साङ्लो

तिमी नै देश हो भने
मैले केही सोच्नैपर्छ

 

यस्तो उस्तो देशसँग
मेरो कुनै वास्ता छैन
तिम्रो नक्सा हेरेर भन्छु म


एक प्रारर्धसम्म रहन्छु म

आफ्नो देशमा
यहाँ उभिने मलाई पूरा हक छ
यो कोही खोस्न सक्दैन


म देशको नाममा
कुनै पनि खालको फोहोरी
सम्झौता गर्न सक्दिनँ
मलाई देशको विषयमा
राम्ररी थाहा छ

 म यही देशको
एक कवि हुँ


मलाई मार
अथवा जेसुकै गर
यति भन्नुपर्छ मैले
देश कुनै दासता
कुनै खेल
कुनै षड्यन्त्र होइन
यस्तो भ्रम बन्द गर


तिमी देश भइसकेछौ
ओ घिनलाग्दो
र चिसो चिसो पाषाणकालीन
साङ्लो ।
अब म यही सडकबाट

घोषणा गर्छु
म देशभक्त होइन