र्‍यालले घाउ निको पार्ने काम पनि गर्छ !

धेरैलाई लाग्न सक्छ– मानिसको मुखमा  मानिसको मुखबाट निस्कने र्‍याल (saliva) को काम खाना पचाउने मात्र हो । तर वास्तवमा र्‍याल पाचनको सुरुआती प्रक्रिया सुरु गर्ने तरल मात्र होइन । यो विभिन्न जैविक यौगिकहरू (biological compounds) को स्रोत पनि हो, जसले मानव शरीरमा प्रतिरक्षा प्रणाली (immune system) सुदृढ गर्नेदेखि लिएर घाउ निको पार्नेसम्मको काम गर्दछ। पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले र्‍यालभित्र पाइने ‘हिस्टाटिन’ (Histatin : हिस्टिडिन) नामक अमिनो एसिडबाट बनेको एक प्रकारको सानो प्रोटीन अणुn] घाउ छिटो निको पार्ने क्षमता राख्दछ भन्ने कुरालाई प्रमाणित गरेका छन्।

हिस्टाटिन मूलतः ‘हिस्टिडिन’ (Histidine)  एक प्रकारको आवश्यक अमिनो एसिडबाट बनेको हुन्छ । यो सानातिना ‘पेपटाइड’ (Peptides) हरू हुन्, जुन मानवको थुकमा प्राकृतिक रूपमा स्रावित हुन्छन्। पेपटाइड भनेको दुई वा दुईभन्दा बढी अमिनो एसिडहरू मिलेर बनेका प्रोटीनका उपएकाइहरू हुन् । वैज्ञानिकहरूले अहिलेसम्म हिस्टाटिनका थुप्रै रूपहरू पहिचान गरिसकेका छन्, जसमध्ये ‘हिस्टाटिन-१’ (Histatin-1), ‘हिस्टाटिन-२’ (Histatin-2) र ‘हिस्टाटिन-५’ (Histatin-5) मुख्य रूपमा घाउ उपचारसँग सम्बन्धित छन्।

हिस्टाटिनहरूले मुखभित्रका सामान्य स-साना घाउहरू स्वाभाविक रूपमा छिटो निको पार्न भूमिका खेल्ने मात्र होइनन्, यी प्रोटीनहरूको सहयोगमा प्रयोगशालामा समेत कोषहरु (tissue) पुनःनिर्माण गर्न मद्दत पुगेको देखिएको छ। विशेष गरी हिस्टाटिन-१ ले कोषहरूको एक स्थानबाट अर्को स्थानतिर सर्ने प्रक्रिया ‘सेल माइग्रेशन’ (Cell Migration) र छालाको पातलो तह फेरि जुराउने प्रक्रिया ‘एपिथेलियल क्लोजर’ (Epithelial Closure) लाई बढाउने देखिएको छ। यसले घाउको सतह पुनः बन्द गर्न मद्दत पुर्‍याउँछ।

अर्कोतर्फ, हिस्टाटिनले शरीरभित्र घाउ निको पार्न आवश्यक नयाँ रक्तनलीहरूको विकास अर्थात् नयाँ ‘रक्तनली निर्माण’ (Angiogenesis) गर्ने प्रक्रिया पनि सक्रिय पार्दछ। वैज्ञानिकहरूले हिस्टाटिनको प्रयोग गर्दा रगत बोकेको ‘एन्डोथेलियल सेल’ (Endothelial Cell) हरू सक्रिय भएर नयाँ रक्तनली तिर सर्ने, फैलिने र फेरि जालो बनाउने प्रक्रिया देखाएका छन् । हेक्का रहोस्, यो प्रक्रिया जुन घाउ निको पार्न अत्यन्तै आवश्यक हुन्छ।

त्यसैगरी, हिस्टाटिनले शरीरको ‘प्रतिरक्षात्मक प्रतिक्रिया’ (Inflammation) लाई पनि सन्तुलनमा राख्न सघाउँछ। उदाहरणका लागि, हिस्टाटिन-१ ले सूजन बढाउने संकेत संकेतप्रद हार्मोनहरू ‘प्रो-इन्फ्लेमेटोरी साइटोकाइन’ (Pro-inflammatory Cytokines) को मात्रा घटाउने र यसको सट्टामा शरीरको मर्मत गर्ने प्रकारका श्वेत रक्तकोषहरू ‘एन्टि-इन्फ्लेमेटोरी म्याक्रोफेज’ (Anti-inflammatory Macrophages) को सक्रियता बढाउने काम गर्छ। यसरी हिस्टाटिनले घाउमा हुने सूजन कम गरेर उपचारमा सघाउ पुर्‍याउँछ।

यसबाहेक, हिस्टाटिनहरूमा ब्याक्टेरिया मार्ने (Antibacterial)  र ‘फङ्गसको वृद्धि रोक्ने’ (Antifungal) गुणहरू पनि हुन्छन्। यसका कारण घाउमा हुने सम्भावित संक्रमणहरू रोक्न पनि र्‍याल उपयोगी हुने कुरा स्थापित हुन्छ।

एकातिर, र्‍याल प्राकृतिक रूपमा शरीरले उत्पादन गर्ने, सस्तो र सहज उपलब्ध जैविक स्रोत भएकाले यसको उपचारात्मक प्रयोगमा चासो बढ्दो छ। अर्कातिर, वैज्ञानिकहरूले हिस्टाटिनलाई प्रयोगशालामा कृत्रिम रूपमा संश्लेषण गरी, औषधिको रूपमा प्रयोग गर्ने सम्भावनाहरू पनि खोजिरहेका छन् । विशेष गरी दीर्घकालीन घाउ (chronic wounds), जलन (burns) र छालामा भएको गहिरो चोटको उपचारका लागि यो कत्तिको उपयोगी हुन सक्छ भन्नेबारे अनुसन्धानहरु भइरहेका छन् ।।

यसरी हेर्दा, र्‍यालले घाउ चोटपटकहरु निको पार्न सक्छ भन्ने कुरा प्रचलित जनविश्वास मात्र नभई वैज्ञानिक प्रमाणहरूले नै पनि पुष्टि भएको यथार्थ हो। प्राकृतिक हिस्टाटिन मानव शरीरमा कोषीय गतिशीलता, रक्तप्रवाह पुनर्निर्माण, संक्रमण नियन्त्रण, सूजन नियमन र ऊतक पुनःनिर्माणजस्ता जटिल जैविक प्रक्रियाहरूमा एकसाथ भूमिका खेल्दछ।

यसरी हेर्दा र्‍यालमा भएको हिस्टाटिन प्रोटीन मौखिक स्वच्छता वा पाचनसँग मात्र सम्बन्धित होइन, शरीरमा भित्रभित्रै भएका मर्मत प्रक्रिया र घाउ निको पार्ने प्रणालीमा पनि अत्यन्तै महत्वपूर्ण जैविक यौगिक हुन सक्ने कुरा वैज्ञानिक रुपमा नै पनि सत्य हो ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।