ट्रम्प–सी जिनपिङ भेटवार्तापछि व्यापारिक तनावमा शिथिलता

दक्षिण कोरियाको बुसानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको बैठकले दुई देशबीचको व्यापार तनावलाई मत्थर पार्ने दिशामा पाइला चालेको छ ।  यस क्रममा अमेरिकी राष्ट्रपतिले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग व्यापक आर्थिक तथा व्यापारिक सम्झौताहरूको घोषणा गरेका छन्। उक्त घोषणामा चीनमाथि अमेरिकाद्वारा लगाइँदै आएको ट्यारिफ १०% ले घटाउने, चीनले अमेरिकी भटामास खरिद पुनः सुरु गर्ने, तथा दुर्लभ खनिज (Rare Earth) निर्यातसम्बन्धी विवादास्पद मुद्दालाई हल गर्ने सवालमा महत्वपूर्ण प्रगति भएको उल्लेख छ। यस बैठकलाई “अद्भुत” बताउँदै ट्रम्पले अमेरिका–चीन सम्बन्धमा “शानदार नयाँ सुरुवात” भएको संकेत दिए।

सबैभन्दा महत्वपूर्ण सम्झौता दुर्लभ खनिज (Rare Earths) सम्बन्धमा भएको छ, जसलाई इलेक्ट्रोनिक्स, रक्षा, तथा इलेक्ट्रिक सवारीजस्ता उच्च–प्रविधिक उद्योगका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। डोनाल्ड ट्रम्पले घोषणा गर्दै भने, “रेअर अर्थको मुद्दा पूरा समाधान भइसकेको छ। अब कुनै अवरोध रहनेछैन।” ट्रम्पले पत्रकारहरूलाई थप कुरा भने, “म सबै विषयमा छलफल भयो भन्न सक्दिनँ। तर यो शानदार बैठक थियो। हामी यसमा सहमत भएका छौँ कि राष्ट्रपति सी फेन्टानिल नियन्त्रण गर्न कडा मेहनत गर्नेछन्, भटमास खरिद तत्काल सुरु हुनेछ, र चीनमाथिको ट्यारिफ ५७% बाट घटाई ४७% गरिनेछ।”

अमेरिका–चीनबीच महत्वपूर्ण व्यापारिक समझौता

डोनाल्ड ट्रम्पसँग यात्रा गरिरहेका एक वरिष्ठ अमेरिकी अधिकारीले ‘चीनले एक वर्षका लागि अस्थायी समझौताअन्तर्गत यी दुर्लभ खनिजहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्न सहमति जनाएको छ, जसलाई पछि विस्तार पनि गर्न सकिने’ पुष्टि गरेका छन् ।

यो सम्झौतालाई अमेरिकी प्रविधि तथा रक्षा क्षेत्रका कम्पनीहरूका लागि ठुलो राहतको रुपमा हेरिएको छ।  चीन–अमेरिकाबीच चर्किएको व्यापार तनावका कारण पछिल्ला केही महिनादेखि ती दुर्लभ खनिजहरुको आपूर्ति शृङ्खला अवरुद्ध हुने चिन्ता बढिरहेको थियो।  ट्रम्पले भनेका छन्, “रेयर अर्थसम्बन्धी सम्पूर्ण विषय समाधान भइसकेको छ।” उनले थपे, “अब कुनै पनि बाधा चीनबाट अमेरिकामा हुने निर्यात क्षेत्रमा अवरोध बन्नेछैन।”

ट्रम्पले का अनुसार, “चीनले तुरुन्तै अमेरिकाबाट पुनः भटमास किन्ने कार्य सुरु गर्नेछ। यो हाम्रा किसानहरूका लागि ठूलो राहत हो।” उनका अनुसार, “अब व्यापारिक सम्बन्धहरू निकै भिन्न देखिनेछन्।”

यससँगै सम्बन्धहरूमा पुनः सद्भाव देखिएको संकेत दिँदै डोनाल्ड ट्रम्पले आगामी अप्रिलमा चीनको भ्रमण गर्ने जानकारी दिएका छन् । उनका अनुसार यस वर्षकै अन्त्यतिर सी जिनपिङ पनि  अमेरिका भ्रमणमा आउने अपेक्षा गरिएको छ। रोचक कुरा के छ भने, ट्रम्पका अनुसार उनीहरूको वार्ताका क्रममा ताइवानको मुद्दा “कहिल्यै उठेन।” अमेरिका–चीन तनावको केन्द्रमा रहँदै आएको विषय भएकोले यसलाई एक असाधारण घटना मानिएको छ। स्मरणीय कुरा के छ भने, बुसानको यो बैठक ट्रम्प तथा सी जिनपिङबीचको पहिलो प्रत्यक्ष आमनेसामने भेट हो । तनावपूर्ण चीन–अमेरिका सम्बन्धमा देखिन थालेको सम्बन्ध सुधारका पहलकदमीले व्यापारिक विवाद, सैनिक अस्थिरता र आपसी अविश्वासका कारण तनावग्रस्त रहेका द्विपक्षीय सम्बन्धहरू अस्थायी रूपमा सुधारतर्फ उन्मुख भएको संकेत दिएको छ।

समाचार स्रोत: https://navbharattimes.indiatimes.com

तस्विर: https://dims.apnews.com