लाल सूर्यास्त
सीपीआई (माओवादी) को पतनको विश्लेषण
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) भित्रका शीर्ष नेताहरूको हालैको आत्मसमर्पणले भारतीय राज्यविरुद्ध दशकौँदेखि चलिरहेको सशस्त्र संघर्षमा अहिलेसम्मको सबैभन्दा निर्णायक असफलताको सङ्केत गर्छ। यो पतनले माओको चीनमा सफल भएको महान् क्रान्तिकारी यात्रालाई भारतको जटिल र विखण्डित सामाजिक–राजनीतिक धरातलमा दोहोर्याउने उनीहरूको रणनीतिक प्रयासको अन्त्य भएको संकेत गर्दछ।
विदेशी नक्सालाई जस्ताको तस्तै नक्कल गर्ने जडसुत्रवादी आग्रह, भारतको बदलिँदो राजनीतिक–अर्थतन्त्रलाई बुझ्न नसक्ने भ्रम, र हिंसालाप्रतिको लगाव–अनुरागले उनीहरूलाई त्यही जनसमूहबाट टाढा गराइदियो जसलाई मुक्त गर्ने दावी उनीहरूले गर्थे।
भारतीय राज्यको दृष्टिमा यो सफल प्रति-विद्रोह अभियान (counter-insurgency) को उपलब्धि हो। तर गहिरो विश्लेषणले देखाउँछ कि माओवादी पार्टीको अवनति स्व–निर्मित हो, विदेशी नक्सालाई जस्ताको तस्तै नक्कल गर्ने जडसुत्रवादी आग्रह, भारतको बदलिँदो राजनीतिक–अर्थतन्त्रलाई बुझ्न नसक्ने भ्रम, र हिंसालाप्रतिको लगाव–अनुरागले उनीहरूलाई त्यही जनसमूहबाट टाढा गराइदियो जसलाई मुक्त गर्ने दावी उनीहरूले गर्थे।
यद्यपि माओवादीहरूको पतन भारतमा माओवादको मूल सिद्धान्तहरू वा प्रासंगिकता अन्तिम फैसला होइन। एकातिर, यसले भाकपा (माओवादी) नेतृत्वद्वारा ती सिद्धान्तहरूको अत्यधिक कठोर र असफल कार्यान्वयनको गम्भीर आलोचना गर्दछ। तर अर्कातिर, यो पूर्ण रूपमा अघिल्लो असफलताबाट सही पाठ सिक्दै नयाँ तरिकाले सोच्न, अनुकूलन गर्न र भारतमा फेरि एकपटक आमूल परिवर्तन ल्याउन अघि बढ्नका लागि नयाँ राजनीतिक शक्तिहरूका लागि अर्को अवसर पनि हो ।
परित्यक्त ब्लुप्रिन्ट: नयाँ जनवादी क्रान्तिको असफलता
भाकपा (माओवादी) को मूल त्रासदी यसको सैद्धान्तिक खाका (ब्लुप्रिन्ट) र वास्तविक राजनीतिक धरातलीय यथार्थताबीचको गहिरो खाडलमा निहित थियो। पार्टीले आफ्ना प्रकाशित दस्तावेजहरूमा आफू मार्क्सवाद–लेनिनवाद–माओवादको कडा अनुयायी भएको दाबी गर्छ र “नयाँ जनवादी क्रान्ति” कार्यान्वयन गर्न चाहन्छ। सैद्धान्तिक रूपमा, यो क्रान्ति “संयुक्त मोर्चा” मार्फत सञ्चालित हुन्छ, जहाँ साम्राज्यवाद र सामन्तवादविरुद्ध सर्वहारा वर्ग नेतृत्वमा रहन्छ, किसान वर्ग मुख्य शक्ति हुन्छ, र साना तथा राष्ट्रिय बुर्जुवाहरू सहयोगी शक्तिका रूपमा हुन्छन् ।
भारतका विशाल किसान समुदाय वा औद्योगिक मजदुर वर्गबीच व्यापक आधार तयार गर्नुको सट्टा, पार्टी दण्डकारण्य र मध्य भारतका आदिवासी क्षेत्रमा जंगली इलाकामा सीमित रह्यो।
तर व्यवहारमा पार्टीले यो रणनीति लागू गर्न पूर्ण रूपमा असफल रह्यो। भारतका विशाल किसान समुदाय वा औद्योगिक मजदुर वर्गबीच व्यापक आधार तयार गर्नुको सट्टा, पार्टी दण्डकारण्य र मध्य भारतका आदिवासी क्षेत्रमा जंगली इलाकामा सीमित रह्यो। पार्टीकै संगठनात्मक समीक्षाले शहरी क्षेत्र र औद्योगिक मजदुर वर्गबीच सशक्त आन्दोलन निर्माण गर्न असफल भएको स्वीकार गर्छ । र यसलाई भविष्यका कुनै पनि विद्रोहका लागि गम्भीर कमजोरीका रूपमा उल्लेख गर्छ।
आदिवासी क्षेत्रमै सीमित रहेर, उनीहरूले भारतीय जनसङ्ख्याको विशाल बहुमतमा रहेको अत्यन्तै महत्वपूर्ण वर्गहरू–सामान्य किसान, शहरी गरिब र असंगठित श्रमशक्तिलाई बेवास्ता गरे। “संयुक्त मोर्चा” कागजमै सीमित रह्यो। पार्टी सर्वहारा वर्गको अग्रमोर्चाबाट अलग-थलग छापामार समूहमा रूपान्तरित भयो, जुन सामाजिक शून्यमा सञ्चालन भइरहेजस्तै थियो, र यस प्रक्रियामा नयाँ जनवादी क्रान्तिको मूल कार्यक्रम त्यागेर भौगोलिक रूपमा कठिन क्षेत्रमा मात्र बाँच्न केन्द्रित हुन थाल्यो।
दमनको फन्दा र हिंसाप्रतिको मोह
निश्चित रूपमा, भारतीय राज्यको “चौतर्फी आक्रमण” ले माओवादी आन्दोलनलाई खुला, लोकतान्त्रिक संघर्षबाट हटाएर सशस्त्र दस्ता–केन्द्रित कार्यनीतितर्फ धकेलेको थियो। उदाहरणका लागि, कोंडापल्ली सीतारमैया नेतृत्वको पिपुल्स वार ग्रुप (PWG), जसले सन् २००४ मा माओवादी कम्युनिस्ट सेन्टरसँग एकीकृत भएर सीपीआई (माओवादी)गठन गर्यो, ले अपनाएको रणनीतिमा ठूलो मोड २० अप्रिल १९८१ को इन्द्रवेली नरसंहारपछि आयो। यस घटनामा गिरिजना रायथु कुली संघम (पिपल्स वार ग्रुप सम्बद्ध संगठन) द्वारा आयोजित गोंड आदिवासीहरूको शान्तिपूर्ण भेलामा प्रहरीले गोली प्रहार गरी १०० देखि २५० जना निरपराध नागरिकको ज्यान लिएको थियो।
दमनलाई मात्र दोष दिनु पार्टीको रणनीतिक द्वन्द्वात्मक कमजोरीलाई वेवास्ता गर्नु हो। राज्यको दमनमा माओवादीहरूको “अति–क्रान्तिकारी” रुख र सशस्त्र संघर्षप्रतिको रणनीतिक मोहले थप भड्कायो ।
त्यसपछिनै राज्यले व्यापक सैन्य अभियानहरू चलायो - आन्ध्र प्रदेशमा ग्रेहाउण्ड्स, छत्तीसगढमा अपरेशन ग्रीन हन्ट साथै सल्वा जुडुमजस्ता राज्य–प्रायोजित प्रतिउत्पात मिलिसियाहरू, जसले गाउँहरूलाई उजाड बनाउँदै क्रान्तिकारीहरूलाई अलग्याउने क्रूर अभियान चलाए। यस्तो लामो दमनको इतिहासले पार्टीलाई आफ्नो नेतृत्व र कार्यकर्तालाई बचाउन टाढा दुर्गम जंगलतर्फ सर्न बाध्य बनायो।
तर दमनलाई मात्र दोष दिनु पार्टीको रणनीतिक द्वन्द्वात्मक कमजोरीलाई वेवास्ता गर्नु हो। राज्यको दमनमा माओवादीहरूको “अति–क्रान्तिकारी” रुख र सशस्त्र संघर्षप्रतिको रणनीतिक मोहले थप भड्कायो । कुनै पनि कारणले, माओवादीहरूले क्रान्तिको जटिल विज्ञान (जसमा जनसङ्गठन, कानुनी संघर्ष र लोकतान्त्रिक चाल–ढाल आवश्यक पर्छ) लाई एउटा मात्र कठोर औजार, बन्दूकमा सीमित गरिदिए।
भारतीय माओवादीहरूले राजनीतिक संगठनभन्दा सैनिक तर्कलाई प्राथमिकता दिए। उनीहरुले खुला जनसङ्गठनहरू, ट्रेड युनियन आन्दोलन वा अहिंसात्मक लडाइँका उग्र रूपलाई “सुधारवादी” वा “गान्धीवादी” भन्दै बेवास्ता गरे।
माओत्से तुङ्गले “शक्ति बन्दुकको नालबाट निस्कन्छ” भनेका थिए, तर त्यससँगै उनले जनकार्यलाई पनि अनिवार्य मान्थे । किनकि खाना, पानी, शिक्षा र न्याय बन्दुकको नालबाट निस्कँदैन। तर भारतीय माओवादीहरूले राजनीतिक संगठनभन्दा सैनिक तर्कलाई प्राथमिकता दिए। उनीहरुले खुला जनसङ्गठनहरू, ट्रेड युनियन आन्दोलन वा अहिंसात्मक लडाइँका उग्र रूपलाई “सुधारवादी” वा “गान्धीवादी” भन्दै बेवास्ता गरे। यही कठोरताले उनीहरूलाई मैदानी भूभाग वा शहरी केन्द्रहरूमा योजनाबद्ध रूपमा विस्तार हुनबाट रोक्यो, राज्यलाई उनीहरू शुद्ध सुरक्षा खतरा (security threat) को रूपमा चित्रण गर्ने अवसर दियो। जसका आधारमा राज्यले व्यापक बल प्रयोगलाई वैधता दिन पनि सहज भयो।
सैद्धान्तिक अन्तर्दृष्टि र व्यवहारिक पक्षाघातको मिलन: जाति र राष्ट्रियता
यो पतन विशेष रूपमा मार्मिक छ, किनकि पार्टीसँग कागजमा भारतका विशिष्ट सामाजिक विरोधाभास–विशेषतः जाति र राष्ट्रियता–बारे एउटा उन्नत र जटिल बुझाइ थियो।
पार्टीको “राष्ट्रियता प्रश्न” सम्बन्धी विश्लेषण तीक्ष्ण छ। उनीहरूले भारतलाई “राष्ट्रियताहरूको जेल” भनेर वर्णन गर्छन्, शासक वर्गले निर्माण गरेको “भारतको विचार” लाई नक्कली ठान्छन्, र काश्मीर तथा उत्तर–पूर्वका जनतालाई आत्मनिर्णय र छुट्टिन पाउने अधिकारको समर्थन गर्छन्। उनीहरू भन्छन्, उनीहरूको लक्ष्य वर्तमान राज्यलाई उखेलेर भारतीय जनवादी गणराज्यहरुको संघ (यूनियन अफ पिपुल्स रिपब्लिक्स अफ इन्डिया) स्थापना गर्नु हो । जहाँ प्रत्येक राष्ट्रियताले चाहेको खण्डमा अलग हुने पूर्ण अधिकार हुनेछ।
तर व्यवहारमा, भारतीय माओवादीहरूले भारतभरका विभिन्न राष्ट्रियताका आन्दोलनहरूसँग समन्वय गर्न खासै ध्यान दिएजस्तो देखिँदैन। उनीहरू आन्ध्र, तेलङ्गाना र बिहारका केही क्षेत्रहरुमा सीमित रहे। त्यसैगरी, यदि उनीहरूका नजरमा भारतीय गणतन्त्र नै ‘बनावटी’ थियो भने, उनीहरू कुन ‘भारत’को कम्युनिस्ट पार्टी थिए? अनि राष्ट्रिय सिमानाहरू नै अर्थहीन मानिन्छन् भने किन उनीहरू सम्पूर्ण दक्षिण एसियाका कम्युनिस्ट पार्टी नहुने?
यस्तै, उनीहरूको “जाति प्रश्न” सम्बन्धी दस्तावेजले जातिलाई केवल सांस्कृतिक अधिसंरचना मात्र नभई अर्ध-सामन्तवादको आर्थिक आधार संरचनाको रूपमा सही ढंगले पहिचान गर्छ। जसले जमिनको स्वामित्व, उत्पादन सम्बन्ध र श्रम सम्बन्ध निर्धारण गर्दछ । उनीहरुले दलित मुक्तिको केन्द्रमा रहेको भूमिको प्रश्नलाई सम्बोधन गर्न विफल भएकोमा संसदीय दलित आदोलनलाई ठिक ढंगले आलोचना गरेका छन् ।
जंगलको गहिराइबाट, जनताको दैनिक संघर्षसँग टाढा रहँदै, जातीय उत्पीडन वा राष्ट्रिय मुक्ति आन्दोलन निर्माण गर्न सकिँदैन। पार्टीको गोप्य चरित्रका कारण उनीहरूको उत्कृष्ट सैद्धान्तिक विश्लेषण आन्तरिक दस्तावेजहरूभित्रै सिमित रहयो, जसको प्रतिध्वनि वा प्रयोग उनीहरूले प्रतिनिधित्व गर्छौं भन्ने दाबी गरेका सामाजिक समूहहरूको वास्तविक जीवनमा अत्यन्त कमजोर रह्यो।
तर व्यवहारमा, पार्टीले यी समुदायहरूको मागलाई स्पष्ट रूपमा अभिव्यक्त गर्दै, उनीहरूलाई संगठित गर्दै वा जमीनमा उतार्दै प्रभावकारी ढङ्गले परिचालित गर्न सकेन। जंगलको गहिराइबाट, जनताको दैनिक संघर्षसँग टाढा रहँदै, जातीय उत्पीडन वा राष्ट्रिय मुक्ति आन्दोलन निर्माण गर्न सकिँदैन। पार्टीको गोप्य चरित्रका कारण उनीहरूको उत्कृष्ट सैद्धान्तिक विश्लेषण आन्तरिक दस्तावेजहरूभित्रै सिमित रहयो, जसको प्रतिध्वनि वा प्रयोग उनीहरूले प्रतिनिधित्व गर्छौं भन्ने दाबी गरेका सामाजिक समूहहरूको वास्तविक जीवनमा अत्यन्त कमजोर रह्यो।
आदिवासी अलगाव: एक गलत दिशामा क्रान्ति
पछिल्ला दुई दशकमा प्रभावकारी रूपमा आफ्नो मुख्य आधार बनेका आदिवासी समुदायहरूसँग पार्टीको सम्बन्धले एउटा महत्वपूर्ण रणनीतिक विरोधाभास प्रकट गर्छ।
आदिवासीहरूलाई आफ्नै परम्परा र प्रणालीअनुसार शासन गर्ने अधिकार प्रदान गर्नुको सट्टा, नयाँ दिल्लीमा केन्द्रीय सत्ता कब्जा गर्ने उदेश्यले माओवादीहरूले उनीहरूलाई किसान वर्ग वा ‘आदिम राष्ट्रियता’ को भूमिकामा सीमित गर्ने कोशिस गरे ।
माओवादीहरूले मूलतः आदिवासी जनतालाई “भारतीय क्रान्ति” नामक ठूलो र अमूर्त परियोजनामा जोडिदिए । एक यस्तो परियोजना जसप्रति आदिवासीहरूको स्वाभाविक रुचि वा चाहना अत्यन्त न्यून थियो। आदिवासी समुदायका लागि “स्वायत्तता” को आवश्यकताका बारेमा कुरा गरे पनि, उनीहरूले यो सिद्धान्तलाई आफ्नो कार्यक्षेत्रहरूमा वास्तविक राजनीतिक मागमा रूपान्तरण गरेनन्। आदिवासीहरूलाई आफ्नै परम्परा र प्रणालीअनुसार शासन गर्ने अधिकार प्रदान गर्नुको सट्टा, नयाँ दिल्लीमा केन्द्रीय सत्ता कब्जा गर्ने उदेश्यले माओवादीहरूले उनीहरूलाई किसान वर्ग वा ‘आदिम राष्ट्रियता’ को भूमिकामा सीमित गर्ने कोशिस गरे । आदिवासी स्वायत्तताको विशिष्ट र केन्द्रीय मागलाई अघि नबढाएर, पार्टीले उनीहरूका पीडालाई टाढाको लक्ष्य प्राप्तिका लागि मात्र साधनको रुपमा प्रयोग गर्यो।
माओवादीहरूले आदिवासीहरूको प्रकृतिसँगको गहिरो सम्बन्धबाट सिक्न सकेनन्; जंगललाई संरक्षणयोग्य पारिस्थितिक प्रणालीभन्दा बढी युद्धकालीन बंकरका रूपमा मात्र हेरे।
माओवादीहरूले आदिवासीहरूलाई खानी निगमहरु र विस्थापनबाट रक्षा गरे, र एक प्रकारले “अनायासै गहन पर्यावरणवादी” जस्तै बने । तर धेरैजसो अवस्थामा यो आदिवासीहरूको आदिम दार्शनिक परम्पराप्रति प्रतिबद्धताभन्दा पनि यो जंगललाई आश्रयस्थलको रूपमा खोज्ने बाध्यताका कारण उत्पन्न रणनीतिक आवश्यकताको सहउत्पादन थियो। उनीहरूले आदिवासीहरूको प्रकृतिसँगको गहिरो सम्बन्धबाट सिक्न सकेनन्; जंगललाई संरक्षणयोग्य पारिस्थितिक प्रणालीभन्दा बढी युद्धकालीन बंकरका रूपमा मात्र हेरे। परिणामस्वरूप जब राज्यले थोरै राम्रो प्रलोभन दियो वा हिंसाको बोझ असहनीय भयो, पार्टी र आदिवासीबीचको जैविक सम्बन्ध कमजोर हुँदै गयो।
आन्तरिक जडता र भारतीय पूँजीवादको गलत मूल्याङ्कन
यी रणनीतिक गल्तीभन्दा बाहेक पनि भाकपा (माओवादी) भारतीय कम्युनिस्ट पार्टीहरुमा आमरुपमा व्याप्त साझा संगठनात्मक दुर्बलताबाट ग्रस्त थियो। उग्र बयानबाज़ीका बाबजुद पनि पार्टीभित्रको संस्कृति कठोर, पदानुक्रमित र असहमति सहन असमर्थ थियो। पार्टीभित्र खुला बहसको अभावले रणनीतिक गल्तीहरू सच्याउन सकिएनन्, र मतभेद प्रायः पार्टीबाट निष्कासन वा वरिष्ठ नेताहरूको आत्मसमर्पणमार्फत मात्रै “समाधान” हुन्थ्यो। किनकि उनीहरुको सामु अरु कुनै बाटो हुँदैन थियो।
यो बौद्धिक जडता भारतीय अर्थतन्त्रको उनीहरूको बुझाइमा पनि फैलिएको थियो। पार्टीको “राजनीतिक कार्यक्रम” ले भारतलाई “अर्ध–औपनिवेशिक, अर्ध–सामन्तवादी” देश भनी जोड दिन्थ्यो र भारतीय बुर्जुवालाई “दलाल पुँजीपति” अर्थात् कुनै स्वतन्त्र चरित्र नभएको पश्चिमी साम्राज्यवादी पूँजीका एजेन्टका रूपमा चित्रण गर्छ। यो विश्लेषण क्रमशः वास्तविकताबाट टाढिंदै गएको छ।
भारतीय पूँजीवादको असमान, तर स्पष्ट रूपमा स्वतन्त्र विकसित भइरहेको स्वरूपलाई नचिनेर, माओवादीहरूले शत्रुको वास्तविक रूपको गलत निदान गरे।
टाटा, अम्बानी वा अदानीजस्ता ठूला भारतीय समूहहरूलाई मात्र “कम्प्राडोर” एजेन्ट ठान्नु भनेको गत तीन दशकको तथ्यलाई बेवास्ता गर्नु हो। यी भारतीय समूहहरू विश्वभर पूँजी निर्यात गर्ने, सम्पत्ति आर्जन गर्ने, र अफ्रिका, युरोप तथा अष्ट्रेलियामा बजार नियन्त्रण गर्ने आक्रामक खेलाडीहरू हुन्। उनीहरू केवल अधीनस्थ एजेन्ट होइनन्; तिनका आफ्नै स्वतंत्र पूँजीवादी महत्वाकांक्षा छन्, जसले तिनलाई विश्व–साम्राज्यवादी प्रणालीभित्र “कनिष्ठ साझेदार” को रूपमा स्थापित गरेको छ।
भारतीय पूँजीवादको असमान, तर स्पष्ट रूपमा स्वतन्त्र विकसित भइरहेको स्वरूपलाई नचिनेर, माओवादीहरूले शत्रुको वास्तविक रूपको गलत निदान गरे। उनीहरू ग्रामीण “सामन्तवाद” को छायासँग लडिरहे, जबकि आधुनिक, आक्रामक भारतीय पूँजीवादले देशका स्रोत, अर्थतन्त्र र नीतिनिर्माण प्रक्रियामा आफ्नो बलियो पकड जमाइरहेको थियो।
अनुकूलनमा असफलता
अन्ततः भाकपा (माओवादी) को असफलता अनुकूलन गर्न नसक्नुको असफलता हो। भारत धर्म, जाति र धेरै तहमा खप्टिएको राष्ट्रियताहरूको अत्यन्तै जटिल देश हो, जसको लागि सूक्ष्म, लचिलो दृष्टिकोण आवश्यक छ। माओवादी पार्टीले भारतीय जीवनमा धर्म वा संस्कृतिको गहिरो भूमिकालाई, वा संसदीय लोकतन्त्रका जटिलताहरूलाई ध्यानमा राख्दै माओवादी सिद्धान्तलाई रूपान्तरण गरेको थोरै प्रमाण भेटिन्छ । जबकि संसदीय लोकतन्त्रले, आफ्ना कमजोरीहरू हुँदाहुँदै पनि, त्यस्ता संघर्ष र प्रतिरोधका अवसरहरू प्रदान गर्छ, जुन क्रान्तिअघिको चीनमा थिएनन्। उदाहरणका लागि, पार्टीले पटक–पटक गरेको “निर्वाचन बहिष्कार” को आवहान पूर्ण रूपमा असफल भयो किनकि आम मानिसहरु ठूलो संख्यामा मतदान केन्द्रमा पुगे, र मुख्यधारका दलका प्रतिद्वन्द्वी उम्मेदवारहरूले नै माओवादी ‘खतरा’ लाई आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गरे।
माओवादी पार्टीले भारतीय जीवनमा धर्म वा संस्कृतिको गहिरो भूमिकालाई, वा संसदीय लोकतन्त्रका जटिलताहरूलाई ध्यानमा राख्दै माओवादी सिद्धान्तलाई रूपान्तरण गरेको थोरै प्रमाण भेटिन्छ । जबकि संसदीय लोकतन्त्रले, आफ्ना कमजोरीहरू हुँदाहुँदै पनि, त्यस्ता संघर्ष र प्रतिरोधका अवसरहरू प्रदान गर्छ, जुन क्रान्तिअघिको चीनमा थिएनन्।
देशभक्तको त्रासदी र अधुरो क्रान्ति
भाकपा (माओवादी) क्रमशः हराउँदै, सम्भवतः अन्तिम विघटनको दिशातर्फ अघि बढ्दै गर्दा, त्यसलाई सजीव बनाउने भावनालाई बुझ्नु अत्यन्त आवश्यक छ। माओवादीहरू रणनीतिमा गलत र सिद्धान्तमा कट्टर भए पनि उच्च उच्च स्तरका देशभक्त थिए। उनीहरूका क्याडरहरूले, आरामदायक जीवन त्यागेर अत्यन्त गरिबहरूसँग जीवन बिताउन बस्नको लागि जस्तो त्याग गरे, त्यसले उनीहरुलाई भारतीय मूलधारको क्यारियरवादी र अवसरवादी राजनीति भन्दा धेरै माथि राख्दछ। उनीहरू भारतका सबैभन्दा सीमान्तकृत वर्गहरूको पक्षमा लगातार उभिन सक्ने एकमात्र राजनीतिक शक्ति थिए, जसले विश्वीकरणले मेटाइदिने प्रयास गरेको “अरू भारत” लाई स्वीकार गर्न बाध्य बनायो।
माओवादीहरू रणनीतिमा गलत र सिद्धान्तमा कट्टर भए पनि उच्च उच्च स्तरका देशभक्त थिए। उनीहरूका क्याडरहरूले, आरामदायक जीवन त्यागेर अत्यन्त गरिबहरूसँग जीवन बिताउन बस्नको लागि जस्तो त्याग गरे, त्यसले उनीहरुलाई भारतीय मूलधारको क्यारियरवादी र अवसरवादी राजनीति भन्दा धेरै माथि राख्दछ।
तर माओवादी आन्दोलनको त्रासदीले देखाउँछ कि उच्च त्याग नै राम्रो राजनीति वा सही रणनीतिक बुझाइको विकल्प हुन सक्दैन। शहादतले समाज परिवर्तनको ग्यारेन्टी दिंदैन। भारत जस्तो जटिल देशमा क्रान्ति गर्न साहस र बन्दुक मात्रै पर्याप्त हुँदैन; त्यसको लागि जमिन र यसका मानिसहरुको गहिरो, विनम्र र धैर्यपूर्ण बुझाइको आवश्यकता पर्दछ ।
माओवादी आन्दोलनको त्रासदीले देखाउँछ कि उच्च त्याग नै राम्रो राजनीति वा सही रणनीतिक बुझाइको विकल्प हुन सक्दैन। शहादतले समाज परिवर्तनको ग्यारेन्टी दिंदैन। भारत जस्तो जटिल देशमा क्रान्ति गर्न साहस र बन्दुक मात्रै पर्याप्त हुँदैन; त्यसको लागि जमिन र यसका मानिसहरुको गहिरो, विनम्र र धैर्यपूर्ण बुझाइको आवश्यकता पर्दछ ।
यद्यपि, पार्टीको पतनले उनीहरूले उठाएका प्रश्नहरूको आवश्यकतालाई अस्वीकार गर्दैन। विडम्बना यो छ कि ग्रामीण जनसमुदायलाई शहरी–केन्द्रित शोषणविरुद्ध सशक्त बनाउने, तथा नव–औपनिवेशिक शिकारबाट जोगाउने माओवादको मूल प्रेरणा आजको भारतमा अत्यंत प्रासंगिक छ । कृषिजगतको संकट अझै गम्भीर रूपमा कायम छ; व्यापारका सर्तहरू ग्रामीण जनताका विरुद्धमै छन्; र सम्पत्ति–केन्द्रिकरण ऐतिहासिक उच्च स्तरमा छ। किसान तथा ग्रामीण गरीबहरूको आर्थिक शक्ति मौलिक रूपमा रूपान्तरण हुनु अत्यावश्यक छ।
भाकपा (माओवादी) ले सामना गरेको असफलता ग्रामीण वा शहरी गरिबहरूको मुद्दा त्याग्ने संकेत होइन, बरु उनीहरूको मुक्तिको बाटो विगतका जड सिद्धान्तहरूमा फेला पार्न सकिँदैन भन्ने चेतावनी हो । त्यसका लागि नयाँ राजनीतिक कल्पनाशक्ति चाहिन्छ, जो गहन रूपमा लोकतान्त्रिक होस्, भारतीय यथार्थसँग घनिष्ठ रूपमा अनुकूलित होस्, र अहिले पनि उज्यालो पर्खिरहेका लाखौँको सम्मानका लागि लड्न सक्षम होस्। यस अर्थमा, सायद “वास्तविक” भाकपा (माओवादी) अझै जन्मिन बाँकी छ।
Source: https://countercurrents.org
स्कुलमा ज्ञान, सीप र कामको सन्तुलित मिश्रण
जेन–जि विद्रोहको सन्देश र हाम्रो माओवादी केन्द्रको कार्यभार !
विरोधाभासहरूको सामना, राजनीतिक परिपक्वता र विश्वबोध
गुलिभर ट्राभल्सका लिलिपुटीयन र नेपाली कम्युनिस्टहरु
नयाँ र पुराना विश्व महाशक्ति राष्ट्रहरूबीचको अन्तर्विरोधको सम्बन्धमा हाम्रो नीति
प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीको ‘गर्दभ राग’
जेन–जी आफ्नो भविष्य फिर्ता चाहन्छ! …
प्रतिक्रिया