कस्तो छ ‘वैज्ञानिक समाजवादी व्यवस्थाको कार्यक्रम’ ?

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आफ्नो ‘वैज्ञानिक समाजवादी व्यवस्थाको कार्यक्रम’ प्रस्ताव गरेको छ ।

सामुदायिक सार्वभौम नेपाल शीर्षक दिएको सो कार्यक्रममा राज्यको संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य शक्तको वाँडफाँड र सामग्र विषयहरुको आधारभूत नीतिहरु समेटिएका छन् ।

उक्त पार्टीको ठम्याइमा  ‘संसारमा प्रचलित विभिन्न मोडेलका पुँजीवादी व्यवस्थाका ढाँचा र पुरानो समाजवादी व्यवस्थाका ढाँचा लागू गरेर नेपाली समाजको मुक्ति वा प्रगति सम्भव देखिँदैन त्यसैले नेपाली समाजको वैज्ञानिक मौलिकतालाई सम्बोधन गर्ने वैज्ञानिक समाजवादी व्यवस्था जरुरी हुन पुगेको छ ।’

उक्त कार्यक्रमलाई तलको पीडीएफमा पढ्न सकिनेछ ।