नेटो: क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि खतरा
सामान्य अवलोकन
अप्रिल १९४९ मा वाशिङ्टन सन्धिमा हस्ताक्षर गरेसँगै उत्तर अटलान्टिक सन्धि सङ्गठन (नेटो) को स्थापना भयो । सन्धिको धारा १ अनुसार सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र-सङ्घको वडापत्रसँग असङ्गत तरिकाले शक्ति प्रयोग नगर्न बाध्य गरिएको छ । धारा ५ अनुसार सामूहिक सुरक्षा सुनिश्चित गर्दै कुनै एक सदस्यमाथि आक्रमण भएमा त्यसलाई सबैमाथिको आक्रमण मानिनेछ । सरसरी हेर्दा, यी प्रावधानहरूले शान्तिमा आधारित सुरक्षा गठबन्धनको संकेत गर्छन् र नेटो आफैँलाई सामूहिक सुरक्षा प्रतिवद्ध र रक्षात्मक सङ्गठनको रूपमा प्रस्तुत गर्छ ।
तर पर्याप्त प्रमाणहरूले अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर बनाउने कूटनीतिक आश्वासनहरूको उल्लङ्घन, संयुक्त राष्ट्र-सङ्घको अनुमति बिना हस्तक्षेप, नाभिकीय सैनिकीकरणको विस्तार, भू-राजनीतिक तनावको वृद्धि र द्वन्द्व क्षेत्रहरूको दीर्घकालीन अस्थिरता जस्ता निरन्तर क्रियाकलापहरूको स्पष्ट ढाँचा देखाउँछन् । यहाँ मेरो उद्देश्य भनेको नेटोको स्थापनादेखि सम्पूर्ण हस्तक्षेपसम्मको इतिहासलाई विश्लेषण गर्नु होइन । बरु नेटोको शीतयुद्धपछिको विकासको एउटा झलक प्रस्तुत गर्नु हो जसले यसलाई क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि संरचनात्मक र सञ्चालनगत खतरा बनाएको छ ।
नेटोका आफ्नै रणनीतिक दस्तावेजहरूले “रक्षा” भन्दा परका महत्वाकांक्षाहरूलाई चित्रित गर्छन् । गोप्य वार्ताहरूले रूससँग गरिएको आश्वासनहरू भङ्ग भएको देखाउँछन् र संयुक्त राष्ट्र-सङ्घ सुरक्षा परिषदका अभिलेखहरूले अवैध हस्तक्षेपहरूलाई दर्ता गरेका छन् ।
जुलाई १९९१ मा वारसॉ प्याक्टको विघटन र डिसेम्बर १९९१ मा सोभियत सङ्घको विघटनपछि नेटोले आफ्नो मूल भौगोलिक क्षेत्र र म्यान्डेट भन्दा पर विस्तार गर्दा यसले बढ्दो रूपमा संयुक्त राष्ट्र-सङ्घको अधिकार क्षेत्र बाहिर काम गर्नुका साथै कूटनीतिक प्रतिबद्धताहरूको उल्लङ्घन गर्यो र शासन परिवर्तनलाई सक्षम पार्यो । साथै गैर-नाभिकीय देशहरूमा नाभिकीय हतियार तैनाथ गर्यो र सम्पूर्ण क्षेत्रहरूलाई सैन्यीकृत गर्यो । नेटोका आफ्नै रणनीतिक दस्तावेजहरूले “रक्षा” भन्दा परका महत्वाकांक्षाहरूलाई चित्रित गर्छन् । गोप्य वार्ताहरूले रूससँग गरिएको आश्वासनहरू भङ्ग भएको देखाउँछन् र संयुक्त राष्ट्र-सङ्घ सुरक्षा परिषदका अभिलेखहरूले अवैध हस्तक्षेपहरूलाई दर्ता गरेका छन् । नेटोका मिशन रिपोर्टहरूले पनि केही उदाहरणहरूमा सञ्चालनको सीमा उल्लङ्घन भएको देखाउँछन् । नेटोका आफ्नै दस्तावेजहरू, संयुक्त राष्ट्र-सङ्घका अभिलेखहरू र कूटनीतिक अभिलेखहरूका आधारमा नेटो क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि खतरा बनिसकेको छ भन्ने निष्कर्ष हो ।
१. नेटोको शीतयुद्धपछिको विस्तार : विश्व शान्ति र स्थिरताका लागि मुख्य खतरा
फेब्रुअरी ९, १९९० मा सोभियत नेता मिखाइल गोर्बाचेभसँगको बैठकमा अमेरिकी विदेश मन्त्री जेम्स बेकरले “नेटोका सेनाहरूको अधिकार क्षेत्र पूर्वतिर एक इन्च पनि विस्तार गरिने छैन" भनेर आश्वासन दिएका थिए । (अमेरिकी स्टेट डिपार्टमेन्ट, वार्तालापको सम्झौता, फेब्रुअरी ९, १९९०)
त्यसैगरी अमेरिकी राष्ट्रिय सुरक्षा अभिलेखबाट गोप्य प्रमाणहरू सार्वजनिक गर्दा ब्रिटिश र जर्मन कूटनीतिक अभिलेखहरूले सोही आश्वासनको पुष्टि गर्छन् । बेलायतका प्रधानमन्त्री जोन मेजरले सोभियत रक्षा मन्त्री दिमित्रि याजोभलाई बताए कि नेटो पूर्वतर्फ विस्तार हुनेछैन । (यू.के. राष्ट्रिय अभिलेख, १९९१ बैठकको माइनुट)
सन् १९९० का माथिका प्राथमिक कूटनीतिक अभिलेखहरूबाट रूससित पूर्वतर्फ सीमा विस्तार गरिने छैन भन्ने वाचा कहिल्यै गरिएको थिएन भन्ने नेटोको तर्कले मेल खाँदैन ।
माथिका आश्वासनहरूको बावजुद नेटोले आफ्नो विस्तार जारी राख्दै सन् १९९९ देखि २०२० बीचमा मध्य तथा पूर्वी युरोपका १४ राष्ट्रहरूलाई सदस्यता प्रदान गर्यो । नेटोका आधिकारिक प्रवेश अभिलेखहरू – जस्तै नेटो विस्तार अध्ययन (१९९५) र सदस्यता कार्य योजना फाइलहरू – ले देखाउँछन् कि OSCE बैठकहरूमा रूसले बारम्बार आपत्ति जनाए पनि नेटोले आफ्नो विस्तार जारी राख्यो ।
नेटोको युरोपको पूर्वी सीमातर्फको विस्तारले रूस र नेटो सदस्य राष्ट्रहरूबीच सम्बन्ध बिग्रने र तनाव बढ्ने प्रमुख कारण बनेको छ ।
नेटोको विस्तारले युरोपको पूर्वी सीमामा स्थायी सुरक्षा द्विविधा सिर्जना गर्यो । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो २००७ को म्युनिख सुरक्षा सम्मेलनको भाषणमा नेटोलाई आफ्नो “वाचाहरू” तोडेको र “एकपक्षीय, अनियन्त्रित शक्तिको प्रयोग” गरेको आरोप लगाए । त्यसैगरी सन् २०२१–२०२२ मा रूसका कूटनीतिक नोटहरूले नेटोसँग कानूनीरूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टी वार्ता नगरेको कुरालाई पुनः जोड दिए । यसरी नेटोको युरोपको पूर्वी सीमातर्फको विस्तारले रूस र नेटो सदस्य राष्ट्रहरूबीच सम्बन्ध बिग्रने र तनाव बढ्ने प्रमुख कारण बनेको छ ।
२. संयुक्त राष्ट्र-सङ्घको अनुमतिबिना नेटोका सैन्य हस्तक्षेपहरू
सन् १९९९ मा युगोस्लाभियामा नेटोको सैन्य कारबाही एकपक्षीय हस्तक्षेपको स्पष्ट उदाहरण थियो । संयुक्त राष्ट्र-सङ्घ सुरक्षा परिषदले युगोस्लाभियामा शक्ति प्रयोग गर्न अनुमति दिएको थिएन; यद्यपि, नेटोले एकपक्षीय रूपले कार्य गर्यो । रूस, चीन र अन्य देशहरूले नेटोको एकपक्षीय सैन्य कारबाहीको विरोध गरे ।
युगोस्लाभियामा बमबारीको पूर्ण जिम्मेवारी लिँदै नेटोले प्रेस विज्ञप्ति NAC (99) 51 मार्फत स्पष्ट रूपमा युगोस्लाभियामा बमबारी गर्ने निर्णय उत्तर अटलान्टिक काउन्सिलले लिएको हो, संयुक्त राष्ट्र-सङ्घले होइन भन्यो । वास्तवमा यस क्रियाकलापले प्रत्यक्ष रूपमा संयुक्त राष्ट्र-सङ्घको वडापत्रको उल्लङ्घन गरेको छ : धारा २(४), जसले शक्ति प्रयोग गर्न निषेध गर्दछ, र धारा ५३, जसअनुसार क्षेत्रीय सङ्गठनहरूले संयुक्त राष्ट्र-सङ्घ सुरक्षा परिषदको अनुमति बिना शक्ति प्रयोग गर्न सक्दैनन् ।
त्यसैगरी, न्यूयोर्कमा भएका आक्रमणहरूपछि नेटोले पहिलोपटक धारा ५ प्रयोग गर्यो जबकि संयुक्त राष्ट्र-सङ्घको सुरक्षा परिषद्को संकल्प प्रस्ताव १३६८ ले आतङ्कवादको निन्दा गर्यो र यसले २००१ देखि २००४ सम्म अफगानिस्तानमा राज्य निर्माणको कार्य सञ्चालन गर्न नेटोलाई अनुमति दिएको थिएन । यद्यपि, नेटोको ISAF मिशन रिपोर्ट अनुसार गठबन्धनले व्यापक आक्रमणहरू, रात्रीकालीन छापा, ड्रोन हमला र त्यसका कारण नागरिक क्षतिका साथै अन्य युद्धजन्य क्रियाकलापहरू सञ्चालन गरेको थियो ।
संयुक्त राष्ट्र-सङ्घ सुरक्षा परिषद्ले शासन परिवर्तनको अनुमति दिएको थिएन । यद्यपि, नेटोले आफ्नो म्यान्डेट नाघ्दै सन् २०११ मा लिबियामा शासन परिवर्तनलाई मुख्य उद्देश्य बनायो ।
त्यसैगरी संयुक्त राष्ट्र-सङ्घको सुरक्षा परिषद्को संकल्प प्रस्ताव १९७३ ले नो-फ्लाइ जोन र नागरिक सुरक्षा सुनिश्चित गर्नका लागि कदमहरू स्वीकृत गर्यो । यद्यपि, यस सङ्कल्प प्रस्तावले स्पष्टरूपमा सेना परिचालन गर्न निषेध गरेको थियो । यस प्रतिबन्धको विपरीत, नेटोले लिबियाली सरकारको, महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्दै सेनामा प्रणालीगत बमबारी गर्यो र सन् २०११ मा लिबियामा शासन परिवर्तन सम्भव बनाउने सैन्य अभियान सञ्चालन गर्यो ।
संयुक्त राष्ट्र-सङ्घ सुरक्षा परिषद्ले शासन परिवर्तनको अनुमति दिएको थिएन । यद्यपि, नेटोले आफ्नो म्यान्डेट नाघ्दै सन् २०११ मा लिबियामा शासन परिवर्तनलाई मुख्य उद्देश्य बनायो । नेटोको हस्तक्षेपपछि सुरक्षा परिषद्मा तीव्र बहस उत्पन्न भयो जसमा ब्राजिल, भारत र दक्षिण अफ्रिकाले औपचारिकरूपमा आपत्ति दर्ता गरे ।
नेटोका व्यापक सैन्य हस्तक्षेप र शासन परिवर्तनका कारण लिबिया गृहयुद्ध, हतियारको विस्तार र क्षेत्रीय अस्थिरतामा फसेको छ ।
३. नेटोको नाभिकीय हतियारसम्बन्धी नीति र दृष्टिकोण
नेटोको नाभिकीय हतियारसम्बन्धी दृष्टिकोणले क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि प्रत्यक्ष खतरा उत्पन्न गर्दछ । नेटोको सन् २०१० को आफ्नै रणनीतिक अवधारणाअनुसार, “नाभिकीय हतियार अवस्थित रहँदा नेटो नाभिकीय गठबन्धनको रूपमा रहनेछ ।”
यस सामान्य नाभिकीय गठबन्धन अवधारणालाई विस्तार गर्दै नेटोको सन् २०२२ को रणनीतिक अवधारणाले स्पष्टरूपमा नाभिकीय हतियारहरू सन्धी सुरक्षा सुनिश्चित गर्ने “सर्वोच्च ग्यारेन्टी” हुन् ।
निश्चित रूपमा नेटोको नाभिकीय साझेदारी नीति गैर-विस्तार सन्धि (NPT) का मान्यता र सिद्धान्तहरूको उल्लङ्घन गर्छ । नेटोको आधिकारिक स्थितिलाई पुष्टि गर्दै गठबन्धनले “नाभिकीय साझेदारी व्यवस्था” अन्तर्गत अमेरिकी नाभिकीय हतियारहरू बेल्जियम, जर्मनी, नेदरल्याण्ड्स, इटाली, र टर्कीमा तैनाथ गरेका छन् ।
युरोपेली पाइलटहरूलाई अमेरिकी नाभिकीय हतियारहरू प्रवाह गर्ने प्रशिक्षण दिइन्छ । यी प्रतिबद्धताहरू र क्रियाकलापहरूले प्रत्यक्ष रूपमा NPT को विपरीत छन् । सन्धिको धारा १ अनुसार नाभिकीय हतियार भएका राष्ट्रहरूले नाभिकीय हतियार हस्तान्तरण गर्न सक्दैनन् भने धारा २ अनुसार गैर-नाभिकीय राष्ट्रहरूले ती हतियार प्राप्त गर्न पाउँदैनन् ।
नेटोले केही पूर्वी युरोपेली राष्ट्रहरूमा मिसाइल रक्षा प्रणालीहरू तैनाथ गरेर क्षेत्रीय नाभिकीय रणनीतिक सन्तुलनलाई अस्थिर बनाएको छ ।
ती हतियारहरूलाई केवल युद्धको समयमा मात्र नियन्त्रण गर्ने र यसले NPT को उल्लङ्घन नगर्ने दाबी नेटोले गर्दछ । गठबन्धनले आफ्नो क्रियाकलापलाई विशेष अधिकारको दाबी गरेर वैध ठहराउने प्रयास गरेको छ । नेटोका दाबीहरू जे भए पनि यी अभ्यासहरू स्पष्ट रूपमा NPT को स्पष्ट उल्लङ्घन हुन् ।
नेटोले केही पूर्वी युरोपेली राष्ट्रहरूमा मिसाइल रक्षा प्रणालीहरू तैनाथ गरेर क्षेत्रीय नाभिकीय रणनीतिक सन्तुलनलाई अस्थिर बनाएको छ । नेटोको “ब्यालिस्टिक मिसाइल डिफेन्स” परियोजनाले रोमानिया र पोल्याण्डमा तैनाथ गराएको छ । रूस र संयुक्त राष्ट्र-सङ्घ सुरक्षा परिषद्द्वारा बारम्बार आपत्तिका बाबजुद नेटोले आफ्नो मिसाइल रक्षा पहलहरू अघि बढाउँदै गयो ।
४. नेटोको शीतयुद्धपछिको विकास र यसको विश्वव्यापी विस्तार
नेटोको शीतयुद्धपछिको विकास र विश्वव्यापी विस्तारले क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि खतरा उत्पन्न गरेको छ । सन् १९९९ र २०१० का रणनीतिक अवधारणाहरूले नेटोले “युरो–एटलान्टिक क्षेत्रभन्दा बाहिरका” खतराहरूमा प्रतिक्रिया दिनुपर्छ भन्छन्, जुन क्षेत्रबाहिरको सिद्धान्तगत परिवर्तनलाई झल्काउँछ । यद्यपि, यस्तो परिवर्तनहरू सन् १९४९ को मूल वाशिङ्टन सन्धिसँग असङ्गत छन् र यसले उत्तर अटलान्टिक क्षेत्र बाहिरको सञ्चालनलाई अनुमति दिँदैन ।
सन् २०२२ को म्याड्रिड शिखर सम्मेलन कम्युनिकेमा, नेटोले चीनलाई “प्रणालीगत चुनौती” को रूपमा चिनेको छ र यस चुनौतीको सामना अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र न्यूजिल्याण्डसँगको सहकार्यमार्फतबाट गर्न प्रस्ताव गरेको छ ।
नेटोको विस्तारको अर्को झल्को यसको हिन्द प्रशान्त क्षेत्रमा बढ्दो उपस्थिति हो । सन् २०२२ को म्याड्रिड शिखर सम्मेलन कम्युनिकेमा, नेटोले चीनलाई “प्रणालीगत चुनौती” को रूपमा चिनेको छ र यस चुनौतीको सामना अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र न्यूजिल्याण्डसँगको सहकार्यमार्फतबाट गर्न प्रस्ताव गरेको छ ।
यो सन् १९४९ को वाशिङ्टन सन्धिको धारा ६ अन्तर्गत नेटोको मूल म्यान्डेटभन्दा बाहिरको महत्वपूर्ण विस्तारलाई प्रतिनिधित्व गर्छ । धारा ६ अनुसार नेटोको सञ्चालन क्षेत्र उत्तर अमेरिका, युरोप र उत्तर अटलान्टिकमा सीमित थियो । नेटोको त्यसपछिको भौगोलिक विस्तारले क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताको लागि बढ्दो खतरा उत्पन्न गर्न योगदान दिएको छ ।
५. नेटोका शीतयुद्धपछिका क्रियाकलापहरू र तिनको प्रोक्सी द्वन्द्व तथा दीर्घकालीन अस्थिरतामा भूमिका
शीतयुद्धपछिको समयमा नेटोको प्रोक्सी द्वन्द्वहरूमा संलग्नता प्रमुखरूपमा देखिएको छ जसले विभिन्न देशहरूमा दीर्घकालीन अस्थिरतामा योगदान पुर्याएको छ जसको अहिलेको उदाहरण हो युक्रेन । सन् १९९० मा गरिएको प्रतिबद्धताको विपरीत नेटोले युक्रेनलाई गठबन्धनमा समावेश गर्ने योजना बनायो । रूसको दृष्टिकोणबाट युक्रेनको नेटोसँगको सम्बन्धले यसको सुरक्षा जोखिममा पार्छ ।
करिब दुई दशकअघि नेटोले युक्रेनमा रूस विरोधी भावना सिर्जना गर्ने भूमिकामा काम गरेको थियो । समयक्रममा यस प्रभावले भ्लोदोमिर जेलेन्स्कीको नेतृत्वमा नेटो पक्षीय सरकारको स्थापना गर्न योगदान पुर्यायो । सन् २०२२ देखि जेलेन्स्की र उनको प्रशासनमार्फत नेटोले रूससँगको पूर्णस्तरीय द्वन्द्वलाई प्रभावकारी रूपमा समर्थन गरेको छ ।
नेटोको अन्तिम लक्ष्य युक्रेनलाई गठबन्धनमा समाहित गर्नु थियो र यसले प्रभावकारी रूपमा यस लक्ष्यलाई अघि बढायो । यस सन्दर्भमा युक्रेनले असुरक्षित परिस्थितिको सामना गरिरहेको छ : एउटा खतिबाट बच्ने प्रयास गर्दा अर्को खतरनाक अवस्थामा पर्न सक्ने जोखिम छ जसले द्वन्द्वको उच्च-जोखिम प्रकृतिलाई झल्काउँछ ।
सन् २०२२ को तनाव बढ्नु अघि नेटोले वार्षिक युक्रेन–नेटो कार्यक्रममार्फत सैन्य प्रशिक्षण कार्यक्रमहरू, अन्तरक्रियाशील अभ्यासहरू र युक्रेनी सेनालाई नेटो मानकमा समाहित गर्ने प्रयासहरू सञ्चालन गर्यो ।नेटोले यी पहलहरूलाई सहकारी कार्यक्रमको रूपमा प्रस्तुत गर्यो । यद्यपि, रूसले स्पष्टरूपमा भनेको छ कि युक्रेन–नेटो वार्षिक राष्ट्रिय कार्यक्रमहरू केवल सहकार्य मात्र थिएनन्; तिनले युक्रेनको व्यावहारिक सैन्यीकरणको प्रतिनिधित्व गर्थे ।
अन्तर्राष्ट्रिय समुदायले छिट्टै यस प्रक्रियाका परिणामहरू देख्यो । सन् २०२२ पछि नेटोले हतियार हस्तान्तरण गर्न, गोप्य जानकारी साझा गर्न तथा दीर्घकालीन सैन्य समर्थनमा प्रतिबद्ध हुन सुरु गर्यो । नेटोको अन्तिम लक्ष्य युक्रेनलाई गठबन्धनमा समाहित गर्नु थियो र यसले प्रभावकारी रूपमा यस लक्ष्यलाई अघि बढायो । यस सन्दर्भमा युक्रेनले असुरक्षित परिस्थितिको सामना गरिरहेको छ : एउटा खतिबाट बच्ने प्रयास गर्दा अर्को खतरनाक अवस्थामा पर्न सक्ने जोखिम छ जसले द्वन्द्वको उच्च-जोखिम प्रकृतिलाई झल्काउँछ ।
नेटोको प्रोक्सी द्वन्द्व र दीर्घकालीन अस्थिरतामा भूमिका देखाउने अर्को उदाहरण अफगानिस्तान हो । दुई दशकभन्दा बढी समयसम्म नेटोले अफगानिस्तानमा गोप्य र खुला, दुवै प्रकारको संलग्नतामार्फत प्रोक्सी द्वन्द्व सिर्जना गर्यो । नेटोको ISAF अन्तिम रिपोर्ट (२०१४) का अनुसार, दुई दशकको सैन्य अभियानपछि पनि, गठबन्धनले व्यापक नागरिक हानी तथा अत्यधिक राजनीतिक अस्थिरता उत्पन्न गर्यो । तसर्थ तालिवानको पुनरुत्थानको सामना गर्नुपर्यो । अन्ततः नेटोका प्रयासहरू असफल भए र सन् २०२१ मा यसको फिर्तीमा परिणत भयो ।
हाल नेटो अफगानिस्तानमा पुनः संलग्नताको योजना बनाउँदै गरेको देखिन्छ । अफगानी नेतृत्वको प्रत्यक्ष र कडा अस्वीकृतिपछि नेटोले पाकिस्तान सेनाको प्रयोग गरी प्रोक्सी द्वन्द्व सिर्जना गर्न र देशलाई अस्थिर बनाउने प्रयास गरिरहेको बताइएको छ ।
६. नेटोका एकपक्षीय क्रियाकलापहरू र तिनको संयुक्त राष्ट्र-सङ्घ प्रणाली तथा दक्षिणी विश्व (Global South) माथि प्रभाव
प्राथमिक संयुक्त राष्ट्र-सङ्घको वडापत्रअनुसार नेटोले बारम्बार आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर कार्य गरेको छ । उदाहरणका लागि : यसले कोशोभोमा संयुक्त राष्ट्र-सङ्घ सुरक्षा परिषद्को अनुमति बिना एकपक्षीय हस्तक्षेप गर्यो, लिबियामा आफ्नो म्यान्डेट नाघ्यो र साझा विश्वव्यापी सम्झौता बिना शक्ति प्रयोग गर्यो ।
नेटोका क्रियाकलापहरूले अफगानिस्तान, लिबिया र युक्रेन मात्र होइन अफ्रिका, ल्याटिन अमेरिका र एसियाका विभिन्न मुलुकमा समेत संयुक्त राष्ट्र-सङ्घीय प्रणालीलाई कमजोर पारेका छन् । संयुक्त राष्ट्र-सङ्घ महासभाको विरोधका बाबजुद गठबन्धनले यी आपत्तिलाई प्रायः बेवास्ता गरेको छ ।
संयुक्त राष्ट्र-सङ्घका अभिलेखअनुसार नेटोले बहुपक्षीय संस्थाहरूलाई मात्र कमजोर पारेको छैन बरु यसले दक्षिणी विश्वलाई पनि कमजोर पारेको छ । संयुक्त राष्ट्र-सङ्घ महासभाका अभिलेखहरूले यो देखाउँछन् कि भारत, ब्राजिल, दक्षिण अफ्रिका, पाकिस्तान, इन्डोनेसिया र इजिप्ट प्रत्येकले नेटोको नेतृत्वमा भएको हस्तक्षेपलाई राज्य सार्वभौमिकताको उल्लङ्घन र आफ्नो क्षेत्र अस्थिर गरेको आरोप लगाएका थिए ।
७. आर्थिक सैन्यीकरण
नेटोको शीतयुद्धपछिको विस्तारको एक प्रमुख विशेषता यसको आर्थिक सैन्यीकरणमा जोड दिनु हो । सन् २०१४ को वेल्स शिखर सम्मेलन घोषणा अनुसार: “सन्धीहरू एक दशक भित्र २% दिशानिर्देशतर्फ अग्रसर हुने लक्ष्य राख्न सहमत छन् ।” सन् २०१६, २०१८ र २०२१ का नेटो शिखर सम्मेलनका अभिलेखहरूले यस प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् ।
अमेरिकाका दोस्रो कार्यकालका राष्ट्रपति डोनाल्ड ट्रम्प, नेटोका प्रमुख व्यक्तित्वमध्ये एक, ले अन्य सदस्य राष्ट्रहरूलाई आफ्नो रक्षा बजेटलाई GDP को ५ प्रतिशतसम्म कर बढाउन कडा दबाब दिएका थिए । यस दबाबमा झुक्दै केही नेटो सदस्यहरूले आर्थिक सैन्यीकरणको मार्ग अपनाए र राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेको ५ प्रतिशत दिशानिर्देशतर्फ अघि बढ्नेमा समेत सहमति जनाए ।
शीतयुद्धपछिको अवधिमा नेटोको अर्को प्रमुख विशेषता रक्षा उद्योगहरूको सैन्यीकरण हो । यस प्रवृत्तिमा जोड दिँदै नेटो उद्योग फोरमले रक्षा उत्पादन विस्तार गर्न संयुक्त सैन्य औद्योगिक परियोजनाहरूलाई प्रोत्साहन दिन र दीर्घकालीन खरीद कार्यक्रमहरूमा प्रतिबद्धता जनाउन आह्वान गरेको छ ।
अमेरिकाका दोस्रो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा उद्योगको सैन्यीकरणलाई अझ तीव्र बनाएर नयाँ उचाइमा पुर्याए । यी क्रियाकलापहरूले कूटनीतिभन्दा सैन्यीकरणलाई प्राथमिकता दिँदै नेटोको रक्षा ठेकेदारहरूसँगको सम्बन्ध देखाउँछन् । व्यवहारमा यस्ता उपायहरूले सदस्य राष्ट्रहरूको शक्ति युद्धको तयारी वा चलिरहेको द्वन्द्वका क्रममा प्रयोग गर्न सक्षम बनाउँछन् ।
सामूहिक रूपमा नेटोका यी क्रियाकलापहरूले क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि प्रणालीगत चुनौतीहरू उत्पन्न गर्छन् ।
निष्कर्ष
स्थापनाकालदेखि नेटोले आफूलाई सामूहिक सुरक्षा प्रतिवद्ध एक रक्षा गठबन्धनको रूपमा प्रस्तुत गरेको छ । यद्यपि शीतयुद्धपछिको यसको विकासले क्षेत्रीय र विश्व शान्तिलाई कमजोर पार्ने क्रियाकलापहरूको एक ढाँचा देखाउँछ । यस गठबन्धनले बारम्बार आफ्नो मूल म्यान्डेटभन्दा बाहिर विस्तार गर्नुका साथै कूटनीतिक सुनिश्चितताहरू तोडेको, संयुक्त राष्ट्र-सङ्घको अनुमति बिना सैन्य हस्तक्षेपमा संलग्न भएको, आर्थिक सैन्यीकरण गरेको र युगोस्लाभिया, लिबिया, अफगानिस्तान र युक्रेनजस्ता राष्ट्रहरूमा शासन परिवर्तनलाई सहज बनाएको छ । यी हस्तक्षेपहरूले दीर्घकालीन अस्थिरता, प्रोक्सी द्वन्द्वहरू र राज्य सार्वभौमिकताको क्षयमा योगदान पुर्याएका छन् ।
नेटोको नाभिकीय दृष्टिकोण र मिसाइल तैनाथीले विश्व असुरक्षालाई अझ बढाउँछ । गठबन्धनको नाभिकीय साझेदारी व्यवस्था, युरोपेली पाइलटहरूलाई अमेरिकी नाभिकीय हतियार प्रयोग गर्न प्रशिक्षण दिनु र पूर्वी युरोपमा मिसाइल रक्षा प्रणाली तैनाथ गर्नुले प्रत्यक्ष रूपमा गैर–विस्तार सन्धि (NPT) का मान्यता र क्षेत्रीय रणनीतिक सन्तुलनलाई चुनौती दिन्छ र अस्थिर बनाउँछ ।
निश्चित रूपमा नेटोको विश्वव्यापी विस्तार, जसमा हिन्द–प्रशान्त क्षेत्रमा बढ्दो केन्द्रिकरण समेत समावेश छ, ले सन् १९४९ को वाशिङ्टन सन्धिसँग असङ्गत क्षेत्र– बाहिरको सिद्धान्तगत परिवर्तनको प्रतिनिधित्व गर्छ । यी विस्तारहरू, नेटोको आर्थिक सैन्यीकरण र रक्षा उद्योगको सैन्यीकरणमा संलग्नतासँग मिलेर, कूटनीतिभन्दा सैन्य शक्ति प्राथमिकता दिने प्रवृत्ति देखाउँछन्, जसले अन्तर्राष्ट्रिय सम्बन्धमा हतियार केन्द्रित दृष्टिकोणलाई प्रवर्द्धन गर्छ ।
नेटोले संयुक्त राष्ट्र-सङ्घको अधिकारको बेवास्ता गर्नु र दक्षिणी विश्वलाई बारम्बार कमजोर पार्नुले बहुपक्षीय संस्थाहरूलाई कमजोर पार्छ जसको उद्देश्य अन्तर्राष्ट्रिय शान्ति संरक्षण गर्नु हो । सामूहिक रूपमा यी ढाँचाहरूले देखाउँछन् कि नेटोको शीतयुद्धपछिको मार्ग केवल सुरक्षामा सीमित छैन तर यसले क्षेत्रीय र विश्वव्यापी स्थिरताका लागि संरचनात्मक र सञ्चालनगत खतरा उत्पन्न गर्छ ।
२० नोभेम्बर २०२५
|
सम्बन्धित सामग्री |
लाल सूर्यास्त
स्कुलमा ज्ञान, सीप र कामको सन्तुलित मिश्रण
जेन–जि विद्रोहको सन्देश र हाम्रो माओवादी केन्द्रको कार्यभार !
विरोधाभासहरूको सामना, राजनीतिक परिपक्वता र विश्वबोध
गुलिभर ट्राभल्सका लिलिपुटीयन र नेपाली कम्युनिस्टहरु
नयाँ र पुराना विश्व महाशक्ति राष्ट्रहरूबीचको अन्तर्विरोधको सम्बन्धमा हाम्रो नीति
प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीको ‘गर्दभ राग’
प्रतिक्रिया