क्रान्तिकारी आन्दोलनमाथिको भयानक दमन र क्षति:  के भविष्य सकिएको हो ?

अहिलेसम्म हिँडिएको बाटो वा अपनाइएको रणनीति पुनर्विचार गर्नुपर्ने समय आएको हो? : अजित

अजित नामले चिनिएका र चर्चित मुरली कन्नम्पिल्ली भारतको राज्यसत्ताबाट सर्वाधिक तारो बनाइएका माओवादी नेता हुन् । उनी सन् १९५८–६१ सम्म चीनस्थिति भारतीय दूतावासमा काउन्सिलर रहेका राजनयिक कन्नम्पिल्ली करुणाकार मेननका छोरा हुन् । उनी कोझिकोडमा इन्जिनियरिङ अध्ययन गर्दा गर्दै  वामपन्थी गतिविधिहरूमा संलग्न भएका थिए ।

१९७९ मा बनेको भाकपा माले सेंट्रल रिअर्गेनाइजेशन कमिटीका सचिव बनेका अजित  २०१४ मा भाकपा (माओवादी) सँग एकतापछि उक्त पार्टीमा पनि सचिव बनेका थिए । भारतीय माओवादीहरुका प्रमुख विचारकका रुपमा चर्चित अजित विश्वभरिका माओवादीहरुको अन्तर्राष्ट्रिय संगठनका संस्थापकहरुमध्येका एक मानिन्छ । उनकै विशेष पहल र मध्यस्थतामा २०४० को दशकको शुरुवाततिर नेपालका तत्कालीन प्रभावशाली माओवादी पार्टी नेकपा मशाललगायतका पार्टीहरु रिमको सदस्य बनेका थिए । त्यसबेला सन्नी उपनामले चिनिने अजित त्यतिखेर एशियामा छरिएर रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई रिमको सदस्य बनाउने अभियानमा विशेष रुपले लागिपरेका थिए । उनी रिमको प्रकाशन ‘अ वर्ल्ड टु विन’ तथा भारतीय माओवादीहरुले प्रकाशित गर्ने ‘पिपुल्स मार्च’का सम्पादक समेत रहिसकेका छन् ।

भारतमा भूमिगत राजनीति गर्दै आएका अजित चार दशक भूमिगत जीवनकालपछि २०१५ मा भारतको महाराष्ट्रको पुणे शहर नजिकको सानो बजारमा पक्राउ परेका थिए । प्रातकालीन भ्रमणमा निस्केका एक व्यक्तिलाई भारतको आतंकवादविरोधी दस्ताको ठूलो डफ्फाले उनलाई पक्राउ गरेको थियो । भारतीय सत्ताले उनको गिरफ्तारीलाई ठूलै उपलब्धिको रुपमा चर्चा गरेर उनको तस्विर सार्वजनिक गर्दा मात्रै मानिसहरुले थाहा पाए कि चर्चित माओवादी नेता तथा सिद्धान्तकार पक्राउ परेका छन् । जेलमा उनीमाथि राज्यले गरेको दुर्व्यवहारको घटना सार्वजनिक भएपछि उनी निक्कै चर्चित बने । खासगरी, जेलमा उनलाई चिकित्सा सुविधा नदिइएको कुराले निक्कै हङ्गामा खडा भयो । नोआम चोम्स्की लगायत विश्वभरिका बौद्धिकहरूले समेत उनका बारेमा चिन्ता र चासो व्यक्त गरेपछि तथा उनका रिहाइका लागि चर्को जनदवाब सिर्जना भएपछि सन् २०१९ मा उनी छुटेका थिए ।

जेलबाट छुटेपछि उनी मानव अधिकार आन्दोलनसँग सक्रिय रूपमा जोडिएका छन्।

भारतीय प्रतिरोधी आन्दोलनहरु, विशेषगरी, माओवादीहरुलाई सखाप पार्ने घोषित लक्ष्यका साथ भारत सरकारले भीषण दमनचक्र चलाइरहेको पृष्ठभूमिमा उनका प्रस्तुत विचारहरु निक्कै प्रासङ्गिक र मननीय छ ।

दायित्वबोध

०००

आजको क्रान्तिकारी आन्दोलनले अत्यधिक दमन भोगिरहेको छ। आन्दोलनले ठूलो क्षति बेहोरेको छ, र अब प्रश्न उठ्छ – के अहिलेसम्म हिँडिएको बाटो वा अपनाइएको रणनीति पुनर्विचार गर्नुपर्ने समय आएको हो?

यसमा जानु अघि म केही पुराना स्मृतिहरू साझा गर्न चाहन्छु – जब हामी विद्यार्थी जीवनमा पहिलोपटक आन्दोलनमा जोडियौं। त्यो सन् १९७० को सुरुको दशकतिरको कुरा हो। हामीसँग त्यो बेला थियो त केवल सीपीएमको संशोधनवादी धारप्रति वितृष्णा र क्रान्तिकारी आन्दोलनसँग जोडिन चाहने तीव्र इच्छा। हामी जनताको काममा केही भूमिका खेल्न चाहन्थ्यौं, देशको काममा केही उपयोगी बन्न चाहन्थ्यौं।

तर हामीसँग न त कुनै वैचारिक स्पष्टता थियो, न त कुनै संगठनसँग सम्पर्क। केवल इच्छा थियो, र केही विचित्र धारणाहरू थिए – जस्तै ‘नक्सलवादीहरू त जंगलमा हुन्छन्।’

हामीमध्ये केही पूर्वी केरला तिरको एउटा कलेजमा पढ्थ्यौं। हामी बिहान सबेरै हिँड्न निस्कन्थ्यौं, माइलौं माइल हिँड्थ्यौं, पहाडी क्षेत्र, जंगल क्षेत्रतिर जान्थ्यौं, अनि त्यहाँ वरिपरि घुम्थ्यौं – यस्तो आशामा कि कुनै दिन कतैबाट कुनै नक्सलवादी दस्तासँग भेट होला र हामी उनीहरूसँग जोडिन सकौं।

हामीलाई केरला भित्रको पार्टीसँग पहिलोपटक सम्पर्क गर्न झण्डै एक वर्ष लाग्यो। त्यसपछि हामी पार्टीका गतिविधिमा सहभागी हुन थाल्यौं। सङ्कटकालको समयमा हामी गिरफ्तार भयौं। सङ्कटकाल हटेपछि र मुद्दाबाट हामी रिहा भएपछि, एउटा घटना म अझै सम्झन्छु – म एक दिन सडकमा हिँडिरहेको थिएँ, र मेरो एक सहपाठी स्कूटरमा मेरो विपरीत दिशाबाट आइरहेको थियो।उसले मलाई देख्नेबित्तिकै स्कूटर रोक्यो, घुमायो र उल्टै दिशातिर भाग्यो। त्यो थियो ७० को दशकको अवस्था। तर अहिलेको अवस्था त्यस्तो छैन।

आजको यो अत्यधिक दमन र आन्दोलनले भोगिरहेको गम्भीर क्षतिको बाबजुद, अनि कांग्रेसभन्दा फरक किसिमको आजको संगठित शत्रु छ, आरएसएस र यसको फासिवादी विस्तारको बाबजुद पनि – क्रान्तिकारी आन्दोलन एक्लिएको छैन। अझ धेरै युवा यो आन्दोलनतिर आकर्षित भइरहेका छन्।

हालै म तमिलनाडुबाट आएका एक कमरेडसँग भेटेँ। उनले मलाई भने – क्रान्तिकारी आन्दोलनको उपस्थिति खासै नरहेको  तमिलनाडुको विभिन्न जिल्लाहरूमा पछिल्लो एक महिनाभित्र सीपीआई, सीपीएम, वीसीके जस्ता दलहरूले ‘अपरेशन कागर’को विरुद्धमा सक्रिय अभियान चलाइरहेका छन्। तिनीहरूले सरकारलाई अपरेशन रोक्न र युद्धविरामका लागि वार्ता सुरु गर्न माग गरिरहेका छन्।

यो कुरा तमिलनाडुमै सीमित छैन। केरला पनि त्यही प्रवृत्तिमा देखिएको छ। सामान्यतया जब हाम्रो पार्टी केही कार्यक्रम गर्छ, अन्य दलहरू त्यसबाट टाढा रहन्छन्। तर यसपटक जब अपरेशन कागरको विरुद्ध कार्यक्रम भयो र युद्धविरामको माग उठाइयो, त्यहाँ छत्तीसगढबाट बेला बती आएर त्यहाँको अवस्था सुनाइन्।

अहिलेको अवस्था ७० को दशकको जस्तो छैन। त्यो बेला हामीले गम्भीर दमन भोग्यौं। केन्द्रिय समितिको आधाभन्दा बढी सदस्यहरू गुमायौं।

त्यस कार्यक्रममा धेरै पार्टीहरूले सम्पर्क गरे, सहभागी भए, र समर्थनको घोषणा गरे। साथै, आगामी दिनमा यस्ता कार्यक्रमलाई अघि बढाइयो भने उनीहरू पूर्ण रूपमा संलग्न हुने प्रतिबद्धता पनि जनाए।

त्यसैले म यही भन्न खोजिरहेको छु – अहिलेको अवस्था ७० को दशकको जस्तो छैन। त्यो बेला हामीले गम्भीर दमन भोग्यौं। केन्द्रिय समितिको आधाभन्दा बढी सदस्यहरू गुमायौं। क्रान्तिको पक्ष लिएकाहरूलाई मारियो, हत्या गरियो – सचिव कमरेड चारु मजुमदार समेतको हत्या गरियो । 

यस्तै अवस्था एमसीसीसँग पनि भयो। क्रान्तिकारी बाटोलाई अँगालेर अघि बढ्न खोजेका संगठनहरूलाई दमन गरियो। तर कानु सन्याल, सत्यनारायण सिंह लगायतका आत्मसमर्पण गरेका व्यक्तिहरुलाई शत्रुले ‘नायक’ बनायो। उनीहरूलाई देशभर घुमाएर थुनामा रहेका अरूलाई सम्झाउन खोजियो – ‘हतियारको बाटो त्याग, आत्मसमर्पण गर।’

आज हामी जुन कठिनाइ भोगिरहेका छौं, जुन पीडादायक अवस्थाबाट गुज्रिरहेका छौं, जुन ठूला क्षति सहनुपरेको छ – यस्ता अवस्थाहरूका बाबजुद पनि आज हाम्रो देशमा मात्र होइन, संसारभर नै क्रान्तिको बाटोका लागि परिस्थिति अनुकूल छन् ।

हामी कारागारमा हुँदा, गान्धी पीस फाउन्डेसनका केही व्यक्तिहरू आएका थिए। उनीहरूले भने – "तपाईंहरूले हस्ताक्षर गरेर ‘म अब सशस्त्र संघर्षको बाटो छाड्छु’ भन्नुभयो भने  तुरुन्त रिहा हुनुहुनेछ।” हस्ताक्षर गर्न नमान्नेहरु अझै जेलमा बसे। जसले गरे, उनीहरूलाई छोडियो।

तर अहिले अवस्था त्यस्तो छैन – म यही भन्न खोजिरहेको छु। त्यसैले अहिलेको अवस्था बुझ्न हामीले एक व्यापक ऐतिहासिक परिप्रेक्ष्य राख्नैपर्छ। आज हामी जुन कठिनाइ भोगिरहेका छौं, जुन पीडादायक अवस्थाबाट गुज्रिरहेका छौं, जुन ठूला क्षति सहनुपरेको छ – यस्ता अवस्थाहरूका बाबजुद पनि आज हाम्रो देशमा मात्र होइन, संसारभर नै क्रान्तिको बाटोका लागि परिस्थिति अनुकूल छन् ।

यसको अर्थ अहिले केही सोच्ने कुरा छैन भन्ने होइन। पुरानै तरिकाले जस्ताको तस्तै अगाडि बढ्यौं भने सबै ठीकै हुन्छ भन्ने अन्धविश्वास पनि होइन। यो हालको परिस्थिति भित्र रहेको सम्भावनाको एउटा यथार्थपरक मूल्याङ्कन हो ।

हामीलाई राम्रोसँग थाहा छ – जुनसुकै क्रान्तिकारी आन्दोलन जसले आफ्ना सिद्धान्त र उद्देश्यसँग प्रतिबद्ध रहन खोज्छ, उसले बारम्बार कठोर दमन भोग्नु परेको छ। यो केवल हाम्रो देशमा होइन, संसारभरका आन्दोलनहरूको अनुभव हो।

जब यस्तो गम्भीर दमन हुन्छ, तब हरेकपटक एउटा प्रश्न उठ्छ – के रणनीति अपनाउने? कुन बाटोबाट अगाडि बढ्ने?

हाम्रो देशमा, विशेषतः तेलंगाना–आन्ध्रको क्षेत्रमा, यसबारेका दुई ठूला अनुभव छन्।

पहिलो– तेलंगाना सशस्त्र संघर्षको पूर्ण रूपमै फिर्ता। दोस्रो– सन् ७० को दशकमा, आपतकाल हटेपछि केही समय सशस्त्र संघर्षलाई स्थगित गर्ने निर्णय।

पहिलो निर्णयले पूर्ण आत्मसमर्पणको बाटो खोल्यो। हजारौं कमरेडहरू जेलमा परे, अनि कति मारिए– त्यसको सही तथ्याङ्क नै छैन। नेहरू सरकारद्वारा ५० जना कमरेडमाथि मृत्युदण्डको फैसला गरियो, यद्यपि त्यसबेलाका संशोधनवादी नेताहरू र कांग्रेस सरकारबीच ‘जेन्टलमेन सम्झौता’ थियो। अन्ततः जनआन्दोलनकै कारण ती कमरेडहरू मृत्युदण्डबाट मुक्त हुन सके।

त्यो अनुभव यस्तो थियो– जब सन् १९५१ मा सशस्त्र संघर्ष फिर्ता लिइयो, एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्वले आफ्ना कार्यकर्ताहरूलाई भनेको थियो – "यो त केवल दमन पार गर्नका लागि अस्थायी रणनीति हो। पछि संगठित भएपछि हामी फेरि संघर्ष सुरु गर्छौं।”

तर हामीलाई थाहा छ, त्यो भएको छैन। एक–एक गर्दै पार्टी संसदवादी धारमा गयो, र अन्ततः सशस्त्र संघर्षको बाटोलाई नै परित्याग गर्‍यो।

यति मात्र होइन – म व्यक्तिगत रूपमा एउटा यस्तो व्यक्तिलाई चिन्छु, जो दोस्रो विश्वयुद्धको बेलामा वायुसेनामा थिए। उनी एउटा कम्युनिस्ट सेलका सदस्य थिए। त्यो बेला भारतभर, वायुसेना, नौसेना र थलसेनामा कम्युनिस्ट सेलहरू बनेका थिए। केही ठाउँमा त ब्रिटिश कमाण्डरहरूविरुद्ध बगावत पनि भयो, र त्यस्ता बगावतहरूमा यही सेलका सदस्यहरू अगुवा थिए।

अर्को अनुभव हामीसँग ७० को दशकको पनि छ, जहाँ रणनीति के कस्तो हुनुपर्ने भन्ने विषयमा केही मतभेद त भए होलान्, तर त्यसले आत्मसमर्पणतर्फ होइन, एक नयाँ ढंगले आन्दोलन निर्माण गर्ने दिशातर्फ बाटो खोल्यो।

तर यो पूरा सञ्जाल पार्टी नेतृत्वद्वारा कांग्रेस सरकारलाई सुम्पियो। सबैलाई गिरफ्तार गरियो, अनि उनीहरूलाई तीनमूर्ति भवनको पछाडिका ब्यारेकहरूमा राखियो – जहाँ त्यतिखेरका प्रधानमन्त्री नेहरू बस्दै थिए। त्यो भवन पहिले बेलायती सेनाका कमाण्डर–इन–चिफको निवास थियो।

अनि त्यो दमनको विरुद्ध प्रयोग गरिने कथित रणनीतिको एउटा अनुभव रह्यो । त्यसपछि अर्को अनुभव हामीसँग ७० को दशकको पनि छ, जहाँ रणनीति के कस्तो हुनुपर्ने भन्ने विषयमा केही मतभेद त भए होलान्, तर त्यसले आत्मसमर्पणतर्फ होइन, एक नयाँ ढंगले आन्दोलन निर्माण गर्ने दिशातर्फ बाटो खोल्यो।

यो नयाँ ढंग भनेको व्यापक रूपमा संगठित रूपमै अघि बढ्ने तरिका थियो – जस्तै आरएसयू (RSU) र युवा संगठनहरू, किसान सभाहरूको निर्माण, गाउँगाउँमा फैलिएको ठूला आन्दोलनहरू, जसले पछि गएर स्क्वाडहरू (सशस्त्र दस्ताहरू) को निर्माणमा टेवा पुर्‍यायो। र आज दण्डकारण्य क्षेत्रमा चलिरहेको संघर्ष पनि अन्ततः त्यसैको निरन्तरता हो।

जहाँ रणनीति “दमनको सामना गर्ने उपाय”को रूपमा प्रस्तुत हुन्छ, त्यसले अन्ततः आत्मसमर्पणमा पुर्‍याउँछ। अर्कोतर्फ, त्यही रणनीति सही दिशामा प्रयोग भयो भने आन्दोलनको पुनर्जागरण ल्याउँछ।

त्यस्तै, पश्चिम बंगालमा पनि यस्तै प्रक्रिया देखियो, जहाँ एमसीसी र पछि पार्टी युनिटीले पनि अग्रसरता लिए। यसले पनि निकै ठूलो जनआन्दोलनहरू जन्मायो, जसले त्यस क्षेत्रमा संघर्षको नयाँ चरणको विकास गर्‍यो।

त्यसैले, हामीसँग दुइटा उदाहरण छन्। एक, जहाँ रणनीति “दमनको सामना गर्ने उपाय”को रूपमा प्रस्तुत हुन्छ, त्यसले अन्ततः आत्मसमर्पणमा पुर्‍याउँछ। अर्कोतर्फ, त्यही रणनीति सही दिशामा प्रयोग भयो भने आन्दोलनको पुनर्जागरण ल्याउँछ।

त्यसैले यहाँ सबभन्दा महत्वपूर्ण कुरा भनेको – सही रणनीति भनेको के हो? – भन्ने हो। रणनीति त्यतिबेला मात्रै सफल हुन्छ जब त्यो दमनको प्रतिरोध गर्दै आन्दोलनलाई अझ व्यापक र बलियो बनाउने दिशामा प्रयोग गरिन्छ, अनि त्यो रणनीति देशमा क्रान्ति सम्पन्न गर्न आवश्यक बाटोमै अडिग हुन्छ।

अब हाम्रो देशको प्रसङ्गमा फर्कौं भने – जुन देश अर्ध-औपनिवेशिक र अर्ध-सामन्ती चरित्र बोकेको छ – यहाँ जुन बाटो लिने स्पष्ट आवश्यकता छ, त्यो हो दीर्घकालीन जनयुद्धको बाटो।

मलाई लाग्दैन कि त्यो बाटो पुनर्विचार गर्न लायक कुनै वस्तुगत कारण, तथ्य वा परिस्थिति अहिले विद्यमान छ। हाम्रो देशमा अर्ध-औपनिवेशिक र अर्ध-सामन्ती स्वरूपका आधारभूत पक्षहरू अझै पनि स्पष्ट देखिन्छन्।

विशेषगरी साम्राज्यवादको अधीनता त्यो अर्ध-औपनिवेशिक पक्ष आज झन् झल्किने गरी देखिन थालेको छ। अझ आउने दिनमा यो झनै स्पष्ट हुनेछ, जब मोदी सरकारले अमेरिकी प्रभुहरूलाई खुसी पार्न सिङ्गो कृषि क्षेत्र नै सुम्पन तयार हुनेछ।

तर यसले रणनीतिक पक्षको पुनरावलोकनको आवश्यकता छैन भन्ने अर्थ भने दिंदैन । हुन त, रणनीति सधैं गतिशील हुन्छ – विशेषगरी जब हामी एउटा यस्तो देशको कुरा गरिरहेका छौं जसको सामाजिक संरचना अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक हो – त्यो सन्दर्भमा प्रश्न उठ्छ: कसरी अघि बढ्ने त?

हामीले देख्यौं कि अर्ध-सामन्तवाद त अझै छ, तर समयसँगै त्यसमा निकै परिवर्तन पनि आएको छ। यी परिवर्तनहरू विभिन्न कारणहरूले आएका छन्। म यहाँ एक अध्ययनमा आधारित सामग्री उद्धृत गर्न चाहन्छु:

ब्रिटिश कालसँग तुलना गर्दा आजको अर्ध-सामन्तवादमा निकै परिवर्तन आएको देखिन्छ। सरकारी सुधार र विभिन्न क्रान्तिकारी लोकतान्त्रिक संघर्षहरूले सामन्ती शोषणको स्वरूपमा तथा गाउँको वर्ग संरचनामा ठूलो हदसम्म परिवर्तन ल्याएका छन्।

नयाँ शक्तिहरू सामन्ती शक्तिको हिस्सा बनेका छन्। सरकार, गैर-सरकारी संस्था, पार्टी, सहकारी संस्था, पञ्चायत, प्रहरी जस्ता संरचनाहरूले मिलेर नयाँ प्रकारको सामन्तवाद र नयाँ खालको शोषण तथा नियन्त्रणको ढाँचा बनाएका छन्।

यो अवस्था देशका धेरै भागहरूमा देखा परेको छ।

यसको एक कारण हो – ब्यूरोक्रेटिक पुँजीवादको विस्तार। अर्को कारण – किसानहरूले क्रान्तिकारी, लोकतान्त्रिक र प्रगतिशील नेतृत्वहरू अन्तर्गत लडेको संघर्ष।

त्यसैले अहिलेको अवस्था के हो भने, हामी अर्ध-सामन्तवाद भन्न सक्छौं, तर त्यो पुरानै रूपको छैन। त्यो परिष्कृत, नयाँ किसिमको संरचनामा रूपान्तरण भइसकेको छ – जसको रणनीति र संगठनात्मक उत्तर पनि नयाँ ढंगले निर्माण गर्नुपर्छ।

यो अवस्थासँगै एउटा अर्को पक्ष पनि छ जुन वास्तवमा त्यस कुरासँग सम्बन्धित छ – देशमा नोकरशाही पुँजीवाद (bureaucratic capitalism) को नियन्त्रण जति गहिरो हुँदै जान्छ, त्यसको पकड र पहुँच जति व्यापक हुँदै जान्छ, त्यति नै बढी नगद आम्दानीको माग पनि बढ्दै जान्छ, किनभने अहिले हरेक कुरा नगदकै आधारमा चल्छ।

जब हामी कृषि क्रान्तिको पक्षबारे कुरा गर्छौं, त्यतिबेला किसान परिवारका लागि नगद आम्दानी झनै महत्वपूर्ण बन्छ। कृषि क्षेत्रमा नगद फाइदा कत्तिको आउँछ भन्ने कुरा अहिलेको सन्दर्भमा निकै निर्णायक बन्न थालेको छ।

त्यसैले, हरेक किसान परिवारका लागि मात्र होइन, सबै परिवारहरूका लागि नै नगद आम्दानी अत्यन्तै महत्वपूर्ण बन्दै गएको छ। तर विशेषगरी जब हामी कृषि क्रान्तिको पक्षबारे कुरा गर्छौं, त्यतिबेला किसान परिवारका लागि नगद आम्दानी झनै महत्वपूर्ण बन्छ। कृषि क्षेत्रमा नगद फाइदा कत्तिको आउँछ भन्ने कुरा अहिलेको सन्दर्भमा निकै निर्णायक बन्न थालेको छ।

अघिल्लो केही वर्षहरूमा हेर्दा, यस्तो देखिन्छ कि कृषि आम्दानी क्रमशः घट्दो क्रममा छ। अहिलेको आवश्यकता अनुसारको आम्दानी त्यो क्षेत्रबाट प्राप्त हुन सकेको छैन। यसको परिणामस्वरूप, ठूलो संख्यामा युवा पुस्ता कृषि तथा यस्ता परम्परागत पेशाबाट टाढिँदै गएका छन्।

यो कुरा केवल कृषि क्षेत्रमा मात्र होइन, हाम्रो देशका तटीय क्षेत्रहरूमा माछा मार्ने समुदाय (fisher folk) मा पनि देखिन्छ। किनभने माछा मार्ने पेशाबाट आउने फाइदा घट्दो क्रममा छ। उता माछा मार्नका लागि आवश्यक लगानी (खर्च) भने बढ्दो क्रममा छ। तर त्यसको प्रतिफल (surplus) भने दैनिक नगद आवश्यकताहरू पूरा गर्न पर्याप्त छैन। त्यसैले ती समुदायका धेरै युवा अब त्यो पेशाबाट टाढिँदै छन् र जसमा पनि सकिन्छ, त्यस्ता वैकल्पिक क्षेत्रमा सर्न थालेका छन्।

ठ्याक्कै त्यही अवस्था कृषि क्षेत्रमा पनि देखिन्छ। अझ भनौं, कृषि क्षेत्र त हाम्रो देशको प्रमुख रोजगार दिने क्षेत्र हो। अब, यो पनि सत्य हो कि कोभिड महामारीपछि लाखौं मानिसहरू आफ्नो काम गुमाएर गाउँ फर्कन बाध्य भए। तर त्यो समयपछि औद्योगिक अर्थतन्त्रले खासै सुधार देखाएको छैन।

कृषिलाई नाफा नहुने क्षेत्र, घाटा हुने पेशा, भविष्यमा मूल्य नभएको क्षेत्र भनेर हेर्ने सोच व्यापक हुँदै गएको छ।

त्यसैले पछिल्लो तथ्यांक हेर्दा, कृषिमा संलग्न जनसंख्या भने फेरि केही बढेको देखिन्छ। तर त्यो त बाध्यता हो – किनभने उनीहरू सर्न सक्ने, विकल्प रोज्न सक्ने अरू कुनै क्षेत्र छैन। उनीहरू घुमिफिरी फर्केर अन्त कतै जान सक्दैनन्।

यही कारणले गर्दा कृषि क्षेत्रबाट टाढिँदै जाने प्रवृत्ति बढ्दो छ। कृषिलाई नाफा नहुने क्षेत्र, घाटा हुने पेशा, भविष्यमा मूल्य नभएको क्षेत्र भनेर हेर्ने सोच व्यापक हुँदै गएको छ।

यो सोच केवल रोजगारीको सवालसम्म सीमित छैन। उदाहरणका लागि विवाह बजारमै पनि यसको असर देखिएको छ। पहिलेको समयमा सयौं विघा जमिन भएका जमीन्दारका छोराहरू सजिलैसँग दुलही पाउँथे। तर अहिलेका तथ्यांकले देखाउँछन् – अब जमिनको क्षेत्रफल जतिसुकै धेरै किन नहोस्, यदि तपाईं गाउँमै बस्नुहुन्छ भने तपाईंलाई सजिलै विवाहको प्रस्ताव आउँदैन।

यसको मूल कारण के भने कृषि पेशालाई अब नाफा दिने, भविष्यमा अवसर दिने क्षेत्रको रूपमा नहेर्ने धारणा नै हो।

यस्तो सोचले कृषि क्रान्तिको रणनीतिमा नै असर पारिरहेको छ।

हाम्रो देशमा भएका विस्थापन विरोधी संघर्षहरूबारे केही अध्ययनहरूमा देखिएको छ कि सरकारका विस्थापनसम्बन्धी योजनाहरूको प्रतिरोध विभिन्न रूपमा देखिन्छ।

विशेष गरी पछाडि पारिएका आदिवासी क्षेत्रहरूमा संघर्ष सीधै जमिन छाड्न नचाहने सवालमा केन्द्रित भएको देखिन्छ। त्यहाँका मानिसहरू जमिन छाड्न चाहँदैनन् – किनभने त्यो उनीहरूको पेशासँग मात्र होइन, उनीहरूको धार्मिक विश्वासहरूसँग पनि गाँसिएको हुन्छ।

तर अन्य क्षेत्रहरूमा हेर्दा, त्यस्तो प्रतिरोध मुख्यतः क्षतिपूर्तिको सवालमा केन्द्रित देखिन्छ – अर्थात्, उनीहरूले जमिन दिनुपर्‍यो भने पनि बढी क्षतिपूर्ति माग्ने रणनीति अपनाएका छन्। यहाँ मुख्य चिन्ता जमिन गुमाउने होइन, बरु त्यो जमिनको बदलामा सकेसम्म बढी क्षतिपूर्ति कसरी पाउने भन्ने हो।

किनभने उनीहरूले देखेका छन् – जब यो जमिन निजी कम्पनीहरूको हातमा जान्छ, ती कम्पनीहरूले थोरै संरचना बनाइदिएर वा केही सुधार गरेर नै जमिनको मूल्य निकै बढाउँछन् र ठूलो नाफा कमाउँछन्।

त्यही सम्भावित लाभलाई ध्यानमा राख्दै त्यहाँका किसानहरूले बढी क्षतिपूर्तिको माग गरिरहेका छन्।

किसानहरू आफैं जमिन जोतेर जीवन गुजारिरहेका ठाउँमा "जसले जोत्छ, उसैको जमिन" भन्ने नारा राखेर संघर्ष अगाडि बढाइयो भने त्यसले तुरुन्तै असर पार्न सक्छ।

अब, यी दुई फरक खालका प्रतिकृयाहरूको अर्थ के हो भने – पहिला उल्लेख गरिएका क्षेत्रमा, जहाँ किसानहरू आफैं जमिन जोतेर जीवन गुजारिरहेका छन्, त्यहाँ "जसले जोत्छ, उसैको जमिन" भन्ने नारा राखेर संघर्ष अगाडि बढाइयो भने त्यसले तुरुन्तै असर पार्न सक्छ। किनभने त्यस्तो ठाउँमा जमिन नै उनीहरूको अस्तित्वसँग जोडिएको विषय हो।

तर दोस्रो प्रकारका क्षेत्रमा, जहाँ त्यस्तो प्रत्यक्ष जोड छैन, त्यहाँ त्यो नारा तुरुन्तै जनसमर्थन आकर्षित गर्न सक्दैन। त्यो तत्कालीन कार्यनीतिक नाराको रूपमा त्यति प्रभावकारी हुँदैन। बरु यस्ता ठाउँहरूमा संघर्ष सीधै त्यो साँठगाँठको विरुद्ध केन्द्रित हुनुपर्ने हुन्छ – त्यो साँठगाँठ जसमा राजनीतिक दलहरू, सहकारीहरू, प्रहरी, स्थानीय शासक जातिहरू र जमीन्दार वर्ग मिलेर स्थानीय जनतालाई दबाउँछन्।

त्यसैले रणनीति त एउटै रहनेछ, मार्ग पनि उही रहनेछ, तर कार्यनीति भने परिवर्तित गर्नुपर्ने हुन्छ। अहिलेको अवस्थाको वास्तविक अभ्यासमा उत्रँदा त्यस्ता कार्यनीतिक समायोजनहरू अनिवार्य हुन्छन्।

शक्तिशाली जनआन्दोलन निर्माण गर्ने आवश्यकता त पहिले जस्तै अहिले पनि उत्तिकै छ। तर अहिलेको जटिल परिस्थितिमा त्यो आन्दोलन कसरी अगाडि बढाउने भन्नेमा स्पष्ट कार्यनीति बनाउने कुरामा विशेष ध्यान दिन जरुरी छ।

अर्को एउटा पक्ष पनि छ जुन हामीले विचार गर्नैपर्छ, त्यो हो – अर्धसामन्तवाद (semifeudalism) लाई हामी कसरी बुझ्छौं भन्ने प्रश्न।

धेरैजसो अवस्थामा यो विषयलाई अत्यन्तै संकुचित रूपमा हेरिन्छ – अर्थात्, परम्परागत सामन्ती शोषणका रूपहरू देखा पर्छन् कि पर्दैनन् भन्ने आधारमा मात्रै। जस्तै, यदि मजदुर वर्ग बढी देखिन्छ र कृषिमा पुर्खौली किसिमका जोतदारी सम्बन्धहरू (tenancy) कम देखिन्छन्, वा सामन्ती अधिपत्यका पुराना रूपहरू देखिन्नन् भने तुरुन्तै भनिन्छ – "अब त पूँजीवादको विकास भइसकेको छ।"

तर यहाँ समस्या के हो भने – यो सोच नोकरशाही पुँजीवाद (bureaucratic capitalism) भन्ने कुरा के हो भन्ने बुझाइमै गम्भीर कमी भएको देखिन्छ।

यस्तो प्रकारको पूँजीवादका आफ्नै विशेषताहरू हुन्छन्। यसको मतलब, यो त्यस्तो पूँजीवाद होइन जसले सामन्तवादलाई पूर्ण रूपमा अन्त्य गर्छ – जसरी पश्चिमी देशहरूमा देखिएको ‘शुद्ध’ पूँजीवादी विकासक्रममा सामन्तवादलाई उखेलिएको थियो।

माओले नोकरशाही पुँजीवादलाई साम्राज्यवादद्वारा उपनिवेशित वा अधीनस्थ बनाइएका देशहरूमा जन्मिएको पूँजीवादको रूपमा परिभाषित गरेका थिए । यो पूँजीवाद साम्राज्यवाद र सामन्तवाद दुवैको हितमा काम गर्छ – दुवैको सेवकझैँ। यो राज्यसँग गहिरो रूपमा गाँसिएको हुन्छ – अर्थात् यो राज्यसत्तासँग प्रत्यक्ष सम्बन्धित पूँजीवाद हो।

त्यसैले, यस्तो प्रकारको पूँजीवादका आफ्नै विशेषताहरू हुन्छन्। यसको मतलब, यो त्यस्तो पूँजीवाद होइन जसले सामन्तवादलाई पूर्ण रूपमा अन्त्य गर्छ – जसरी पश्चिमी देशहरूमा देखिएको ‘शुद्ध’ पूँजीवादी विकासक्रममा सामन्तवादलाई उखेलिएको थियो। बरु, यस्तो किसिमको पूँजीवादले पुराना सामन्ती संरचनालाई केही परिवर्तन गर्छ, फेरि पनि केही नयाँ रूपहरूमा त्यसलाई कायम पनि राख्छ – वा केही नयाँ किसिमका सामन्ती सम्बन्धहरू पुनः जन्माउने काम गर्छ।

त्यसैले हाम्रो सामाजिक–आर्थिक परिस्थितिमा हामीले पाश्चात्य शैलीका ठूला सामन्ती शोषण वा अधिपत्यका "क्लासिकल" रूपहरू खोज्नु आवश्यक छैन – ती रूपहरू उही भएर मात्रै अर्धसामन्तवादको उपस्थितिको प्रमाण नहुन सक्छ।

एउटा उदाहरण दिउँ – केरला राज्यको सन्दर्भमा हेर्दा अहिले कृषिमा मेसिनको प्रयोग अर्थात् कृषि यान्त्रीकरण निकै बढेको छ। अहिलेको अवस्था २० वर्षअघिको अवस्थासँग तुलना गर्दा धेरै फरक छ।

करिब २० वर्षअघि मैले केरलाको कृषि सम्बन्धहरूको अध्ययन गर्दा मैले तीन प्रकारका किरायदारी (tenancy) अर्थात् भाडा पद्धतिहरूको उल्लेख गरेको थिएँ – श्रम किरायादारी, बाली किरायादारी (जहाँ उत्पादनको केही हिस्सा मालिकलाई दिइन्छ), र नगद किरायादारी। यी तीनै प्रकारका पद्धतिहरू त्यहाँ विद्यमान थिए।

श्रम किरायादारी भन्नाले त्यो अवस्थामा बुझिन्थ्यो, जहाँ भाडामा लिने व्यक्तिले जमिनमा काम गरेर, जस्तै नरिवलको बोट, रबर आदिको रोपाइँ गरेर, त्यो श्रमको माध्यमबाट भाडा तिर्थ्यो। ती उत्पादनहरू निश्चित समयपछि जमिन मालिकलाई सुम्पिनुपर्थ्यो।

नगद किरायादारीको अवस्थामा, जहाँ नगद बाली लगाइन्थ्यो र भाडा पनि नगदमा तिर्नुपर्ने हुन्थ्यो, त्यहाँ पनि अझैसम्म सामन्ती वा अर्धसामन्ती सम्बन्धको उपस्थिति देखिन्थ्यो।

यो अवस्था जीविकोपार्जनमुखी किरायादारी (subsistence tenancy) को स्वरूपमा देखिन्थ्यो। मार्क्सवादी अध्ययनहरूबाट थाहा हुन्छ कि मार्क्सले किरायादारीको सन्दर्भमा भूमि भाडा (ground rent) र अन्तर भाडा (differential rent) बीच भिन्नता गर्छन्।

केरलामा गरिएको अध्ययनमा त्यस्ता धेरै उब्जाउ जमिनहरूमा पनि अन्य क्षेत्रहरूको तुलनामा भाडा सस्तो रहेको मैले देखें। यसको मुख्य कारण ती क्षेत्रमा जमिन किरायामा लिन चाहने व्यक्तिहरूको संख्या कम हुनु नै थियो ।

अन्तर भाडा त्यो अतिरिक्त भाडा हो जुन अधिक उब्जाउ जमिनबाट आउने उत्पादनका कारण माग गर्न सकिन्छ । यस्तो जमिनले अन्य जमिनको तुलनामा बढी उत्पादन दिन्छ, जसका आधारमा जमिन मालिकले बढी भाडा लिन्छन्।

तर केरलामा गरिएको अध्ययनमा त्यस्ता धेरै उब्जाउ जमिनहरूमा पनि अन्य क्षेत्रहरूको तुलनामा भाडा सस्तो रहेको मैले देखें। यसको मुख्य कारण ती क्षेत्रमा जमिन किरायामा लिन चाहने व्यक्तिहरूको संख्या कम हुनु नै थियो ।

त्यहाँका जनसाधारण मुख्यतः निर्माण कार्य र अन्य पेशाहरूमा संलग्न थिए, त्यसैले उनीहरूलाई खेतीबाट कमाइरहनु पर्ने आवश्यकतै थिएन। तर अन्य क्षेत्रहरूमा मानिसहरूसँग वैकल्पिक श्रमका अवसरहरू थिएनन्, त्यसैले उनीहरूले आफ्नो आम्दानी बढाउन भाडामा खेती गर्नु आवश्यक थियो।

त्यसैले यहाँ हामी देख्छौं कि किरायादारीका सम्बन्धहरू पूँजीवादको नियमअनुसार होइन, स्थानीय मागको संरचना अनुसार चलेका थिए।र त्यो माग पनि पूँजीवादी अर्थतन्त्रको नियमले होइन, बरु सामग्रीक पछौटेपन (backwardness) ले निर्धारण गरेको थियो।

वर्तमानको सन्दर्भमा कुरा गर्दा, मैले हालसालै एउटा यस्तो घटना देखेँ–एक व्यक्तिले ५० एकड जमिन भाडामा लिएका थिए। उनले खेती मुख्य रूपमा मेसिनको प्रयोग गरेर गर्थे, हातको श्रम निकै कम मात्र प्रयोग हुन्थ्यो। जब मैले उनीसँग त्यस खेतीबाट कस्तो फाइदा भइरहेको छ भनेर कुरा गरेँ, उनले भने, “म यो खेतीबाट आउने आम्दानीले मध्यमवर्गीय जीवनशैली कायम राख्न सफल छु।”

यहाँ ‘मध्यमवर्गीय जीवनशैली’ भन्नाले उनले साधारण मध्यमवर्ग होइन, उच्च मध्यमवर्गीय स्तरको जीवनशैलीको अर्थ लगाएका थिए ।  तर कुरा ध्यान दिनुपर्ने के हो भने, उनी ‘जीवनशैली कायम राख्ने’ कुरा गर्दै थिए, पूँजी सञ्चय (accumulation) को होइन। उनले ५० एकड जमिनको खेतीबाट यति ठूलो आम्दानी सञ्चित गरेर त्यसलाई पूँजीमा रूपान्तरण गर्ने, फेरि त्यो पूँजी कृषि वा अन्य क्षेत्रमा लगानी गर्ने कुरा गरेका थिएनन् । उनले जीवनयापनका लागि आवश्यक अतिरिक्त उत्पादन (surplus) त निकाल्न सकेका थिए तर त्यो पूँजी निर्माण गर्ने हिसाबले पर्याप्त थिएन।

यो नै मलाई लाग्छ, अर्धसामन्तवाद (semifeudalism) कसरी काम गर्छ भन्ने एक ‘क्लासिक’ उदाहरण हो।

यद्यपि उनले ठूलो स्तरमा किरायामा जमिन लिएका छन्, मजदुर राखेका छन्, मेसिनरी प्रयोग गरेका छन्, तथापि त्यो खेती पूँजीवादको नियमअनुसार चलिरहेको छैन।

मैले यो कुरा विस्तारमा किन भनेको हुँ भने, जब हामी अर्धसामन्तवाद के हो भन्ने बुझ्ने प्रयास गर्छौं, या संघर्षको विशेष सन्दर्भमा उपयुक्त रणनीति तय गर्न खोज्छौं, तब हामीले यस्ता विशेष अवस्थाहरूलाई ध्यानमा राख्नैपर्छ।

आजको दिनमा हामीले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्ष हो – श्रमको आकस्मिकता (casualization) बढ्दै गएको अवस्था। हाम्रो देशमा धेरै समयदेखि यस्तो अवस्था छ कि आधुनिक क्षेत्र, अर्थात् उद्योग क्षेत्रमा समेत कामदारहरूको ठूलो हिस्सा अनौपचारिक (casual) श्रमिक नै रहेका छन्।

र यसका गहिरा तहहरूमा गएर बुझ्नुपर्छ– के त्यो अवस्थाले पूँजीवादी तर्कको प्रतिनिधित्व गर्छ, वा परम्परागत अर्धसामन्ती तर्कको, वा ब्युरोक्रेटिक पूँजीवादको।

किनभने यही तर्कले नै समग्र मार्गदर्शन र दिशा निर्धारण गर्छ।

यो वर्तमान अवस्थाको एउटा पक्ष हो। आजको दिनमा हामीले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्ष हो – श्रमको आकस्मिकता (casualization) बढ्दै गएको अवस्था। हाम्रो देशमा धेरै समयदेखि यस्तो अवस्था छ कि आधुनिक क्षेत्र, अर्थात् उद्योग क्षेत्रमा समेत कामदारहरूको ठूलो हिस्सा अनौपचारिक (casual) श्रमिक नै रहेका छन्। हामीलाई थाहा छ, ठूला कारखानाहरूमा हुने रोजगारको संख्या, अनौपचारिक क्षेत्रमा हुने रोजगारको तुलनामा निकै कम हुन्छ। तर अहिले यो श्रमको आकस्मिकता केवल मजदुर वर्गसम्म सीमित छैन।

हामी हाम्रो शैक्षिक संस्थाहरूको शिक्षक वर्गलाई हेर्ने हो भने – देशभरका विश्वविद्यालय तथा कलेजहरूमा हालसालै नियुक्त गरिएका धेरैजसो शिक्षकहरू पनि अनौपचारिक श्रमिक नै हुन्। पछिल्लो १०–१५ वर्षमा नियुक्त भएका अधिकांश शिक्षकहरू दैनिक ज्यालादारी आधारमा काम गर्छन्। उनीहरूलाई काम गरेको दिन वा लिएको कक्षा अनुसार तलब दिइन्छ।अर्थात्, शिक्षकहरू समेत अब आकस्मिक श्रम प्रणालीमा समेटिँदै गएका छन्।

यहाँ कुरा केवल अस्थायी शिक्षकहरूको होइन – धेरैजसो सहायक प्राध्यापकहरू (assistant professors) पनि त्यही श्रेणीमा छन्। उनीहरूलाई औपचारिक रूपमा पद त दिइन्छ, तर व्यवहारमा उनीहरू दैनिक ज्यालामा आधारित अस्थायी श्रमिक हुन्।

उनीहरूलाई कुनै पनि बेला जागिरबाट हटाउन सकिन्छ, र उनीहरूले काम गरेको दिनको मात्रै तलब पाउँछन् – जति दिन पढाउँछन्, उति दिनको मात्र भुक्तानी।

त्यसैले, अहिले यो आकस्मिक श्रमिक व्यवस्थाले नयाँ अवस्था सिर्जना गरिरहेको छ। अनिश्चितता (precarity) व्यापक रूपमा फैलिएको छ। यो अवस्था ती श्रमिकहरूको लागि अत्यन्त अस्थिर र असुरक्षित जीवनको कारण बन्छ। तर साथसाथै, यही असुरक्षित अवस्था ले एक ठूलो वर्गलाई आफू कार्यरत अवस्थाप्रति सचेत बनाउने आधार पनि तयार पारिरहेको छ।

हामी देख्न सक्छौं – यस्तो अनिश्चित श्रम अवस्था पहिलोपटक जहाँ देखापर्‍यो, त्यो थियो पश्चिमी देशहरूमा – जस्तै अमेरिका, क्यानडा आदि। त्यहाँबाट यो प्रवृत्ति अन्यत्र फैलँदै गएको हो।

पछिल्लो वर्ष तपाईंले सायद सुन्नु भएको होला – क्यानडा र अमेरिकाका विश्वविद्यालयहरूमा शिक्षकहरूको एक सशक्त आन्दोलन भयो। यी आन्दोलनहरू प्रायः अस्थायी शिक्षकहरूको संघहरूले आयोजना गरेका थिए। उनीहरूलाई त्यहाँ tenured भनिन्छ, किनभने उनीहरू एक निश्चित कार्यकाल (tenure) मा आधारित प्रणालीमा काम गर्छन्।

यो आन्दोलन साँच्चिकै ठूलो र महत्वपूर्ण संघर्ष थियो। यसले अहिलेसम्म आफूलाई “पेटीबुर्जुवा” भनेर बुझ्ने, आफूलाई सबै संघर्षभन्दा अलग र सुरक्षित ठान्ने वर्गलाई पनि झस्कायो। ती मानिसहरू अब त्यो आत्मसन्तुष्टि र सुरक्षाको भ्रमबाट बाहिर निस्कन बाध्य भइरहेका छन्।

संघर्षको दायरा अझ विस्तारित भएको छ। धेरैजसो नयाँ सामाजिक वर्गहरू पनि अब संगठन र आन्दोलनको बाटोमा आउन थालेका छन्।

उनीहरू अहिले यो बुझ्न थालेका छन् कि उनीहरूको अवस्था पनि त्यति नै अनिश्चित र असुरक्षित छ, जति कुनै पेट्रोल पम्पमा काम गर्ने श्रमिक, अनौपचारिक उद्योगमा काम गर्ने मजदुर, वा अन्य कुनै आकस्मिक श्रमिकहरूको छ।

यस्तो अवस्थामा, संघर्षको दायरा अझ विस्तारित भएको छ। धेरैजसो नयाँ सामाजिक वर्गहरू पनि अब संगठन र आन्दोलनको बाटोमा आउन थालेका छन्। उदाहरणका लागि, गिग श्रमिकहरू – जस्तै स्विग्गी, जोमाटोजस्ता कम्पनीहरूमा काम गर्ने डेलिभरी श्रमिकहरू – अब बिस्तारै संगठित हुँदैछन्, र संघर्षमा उत्रिन थालेका छन्।

विगतमा नदेखिएको नयाँ संगठनात्मक सम्भावनाहरू जन्माइरहेको छ, र यसले समग्र रूपमा जनगतिशीलता र जनआन्दोलनको भविष्य अझ उज्यालो बनाइरहेको छ।

अहिले, ओला–उबरका चालकहरूले समेत संघ गठन गरेर आफ्नो अधिकारका लागि आन्दोलन सुरु गरेका छन्। यसरी, अहिलेको श्रम बजारमा देखिएको आकस्मिकता र असुरक्षाले विभिन्न वर्गहरूलाई आन्दोलनको दिशामा लैजाँदैछ।

यसले विगतमा नदेखिएको नयाँ संगठनात्मक सम्भावनाहरू जन्माइरहेको छ, र यसले समग्र रूपमा जनगतिशीलता र जनआन्दोलनको भविष्य अझ उज्यालो बनाइरहेको छ।

त्यसका साथै, सञ्चार प्रविधिको फैलावट पनि आजको युगमा एक महत्त्वपूर्ण कारक बनेको छ। यसले वैकल्पिक विचारधारात्मक सन्देश (counternarratives)  हरू सिर्जना गर्ने, र तीलाई लोकप्रिय बनाउने ठूलो सम्भावना खोलिदिएको छ।

आजको दिनमा प्यालेस्टाइनमा भइरहेका घटनाहरूलाई हेरौं। पश्चिमी सञ्चारमाध्यमहरू – जस्तै बीबीसी, सीएनएन आदि (अलजजीरालाई बाहेक) –ले ती घटनाहरूलाई कसरी ढाकछोप गरिरहेका छन्, त्यो पनि देखिन्छ।

तर, आज जनताले प्यालेस्टाइनको वास्तविक अवस्था के हो भन्ने जानकारी कहाँबाट लिइरहेका छन्?

त्यो हो – सामाजिक सञ्जालहरूबाट – इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप जस्ता प्लेटफर्महरूबाट।

यी डिजिटल माध्यमहरू अहिले एक प्रकारको जीवित र संघर्षशील चेतनाको स्थान बनेका छन्, जहाँ युवा पुस्ता खुलेर साम्राज्यवाद र सियोनवादको भण्डाफोर गरिरहेका छन्।

उनीहरू यी माध्यममार्फत प्यालेस्टाइनी जनताको पक्षमा ऐक्यबद्धता निर्माण गरिरहेका छन्, गाजामा भइरहेको अन्यायप्रति विश्व जनमतलाई सचेत गराइरहेका छन्।युवा पुस्ताले जुन किसिमका अचम्मका, सृजनात्मक र सशक्त विचारहरू ल्याइरहेका छन् – त्यो शब्दले वर्णन गर्नै कठिन छ।

वैकल्पिक विचारधारा (counternarrative) यति सशक्त बन्दै गएको छ कि सियोनवादीहरू र साम्राज्यवादी शक्तिहरू पनि अहिले आफ्ना थिङ्क ट्याङ्कहरूलाई "यसलाई कसरी सामना गर्ने त?" भन्ने उपाय खोज्न निर्देशन दिइरहेका छन् ।

उनीहरूले आफ्ना सन्देशमार्फत यो भनिरहेका छन् कि – "यो त नरसंहार (genocide) हो, हामीले यसको विरोध गर्नैपर्छ, हामी सडकमा उत्रिनुपर्छ, केही न केही गर्नैपर्छ, मौन बस्न मिल्दैन।"

यो वैकल्पिक विचारधारा (counternarrative) यति सशक्त बन्दै गएको छ कि सियोनवादीहरू र साम्राज्यवादी शक्तिहरू पनि अहिले आफ्ना थिङ्क ट्याङ्कहरूलाई "यसलाई कसरी सामना गर्ने त?" भन्ने उपाय खोज्न निर्देशन दिइरहेका छन् ।

पहिले त वर्णन र सन्देशहरू उनीहरूको हातमा हुन्थे। उनीहरूले जे भने पनि त्यही सत्य ठानिन्थ्यो, किनभने त्यसको विकल्पमा अरू केही थिएन। यदि वैकल्पिक स्वर थियो भने पनि त्यो निकै कमजोर र सानो दायरामा मात्र सीमित हुन्थ्यो – न सुनेर न बुझेको।

तर आजको अवस्था यस्तो छैन। आज एक शक्तिशाली वैकल्पिक सन्देश प्रणाली छ, जसले हरेक घटनाको भित्री सत्य उजागर गरिरहेको छ – सबैको आँखामा आँखा हाल्दै।

आजको युगमा देखिएको एउटा नयाँ परिस्थिति भनेको – सामाजिक सञ्जालमार्फत वैकल्पिक विचारधारा निर्माण र प्रसारणको असीम सम्भावना हो।

अमेरिकामा अहिले भएका आन्दोलनहरूलाई हेरौं – विशेष गरी जबरजस्ती निर्वासन (forced deportation) को विरोधमा भएका आन्दोलनहरू। यी आन्दोलनहरू स्वाभाविक रूपमा उत्पन्न भए पनि, तिनीहरू संगठित र सचेत थिए। युवा पुस्ताले सञ्चारका यति धेरै नयाँ तरिकाहरू विकास गरेका छन् – जसले राज्यको निगरानी प्रणाली (surveillance)लाई झुक्याउँछन्। उनीहरूले फेस रेकग्निशन प्रविधि, मोबाइल निगरानी, अनुगमन यन्त्रहरू सबैबाट जोगिने उपायहरू निकालेका छन्। त्यसैले अहिले स्थिति यस्तो छ कि राज्य आफैँ यो आन्दोलनलाई नियन्त्रण गर्न असमर्थ हुँदै गएको छ।

आजको युगमा देखिएको एउटा नयाँ परिस्थिति भनेको – सामाजिक सञ्जालमार्फत वैकल्पिक विचारधारा निर्माण र प्रसारणको असीम सम्भावना हो। पहिले यस्तो केही थिएन। अहिले भने यी माध्यमहरूले दबाइएका आवाजहरूलाई ठाउँ दिइरहेका छन्।

यस्तो सम्भावनामा बाधा पुर्‍याउन राज्य र निगमहरूले अनेकौं उपाय लगाउँछन्। उदाहरणका लागि, यदि प्यालेस्टाइनजस्ता मुद्दामा कुनै सामग्री सामाजिक सञ्जालमा एक स्तरभन्दा बढी ‘दर्शक संख्या’ पार गर्छ, तुरुन्तै खाता निलम्बन वा ब्लक गरिन्छ, र सञ्चार सम्पर्क नै काटिन्छ। तर अहिले यस्ता अवरोधहरूलाई छल्ने उपायहरू पनि समानान्तर रूपमा विकास भइरहेका छन्।

यिनै प्रयासहरूबाट अहिले डिसेन्ट्रलाइज्ड (विकेन्द्रित) सामाजिक सञ्जालहरूको उदय भइरहेको छ – जस्तै Mastodon, Diaspora आदि। यी प्लेटफर्महरू राज्य नियन्त्रणको परिधिबाट बाहिर छन्, जसले सत्ता संरचनालाई गम्भीर चुनौती दिन थालेका छन्।

अझ रोचक कुरा त के छ भने, चीनजस्तो सर्वत्र निगरानी गर्ने राज्यमा समेत, नयाँ माओवादी समूहहरू देखापर्न थालेका छन्। ती समूहहरूले दैनिक प्रचार–प्रसार मार्फत चीनको वर्तमान अवस्था, सांस्कृतिक क्रान्तिको वास्तविक इतिहास, र माओवादको सन्देश सम्प्रेषण गरिरहेका छन्।

नयाँ सञ्चार संभावनाले आजका क्रान्तिकारी संगठनहरूलाई सङ्घर्षका चुनौतीहरूसँग जुध्ने सामर्थ्य, र सामूहिक गतिशीलता निर्माण गर्ने बल दिइरहेको छ।

यी समूहहरू दमनमा पर्छन्, तर फेरि अरू रूप, नयाँ नाम र नयाँ स्थानमा देखापर्छन्। यो सिलसिला निरन्तर चलिरहेको छ – जुन विगतमा थिएन, तर आजको प्रविधि र संजाल संरचनाले सम्भव बनाइदिएको छ।

यही नयाँ सञ्चार संभावनाले आजका क्रान्तिकारी संगठनहरूलाई सङ्घर्षका चुनौतीहरूसँग जुध्ने सामर्थ्य, र सामूहिक गतिशीलता निर्माण गर्ने बल दिइरहेको छ। यससँगै, प्रविधिको पहुँच पनि अब कसैका लागि विशेषाधिकारित क्षेत्र होइन। त्यो अब गाउँका युवाको हातमा छ, जसले यसको प्रयोगमार्फत चेतना र संगठन निर्माण गरिरहेका छन्।

उदाहरणस्वरूप, छत्तीसगढको ‘मूलवासी बचाओ आन्दोलन’ हेर्न सकिन्छ। यो आन्दोलन धेरैजसो प्लस–टु र एसएसएलसी स्तरका किशोर–किशोरीहरू सम्मिलित आदिवासी युवाहरूद्वारा आयोजित गरिएको थियो। उनीहरूले स्मार्टफोनलाई प्रतिरोधको औजार बनाएका थिए। आफ्नै यूट्युब च्यानलहरू बनाएर, साक्षात्कार लिएर अपलोड गरेर, प्रचार सामग्री सार्वजनिक गरेर, यूट्युब र स्मार्टफोनकै माध्यमबाट जनसंगठनको काम गरेका थिए।

प्रविधि अहिले निकै सुलभ भइसकेको छ। ७० को दशकमा साइक्लोस्टाइलिङ्ग आफैँमा निकै खतरनाक र चुनौतीपूर्ण काम थियो। साइक्लोस्टाइल मेसिन पाउनु नै असम्भवजस्तै हुन्थ्यो।

यह देशको सबैभन्दा पछाडि परेको भागमा परेको कुरा हो। त्यसैले तपाईं कल्पना गर्नुहोस्, यदि यस्ता कुरालाई सचेत रूपमा अघि बढाइयो भने कति ठूलो सम्भावना हुन्छ, विशेष गरेर ती क्षेत्रमा जहाँ यस्ता काम गर्न धेरै सुविधा र साधनहरू छन्।

म फेरि यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु कि प्रविधि अहिले निकै सुलभ भइसकेको छ। ७० को दशकमा साइक्लोस्टाइलिङ्ग आफैँमा निकै खतरनाक र चुनौतीपूर्ण काम थियो। साइक्लोस्टाइल मेसिन पाउनु नै असम्भवजस्तै हुन्थ्यो। र यदि कसैले पायो भने पनि मसी जस्ता आवश्यक सामग्रीहरू गुपचुप तरिकाले पाउनु सजिलो कुरा थिएन।

तर आजका दिनमा देशभरि जेरोक्स मेसिनहरू फैलिएका छन्। विभिन्न प्रकारका नक्कल गर्ने तरिकाहरू देशभरि उपलब्ध छन्। तपाईंलाई छपाइ गर्नुपर्ने पनि छैन– तपाईंको हातमा भएको स्मार्टफोन नै काफी छ। यो स्मार्टफोन दुश्मनले हामीलाई ट्र्याक गर्न प्रयोग गर्न सक्छ, तर हामी पनि त्यसैलाई प्रयोग गरेर दुश्मनलाई ट्र्याक गर्न सक्छौं।

यही सम्भावनाहरू–मैले देखाइरहेको यी नयाँ पक्षहरू–आज हामीसँग छन्।

अब यी सबै कुरा ध्यानमा राख्दै म यहाँ रणनीतिहरूको विस्तृत वर्णनमा जान चाहन्न, किनभने त्यो मेरो काम होइन, र हाम्रो कोही पनि त्यस्तो ठान्दैन। त्यो त फिल्डमा काम गरिरहेका मानिसहरूले आफूले सामना गरिरहेका ठोस अवस्थाहरूको आधारमा बनाउने कुरा हो।

तर समग्रमा हेर्दा, तपाईं अहिलेको विश्व परिस्थिति हेर्नुहुन्छ भने हामी एउटा विशेष अवस्थामा पुगेका छौं। एकातर्फ साम्राज्यवादी शक्तिहरूले आफ्ना योजनामा सफलता पाउन सकेका छैनन्। हो, यो सत्य हो कि प्यालेस्टाइनमा एक भयावह नरसंहार भइरहेको छ। उनीहरूले हेजबोल्लाहमाथि आक्रमण गरेर ध्वस्त पार्न सकेका छन्। इरानलाई पनि रोक्न सकेका छन् र यस्तै धेरै कामहरू उनीहरूले गर्न सकेका छन्।

फुकुयामाले "इतिहासको अन्त्य" भनेको थियो। त्यो बेलाको समग्र प्रवृत्ति नै यस्तो थियो–अब हाम्रो अगाडि कुनै अवरोध छैन, हामी जे चाहन्छौं त्यही गर्न सक्छौं।

तर यदि तपाईं १९९० को दशकको सुरुवाततिर वा २००० को सुरुवाततिर साम्राज्यवादको अवस्था हेर्नुहुन्छ भने, त्यतिबेला साम्राज्यवादको दृष्टिकोण कस्तो थियो? तिनका विचार निर्माण गर्नेहरू (opinion makers) को नजरमा कस्तो अवस्था थियो?

हामीलाई थाहा छ, फुकुयामाले "इतिहासको अन्त्य" भनेको थियो। त्यो बेलाको समग्र प्रवृत्ति नै यस्तो थियो–अब हाम्रो अगाडि कुनै अवरोध छैन, हामी जे चाहन्छौं त्यही गर्न सक्छौं।

त्यसै सोचका आधारमा तिनीहरूले डब्ल्यूटीओ गठन गरे, डंकेल संधि (Dunkel Treaty) जबर्जस्ती थोपरे विश्वभरि, विशेषगरी तेस्रो विश्वका मुलुकहरूमा। इराकमाथि आक्रमण गरे, अनि यस्तै थुप्रै कामहरू गरे। तर २००८ को आर्थिक सङ्कट–वित्तीय सङ्कट–ले यो सम्पूर्ण योजना बिगारिदियो।

अवस्था यति फेरिएको छ कि अब “विश्वव्यापीकरण” को सट्टा, प्रमुख साम्राज्यवादी देशहरू र तिनका चिन्तन केन्द्रहरू (थिंक ट्याङ्कहरू) “संरक्षणवाद” (protectionism)–आफ्नै अर्थतन्त्र कसरी जोगाउने–बारेमा कुरा गर्न थालेका छन्।

त्यहाँबाट हेर्दा तिनीहरू पछि हट्न बाध्य भएका छन्। यद्यपि उनीहरूको आक्रामकता अझै जारी छ, अझै पनि थुप्रै स्थानहरूमा उनीहरू आक्रमणकै अवस्थामा छन्। तर तिनीहरूलाई पछि हट्न बाध्य तुल्याइएको छ। अवस्था यति फेरिएको छ कि अब “विश्वव्यापीकरण” को सट्टा, प्रमुख साम्राज्यवादी देशहरू र तिनका चिन्तन केन्द्रहरू (थिंक ट्याङ्कहरू) “संरक्षणवाद” (protectionism)–आफ्नै अर्थतन्त्र कसरी जोगाउने–बारेमा कुरा गर्न थालेका छन्।

हामीले देख्यौं ट्रम्पले के गर्न खोजे, र त्यसले साम्राज्यवादी शक्तिहरूबीच कस्तो विरोधाभास खडा गर्‍यो– जस्तै एकपक्षीय रुपमा आयाशुल्क (tariffs) थोपर्नु आदि। त्यसैले यो स्पष्ट छ कि साम्राज्यवादले आफ्ना योजना जस्तो चाहन्थ्यो, त्यस्तो गरी अगाडि बढाउन सकेन। उसले पछि हट्न बाध्य हुनुपर्‍यो।

यो एउटा पक्ष भयो।

अब अर्को कुरा हेर्ने हो भने, क्रान्तिकारी शक्तिहरूको स्थितिमा पनि हामीले २००० को दशकमा अत्यन्त ठूलो प्रगतिको सम्भावना जुन सम्भावना देखेका थियौं, त्यो पनि यथार्थमा परिणत हुन सकेन। हामीले हाम्रो देशमा पनि त्यो देख्यौं, अरू देशहरूमा पनि। तर त्यहाँ पनि गम्भीर पछाडि फर्किने अवस्थाहरू देखिएका छन्–जस्तै पेरूमा भएको ठूलो झट्का, नेपालमा भएको पछाडि फर्काइ, र हाम्रै अवस्थासमेत।

यसैगरी, फिलिपिन्सको स्थितिसमेत त्यस्तै छ। यद्यपि उनीहरूले केही हदसम्म आफ्नो स्थिति कायम राख्न सकेका छन्, अझै पनि उनीहरू गम्भीर दमनको सामना गरिरहेका छन्। उनीहरूले जनयुद्धलाई अर्को चरणमा लैजाने सम्भावना देखेका थिए, त्यो अहिलेसम्म पनि पूरा हुन सकेको छैन।

यसर्थ, क्रान्तिकारी शक्तिहरूले पनि आफूले चाहेकोजस्तो तरिकाले प्रगति गर्न सकेका छैनन्।

क्रान्तिकारी शक्तिहरूको स्थितिमा पनि हामीले २००० को दशकमा अत्यन्त ठूलो प्रगतिको सम्भावना जुन सम्भावना देखेका थियौं, त्यो पनि यथार्थमा परिणत हुन सकेन।

यी दुई कुरा–एकातर्फ शत्रुका लागि र अर्कातर्फ जनताका लागि–साथैसाथै भइरहेका छन्। तर जहाँसम्म आम जनसमुदायको कुरा छ, तिनीहरूले कहिल्यै चुप लागेर बसेका छैनन्।

देशपिच्छे–देशपिच्छे–हामीले देखिरहेका छौं जनविद्रोहहरू, तीव्र रूपान्तरणहरू, कहिलेकाहीँ त सत्ताकै परिवर्तनसम्म पुगेका उदाहरणहरू छन्–जस्तै श्रीलङ्का वा बङ्गलादेशमा।

यी सबै कुराका बाबजुद पनि, जुन कुरा अत्यन्त महत्वपूर्ण छ–त्यो हो जनताको निरन्तर सङ्घर्ष। त्यो कहिल्यै रोकिएको छैन। यही त हो, जसले हामीलाई वास्तविक सम्भावनाको झलक देखाउँछ–जनता छन्, उनीहरू सङ्घर्षको बाटोमा छन्, उनीहरूले कहिल्यै त्यो बाटो छोडेका छैनन्।

जुनसुकै देश होस्–युरोप होस्, एशिया होस्, अफ्रिका होस्, वा ल्याटिन अमेरिका होस्–कुनै पनि ठाउँमा जनसमुदाय कहिल्यै चुप लागेर बसेका छैनन्। उनीहरू सधैं सङ्घर्षको बाटोमा उत्रिरहेका छन्। ती आन्दोलनहरू स्वतःस्फूर्त छन्– ठीकै छ, कुनै संगठनले नेतृत्व नगरेका आन्दोलनहरू। र त्यही भएर प्रायः यस्तो हुन्छ कि केही समयपछि त्यो आन्दोलन थाक्छ, शत्रु फेरि पुनःसंगठित हुन्छ, र सत्ताको कुनै नयाँ सन्तुलन बनाउँछ। उनीहरू फेरि कुनै न कुनै माध्यमबाट सत्तामा फर्कन्छन्।

तर यी सबै कुराका बाबजुद पनि, जुन कुरा अत्यन्त महत्वपूर्ण छ–त्यो हो जनताको निरन्तर सङ्घर्ष। त्यो कहिल्यै रोकिएको छैन। यही त हो, जसले हामीलाई वास्तविक सम्भावनाको झलक देखाउँछ–जनता छन्, उनीहरू सङ्घर्षको बाटोमा छन्, उनीहरूले कहिल्यै त्यो बाटो छोडेका छैनन्।

यो कुरा हाम्रो देशमा पनि उस्तै रूपमा लागू हुन्छ।

हामी देशका विभिन्न भागहरूमा जुन किसिमको दमनको सामना गरिरहेका छौं, त्यसका बावजुद, विशिष्ट विषयहरूमा, स्थानीय मुद्दाहरूमा आधारित सङ्घर्षहरू भइरहेका छन्। यति धेरै धोका, यति धेरै दमन भोगेका भए पनि, जनसमुदायले सङ्घर्षको बाटो कहिल्यै छोडेका छैनन्। त्यसैले अहिलेको दमनको कुरा गर्दा, जनताले भोगिरहेका समस्याहरूको कुरा गर्दा, र हामी अगाडि कसरी बढ्ने भन्ने चर्चा गर्दा यी सबै कुरा ध्यानमा राख्न आवश्यक छ।

अन्त्यमा, मैले केही उदाहरणहरू प्रस्तुत गरेँ। तपाईंहरूले म्यानमार (पुरानो बर्मा)मा चलिरहेका आन्दोलनबारे सुन्नुभएको होला। जहाँ फासीवादी सेनाले फेरि सत्ता कब्जा गरेपछि नयाँ प्रतिरोधका मोर्चाहरू अगाडि आएका छन्। ती प्रतिरोधका मोर्चाहरूले पहिले नै चलिरहेका राष्ट्रिय मुक्ति आन्दोलनहरूसँग समन्वय गर्न थालेका छन्।

धेरै धोका, यति धेरै दमन भोगेका भए पनि, जनसमुदायले सङ्घर्षको बाटो कहिल्यै छोडेका छैनन्। त्यसैले अहिलेको दमनको कुरा गर्दा, जनताले भोगिरहेका समस्याहरूको कुरा गर्दा, र हामी अगाडि कसरी बढ्ने भन्ने चर्चा गर्दा यी सबै कुरा ध्यानमा राख्न आवश्यक छ।

र यिनै सबै घटनाक्रमहरूबाट बर्माको कम्युनिस्ट पार्टीको पुनरुत्थान भएको छ, त्यस पार्टीको जनमुक्ति सेनाको पनि–जसलाई लामो समयदेखि दबाइएको थियो। यो म्यानमारमा भएको एउटा नयाँ विकास हो। हामीलाई बर्माको कम्युनिस्ट पार्टीको विचारधारा, राजनीति आदिबारे धेरै जानकारी छैन। तर यस्तो कुरा भने भएको छ।

केन्याको उदाहरण लिउँ। त्यहाँ एक संशोधनवादी पार्टीभित्रै एउटा क्रान्तिकारी धारले आफ्नो संशोधनवादी नेतृत्वसँग सम्बन्ध तोडेर मार्क्सवाद-माओवादलाई अँगालेको छ। यो पनि हालैको विकास हो।

यस्ता घटनाहरू भइरहेका छन्–एकातर्फ नयाँ कम्युनिस्ट शक्तिहरू उदाउँदै छन्।

अब यदि अर्कोतर्फ हेर्ने हो भने, मैले मेरो नोटमा एउटा उदाहरण उल्लेख गरेको छु–केरालाको एक पप गायकको। तपाईंहरूमध्ये केहीले उनका बारेमा सुन्नुभएको हुन सक्छ। उनको नाम हो "भेदान"।

"भेदान" वास्तवमा जातिसूचक नाम हो–उनीहरूलाई शिकारी समुदायका रूपमा चिनिन्छ। त्यो शब्दको अर्थ पनि ‘शिकारी’ नै हो। अहिले उनी एक र्याप गायक हुन्।

उनी जहाँ जान्छन्, त्यहाँ उनको प्रस्तुति हेर्न २०,००० देखि ३०,००० युवाहरूको भीड जम्मा हुन्छ। आरएसएस उनीप्रति अत्यन्तै रुष्ट छ। तिनीहरूले उनीमाथि हमला गर्न, कोल्टोमा पार्न जति सक्दो प्रयास गरिरहेका छन्। तर त्यसले उनलाई झनै लोकप्रिय बनाइदिएको छ। सीपीएमले सुरुमा उनलाई दबाउन खोज्यो। तर जब देखियो कि त्यसले उल्टै असर पार्दैछ, तब उनीहरूले उनलाई आत्मसात् (co-opt) गर्ने प्रयास थाले।

भेदानका हरेक र्याप गीत अत्यन्तै राजनीतिक छन्–समसामयिक मुद्दाहरू, विश्वव्यापी समस्याहरूको चर्चा हुन्छ। जस्तै–प्यालेस्टाइनमा के हुँदैछ, सिरियामा के भइरहेको छ, अनि हाम्रो देशभित्रै भइरहेका यस्तै यस्तै घटनाहरू।

अब यो युवाको रोचक पक्ष के छ भने–उनका गीतहरूको राजनीति।

उनका हरेक र्याप गीत अत्यन्तै राजनीतिक छन्–समसामयिक मुद्दाहरू, विश्वव्यापी समस्याहरूको चर्चा हुन्छ। जस्तै–प्यालेस्टाइनमा के हुँदैछ, सिरियामा के भइरहेको छ, अनि हाम्रो देशभित्रै भइरहेका यस्तै यस्तै घटनाहरू।

अनि अझ विशेष कुरा के भने–उनको जातीय दृष्टिकोण स्पष्ट रूपमा जात–विनाश (annihilation of caste) को पक्षमा केन्द्रित छ।

उनी गाउन सुरु गर्नु अघि, पहिला गीतका हरफहरू सुनाउँछन्–प्रस्तावना जस्तो गरी। अनि सोध्छन्– “तपाईंहरू बुझ्नुभयो म के बोल्दैछु?”

र त्यसको जवाफमा युवाहरूको तर्फबाट एकदमै ठूलो स्वरमा “हो” भन्ने हुंकार आउँछ।

मैले भन्न खोजेको कुरा के भने–उनको संगीत र राजनीति त्यो दर्शकसँग गहिरो रूपमा जोडिएको छ। त्यो २०–३० हजार मानिस मात्र होइन, त्यो आवाज नै ठूलो छ। यहाँसम्म कि कतिपय कार्यक्रममा त युवाहरूले हलको पर्खाल नै भत्काएर भित्र छिर्ने प्रयास गरेका छन्। यो नै जनताको आजको अवस्था कस्तो छ भन्ने एउटा जीवन्त उदाहरण हो।

ग्रेटा थुनबर्गको उदाहरण पनि हेरौँ।

हामीलाई थाहा छ, उनले जलवायु परिवर्तन र विश्वव्यापी पारिस्थितिकीय संकटविरुद्ध अभियानको रूपमा आफ्नो यात्रा सुरु गरे ।

तर आज उनी कुन निष्कर्षमा पुगेकी छिन्?

जब उनी यस किसिमको राजनीतिक चेतनासहित बोल्न थालिन्, त्यहीबेला देखियो कि साम्राज्यवादी मिडिया–जस्तै बीबीसी, सिएनएन आदि–का लागि ग्रेटा अब "अस्वीकार्य व्यक्ति" (persona non grata) बनिसकिन्।

उनले बुझिन कि जलवायु संकटलाई संसारभर भइरहेको जातीय हत्या (genocide) र उत्पीडनसँग अलग राखेर बुझ्नै सकिँदैन। तपाईं जलवायु परिवर्तनको अन्त्य गर्न चाहनुहुन्छ भने, तपाईंले यी सबै प्रकारका उत्पीडनको अन्त्य गर्न पनि लड्नैपर्छ।

र जब उनी यस किसिमको राजनीतिक चेतनासहित बोल्न थालिन्, त्यहीबेला देखियो कि साम्राज्यवादी मिडिया–जस्तै बीबीसी, सिएनएन आदि–का लागि ग्रेटा अब "अस्वीकार्य व्यक्ति" (persona non grata) बनिसकिन्। तपाईंले ग्रेटाको नाम यी मिडियामा अब देख्न पाउनुहुन्न।

उनी यस्ता टक शोहरूमा बोलाउने सूचीमा अब परिरहनु भएको छैन।

तर अर्कोतर्फ, इन्स्टाग्राम, फेसबुक जस्ता प्लेटफर्ममा उनी अझ बढी लोकप्रिय हुँदै गएकी छिन्–र यो परिवर्तन उनले लिएकी नयाँ राजनीतिक धारका कारण हो।

यो वर्तमान विश्वमा भइरहेको तिव्र क्रान्तिकरणको एउटा उदाहरण हो।

यी हुन् ती संकेतहरू जुन हामीले आफ्नो देशमा र विश्वभरि देखिरहेका छौं। त्यसैले मैले यसरी निष्कर्ष निकालेको छु र यसलाई यसरी पढ्न चाहन्छु:

“भित्री मनले आशावादी कम्युनिस्टहरू हाम्रो भविष्य हुन्। भविष्य सधैं उज्यालो रहिरहन्छ। तपाईंलाई थाहा छ त्यो प्रसिद्ध भनाइ–'बाटो कठिन छ, तर भविष्य उज्यालो छ।'

अनि केवल भविष्य मात्र होइन, वर्तमान पनि उज्यालो छ।

विश्वभरि जनसमुदायमा गहिरो क्रोध, तीतो क्रोध उम्लिरहेको छ। स्पष्ट विचारधाराले मानिसलाई क्रूर दमनले निम्त्याएको निराशा हटाउन मद्दत गर्छ र निराशावादको कुहिरो तोडेर उज्यालो भविष्यको अद्भुत सम्भावना देख्न सहयोग गर्छ।

यस सम्भावनासँग जोडिन, यसको विविध सम्भावनाहरूलाई समेट्न, र विश्व परिवर्तन गर्ने निरन्तर कार्यलाई अगाडि बढाउन यो स्पष्टता आवश्यक छ।

Virasam बाट अनुदित

माओ, माला र कमरेड अजित !

सन् १९६० को कुनै एक महिना । समय साँझपख । बेइजिङस्थित भारतीय राजदूतावासका कुटनीतिज्ञहरुले अध्यक्ष माओत्से तुङलाई भेट्ने कार्यक्रम थियो ।उक्त कार्यक्रममा भारतीय राजनयिक तथा प्रबुद्ध कुटनीतिज्ञका पाँच वर्षका छोराले अध्यक्ष माओलाई माला पहिराइदिएका थिए ।

संयोग पनि कस्तो थियो भने १९७६ पछि चीनमा समेत माओवादका अगाडि प्रश्नचिन्ह खडा भयो । तर त्यही कालमा विश्वका विभिन्न भागमा ‘आजको युगको माओको योगदानबिना मार्क्सवाद रहँदैन’ भन्ने अभियान चल्यो । उक्त अभियानका प्रमुख हस्तिका रुपमा क्रान्तकारी र चिन्तकको छवि बनाएका एक व्यक्ति देखापरे । उनी त्यही पाँच वर्षीय बालक थिए, जसले माओलाई माला पहिराइदिएका थिए । उनी थिए–मुरली कन्नम्पिल्ली अर्थात् कमरेड अजित ।

 

असल पति नहोलान् तर साह्रै असल मानिस हुन्  !

सन् २०१५ मा पक्राउ गरेपछि अजितमाथि मुद्दा चलाइयो । मुद्दाको क्रममा उनलाई महाराष्ट्रका अदालतमा बेला बेलामा पेश गरिन्थ्यो ।

त्यस्तै कुनै एक दिन । अजितलाई अदालतमा पेश गरिएको थियो । एक जना महिला वकीलका साथ अजितको समर्थनमा देखापरिन् । उनी अजितको पक्षमा मुद्दा लड्नका लागि त्यहाँ आएकी थिइन् ।

उपस्थित सुरक्षाकर्मीले ती महिलाको परिचय सोधे । महिलाले आफू ‘अजित’को पूर्व पत्नी रहेकी बताइन् । बेसी जेनी नाम गरेकी ती महिलाले आफ्नो अजितसँग सम्बन्ध विच्छेद भइसकेको पनि बताउँछिन् ।

सुरक्षाकर्मीले पूर्वपत्नी भएकै आधारमा अजितसँग भेट्न नपाउने जिकीर गर्छन् । साथै उनीहरु आफ्नो पूर्वपतिको बचाउमा जेनी आएको देखेर छक्क पनि पर्छन् । तर जेनीले गज्जबको प्रत्युत्तर दिन्छिन् ! उनी भन्छिन्– सम्बन्धविच्छेदको कागजमा मैले गरेको हस्ताक्षरकै आधारमा उनीसँगको मेरो सम्बन्ध सकिँदैन । पति–पत्नीको रुपमा हाम्रो सम्बन्ध जम्न सकेन । यस अर्थमा उनी असल पति त बनेनन् तर व्यक्तिको रुपमा उनी साह्रै असल मानिस हुन् । त्यसैले उनको जीवनरक्षाको लागि लड्न म यहाँ आएकी हुँ ।’