मानसिक रोगका कारक जीन पत्ता लाग्यो !
वैज्ञानिकहरूले पहिलो पटक त्यस्तो एकल जीन पहिचान गरेका छन् जसले कुनै अन्य आनुवंशिक वा वातावरणीय कारणको प्रभावबिना पनि प्रत्यक्ष रूपमा मनोवैज्ञानिक/मानसिक रोग उत्पन्न गराउन सक्छ।
यो जीन GRIN2A हो । यस जीनले मानव मस्तिष्कभित्र न्युरोनहरूबीच सञ्चार गराउने NMDA रिसेप्टरहरूलाई नियमन गर्न अत्यन्तै महत्वपूर्ण भूमिका खेल्छ।
यस जीनका भिन्न रूपहरू (variants) प्रारम्भिक उमेरमै देखिने स्किजोफ्रेनिया र अन्य मानसिक स्वास्थ्य समस्याहरूसँग प्रत्यक्ष रूपमा जोडिएका हुने गर्छन्। महत्वपूर्ण कुरा के भने, यी समस्या देखा परेका केही बिरामीहरूमा न त दौरा (seizure) जस्ता न्युरोलोजिकल लक्षण थिए, न त बौद्धिक कमजोरी। यसले धेरै वर्षदेखि रहँदै आएको मानसिक रोग केवल जटिल आनुवंशिक संयोजन र वातावरणीय प्रभावको मिश्रणबाट मात्र उत्पन्न हुन्छ भन्ने मान्यतालाई चुनौती दिन्छ।
यसमा भेटिएको अर्को तथ्य झनै आशाजनक छ । GRIN2A मा उत्परिवर्तन (mutation) भएका केही व्यक्तिहरूमा L-serine नामक सामान्य डायटरी सप्लिमेन्टले उपचारमा राम्रो प्रतिक्रिया देखाएको पाइएको छ । यो डायटरी सप्लिमेन्टले जो NMDA रिसेप्टरको कार्यक्षमता बढाउने गर्छ । यसले केही बिरामीहरूको हकमा मानसिक लक्षणहरूलाई सिधै तिनीहरूको जैविक कारणलाई लक्षित गरेर उपचार गर्न सकिने सम्भावना खोलिदिएको छ ।
GRIN2A सम्बन्धी बिरामीहरूको विश्वकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय डाटामा आधारित यो अध्ययन मानसिक स्वास्थ्यमा व्यक्तिगत-आधारित उपचारतर्फ (personalized medicine) एउटा महत्वपूर्ण मोडको संकेत हो। यसले भविष्यमा गरिने उपचारले केवल लक्षण नियन्त्रण गर्न होइन, रोगका मूल आनुवंशिक कारणलाई नै पक्रेर समाधान गर्ने बाटो खोल्न सक्छ।
विषादीले मानिसको आन्द्रामा रहेका फाइदा गर्ने सूक्ष्मजीवहरूलाई खतरा पुर्याउँछन्
फूल र बोटविरुवालाई ढुसी र कीराहरुले सतायो ? यस्तो छ बच्ने उपाय !
महिनावारीप्रति हुने भेदभाव: सामाजिक कलङ्क र लैङ्गिक हिंसाको खतरनाक रुप !
खिरको पोषण तथा ओजस विज्ञानबारे वैदिक चर्चा
के स्वस्थ रहनको लागि १० हजार पाइला हिँड्नु जरुरी छ ?
विरुवाको स्वस्थ विकासका लागि आवश्यक ह्युमिक एसिड
मधुमेह माथि चीनको आक्रमण
प्रतिक्रिया