नवल अल सादवी एक इजिप्सियन महिलावादी लेखक
हामी जति पनि प्रजातान्त्रिक मुलुकको कुरा गछौं, ती कुनै पनि देशमा प्रजातन्त्र छैन । म २० वर्ष अमेरिकामा बसे, त्यहाँ पनि प्रजातन्त्र छैन् । धार्मिक, पितृसत्तात्मक,पूँजिवादी समाजमा लोकतन्त्र हुँदैन । वर्ग, लिङ्ग, धर्मबाट विभेदरहित संसारको परिकल्पना गर्नको लागि हाम्रो अर्थात् विश्वभरिकै शिक्षा प्रणालीमा परिवर्तन गर्नुपर्छ । परिवर्तनको लागि सिर्जना गर्नुपर्छ । सिर्जनात्मकता भनेको लेख्नु, सङ्गीत कम्पोज गर्नुमात्र पनि होइन । सिर्जनात्मकता भनेको अन्याय विरुद्ध बोल्नु पनि हो । सिर्जनात्मकता पढाइदैन । हामीले सिर्जनात्मकता बाँच्नुपर्छ । हाम्रा सोच्ने तरिका बदल्नुपर्छ । हामीसंग धेरै सूचना छ तर ज्ञान छैन् । हाम्रा धर्म, शिक्षा, विज्ञानमा पनि धेरै विरोधाभाष छन् । मानिसले आफ्ना बारेमा जान्ने कोशिस गर्नुपर्छ सत्य के हो भनेर । सिर्जनात्मकता साँच्चै नै गम्भीर विषय हो ।
प्रायः संसारको सबै शैक्षिक प्रणालीले सिर्जनात्मकतालाई मारेको पाइन्छ । उदाहरणको रुपमा स्वास्थ्य शिक्षाको कुरा गरौं, स्वास्थ्य शिक्षाले कसरी रोग उपचार गर्ने, कुन औषधी प्रेषण गर्ने, कस्तो सर्जरी गर्ने भन्ने मात्र सिकाउँछ तर बिरामी मानिस भोको भएकोले, निरास भएकोले, थकित भएकोले पनि रोगी भएका हुन्छन् र यसको समेत निदान गर्नुपर्छ भन्ने कुरा मेडिसिन शिक्षाले खासै ख्याल गर्दैन । साँचो ज्ञान भनेको त्यो ज्ञानले असल मानव, असल डाक्टर, असल वकिल, असल शिक्षक बन्नु हो । जुन पेशाले शोषण गरेर जनताबाट पैसा असुल्छन्, त्यो ज्ञानको पेशा होइन । ज्ञान केही सम्भ्रान्त वर्गमा मात्र सीमित भएमा हामीले खोजेको केही पनि परिवर्तन सम्भव हुँदैन । यो आमजनतामा गयो भने बल्ल क्रान्ति हुन्छ । महिला विरुद्धका जति पनि पूँजीवादी, पितृसत्तात्मक जेहादहरु छन्, ती इजिप्टका मात्र समस्या होइन । यो विश्वव्यापी छ । विश्वव्यापी रुपमै एकआपसमा जोडिनु र न्यायको लागि एकसाथ हुनु, वैश्विक र स्थानीय एकै ठाउँमा भएर आवाज उठाउनु हो । जीवन परिवर्तनशील छ । हामी पक्कै पनि १००० वर्ष अगाडिभन्दा धेरै परिष्कृत छौं । हामी प्रायः आफ्नो परिवार, आफ्नो देशमा मात्रै सीमित हुन्छौं । तर हामीले संसारलाई नै पछ्याउनुपर्छ । न्याय मेरो मूल दर्शन हो ।
नवल अल सादवी एक इजिप्सियन लेखक हुन् । यिनलाई अरबको सिमोन द बोउवा भनेर पनि चिनिन्छ । यिनी इजिप्सियन फिजिसियन, साईक्याट्रिक तथा महिलावादी अभियन्ता पनि हुन् । यिनका लेख तथा कार्यहरु महिलाको राजनीतिक र यौन अधिकारमा लक्षित हुन्छन् ।
यी माथिका सबै भनाइहरु इजिप्टकी एक डाक्टर, साईकोलोजिस्ट,लेखक, महिलावादी अभियन्ता नवल अल सादवीको हो ।
नवल अल सादवी एक इजिप्सियन लेखक हुन् । यिनलाई अरबको सिमोन द बोउवा भनेर पनि चिनिन्छ । यिनी इजिप्सियन फिजिसियन, साईक्याट्रिक तथा महिलावादी अभियन्ता पनि हुन् । यिनका लेख तथा कार्यहरु महिलाको राजनीतिक र यौन अधिकारमा लक्षित हुन्छन् । अल सादवीले कायरो, कोलम्बिया तथा न्यूयोर्क युनिभर्सिटीबाट सन् १९५५मा एमडी गरेकी थिइन् । अल सादवीले कायरो युनिभर्सिटीमा फिजिसियनको रुपमा काम गरिन् भने इजिप्सियन स्वास्थ्य मन्त्रालयको निर्देशकको रुपमा कार्यरत रहँदै सन् १९६८ मा यिनले हेल्थ म्यागेजिनको स्थापना गरिन् । जसलाई धेरै वर्षपछि इजिप्टका अधिकारीहरुले बन्द गरे । सन् १९७२मा उनको पुस्तक अल मारह वा अल जिन १९६९(महिला र यौन) को कारणले उनलाई स्वास्थ्य मन्त्रालयमा उनको व्यावसायिक पदबाट निष्कासन गरियो, जसलाई धार्मिक र राजनीतिक अधिकारीहरुले निन्दा गरेका थिए । सादवी अरब महिला एकता संघकी संस्थापक र अध्यक्ष थिइन् । मानव अधिकारका लागि अरब संघका सहसंस्थापक पनि थिईन् । सन् २००४ मा उनले युरोप काउन्सीलबाट नर्थसाउथ पुरस्कार पनि प्राप्त गरिन् ।
परिवारको नवौं सन्तानमध्ये माइली सन्तान बनेर जन्मिएकी सादवीको जन्म २२ अक्टोबर १९३१ मा इजिप्टको काफर तहलाको सानो गाउँमा भएको थियो । सादवीलाई आम छोरीहरुलाई जस्तै गरेर ६ वर्षको उमेरमा जेनाइटल म्युटिलेसन (योनीच्छेदन) गराइएको थियो । यद्यपि उनका बाबुले छोरा र छोरी दुवैलाई शिक्षा दिनुपर्छ भन्ने कुरामा विश्वास गर्थे । उनले आफू हुर्कदै गर्दा आफ्नी आमा र बुवालाई तुलनात्मक रुपमा उदारवादी भएको वर्णन गरेकी छन् ।
सन् १९८२मा अल सादवीले अरब महिला एकता संघ स्थापना गरिन् । र पछि संस्थाको प्रकाशन अल नुनको सम्पादकको रुपमा काम गरिन् । सन् १९९१ मा सरकारले अल नुन र त्यसपछि केही महिनापछि अरब महिला एकता संघ बन्द गरिदियो । नवल अल सादवीको स्प्ष्ट विचारका कारण उनले राजनीतिक र धार्मिक विरोधीहरुबाट बारम्बार कानुनी चुनौतीहरुको सामना गरिरहेकी थिइन् । जसमा धर्म त्यागको आरोप पनि समावेश थियो । सन् २००८ मा उनले इस्लामिक शिक्षाको प्रमुख केन्द्र अल अजहर विश्वविद्यालयले उनको विरुद्धमा ल्याएको मुद्दा जितिन् जसमा धर्म त्याग र विधर्मको आरोप समावेश थियो ।
अल सादवीका उपन्यासहरु छोटा कथाहरु र गैर आख्यानहरु मुख्यतया अरब महिलाहरुको स्थितिसंग सम्बन्धित छन जस्तै, महिला डाक्टरको संस्मरण, द थे्रड एण्ड द वाल, लभ ईन द किंगडम अफ आयल । धर्मको माध्यमबाट पुरुषहरुद्वारा महिलामाथिको उत्पीडन अल सादवीको उपन्यासमा अन्तरनिहित विषय हो ।
पुस्तक र राजनीतिक गतिविधिहरुको परिणामस्वरुप सादवीलाई स्वास्थ्य मन्त्रालयको पदबाट बर्खास्त गरिएको थियो । उनले स्वास्थ्य जर्नलको मुख्य सम्पादक र इजिप्टका मेडिकल एसोसिएसनमा सहायक महासचिवको पद पनि गुमाइन् ।
सन् १९७२ मा नवल अल सादवीले ‘महिला र यौन’ पुस्तक प्रकाशित गरिन् । त्यसमा महिलाको शरीर विरुद्ध हुने विभिन्न आक्रमणहरुको सामना र सन्दर्भ प्रस्तुत गरिएको थियो, जसमा महिला खतना पनि समावेश थियो । यो पुस्तक दोश्रो लहरको नारीवादको आधारभूत पाठ बन्यो । पुस्तक र राजनीतिक गतिविधिहरुको परिणामस्वरुप सादवीलाई स्वास्थ्य मन्त्रालयको पदबाट बर्खास्त गरिएको थियो । उनले स्वास्थ्य जर्नलको मुख्य सम्पादक र इजिप्टका मेडिकल एसोसिएसनमा सहायक महासचिवको पद पनि गुमाइन् । सन् १९७३ देखि १९७६ सम्म सादवीले ऐन राम्स विश्वविद्यालयको चिकित्सा शंकायमा महिला र न्यूरोसिसको अनुसन्धानमा काम गरिन् । सन् १९७९ देखि १९८० सम्म उनी अफ्रिका र मध्यपूर्वमा महिला कार्यक्रमको लागि संयुक्त राष्ट्रसंघ सल्लाहकार थिइन् ।
सन् २००८ मा उनको “कट्टरपन्थी” विचार र लेखनका कारण अल सादवीलाई उनको इजिप्टको राष्ट्रियताबाट बञ्चित गर्ने प्रयास गरिएको थियो । यो प्रयास पनि असफल भयो । इजिप्टको सरकारले लामो समयदेखि विवादास्पद र खतरनाक मान्दै आएकी सादवीले सन् १९८१ म “कफ्रन्टेसन” नामक महिलावादी पत्रिका प्रकाशित गर्न मद्दत गरिन् । उनलाई सोही समयमा इजिप्टका राष्ट्रपति अनवर सादतले जेल सजाय दिएका थिए । उक्त समयमा सादवीले एक व्यंगात्मक मन्तव्य प्रस्तुत गरेकी थिइन् । “मलाई गिरफ्तार गरिएको थियो किनभने म सादतलाई विश्वास गर्थे । यहाँ लोकतन्त्र छ, बहुदलीय प्रणाली छ , लोकतन्त्रमा आलोचना गर्न पाइन्छ त्यही सोचेर मैले उनको नीतिको आलोचना गर्न थाले र म जेल परें ।’’
उनले आफ्ना विचारहरु रेकर्ड गर्न कालो पेन्सिल र पुरानो च्यातिएको टवाईलेट पेपरको सानो रोल प्रयोग गरिन् । राष्ट्रपतिको हत्या भएको एक महिनापछि उनी रिहा भइन् । आफ्नो अनुभवको बारेमा उनले लेखिन कि मैले कलम उठाएर लेखेदेखि नै खतरा मेरो जीवनको एक हिस्सा भएको छ । झुट बोल्ने संसारमा सत्यभन्दा खतरनाक अरु छैन ।
जेलमा पनि उनले महिलामाथि हुने उत्पीडनविरुद्ध लड्ने बाटो फेला पारिन् । जेलमा रहँदा उनले अरब महिला एकता संघ गठन गरिन् । यो इजिप्टको पहिलो कानुनी र स्वतन्त्र नारीवादी समूह थियो । जेलमा उनलाई कलम र काजग उपलब्ध गराउन अस्विकार गरियो । यद्यपि यसले उनको लेखनलाई रोक्न सकेन् । उनले आफ्ना विचारहरु रेकर्ड गर्न कालो पेन्सिल र पुरानो च्यातिएको टवाईलेट पेपरको सानो रोल प्रयोग गरिन् । राष्ट्रपतिको हत्या भएको एक महिनापछि उनी रिहा भइन् । आफ्नो अनुभवको बारेमा उनले लेखिन कि मैले कलम उठाएर लेखेदेखि नै खतरा मेरो जीवनको एक हिस्सा भएको छ । झुट बोल्ने संसारमा सत्यभन्दा खतरनाक अरु छैन ।
सन् १९८२ मा उनले अरब महिला संगठन स्थापना गरिन् । उनले आफ्नो संस्थालाई ऐतिहासिक,समाजवादी र महिलावादीको रुपमा प्रस्तुत गरिन् । “कान्तिर” महिला कारावासमा बस्नुभन्दा ९ वर्ष पहिले सादवीले सोही कारावासमा रहेकी एक महिला कैदीसंगको सम्पर्कले उनलाई “वुमन एट प्वाईन्ट जिरो” कृति लेख्न प्रेरणा मिलेको थियो ।
सन् १९९३ मा जब उनको जीवन ईस्लामवादी राजनीतिक उत्पीडनबाट खतरामा पर्यो, सादवीलाई इजिप्ट छोड्न पर्यो । उनले उत्तरी क्यारोलिनामा रहेको डयुक विश्वविद्यालयको एसियाली र अफ्रिकी भाषा विभागमा साथै वासिङ्गटन विश्वविद्यालयमा पढाउने प्रस्ताव स्वीकार गरिन् । पछि उनले कायरो विश्वविद्यालय, हार्वर्ड, येल, कोलम्बिया, सोर्बोन जर्जटाउन, फ्लोरिडा स्टेट युनिभर्सिटी र क्यालिफोर्निया विश्वविद्यालयसहित धेरै प्रतिष्ठित कलेज र विश्वविद्यालयहरुमा विभिन्न पदहरु सम्हालिन् । सन् १९९६ मा उनी इजिप्ट फर्किइन् ।
सन् २०११मा तहरिर स्क्वायरमा प्रदर्शनमा सहभागी भइन् । उनले इजिप्टका विद्यालयहरुमा धार्मिक शिक्षाको उन्मुलनको लागि आव्हान गरिन् । २७—३० सेप्टेम्बर २०१८ मा आयोजित पुस्तक मेलामा सादवीले अरब स्प्रिङ्ग सिजनपछि इजिप्ट र मध्य पूर्वमा विकास सम्बन्धी एक सेमिनारमा भाग लिइन् र कार्यक्रममा आफ्नो भाषणको क्रममा भनिन् कि “संयुक्त राज्य अमेरिकाको नेतृत्वमा औपनिवेशिक, पुँजीवादी, साम्राज्यवादी, जातीवादी विश्वव्यापी शक्तिहरुले सन् २०११ को इजिप्सियन क्रान्तिको अन्त्य गर्न इजिप्ट सरकारसंग समन्वय गरेका थिए ।” उनले आगामी चुनावमा मुस्लिम ब्रदरहुडलाई मतदान गर्न तहरीर स्क्वायरमा तत्कालिन अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले यूवाहरुलाई डलर बिल बाँड्दै गरेको देखेको पनि सम्झना गरेकी छन् ।
नवल अल सादवीको जीवनी पढ्दा उनी एक दक्ष चिकित्सक मात्र नभएर लेखक, अभियन्ताका साथै एक निडर र साहसी अनि समाज र महिलाको स्थिति परिवर्तन गर्न चाहने नेताको रुपमा पनि हेर्न सकिन्छ । समाज अनि धर्ममा रहेका कुरीतिहरुलाई चिर्नको लागि उनले अवलम्बन गरेका बाटोहरु र विश्वव्यापी रुपमा जोडिएर जानुपर्ने आवाजलाई मनन गर्नुपर्ने देखिन्छ । उनले देखाएको समाजवादी महिलावाद अनि न्यायिक समाजको पक्षलाई हाम्रो नेपालको महिलावादी आन्दोलनले पनि अध्ययन, विश्लेषण गर्दा पनि राम्रै हुन्छ ।
एक व्यक्तिको संयमता जसले आणविक युद्ध रोकेको थियो !
कस्तो छ ‘वैज्ञानिक समाजवादी व्यवस्थाको कार्यक्रम’ ?
रसियाली क्रान्तिको आधारभूत महत्त्व
कम्युनिष्ट शक्तिको एकीकरण आजको अनिवार्य आवश्यकता
विद्रोह जायज छ !
कसिँदै गइरहेको ‘थुसिडाइड्सको धराप’ : उम्कने कसरी ?
त्यो अग्निकाण्ड
प्रतिक्रिया