रूसी चरित्र
रूसी चरित्र ! एउटा छोटो कथाको लागि यस्तो शीर्षक बहुअर्थी हुन्छ होला । तर गर्न नै के सकिन्छ र ? रूसी चरित्रबारे नै तपाईं - हरूसंग म खास तवरले कुरा गर्न चाहन्छु ।
रूसी चरित्र ! कसरी त्यसको शब्दचित्र उतार्ने ? वीरतापूर्ण पराक्रमको चर्चा गर्ने कि ? परन्तु यस्ता पराक्रमहरू कतिबिघ्न धेरै छन् भने खास कुनचाहिँको बारेमा बताउने भन्ने नै निधो गर्न गाह्रो पर्छ । एक जना मेरा हितैषी मित्रले आफ्नो व्यक्तिगत जीवनको एउटा सानो घटना बताएर मलाई निकै मद्दत गरे । जर्मनहरूलाई उनले कसरी सखाप पारेका थिए भन्ने विषयमा म यहाँ चर्चा गर्न चाहन्नँ । खालि यत्तिकै भन्नु पर्याप्त छ – उनको कोटको कलरमा सोभियत संघवीरको एउटा स्वर्णतारा१ झुण्डिएको छ भने उनको छातीको पूरै आधा भाग त तक्मैतक्माले टन्न ढाकिएको छ । हुन त उनी सामान्य खालका मान्छे हुन्, अनि मृदुभाषी र सरल स्वभावका पनि छन् । सारातोभ जिल्लाको भोल्गातटवर्ती एउटा गाउँको सामूहिक कृषिशालाका किसान हुन् उनी । गठिलो र हृष्टपुष्ट जीउडालले गर्दा उनी निकै हिसीदार देखिन्छन् र अरूहरूबाट उनलाई सहजै छुट्याउन सकिन्छ । ट्याङ्कको बुर्जाबाट बाहिर निस्कन लागेका बखत उनलाई देख्दा त हो न हो उनी युद्धका देवता जस्तै प्रतीत हुन्थे । ट्याङ्कको कवचमा चढेर उनी भुईंमा उत्रन्थे र पसीनाले निथ्रुक्क भिजेको घुम्रिएको कपालबाट फलामे टोप फुकाल्थे, अनि थाङनाको टुक्राले मुखमा लागेको दाग पुछ्थे र आत्मीय सौहार्दता जनाउँदै मुस्कुराउँथे ।
रणक्षेत्रमा जहिलेसुकै पनि मान्छेले कालसंग लुकामारी खेल्नुपर्ने हुन्छ । यस्तै वेलाबखत नै मान्छेको असल स्वभाव प्रकट हुन्छ । उसबाट सब नचाहिंदा कुराहरू त्यसरी नै झरेर जान्छन् जसरी घामले डढेको छाला खुइलिएर झर्छ । त्यसपछि मान्छेमा भित्री सार मात्र बाँकी रहन्छ । निःसन्देह नै त्यो सारतत्त्व कसैमा जब्बर हुन्छ भने कसैको चाहिं कमजोर हुन्छ । अझ कहाँसम्म भने जसको सारतत्त्वमा कुनै खोट हुन्छ ऊ समेत दोषमुक्त हुने चेष्टा गर्छ । विश्वासिलो र भरपर्दो साथी बन्ने चाहना हरेकको हुन्छ । जे होस्, मेरा मित्र एगोर द्रमोभ चाहिं युद्धपूर्व पनि सत्यनिष्ठ व्यक्ति थिए र आफ्नी आमा मारीया पोलिकार्पोभ्नाका साथै आफ्ना बुबा एगोर एगोरोभिचलाई पनि खूब आदर र असाध्य माया गर्थे । कैयौंपल्ट उनले भनेको मैले सुनेको थिएँ : “ मेरा बुबा गम्भीर स्वभावका मान्छे हुनुहुन्छ । मुख्यतया आत्मसम्मान उहाँ रूचाउनुहुन्छ। उहाँ भन्नेगर्नुहुन्छ : 'हेर्, छोरा ! तैंले संसारमा धेरै कुरा देख्न पाउनेछस् ! देशदेशावरको यात्रा पनि गर्नेछस् ! तर रूसी भन्ने आफ्नो प्रतिष्ठाको गर्व राखेस् !... "
रणक्षेत्रमा जहिलेसुकै पनि मान्छेले कालसंग लुकामारी खेल्नुपर्ने हुन्छ । यस्तै वेलाबखत नै मान्छेको असल स्वभाव प्रकट हुन्छ । उसबाट सब नचाहिंदा कुराहरू त्यसरी नै झरेर जान्छन् जसरी घामले डढेको छाला खुइलिएर झर्छ ।
भोल्गातटवर्ती त्यसै गाउँकी एउटी केटीलाई उनी प्रेम गर्थे । हामीकहाँ प्रियतमाहरू र पत्नीहरूको विषयमा धेरै चर्चा हुन्छ । खास गरी त्यस बखत जब रणमोर्चामा केही छिन शान्ति छाउँछ, असाध्य जाडो हुन्छ, भुईंघरमा मट्टीतेलको टुकी बालिएको हुन्छ, सानो स्टोभ सुसाइरहेको हुन्छ र मान्छेहरूले साँझको खाना पनि खाइसकेका हुन्छन् । अनि यस्तो गफ चल्छ कि भनेर साध्य नै हुँदैन । ' प्रेम भनेको के हो ? ' कसैले यसरी कुरा खोतल्न शुरू गर्छ । ' सम्मानको आडमा नै प्रेम पलाउँछ।.. अर्कोले बिस्तारै उत्तर दिन्छ । 'यस्तो हुँदै होइन । बरू प्रेम त एक प्रकारको बानी पो हो । मान्छेले आफ्नी स्वास्नीलाई मात्र प्रेम गर्दैन। उसले त आमाबाबुलाई र कहाँसम्म भने जीवजन्तुहरूलाई समेत प्रेम गर्छ ।... ' - तेस्रोले व्याख्यान छाँट्छ । थुक्क अबूझ हो ! ' – चौथोले बीचैमा कुरा काट्छ।- - ' प्रेम !... प्रेम भनेको त यस्तो भावना हो जब तिम्रो भित्री अन्तरकुन्तरमा डढेलो सल्केको हुन्छ । यस्तो अवस्थामा मान्छे खूब मात लागेको वेलामा जस्तै रन्थनिएको हुन्छ । ... ' यसरी एक घण्टा त के दुई घण्टासम्म पनि दर्शन छाँटिन्छ । अनि आखिरमा स्वयं टोलीनायकले नै बहसमा हस्तक्षेप गर्छ र आदेशात्मक स्वरले विषयको सारतत्त्व छर्लङ्ग पारिदिन्छ । ...
हुन सक्छ, एगोर द्रमोभ यस्तै वादविवादको फन्दामा पर्न नपरोस् भन्ठानेर नै मौन रहन्थे । एकपल्ट प्रसंगवश मात्र मलाई आफ्नी भावी दुलहीको सन्दर्भमा उनले सङ्केत गरेका थिए : “ केटी निकै असल स्वभावकी छे। उसले पर्खेर बस्ने वचन दिएपछि कत्ति फरक पर्दैन । चाहे खोरण्डो भएर नै मैले फर्कन किन नपरोस्, ऊ मेरो प्रतीक्षामा बसिरहेकी हुनेछ ।’’
आफ्नो सामरिक पराक्रमबारे पनि उनी गफ हाँक्न मन पराउँदैनथे । यस्तो कुराको सम्झना गर्ने इच्छा छैन ।” – उनी यत्तिकै भन्दथे । अनि त निधार खुम्च्याएर चुरोटको सर्को तान्न लागिहाल्थे । उनको सामरिक पराक्रमबारे उनकै टोलीका सैनिकहरूबाट हामीलाई थाहा हुन्थ्यो। खास गरेर ट्याङ्कचालक चुभिल्योभ सबै श्रोताहरूलाई छक्क पार्दै यसबारे बताउँथ्यो ।
हामीले तोपको मोहरी घुमायौं र मैले भएभरको तोडले ट्याङ्क हाँक्दै कटेरोलाई पेल्दै लगे । ... अरे बाबा ! .. ट्याङ्कको कवचमा दलीन, फल्याक, ईंट बज्रिएको सुनिन्थ्यो । कटेरोमा लुकेर बसिरहेका फाशीष्टहरूको हबिगत त बताउनै परोइन । ... मैले त्यहाँ फेरि एक चक्कर मारें । बचेखुचेका फाशीष्टहरू दुवै हात उठाएर कराउन थाले : ' हिटलर मुर्दाबाद !”
" बुझ्यौ, हामी फर्कन मात्र के फर्केका थियौं, थुम्को पछिल्तिरबाट जर्मन ट्याङ्क घिस्रँदै आइरहेको मैले देखिहालें । म चिच्याएँ : ' साथी लप्टन, टाइगर * (जर्मन ट्याङ्कको मार्का । - अनु० ) !' उनले आदेश दिइहाले : ' अगाडि बढ ! पूरै वेगले दौडाऊ !' मैले पनि तलेसल्लाको घारीपछिल्तिर नदेखिने गरी कहिले दायाँ त कहिले देब्रेतिर ट्याङ्क हाँक्दै लगे । टाइगरबाट पनि तोपको मोहरी सोझ्याइन्थ्यो तर अन्धोले गोली चलाएझैं निशानामा लाग्दैनथ्यो ... साथी लप्टनले भने ढाडमा नै दनक दिए र टाइगर लड्खडाउन पुग्यो । अनि फेरि तोपको मोहरीमा नै ताकेर प्रहार गरियो र थुतुनो समेत ठुन्क्याइयो । ... तेस्रो गोली प्रहार गर्दा त टाइगरका सबै प्वालहरूबाट धुवाँको मुस्लो निस्कन लागिहाल्यो । त्यसबाट निस्केको आगोको लप्का झण्डै एक सय मीटर माथिसम्म चुलिएको हुँदो हो । द्वारवाट चालकदल घिस्रेर बाहिर निस्कियो । ...
भान्का लाप्शिनले मेशिनगन सोझ्यायो त उनीहरू उधमुन्टिन पुगिहाले र टाङ मात्र हल्लिएको देखियो । ... बुझ्यौ, यसरी हामीले बाटो साफ गयौं र पाँच मिनेटभित्रैमा गाउँतिर दौडिहाल्यौं । म पेट मिचीमिची हाँस्न थालें । ... फाशीष्टहरू तँछाड-मछाड् गर्दै भागिरहेका थिए । ... जताततै हिलैहिलो थियो । बुझ्यौ, कोही कोही त बूटसमेत नलगाइएको नाङ्गै गोडाले न्वारानको बल झिकेर छाडतोस कस्दैथिए । सबका सब एउटा कटेरोतर्फ तँछाड-मछाड् गर्दै दगुरिरहेका थिए । साथी लप्टनले मलाई आदेश दिए: 'ल, सोझै कटेरोतिर दौडा !' हामीले तोपको मोहरी घुमायौं र मैले भएभरको तोडले ट्याङ्क हाँक्दै कटेरोलाई पेल्दै लगे । ... अरे बाबा ! .. ट्याङ्कको कवचमा दलीन, फल्याक, ईंट बज्रिएको सुनिन्थ्यो । कटेरोमा लुकेर बसिरहेका फाशीष्टहरूको हबिगत त बताउनै परोइन । ... मैले त्यहाँ फेरि एक चक्कर मारें । बचेखुचेका फाशीष्टहरू दुवै हात उठाएर कराउन थाले : ' हिटलर मुर्दाबाद !”
लप्टन एगोर द्रमोभको युद्धशैली यस्तो थियो । तर एकपटक उनीमाथि आपद बज्रियो । कुर्कको भीषण भिडन्तका बखत जब जर्मनहरूले निकै रगत बगाइसकेका थिए र थरहरी भइसकेका थिए, उनको ट्याङ्क गहुँको खेतको माझमा अग्लो ढिस्कोनेर एउटा बमगोलाको मारमा पर्यो । चालकदलमध्ये दुई जनाको तत्कालै मृत्यु भयो । दोस्रो बमगोला लागेर ट्याङ्क जल्न थाल्यो । ट्याङ्कचालक चुभित्योभले अगिल्तिरको ढोका खोल्यो र ट्याङ्कको कवचमाथि उक्लेर लप्टनलाई बाहिर निकाल्यो । लप्टन अचेत थिए र उनको वर्दी जलिरहेको थियो । चुभिल्योभले लप्टनलाई अलि परसम्म पुयाउन पाउँदा नपाउँदै ट्याङ्कमा ठूलो विष्फोट भइहाल्यो । ट्याङ्कको बुर्जा नै पचास मीटर जति परसम्म उछिट्टियो । चुभिल्योभ हातले फुसफुसे माटो कोपर्दै लप्टनको मुखमा, टाउकोमा र लुगामा फ्याँक्दैथियो । यसरी ऊ आगो निभाउन खोज्दै थियो। त्यसपछि ऊ बम पड्केर बनेको एउटा खाल्डोबाट अर्को खाल्डोसम्म लप्टनलाई समेत पिठ्यूँमा बोकेर घिस्रन थाल्यो र प्राथमिक उपचार चौकीसम्म पुग्यो ।...
“मैले त्यतिखेर लप्टनलाई किन घिसार्दैल्याएँ, थाहा छ ?" - चुभित्योभ वताउँदैथियो । - “ उनको मुटु धुकधुक गरेर चलिरहेको म सुन्दैथिएँ । ”...

उनको ट्याङ्क गहुँको खेतको माझमा अग्लो ढिस्कोनेर एउटा बमगोलाको मारमा पर्यो । चालकदलमध्ये दुई जनाको तत्कालै मृत्यु भयो । दोस्रो बमगोला लागेर ट्याङ्क जल्न थाल्यो । ट्याङ्कचालक चुभित्योभले अगिल्तिरको ढोका खोल्यो र ट्याङ्कको कवचमाथि उक्लेर लप्टनलाई बाहिर निकाल्यो । लप्टन अचेत थिए र उनको वर्दी जलिरहेको थियो । चुभिल्योभले लप्टनलाई अलि परसम्म पुयाउन पाउँदा नपाउँदै ट्याङ्कमा ठूलो विष्फोट भइहाल्यो ।
एगोर द्रमोभको प्राण बच्यो । उनले आँखाको ज्योति समेत गुमाउनुपरेन, यद्यपि उनको मुहार कतिसम्म डढिसकेको थियो भने कतैकतै त हाड समेत देखिन्थ्यो । उनले आठ महीनासम्म अस्पतालमा उपचार गराउनुपन्यो । उनको मुहारमा एउटा होइन, बरू दसौं ठाउँमा प्लाष्टिक अपरेशन गर्नुपर्यो । नाक, ओठ, आँखाको पटल, कान सबका सव फेर्नुपरेको थियो । आठ महीनापछि जब पट्टी खोलेर आफ्नो अनुहार ऐनामा हेर्दा त आफैलाई पनि उनले चिन्न सकेनन् । आफ्नै अनुहार पनि उनलाई पराइको जस्तो लाग्यो । ऐना उनका हातमा थमाइदिने नर्ससमेत मुख फर्काएर सुँक्क सुँक्क गर्न लागेकी थिई । उनले तुरून्तै ऐना फर्काइदिए ।
“यसभन्दा पनि नराम्रो हुन सक्थ्यो । मुख्य कुरा त के भने बाँचियो नाइँ ! ” – उनले भने ।

आठ महीनापछि जब पट्टी खोलेर आफ्नो अनुहार ऐनामा हेर्दा त आफैलाई पनि उनले चिन्न सकेनन् । आफ्नै अनुहार पनि उनलाई पराइको जस्तो लाग्यो । ऐना उनका हातमा थमाइदिने नर्ससमेत मुख फर्काएर सुँक्क सुँक्क गर्न लागेकी थिई । उनले तुरून्तै ऐना फर्काइदिए ।
जे होस्, उनले नर्ससित अब ऐना माग्न छोडिसकेका थिए । उनी वेला-वेलामा आफ्नो मुख छामेर हेर्नेगर्थे, मानौं त्यससित अभ्यस्त हुन खोजिरहेका होउन् ! जाँच - आयोगले उनलाई सैनिक सेवाको निम्ति योग्य ठहराएन । तत्कालै उनी जर्नेलको सामु पुगेर माग गर्न लागे : पल्टनमा नै फर्कने अनुमति पाऊँ ! "
"तर तपाईं त पंगु भैसक्नुभो !” – जर्नेलले उत्तर दिए ।
" हैन ! म कुरूप अवश्य भएको हुँला, तर पंगु भएको छैन ! अनुहार हेर्ने होइन, काम हेरिनुपर्छ । सामरिक दक्षतामा कुनै कमी आउन दिनेछैन । ” – एगोर द्रमोभले तर्क गरे ।
कुराकानीको वेला जर्नेलले उनको अनुहारतर्फ नहेर्ने खूब चेष्टा गरेको पनि एगोर प्रेमोभले चाल पाइसकेका थिए तर चिरा जस्तो मात्र देखापर्ने गुलाफी रङ्गको उनको ओठ मात्र केही खुम्चिएको थियो । उनले पूरा स्वास्थ्यलाभ गर्न भनेर बीस दिनको छुट्टी पाए । त्यसै वेला आमाबाबुलाई भेट्न उनी घरतर्फ रमाना भए । यो यसै साल मार्च महीनाको कुरा हो ।

घुँडासम्म आउने हिउँमा टेक्दै उनी झ्यालनेर पुगे र भित्र चियाएर हेर्न थाले । टुकीको मधुरो प्रकाशमा उनले आफ्नी आमालाई देखे जो टेविलको एक छेउनेर बसेर साँझको खाना खाने तरखार गर्दैथिइन् । उनले त्यही कालो रङ्गको जम्फर लगाइराखेकी थिइन् । उनी पहिले झैं शान्त, गम्भीर र दयालु देखिन्थिन् ! हो, अलि बूढी भइसकेकी थिइन् र कुम पनि दुब्लो देखिन्थ्यो । ... 'अहो ! कस्तो थाहा नभएको मलाई !
रेलवे स्टेशनमा पुगेपछि एउटा गाडा लिने उनको विचार थियो तर अठार भेर्स्ता * (भेर्स्ता = ३५०० फिट । –अनु.) बाटो पैदलै हिंड्नुपर्ने भयो । अझै पनि खेत यत्रतत्र हिउँले ढाकिएको देखिन्थ्यो, बाटो पनि हिलाम्य र निर्जन थियो । चीसो बतासले उनको ओभरकोटको फेर उडाइदिनेगर्थ्यो र एकतमासको उराठ लाग्दो सुसाइले गर्दा कान पनि थाकिसकेको थियो । साँझपख मात्रै उनी आफ्नो गाउँमा पुगे । त्यो इनार पनि देखियो जसमा पानी तान्ने अग्लो काठ सारसझैं हल्लिंदै र चुइँचुइँ गर्दै थियो । त्यहाँबाट गन्दा छैटौं चाहिं घरमा नै उनका आमाबाबु बस्थे । एकाएक टक्क अडिई दुवै हात गोजीमा घुसारेर उनले टाउको हल्लाए । अनि फटाफट घरतिर लम्किए । घुँडासम्म आउने हिउँमा टेक्दै उनी झ्यालनेर पुगे र भित्र चियाएर हेर्न थाले । टुकीको मधुरो प्रकाशमा उनले आफ्नी आमालाई देखे जो टेविलको एक छेउनेर बसेर साँझको खाना खाने तरखार गर्दैथिइन् । उनले त्यही कालो रङ्गको जम्फर लगाइराखेकी थिइन् । उनी पहिले झैं शान्त, गम्भीर र दयालु देखिन्थिन् ! हो, अलि बूढी भइसकेकी थिइन् र कुम पनि दुब्लो देखिन्थ्यो । ... 'अहो ! कस्तो थाहा नभएको मलाई !
हरेक दिन आफ्नो बारेमा आमालाई दुई शब्द भए पनि लेख्नु - पर्थ्यो ! ' – एगोर द्रमोभले सोचे । एक प्याला दूध, एक टुक्रा रोटी, दुईटा चम्चा र नूनको भाँडो - बस्, यत्तिकै सरसामानद्वारा आमाले साधारण तवरमा टेबिल सजाइन् र त्यसको अगिल्तिर उभिएर विचारमग्न भइन्। उनले आफ्ना दुवै सिकुटे हात छातीनेर पोको पारेकी थिइन् । झ्यालबाट आमालाई चियाएर हेर्दा एगोर द्रमोभले के पनि सहजै बुझे भने आमालाई तर्साउन ठीक हुँदैन, किनभने उनको बूढो मुहारमा एकाएक कम्प छुट्न सक्छ ।
हुन्न भने हुन्न ! उनले फाटकको दैलो खोले र आँगनमा पसेर खड्गेलीनेर पुगी ढोका घचघच्याए । आमाले भित्रबाट सोधिन् : "को हँ ?"
लप्टन ! सोभियत संघवीर ग्रोमोभ !” – उनले जवाफ दिए ।
उनको मुटुमा च्वास्स घोच्यो । उनी ढुन्मुनिएर ढोकाको चौकोसमा कुम स्याउन पुगे । अहँ, आमाले उनको स्वर चिन्न सकिनन् । स्वयं उनलाई पनि आफ्नो स्वर पहिलोपल्ट सुनेजस्तो लाग्यो । अनेक प्रकारको शल्यचिकित्सापछि उनको स्वर धोत्रो, कर्कश र अस्पष्ट भइसकेको थियो ।
"वावु ! तिमीलाई के चाहियो हँ ? " - आमाले सोधिन् ।
मारीया पोलिकार्पोभ्नालाई उनका छोरा बडालप्टन द्रमोभको सेवाढोग सुनाउन आएको हूँ ! " त्यसपछि आमाले ढोका खोलिदिइन् र लम्केर उनको हात समात्न पुगिन् ।
" के मेरो एगोर बाँचेकै छ । सन्चोबिसन्चो कस्तो छ ? बाबु, भित्र आऊ ल ! "
एगोर द्रमोभ टेबिलनेर बेञ्चमा बसे । यो त्यही ठाउँ थियो जहाँ उनी त्यतिखेर बस्नेगर्थे जब उनी गोडाले अझै भुईं भेट्टाउन सक्तैनथे । त्यसताका आमा उनको घुम्रिएको कपाल मुसार्दै भन्नेगर्थिन् : 'लौ, नानी ! अलिकति खीर ! ’
" के लडाइँमा जाँदा डर लाग्दैन र ?" - बीचैमा कुरा काटेर आमाले आफ्ना काला तर तेज हराइसकेका आँखाले सोझै उनको मुखतर्फ ताक्दै सोधिन् ।
आमालाई उनको छोराको बारेमा अर्थात् आफ्नै बारेमा उनले बताउन शुरू गरे : खाने पिउने कुराको उनलाई कुनै कमी छैन, निकानन्दै छन् र हँसिला पनि छन्, कपाल छोट्याएर काटेका छन् । ट्याङ्क हाँकेर लडाइँमा के-कस्तो पुरुषार्थ देखाइएको थियो भन्ने पनि उनले बेलिबिस्तार लगाए ।
" के लडाइँमा जाँदा डर लाग्दैन र ?" - बीचैमा कुरा काटेर आमाले आफ्ना काला तर तेज हराइसकेका आँखाले सोझै उनको मुखतर्फ ताक्दै सोधिन् ।
" हो, डर त अवश्य लाग्छ नि, आमै ! तर बानी परिहाल्छ !” उनका पिता एगोर एगोरोभिच पनि आइपुगे । बुढेसकालले उनलाई पनि राम्रै छोपिसकेको रहेछ । उनको बोकेदाह्री कमेरो पोते जस्तै लाग्थ्यो । पाहुनातर्फ नजर दिंदै उनले जमोठको थोत्रो जुत्ता संघारमै टकटक्याए, अनि कत्ति पनि हतारो नगरीकन गलबन्दी झिके, भुवादार छालाको कोट फुकाले, टेबिलनेर पुगे र हात पसारेर अभिवादन गरे । अहो ! आफ्ना पिताको फराकिलो र परिश्रमी हातसित एगोर सुपरिचित नै थिए । तक्मावाल पाहुना घरमा किन आएको हो भन्ने त त्यसै पनि स्पष्ट थियो । त्यसैले कुनै सोधपूछ नगरेर उनी बगलमै बसे, अनि आँखा आधा बन्द गरेर त्यहाँ चलिरहेको कुरा ध्यानपूर्वक सुन्न लागे ।
उनलाई जुरूक्क उठेर भन्ने आँट नै आएन : 'लौ न आमा, लौ न बुबा आफ्नो छोरोलाई आखिर चिन्नुहोस् ! यो कुरूप मान्छे तपाईंहरूकै छोरो हो !' टेबिलमा आमाबाबुको बगलमै बस्न पाइँदा उनलाई एकातिर निकै आनन्द अनुभव भइरहेको थियो भने अर्कोतिर चाहिं भित्रभित्रै मन कुढिएको थियो ।
लप्टन द्रेमोभ आफ्नै बारेमा तर अरूकै बारेमा जस्तो गरीकन बताउँदैथिए । परन्तु उनले आफूलाई जति जति अपरिचित नै राख्दैगए त्यसै अनुपातमा आफ्नो भेद खोल्न पनि उनलाई झन् अपठ्यारो पर्दैगयो । उनलाई जुरूक्क उठेर भन्ने आँट नै आएन : 'लौ न आमा, लौ न बुबा आफ्नो छोरोलाई आखिर चिन्नुहोस् ! यो कुरूप मान्छे तपाईंहरूकै छोरो हो !' टेबिलमा आमाबाबुको बगलमै बस्न पाइँदा उनलाई एकातिर निकै आनन्द अनुभव भइरहेको थियो भने अर्कोतिर चाहिं भित्रभित्रै मन कुढिएको थियो ।
लौ त, घरकी माऊ, साँझको खाना पनि खाइहालौं न ! घरमा जे छ सो पाहुनालाई पनि खान दिएर स्वागतसत्कार गर ! " - एगोर एगोरोभिचले भने र पुरानो दराज पनि खोले । त्यसमा देब्रेतिर एक कुनामा सलाईंको बट्टामा माछा मार्ने बल्छीका अंकुसेहरू राखिएका हुन्थे र ती अहिलेसम्म पनि जस्ताको तस्तै थिए । छेवैमा चिनियाँ माटोको त्यो चियादानी पनि त्यसै गरी राखिएको थियो जसरी पहिले पनि राखिन्थ्यो । दराज खोल्नेबित्तिकै रोटीका टुक्रा र प्याजका बोक्राहरूको सुपरिचित बास्ना पनि आयो । एगोर एगोरोभिचले त्यहाँबाट मदिराको एक सानो सिसी झिके । मदिरा ज्यादै थोरै थियो... खालि दुई पेग मात्र ! यत्तिकै हो भन्ने आसय झल्कने किसिमबाट उनले लामो सास ताने । अनि पहिलेपहिले झैं साँझको खाना खानमा सबै जुटिहाले ।
खाने वेलामा मात्र बडालप्टन प्रेमोभले चम्चा समातिराखेको आफ्नो हाततर्फ आमाले विशेष गौर गरेर ताकिरहेकी छन् भन्ने चाल पाए । उनी फिसिक्क हाँसे । आमाले आँखा माथि उठाइन् र उनको मुहारमा पीडाको सानो कम्प देखापर्यो ।
यताउताका केही कुराहरू भए : वसन्त कस्तो हुने होला ? वीउ छर्ने काम समयमै गर्न भ्याइने हो कि होइन ? यस ग्रीष्मसम्ममा त लडाइँ पनि कसो नटुङ्गिएला र ?
“जनता रीसले जुर्मुरिइसक्यो । ” – एगोर एगोरोभिचले जवाफ दिए । " मर्न त अब कोही डराउँदैन । अब जनतालाई कसैले रोक्न सक्तैन । जर्मनहरूको उछित्तो खनिनेछ !"
मारीया पोलिकार्पोभ्नाले प्रश्न गरिन् :
“खै, तपाईंले त बताउनु नै भएन ! उसले घरबिदा कहिले पाउला? एकपटक त घरमा आउनु नै पर्थ्यो ! तीन वर्ष भयो उसलाई नदेखेको पनि ! सके ऊ निकै हुर्किसक्यो होला ! जुँगा पनि पालिराखेको हुन सक्छ । हरे ! हरेक दिन मृत्युको नजिक बस्नुपर्या होला ! सके उसको स्वर समेत कठोर भइसक्यो कि ?”
“अँ ! आइहाल्यो भने पनि तपाईंले चिन्न सक्नुहुन्न होला ! लप्टनले भने ।
आतसखानामाथिको टाँडमा एगोर प्रेमोभको लागि राति सुत्ने ठाउँ छुट्याइयो । त्यहाँको हरेक ईंटसित उनी परिचित थिए । काठका मूढाले बनाइएको भित्तामा परेको हरेक चिरालाई उनले बिर्सेका थिएनन् भने छतको हरेक दलिनको पनि उनलाई हेक्का थियो । भेडाको छाला र रोटीको वास्ना आइरहेको थियो । त्यो त्यही घर थियो जहाँ उनले जन्म लिएका थिए र यस्तो घरको अमनचैन मृत्युपर्यन्त बिर्सन सकिन्न पनि ।
लप्टन आफ्नो हत्केलामा टाउको बिसाएर घोप्टो परेर पल्टिरहेका थिए : ' के त आमाले समेत चिन्न सकिनन् ? के यस्तो पनि हुन सक्छ ? आमा ! हे, आमा ! .. " - उनी विचार गर्दैथिए ।
घरको छानामाथि मार्चको स्याँठ सुसाउँदैथियो । कठबारको पल्तिर बुवा घुरेको सुनिन्थ्यो । आमा चाहिं अझै निदाएकी थिइनन् – उनी कहिले कोल्टो फेर्थिन् त कहिले लामो सुस्केरा तान्थिन् । लप्टन आफ्नो हत्केलामा टाउको बिसाएर घोप्टो परेर पल्टिरहेका थिए : ' के त आमाले समेत चिन्न सकिनन् ? के यस्तो पनि हुन सक्छ ? आमा ! हे, आमा ! .. " - उनी विचार गर्दैथिए ।
दाउरा चिटचिट गर्न लागेको आवाजले गर्दा बिहान लप्टनको निद्रा टुट्यो । आमा चाहिं सुस्तसुस्त भान्सा तयार पार्दैथिइन् । भर्खरै धोएर सुकाइएको उनको बूटपोश त्यहीं टाँगिएको डोरीमा झुण्डिरहेको थियो । पखालेर साफ पारिएको एक जोर बूट पनि ढोकैनेर थियो ।
“गहुँको चटामरी त मन पर्ला के ? " - आमाले सोधिन् ।
लप्टनले तुरून्तै कुनै जवाफ फर्काएनन् । टाँडबाट तल र्लेर उनले कुर्ता लगाए, पेटी बाँधे । अनि गोडा नाङ्गै राखेर उनी बेञ्चमा बसे ।
" आन्द्रेइ स्तेपानोभिच मालिशेभकी छोरी कात्या मालिशेभा यसै गाउँमा बस्छिन् कि ? ” – उनले सोधे ।
“हो ! उसले गएको साल कोर्स पूरा गरी ! अहिले गाउँको स्कूलमा पढाउँछे । के उससित भेट्न चाहनुहुन्छ तपाईं ? "
उसले रूमाल टाउकोबाट आफ्नो फराकिलो काँधमा सार्दा त लप्टन मनमनै ज्यादै दुःखित समेत भएका थिए : अहो ! यी मायालाग्दा सुनौला केशराशिलाई चुम्न पाए कति राम्रो हुन्थ्यो ! .. आफ्नी प्रियतमाको रूपलावण्यको उनले यस्तै कल्पना गरेका थिए - स्निग्ध, सुकोमल, हँसमुख, दयालु, हिसीदार । ऊ घरभित्र पस्नेबित्तिकै सम्पूर्ण घरमै सुनौला आभा छायो । ...
“तपाईंका छोराले उनलाई पनि नमस्ते सुनाइदिनू भनेका थिए !” छिमेककै एउटी केटीलाई पठाएर आमाले कात्यालाई घरैमा डाँकिन् । लप्टनले बूट लगाउन पनि नभ्याउँदै ऊ दगुरेर आइपुगी । उसका ठूल्ठूला कैला आँखा चम्किरहेका थिए । उसका आँखीभौं चिटिक्क परेका थिए र गालामा पनि खुशीको लाली देखिन्थ्यो । उसले रूमाल टाउकोबाट आफ्नो फराकिलो काँधमा सार्दा त लप्टन मनमनै ज्यादै दुःखित समेत भएका थिए : अहो ! यी मायालाग्दा सुनौला केशराशिलाई चुम्न पाए कति राम्रो हुन्थ्यो ! .. आफ्नी प्रियतमाको रूपलावण्यको उनले यस्तै कल्पना गरेका थिए - स्निग्ध, सुकोमल, हँसमुख, दयालु, हिसीदार । ऊ घरभित्र पस्नेबित्तिकै सम्पूर्ण घरमै सुनौला आभा छायो । ...
“एगोरको शुभेच्छा तपाईंले नै ल्याउनुभएको हो ?" ( उज्यालोतिर पिठ्यूँ फर्काएर लप्टन बसिरहेका थिए । उनले टाउको मात्र हल्लाए, किनभने उनको बक नै फुट्न सकिरहेको थिएन । ) म रातदिन उनको वाटो ढुकेर बसेकी छु । उनलाई कृपया यस्तै खबर सुनाइदिनुहोला है ! . . ”
कात्या मालिशेभा लप्टनको छेवैमा आई तर मुखमा चियाएर हेर्नासाथ कुनै कुराले मुटुमा नै प्रहार गरिएझैं ऊ झस्की र तर्सेर पछिल्तिर हटी । त्यसै बखत एगोर द्रमोभले गाउँ छोड्ने निधो गरे : तत्कालै त्यसै दिन ।
आमाले गहुँको चटामरी र तातो दूध उनको सामुन्ने राखिदिइन् ।
उनले फेरि एकपल्ट लप्टन प्रेमोभकै कुरा झिके । यसपल्ट उनको सामारिक पराक्रमको बखान गरियो । कात्यातर्फ नजर नदिएर उनी भयानक घटनाबारे बताउँदैथिए । उनी कात्याको सुन्दर मुहारमा आफ्नो कुरूपताको छायासम्म पनि पार्न चाहँदैनथे । एगोर एगोरोभिचले लप्टनलाई पु-याउन सामूहिक कृषिशालाबाट घोडागाडी माग्ने कुरा गरेका थिए तर उनले पैदलै रेलवे स्टेशनसम्म जाने निर्णय गरे - जसरी आएका थिए उसरी नै । जुन घटना घटेको थियो त्यसले गर्दा उनी ज्यादै हतोत्साह देखिन्थे । कहिलेकाहीं बीच बाटोमा नै टक्क उभिएर हत्केलाले आफ्नो मुखमा एक झापट समेत दिन्थे र गुनगुनाउँथे : 'अब मैले के गर्ने हँ ?'
“मेरा प्यारा छोरानानी, शुभाशीष ! खै, के के मात्र सोच्ने ? लेख्न समेत डर लाग्छ । तिम्रो खबर लिएर घरमा एक जना मान्छे आएको थियो । मान्छे निकै वेस थियो । त्यत्ति हो, अनुहार भने ज्यादै कुरूप थियो । पहिले त ऊ केही दिन बस्ला भन्ने लागेको थियो, तर कुन्नि किन हो, छिटै नै गुण्टा कसेर हिंडिहाल्यो । त्यसै समयदेखि मलाई रातमा निद्रा पनि लाग्दैन ।
उनी आफ्नै पल्टनमा फर्किए । त्यो पल्टन हताहत सैनिकहरूको पूर्ति गर्न पार्श्वभूमिको निकै भित्री भागमा राखिएको थियो । उनका साथीहरूले भित्री हृदयदेखि रमाउँदै उनको स्वागत गरे । यसले गर्दा उनको मनको त्यो पीर पनि हटेर गयो जसले उनलाई सुत्दा, खाँदा र सास फेर्दा समेत सताउनेगरेको थियो । आमालाई सकभर लामो समयसम्म नै आफ्नो दुर्भाग्यको बारेमा थाहा नहोस् भन्ने उनको एक मात्र चाहना रह्यो । जहाँसम्म कात्याको सवाल छ, त्यो मनमा गाडिएको काँढालाई झिकेर फ्याँकिदिने उनले अठोट गरे ।
करीव दुई हप्ता बितेपछि आमाको चिठ्ठी आयो :
“मेरा प्यारा छोरानानी, शुभाशीष ! खै, के के मात्र सोच्ने ? लेख्न समेत डर लाग्छ । तिम्रो खबर लिएर घरमा एक जना मान्छे आएको थियो । मान्छे निकै वेस थियो । त्यत्ति हो, अनुहार भने ज्यादै कुरूप थियो । पहिले त ऊ केही दिन बस्ला भन्ने लागेको थियो, तर कुन्नि किन हो, छिटै नै गुण्टा कसेर हिंडिहाल्यो । त्यसै समयदेखि मलाई रातमा निद्रा पनि लाग्दैन । छोरानानी, तिमी नै घर आएका हौ कि भन्ने पो मलाई झझल्को लाग्न थालेको छ । एगोर एगोरोभिच त मेरो यस्तो कुरा सुनेर हप्काउँछन् मात्रै । भन्छन् : ' बूढी भइस्, त्यसैले मगज पनि ठीक छैन ! हाम्रो छोरो हुँदो हो त किन नचिनेको जस्तो स्वाङ गर्थ्यो ?' त्यस मान्छेको अनुहार जस्तै कुरूप भए पनि त्यसको ठूलो गर्व राख्न सकिन्छ भन्ने एगोर एगोरोभिचको भनाइ छ । तर म एउटी आमा हुँ र मेरो मनले त एउटै कुरा मात्र भन्छ : ' त्यो हाम्रै छोरो हो, अरू कोही होइन !' प्रातसखानामाथिको टाँडमा त्यो मान्छे सुतेको थियो । मैले उसको पोशाक सफा गर्न आँगनमा लगेकी थिएँ । मन थाम्नै सकिनँ र त्यसैमा टाउको निहुराएर रोएकी थिएँ : पक्का पनि यो मेरै छोरो हो । यो लुगा पनि उसैको हो ! नानी एगोर ! ईसामसीहको नाम जपेर लेख्दैछु ! मलाई अवश्य जवाफ देऊ ! आफ्नी आमालाई धेरै नसताऊ है ! जे हो त्यही लेखेर पठाऊ ! हुन सक्छ, साँच्चै नै मेरो मगज नै ठीक छैन कि त ! ”
म एउटी आमा हुँ र मेरो मनले त एउटै कुरा मात्र भन्छ : ' त्यो हाम्रै छोरो हो, अरू कोही होइन !' प्रातसखानामाथिको टाँडमा त्यो मान्छे सुतेको थियो । मैले उसको पोशाक सफा गर्न आँगनमा लगेकी थिएँ । मन थाम्नै सकिनँ र त्यसैमा टाउको निहुराएर रोएकी थिएँ : पक्का पनि यो मेरै छोरो हो । यो लुगा पनि उसैको हो ! नानी एगोर ! ईसामसीहको नाम जपेर लेख्दैछु ! मलाई अवश्य जवाफ देऊ !
एगोर द्रेमोभले आमाको चिठ्ठी म, इभान सुदारेभलाई देखाउँदै आफ्नो रामकहानी पनि सुनाएका थिए । त्यतिखेर बाहुलाले उनी आँसु पनि पुछ्दैथिए । मैले उनलाई भनें : “ देख्यौ त, चरित्रहरूको जम्काभेट ! तिमी वास्तवमा महामुर्ख नै रहेछौ ! ल छिटै आमालाई पत्र लेखि पठाऊ र माफी पनि माग ! बिचरी चिन्ताले गर्दा साँच्चै बहुलाउन समेत बेर छैन । ... के तिम्रो सुन्दर रूप चाहिने हो र आमालाई ? देखौला, तिमीलाई आमाले अझ बढ्ता माया गर्लिन् ! ”
त्यसै दिन एगोरले यस्तो चिठ्ठी लेखे : मायालु मुमा मारीया पोलिकार्पोभ्ना तथा प्यारा बुबा एगोर एगोरोभिच ! बिन्ती छ मलाई माफ गरिदिनोस ! वास्तवमा घर आउने म नै थिएँ तपाईंहरूको छोरो ! " मसीना अक्षरले चार पानाभरि यस्तै उस्तै लेखिएको थियो । यदि सम्भव मात्र हुँदो हो त उनी वीस पाना पनि यसरी नै भरिदिन सक्थे ।
त्यसपछि एक दिन हामी तारो हान्ने अभ्यासस्थलमा उभिएका थियौं । एक जना सिपाही दगुर्दै आयो र एगोर द्रेमोभलाई भन्न लाग्यो : " साथी कप्तान, तपाईलाई भेट्न आएका छन् । "
सिपाहीले जङ्गी सलाम त ठोक्यो तर उसको भावभङ्गिमा भने यस्तो थियो, मानौं रक्सी घुट्क्याउन तैयार परेको होस् !
हामी गाउँतिर लाग्यौं । आफ्नो डेरानेर पुग्दा मैले एगोर द्रेमोभतर्फ दृष्टि दिएँ । उनी निकै हडबडाइरहेका देखिन्थे र खोक्दै घाँटी सफा गर्न खोज्दैथिए । मैले सोचें : 'ट्याङ्कचालक भएर पनि यसरी अधीर हुनु उचित हो र !' उनको पछिपछि हिंड्दै घरभित्र पस्दा मैले सुनें : “आमा, नमस्कार ! मै हुँ तपाईंको छोरो ! .. "
अनि होचो कदकी बूढी आइमाईले उनलाई अङ्कमाल गरेर छातीमा टाँसेको मैले देखें । मैले चारैतिर दृष्टि दिएँ । त्यहाँ त अर्को एउटी आइमाई पनि थिई । हुन त संसारमा रूपवती तरुनीहरू अरू पनि हुँदा होलान् ! त्यतिबिघ्न हिसी परेकी के त्यही एउटी मात्रै होली र ? धरोधर्म ! मेरा आँखाले भने त्यति राम्री तरुनी अन्यत्र कतै पनि देखेको थिएन ।
“कात्या !” – उनले भने । - “कात्या, तिमी किन आएकी ? तिमीले त अर्कै एगोरलाई पर्खिबस्ने वचन दिएकी थियौ, यस कुरूप एगोरलाई होइन् ! .." त्यतिञ्जेलसम्ममा म बाहिर दलानमा निस्किसकेको थिएँ, तैपनि कटेरोभित्र गुञ्जेको त्यस सुन्दरीको आवाज मेरो कानमा परिहाल्यो । “एगोर, सम्पूर्ण जीवन तिम्रै साथमा बिताउने मैले वाचा गरेकी छु । तिमीलाई म प्रेम गर्छु र सदैव नै सत्यनिष्ठापूर्वक प्रेम गर्दैरहनेछु ! .. अव मलाई आफूबाट टाढा नराख ... ! "
आमाको अङ्कमालबाट मुक्त भएपछि एगोर द्रेमोभ त्यसै युवतीतर्फ लम्किए। तत्कालै मलाई सम्झना भयो : कुनै बखत उनको रूप पनि त युद्धका देवताकै जस्तो चित्ताकर्षक थियो ।
“कात्या !” – उनले भने । - “कात्या, तिमी किन आएकी ? तिमीले त अर्कै एगोरलाई पर्खिबस्ने वचन दिएकी थियौ, यस कुरूप एगोरलाई होइन् ! .."
त्यतिञ्जेलसम्ममा म बाहिर दलानमा निस्किसकेको थिएँ, तैपनि कटेरोभित्र गुञ्जेको त्यस सुन्दरीको आवाज मेरो कानमा परिहाल्यो ।
“एगोर, सम्पूर्ण जीवन तिम्रै साथमा बिताउने मैले वाचा गरेकी छु । तिमीलाई म प्रेम गर्छु र सदैव नै सत्यनिष्ठापूर्वक प्रेम गर्दैरहनेछु ! .. अव मलाई आफूबाट टाढा नराख ... ! "
हो, यस्तो छ रूसी चरित्र ! हेर्दा मान्छे ज्यादै साधारण प्रतीत हुन्छ तर कुनै भयङ्गर आपद-विपद आइपर्दा उसमा अपूर्व शक्ति प्रादुर्भाव हुन्छ । यही नै त हो मानवीय सौन्दर्य !
अनुवाद: कृष्णप्रकाश श्रेष्ठ, नीलाम्बर आचार्य र श्याम उपाध्याय । रादुगा प्रकाशन, मास्कोद्वारा प्रकाशित ‘रुसी चरित्र’बाट साभार
रेबीज : अत्यन्तै घातक तर बेलैमा उपचार गरे रोकथाम गर्न सकिने रोग
नेटो: क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि खतरा
वार्सा प्याक्टको विघटनपछि नेटो किन जारी रह्यो ?
कार्ल मार्क्सको कालजयी कृति ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान’
नेता नम्बर एक सय एक
विश्व जित्ने सिकन्दर, सिकन्दरलाई पनि जित्ने डायोजिनिज !
लोकरिझ्याँइको अपहरणमा परेको नेपाली राजनीति
प्रतिक्रिया