पुष्पलाल श्रेष्ठ र वीपी कोइरालाका राजनीतिक कार्यदिशावीच एकीकरण प्रस्ताव
भनिन्छ, विचारधारात्मक राजनीतिक कार्यदिशा सही हुनु र नहुनुले सबै कुरा निर्धारण गर्छ। जसले, ठोस वस्तुस्थितिको ठोस विश्लेषण माग गर्ने तथ्य सर्वथा स्पष्ट छ।
त्यसर्थमा गणतन्त्रयताको नेपाली राजनीतिमा विचारधारात्मक कार्यदिशाको संकट कहाँनिर हो, जसले गर्दा देश खोक्रो तथा जनता नाङगेझार बन्नु परिरहेछ, हजारौं सहिदको रगतले साटेर ल्याइएको गणतन्त्र दलाल तथा एकलजातीय पुँजीवादीहरुको हातमा कुण्ठित बनिरहेछ? विज्ञानसम्मत जवाफ खोज्दा स्पष्ट हुन्छ- दलहरुका आफ्ना जघन्य सीमा र समस्याहरुवीच सन्तुलन र विग्रहका सामु मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा वैचारिक-राजनीतिक संश्लेषण अभाव दु:खको गम्भीर कारण बनिरहेको यथार्थता हाम्रा सामु छ। त्यसको परिणाम सन्तुलनतर्फ हेर्दा दलहरु मिलेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका हुन्। फेरि त्यसको संचालन र व्यवाथापनतर्फ हेर्दा दलहरुकै यथास्थितिवादले विग्रह पैदा गरिरहेका छन। भनिरहनु पर्दैन, त्यसैकारण गणतन्त्रलगायत जनयुद्व र जनआन्दोलनका उपलब्धीमाथि प्रतिगामी प्रश्न उठ्न पुगेका हुन्।
अब के गर्ने? प्रश्न यो हो। जसको वस्तुवादी र क्रान्तिकारी अर्थात वैज्ञानिक निरुपणमा नेपाली राजनीतिको उन्नयन हेतु निम्न राजनीतिक कार्यनीतिमा विशेष प्राथमिकता शख्त जरुरी छ:
क. गणतान्त्रिक संविधानको समाजवादी कार्यान्वयन,
ख. नयाँ राष्ट्रिय एकीकरण र
ग. भ्रष्टाचारी शासन अन्त्य।
जसका आधारमा पाँच जनसमुह (वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरु) वीच एकीकृत शक्ति निर्माणद्वारा संयुक्त समाजवादी राज्यव्यवस्था र स्वाधीन नेपालको मानचित्र सुदृढ गर्न सकियोस्। जसका निमित्त इतिहासको विश्लेषण र नयाँ संश्लेषणद्वारा शान्तिपूर्ण क्रान्तिको विचारधारात्मक कार्यदिशा निर्धारणतर्फ प्रस्तुत आलेख केन्द्रित गरिन्छ।
सबै राजनीतिक विचारलाई त्यसरी निरपेक्ष घृणा गर्न थालियो भने आखिर राज्य संचालन त राजनीतिले नै गर्ने हो। तब प्रश्न उठ्छ; राज्य चाहिँ के ले, कसले र कसरी संचालन गर्ने?
अर्को, गणतान्त्रिक पुस्ताका केही युवाहरु राजनीतिक विचारधाराप्रति निरपेक्ष घृणा ओकल्छन्, जुन अराजकता सर्वथा गलत छ। अधिकाङ्श राजनीतिक विचारधारा र पार्टीकर्मीहरु घृणास्पद पनि हुन्छन्, तर सबै त्यस्ता हुँदैनन्। सबै राजनीतिक विचारलाई त्यसरी निरपेक्ष घृणा गर्न थालियो भने आखिर राज्य संचालन त राजनीतिले नै गर्ने हो। तब प्रश्न उठ्छ; राज्य चाहिँ के ले, कसले र कसरी संचालन गर्ने? अर्को प्रश्न उठ्छ, नेपाली सबैले राजनीतिप्रति घृणा ओकलिरहने हो भने नेपाल देश संचालन कसले गर्ला? अत: ती युवाहरुप्रति विशेष आग्रह छ, सदा स्वाधीन नेपाल राज्यको सार्वभौमिक अक्षुण्णता खातिर राजनीतिक विचारधाराप्रति सापेक्षित दृष्टिकोण राख्न एक्दम जरुरी छ। जसले, नेपाल राज्यको सही व्यवस्थापन तथा स्वाधीनता सुदृढीकरण अपेक्षा सार्थक तुल्याउन सकियोस्। यहाँनिर सान्दर्भिक भनाई कि प्लेटोले लेखेका छन- राजनीति गर्दैनौ भने तिमी गलत मानिसद्वारा शासित हुनेछौ।
आधुनिक नेपालमा आधुनिक विचारधाराको स्थापना
पृथ्वीनारायण शाहको मूल्याङ्कनवारे
आधुनिकताको अर्थ प्रकृति, समाज र चिन्तनमा घटनाहरु घटिरहन्छन। तिनले नयाँ परिस्थिति र थीति निर्माण गर्दछन। ती समकालीन थीतिहरुमध्ये भइआएकोमा भइरहनेलाई आधुनिक मान्ने गरिन्छ। भइआएको र भइरहेको थीति वास्तवमा परम्परा हो। मूलभूत रुपमा आधुनिकताले नयाँलाई जनाउछ तापनि पुरानो बिना नयाँ हुन सक्दैन। अत: आधुनिकताको अर्थ पुरानो र नयाँवीच संक्रमणको स्थिति पनि हो। त्यस्तो पुरानो, जुन कुरालाई प्राकृतिक रुपान्तरण वा उद्विकास बाहेक अरु नयाँले विस्थापित गर्न मिल्दैन। त्यो समेत आधुनिक हुने गर्छ।
वर्तमान नेपालको मानचित्र पृथ्वीनारायण शाहकै अभियानद्वारा खडा गरिएको हो। हामीले भन्दै आएका छौं, भूगोल केन्द्रीकरणमा पृथ्वीनारायण शाहको दृढ समर्थन गर्दै उनको आन्तरिक राज्यप्रणालीको भने वैज्ञानिक पुनसंरचना गरिनु पर्छ।
उपरोक्त विश्लेषणबाट पृथ्वीनारायण शाहको भूमिकालाई हेर्न र बुझ्न शख्त जरुरी छ। उनको नेतृत्वमा गोर्खाली अभियानले आजका आन्तरिक राष्ट्रिय समुदायलाई निषेध गर्न खोजेको भए तापनि अब त्यसलाई ऐतिहासिक समिक्षाको विषय मान्नु पर्ने हुन्छ। किनकि, वर्तमान नेपालको मानचित्र पृथ्वीनारायण शाहकै अभियानद्वारा खडा गरिएको हो। हामीले भन्दै आएका छौं, भूगोल केन्द्रीकरणमा पृथ्वीनारायण शाहको दृढ समर्थन गर्दै उनको आन्तरिक राज्यप्रणालीको भने वैज्ञानिक पुनसंरचना गरिनु पर्छ। अन्यथा नेपाल देशको मानचित्र अस्वीकार गर्नु पर्ने हुन्छ। त्यसो गर्दा जान अन्जानमा देश विरोधी कित्तामा फस्ने जटिलता उत्पन्न हुन्छ।
पृथ्वीनारायण शाहका राजनीतिक कार्यदिशा मूलतः निम्न देखिन्छन:
क. नेपाललाई असली हिन्दुस्तान बनाउने र
ख. चारजात छत्तिस बर्णको राज्यव्यवस्था गर्ने।
"असली हिन्दुस्तान" को प्रश्नमा साम्राज्यवादी अंग्रेजले दक्षिण छिमेकी भारतमाथि शासन गरिरहेको प्रतिवादमा, ऐतिहासिक तथ्यका आधारमा विचार गर्दा लिच्छवीकालमै नेपाल उपत्यका, मधेश र क्रमश: खसानमा पनि हिन्दू मत स्थापित भइसकेको हुँदा वैदिक हिन्दूहरु नेपाली भइसकेका थिए, त्यसर्थमा अन्यथा मानिरहनु गैरराजनीतिक पूर्वाग्रह मात्र हुनेछ। यसरी तत्कालीन संन्दर्भमा असली हिन्दुस्तान नारालाई अंग्रेज विरुद्व स्वभाविक प्रतिरोध संघर्षको अर्थमा बुझ्नु पर्दछ।
बिर्सनै मिल्दैन कि बेलायतको यात्रा गर्ने प्रथम नेपाली शासक हुनुको हैसियतमा राणा जंगवहादुरले बहुदलीय प्रजातन्त्र सिक्नु पर्दथ्यो। त्यस विपरीत उनले झन खराव जातव्यवस्था सुदृढ गरे। नेपाली समाज अन्धकारतर्फ जाकियो।
"चारजात" को प्रश्नमा हिन्दू जातव्यवस्था अन्तर्गत ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको राज्य भन्ने जो थियो, अन्यायपूर्ण कार्यदिशा ठहरियो। त्यसलाई मुलुकी ऐनद्वारा राणा जंगवहादुरले कठोरतापूर्वक थोपरे। पृथ्वीनारायण शाहले भनेको "छत्तिस बर्ण" मा आजका जनजाति आदिवासी पर्दथे, भनी कतिपय विद्वानहरु चर्चा गर्दछन। परन्तु, त्यसलाई पनि जंगवहादुरले निमिट्यान्न पार्दिए। यत्तिसम्म कि खसहरुलाई जबरजस्ति क्षेत्री हिन्दूमा गाभ्ने काम जंगवहादुरले नै गरे। परिणामस्वरुप शासनमा एकलजातीय उत्पीडनका निम्ति राणा जंगवहादुर जिम्मेवार छन।
किनकि, बिर्सनै मिल्दैन कि बेलायतको यात्रा गर्ने प्रथम नेपाली शासक हुनुको हैसियतमा राणा जंगवहादुरले बहुदलीय प्रजातन्त्र सिक्नु पर्दथ्यो। त्यस विपरीत उनले झन खराव जातव्यवस्था सुदृढ गरे। नेपाली समाज अन्धकारतर्फ जाकियो। अत: पछिल्लो अन्धकार तथा उत्पीडनका प्रमुख जिम्मेवार पृथ्वीनारायण शाह नभएर राणा जंगवहादुर हुन्।
वस्तुगत आवश्यकतामा पृथ्वीनारायण शाह रुपान्तरणकारी पनि देखिन्छ्न। उनको प्रारम्भिक राज्य गोर्खा थियो। त्यसर्थमा उनको सशस्त्र डप्फालाई गोर्खाली भनियो। तर, राज्य विस्तार अथवा भूगोल केन्द्रीकरणक्रममा गोर्खादेखि नुवाकोट हुँदै नेपाल उपत्यकामा आफ्नो राजधानी स्थानान्तरण गरेका पृथ्वीनारायण शाहले गोर्खाको सट्टा नेपाल तथा गोर्खालीको सट्टा नेपालीको परिस्थिति स्थापना गरे। जसलाई, सामान्यतः देश निर्माणमा रुपान्तरण क्षेमता स्वत: मानु पर्दछ।
तामाङ, राई, लिम्बू, थारु तथा मधेसीलगायत समुदायका राज्य हडप सम्बन्धमा आजको पुस्ताले इतिहास नियतिपूर्ण हुन्छ, भन्ने वास्तविकता स्वीकार गरेर वैज्ञानिक पुनसंरचनाका आधारमा, आफ्नो स्वायत्तता लक्ष्यसहित समग्र नेपाल देश जिम्मा लिने सामर्थ्य विकासतर्फ जोड दिनु सर्वोत्तम् हुनेछ।
विशेष स्मरण रहोस्, सिन्धुलीस्थित अंग्रेजसंगको लडाइँमा गोर्खाली विजयले उसको सैनिक अभियानलाई निर्णायक तुल्यायो। जसलाई, यसरी पनि हेर्नू पर्दछ कि अंग्रेजसंग त्यस्तो लडाइँ आदिवासी, मधेसी र दलित नेताले किन लडेनन्? यी समुदायलाई देश निर्माणको त्यस्तो लडाइँ लड्न कसले रोकेको थियो? अत: इतिहासप्रतिको दृष्टिकोणमा समग्रता अर्थात विपरीतहरुवीच एकता र एकको दुईमा विभाजनको नियम अख्तियार गरेको हुनु पर्दछ। तब मात्र तथ्यको आधारमा सत्य स्थापना सम्भव हुन्छ।
उपरोक्त पृष्ठभूमिको नेपाली समाज परिवर्तनद्वारा देशको स्वाधीनता सुदृढीकरण हेतु आधुनिक नेपालका दुई विचारकहरुको वैचारिक विगत, त्यसको वर्तमान र आगत सम्बन्धमा निम्न विवरणका आधारमा संक्षेप विश्लेषण गरिन्छ।
पुष्पलाल श्रेष्ठ र वीपी कोइरालाको विचारधारात्मक राजनीतिक इतिहासवारे
ध्यान रहोस कि नेपालमा साम्यवादी विचारका संस्थापक पुष्पलाल श्रेष्ठ र पुँजीवादी विचारका संस्थापक वीपी कोइरालामध्ये व्यवस्थित विचार प्रस्तुतिका हिसावले पुष्पलाल अघि र वीपी पछिको अर्थमा बुझ्ने गरिन्छ। यध्यपि, राणाशासन अन्त्य आन्दोलन नेतृत्व र प्रजातान्त्रिक शासनमा वीपी अग्रस्थानमा पुगेका थिए।
कम्युनिस्ट पार्टी स्थापनासंगै विसं २००६ देखि नै पुष्पलाल श्रेष्ठले आफ्नो विचारलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुत्रमा व्यवस्थित रुपमा प्रस्तुत गरेका थिए भने वीपी कोइरालाले चाहिँ विसं २०१२ मा मात्र आफ्नो विचारलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भनी प्रस्तुत गरेका हुन्।
नेपालमा पहिलो राजनीतिक दस्ता प्रजापरिषदलाई मानिन्छ। जसका साथै जयपृथीवहादुर सिंहले प्रजातान्त्रिक संविधानको माग गरेका थिए। परन्तु, उनीहरुको आवाजलाई जहानियाँ राणाशासनले निस्तेज पार्न खोजेको स्थितिमा नेपालमा राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस नाममा दुई समुह खडा भए। त्यसमध्ये पुष्पलाल राष्ट्रिय कांग्रेस र वीपी प्रजातन्त्र कांग्रेसमा संगठित थिए। क्रमश: दुई कांग्रेस एकताबाट नेपाली कांग्रेस बन्न पुग्दा पुष्पलाल भने कम्युनिस्ट पार्टी स्थापनामा लागे।
कम्युनिस्ट पार्टी स्थापनासंगै विसं २००६ देखि नै पुष्पलाल श्रेष्ठले आफ्नो विचारलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुत्रमा व्यवस्थित रुपमा प्रस्तुत गरेका थिए भने वीपी कोइरालाले चाहिँ विसं २०१२ मा मात्र आफ्नो विचारलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भनी प्रस्तुत गरेका हुन्। त्यसर्थमा प्रष्ट छ, व्यवस्थित विचार प्रस्तुतिमा पुष्पलाल अघि र वीपी पछि देखिन्छन्।
नेपालमा पुँजीवाद र साम्यवादका दुवै विचार यूरोपबाट ग्रहण गरिएका हुन्। औद्योगिक पुँजीवादको विकाससंगै यूरोपेली बेलायतमा स्थापित बहुदलीय संसदीय प्रजातन्त्र भारत हुँदै नेपाली काग्रेसले ग्रहण गरेको थियो भने यूरोपेली औद्योगिक विकासकै ऊपज मार्क्स-एङ्गेल्सद्वारा प्रस्तावित साम्यवादी विचार तत्कालीन सोभियत संघ तथा चीन हुँदै नेपाली कम्युनिस्ट पार्टीले ग्रहण गर्यो।
पुँजीवादी विचारका वाहक नेपाली कांग्रेसले आफ्ना प्रारम्भिक प्रकाशनमा प्रजातन्त्र नभनेर जनतन्त्रकै पदावली उल्लेख गरेको छ।
नेपाली राजनीतिमा यसरी पुँजीवादी प्रजातन्त्र र साम्यवादी जनतन्त्रको विचार स्थापित भयो। यध्यपि, पुँजीवादी विचारका वाहक नेपाली कांग्रेसले आफ्ना प्रारम्भिक प्रकाशनमा प्रजातन्त्र नभनेर जनतन्त्रकै पदावली उल्लेख गरेको छ। र, यो भ्रम पनि साफ होस कि प्रजातन्त्र, जनतन्त्र, जनवाद वा लोकतन्त्र सबैलाई अंग्रेजीमा डेमोक्रेसी (Democracy) नै भनिन्छ। मात्र प्रजातन्त्र शब्दले राजाको अस्तित्व स्वीकार गर्ने हुँदा त्यसको सट्टा यहाँ लोकतन्त्र भनिएको हो। अन्यथा जनतन्त्र र जनवाद भन्ने वित्तिकै साम्यवादी हुने र नभन्ने बित्तिकै पुँजीवादी हुने कित्ताकाँट अर्थहीन छ।
पुष्पलाल श्रेष्ठको विचारधारात्मक राजनीतिवारे
डा. सन यात्सेन नेतृत्वाधीन उत्तर छिमेकी चीनमा, सन १९११ मा गणतन्त्र स्थापना भयो। राष्ट्रपति डा. सनले तीन जनसिद्वान्त अघि सारे। ती थिए:
क. बाह्य हस्तक्षेपबाट मुक्त एकीकृत चिनियाँ राष्ट्र निर्माण र चीनभित्रका सबै जातिहरुको मुक्ति,
ख. लोकतान्त्रिक राज्यव्यस्था र
ग. चीन-सोभियत संघ सहयोग।
त्यही तीन जनसिद्वान्तलाई माओ त्सेतुङले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सिद्वान्तमा विकास गरे। डा. सन यात्सेनको "चीन-सोभियत सहयोग" लाई माओले "जनजीविका" मा परिमार्जन गरे।
उपरोक्त तीन परिमार्जित सिद्वान्तलाई माओले अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक मुलुकमा जनक्रान्तिको तीन कार्यभार भनी व्याख्या गरे। जसलाई, नयाँ जनवादी क्रान्तिको कार्यभार भनियो। स्मरण रहोस्, माओको ब्याख्यामा जनवादी/लोकतान्त्रिक क्रान्तिको अर्थ सामन्तवाद विरुद्व पुँजीपतिवर्गको नेतृत्वमा, तत्कालीन यूरोपको झैं पुँजीवादी क्रान्ति हो भने नयाँ जनवादी/लोकतान्त्रिक क्रान्तिको अर्थ मजदुर-किसान एकतामा आधारित उदीयमान सर्वहारावर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति थियो। तत्कालीन यूरोपको प्रगतिशील पुँजीवाद एकाधिकार- प्रतिक्रियावादी साम्राज्यवादमा पतन भएको हुँदा पुँजीवादी विचारले तीन जनसिद्वान्त कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै क्रान्तिको नेतृत्व सर्वहारावर्गले गर्नुपर्छ, भन्ने थियो।
दक्षिण छिमेकी भारतमा पुँजीवादी र साम्यवादी दुवै विचारहरु जोड्दार उठिरहेका थिए। सन १९४७ मा स्वतन्त्र भारतमा पुँजीवादी विचारको नेतृत्व भारतीय राष्ट्रिय कांग्रेसले तथा साम्यवादी विचारको नेतृत्व कम्युनिस्ट पार्टीले गरिरहेको थियो। त्यस परिस्थितिमा नेपालमा भारतीय प्रगतिशील आन्दोलनको प्रभाव स्वभाविक थियो।
मातृसत्तात्मक नेपाली समाज र राजतन्त्रको उदय जस्ता वैज्ञानिक रचनाहरु र संयुक्त जनआन्दोलनको विचार प्रतिपादन गरेका आधारमा नेपालमा मुख्यतः नेपाल पढ्ने सिद्वान्तको प्रारम्भ पुष्पलाल श्रेष्ठबाट गरिएको स्वत: देख्न सकिन्छ।
पुष्पलाल श्रेष्ठले नेपाल पनि अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक मुलुक भएको हुँदा यहाँ नयाँ लोकतान्त्रिक क्रान्तिको कार्यदिशा आवश्यक छ, भनी नयाँ राजनीतिक विचार अघि सारे। यसरी पुष्पलाल नेपालमा साम्यवादी वैचारिक खेमाका प्रवर्तक बने।
साथमा, मातृसत्तात्मक नेपाली समाज र राजतन्त्रको उदय जस्ता वैज्ञानिक रचनाहरु र संयुक्त जनआन्दोलनको विचार प्रतिपादन गरेका आधारमा नेपालमा मुख्यतः नेपाल पढ्ने सिद्वान्तको प्रारम्भ पुष्पलाल श्रेष्ठबाट गरिएको स्वत: देख्न सकिन्छ। र, नेपाल कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन, २००८ मा पार्टी प्रमुख पुष्पलाल श्रेष्ठको प्रस्तावमा जातीय सवाललाई नेपाली क्रान्तिको विशिष्ट सवाल ठहर गर्दै जातिहरुको स्वशासनव्यवस्था नीति स्वीकृत गराउनु पहिचान आन्दोलनमा पहलकद्मी थियो।
वीपी कोइरालाको विचारधारात्मक राजनीतिवारे
वीपी (विश्वेश्वरप्रसाद) कोइराला नेपालमा पुँजीवादी लोकतान्त्रिक खेमाका विचार प्रवर्तक हुन्। प्रजापरिषद समेतका विभिन्न समुहले पुँजीवादी लोकतान्त्रिक जमर्को गरेका भए पनि नेपाली राजनीतिमा त्यसको वैचारिक संश्लेषण कार्य वीपीले गरेका हुन्।
राणाशासन विरोधी सशस्त्र आन्दोलनको सम्झौतावादी प्रतिफलस्वरुप २००७ को अन्तरिम सरकारमा गृहमन्त्री, २००९ देखि नेपाली कांग्रेस पार्टी सभापति र २०१५ मा निर्वाचित प्रधानमन्त्री रहेका वीपी कोइराला सुरुमा भारतीय कांग्रेस निकट थिए। क्रमश: उनी भारतीय समाजवादी नेता जयप्रकाश नारायण निकट हुन पुगे। जुन, अस्वभाविक थिएन।
सन १९३९-१९४५ को दोस्रो विश्वयुद्वले विचारधारात्मक राजनीतिमा काफी तोड्फोड मच्चायो। सन १९१४-१९१९ वीच लडिएका प्रथम विश्वयुद्वको प्रतिफलस्वरुप सन १९१७ मा लेनिन-स्टालिन नेतृत्वाधीन सोभियत संघ स्थापना गरिएको थियो। दोस्रो विश्वयुद्वका बखत साम्यवादी खेमातर्फ सोभियत संघ तथा पुँजीवादी खेमातर्फ संयुक्त राज्य अमेरिकाले नेतृत्व लिए। जर्मन साम्राज्यवादी हिटलरलाई धरासायी तुल्याउने काम सोभियत नेता स्टालिनले गरे पनि हिरोसिमा र नागाशाकीमाथि परमाणु बम प्रहार गरेर जापानलाई घुँडा टेकाउने काम अमेरिकाले तमाम् गर्यो। बेलायत तथा फ्रान्सहरु पछि परे। पुँजीवादी खेमातर्फ यसरी अमेरिका नेतृत्वमा आयो।
अमेरिकी नेतृत्वमा उग्रतम् पुँजीवादीहरुले तीन रणनीति अघि सारे। ती थिए: भूमण्डलीकरण, उदारीकरण र निजीकरण। साम्यवादी खेमाले भनेको अन्तर्राष्ट्रियकरण विरुद्व भूमण्डलीकरण, सर्वहारावादी एक दलीय राज्य विरुद्व पुँजीवादी उदारीकरणवाला नाम मात्रको निर्वाचित सरकार र अर्थतन्त्रको राज्यकरण विरुद्व निजीकरण रणनीति। फ्रेडरिक भन हायक र मिल्टन फ्रीडमेनका उग्रतम् निजीकरणवाला आर्थिक नीति अवलम्बन गरेका अमेरिकी खेमाले सरकारहरु सामान्य समन्वयको भूमिकामा मात्र रहनु पर्छ, सम्पूर्ण सार्वजानिक सम्पतिमाथि निजीकरण गर्नुपर्छ, भन्नेमा खुलेआम जोड दिए।
यसरी विश्वको अर्थराजनीति चरम् ध्रुवीकरणतर्फ मोडियो।
दोस्रो विश्वयुद्वको भयानक समापनसंगै प्रगतिशील सोंचका पुँजीवादीहरु र सुधारवादी सोंचका साम्यवादी समेतले नयाँ चिन्तन सुरु गरे। उनीहरु त्यो विकल्पमा पुगे, जुन नव-उदार पुँजीवादी (वस्तुतः अनुदार पुँजीवादी) को सबै सम्पति निजीकरण र साम्यवादीको राज्यकरण दुवै गलत हो, एक दलीय राजनीतिक प्रणाली पनि गलत हो।
विसं २०१२ मा प्रजातान्त्रिक समाजवादीहरुले जर्मनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरे। जसमा जयप्रकाश नारायण माध्यम नेपालका वीपी कोइराला सहभागी बने। बल्ल वीपीको व्यवस्थित विचार श्रीङ्खलाले मूर्त रुप लियो।
उपरोक्त सैद्वान्तिक निस्कर्षमा उनीहरुले त्यस्तो प्रणाली प्रस्तावित गरे, जहाँ राज्यले तोकेको कर तिर्नेगरी निजी सम्पति राख्न पाइने छ; शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्वमा हुनेगरी आवधिक दलीय निर्वाचन मार्फत चुनिएको सरकारले राज्य संचालन गर्नु पर्छ। जसलाई, प्रजातान्त्रिक समाजवादको सिद्वान्त भनियो।
सन १९५५ तदनुसार विसं २०१२ मा प्रजातान्त्रिक समाजवादीहरुले जर्मनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरे। जसमा जयप्रकाश नारायण माध्यम नेपालका वीपी कोइराला सहभागी बने। बल्ल वीपीको व्यवस्थित विचार श्रीङ्खलाले मूर्त रुप लियो। परिणाममा वीपी कोइरालाले आफ्नो राजनीतिक विचारलाई सुत्रबद्व गरे- राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भनेर। जुन, नेपाली कांग्रेसको सिद्वान्त बन्न पुग्यो।
यसरी नेपाली राजनीतिमा दुई राजनीतिक विचारधारा स्थापित भयो। जसले, नेपाली समाजलाई गणतन्त्रसम्म डोर्याउने सामर्थ्य प्रदर्शन गर्यो।
दुई राजनीतिक कार्यदिशावीच एकीकरणद्वारा नेपाली क्रान्तिको नयाँ संश्लेषण प्रस्ताव
गणतन्त्रयताको वस्तुगत यथार्थता के भने अबोप्रान्त पुष्पलाल र वीपीका विचार-संस्कृति बेग्ला बेग्लैले अग्रगामी संवाहक शक्तिको प्रतिनिधित्व गर्न सक्दैनन्। किनभने, आफुलाई पुष्पलाल र वीपीका अनुयायी बताउने दुवै खेमाका वर्तमान समुह इत्यादिले पुष्पलाल र वीपीले भनेका आदर्श त्याग गरिसकेका छन, नेतृत्वकर्ता समुहको नाम र व्यक्ति फरक हुनु बाहेक ती दुवैको राजनीतिक चरित्र एउटै अथवा दलाल तथा एकलजातीय पुँजीवादी बनिसकेको छ। अन्तिम विश्लेषणमा पुष्पलाल श्रेष्ठ र वीपी कोइराला जस्ता ऐतिहासिक व्यक्तित्वको हुर्मत काढ्ने बद्मासी मात्र भइरहेको छ।
गणतन्त्रसम्म डोर्याउने दुई विचारकप्रति उच्चसम्मान जाहेर गर्दै नेपाली समाजको गुणात्मक परिवर्तन हेतु पुष्पलाल र वीपीका राजनीतिक विचारधारात्मक कार्यदिशावीच सामयिक एकीकरणको शाहस गर्नु पर्दछ।
अत: गणतन्त्रसम्म डोर्याउने दुई विचारकप्रति उच्चसम्मान जाहेर गर्दै नेपाली समाजको गुणात्मक परिवर्तन हेतु पुष्पलाल र वीपीका राजनीतिक विचारधारात्मक कार्यदिशावीच सामयिक एकीकरणको शाहस गर्नु पर्दछ। त्यस अन्तर्गत साम्यवाद या पुँजीवादका दार्शनिक विचारधारा सार्वभौम सवाल हुनेछन भने नेपाली विशिष्टतामा मुख्यतः राष्ट्रियता, जनतन्त्र, जनजीविका र संयुक्त जनआन्दोलन एवं राष्ट्रिय मेलमिलाप, लोकतन्त्र र समाजवादवीच राजनीतिक कार्यदिशा एकीकरण कदम उठान गर्न सक्नु पर्दछ। जुन, नेपाली क्रान्तिको नयाँ संश्लेषण हुनेछ। जसलाई, सार्वभौमस्तरमा "विज्ञान-प्रविधि, समाजवाद र लोकतन्त्र" एवं नेपाली विशिष्टतामा "देशभक्त समाजवादी लोकतन्त्र" भनी संश्लेषण प्रस्ताव गरिएको छ। त्यसमध्ये देशभक्त समाजवादले पाँच जनसमुहवीच एकताको राज्यसत्ता र समाजवादी लोकतन्त्रले पाँच आयामयुक्त शासनव्यवस्था अभिव्यक्त गर्ने सारतत्व स्वयं स्पष्ट छ।
के हो, समाजवादी लोकतन्त्रको कार्यदिशा?
सर्वप्रथम प्रकाश पार्न जरुरी छ, लोकतान्त्रिक समाजवाद (Democratic socialism) र समाजवादी लोकतन्त्र (Socialist democracy) वीच भिन्नता के? लोकतान्त्रिक समाजवादले दलीय राजनीतिक स्वतन्त्रताका आधारमा आर्थिक समानता भनेको थियो भने त्यस विपरीत समाजवादी लोकतन्त्रले राजनीतिक समानताको आधारमा आर्थिक समानता र मानवीय स्वतन्त्रता प्रात्याभूत गर्छ। लोकतान्त्रिक समाजवादको राजकीय विधि दल र उमेदवार व्यक्ति प्राथमिक लोकतन्त्र- दुई आयाममा सीमित छ, जुन पहिलो हुने व्यक्ति जित्ने विशुद्व दलीय-व्यक्तिवादी निर्वाचन प्रणाली हो, जो आज दलाल तथा एकलजातीय पुँजीवादी भ्रष्ट निर्वाचन प्रणालीमा पतीत् छ। समाजवादी लोकतन्त्रको राजकीय विधि दल प्रामिकताका साथ क्रमश: वर्ग प्राथमिकता, लिङग प्राथमिकता, जातजाति प्राथमिकता र उमेदवार व्यक्ति प्राथमिकता- पाँच आयामको लोकतन्त्र हुनेछ। जसलाई, संविधानको समाजवाद उन्मुख राज्य अभ्यास गरिछाड्ने समाजवादी निर्वाचन प्रणाली भनिन्छ।
मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा विकसित नेपाली किसिमको समाजवादका लागि समाजवादी निर्वाचन प्रणाली मार्फत विशेष तीन आयाम थप गरिएको छ। जस अन्तर्गत वर्ग (मजदुर, किसान, पुँजीपति) जनसंख्याको पूर्ण समानुपातमा संघीय प्रतिनिधिसभा सदस्य निर्वाचित गरिन्छ। लिङग (महिला-पुरुष) जनसंख्या र सर्व-जातजातीय जनसंख्याको पूर्ण समानुपातमा संघीय प्रतिनिधिसभा सदस्य निर्वाचित गरिन्छ। जसले, नेपाली समाजको वर्गीय, लैंगिक एवं जातजातीय अन्तर्विरोध एकसाथ हल गर्दछ, राजनीतिक- प्रशासनिक कारणले उत्पन्न भ्रष्टाचार समूल अन्त्य गर्दछ। त्यसको सुखद परिणाम सम्पूर्ण साझेदारीमा स्वाधीन र समृद्व नेपालको महान यात्रा अवश्यमभावी छ।
यही हो, समाजवादी लोकतन्त्रको मूल राजनीतिक अन्तर्वस्तु।
अतिरिक्त दलित, मधेसी-मुस्लिम, जनजाति आदिवासी र खस-आर्यको सामुदायिक चक्रप्रणालीमा देशको कार्यकारी प्रमुख-प्रधानमन्त्री चुन्ने व्यवस्था, सम्बन्धित प्रदेश अन्तर्गतका स्थानीय तह प्रमुख-उपप्रखहरु पदेन सदस्य रहेको प्रदेशसभा र प्रदेशसभाद्वारा निर्वाचित कार्यकारी एवं स्थानीय तह प्रमुखमा लैंगिक चक्रप्रणाली समाजवादी लोकतन्त्रका आधारभूत कार्यक्रम हुन्। त्यस्तै, दुई छिमेकी प्राथमिक अन्तर्निर्भर राष्ट्रिय अर्थतन्त्रद्वारा सुगौली सन्धिदेखि एमसीसीसम्म थोपरिएको पश्चिमा साम्राज्यवाद मुक्त नेपाल स्थापना समाजवादी लोकतन्त्रका अभिन्न अंग हुनेछन।
संविधानको धारा ३ मा व्यक्त बहुजातीय- बहुसाँस्कृतिक नेपालको प्रकृतिमा वास्तविक संघीयता कार्यान्वयन स्वयंशिद्व छ।
व्यवहारिक जीवनमा प्रमाणित छ, हाल गणतन्त्रको दु:खको प्रमुख कारण दलाल तथा एकलजातीय पुँजीवादी भ्रष्ट निर्वाचन प्रणाली हो। अत: त्यसलाई खारेज गरेर समाजवादी लोकतन्त्रको निर्वाचन प्रणाली स्थापनाद्वारा मात्र वास्तविक लोकतन्त्र अभ्यास मार्फत देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनतासहित नेपाली समाजलाई वैज्ञानिक मार्गदर्शन सम्भव छ। यो यसकारण कि समाजवादी लोकतन्त्रले मात्र नेपालमा वर्गीय, लैंगिक एवं सर्व-जातजातीय जनसंख्याको पूर्ण समानुपातमा बहुमतको शासनव्यवस्था स्थापित गर्ने ल्याकत राखिन्छ। उप्रान्त लोकतन्त्र केवल व्यक्तिवादी दलतन्त्र हो। जसको प्रकोपबाट हठात् सम्बन्ध विच्छेद गरेर देश र जनहित रक्षार्थ जुट्नेक्रममा ढिलाई सर्वथा घातक ठहर्छ।
अन्त्यमा, समाजवादी लोकतन्त्रको कार्यदिशा तथा अर्थराजनीतिक कार्यक्रम त्यो कुञ्जी हो, जसको बलमा मात्र नेपालमा समाजवाद सम्भव छ। जसलाई, मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा विकसित नेपाली किसिमको समाजवाद भनिएको छ। अन्यथा लेनिन र माओको जसरी एक दलीय समाजवाद र भनिने तर कहिल्यै नगरिने प्रजातान्त्रिक समाजवाद वस्तुतः काल्पनिक मात्र होइन, पाखण्डी समाजवाद ठहरिएका छन्। जसको मन्त्र जप्ने मानसिकता साँढेको पछि दौडिहिंड्ने हुस्सु स्यालको हविगत बनिरहेकै छ।
(देशभक्त समाजवादी स्कुलका अध्यक्ष गोपाल किरातीद्वारा भदौ २०८२ मा लेखिएको प्रस्तुत आलेख यहाँ प्रकाशित गरिएको छ।)
इजरायलको पराजय र प्यालेस्टिनी स्वायत्तताको पुनर्जन्म
जेनजी आन्दोलन र नवउदारवादको छायाँ: नेपालको संकटको गहिरो कारण के हो ?
भारतीय बैंकहरुले नेपाली निजीक्षेत्रमा लगानी गर्न पाउने भारतीय रिजर्भ बैंकको …
वैश्विक अस्थीरता र अदृश्य शक्तिको चलखेल: चोम्स्कीको ‘हु रुल्स द वर्ल्ड’
सत्ता केन्द्रित संस्कृतिबाट संस्थागत नेतृत्वतर्फको संक्रमण
प्रतिनिधिसभा निर्वाचन २०८२ को राजनीतिक कार्यनीति समाजवादी लोकतान्त्रिक सरकार!
कहाँ चुके नेपालका बामपन्थीहरु ?
प्रतिक्रिया