक प्रतिस्पर्धाको व्यापक सन्दर्भभित्र स्पष्टरूपमा उभ्याएको छ ।

खनिज सम्पदा बाहेक ग्रीनल्याण्डको ऊर्जा क्षमताले यसको आर्थिक महत्त्वलाई अझ बढाउँछ । आर्क्टिक क्षेत्रमा ठूलो मात्रामा अज्ञात तेल र प्राकृतिक ग्यासका निक्षेप रहेको विश्वास गरिन्छ र ग्रीनल्याण्डका समुद्री क्षेत्रमा विशेष गरी भविष्यको अन्वेषणका लागि सम्भावना रहेको छ । संयुक्त राज्य अमेरिकाका लागि, विशेष गरी ट्रम्प प्रशासनको ऊर्जा स्वतन्त्रतामा केन्द्रित समय अवधिमा, आर्क्टिक ऊर्जा स्रोतहरूको पहुँचले मध्यपूर्वीय आपूर्तिकर्तामा निर्भरता घटाउने व्यापक प्रयाससँग मेल खान्थ्यो । त्यतिबेला, रूसले आक्रामकरूपमा आफ्नो आर्क्टिक ऊर्जा पूर्वाधार र सैन्य उपस्थिति विस्तार गरिरहेको थियो भने चीनले आर्क्टिक अनुसन्धान र ऊर्जा साझेदारीमा महत्त्वपूर्ण लगानी गरेको थियो । फलस्वरूप, ग्रीनल्याण्डप्रति अमेरिकी चासो रूस र चीनको अग्रसरतालाई सीमित गर्ने र भविष्यको आर्क्टिक ऊर्जा विकासमा प्रभाव कायम राख्‍ने रणनीतिक प्रयासको रूपमा देखापर्दछ ।

ग्रीनल्याण्डको व्यापक अप्रयुक्त पृथ्वीका दुर्लभ तत्त्वहरू निक्षेपलाई अमेरिकी नीति-निर्माताहरूले चीनमाथिको निर्भरता घटाउने र दीर्घकालीन आर्थिक तथा प्रविधिगत स्वतन्त्रता सुनिश्चित गर्ने सम्भावित उपायको रूपमा हेरिरहेका छन् ।

जलवायु परिवर्तनले विश्वव्यापी समुद्री मार्गहरूको ढाँचा परिवर्तन गरिरहेको छ जसले ग्रीनल्याण्डको आर्थिक महत्त्वलाई थप बल पुर्‍याएको छ । आर्क्टिकको बरफ पग्लिँदै जाँदा नयाँ समुद्री मार्गहरू, जस्तै उत्तरी समुद्री मार्ग (Northern Sea Route) उत्तर-पश्चिम मार्ग (Northwest Passage) – युरोप र एशियाबीचको यात्रा समयलाई महत्त्वपूर्णरूपमा घटाउन सक्छन् । रूसको आर्क्टिक समुद्री मार्गहरूमा नियन्त्रण कायम गर्ने प्रयास र चीनको ‘पोलार सिल्क रोडको प्रवर्द्धनले अमेरिकी समुद्री स्वतन्त्रताबारे चिन्ता बढाएको छ । ग्रीनल्याण्डको रणनीतिक भौगोलिक अवस्थाले यसलाई बन्दरगाह, लजिस्टिक केन्द्र र समुद्री निगरानी स्थलको रूपमा उपयुक्त बनाएको छ जसले संयुक्त राज्य अमेरिकालाई व्यावसायिक पहुँचको सुरक्षा गर्न र उदीयमान आर्क्टिक व्यापार मार्गहरूमा प्रतिस्पर्धी शक्तिहरूको प्रभावलाई सीमित गर्न सक्षम बनाउँछ ।

अन्ततः ग्रीनल्याण्डका मत्स्य संसाधनहरू पनि बढ्दो आर्थिक महत्त्वका सम्पत्ति हुन् । महासागरको तापक्रम बढेसँगै माछा उत्तरी दिशामा सर्दा, आर्क्टिक मत्स्य क्षेत्रमाथि नियन्त्रण दिनानुदिन महत्त्वपूर्ण बन्दै गएको छ । ग्रीनल्याण्डमा संयुक्त राज्य अमेरिकाको प्रभाव वृद्धि भएमा अमेरिकी मत्स्य उद्योगहरूले यी मूल्यवान् स्रोतहरूमा पहुँच पाउनेछन् भने, विदेशी प्रतिस्पर्धीहरूका अवसरहरू सीमित हुनेछन् ।

सङ्क्षेपमा, ग्रीनल्याण्डको आर्थिक महत्त्व यसको समृद्ध प्राकृतिक स्रोतहरूमा मात्र सीमित छैन, यसले रणनीतिक आर्थिक युद्धभूमिको भूमिका पनि निर्वाह गर्दछ । ग्रीनल्याण्डप्रति संयुक्त राज्य अमेरिकाको चासोले महत्त्वपूर्ण आपूर्ति श्रृङ्खलाहरू सुनिश्चित गर्ने, समुद्री पहुँच कायम राख्‍ने र आर्क्टिकमा चीन तथा रूसको विस्तारलाई सीमित गर्ने व्यापक प्रयासलाई प्रतिबिम्बित गर्दछ जसले यस टापुलाई २१औँ शताब्दीको भू-राजनीतिक प्रतिस्पर्धाको केन्द्रबिन्दु बनाएको छ ।

राजनीतिक चासो :

आधुनिक विश्व परिवेशमा ग्रीनल्याण्डप्रति संयुक्त राज्य अमेरिकाको राजनीतिक चासोलाई महत्त्वपूर्ण शक्ति प्रतिस्पर्धामा अमेरिकी प्रभाव कायम राख्‍ने व्यापक रणनीतिक दृष्टिकोणको भागका रूपमा हेर्नुपर्छ । ट्रम्प प्रशासनको समयमा, आधिकारिक नीति दस्तावेजहरू र सार्वजनिक वक्तव्यहरूले लगातार चीन र रूसलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा उल्लेख गरेका थिए जसको बढ्दो प्रभावले अमेरिकी नेतृत्वका लागि चुनौती प्रस्तुत गर्थ्यो । यस ढाँचाभित्र ग्रीनल्याण्ड राजनीतिकरूपमा महत्त्वपूर्ण भू-भागको रूपमा देखापर्‍यो जहाँ नियन्त्रण वा नजिकको सहकार्यले आर्क्टिक र व्यापक उत्तर एटलान्टिक क्षेत्रको शक्ति सन्तुलन निर्णायकरूपमा निर्धारण गर्न सक्ने क्षमता राख्दथ्यो ।

चीनले आर्क्टिक क्षेत्र – ग्रीनल्याण्डसहित – लाई रणनीतिक, वातावरणीय, आर्थिक र वैज्ञानिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रको रूपमा हेर्छ यद्यपि यसले त्यहाँको भू-सार्वभौमिकता राख्दैन । ‘आर्क्टिक नजिकको देश (Near-Arctic State)’ को रूपमा, चीनले अन्तर्राष्ट्रिय कानून र सम्झौताहरू, जस्तै UNCLOS स्पिट्सबर्गेन सम्झौता (Spitsbergen Treaty) अनुसार वैज्ञानिक अनुसन्धान, नेभिगेशन, हवाईमार्ग, मत्स्य पालन, स्रोत अन्वेषण र पूर्वाधार विकासमा सहभागिता जनाउँछ ।

ऐतिहासिकरूपमा चीनले सन् १९२५ मा स्पिट्सबर्गेन सम्झौतामा सहभागी भएदेखि आर्क्टिक प्रशासन र अनुसन्धानमा संलग्‍न हुँदै आएको छ । यसले वैज्ञानिक स्टेशनहरू स्थापना गरेको, अभियानहरू सञ्चालन गरेको र सन् २०१३ मा आर्क्टिक काउन्सिलमा अवलोककर्ता (observer)को रूपमा सहभागी भएको छ । चीनको नीति आर्क्टिकको बुझाइ, संरक्षण, विकास र प्रशासनमा सहभागिता सुनिश्चित गर्नमा केन्द्रित छ । यस क्रममा आर्क्टिक राज्यहरूको सार्वभौमिकता, स्थानीय समुदायहरूको अधिकार र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न जोड दिन्छ ।

चीन आर्क्टिक मामिलामा एक महत्त्वपूर्ण सरोकारवालाको रूपमा रहेको छ । भौगोलिकरूपमा चीन एकनियर–आर्क्टिक स्टेटहो जुन महादेशीय राज्यहरूमध्ये आर्क्टिक वृत्त (Arctic Circle) सँग सबैभन्दा नजिक पर्ने देशहरूमध्ये पर्छ ।

चीन सहकार्य, आपसी लाभ र दीगो विकासको पक्षधर रहेको देखिन्छ । यसले आर्क्टिक जलमार्ग विस्तार गर्ने, स्रोतहरू जिम्मेवारीपूर्वक उपयोग गर्ने, वातावरणीय संरक्षण प्रवर्द्धन गर्ने, र क्षेत्रीय विकासमा योगदान पुर्‍याउने लक्ष्य राख्दछ । समग्रमा चीनले आफूलाई आर्क्टिकमा रचनात्मक सरोकारवालाको रूपमा प्रस्तुत गर्दछ जहाँ राष्ट्रिय चासोहरू र विश्वव्यापी तथा क्षेत्रीय जिम्मेवारीहरूबीच सन्तुलन कायम गरिएको छ ।

चीनको आर्क्टिक नीति दस्तावेज (Arctic Policy Paper) का अनुसार :

आर्क्टिक क्षेत्रबाहिरका राज्यहरू आर्क्टिकमा भू-सार्वभौमिकता राख्दैनन् तर उनीहरूलाई वैज्ञानिक अनुसन्धान, नेभिगेशन, हवाईमार्ग प्रयोग, मत्स्य पालन, हाइ-सी तथा अन्य सम्बन्धित समुद्री क्षेत्रहरू लगायतका मार्गहरू र पाइपलाइन बिछ्याउने अधिकार र आर्क्टिक समुद्रको “Area” मा स्रोत अन्वेषण तथा उपयोग गर्ने अधिकार प्राप्त छन्, जुन UNCLOS र सामान्य अन्तर्राष्ट्रिय कानून तथा सम्झौताहरूको आधारमा सुनिश्चित गरिएको छ । साथै, स्पिट्सबर्गेन सम्झौता (Spitsbergen Treaty) का सम्झौताकर्ता पक्षहरूलाई आर्क्टिकका निश्चित क्षेत्रहरूमा पहुँच र प्रवेशको स्वतन्त्रता, समानताका आधारमा कानूनी शर्तहरूसँगै वैज्ञानिक अनुसन्धान, उत्पादन र व्यावसायिक गतिविधिहरू – जस्तै सिकार, मत्स्य पालन र खानी उत्खनन – को अभ्यास गर्ने अधिकार प्राप्त छ ।

चीन आर्क्टिक मामिलामा एक महत्त्वपूर्ण सरोकारवालाको रूपमा रहेको छ । भौगोलिकरूपमा चीन एकनियर–आर्क्टिक स्टेटहो जुन महादेशीय राज्यहरूमध्ये आर्क्टिक वृत्त (Arctic Circle) सँग सबैभन्दा नजिक पर्ने देशहरूमध्ये पर्छ । आर्क्टिकका प्राकृतिक अवस्था र तिनमा भइरहेको परिवर्तनले चीनको जलवायु प्रणाली र पारिस्थितिको वातावरणमा प्रत्यक्ष प्रभाव पार्छ जसले कृषि, वन, मत्स्य पालन, समुद्री उद्योग र अन्य आर्थिक क्षेत्रमा चीनको चासो र लाभमा प्रभाव पार्दछ ।

संयुक्त राज्य अमेरिकाका नीति निर्माताहरूका लागि यी पहलहरूलाई अलग–थलग व्यावसायिक लेनदेनको रूपमा होइन बरु दीर्घकालीन राजनीतिक प्रभावका उपकरणको रूपमा हेरिन्थ्यो । वरिष्ठ अमेरिकी अधिकारीहरू, जस्तै विदेशमन्त्री माइक पोम्पियो (Mike Pompeo) ले सन् २०१९ को आर्क्टिक काउन्सिल बैठकमा व्यक्त गरेका वक्तव्यहरूले चिनको अन्य क्षेत्रहरूमा – जहाँ आर्थिक लगानी प्रायः राजनीतिक प्रभुत्व अगाडि बढाउन प्रयोग गरिएको छ – समान रणनीति आर्क्टिकमा दोहोरिन सक्ने चिन्ता देखाएका थिए । यस सन्दर्भमा राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डप्रति चासो रणनीतिकरूपमा संवेदनशील क्षेत्रमा चीनको दीर्घकालीन प्रभावलाई सीमित गर्ने एक राजनीतिक उपायको रूपमा बुझ्न सकिन्छ ।

रूस एक ध्रुवीय महाशक्ति (polar great power) हो र आर्क्टिक वृत्तमाथि भू-भाग, जनसङ्ख्या र सैन्य उपस्थितिअनुसार सबैभन्दा ठूलो आर्क्टिक राष्ट्र हो । रूसको भूमिकाले संयुक्त राज्य अमेरिकाका लागि ग्रीनल्याण्डको राजनीतिक महत्त्व अझ बढाएको छ । मास्कोले आर्क्टिकलाई मुख्य रणनीतिक प्राथमिकता मान्दै सैन्य पूर्वाधारमा ठूलो लगानी गरिरहेको छ र उत्तरी समुद्री मार्गहरूमा आफ्नो नियन्त्रण विस्तार गर्दै आएको छ । यसप्रति प्रतिक्रिया स्वरूप अमेरिकी रक्षा मूल्याङ्कनले रूसको बढ्दो आर्क्टिक उपस्थिति अमेरिकी र सहयोगी राष्ट्रहरूको हितमा प्रत्यक्ष चुनौतीको रूपमा देख्छ ।

ग्रीनल्याण्डको भौगोलिक अवस्थाले ग्रीनल्याण्ड–आइसल्याण्ड–संयुक्त अधिराज्य (GIUK) ग्याप नजिक रहेको हुँदा यसलाई असाधारण राजनीतिक र रणनीतिक मूल्य प्रदान गर्दछ । यो मार्ग ऐतिहासिकरूपमा उत्तर एटलान्टिक सुरक्षाको केन्द्र रहिसकेको छ र आर्क्टिक र व्यापक एटलान्टिक क्षेत्रबीचको प्रवेशद्वारको रूपमा कार्य गर्दै आएको छ । ग्रीनल्याण्डमाथि संयुक्त राज्य अमेरिकाको दीर्घकालीन प्रभावले वाशिङटनलाई क्षेत्रीय गतिविधि निगरानी गर्ने क्षमता वृद्धि गर्छ र नवीकृत भू-राजनीतिक प्रतिस्पर्धाको बीचमा ट्रान्स-अटलान्टिक सुरक्षाप्रतिको अमेरिकी प्रतिबद्धता सम्बन्धमा सहयोगीहरूलाई विश्वास दिलाउँछ ।

तत्काल सुरक्षासम्बन्धी विचारहरू बाहेक ग्रीनल्याण्डले संयुक्त राज्य अमेरिकाका लागि विस्तृत राजनीतिक महत्त्व पनि राख्दछ । ऐतिहासिक रूपमा अमेरिकी क्षेत्रीय विस्तारले विश्वव्यापी प्रभाव फैलाउने प्रक्रियासँग नजिक सम्बन्ध राख्दथ्यो, जस्तै लुजियाना (Louisiana) आलास्का (Alaska) को अधिग्रहणले देखाउँछ । २१औँ शताब्दीमा, ग्रीनल्याण्डले समान अवसर प्रदान गर्दछ – ऐतिहासिक रूपमा र रणनीतिक रूपमा महत्त्वपूर्ण भू-भागमा अमेरिकी शक्ति विस्तार गर्न, विशेष गरी जलवायु परिवर्तन, नयाँ समुद्री मार्गहरू, र प्राकृतिक स्रोतहरूको प्रतिस्पर्धाका कारण यो क्षेत्र विश्व राजनीति मा बढ्दो केन्द्रविन्दु भएको छ ।

चीन र रूससँगको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा ग्रीनल्याण्ड संयुक्त राज्य अमेरिकालाई आफ्नो नेतृत्व सुरक्षा गर्न, आर्क्टिक प्रशासनमा प्रभाव कायम राख्‍न र आधुनिक अन्तर्राष्ट्रिय मामिलामा निर्णायक भूमिका निर्वाह गर्न सक्षम बनाउने रणनीतिक मञ्चको रूपमा कार्य गर्दछ ।

ट्रम्प प्रशासनको राजनीतिक दृष्टिकोण – साहसिक कदम, वार्ता र सम्झौतामा जोडयस रणनीतिकरूपमा महत्त्वपूर्ण भू-राजनीतिक सम्पत्तिमा नियन्त्रण प्राप्त गर्ने वा सुदृढ पार्ने सम्भावनासँग स्वाभाविकरूपमा मेल खायो ।

अन्ततः ग्रीनल्याण्डको राजनीतिक महत्त्व संयुक्त राज्य अमेरिकाका लागि यसको द्रुतरूपमा परिवर्तन हुँदै गरेको विश्वव्यापी क्रममा परिणामहरूलाई प्रभाव पार्ने क्षमता अनुसार तय हुन्छ । चीन र रूससँगको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा ग्रीनल्याण्ड संयुक्त राज्य अमेरिकालाई आफ्नो नेतृत्व सुरक्षा गर्न, आर्क्टिक प्रशासनमा प्रभाव कायम राख्‍न र आधुनिक अन्तर्राष्ट्रिय मामिलामा निर्णायक भूमिका निर्वाह गर्न सक्षम बनाउने रणनीतिक मञ्चको रूपमा कार्य गर्दछ ।

रणनीतिक चासो :

आर्क्टिक क्षेत्रमा प्रमुख उपस्थितिको रूपमा, संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्डमा रक्षा योजनालाई प्राथमिकता दिएको छ । ग्रीनल्याण्ड संयुक्त राज्य अमेरिका र नेटोका लागि विशेषरूपमा महत्त्वपूर्ण हुने दुई प्रमुख रणनीतिक कारणहरू छन् ।

पहिलो, ग्रीनल्याण्ड नेटोको हिस्सा हो र सन् १९५१ देखि डेनमार्कमार्फत संयुक्त राज्य अमेरिकासँग रक्षा सम्झौता कायम राखेको छ । दोस्रो, ग्रीनल्याण्ड ग्रीनल्याण्ड–आइसल्याण्ड–युनाइटेड किङ्डम (GIUK) ग्याप भित्र अवस्थित छ जसले मास्को र वाशिङटनको बीचमा रणनीतिक रूपमा महत्त्वपूर्ण स्थिति प्रदान गर्दछ ।

आधुनिक विश्व सुरक्षा परिवेशमा, ग्रीनल्याण्ड संयुक्त राज्य अमेरिकाका लागि विशेष रणनीतिक महत्त्व राख्दछ जसको मूल्य आर्थिक र राजनीतिक महत्त्व भन्दा पनि माथि छ । प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा अमेरिकी रक्षा योजना आर्क्टिकलाई भविष्यका सम्भावित द्वन्द्वहरू उत्पन्‍न हुने महत्त्वपूर्ण क्षेत्रको रूपमा मान्‍न थाल्छ ।

आधिकारिक अमेरिकी रणनीतिक दस्तावेजहरूले लगातार जोड दिएका छन् कि आर्क्टिकमा नियन्त्रण, पहुँच, र परिस्थिति अवलोकन (situational awareness) राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न आवश्यक छ । प्रतिवेदनअनुसार रक्षा विभागको आर्क्टिक रणनीति (Arctic Strategy) ले अमेरिकी काङ्ग्रेसलाई आर्क्टिकमा निम्‍न राष्ट्रिय सुरक्षा चासोहरूलाई पहिचान गरेको छ :

१.   आर्क्टिकलाई अमेरिकी मातृभूमिको रूपमा: संयुक्त राज्य अमेरिका आर्क्टिक राष्ट्र हो जसको क्षेत्रीय सार्वभौमिकता र समुद्री दावीहरू यस क्षेत्रमा छन् । यसको चासोमा संयुक्त राज्य अमेरिकाको सार्वभौमिकता र मातृभूमिको रक्षा (प्रारम्भिक चेतावनी प्रणाली र क्षेप्यास्त्र रक्षा मार्फत), महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा र क्षेत्रीय सुरक्षा चासोलाई सुरक्षित राख्‍न डोमेन अवेयरनेस (domain awareness) समावेश छ ।

२.   आर्क्टिकलाई साझा क्षेत्रको रूपमा :  आर्क्टिक एउटा साझा चासोको क्षेत्र हो जसको सुरक्षा र स्थिरता आर्क्टिक राष्ट्रहरूले साझा चुनौतीहरूको रचनात्मक समाधानमार्फत निर्भर गर्दछ । क्षेत्रीय सहकार्य – राष्ट्रिय सार्वभौमिकता जस्ता अन्तर्राष्ट्रिय मान्य सिद्धान्तमा आधारित – संयुक्त राज्य अमेरिकाको चासोमा पर्छ र एक सुरक्षित र स्थिर आर्क्टिकमा योगदान पुर्‍याउँछ । यसलाई अमेरिकी नेतृत्वमा गठित आर्क्टिक गठबन्धन र साझेदारी नेटवर्क र अन्तर्राष्ट्रिय मान्यतासँग मेल खाने क्षेत्रीय गतिविधिहरूले थप सुदृढ बनाउँछ ।

३.   आर्क्टिकलाई रणनीतिक प्रतिस्पर्धाको सम्भावित मार्गको रूपमा: आर्क्टिक सम्भावित मार्ग हो जहाँ महाशक्ति प्रतिस्पर्धा र आक्रामकता बढ्न सक्छ, जुन NDS (National Defense Strategy) ले चिन्हित गरेको दुई प्रमुख प्रतिस्पर्धी क्षेत्र – इन्डो–प्यासिफिक र युरोपर अमेरिकी मातृभूमि बीच फैलिन सक्छ । अमेरिकी चासोमा समावेश छ: वैश्विक शक्ति विस्तारमा लचिलोपन कायम राख्‍नु, जसमा नेभिगेसन र हवाई मार्गको स्वतन्त्रता सुनिश्चित गर्नु, र चीन तथा रूसलाई उक्त क्षेत्रलाई आफ्नो रणनीतिक उद्देश्य अघि बढाउनको लागि दुष्ट वा दबाबयुक्त गतिविधिको माध्यमको रूपमा प्रयोग गर्नबाट रोक्नु ।

संयुक्त राज्य अमेरिका रक्षा विभागले स्पष्ट रूपमा औंल्याएको छ कि आर्क्टिक महाशक्ति प्रतिस्पर्धाको केन्द्रिय मार्ग बन्दै गएको छ, जसले युरासिया र उत्तर अमेरिका बीच ध्रुवीय क्षेत्रमार्फत सिधा सम्बन्ध स्थापित गर्दछ । रणनीतिक दृष्टिले, यस भू-भागले ग्रीनल्याण्डलाई अपरिहार्य बनाउँछ । रूस र उत्तर अमेरिका बीच अन्तरमहादेशीय क्षेप्यास्त्र (ICBM) र लामो दूरीका बमवर्षक विमानहरूको सबैभन्दा छोटो उडान मार्ग आर्क्टिक हुँदै जान्छ । फलस्वरूप, संभावित खतराहरू पत्ता लगाउने, ट्र्याक गर्ने र प्रतिक्रिया दिने अमेरिकी क्षमता आर्क्टिक–आधारित निगरानी र प्रारम्भिक चेतावनी प्रणालीमा अत्यधिक निर्भर हुन्छ जसमा ग्रीनल्याण्ड यस सुरक्षा संरचनाको केन्द्रमा अवस्थित छ ।

ग्रीनल्याण्डको भौगोलिक कभरेजबिना, अमेरिकी क्षेप्यास्त्र सुरक्षा प्रणालीले ध्रुवीय क्षेत्रमा महत्त्वपूर्ण अन्धकार क्षेत्रहरू सामना गर्नेछ जसले चेतावनी समय घटाउँछ र रूसको आधुनिक क्षेप्यास्त्र सेनाबाट आश्चर्यजनक आक्रमणको जोखिम बढाउँछ ।

टिवल एयर बेस (Thule Air Base), उत्तर–पश्चिम ग्रीनल्याण्डमा अवस्थित, संयुक्त राज्य अमेरिकाको विश्वव्यापी रक्षा नेटवर्कमा सबैभन्दा महत्त्वपूर्ण सैन्य प्रतिष्ठानमध्ये एक हो । डेनमार्कसँग लामो समयदेखि कायम सम्झौताअनुसार सञ्चालन हुँदै आएको यस बेसमा उन्‍नत राडार प्रणालीहरू छन् जुन उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमाण्ड (NORAD) को प्रमुख अङ्ग हो । यी राडारहरूले क्षेप्यास्त्र प्रक्षेपणको प्रारम्भिक चेतावनी दिन्छन् र अन्तरिक्षमा रहेका वस्तुहरू – जसमा उपग्रह र संभावित एन्टी–सेटेलाइट हतियारहरू पनि समावेश छन् – लाई ट्र्याक गर्छन् । ग्रीनल्याण्डको भौगोलिक कभरेजबिना, अमेरिकी क्षेप्यास्त्र सुरक्षा प्रणालीले ध्रुवीय क्षेत्रमा महत्त्वपूर्ण अन्धकार क्षेत्रहरू सामना गर्नेछ जसले चेतावनी समय घटाउँछ र रूसको आधुनिक क्षेप्यास्त्र सेनाबाट आश्चर्यजनक आक्रमणको जोखिम बढाउँछ ।

ग्रीनल्याण्डको रणनीतिक मूल्य अन्तरिक्षको बढ्दो सैन्यीकरणले थप बढाएको छ । आधुनिक युद्धमा सञ्चार, नेभिगेशन, खुफिया जानकारी र क्षेप्यास्त्र पहिचानका लागि उपग्रहहरूमा ठूलो निर्भरता छ । अधिकाँश निगरानी र प्रारम्भिक चेतावनी उपग्रहहरू ध्रुवीय कक्षमा (polar orbits) संचालन हुने भएकाले उच्च अक्षांशमा आधारित ग्राउन्ड स्टेशनहरू प्रभावकारी ट्र्याकिङ र कमान्डका लागि अपरिहार्य छन् । ग्रीनल्याण्डको आर्क्टिक स्थिति यी कार्यहरूका लागि विशेष उपयुक्त बनाउँछ । अमेरिकी स्पेस फोर्सका योजना दस्तावेजहरूले उपग्रह निगरानी, डेटा रिलेको काम र क्षेप्यास्त्र सुरक्षा प्रणालीसँग एकीकरणका लागि आर्क्टिक स्थलहरूको महत्त्वलाई जोड दिएका छन् । ग्रीनल्याण्डमा पूर्वाधार विस्तारले संयुक्त राज्य अमेरिकालाई अन्तरिक्ष–आधारित खतराहरूको निरन्तर अवलोकन र महत्त्वपूर्ण कक्षीय संरचनाहरूको सुरक्षा गर्न सक्षम बनाउनेछ ।

हालको सुरक्षा परिवेशमा, जसलाई रूसको आणविक शक्ति आधुनिकीकरण चीनको उन्‍नत क्षेप्यास्त्र तथा अन्तरिक्ष क्षमता विकासले चिन्हित गरेको छ, ग्रीनल्याण्डले संयुक्त राज्य अमेरिकालाई महत्त्वपूर्ण रणनीतिक लाभ प्रदान गर्दछ । ग्रीनल्याण्डमा नियन्त्रण वा प्रभाव विस्तारले राडार नेटवर्क, अन्तरिक्ष निगरानी साधन र क्षेप्यास्त्र–पार दृश्य पहिचान प्रणालीहरूको विकासलाई सहज बनाउँछ जसले कुनै पनि प्रतिस्पर्धी शक्तिले तुलना गर्न नसक्ने क्षमता सुनिश्चित गर्छ । यस्तो रणनीतिक स्थिति संभावित विरोधीलाई उत्तर अमेरिकामाथि आक्रमण गर्न असम्भव बनाउने चेतावनी र समयमै प्रतिक्रिया सुनिश्चित गरेर प्रतिरोध शक्ति (deterrence) बलियो बनाउँछ ।

प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र हुँदै गएसँगै, अमेरिकी नीति निर्माताहरू ग्रीनल्याण्डलाई दुर्गम स्वायत्त क्षेत्रको रूपमा होइन, तर उत्तर एटलान्टिक र आर्क्टिकमा प्रतिस्पर्धी प्रभावविरुद्धको महत्त्वपूर्ण बफरको रूपमा हेर्न थालेका छन् ।

अन्ततः, ग्रीनल्याण्डको रणनीतिक महत्त्व यसले आर्क्टिकमा महत्त्वपूर्ण रक्षा केन्द्र (defensive linchpin) को रूपमा कार्य गर्ने क्षमतामा निर्भर छ । तीव्र प्राविधिक प्रगतिसँगै र महाशक्ति प्रतिस्पर्धा तीव्र हुँदै गएपछि, ग्रीनल्याण्ड संयुक्त राज्य अमेरिकालाई रूस र अन्य युरोपेली तथा अमेरिकी देशहरूमा रणनीतिक प्रभुत्व कायम राख्‍ने, आर्क्टिक र अन्तरिक्ष दुवै क्षेत्रमा सामरिक उत्कृष्टता सुनिश्चित गर्ने अपरिहार्य प्लेटफर्म प्रदान गर्दछ ।

निष्कर्ष

आर्क्टिकमा बढ्दो वैश्विक शक्ति प्रतिस्पर्धाले संयुक्त राज्य अमेरिकाको ग्रीनल्याण्ड सम्बन्धी दृष्टिकोणमा मौलिक परिवर्तन ल्याएको छ, जसले यस टापुलाई अमेरिकी रणनीतिक, राजनीतिक, र आर्थिक योजनाको केन्द्रबिन्दुमा परिणत गरेको छ । प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र हुँदै गएसँगै, अमेरिकी नीति निर्माताहरू ग्रीनल्याण्डलाई दुर्गम स्वायत्त क्षेत्रको रूपमा होइन, तर उत्तर एटलान्टिक र आर्क्टिकमा प्रतिस्पर्धी प्रभावविरुद्धको महत्त्वपूर्ण बफरको रूपमा हेर्न थालेका छन् । विशेषगरी ट्रम्प प्रशासनको समयमा ग्रीनल्याण्डप्रति वाशिङटनको अधिक आक्रामक र सक्रिय दृष्टिकोणले यस बदलिँदो भू-राजनीतिक वास्तविकतालाई प्रतिबिम्बित गर्दछ ।

रणनीतिक दृष्टिकोणबाट, संयुक्त राज्य अमेरिका आर्क्टिकमा चीन र रूसको दीर्घकालीन सैन्य उपस्थितिबारे ज्यादै चिन्तित छ । चीनकोनियर–आर्क्टिक स्टेट’ को दर्जा र आर्क्टिकमा यसको महत्वाकाङ्क्षा अमेरिकी अधिकारीहरूका लागि सङ्केत हो कि बेइजिङ यस क्षेत्र – जो ट्रान्स–अटलान्टिक सुरक्षाका लागि अत्यावश्यक छ – मा दीर्घकालीन प्रभाव जमाउने प्रयास गर्दैछ । चीनले ग्रीनल्याण्डमा आफ्नो सहभागिता मुख्य रूपमा आर्थिक र वैज्ञानिक रूपमा प्रस्तुत गरे पनि, अमेरिकी विश्लेषकहरूले चिनियाँ पूर्वाधार परियोजनाहरूमा संभावित सैन्य वा खुफिया उद्देश्य हुन सक्ने चेतावनी दिएका छन् ।

यो चिन्ता २०१८ मा चरम भयो जब एक चिनियाँ राज्य–स्वामित्व कम्पनीले ग्रीनल्याण्डमा तीनओटा विमानस्थल निर्माण गर्ने टेन्डर जित्यो । अमेरिकी अधिकारीहरूले डुअल–यूज (dual–use) पूर्वाधारमा चिनियाँ नियन्त्रणलाई प्रत्यक्ष रणनीतिक जोखिमको रूपमा हेर्‍यो र डेनमार्कलाई आर्थिक हस्तक्षेप गर्न आग्रह गरे जुन अन्ततः डेनमार्कले गर्‍यो । यस घटनाले वाशिङटनको ग्रीनल्याण्डमा प्रतिस्पर्धी प्रभाव रोक्न निर्णायक कदम चाल्न तत्परता देखाएको छ ।

आर्थिक दृष्टिले ग्रीनल्याण्डका प्राकृतिक स्रोतहरूले अमेरिकी चासोलाई अझ बढाएका छन् । विशेष गरी पृथ्वीका दुर्लभ तत्त्व (rare earth elements) सम्बन्धी खानी परियोजनामा चिनियाँ सहभागिताले अमेरिकी आपूर्ति श्रृङ्खलामा निर्भरता कारण वाशिङटनमा चिन्ता बढाएको छ । यद्यपि केही चिनियाँ–समर्थित परियोजनाहरू अवरुद्ध भए वा असफल भए, चीन ग्रीनल्याण्डको मत्स्य निर्यातको प्रमुख बजार रहँदै आएको छ जसले बेइजिङको दीर्घकालीन आर्थिक प्रभावलाई संकेत गर्दछ । ग्रीनल्याण्ड आफैँ पनि पूर्वीय एशियाली अर्थतन्त्रहरूसँग व्यापार विस्तार गर्ने इच्छा व्यक्त गरिसकेको छ, जसमध्ये चीन, जापान, दक्षिण कोरिया र भारत समावेश छन् । अमेरिकी दृष्टिकोणमा, ग्रीनल्याण्डमा प्रभाव कायम राख्‍नुले आर्थिक सहभागितालाई प्रतिस्पर्धी शक्तिहरूको रणनीतिक निर्भरता वा राजनीतिक प्रभुत्वमा रूपान्तरण हुनबाट रोक्छ ।

रूसले समान चुनौती प्रस्तुत गर्छ । मास्कोले आर्क्टिकभर सैन्य र व्यावसायिक उपस्थिति विस्तार, आधारभूत पूर्वाधार आधुनिकिकरण, नौसेना गतिविधि वृद्धि र उत्तरी समुद्री मार्गहरूमा नियन्त्रण स्थापित गरेको छ । अमेरिकी नीति निर्माताहरू चिन्तित छन् कि रूस–चीनको गहिरो साझेदारी, विशेष गरी रूसको युक्रेन आक्रमणपछि, आर्क्टिकलाई पश्चिमी हितविरुद्ध समन्वित दबाबको क्षेत्रमा बदल्न सक्छ । ग्रीनल्याण्डको ग्रीनल्याण्ड–आइसल्याण्ड–युनाइटेड किङ्डम (GIUK) ग्याप नजिकको अवस्थाले यसलाई रूसको गतिविधि निगरानी र उत्तर एटलान्टिक सुरक्षाको रक्षा गर्न रणनीतिक रूपमा अपरिहार्य बनाउँछ ।

राजनीतिक दृष्टिले, ग्रीनल्याण्डको पश्चिमी मान्यतासँगको मेलले यसलाई संयुक्त राज्य अमेरिकाका लागि अझ महत्त्वपूर्ण बनाउँछ । ग्रीनल्याण्डले रूसको युक्रेन आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको रूपमा निन्दा गरेको छ र मास्कोविरुद्ध युरोपेली सङ्घ (EU) का प्रतिबन्धहरूमा सहभागी भएको छ । यसले ग्रीनल्याण्डलाई दृढ रूपमा पश्चिमी राजनीतिक संरचनाभित्र राख्छ, जसले अमेरिकी संलग्‍नता निरन्तर राख्‍न सम्भव बनाउँछ ।

आधुनिक विश्व परिवेशमा ग्रीनल्याण्ड रणनीतिक सुरक्षा, आर्थिक प्रतिस्पर्धा र राजनीतिक मेलको सङ्गममा स्थित छ । संयुक्त राज्य अमेरिकाका लागि टापुमा चीन र रूसको प्रभावलाई सीमित गर्नु केवल क्षेत्रीय चासो मात्र होइन बढ्दो चुनौतीपूर्ण आर्क्टिक परिवेशमा अमेरिकी नेतृत्व र सुरक्षा संरक्षणको महत्त्वपूर्ण तत्त्व हो ।