मञ्चाशान विधिको अपरिहार्यतावारे किरातीको खुलापत्र
संयोजक क. प्रचण्ड र सह-संयोजक क. माधव नेपाललगायत नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय समितिका नाममा।
विषय: मञ्चाशान विधिको अपरिहार्यताबारे
हिजो २०८२ मंसीर ११ गते राष्ट्रिय सभागृह, काठमाडौंमा एकतासभा आयोजना गरिएको विद्वितै छ। अस्ति क. भीम रावल र जेड पुस्तासंगको कार्यक्रममा विरामीका कारण हामी सहभागी रहन सकेनौं। केही हिँड्डुल गर्न सकिने भएकोले हिजो चाहिँ हामीले सभागृहको कार्यक्रममा सहभागिता जाहेर गर्यौं। तर, दु:खका साथ भन्नुपर्छ, भद्दाजनक मञ्चाशन अथवा मञ्च आशनले कार्यकर्ताहरु भन्दै थिए- नेताहरुको खुट्टी देखियो!
कारण, नेकपा र जसपा एकीकरण समुहसहित पाँच समुहको एकतासभामा मुख्यतः पाँच समुहका प्रमुखहरु मञ्चको अग्ररोहमा बस्नु पर्दथ्यो। त्यसमा जेड पुस्ताकी मुस्कान खातुन पनि अनिवार्य पर्दथिन्। किनभने, त्यस कार्यक्रमका नायकहरु उहाँहरु नै हुनुहुन्थ्यो। परन्तु, मञ्च यत्ति खचाखच् भरिएको थियो कि जसपाका राजेन्द्र श्रेष्ठ र अर्को समुहका एक प्रमुख अग्ररोहमा त हुनुहुन्थ्यो, तर दुई जना मात्र बस्न मिल्ने शोफामा तीन-तीन जना खाँदिएर निक्कै अप्ठेरो गरी बसिरहेको देख्नु पर्यो। अरु समुहका प्रमुखहरु तथा मुस्कान खातुनको स्थान लाखापाखा किनारातिर झैं हुँदा सभागृहको कार्यक्रम पाँच समुहबिच एकतासभा हो कि कुनै पूर्व समुहको प्रहशनसभा हो, क्रान्तिकारी चेतका कार्यकर्ता तथा पत्रकार साथीहरु रणभुल्ल लाग्थे।
कोही व्यक्तिका बारे भन्नु केही छैन। तर, संयोजक र सह-संयोजक समेत तीन पूर्व प्रधानमन्त्री मञ्चको अग्ररोहमा बस्नु स्वभाविक तथा आवश्यक थियो। तर, अरु कमरेडहरु खाँदाखाँद गरेर मञ्चमा कोच्चिएर बस्नु किन पर्दथ्यो? जसले गर्दा सभाका नायकहरुलाई विशुद्व "चङ्खे पात्र" झैं किनारामा थन्क्याइयो? के यही हो, समाजवादी संस्कार? के यही चिन्तन प्रवृत्तिले "हाम्रै पुस्तामा" समाजवाद? के समाजवादी समाजमा पनि यस्तै आत्मकेन्द्रित दम्भ, घमण्ड वा अहंकारकै राज्य हुनेछ? जसको जवाफ पार्टी केन्द्रीय समितिका प्रत्यक सदस्यले दिनुपर्छ।
अत: अबोप्रान्त कार्यक्रम सम्बद्व बाहेकका मानिस मञ्चमा नबस्ने/ बस्न नपाउने, सहभागी हुने तर उनीहरु जनता या कार्यकर्ताको पंक्तिमा बस्नु पर्ने संस्थागत विधि यथासिघ्र निर्माण गरियोस्। अन्यथा लोभी, दम्भी, आत्मप्रचारक व्यक्तिवादी नेताहरुकै कारण उत्पन्न २०८२ भदौ २४ गतेले अर्को सुनामी लिएर आउन सक्छ। त्यसले नेताहरु मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्र र देशै सखाप पार्न सक्छ। आफुलाई कम्युनिस्ट बताउने, जो समाजवादको नारा दिन्छन, जिम्मेवार कमरेडहरु बेलैमा होसियार!
उपरोक्त विधिवारे दोस्रो संविधानसभा-२०७० को निर्वाचन समिक्षादेखि नै हामीले भन्दै आएका हौं। २०७३ मा प्रकाशित प्रदेश १ पार्टी मुखपत्र "अग्रदिशा" को सम्पादकीयमा प्रष्टसंग लेख्यौं पनि। सर्वहारा लोकतन्त्रको नारामा घुसेको निम्न-पुँजीवादीतन्त्र, जुन कम्युनिस्ट पार्टीको घातक ऐजेरु हो, अझै हट्न नसकेको देख्नु पर्दा असहनीय चिन्ता लाग्छ।
अर्को, सभा समारोहको मञ्चमा नेतालाई लिएर आउदा जसरी हुलहुज्जत, जनता र कार्यकर्तालाई धकेलधाकेल, हप्की-दप्की गर्दै उद्दण्डता प्रदर्शन गर्ने जुन शैली छ, त्यो ठ्याक्कै गढीमाई मेलामा काट्न लाँदै गरेको राँगा घिसारे झैं देखिन्छ। नेताहरुको सुरक्षा हुनुपर्छ, खासगरी गणतान्त्रिक आन्दोलनका नायक क. प्रचण्डको विशेष सुरक्षा हुनुपर्छ। तर, नेताहरु मञ्चमा आउँदा वा उहाँहरुलाई ल्याउँदा शान्त र सौम्य तरिका अख्तियार गर्न मिल्दैन? मिल्दैन भने भाइमारा ज्ञानेन्द्र शाह र हाम्रा नेता कमरेडहरुमा फरक छुट्याउने कसरी? फरक हुँदैन वा गरिन्दैन भने नेपालमा समाजवाद कसले र किन?
दिवङ्गत रुपचन्द्र विष्टको थाहा चाहियो, कमसेकम समाजवादी लोकतान्त्रिक जवाफ चाहियो।
अन्त्यमा, हामीमाथि प्रश्न उठ्न सक्छ- केन्द्रीय सदस्य भएर पार्टीभित्र छलफल गर्नु पर्नेमा बाहिर किन लेखिस्? सीमा यस्तो छ कि हजारौं जनाको केन्द्रीय समिति हुनाले छलफल गर्नेगरी बैठकको अपेक्षा गर्नै परेन। मुख्य नेताहरुसंग आवश्यक छलफलको समय नै हुँदैन। तब सार्वजानिक सरोकारका विषयहरु सार्वजानिक रुममा लेख्नै पर्यो। बढी भएमा पार्टी कमरेडहरुसंग आत्मालोचना गरौंला।
लालसलामसहित!
साइँला
मनोहरा सुकुमवासी बस्ती
भक्तपुर
गौहत्या गर्ने ब्राह्मण र श्रेय लिने नेता : उस्तै कथा, फरक समय !
जेन–जी घटना : विश्व भू–राजनीतिक टकरावको परिणाम
लालुप्रसादको जङ्गलराज !
अन्तरविरोध पुनः विष्फोटित हुन्छ
लड, आत्मसमर्पण नगर: कामरेड बसवराजको अमर आह्वान: अजित
बाटो पहिल्याउँदा
सिंहदरबारः जलेको भवन होइन, सत्ताकेन्द्र हो
प्रतिक्रिया