एउटा घातक विरुवा ‘मुस्कानसहितको मृत्यु’ !
सुकरातलाई यही विरुवाको विष दिएर मारिएको थियो !

मुस्कान भनेको सामान्यतया खुशी, आत्मीयता वा जीवनप्रेमसँग जोडिने कुरा हो। तर कल्पना गर्नुहोस्—एउटा यस्तो विषालु विरुवा जसले मृत्यु अघिका क्षणहरूमा पीडितको अनुहारमा जबरजस्ती मुस्कान ल्याइदिन्छ। यही भयावह प्रभावका कारण “मुस्कानसहितको मृत्यु” (Smiling Death) भन्ने उपनामले चिनिने विरुवाहरुले शताब्दीयौँदेखि मानिसलाई आकर्षण र आतंक दुवैमा बाँधिरहेका छन्।
यस नामसँग प्रायः दुई फरक तर उस्तै खतरनाक विरुवाहरू जोडिएका छन्। एउटा हो ओइनान्थे क्रोकेटा (Oenanthe crocata), जसलाई “हेमलॉक वाटर–ड्रपवर्ट” (Hemlock water-dropwort) भनिन्छ। अर्को हो कोनियम म्याक्युलेटम (Conium maculatum), अर्थात् “प्वाइजन हेमलॉक” (Poison hemlock)। दुबै एपिएसी (Apiaceae) परिवारका सदस्य हुन्, जहाँ गाजर र पार्सली जस्ता स्वादिलो तरकारी पनि पर्छन्। यही मिल्दोजुल्दोपनले कहिलेकाहीँ जीवन र मृत्युबीचको सिमानालाई खतरनाक रूपमा धुमिल बनाइदिन्छ।
यी विरुवामा लुकेको शक्ति तिनका विषहरू हुन्। ओइनान्थे क्रोकेटा (Oenanthe crocata) मा पाइने ओइनान्थोटक्सिन (oenanthotoxin) ले स्नायु प्रणालीलाई तानिदिन्छ र पीडितलाई अकस्मात संकुचनले थिच्छ। फलत: यो विरुवाको विषको कारण मृत्यु वरण गरेका मृतकको अनुहारका मांसपेशी खिचिँदै स्थायी मुस्कानझैँ देखिन्छ । त्यसलाई प्राचीन साहित्यमा “सार्डोनिक स्माइल” (sardonic smile) भनिएको छ। अर्कोतर्फ, कोनियम म्याक्युलेटम (Conium maculatum) मा रहेको कोनाइन (coniine) ले पनि स्नायु संकेतलाई क्रमशः अवरुद्ध गर्छ। शरीर बिस्तारै नचल्ने हुन्छ, तर चेतना लामो समयसम्म जगेर्नै रहन्छ। यही कारणले मृत्यु अझै त्रासदीपूर्ण र नाटकीय बन्छ।
इतिहासमा यी विषहरूको प्रयोग गरेर ज्यान सजाय दिने गरेको पाइन्छ। सबैभन्दा चर्चित उदाहरण भनेको ग्रीक दार्शनिक सुक्रातको मृत्युदण्ड हो। उनलाई राज्यले विषपान गराएर सजाय दिँदा प्रयोग गरिएको पदार्थ यही प्वाइजन हेमलॉक (Poison hemlock) थियो। यसको विषको खतरनाक प्रभावका कारण सुकरात बिस्तारै पक्षघात हुँदै शान्त मुद्रामा मृत्यु अङ्गाल्न पुगेका थिए । त्यस्तै, पुरानो सर्डिनियामा वृद्ध र अशक्तलाई समाजको बोझ ठानी ओइनान्थे क्रोकेटा (Oenanthe crocata) को विषद्वारा मृत्यु दिन्थे भन्ने मिथक प्रचलित छ । के पिन भनिन्छ भने त्यसरी विष दिएका पात्रको अनुहारमा देखापर्ने मृत्यु अघिको त्यो विचित्र मुस्कानलाई उनीहरूले नियतिपूर्ण वा धार्मिक संकेतको रूपमा लिने गर्थे।
आजका दिनमा यी विरुवा बारे धेरै जानकारीहरु उपलब्ध छन्। हरियो पात र फूलले सजिएको देख्दा सामान्य लागे पनि, यसको जराको थोरै भाग मात्र पनि प्राणघातक हुन सक्छ। आधुनिक विज्ञानले यसको विषमाथि अध्ययन गरेर स्नायु रोग, मांसपेशी असन्तुलन वा नयाँ उपचार विधिका लागि उपायहरु खोज्ने कोशिस गरिरहेको छ ।
तस्विर: https://calphotos.berkeley.edu

मानवका जस्तै औंलाछाप हुने जीव कोआला !

संसारकै सबैभन्दा साना बाँदर

सानो माछा, ठूलो आवाज : जब एक सेन्टिमिटरको माछाले हात्तीलाई पनि पछि पार्यो

जनावरलाई पनि मान्छेलाई जस्तै मुद्दा र सजाय !

जब ह्वेलहरू चार खुट्टामा हिँड्थे

प्रेम वियोगमा परेपछि ‘इथानोल’ खाने झिङ्गा

सरगमाथाभन्दा माथिको उचाइमा उड्ने मौरी !

प्रतिक्रिया