अमेरिका-रुस शीर्षवार्ताको भवितव्य

१९९० को आसपासमा सोभियत संघको विघठन, पुर्वी युरोपमा समाजवादको पतन र जर्मनीको पुन:एकीकरणपछि दुनियाँ अर्को बदलावको संघारमा उभिएको थियो । तर यसबिचमा मिसिसिपी र भोल्गामा धेरै नै पानी बगिसकेको छ । प्रमुख शक्ति राष्ट्रहरु बिचको अन्तिम रस्साकस्सी मुख्यरुपमा रुस-युक्रेन युद्धमा अभिव्यक्त भइरहेको छ । कतै तेश्रो विश्वयुद्ध, उसमाथि आम नरसंहार हुने आणविक युद्ध त हुने होइन भन्ने सन्त्रास दुनियाभरमा जागेको बेला हो यो । यो परिप्रेक्ष्यमा आज अलस्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच शीर्षवार्ता हुँदै छ । वार्ताको निस्कष के होला आम खुल्दुली छ । अलिक दिनअघि एक जना पत्रकारले डोनाल्ड ट्रम्पलाई सोद्धछन्, “शुक्रबार हुने तपाईको भेटपछि पनि भ्लादिमिर पुटिनले ( युक्रेनसंगको युद्ध) रोक्न मानेनन् भने रुसले त्यसको परिणाम के भोग्ने छ ?” ट्रम्पले जवाफ दिए, "अँ, भोग्ने छ, गम्भीर परिणाम भोग्ने छ ।”
त्यस्तो अवस्थामा रुसले कस्तो परिणाम भोग्ला ? उसो भए वार्ताको परिणाम के होला ?
स्वयं रुसीहरु भने खासै चिन्तित छैनन् । ट्रम्पलाई राम्रो थाहा छ, पुटिनलाई बलमिचाईं गर्न सकिन्न । रुसलाई धम्कीले काम गर्दैन । ट्रम्पलाई साथ दिने बहुसंख्यक अमेरिकीहरु शान्ति चाहन्छन् तर रुसो फोबियाले गर्दा शान्ति स्थापनाको जटिलता र यथार्थलाई बुझ्नमा त्यहाँ समस्या पनि छ । 'डीप स्टेट' 'डेमोक्र्याट' र 'न्युकोन'का दवाव पनि छन् । ट्रम्पको दु:ख के हो भने उनी रुसलाई राम्ररी बुझ्ने मानिसाको संगतमा छैनन् पनि । तर उनलाई यो असाधारण जटिल राजनीतिक मामिला हो भन्ने, सायद, चेत छ । अन्यथा रुसले गम्भीर परिणाम भोग्ने छ भनेर भनेको अलिक पछि उनले अर्को खुलासा पनि गरेका छन्, "पहिलो वार्तामा कुरो नमिले पछि पुटिन आएर फेरि भन्नेछन्, 'ओहो, होइन, होइन ! हामी फेरि वार्ता सुरु गरौं ! पहिलेको भन्दा दोश्रो वार्ता बढी फलदायी हुने सम्भावना छ । पहिलोमा त हामी कहाँ छौं र के गर्दै छौं भन्ने कुरामामा म दिमाग खियाउँदै थिएँ ।'
पहिलो वार्ता राम्रै भएछ भने तुरुन्तै हामी दोस्रोवार्ता गर्ने छौं । दोस्रो वार्ता राष्ट्रपति , राष्ट्रपति जेलेन्स्कीर मेरो बिचमा, यदि वहाँहरुले पनि मलाई सामेल गर्न चाहनु भएछ भने, हुनेछ । पहिलो वार्तामा नआएको परिणाम निश्चय नै यसमा आउने छ । पहिलो वार्तामा केहि गतिला कुरा हुने छन् । त्यो निश्चय नै महत्वपूर्ण वार्ता हुनेछ । त्यसले वार्ताको टेबल मिलाउने छ ।"
यस्ता वार्तामा प्रकृयागत रुपमा दुवै पक्षका कार्यदलले मस्यौदामा टुङ्गो लगाई सकेको हुन्छ । संयुक्त वक्तव्य तैयार भइसकेको हुन्छ । शीर्ष तहको एक्ला एक्लै भेट वार्तामा अन्तिम रुप दिइन्छ ।
यो वार्तामा दुई जना शक्तिशाली राष्ट्रपति भेट हुनेछन्, उनीहरुले छलफल गर्नेछन् र विषय टुङ्ग्याउने छन् । ट्र्म्पलाई विश्वस्त तुल्याउन पुटिन आफ्नो चातुर्यता प्रदर्शन गर्ने छन् । उनी ‘स्मार्ट’ छन् र समस्याको नाभी उनलाई थाहा छ । रुसको बल त्यो इतिहास हो जसले फ्रान्स र जर्मनीलाई धुलो चटाएको छ । पुटिनलाई यो कुराको राम्रो ज्ञान छ । उनले आफ्नो शासननको विगत २५ वर्षमा दुनियाँका थुप्रै राष्ट्रपतिहरुको ह्याकुलो छामेका पनि छन् । निर्णय प्रणालीको राम्रो संस्थागत विकास पनि गरेका छन् ।
सायद उनी वार्तामा ट्रम्पलाई भन्ने छन्, युद्ध अन्त्य गर्न रुसले फलानो फलानो काम गर्ने छ, उक्रेनले अर्काको बुईं चढेर बढ्ता फुई लगाउनु हुँदैन, धरातलीय यथार्थतालाई स्वीकार्नु पर्दछ र र अरुले पनि उसलाई बोकेर हाम्रो खोइरो खन्ने काम गर्नु हुन्न । उसो हुँदा हामी पनि चैनमा, अरु पनि चैनमा । हामी सबैले चाहेको त्यही होइन र ??! सायद ट्रम्प सुन्ने मोडमा नै हुनेछन् । "लौ उसो भए ठीक छ ।" ट्रम्पले पुटिनलाई अंगालो हाल्ने छन् र जेलेस्कीलाई बोलाएर भन्नेछन्, "लौ कुरो मिल्यो, तिमी पनि आउ मिटिङमा । मिटिङमा सामेल भएर जेलेस्की 'बढी बात' गर्छन्, " कहाँ हुन्छ, म मान्दिनँ ।' अब अर्घेलो कसको हुन्छ र कसले 'गम्भीर दुष्परिणाम भोग्छ ?!' जेलेस्की धरापमा पर्छन् । इतिहासले कोल्टो फेर्ने छ । चालु बहुध्रुवियता अझ सबल बन्ने छ |

सत्ता केन्द्रित संस्कृतिबाट संस्थागत नेतृत्वतर्फको संक्रमण

प्रतिनिधिसभा निर्वाचन २०८२ को राजनीतिक कार्यनीति समाजवादी लोकतान्त्रिक सरकार!

कहाँ चुके नेपालका बामपन्थीहरु ?

डिजिटलाइजेशनको अवसर र पूँजीवादी चुनौती: इम्बोस्ड नम्बर प्लेटको बहस

एरिस्टोटलको ‘पोलिटिक्स’: मानव स्वभाव, न्याय, शासन संरचना र आदर्श राज्यको दार्शन…

अहिलेसम्मका सन्धि वा सम्झौता गर्ने प्रक्रियाका बारेमा सामूहिक रूपले सिंहावलोकन…

शान्तिपूर्ण क्रान्तिको बाटो

प्रतिक्रिया