आदर्श होइन कृत्रिम

मेरो जीवनको घटनाक्रममा आजसम्म मैले एउटै मात्र यस्तो विद्यार्थी चिनेकी छु, जो सातौं कक्षामा पढदैछ र लेखक बन्न चाहन्छ, लगातार लेख्दैछ । उसको उद्देश्य, अठोट, सपना सबै लेखक बन्नेछ । उसको परिवारमा कोही लेखक छैनन । काठमाडौं शहरको बीचमा बसोवास गरेको नेवार परिवार, पैसावालाहरू, उसको परिवारमा लेखक बन्ने वातावरण नै छैन, तथापि, ऊ लेखक बन्न चाहन्छ । यो एउटा संयोग हो, मेरो जीवनको र शायद उसको जीवनको पनि ।

मैले एउटा बोर्डिङ स्कूलको पहिलो कक्षाको साधारण ज्ञानको मौखिक परीक्षा सुन्न पाएकी छु । जहाँ धेरैजसो विद्यार्थीहरू मध्यमवर्गीय र निम्न मध्यमवर्गीय परिवारका नै छन् । उनीहरूमा धेरैजसोले भविष्यमा के हुन चाहन्छौं ? भनी प्रश्न सोधिंदा डाक्टर हुन्छु भने, दोस्रो नम्बरमा इन्जिनियर, तेस्रोमा वकिल र त्यसपछि पायलट पनि आयो । दुई जनाले ड्राइभर हुन्छु भने, पछि बुझ्दा उनीहरू आमाबाबुको कठोर श्रममा बोर्डिङ पढेका तर घरमा शैक्षिक वातावरण नभएको परिवारका रहेछन् ।

तिनीहरूको परिवारमा एकै किसिमको पारीवारिक आदर्श कायम भइसकेको छ र त्यो आदर्श हो, डाक्टर, इन्जिनियर, वकिल र पायलट बन्ने उद्देश्य । यो आदर्श आजभोलि आदर्श नभएर एउटा कृत्रिमताका रूपमा यसखाले सबै परिवारमा प्रतिपादित भएको छ । यस्ता परिवारको निमित्त उक्त चार पेशाबाहेक समाजमा अरू कुनै पनि यस्तो पेशा नै छैन, जो समाजमा अर्थपूर्ण, मर्यादित र उत्तरदायित्वपूर्ण रहेको होस् ।

मैले मेरा आफन्तहरू र साथीभाइका परिवारहरूका थुप्रै केटाकेटीहरूसँग जीवनको उद्देश्यबारे साधेकी छु र सधैं जवाफ पाएकी छु- डाक्टर, इन्जिनियर, वकिल, पायलट । नेपालमा गरीबका छोराछोरीहरूले पढ्न पाउँदैनन्, जति पढ्न पाउँछन्, तिनीहरू असुविधाले परिपूर्ण, पढाइ नै नहुने पाठशाला हुँदो पढ्छन् । उनीहरूको पारीवारिक आदर्शको हामीले यहाँ कल्पना नगरे हुन्छ । उनीहरूका आमाबाबुहरू साक्षरसम्म पनि हुँदैनन् । राजधानी र अरू साना शहरहरूमा जति उच्च, मध्यम र निम्न मध्यम परिवारहरू बस्दछन्, पढ्दछन् । तिनीहरूको परिवारमा एकै किसिमको पारीवारिक आदर्श कायम भइसकेको छ र त्यो आदर्श हो, डाक्टर, इन्जिनियर, वकिल र पायलट बन्ने उद्देश्य । यो आदर्श आजभोलि आदर्श नभएर एउटा कृत्रिमताका रूपमा यसखाले सबै परिवारमा प्रतिपादित भएको छ । यस्ता परिवारको निमित्त उक्त चार पेशाबाहेक समाजमा अरू कुनै पनि यस्तो पेशा नै छैन, जो समाजमा अर्थपूर्ण, मर्यादित र उत्तरदायित्वपूर्ण रहेको होस् । स्मरण रहोस्, यसखाले परिवारमा बिवाहयोग्य युवतीहरूको निम्ति वर खोज्दा पनि उक्त चार पेशालाई नै प्राथमिकता दिइन्छ । यस हिसाबले हेर्दा लाग्छ- समाजमा यिनै पेशारत व्यक्तिहरूले मात्र महत्व राख्दछन्, अरू बेकम्मा छन् ।

कुनै परिवारमा तोतेबोलीले भए पनि 'दाक्तल' भन्न अभिभावकहरूले सिकाएका हुन्छन् । पारीवारिक आदर्शप्रतिको यस्तो सोचाइ निसन्देह, कृत्रिम र अविकसित मानसिकताको द्योतक हो । यस्ता कुराहरू सोच्दै लैजाँदा समाजमा यति धेरै असंगतीहरू पाइन्छन् कि. क्रमिक र ब्यवस्थित रूपमा सोचिएन भने मान्छे बहुलाउन बेर गर्दैन । तथापि,  महत्वपूर्ण बुँदामा छलफल चलाउन राम्रो हुन्छ । डाक्टर र इन्जिनियरहरू उच्चस्तरयि प्राविधिक हुन्, वकिलको आफ्नो स्थान छ, यस्ता पेशामा प्रशस्त कमाइन्छ पनि तर पायलटप्रतिको आकर्षण के हो त ? के पैसा नै हो त ? वास्तवमा पायलट र ड्राइभरमा के फरक छ ? उही पैसा र ऐयाशीको न हो । फेरि ड्राइभरलाई हीन पेशाको किन ठहऱ्याइन्छ ? कृत्रिम आदर्श पाल्ने यस्ता परिवारहरूमा मैले जति पनि बाल सदस्यहरूसँग उनीहरूको भविष्यबारे कुराकानी गरे, सबै एकैखालका भएका छन् । मैले कतै पनि कसैले पनि लेखक, दार्शनिक, चिन्तक, राजनेता, समाजसेवी, क्रान्तिकारी आदि शब्दहरू जिब्रोमा ल्याएको सुनेकी छैन । यी अर्थपूर्ण, महत्वपूर्ण, उत्तरदायित्वपूर्ण युग सचेत, सधै संघर्ष र चुनौतिसँग जुझ्न पर्ने, समाज निर्माणका प्रमुख स्तम्भहरूप्रति आदर्श परिवारहरूको के सोचाइ छ ? परिवारहरूमा यस्ता तत्वहरूको के कुनै प्रभाव नै छैन ? पर्दैन ?

मैले कतै पनि कसैले पनि लेखक, दार्शनिक, चिन्तक, राजनेता, समाजसेवी, क्रान्तिकारी आदि शब्दहरू जिब्रोमा ल्याएको सुनेकी छैन । यी अर्थपूर्ण, महत्वपूर्ण, उत्तरदायित्वपूर्ण युग सचेत, सधै संघर्ष र चुनौतिसँग जुझ्न पर्ने, समाज निर्माणका प्रमुख स्तम्भहरूप्रति आदर्श परिवारहरूको के सोचाइ छ ? परिवारहरूमा यस्ता तत्वहरूको के कुनै प्रभाव नै छैन ? पर्दैन ?

आज म सोच्न बाध्य छु- इतिहासमा जागा बस्नु पर्ने तथा कठिनतम काम सम्हाल्नु पर्ने यस्ता तत्वहरूप्रति आदर्श परिवारका बाल सदस्यहरू किन आकर्षित छैनन् ? कहिले त मलाई शंका लागेर आउँछ- कतै समाजमा अवस्थित असंगतीहरूको उतार-चढावमा पुल्टुङ्वाजी खाँदै कोही दार्शनिक, कोही लेखक, कोही राजनेता, कोही क्रान्तिकारी बन्न पुग्ने हुन् कि ? हुन्छ भन्दैमा हुन नसकिने, बन्छु भन्दैमा बन्न नसकिने पो हुनुपर्छ । यी सबै कति परिवारमा त लेखक, कवि, दार्शनिक बन्ला भनी परिवारका अरू सदस्य डराउँछन् पनि । क्रान्तिकारी त झन् नाउँसम्म लिनु हुँदैन । बिडम्वना त के छ भने- क्रान्तिकारीकै घरमा पनि क्रान्तिकारी बन भन्नु हुँदैन ।

गरीब परिवारहरूमा सन्तानको भविष्यबारे कुनै सपना हुँदैन । केही खान पाउने तथा अशिक्षित परिवारमा झण्डै यस्तै हुन्छ । अभिजात तथा सुविधा प्राप्त वर्ग उच्च प्राविधिकहरू हुन्छु भनेर हुन्छन्, कारण, घरको वातावरण, सुविधा, पैसा, सोर्स सबैले भ्याउँछन् । यस्ता परिवारहरूलाई समाजका अरू महत्वपूर्ण र मर्यादित पेशासँग कुनै लिनु दिनु पनि हुँदैन । उनीहरू उच्च सैनिक तथा पुलिस अधिकृत बन्न रूचाउँछन्, भइ पनि राखेका छन् । त्यसैले मध्यम तथा निम्न मध्यमवर्गीय परिवारका अभिभावकहरूले आफ्नो पारीवारिक आदर्शलाई कृत्रिम नबनाएर वास्तविक बनाउनतर्फ ध्यान दिनुपर्यो । बाल सदस्यहरूले दार्शनिक, चिन्तक, लेखक, राजनेता, समाजसेवी आदि बन्ने सपना देखून्, अठोट लिऊन् र बनून् पनि ।

युगधारा (वर्ष ३, अंक ३८ २०४२ साउन १४ गते) मा प्रकाशित