डा. कोटनीस र उनका बिर्सिनै नसकिने सम्झनाहरु
(९ डिसेम्बर, शहादत दिवसको अवसरमा)
डा. द्वारकानाथ शांताराम कोटनीस त्यस्ता महान सपूतहरू मध्ये पर्छन् जसले मेहनतकश जनताका संघर्षहरूलाई साथ दिन आफ्नै ज्यानको पनि पर्वाह गरेनन्। डा. कोटनीसले आफ्नो डाक्टरी ज्ञानलाई धन कमाउन वा सुख–सुविधायुक्त जीवन बिताउन होइन, चीनका जनताले भोगेका सबैभन्दा कठोर युद्धहरूमा घाइतेहरूको ज्यान बचाउन प्रयोग गरे। जापानी आक्रमणविरुद्धको चीनी प्रतिरोध युद्धमा डा. कोटनीसको योगदानलाई आज पनि चीनका जनताले कृतज्ञतापूर्वक सम्झिने गर्छन् । डा. कोटनीसको जीवन साम्राज्यवादविरुद्धको संघर्षमा विश्वका उत्पीडित जनताको एकताको प्रतीक बनेको छ।
सन् १९३७ मा जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध सुरु भयो। चिनिया मुक्ति सेनाका सेनापति चू तेह (Zhu De) ले यो युद्धमा मद्दत गर्न केही भारतीय चिकित्सकहरू चीन पठाइदिन आग्रह गर्दै जवाहरलाल नेहरूसँग सम्पर्क गरेका थिए।
डा. कोटनीसको जन्म महाराष्ट्रको शोलापुरमा एक निम्न मध्यमवर्गीय परिवारमा भएको थियो। उनको जन्म सन् १९१० को अक्टोबर १० मा भएको थियो। उनका दुई भाइ र पाँच दिदीबहिनीहरू थिए। उनले मुम्बईस्थित सेठ जी.एस. मेडिकल कलेजमा डाक्टरी शिक्षा प्राप्त गरे। उनको इच्छा संसारका विभिन्न स्थानहरूमा गएर आवश्यकतामा परेकाहरूको उपचार गर्ने थियो। यही उद्देश्यले उनी पहिले भियतनाम गए, त्यसपछि सिंगापुर र ब्रुनेई पुगे, अन्त्यमा हङकङ पुगे।
सन् १९३७ मा जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध सुरु भयो। चिनिया मुक्ति सेनाका सेनापति चू तेह (Zhu De) ले यो युद्धमा मद्दत गर्न केही भारतीय चिकित्सकहरू चीन पठाइदिन आग्रह गर्दै जवाहरलाल नेहरूसँग सम्पर्क गरेका थिए। १९३८ जुन ३० मा भारतीय राष्ट्रिय कांग्रेसका तत्कालीन अध्यक्ष सुभाष चन्द्र बोसले एक प्रेस विज्ञप्ति जारी गर्दै अपील गरे। उनले २२,००० रुपैयाँ सङ्कलन गरी स्वयंसेवी चिकित्सकहरू र एउटा एम्बुलेन्स चीन पठाउने व्यवस्था गरे। त्यतिबेला भारतमा पनि ब्रिटिश शासनविरुद्ध स्वतन्त्रताको आन्दोलन चलिरहेको थियो। यस सहयोगको सबैभन्दा अर्थपूर्ण पक्ष यो थियो कि स्वतन्त्रताका लागि लडिरहेको एक देशका जनताले स्वतन्त्रताका लागि नै लडिरहेको अर्को देशका जनतालाई दिएको सहयोग थियो।
जब डा. कोटनीसले घरमा पत्र लेखेर चीन जान लागेको मिशनमा आफ्नो सहभागिताको अनुमति मागे, तब उनकी उनकी आमा धेरै दुःखी भइन्। उनको दुःखको कारण चीन भारतसँग धेरै टाढा हुनु र त्यतिबेला चीन युद्धको भीषण परिस्थितिमा फसेको अवस्थासँग सम्बन्धित थियो। डा. कोटनीसले अर्को पत्र लेख्दै आमालाई वाचा गरे कि उनी केवल एक वर्ष मात्र घरदेखि टाढा रहनेछन्। यही समयमा उनका बुबाले आमालाई सम्झाउँदै भने कि छोरालाई जनताको सेवा गर्न जान दिऔं ।
एशियाका अरू कुनै देशबाट चीनमा पुगेकी यो पहिलो टोली भएकाले माओ त्से तुङ, चू तेह (Zhu De), तथा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य धेरै नेताहरूले उनीहरूलाई विशेष सम्मानसहित स्वागत गरे।
सन् १९३८ मा पाँच सदस्यीय मेडिकल मिसन टोलीका रूपमा पाँच भारतीय चिकित्सक चीन गए। यस टोलीमा डा. कोटनीससँगै इलाहाबादका एम. अटल (जुन टोलीका नेता पनि थिए), नागपुरका एम. चोलकर, कोलकाताका बी.के. बसु र देवेश मुखर्जी थिए। टोली चीनमा पहिलोपटक हेबेई (वूहान) पुगेकी थियो। त्यसपछि सन् १९३९ मा तिनीहरूलाई येनानस्थित क्रान्तिकारी आधार क्षेत्रतर्फ पठाइयो। एशियाका अरू कुनै देशबाट चीनमा पुगेकी यो पहिलो टोली भएकाले माओ त्से तुङ, चू तेह (Zhu De), तथा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य धेरै नेताहरूले उनीहरूलाई विशेष सम्मानसहित स्वागत गरे।
जब भारतीय मेडिकल टोली चीन पुगेको थियो, त्यतिबेलासम्म चीनको विशाल भूभाग जापानी सेनाले कब्जा गरिसकेको थियो। जापानी आक्रमणविरुद्ध चीनभरि तीव्र असन्तोष र रोषको लहर फैलिएको थियो। प्रतिरोध शुरू भएको करिब दुई वर्ष बितिसकेको थियो। जापानी आक्रमणविरुद्ध कोमिन्ताङ पार्टी र कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा बनेको थियो। तर पनि कोमिन्ताङका नेता च्याङ काइ-शेक जापानविरुद्ध त निष्क्रिय रूपमा लड्थे, तर कम्युनिस्टहरूविरुद्ध उनको लडाइँ अत्यन्त सक्रिय र कठोर थियो। जापानको विशाल फौजी शक्तिको सामना गर्न नसक्दा कोमिन्ताङको सेना लगातार पछि हट्दै गइरहेको थियो।

नानकिङ नरसंहार’ । https://d.ibtimes.co.uk
कोमिन्ताङको राजधानी नानकिङमाथि जापानी सेनाले डिसेम्बर १९३७ मै कब्जा गरिसकेको थियो। जापानले उक्त सहरलाई ध्वस्त गर्यो र शहरका नागरिकहरूमाथि भयावह नरसंहार गर्यो, जसलाई ‘नानकिङ नरसंहार’ भनेर चिनिन्छ।
जापानको फौजी तयारी अत्यन्त बलियो भएकाले सन् १९३८ को अन्त्यसम्म जापानी सेनाले धेरैजसो बन्दरगाहहरू, प्रमुख सहरहरू र रेलवे मार्गका ठूलो भागमा कब्जा जमाइसकेको थियो। कोमिन्ताङको राजधानी नानकिङमाथि जापानी सेनाले डिसेम्बर १९३७ मै कब्जा गरिसकेको थियो। जापानले उक्त सहरलाई ध्वस्त गर्यो र शहरका नागरिकहरूमाथि भयावह नरसंहार गर्यो, जसलाई ‘नानकिङ नरसंहार’ भनेर चिनिन्छ। जापानी सेनाले ३ लाखजति चिनियाँ नागरिक तथा आत्मसमर्पण गरिसकेका सैनिकहरूको हत्या गर्यो। लाखौँ महिलाहरूको बलात्कार गरियो।
जापानी आक्रमणविरुद्धको चीनी प्रतिरोध युद्धको महत्वपूर्ण कडीमा डा. कोटनीसको योगदान अमूल्य थियो। भारतीय मेडिकल मिशनका चार अन्य चिकित्सकहरू देश फर्किएपछि पनि डा. कोटनीस चीनका कठिन परिस्थितिमा निरन्तर डटिरहे र प्रतिरोध युद्धलाई बलियो बनाउन काम गरिरहे। उनी युद्धको अग्रिम मोर्चामा नियुक्त हुन्थे र धेरै चिनियाँ सैनिकहरूको ज्यान बचाउन सफल भए। मोर्चामा डाक्टरको रूपमा उनको भूमिका अत्यन्त महत्वपूर्ण थियो। येनानमा जहा औषधिको सधैं अभाव हुन्थ्यो, त्यहाँ अवस्था अझै कठिन हुन्थ्यो। सन् १९४० मा जापानी सैनिक टुकडिहरू विरुद्धको लामो युद्धको क्रममा उनी ७२ घण्टा लगातार नसुतिकिन, बिश्राम नगरिकन अपरेशन गरिरहे। यस अवधिमा उनले ३०० घाइते सैनिकको उपचार गरे।
जापानी आक्रमणविरुद्धको चीनी प्रतिरोध युद्धको महत्वपूर्ण कडीमा डा. कोटनीसको योगदान अमूल्य थियो। भारतीय मेडिकल मिशनका चार अन्य चिकित्सकहरू देश फर्किएपछि पनि डा. कोटनीस चीनका कठिन परिस्थितिमा निरन्तर डटिरहे र प्रतिरोध युद्धलाई बलियो बनाउन काम गरिरहे।
डा. कोटनीस घुम्ती अस्पतालहरूमा गरिबहरूलाई उपचार गरिरहन्थे। पछि उनले आठौ मार्ग सेना (Eighth Route Army ) मा आवद्ध भई बुलेई पहाड नजिकको सीमामा काम गरे। क्यानाडाका डाक्टर नारमन बेथ्यूमको निधनपछि, डा. कोटनीस उनीहरूमाथि स्थापित ‘डा. नारमन बेथ्यूम अन्तर्राष्ट्रिय शान्ति अस्पतालको पहिलो निर्देशक पनि भए।
सन् १९४० मा डा. कोटनीसको भेट गाओ शिंगलान नामक एक चिनियाँ नर्ससँग भयो। दुबैले अत्यन्त कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्दै काम गरे। उनीहरू एकअर्काबाट प्रभावित भए र डिसेम्बर १९४१ मा विवाह गरे।
युद्धका कठिनाइहरूले डा. कोटनीसको स्वास्थ्यमा नराम्रो प्रभाव पार्न थाल्यो। यद्यपि, उनी सैनिकहरूमा फैलिरहेको एउटा सङ्क्रामक रोगको लागि खोप विकास गर्दै थिए र त्यो खोप आफ्नै शरीरमा प्रयोग गर्नबाट पनि पछि हट्दैन थिए। तर अन्ततः, सन् १९४२ डिसेम्बर ९ मा थकान र भोकमरीका कारण उनको शरीरले साथ् दिन छाड्यो। केही पटक छारे रोगको लहरले भेटेपछि उनको निधन भयो। उनलाई चीनको नान्क्वान गाउँको चिहानमा समाधिस्थ गरिएको थियो।
उनको निधनमा माओ त्से तुङले भनेका थिए- “सेनाले आफ्नो सहायताको हात गुमाएको छ, राष्ट्रले आफ्नो मित्र गुमाएको छ। हामीले सधैं उनको अन्तर्राष्ट्रियतावादी भावना सम्झिरहनुपर्छ।”
आज डा. कोटनीसलाई डा. बेथ्यूमसँगै सम्झिने गरिन्छ । चीनको शिजियाझुआङ (Shijiazhuang) मा डा. बेथ्यूमसँगै उनको एक स्मारक पनि छ। त्यहाँको सानो सङ्ग्रहालयमा डा. कोटनीसको एउटा नोटबुक सुरक्षित छ, जसमा भारतबाट चीनतर्फ जाँदै गर्दा उनी नयाँ भाषाका शब्दहरूको अर्थ लेखेका थिए। डाक्टरले प्रयोग गरेका केही सर्जिकल उपकरणहरू पनि त्यहाँ राखिएका छन् र माओ तथा अन्य नेताहरूसँगका उनको तस्वीरहरू पनि भेटिन्छन्।
डा. कोटनीसको जीवनमा आधारित भारतमा एक उपन्यास लेखिएको छ र एक चलचित्र पनि बनेको छ। सन् १९४५ मा ख्वाजा अहमद अब्बासले ‘एण्ड वन डिड नट कम ब्याक’ नामक उपन्यास लेखेका थिए भने शान्तारामले अभिनय र निर्देशन गरेको ‘डा. कोटनीसकी अमर कहानी’ नामक चलचित्र सन् १९४६ मा प्रदर्शन भयो।
डा. कोटनीसको त्याग, समर्पण र दृढताले आगामी पुस्ताहरूलाई सधैं प्रेरित गर्नेछ।
साभार : परिवर्तनकामी विद्यार्थी–युवाहरूको पत्रिका ‘परचम’ बाट
तस्विर सन्दर्भस्रोत: https://upload.wikimedia.org
नवल अल सादवी एक इजिप्सियन महिलावादी लेखक
एक व्यक्तिको संयमता जसले आणविक युद्ध रोकेको थियो !
कस्तो छ ‘वैज्ञानिक समाजवादी व्यवस्थाको कार्यक्रम’ ?
रसियाली क्रान्तिको आधारभूत महत्त्व
कम्युनिष्ट शक्तिको एकीकरण आजको अनिवार्य आवश्यकता
विद्रोह जायज छ !
कसिँदै गइरहेको ‘थुसिडाइड्सको धराप’ : उम्कने कसरी ?
प्रतिक्रिया