बाघ

एकदिन नातिले

बाजेसँग सोध्नेछ -

बाजे, बाघ भनेको कस्तो हुन्छ

मान्छे जस्तो हुन्छ कि

मान्छेभन्दा भयानकको हुन्छ

बाजे असमञ्जसमा

आफ्नो बूढो कपाल कन्याउने छ

अनि भन्ने छ -

बाबु, बाघ मान्छेभन्दा भयानक हुन्थ्यो

तर अहिले मान्छे बाघभन्दा भयानक भएको छ

त्यसैले तिमी छौ/म छु

तर बाघ छैन ।

स्रोत: http://kavitakosh.org