वी. एस. अच्युतानंदन: एक अथक योद्धा

मैले पहिलो पटक वी.एस. (वी.एस. अच्युतानन्दन) को फोटो देखेको वा उनको छवि सचेत रूपमा बुझेको क्षण इन्डिया टुडे मलयालम पत्रिकामा थियो। म त्यो बेला हाई स्कूलमा अध्ययनरत थिएँ। मेरा बुवा ट्रेड युनियनिस्ट हुनुहुन्थ्यो, उहाँ इन्डिया टुडे र केरलाशब्दम (Keralasabdam) नियमित रूपमा पढ्नुहुन्थ्यो। त्यो पत्रिकामा मैले एउटा मानिसलाई देखेँ — लुंगी र बाहुला नभएको गन्जी लगाएका, अनुहारमा उमेरभन्दा केही गहिरो भाव बोकेको आभास दिने। मैले बुवासँग सोधेँ, "उनी को हुन्?" बुवाले जवाफ दिनुभयो, “सखावु (कमरेड) वी.एस. अच्युतानन्दन।”
केही वामपन्थीहरूले वी.एस.लाई जसरी गाली गरेका थिए, त्यो देखेर म अचम्ममा परेँ। ती ब्लग पोस्टहरू व्यक्तिगत आक्षेप, गालीगलौज र तुच्छ शब्दहरूले भरिएका हुन्थे।
वी.एस.लाई मैले पहिलो पटक प्रत्यक्ष भेटेको समय सन् २००५ को अन्त्यतिर वा २००६ को सुरुतिर थियो, दिल्लीस्थित केरला हाउसमा। त्यो बेला वी.एस. अत्यन्त लोकप्रिय थिए। तर त्यही समय उनी बामपन्थीहरू भित्रै र बाहिरबाट तीव्र आलोचनाको शिकार पनि बनिरहेका थिए। प्रारम्भिक मलयालम ब्लगहरूमा केही वामपन्थीहरूले वी.एस.लाई जसरी गाली गरेका थिए, त्यो देखेर म अचम्ममा परेँ। ती ब्लग पोस्टहरू व्यक्तिगत आक्षेप, गालीगलौज र तुच्छ शब्दहरूले भरिएका हुन्थे। के.ई.एन. (KEN) ले Mathrubhumi मा लेखिएको एक लेखमा उनलाई नाम नलिएर “आलोचना भन्दा परको देव पुरुष” भनेका थिए। पार्टीभित्र वी.एस. एक धारको नेताका रूपमा चिनिन्थे। उनको राजनीति गर्ने शैली र अडिग अडानहरू, जसले उनलाई केरलको राजनीतिमा मेरु पर्वतसरह बनायो, अक्सर भित्री स्तरमै प्रतिरोधको सामना गरिरहन्थे। (यसबारे अझ धेरै लेख्न बाँकी छ — म अरु दिनका लागि बचाइरहेको छु।)
मैले उनलाई जवाहरलाल नेहरू विश्वविद्यालय (JNU) मा कार्यक्रमका लागि निमन्त्रणा दिन गएको थिएँ। त्यो बिहानको समय थियो। हामी केरला हाउस पुग्दा वी.एस. पोलो टिसर्ट र लुंगी लगाएर हिँडिरहेका थिए। म उनको सचिवसँग पहिले नै सम्पर्कमा थिएँ। हामी बसिसकेपछि उनले सोधे — “तपाईंहरू SFI (सिपिएमको विद्यार्थी संगठन) का हौ?” मैले भनें, “हामी SFI हौं, तर यो कार्यक्रम SFI द्वारा आयोजित भने होइन।” उनले आउन सहमति जनाए, तर SFI नेतृत्वलाई जानकारी गराउन भने (जुन हामीले पहिले नै गरिसकेका थियौं)।
जेएनयूमा उनले केरल मोडलको विकासलाई अर्को चरणमा लैजाने कुरा गरे, जसमा पुनः एक पटक भूमि सुधार, सहकारी समूहहरूको सुदृढीकरण, कल्याणकारी राज्यको विस्तार, वातावरण संरक्षण, र केरल समाजका सबैभन्दा कमजोर वर्गहरूको सुरक्षामा जोड दिइएको थियो।
केरलको राजनीतिमा नाटकीय उतारचढावहरूबीच त्यसको केही महिनापछि वी.एस. केरल राज्यका ११औं मुख्यमन्त्री बन्न पुगे। त्यसपछि मैले उनलाई केही पटक फेरि भेटें, धेरैजसो दिल्लीमै। कहिलेकाहीँ उनले राज्य र राष्ट्रिय राजनीतिबारे लामो कुरा गर्थे, कहिलेकाहीँ त मुश्किलले केही बोलेरै चुप लाग्थे।
उनले मलाई लगातार रूपमा हेरे, मानौँ मलाई गहिरो रूपमा पढिरहेका छन्। अनि सोधे: “मैले किन पार्टी छोड्नु? यो त मेरो पार्टी हो। हामीले नै त यसलाई स्थापना गरेका हौं। यदि अरू कोही छोड्न चाहन्छन् भने छोडून्।”
एक पटक म उनलाई भेट्न गएको थिएँ — सायद २०१२ तिर, टी.पी. चन्द्रशेखरन (केरालामा सिपिएमबाट विद्रोह गरेर बनेको क्रान्तिकारी मार्क्सवादी पार्टीका प्रमुख नेता) को हत्या भएको केही समयपछि। मैले उहाँसँग सोधेँ — “के तपाईं पार्टी छोड्नुहुन्छ?” म प्रसेनजित बोससँगै केरला हाउस गएको थिएँ, जो वी.एस.लाई भेट्न चाहन्थे। मैले नै त्यो भेटघाट मिलाएको थिएँ, र मलाई पनि सँगै आउन भनिएको थियो। बोस गएको केही बेरपछि म केही मिनेट त्यहाँ बसेँ। त्यही मौका थियो, जब मैले त्यो असहज प्रश्न सोधेँ। उनले मलाई लगातार रूपमा हेरे, मानौँ मलाई गहिरो रूपमा पढिरहेका छन्। अनि सोधे: “मैले किन पार्टी छोड्नु? यो त मेरो पार्टी हो। हामीले नै त यसलाई स्थापना गरेका हौं। यदि अरू कोही छोड्न चाहन्छन् भने छोडून्।” त्यस क्षण मैले महसुस गरेँ — वी.एस.का बारेमा मुख्यधारको मलयालम मिडियाको धारणा कति गलत रहेछ।
उनी ती ३२ जना कमरेडहरू मध्येका एक थिए, जसले सन् १९६४ को अप्रिलमा भारतीय कम्युनिस्ट पार्टी (CPI) को राष्ट्रिय परिषदबाट नेतृत्वको प्रतिकम्युनिस्ट नीतिविरुद्ध विद्रोह गर्दै बाहिरिए — र त्यसै आन्दोलनले अन्ततः मार्क्सवादी कम्युनिस्ट पार्टी (CPIM) को स्थापना गर्यो।
कहिलेकाहीँ वी.एस. ले मलाई दोस्तोवस्कीको सम्झना दिलाउँथे। दोस्तोवस्कीका लागि जीवन एउटा अनवरत संघर्ष थियो — जो अन्तिम पलमा जारको फायरिङ स्क्वाडबाट चमत्कारिक रूपमा मृत्युको मुखबाट जिउँदै फर्किएका थिए। उनले असफलताहरू माझ नै उन्नति गरे। तपाईं दोस्तोवस्कीलाई नष्ट गर्न सक्नुहुन्न, किनकि असफलता त उनका लागि सिँढी थियो। पीडा नै उनको इन्धन थियो। उनले दुःखलाई शक्तिमा रूपान्तरण गरे।
कहिलेकाहीँ वी.एस. ले मलाई दोस्तोवस्कीको सम्झना दिलाउँथे। दोस्तोवस्कीका लागि जीवन एउटा अनवरत संघर्ष थियो — जो अन्तिम पलमा जारको फायरिङ स्क्वाडबाट चमत्कारिक रूपमा मृत्युको मुखबाट जिउँदै फर्किएका थिए।
वी.एस. ले पनि त्यस्तै गरे। उनले अन्तिम साससम्म आफ्नो व्यक्तिगत संघर्षलाई त्यो वर्गको संघर्षमा परिणत गरे, जसको उनले प्रतिनिधित्व गर्थे। यही कुराले उनलाई केरलाले देखेकोमध्ये सबैभन्दा महान आत्मा बनाउँछ।
उनको जीवन स्वयंमा केरलाको आधुनिक राजनीतिक इतिहास हो।
अलविदा, कमरेड!
Image: https://etvbharatimages.akamaized.net/etvbharat/prod-images/30-06-2025/1200-675-24490234-204-24490234-1751290591371.jpg

नेपाली जनआन्दोलन एक समीक्षा

ट्रोत्स्कीको 'स्थायी क्रान्ति' बारे एक विमर्श

मार्क्सको आर्थिक अस्त्र 'पूँजी' - एक विश्लेषणात्मक अध्ययन

इरान र इजरायलबीच किन चर्किँदैछ युद्ध ? इतिहासले के भन्छ ?

थोमस संकराको पदचाप पछ्याउदै कप्तान इब्राहिम ट्राओरे

एनभर होक्सालाई सम्झिँदा

अफ्रिकाको क्युबा- इरिट्रिया

प्रतिक्रिया