रसियाली क्रान्तिको आधारभूत महत्त्व
रसियाली क्रान्ति विश्वयुद्ध (१९१४-१९१८ को प्रथम विश्वयुद्ध) को भयानक शक्तिशाली घटना हो । यसको थालनी, व्याख्यातित क्रान्तिकारिता, यसका दीर्घकालीन प्रभावहरूले आधिकारिक जर्मन सामाजिक प्रजातन्त्रवादद्वारा युद्धको सुरुमा जर्मन साम्राज्यवादको विजय अभियानलाई ढाकछोप गर्ने, वैचारिक रक्षाकवचका रूपमा फैलाइएका झुटा शब्दावलीको प्रष्टसँग भण्डाफोर गर्दछन् । मेरो भनाइको तात्पर्य ती शब्दावली प्रतिलक्षित छ, जसको प्रयोग जर्मन सङ्गिनधारीहरूको अभियानलाई रसियाली जारशाहीलाई उन्मूलन गरी उत्पीडित जनतालाई मुक्त गर्न भनी गरिएको थियो ।
महान् रसियाली क्रान्तिको आँधी, जसले सारा वर्गीय सम्बन्धहरू बदलिदिएको थियो, सारा सामाजिक तथा आर्थिक समस्याहरू उजागर गरिदिएको थियो र बुर्जुवा गणतन्त्रको पहिलो चरणको अन्तर्यमा रहेको अधपतनका कारणहरूले जसलाई हवात्तै मुखरित गरिदिएको थियो, जो अझ उन्नतस्तरमा जानैपर्ने थियो तथा जारशाहीको पतन केवल सामान्य परिघटना हुने सम्भावनालाई न्यूनीकरण गरिदिएको थियो, यी सारा घटनाले काउत्सीको सम्पादकत्वमा निस्कने 'नयाँ समय' को सम्पादकीयमा बाचा गरिएजस्तो जारको हार र रसियाको मुक्ति वा 'जर्मनको सङ्गिन जर्मनकै मुठीमा' भन्ने कुराको निरर्थकतालाई दिनको घामझैँ पुष्टि गर्छन् ।
यसको विपरित, तिनले रसियाको मुक्तिका कारणहरू रसियाली भूमिको माटोमा गहिरोसँग जरा गाडेका थिए तथा आन्तरिक रूपमा परिपक्व भइसकेका थिए । जर्मन सामाजिक प्रजातन्त्रवादीहरूको विचारधारात्मक आशिर्वाद पाएको जर्मन साम्राज्यवादको सैनिक अभियान (Adventure) ले रसियाली क्रान्ति नल्याएको मात्रै होइन बरु सुरुमा त्यसलाई बिथोल्न खोज्यो, १९११ -१३ को पहिलो उभारका बेला त्यसलाई पछि धकेल्ने काम गर्यो, र अन्त्मा जब क्रान्ति सुरु भयो, त्यसका विरोधमा सबभन्दा कठिन र असामान्य स्थितिहरूको सिर्जना गयो ।
सबै विचारशील पर्यवेक्षकका दृष्टिमा घटनाको यो विकास, सत्तारुढ सामाजिक प्रजातन्त्रवादीसँग काउत्स्कीले सहमति जनाएको ख्याली सिद्धान्तको पनि ठाडो इन्कारी पनि हो,' जसअनुसार, कृषिको बाहुल्यता रहेको तथा आर्थिक रूपले पिछडिएको रसिया सामाजिक क्रान्ति तथा सर्वहारा अधिनायकत्वका लागि बिल्कुल अनुपयुक्त छ भन्ने अनुमान गरिएको थियो ।
अझ अगाडि बढेर सबै विचारशील पर्यवेक्षकका दृष्टिमा घटनाको यो विकास, सत्तारुढ सामाजिक प्रजातन्त्रवादीसँग काउत्स्कीले सहमति जनाएको ख्याली सिद्धान्तको पनि ठाडो इन्कारी पनि हो,१ जसअनुसार, कृषिको बाहुल्यता रहेको तथा आर्थिक रूपले पिछडिएको रसिया सामाजिक क्रान्ति तथा सर्वहारा अधिनायकत्वका लागि बिल्कुल अनुपयुक्त छ भन्ने अनुमान गरिएको थियो । यो सिद्धान्त, जसले रसियाका लागि केवल 'बुर्जुवा' क्रान्तिको मात्र सम्भावना देख्छ, रसियाली मजदुर आन्दोलनको अवसरवादी हिस्साको पनि सिद्धान्त हो, तथाकथित मेन्सेभिकहरूको पनि, जसको नेतृत्व अक्सेलोड र दानले गर्छन् । र, यही समझले रसियाली समाजवादीहरूको गठबन्धन बुर्जुवा उदारवादीहरूको कार्यनीतिलाई पिछा गर्न पुग्छ । रसियाली क्रान्तिका बारेको यही आधारभूत बुझाइले गर्दा, जसले स्वभावतः तिनको कार्यनीतिको बारेको स्थिति निर्धारित गर्छ, रसियाली तथा जर्मन अवसरवादीहरू जर्मनको सरकारी समाजवादसँग सहमतिमा पुग्छन् । यी तिनै थरीको मतानुसार रसियाली क्रान्तिलाई जर्मन साम्राज्यवादले युद्धका लागि निर्धारित गरेको कुलिन वर्गीय उद्देश्यको सीमाभित्र अर्थात् जारशाहीको अन्त्य लगत्तै रोक्नु पर्थ्यो । जर्मन सामाजिक प्रजातन्त्रवादको सनातन मत (Taythology) थियो कि जारशाहीको अन्त्यपछि क्रान्तिलाई जहाँको तहीं बिसाउनुपर्दर्थ्यो । यो विन्दुबाट अगाडि बढ्नु भनेको रसियाली मजदुर आन्दोलनको वामपन्थी तप्का, अर्को शब्दमा बोल्सेभिकहरूको गल्ती नै हो । अनि क्रान्तिले अगाडि बढ्ने प्रक्रियामा जे जति कठिनाइ र अस्तव्यस्तताको सामना गर्नुपयो त्यो पनि यही गल्तीको नियति हो । सैद्धान्तिक रूपमा यो विचारले, (स्टाम्फेर र काउत्स्कीहरूको 'फरवार्ड' पत्रिकाले 'मार्क्सवादी विचार' को रूपमा सिफारिस गरेको) त्यो पक्का मार्क्सवादी चिन्तनको समर्थन गर्दथ्यो, जसअनुसार समाजवादी क्रान्ति हरेक देशको आफ्नो घरेलु वा आन्तरिक विषय हो, र हरेक आधुनिक राज्यले आफ्नै ढङ्गले हल गर्छ । वास्तवमा चाहिँ काउत्स्की, खाँचो परेको बेला पुँजीको त्यो विश्वव्यापी सञ्जालको त्यस्तो अमूर्त शत्रुबारे जान्दछन् जसले सम्पूर्ण आधुनिक राज्यलाई एउटै प्राण भएको जीवमा फेरिदिएको छ । रसियाली क्रान्तिको समस्या पनि जुन कृषिसम्बन्धी प्रश्न तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विकासकै उत्पादन हो, बुर्जुवा समाजका सिमानाभित्र समाधान गर्ने सकिन्न ।
रसियाली क्रान्तिको भाग्य सम्पूर्ण रूपमा अन्तर्राष्ट्रिय घटनाक्रममाथि निर्भर छ । आफ्ना नीतिहरू सम्पूर्ण रूपमा विश्व सर्वहारा क्रान्तिप्रति आधारित बनाउनु नै तिनीहरूको दूरदर्शिता तथा सैद्धान्तिक निष्ठाको प्रष्ट प्रमाण हो यसले तिनका नीतिहरूको वृहद सम्भावनाहरू उजागर पनि गर्छ ।
व्यवहारिक रूपमा यही सिल्ली विचार रसियाली क्रान्तिको विकासक्रमप्रतिका जिम्मेवारीबाट भाग्न, अन्तर्राष्ट्रिय चासो र खास गरी जर्मन सर्वहारावर्गप्रतिको दायित्वबाट भाग्न र क्रान्तिको अन्तर्राष्ट्रिय सम्बन्धलाई अस्वीकार गर्न प्रयोग गरिन्छ । युद्ध र क्रान्तिको यो विकासक्रमले रसियाली अपरिपक्वता होइन बरु जर्मन सर्वहारावर्गले खेल्नुपर्ने ऐतिहासिक जिम्मेवारीप्रतिको अपरिपक्वता नै झल्काउँछ । यसैलाई प्रष्ट पार्नु नै रसियाली क्रान्तिको आलोचनात्मक परिक्षणको मुख्य कार्यभार हो ।
रसियाली क्रान्तिको भाग्य सम्पूर्ण रूपमा अन्तर्राष्ट्रिय घटनाक्रममाथि निर्भर छ । आफ्ना नीतिहरू सम्पूर्ण रूपमा विश्व सर्वहारा क्रान्तिप्रति आधारित बनाउनु नै तिनीहरूको दूरदर्शिता तथा सैद्धान्तिक निष्ठाको प्रष्ट प्रमाण हो यसले तिनका नीतिहरूको वृहद सम्भावनाहरू उजागर पनि गर्छ । यसैभित्र पुँजीवादले पछिल्लो दशकमा गरेको विकासभित्रका महान् सम्भावना अन्तर्निहित छ । सन् १९०५-१९०७ को क्रान्तिले युरोपमा केवल एउटा मुर्च्छाको । त्यसैले यो केवल पूर्वाङ्गका रूपमा सीमित रह्यो । यसको निरन्तरता र निष्कर्ष युरोपमा हुने अरू विकासक्रमसँग गाँसिएको थियो ।
साम्राज्यवादी युद्धको नङ्गा नाच र मानव हत्याको भयानक सिलसिला चलेको, युरोपका ठूला सैन्य शक्तिहरूका विषालु काँढेतारका बीचमा अनि अन्तर्राष्ट्रिय मजदुरवर्गको आन्दोलन असफल भइरहेको चुनौतीका बेला जन्मेको सर्वहारा क्रान्तिले गरेका र गर्न नसकेका यो वा त्यो कुराका आधारमा त्यसको सैद्धान्तिक सम्पूर्णताको खोजी गर्नु वास्तवमा एउटा सनकजस्तो देखिन्छ ।
प्रष्ट छ, मोलाहिजा वा दुःख मनाउले होइन बरु छिद्रान्वेष र सोचविचारयुक्त आलोचना मात्रले अनुभव र शिक्षाका भण्डारहरू पहिल्याउन सक्छ । विश्वइतिहासमै पहिलो सर्वहारा अधिनायकत्वको प्रयोग गरिँदै छ भन्ने बुझेर मात्रै, त्यो पनि कस्तो बेला भने, साम्राज्यवादी युद्धको नङ्गा नाच र मानव हत्याको भयानक सिलसिला चलेको, युरोपका ठूला सैन्य शक्तिहरूका विषालु काँढेतारका बीचमा अनि अन्तर्राष्ट्रिय मजदुरवर्गको आन्दोलन असफल भइरहेको चुनौतीका बेला जन्मेको सर्वहारा क्रान्तिले गरेका र गर्न नसकेका यो वा त्यो कुराका आधारमा त्यसको सैद्धान्तिक सम्पूर्णताको खोजी गर्नु वास्तवमा एउटा सनकजस्तो देखिन्छ । समाजवादी राजनीतिका प्रारम्भिक मान्यताहरू अनि ऐतिहासिक रूपमा आवश्यक पूर्वशर्तहरूका बारेमा चियाएपछि हामी के बुझ्न बाध्य हुन्छौँ भने त्यस्तो दुर्भाग्यपूर्ण समयमा जतिसुकै आदर्शवादी होस् वा स्पाती क्रान्तिकारी कसैले पनि लोकतन्त्र र समाजवादको असली रूप स्थापना गर्न सक्दैन र त्यसलाई अलि खोजपूर्ण मात्रै बनाउनसक्छ ।
यो सबै तीतो वास्तविकताबारे प्रष्ट हुनु सबै देशका समाजवादीहरूको दायित्व पनि हो, यसको पृष्ठभूमिमा मात्रै हामी रसियाली क्रान्तिप्रति अन्तर्राष्ट्रिय सर्वहारावर्गको जिम्मेवारी निर्धारण गर्न सक्नेछौं । अझ अगाडि, यसको आधारमा मात्रै, विश्व सर्वहारावर्गले लिने कारबाहीमूलक निर्णयहरू बढी प्रभावकारी बन्न सक्छन्, जसको अभावमा एउटै मात्र देशका सर्वहारावर्गले गर्ने महान् बलिदान तथा प्रयोग गर्ने शक्ति पनि गञ्जागोल, अन्तर्विरोधहरू र भुँवरीमा फस्न सक्छ ।
यसमा कुनै शङ्का छैन कि रसियाली क्रान्तिका तिक्ष्ण र बौद्धिक नेताहरू, लेनिन र ट्रोट्स्कीहरूले, थुप्रै धुकचुकपछि र तीव्र आन्तरिक विरोधका बीच नै निर्णायक कदमहरू चालेका हुन् । त्यस्तो सनसनाउँदो आँधीबीच तिनले जे गर्न सके अथवा गर्न सकेनन्, ती सब कुराका बावजुद विश्व समाजवादी आन्दोलनका चम्किला उदाहरणहरू हुन् भनेर तिनको मूल्याङ्कन गरिनुपर्छ ।
रसियाली क्रान्तिको पहिलो चरण, मार्चमा सुरु हुँदादेखि अक्टोबर क्रान्तिसम्म, महान् अङ्ग्रेज क्रान्ति र महान् फ्रेन्च क्रान्तिका अवस्थाहरूसँग मिल्दोजुल्दो देखिन्छ ।
रसियाली क्रान्तिको विकासक्रम र बाटोको बारेमा गरिने आलोचनात्मक परखले क्रान्तिको सम्मान र गुरुत्वपूर्ण शक्तिको उदाहरणलाई कमजोर पार्छ भन्ने मान्यता कम गलत छैन, बरु यस्तो कार्यले मात्रै जर्मन जनसमुदायको दुर्भाग्यपूर्ण मौनता तोड्नमा मद्दत पुयाउन सक्छ । सत्यभन्दा माथि केही पनि छैन । भर्खरैका पीडादायी अनुभवहरू हेर्दा जर्मन सामाजिक प्रजातन्त्रवादको अभिभावकीय शैलीले जर्मन श्रमिकवर्गको क्रान्तिकारी उर्जाको पुनर्ताजगी सम्भव देखिन्न । कुनै गतिलो केन्द्रीकृत शक्ति नभएको बेला, उच्चस्तरको समितिका भरमा अथवा भनौं रसियाली उदाहरणका आधारमा कुनै जादूगिरीबाट यसलाई जगाउन सकिने होइन । क्रान्तिकारी जितवाजीको उत्साहले होइन, आलोचनात्मक मूल्याङ्कनको आधारमा, डराइडराइ गरिने खोजी नीतिका भरमा, लक्ष्य र कार्यहरूको त्यो जटिलता भएको बेला, भावनात्मक स्वतन्त्रता र राजनीतिक परिपक्वताका आधारमा, जनसमुदायको आलोचनात्मक मूल्याङ्कन गर्न सक्ने खुबीका भरमा जसको क्षमता पनि दशैंको समाजवादी नेतृत्वले भूत्तै बनाइराखेको छ, मात्रै जर्मन सर्वहारावर्गको ऐतिहासिक कारबाहीलाई साँचो अर्थमा जन्माउन सकिन्छ । वर्तमान परिस्थितिले सामने राखिदिएको जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय मजदुरवर्गलाई रसियाली क्रान्तिको सम्पूर्ण ऐतिहासिक सम्बन्धहरूसहितको आलोचनात्मक विश्लेषणले मात्रै तयार गर्न अथवा तालिम दिन सक्छ ।
रसियाली क्रान्तिको पहिलो चरण, मार्चमा सुरु हुँदादेखि अक्टोबर क्रान्तिसम्म, महान् अङ्ग्रेज क्रान्ति र महान् फ्रेन्च क्रान्तिका अवस्थाहरूसँग मिल्दोजुल्दो देखिन्छ । बुर्जुवा समाजको गर्भमा हुकंदो क्रान्तिकारी शक्तिले आफ्नो हिसाब-किताब राख्ने यो एउटा उदाहरणीय तर अनिवार्य अवस्था हो ।
घटनाक्रमको तीव्र रफ्तारले फ्रान्सेली क्रान्तिले दशकौँ पूरा गर्न नसकेका काम पनि एकै दिन वा घन्टाभरमा नै गर्न थाल्यो । यसैमा यो प्रष्ट भयो कि रसियाले शताब्दीयौंको युरोपेली विकासको परिणाम व्यहोरीरहेको थियो, यो १९०५- १९०७ को क्रान्तिको निरन्तरता थियो जर्मन उद्दारकर्ताको उपहार लिइरहेको कदापि थिएन ।
यसको विकासक्रम प्राकृतिक रूपमा क्रमबद्ध रेखामा अघि बढ्छ, हल्का सुरुवातबाट उद्देश्यहरूको क्रान्तिकारीकरण र त्यसकै सँगसँगै, क्रान्तिकारी पार्टीको निर्णायक भूमिका हुने गरी वर्गहरू तथा पार्टीहरूको मोर्चाबन्दी ।
मार्च १९१७ को सुरुतिर कादेत, जो उदारवादी बुर्जुवावर्गको प्रतिनिधि हो, क्रान्तिको अग्रभागमा थियो । क्रान्तिको पहिलो आम उभारले आफैँसँग प्रत्येक चिज र हरेक मान्छेलाई बगाएर लग्यो । चौथो 'दुमा' जो चारवटा प्रतिक्रियावादी वर्गको भोटका आधारमा जन्मेको अति प्रतिक्रियावादी थियो, अचानक क्रान्तिको अङ्गमा बदलिनपुग्यो । अति राष्ट्रवादीलगायतका सबै बुर्जवा पार्टीहरू एकल शासनका विरोधमा एकजुट भए । निरङ्कुशता पहिलो आक्रमणकै बेला झण्डै विनाप्रतिरोध ढल्नपुग्यो, कुनै कुहिएको ढोडजस्तै गरी जसलाई ढल्न कुनै सानो बस्तुको छुवाइ नै पर्याप्त छ । कम्तीमा पनि राजसंस्थालाई चाहिँ जोगाइराख्नुपर्छ भन्ने उदारवादी बुर्जुवाहरूको झिनो प्रयत्न दुइ- चार घन्टा पनि टिकेन । घटनाक्रमको तीव्र रफ्तारले फ्रान्सेली क्रान्तिले दशकौँ पूरा गर्न नसकेका काम पनि एकै दिन वा घन्टाभरमा नै गर्न थाल्यो । यसैमा यो प्रष्ट भयो कि रसियाले शताब्दीयौंको युरोपेली विकासको परिणाम व्यहोरीरहेको थियो, यो १९०५- १९०७ को क्रान्तिको निरन्तरता थियो जर्मन उद्दारकर्ताको उपहार लिइरहेको कदापि थिएन । मार्च १९१७ को आन्दोलनले दश वर्षअगाडि सुरु भएको क्रान्तिसँगै आफूलाई जोड्न पुगेको थियो । लोकतान्त्रिक गणतन्त्र आन्तरिक रूपमा पाकेर काटिएको बाली थियो क्रान्तिको पूर्ण सुरुवात थियो ।
वास्तवमै दोस्रो र एकदम कठिन उद्देश्य यसपछि प्रारम्भ भयो । बिल्कुल सुरुवातदेखि नै, क्रान्तिको मुख्य चालक शक्ति सहरी सर्वहारावर्ग थियो । तैपनि तिनको माग केवल राजनीतिमा लोकतन्त्रको प्राप्तिसम्म मात्र सीमित थिएन, बरु यो तत्कालीन अन्तर्राष्ट्रिय राजनीतिको जल्दोबल्दो विषय तत्कालै शान्तिसँग सरोकार राख्दथ्यो । त्यसै बखत, क्रान्तिले सेनालाई अङ्कमाल गयो, त्यसले पनि अविलम्ब शान्तिको माग उठायो, यसले किसान समुदायलाई पनि लपेट्यो, जसले १९०५ को क्रान्तिदेखि महत्त्वपूर्ण बनेको क्रान्तिको प्रश्न अर्थात् कृषि र भूमिको सवाललाई अग्रभागमा राखिदियो । अविलम्ब शान्ति र भूमि- यी दुई प्रश्नले क्रान्तिकारीहरूको त्यतिबेलासम्मको मोर्चाबन्दी टुटाइदियो । साम्राज्यवादपरस्त उदारवादी बुर्जुवावर्ग, जसको प्रवक्ता मिल्यूकोव थियो, अविलम्ब शान्तिको नाराको विपक्षमा थियो, अर्कातर्फ, बुर्जुवावर्गको अर्को हाँगो ग्रामीण भूपतिहरू, जमिनको प्रश्न आउनेबित्तिकै बिच्कनु स्वाभाविक थियो । र, थप कुरा, क्रान्तिले निजी सम्पतिको सिद्धान्तमाथि पनि धावा बोल्ने कुरा गयो, जो सारा सम्पतिवान वर्गलाई आतङ्कित पार्ने प्रश्न हो ।
यसमा कुनै शङ्का थिएन कि गणतन्त्रको लोकतान्त्रिक राजनीतिको भाग्य जमिन र शान्तिको प्रश्नसँग गाँसिएको थियो । क्रान्तिको पहिलो छालको प्रहारले गर्दा गणतन्त्रसम्म जान बुर्जुवावर्गले सहमति जनाएको थियो । अब तिनीहरू बिस्तारै एउटा प्रतिक्रान्तिका लागि आवश्यक जनसमर्थनको खोजीमा लागेका थिए ।
त्यसैकारण, क्रान्तिको विजयको पहिलो दिनदेखि नै शान्ति र जमिनको मुद्दालाई लिएर यसमा अन्तसङ्घर्ष सुरु भयो । उदारवादी बुर्जुवावर्गले सुरुदेखि नै यी मुद्दालाई पन्छाउने र छल्ने कार्यनीति लियो ।
उता मजदुरवर्ग, फौजीहरू र किसानहरू भने यही मुद्दालाई पूरा तागतका साथ अघि बढाइरहेका थिए । यसमा कुनै शङ्का थिएन कि गणतन्त्रको लोकतान्त्रिक राजनीतिको भाग्य जमिन र शान्तिको प्रश्नसँग गाँसिएको थियो । क्रान्तिको पहिलो छालको प्रहारले गर्दा गणतन्त्रसम्म जान बुर्जुवावर्गले सहमति जनाएको थियो । अब तिनीहरू बिस्तारै एउटा प्रतिक्रान्तिका लागि आवश्यक जनसमर्थनको खोजीमा लागेका थिए । पिटर्सवर्गका विरुद्ध लक्षित कालेदिन- कजाक अभियान यो प्रवृतिको खुला अभिव्यक्ति थियो । यदि त्यो आक्रमण सफल हुन्थ्यो भने जमिन र शान्तिको प्रश्न मात्रै होइन, गणतन्त्रकै भविष्य पनि समाप्त हुन्थ्यो । सैनिक अधिनायकत्व, मजदुरवर्गका विरुद्ध भयानक आतङ्क र जारशाहीको पुनर्स्थापना नै त्यसको अनिवार्य परिणति हुने थिए ।
यसबाटै रसियाली काउत्स्कीपन्थीहरू अथवा मेन्सेभिकहरूले बोकेको काल्पनिक तथा आधारभूत रूपमै प्रतिक्रियावादी चरित्रको पारख गर्न सकिन्छ । रसिया समाजवादी क्रान्तिको लागि तयार छैन भन्ने बुर्जुवा मिथको पछि लागेका मेन्सेविकहरू यसबाट पछि हट्न तयार थिएनन् त्यसैले उनीहरू उदारवादी बुर्जुवावर्गसँग अझ टाँसिदै गएका थिए । तर यो त्यस्तो एकता थियो, जसको विभाजन क्रान्तिको प्राकृतिक विकासका सँगसँगै सुरु भइसकेको थियो । अक्सेलोद र दानहरू ती पार्टी र वर्गसँग हदैसम्म टाँसिन चाहन्थे, जसबाट क्रान्ति तथा खासमा यसको प्राप्ति लोकतन्त्रमाथि सबभन्दा बढी खतरा थियो । यो कुरा थाहा पाउनु झन् अचम्मैसँग चाखलाग्दो छ कि, कसरी यो मेहेनती मान्छे (काउत्स्की) ले युद्धका चार वर्षभरि आफ्नो अथक लेखनद्वारा, समाजवादमाथि प्रहार गरेको थियो । यही परिश्रमले गर्दा समाजवाद केही पनि नअडिने चाल्नो जस्तो भएर देखा परेको थियो । उसका अनुयायीहरूले पनि आफ्ना सैद्धान्तिक गुरुका यी प्रस्थापनालाई त्यसरी नै विनाआलोचना पचाउँदै गए, जसरी शिदेभान र कम्पनीले समाजवादीमाथि प्रहार गरिरहँदा उनका चेलाहरूले चुपचाप सकारेका थिए । आखिर यी दुवैको मेहेनत एक अर्काका पुरकका रूपमा काममा आए । युद्ध थालिएदेखि नै मार्क्सवादी मन्दिरका मुख्य पूजारी श्रीमान् काउत्स्कीले सैद्धान्तिक रूपमा वास्तवमा त्यही दोहोऱ्याएका थिए जुन शिदेभानहरूले व्यवहारमा गरिरहेका थिए, जस्तो “अन्तर्राष्ट्रिय (दोस्रो अन्तर्राष्ट्रिय, अनु) शान्ति र निशस्त्रीकरणको हतियार लिग अफ नेसन्स र राष्ट्रवाद र अन्तमा लोकतन्त्र, समाजवाद होइन' ।२
यस्तो अवस्थामा, बोल्सेभिक प्रवृतिले ऐतिहासिक दायित्व पूरा गरेको थियो, सुरुमा घोषित लक्ष्यबमोजिम, स्पातझैँ अडिएर, जसअनुसार हिँडेर मात्रै लोकतन्त्रलाई बचाउन सकिन्थ्यो तथा क्रान्तिलाई अघि बढाउन सकिन्थ्यो । सम्पूर्ण सत्ता मजदुर तथा किसानको हातमा, सोभियतहरूको हातमा, यो मात्रै त्यस्तो बाटो थियो, जसले अक्करमा फस्न पुगेको क्रान्तिलाई उद्धार गर्न सक्थ्यो, त्यही तरवारले तिनीहरूले गोर्दियन गाँठो छिनाले र अँध्यारो गल्लीमा भड्किरहेको क्रान्तिलाई खुला र स्वतन्त्र मार्गमा ल्याए ।
आफ्नो लक्ष्य प्राप्तिको पहिलो विन्दुमा उभिएर खुसी मनाउने र यथास्थितिमा समय गुजार्ने वा लोलोपोतो गरेर पर्खने कुनै सम्भावना क्रान्तिमा रहँदैन । त्यो, जसले, संसदीय झगडाका भ्यागुता र मूसाका लडाइहरूको घरेलु अनुभव निर्मित बौद्धिकतालाई क्रान्ति भूमिमा प्रयोग गर्ने प्रयत्न गर्छ, केवल त्यस्तो मनोदशाको प्रदर्शन गरिरहेको देखाउनेछ कि सारा क्रान्तिको आस्तित्त्व उसको दयामा निर्भर छ तथा सारा ऐतिहासिक अनुभवहरू उसका लागि सातपत्रे गातोले ढाकिएको पुस्तकमात्र ठहरिन्छ ।
क्रान्तिको यो प्रथम बेलामा लेनिनको पार्टी नै थियो, जसले क्रान्तिको खास लक्ष्यहरूलाई आत्मसात गर्न सकेको थियो । यो मात्रै त्यस्तो तत्त्व थियो, जसले क्रान्तिलाई अगाडि बढायो, अनि यो मात्र त्यस्तो पार्टी थियो, जसले समाजवादी नीतिलाई वास्तविक रूपमा बोकेको थियो । यही कुरा हो, जसले प्रष्ट पार्छ कि, किन क्रान्तिको सुरुवाती दौरमा छेउ पारिएका बोल्सेभिकहरू आफ्ना विरुद्ध चारैतिरका सानातिना आक्रमणलाई छिमल्दै, एकदमै छोटो समयमा क्रान्तिको अग्रभागमा आइपुगे, र सम्पूर्ण क्रान्तिकारी जनसमूहलाई सहरी सर्वहारावर्ग, फौजीहरू, किसानहरू, लोकतन्त्रभित्रका क्रान्तिकारी तत्त्वहरू तथा समाजवादी क्रान्तिकारीहरूको वामपक्षलाई कसरी आफ्नो वरीपरी गोल बन्द गर्न सके ।
रसियन क्रान्तिको वास्तविक अवस्थाले केही महिनामा नै साँघुरा दुई विकल्पमा बाँडिएको पायो, या प्रतिक्रान्ति या त सर्वहारावर्गको अधिनायकत्व कालेदिन या लेनिन । हरेक क्रान्तिले सुरुका उन्मादपछि यही वस्तुगत अवस्थामा आफूलाई उभ्याउँछ रसियामा पनि 'भूमि र शान्ति' का जल्दाबल्दा ठोस प्रश्नको परिणामले उभ्याइदिएको थियो र बुर्जुवा क्रान्तिको खाकाभित्र यसको कुनै समाधान थिएन । यहींनेर रसियाली क्रान्तिले प्रष्टाप्रष्टी रूपमा हरेक क्रान्तिका आधारभूत शिक्षाजस्तै सामना गरेको थियो, यसको आस्तित्त्वको नियम, जसले माग गर्थ्यो, यात क्रान्तिले आफ्ना फलामे हातहरूबाट सारा अवरोधहरू धूली सात पार्दै पूर्ण गति र प्रष्टताका साथ विजय हात पार्नुपर्छ र आफ्ना लक्ष्यहरूलाई अझ अगाडि बढाउनुपर्छ, या त यो सुरुको विन्दुभन्दा निकै तल पछारिनेछ तथा प्रतिक्रान्तिद्वारा पूर्णत दमन गरिनेछ । आफ्नो लक्ष्य प्राप्तिको पहिलो विन्दुमा उभिएर खुसी मनाउने र यथास्थितिमा समय गुजार्ने वा लोलोपोतो गरेर पर्खने कुनै सम्भावना क्रान्तिमा रहँदैन । त्यो, जसले, संसदीय झगडाका भ्यागुता र मूसाका लडाइहरूको घरेलु अनुभव निर्मित बौद्धिकतालाई क्रान्ति भूमिमा प्रयोग गर्ने प्रयत्न गर्छ, केवल त्यस्तो मनोदशाको प्रदर्शन गरिरहेको देखाउनेछ कि सारा क्रान्तिको आस्तित्त्व उसको दयामा निर्भर छ तथा सारा ऐतिहासिक अनुभवहरू उसका लागि सातपत्रे गातोले ढाकिएको पुस्तकमात्र ठहरिन्छ ।
सन् १६४२ को सुरुकालको अङ्ग्रेज क्रान्तिको विकासक्रमलाई नै लिउँ । तार्किकताले के निष्कर्षमा पुऱ्यायो भने, चर्च सञ्चालकहरूका सुस्त तथा ढुलमुले शैलीका कारण जब तिनका नेताले चार्ल्स प्रथमसँगकों निर्णायक लडाइँलाई छल्न खोजे, स्वतन्त्रहरू अगाडि आए, तिनलाई संसदबाट घोक्रेट्याक लगाए र सम्पूर्ण सत्ता आफ्नै हातमा लिए । ठीक त्यही तरिकाले, सेनाभित्रै, पूर्ण समतावादी निम्न पुँजीवादी सैन्य तप्काले सारा स्वतन्त्रतावादी आन्दोलनको मुख्य चालक शक्ति निर्माण गरेको थियो । र, त्यसरी नै, अन्त्यमा सैन्य दस्ताभित्रको सर्वहारा तत्त्व जो पूर्णस्तरको सामाजिक क्रान्तिको सीमासम्म जाने आशामा थियो, ले डिगर आन्दोलनसँग आफ्नो सद्भाव पायो अनि समतावादीहरूको लोकतान्त्रिक पार्टीको शक्ति बिस्तार गयो ।
सेनाको सामान्य पङ्क्ति सर्वहारा क्रान्तिकारी तप्काको प्रभावविना स्वतन्त्रतावादी पार्टीको उपल्लो बुर्जुवाहरूको तहमा सेनाको प्रजातान्त्रिक आम तप्काको दबाब नपरिकन, प्रेसवाइटेरियन्स् (मनोनित सम्भ्रान्तहरू) को संसदबाट मुक्ति सम्भव थिएन, न विचारहीन स्कट (caraliers and scots) सँगको लडाइँलाई विजयमा टुङ्ग्याउनु सम्भव थियो, अनि न त चार्ल्सलाई दण्डित गर्न तथा हाउस अफ लर्डको विघटन र गणतन्त्रको घोषणा नै सम्भव थियो । अनि महान् फ्रान्सेली क्रान्तिमा के भएको थियो त ? यहाँ, चार वर्षसम्मको सङ्घर्षपछि ज्याकोवियनहरूद्वारा सत्ता कब्जा गर्नु नै क्रान्तिको विजयलाई जोगाउने एकमात्र साधनको रूपमा प्रमाणित भयो, सामन्तवादको ध्वंश, गणतन्त्रको स्थापना, आन्तरिक तथा बाह्य षड्यन्त्रका विरोधमा क्रान्तिकारी प्रतिरोधको सङ्गठन, प्रतिक्रान्तिका षड्यन्त्रहरूमाथि दमन गर्न तथा फ्रान्सको क्रान्तिकारी हुरीलाई सारा युरोपभरि बिस्तार गर्नमा यो नै सही प्रमाणित भयो ।
कुनै पनि क्रान्तिमा 'सुनौला उपायहरू' मात्र अप्नाउनु सम्भव छैन । यसको प्रकृतिजन्य नियमले नै द्रुत निर्णयहरूको माग गर्दछ, या त क्रान्तिको इन्जिन यसको सबभन्दा उच्च विन्दुतिर हुइँकिन्छ जुन इतिहासले निर्धारित गरिदिएको हुन्छ, या त त्यतिकै गतिमा आफ्नो सम्पूर्ण भारसहित सुरुकै विन्दुमा गुडुल्किन्छ, तिनीहरू जो यसलाई कमजोर ढङ्गले आधा मन लगाएर घचेट्ने चेष्टा गर्छन्, तिनलाई समेत यसले अनन्त खाडलतिर घिसारेर लैजान्छ ।
काउत्स्की र उनका रसियाली सहधर्मीहरू, जो रसियाली क्रान्तिलाई यसको प्रथम चरणको 'बुर्जुवा चरित्र' मा सीमित रहेको देख्न चाहन्थे, अघिल्लो शताब्दीका जर्मन तथा अङ्ग्रेज समकक्षी उदारवादी बुर्जुवाहरू जस्तै थिए जो फ्रान्सेली क्रान्तिका दुई चरणमध्ये जीरोंदवादीकाललाई खुब राम्रो भनेर प्रशंसा गर्थे । अनि ज्याकोवियन विद्रोहपछिको काललाई 'साह्रै खराब' भनी आलोचना गर्दथे । इतिहाससम्बन्धी उदारवादी सतही अवधारणा, निश्चित हो कि, यो बुझ्ने चेष्टा नै गर्दैन कि पाखे ज्याकोवियन हठको विद्रोहविना क्रान्तिको जीरोंदकालीन चरणका उपलब्धिहरूको रक्षासमेत गर्न सकिन्नथ्यो, ती अर्ध मनले सञ्चालित क्रान्तिका उपलब्धि क्रान्तिको भग्नावशेषमा पुरिने थिए, अनि ज्याकोवियनहरूको वास्तविक विकल्प चाहिँ जहाँ इतिहासको अभेध्य गतिले १७९३ मा विषयलाई खडा गरिदिएको थियो, चरिच्याट्ट प्रजातन्त्र थिएन बरु बुर्वोन वंशको पुनर्स्थापना मात्रै हुन सक्थ्यो । कुनै पनि क्रान्तिमा 'सुनौला उपायहरू' मात्र अप्नाउनु सम्भव छैन । यसको प्रकृतिजन्य नियमले नै द्रुत निर्णयहरूको माग गर्दछ, या त क्रान्तिको इन्जिन यसको सबभन्दा उच्च विन्दुतिर हुइँकिन्छ जुन इतिहासले निर्धारित गरिदिएको हुन्छ, या त त्यतिकै गतिमा आफ्नो सम्पूर्ण भारसहित सुरुकै विन्दुमा गुडुल्किन्छ, तिनीहरू जो यसलाई कमजोर ढङ्गले आधा मन लगाएर घचेट्ने चेष्टा गर्छन्, तिनलाई समेत यसले अनन्त खाडलतिर घिसारेर लैजान्छ ।
त्यसैले यो स्फटिक प्रष्ट छ कि, हरेक क्रान्तिमा त्यो पार्टीले मात्रै क्रान्तिलाई अगाडि बढाउन सक्छ जो सँग आम साधारण मानिसहरू र कार्यकर्ताको भावनालाई बाणी दिने क्षमता छ, र परिस्थितिको ठीक विश्लेषण गरी निष्कर्ष निकाल्न सक्छ सत्ता र नेतृत्व हत्याउने क्षमता राख्छ । यसले मेन्सेभिकहरू, दानहरू र जेरेतेलीहरूको दु:खदायी भूमिकालाई पनि प्रष्ट पार्छ, जोसँग सुरुमा जनताका बीच शक्तिशाली प्रभाव थियो, तर जब तिनले लामो समय यताउता हल्लँदै अनिर्णयमा बिताए, जब तिनले सत्ता प्राप्त गर्न र त्यसैमा टिकिरहन चार हात खुट्टा फालेर लागिरहे, अनि तिनीहरू मञ्चबाट लाजमर्दो गरी घोक्र्याइएका थिए । लेनिनको पार्टी मात्रै त्यस्तो थियो जसले सही क्रान्तिकारी पार्टीको कर्तव्य र जनादेश ठम्याएर पालना गर्यो, र जसले “सम्पूर्ण सत्ता सर्वहारावर्ग र किसानहरूको हातमा नाराबाटक्रान्तिको निरन्तर प्रगतिको सुनिश्चितता गयो ।
क्रान्ति गर्ने हो भने पहिले बहुमत त होस् । क्रान्तिको साँचो तार्किकता भने वास्तवमा संसदीय छुचुन्द्राहरूको विपरित भन्छ बहुमत पहिले होइन, क्रान्तिकारी कार्यनीतिबाट बहुमत त्यो बाटो हो जहाँबाट अगाडि जान सकिन्छ ।
त्यसप्रकार बोल्सेभिकहरूले 'जनताको बहुमत प्राप्त' भन्ने प्रसिद्ध समस्याको समाधान गरे, जुन समस्याले अझै पनि एउटा रङ्गिन सपनाको रूपमा जर्मन सामाजिक प्रजातन्त्रवादीहरूलाई सताइरहेको छ । गर्भैदेखि संसदीय अल्पबुद्धि (अनाडी) सिद्धान्तका अनुयायी३, जर्मन सामाजिक प्रजातन्त्रवादीहरूले संसदीय नर्सरीमा हुर्काइएको घरेलु विधि क्रान्तिमा प्रयोग गर्न खोजेका छन्, अर्थात् केही कुरा गर्नु पहिले तिमीसँग जनताको बहुमत हुनैपर्छ । तिनीहरू भन्छन्, क्रान्ति गर्ने हो भने पहिले बहुमत त होस् । क्रान्तिको साँचो तार्किकता भने वास्तवमा संसदीय छुचुन्द्राहरूको विपरित भन्छ बहुमत पहिले होइन, क्रान्तिकारी कार्यनीतिबाट बहुमत त्यो बाटो हो जहाँबाट अगाडि जान सकिन्छ ।
एउटा पार्टीले ऐतिहासिक घडीमा जे जति साहस, क्रान्तिकारी दुरदर्शिता तथा अडान देखाउन सक्छ त्यो लेनिन ट्राट्स्की र अरू कमरेडहरूले यथोचित रूपमा देखाएका थिए । सम्पूर्ण क्रान्तिकारी चरित्र तथा क्षमता जुन पश्चिमा समाजवादी जनवादीहरूमा ठ्याम्मै पाइँदैन, बोल्सेभिकहरूले प्रदर्शन गरेका थिए । यो अक्टोबर क्रान्ति रसियाली क्रान्तिको मुक्तिमात्र होइन बरु सम्पूर्ण अन्तर्राष्ट्रिय समाजवादको लागि पनि मुक्ति र सम्मानको विषय हो ।
आँधीमय गतिशील समयमा त्यो पार्टीले मात्रै नेतृत्व गर्न सक्छ, जसले घटनालाई डोऱ्याउन सक्छ । निर्णायक घडीमा, लेनिन र उनका साथीहरूले जुन दृढनिश्चयका साथ घटनालाई अघि बढाउन सक्ने समाधान दिए (सम्पूर्ण सत्ता सर्वहारावर्ग र किसानको हातमा) त्यसले नै तिनीहरूलाई हेपिएका, विभिन्न दोष खोट थोपारिएका झण्डै अवैधानिक शक्ति, जसको नेताले तहखानामा लुकेर बस्नु पर्थ्यो, समयको वास्तविक मालिक बनाएर उभ्याइदियो । त्यसमाथि बोल्सेभिकहरूले सत्ताको नियन्त्रणको लक्ष्यलाई दुरगामी क्रान्तिकारी कार्यक्रमको लक्ष्यसँग गाँसिदिए, बुर्जुवा प्रजातन्त्रको रक्षा होइन, बरु समाजवाद प्राप्तिको उद्देश्य साथ सर्वहारावर्गको अधिनायकत्व / त्यसपछि तिनले पहिलो पटक इतिहासका पन्छाउन नसकिने भिन्न स्थितिमा विजयको घोषणा गरे र समाजवादलाई तत्काल लागू हुने व्यवहारिक राजनीतिको कार्यक्रमको रूपमा घोषणा गरे ।
एउटा पार्टीले ऐतिहासिक घडीमा जे जति साहस, क्रान्तिकारी दुरदर्शिता तथा अडान देखाउन सक्छ त्यो लेनिन ट्राट्स्की र अरू कमरेडहरूले यथोचित रूपमा देखाएका थिए । सम्पूर्ण क्रान्तिकारी चरित्र तथा क्षमता जुन पश्चिमा समाजवादी जनवादीहरूमा ठ्याम्मै पाइँदैन, बोल्सेभिकहरूले प्रदर्शन गरेका थिए । यो अक्टोबर क्रान्ति रसियाली क्रान्तिको मुक्तिमात्र होइन बरु सम्पूर्ण अन्तर्राष्ट्रिय समाजवादको लागि पनि मुक्ति र सम्मानको विषय हो ।
टिप्पणीहरू
१ युद्धको बेला ( प्रथम विश्वयुद्ध - अनु.) जर्मन सामाजिक जनवाद तिनवटा समूहमा विभाजित भएको थियो, बहुमत नेतृत्वले साम्राज्यवादी सरकारलाई पूर्ण समर्थन दिँदै सरकारमा समावेश भयो, काउत्स्कीको समूह जसले युद्धको जिम्मेवारी लिन त अस्वीकार गयो तर त्यस्तो जिम्मेवारी सकार्नेहरूका लागि पर्याप्त सैद्धान्तिक खुराक प्रदान गर्दै रह्यो, अनि रोजा लक्जेमवर्ग र कार्ल लिब्खनेटको नेतृत्वमा रहेको तेस्रो समूहले युद्धको ठाडो विरोध गर्दै त्यसको विकल्पमा सर्वहारा क्रान्ति र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको विकल्पसमेत प्रस्तुत गयो ।
२ यहाँ, धेरै नोटहरू तथा लेखन छन्, जुन पूरा भएको छैन तथा रोजाको विचार यिनलाई पछि पूरा गर्ने देखिन्छ । सामाजिक प्रजातन्त्रवादीहरूको सरकारद्वारा कायरतापूर्वक उनको हत्या गरिएकाले यो लेखको पुनरावलोकन र लेखन पूरा हुन सकेन । शान्तिको साधनको रूपमा अन्तर्राष्ट्रिय भन्ने टिप्पणी काउत्स्कीले युद्धको बेला उल्लेख गरेको (युद्धका बेला शान्तिको साधनको कुरा असान्दर्भिक हुन्छ) तिर लक्षित थियो । काउत्स्कीको यो भनाइ शान्तिपूर्ण भएकाले अन्तर्राष्ट्रिय (द्वितीय अन्तर्राष्ट्रिय- अनु.) क्रान्तिकारी सङ्घर्षको हतियार हुनसक्दैन भन्ने पनि हुनसक्छ । काउत्स्कीले निसशस्त्रीकरणको काल्पनिक गफलाई (युद्धका कारण र जारा यथावत राखेर ) युद्धविरोधी क्रान्तिकारी सङ्घर्षको ठाउँमा राखिदिए । उनले लिग अफ नेसनलाई युद्ध रोक्न नसकेकोमा माफी दिए, जो विश्वबाट युद्ध उन्मुलन गर्ने भनी स्थापना भएथ्यो, उनले अन्तर्राष्ट्रवाद छाडेकोमा समाजवादीहरूलाई ठीक ठहऱ्याए जसले आफ्नै युद्धवादी सरकार तथा शाषकवर्गलाई सहयोग गरे, अनि सिद्धान्त र व्यवहार दुवैमा अन्तर्राष्ट्रवाद छाडेर राष्ट्रवादी बन्न पुगे । जब समाजवादका लागि साँच्चिकै सङ्घर्ष सुरु भयो, शिदेभानले समाजवादका विरुद्ध पुँजीवादको रक्षा गर्न पुगे, अनि काउत्स्कीले चाहिँ त्यही काम पुँजीवादी प्रजातन्त्रको अमूर्त व्याख्या गर्दै प्रजातन्त्रको रक्षा गरिरहेको जिकिर गरे (वास्तवमा पुँजीवादको रक्षा गरिरहेका थिए- अनु.) त्यसकारण तेस्रो बुँदाको अर्थ हुन्छ, समाजवादका विरोधमा प्रजातन्त्रको वकालत ।
यसलाई सामान्य ढङ्गले विस्तारित गरेर पढ्ने हो भने यस्तो भाव आउनसक्छ : (क) शान्तिपूर्ण समयका लागि शान्ति कायम राख्ने साधनको रूपमा अन्तर्राष्ट्रिय (ख) निसशस्त्रीकरण सिद्धान्तको पक्षपोषण, लिग अफ नेशन्स्प्रति कृतज्ञता र अन्तर्राष्ट्रवादको विरोध र राष्ट्रवादको समर्थन (ग) समाजवादका विरोधमा प्रजातन्त्रको वकालत ।
३ सर्वप्रथम मार्क्सद्वारा प्रयोग गरिएको शब्द जो ती संसदवादीहरूप्रति लक्षित थियो जो के ठान्थे भने सम्पूर्ण इतिहास तिनीहरूले ल्याउने प्रस्ताव (motions ) मत तथा संसदीय छलफलका बुँदाबाट सञ्चालित हुन्छ ।
झलक सुवेदी र तिलक पाठकद्वारा सम्पादित, विवेक सिर्जनशील प्रकाशन प्रा.लि. द्वारा प्रकाशित ‘समय र मार्क्सवाद’बाट साभार
प्रतिक्रिया