इजरायल-प्यालेस्टाइन संघर्षः मानवता र जायोनिज्मबीचको युद्ध

इजरायल-प्यालेस्टाइन संघर्षको मूल कारण भूमि, धर्म र राजनीतिक अधिकारको द्वन्द्वमा निहित छ भन्ने बुझाइ प्रचलित छ। यसको ऐतिहासिक पृष्ठभूमि १९४८ मा इजरायल राज्यको स्थापनासँग जोडिएको छ, जुन संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनी भू-भागलाई दुई भागमा (इजरायल र अरब राज्य) विभाजन गर्ने प्रस्ताव राखेपछि साकार भएको हो। यहुदीहरूले यस विभाजन प्रस्तावलाई स्वीकार गरेर जर्मनी, रूस, अमेरिका, युरोप तथा अन्य क्षेत्रहरूबाट प्यालेस्टाइनमा बसाइँ सर्न थाले। उनीहरूको दाबी थियो कि प्यालेस्टाइन उनीहरूको ऐतिहासिक मातृभूमि हो। तर यस प्रक्रियामा, प्यालेस्टाइनी मूल निवासीहरूले आफ्नो भूमिमा बाहिरीहरूको आगमनलाई स्वागतयोग्य मानेनन्। उनीहरूले यसलाई आफ्नो अधिकारमाथिको अतिक्रमण र आत्मनिर्णयको अधिकारको उल्लंघनको रूपमा लिए।
यसै क्रममा, १९४८ को अरब-इजरायल युद्धपछि प्यालेस्टाइनीहरूको लागि "नक्बा" (विपत्ति) को अध्याय सुरु भयो, जसमा लाखौं प्यालेस्टाइनीहरू आफ्नो घरबाट विस्थापित भए, उनीहरूको जमिन जबरजस्ती कब्जा भयो, र यहुदी बस्तीहरू विस्तार हुँदै गए। प्यालेस्टाइनीहरूको दृष्टिकोणमा, यो उनीहरूको सहस्राब्दीदेखिको बसोबासमाथिको ऐतिहासिक अन्याय हो। यसरी, यो संघर्ष केवल भूमि विवाद मात्र होइन, बरु ऐतिहासिक पीडा, धार्मिक पहिचान, राष्ट्रिय स्वायत्तता र अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेपको जटिल समीकरण हो। दुवै पक्षहरूको पीडा, आकांक्षा र इतिहासको बुझाइ नभएसम्म यसको स्थायी समाधान खोज्न गाह्रो छ।
१९४८ को अरब-इजरायल युद्धपछि प्यालेस्टाइनीहरूको लागि "नक्बा" (विपत्ति) को अध्याय सुरु भयो, जसमा लाखौं प्यालेस्टाइनीहरू आफ्नो घरबाट विस्थापित भए, उनीहरूको जमिन जबरजस्ती कब्जा भयो, र यहुदी बस्तीहरू विस्तार हुँदै गए।
प्यालेस्टाइनीहरूको सहमति र समर्थन (consent) बिना नै संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनी भूमिको विभाजन गरी इजरायल राज्यको स्थापनाको निर्णय लिएपछि, प्यालेस्टाइनीहरूले आफ्नो सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा हनन भएको भन्दै तीव्र विरोध गरे। साथै, अरब राष्ट्रहरूले पनि यस निर्णयलाई अन्यायपूर्ण र औपनिवेशिक मान्दै अस्वीकार गरे।
यसरी, ७७ वर्षअघि देखिनै प्यालेस्टाइनीहरूको घर, जमिन र बाँच्ने मौलिक अधिकार इजरायली नीतिहरू अन्तर्गत व्यवस्थित रूपमा खोसिन थालिएको थियो। आजसम्म लाखौं प्यालेस्टाइनीहरूको निर्ममतापूर्वक हत्या गरिएका छ, धेरैजसो शरणार्थी बनेका छन्, र गाजा तथा वेस्ट बैंकका लाखौं मानिसहरू भोकमरी, औषधिको अभाव र निरन्तर हिंसाको चपेटामा परिरहेका छन्।
१९६७ को युद्धपछि इजरायलले वेस्ट बैंक, गाजा पट्टी र पूर्वी जेरुसेलम अवैध रूपमा कब्जा गर्र्यो। गाजा पट्टीलाई इजरायलले चारैतिरबाट घेराबन्दी (blockade) गरेर राखेको छ, जसलाई मानव अधिकार विशेषज्ञहरूले "खुला कारागार" (Open-Air Prison) भनेका छन्। अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै इजरायलले कब्जा गरेका क्षेत्रहरूमा अवैध यहुदी बस्तीहरू विस्तार गरिरहेको छ। १९८७ र २००० मा प्यालेस्टाइनीहरूले शान्तिपूर्ण इन्तिफादा (विद्रोह) गरे, तर इजरायली सेनाले क्रूर दमन गर्र्यो। हालसम्म संयुक्त राष्ट्र, मानव अधिकार संस्था र अन्तर्राष्ट्रिय समुदायले इजरायलको कार्यलाई युद्ध अपराध, मानवतावादी संकट र जातीय शुद्धिकरणको रूपमा चिनाएका छन्।
यो संघर्ष ऐतिहासिक अन्याय, औपनिवेशिक उत्पीडन र भूराजनीतिक हस्तक्षेपको परिणाम हो। प्यालेस्टाइनीहरूको आत्मनिर्णयको अधिकार, न्याय र शान्तिको मागलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनु जरुरी छ।
हमासको स्थापनामा इजरायलको भूमिका
१९७०-८० को दशकमा इजरायलले हमासलाई प्रोत्साहित गर्र्यो। इजरायलले १९८० को दशकमा हमासलाई "इस्लामिक च्यारिटी संगठन" को रूपमा काम गर्न अनुमति दियो। यसको पछाडि उसको उद्देश्य प्यालेस्टाइनीहरूको धर्मनिरपेक्ष राष्ट्रवादी संगठन "फतह" (Palestinian National Liberation Movement) लाई कमजोर पार्ने थियो। इजरायली सेनाका गुप्त दस्तावेजहरू २००० मा लीक भए, जसले यो प्रमाणित गर्छ कि उनीहरूले हमासलाई "फतह विरुद्ध संतुलन" को रूपमा प्रयोग गर्न चाहेका थिए। १९८७ मा हमासको आधिकारिक गठन भयो। पहिलो इन्तिफादा (प्यालेस्टाइनी विद्रोह) को समयमा हमासले "इजरायल विरुद्ध जिहाद" को घोषणा गर्र्यो। इजरायलले पहिले यसलाई अनदेखा गर्र्यो, किनभने उनीहरूले यसलाई "फतहभन्दा कम खतरनाक" मानेका थिए। १९९० को दशकमा इजरायलले हमासलाई बढावा दियो। इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहुले "फतह विरुद्ध हमासलाई मजबूत बनाउने" नीति अघि सारे। त्यसपछि इजरायलले कतारबाट हमासलाई धन प्रवाह गर्न अनुमति दियो, जसले गर्दा हमास सैन्य रूपमा सशक्त भयो।
२००० को दशकमा हमासप्रतिको इजरायली रणनीतिमा परिवर्तन आयो। २००६ मा हमासले प्यालेस्टाइनी निर्वाचन जित्यो, जसले इजरायललाई आश्चर्यचकित बनायो। २००७ मा हमासले गाजापट्टीमा फतहलाई हटाएर आफ्नो नियन्त्रण स्थापित गर्र्यो। त्यसपछि इजरायलले हमासलाई "आतंकवादी संगठन" घोषणा गर्र्यो, तर यसको सुरुवातमा उनीहरूले नै यसलाई बढावा दिएका थिए। इजरायलले "फतहलाई कमजोर पार्न" हमासलाई प्रोत्साहित गर्र्यो, तर त्यो समूह पछि आफ्नै विरुद्ध उठेपछि हमासलाई "आतंकवादी संगठन" घोषणा गर्र्यो।
२००६ मा हमासले प्यालेस्टाइनी निर्वाचन जित्यो, जसले इजरायललाई आश्चर्यचकित बनायो। २००७ मा हमासले गाजापट्टीमा फतहलाई हटाएर आफ्नो नियन्त्रण स्थापित गर्र्यो।
२०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई इजरायली सरकारले जानीजानी अनदेखा गरेको छद्म हमला (False Flag Operation) हो भन्ने विभिन्न स्वतन्त्र अनुसन्धान तथा प्रमाणहरू सार्वजनिक भएका छन्। यसको पछाडि इजरायलको "प्यालेस्टाइनी प्रतिरोधलाई पूर्ण रूपमा समाप्त गर्ने" रणनीतिक उद्देश्य रहेको लगाउने गरिएको छ।
- इजरायली सरकारले उक्त हमलामा १,२०० भन्दा बढी मानिसहरू मारिएको दावी गरेको छ, तर यसको वास्तविकता प्रश्न गर्न योग्य छ।
- यस घटनालाई बहाना बनाएर इजरायलले प्यालेस्टाइनी भूमिको पूर्ण कब्जा गर्ने, हमासलाई नष्ट गर्ने अभियान, र सम्पूर्ण प्यालेस्टाइनी विद्रोहको दमन गर्ने नीति अघि सारेको छ।
- जवाफी कारबाही अन्तर्गत इजरायलले गाजामा अत्यधिक बमबारी गर्र्यो, जसको परिणामस्वरूप ५०,००० भन्दा बढी प्यालेस्टाइनीहरू मारिए।
- हावार्ड युनिवर्सिटीको एक अनुसन्धानले देखाएअनुसार, यसपछि ३ लाख ७७ हजारभन्दा धेरै प्यालेस्टाइनीहरू "गायब" (जबरजस्ती विस्थापन, हत्या, वा कैद) पारिएका छन्।
यसले इजरायलको "सम्पूर्ण उन्मूलन अभियान" (Total Extermination Campaign) को रणनीति प्रमाणित गर्दछ, जुन अन्तर्राष्ट्रिय मानव अधिकार कानून र युद्ध नियमहरूको घोर उल्लंघन हो।
इजरायल भन्छ, "हामी आत्मरक्षामा हिंसा गर्छौं। हमासले हाम्रा नागरिकहरूलाई मार्छ, त्यसैले हामीले उनीहरूको सैन्य ठाउँहरू नष्ट गर्छौं।" तर धेरै निर्दोष प्यालेस्टाइनीहरू मारिन्छन्, किनकी हमासले आवासीय क्षेत्रबाट हमला गर्छ। प्यालेस्टाइनीहरू भन्छन्, "हामीलाई ७५ वर्षदेखि कब्जामा राखिएको छ, अन्याय गरिएको छ र शरणार्थी जीवन बिताउन बाध्य गरिएको छ। हाम्रो भूमि फिर्ता चाहिन्छ।"
यस विवादलाई समाधान गर्न अन्तर्राष्ट्रिय समुदायले संयुक्त राष्ट्रसंघमा दुई-राज्य समाधान (इजरायल र प्यालेस्टाइन दुई अलग अगल देश बन्ने) को माग गरेको छ, तर यो अहिलेसम्म कार्यान्वयन हुन सक्ने अवस्थामा छैन। लामो समयदेखि चलिआएको हिंसा, अत्याचार र कब्जाको श्रृंखलाले यस समाधानको सम्भावनालाई समाप्त गर्दै गएको छ।
- गाजा र अधीनस्थ प्यालेस्टाइन (Occupied Palestine) मा प्यालेस्टाइनी नागरिकहरू भोकमरी, स्वास्थ्य उपचारको अभाव र खाद्यान्न संकटको चरम अवस्थामा छन्।
- इजरायली सेना र सेट्लरहरूको दैनिक बमबारी, नियोजित हत्याहरू र हिंसाले उनीहरूलाई समाप्तिको कगारमा (verge of extermination) पुर्याएको छ।
- २०२३ अक्टोबर ७ देखि लगातार २ वर्षसम्म सम्पूर्ण विश्वले डिजिटल माध्यमबाट "प्रत्यक्ष नरसंहारको" (Live Genocide) को साक्षी बन्दैछ।
अब युद्ध विराम वा दुई-राज्य समाधान भन्दा पनि,
- इजरायलले गरेको युद्ध अपराध, मानवतावादी कानूनको उल्लंघन र जातीय सफाया (Ethnic Cleansing) प्रति जवाफदेहिता (Accountability) माग्नु जरुरी छ।
- अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्रसंघ र मानवीय मूल्यहरूलाई मृत तुल्य (irrelevant) पार्ने गरी इजरायलले अगाडि बढ्दै गएको छ।
- अमेरिकी संरक्षण र अन्तर्राष्ट्रिय मौनताको कारण यो अपराध निरन्तर हुँदैछ।
मानवतामा विश्वास गर्ने विश्व समुदायले,
- यस नरसंहार रोक्न
- अन्तर्राष्ट्रिय कानुनको पालना गराउन
- र इजरायल र अमेरिकालाई जवाफदेही ठहराउन
अब निर्णायक कदम चाल्न आवश्यक देखिन्छ।
९/११ पछि अमेरिकाको मध्यपूर्व नीति: ७ देशहरूमा आक्रमणको निर्णय र यसमा इजरायलको भूमिका
२००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर (ट्विन टावर) र पेन्टागनमा भएको आतंकवादी हमलामा २,९९६ निर्दोष मानिसको मृत्यु भयो। यसको प्रतिक्रियास्वरूप अमेरिकी राष्ट्रपति जर्ज डब्लू. बुशले "आतंकवाद विरुद्ध युद्ध" (वार अन टेरर) घोषणा गरे र ७ मध्यपूर्वी देशहरू लक्षित गरी "शैतानको अक्ष" (Axis of Evil) को अवधारणा सिर्जना गरे। यसको मुख्य उद्देश्य थियो - लक्षित राष्ट्रहरूलाई "ठेगान लगाएर" कमजोर पार्ने वा सिद्धाउने।
तर,
- ९/११ को घटनाप्रति संदेहास्पद दृष्टिकोण रहेको छ।
- विभिन्न कन्स्पिरेसी थियोरीहरू (षड्यन्त्र सिद्धान्त) अनुसार, यो हमला अमेरिकी र इजरायली "डिप स्टेट" (गहन राज्य) को साझा योजना हुनसक्ने आशंका गरिएको छ।
- जोन एफ. केनेडीको हत्यामा इजरायलको मोसाद र सिआईएको संलग्नताको प्रमाण बाहिर आएपछि, यी आरोपहरूमा थप विश्वसनीयता आएको छ।
- धेरै विश्लेषकहरूको मान्यता छ कि यो हमला मध्यपूर्वमा अमेरिकी-इजरायली वर्चस्व कायम गर्ने रणनीतिक उद्देश्यले गरिएको हो।
यसले अमेरिका र इजरायलको गोप्य एजेन्डा रहेको आशंकालाई बलियो बनाएको छ, जुन विश्व राजनीतिमा ठूलो प्रश्न हो।
लक्षित देशहरू र कारण:
इराकः २००१ पछि सद्दाम हुसेनले इराकमा "हतियार विनाशक" (WMDs) निर्माण गरेको झूटो आरोप लगाई गलत सूचना निरन्तर सम्प्रेषित गरियो। २० मार्च २००३ मा आक्रमण गरी "इराकी स्वतन्त्रता अभियान" चलाइयो, ९ अप्रिल २००३ मा बगदाद पतन भयो, सद्दाम हुसेनलाई गिरफ्तार गरियो, २००६ मा सद्दामलाई फाँसी दिइयो र २०११ मा अमेरिकी सेना फिर्ता भयो। १ लाखभन्दा बढी इराकी नागरिक मारिए, इराकमा WMDs भेटिएनन् तर यो घटनाले अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का पुग्यो।
अफगानिस्तानः तालिबान र अल-कायदालाई समर्थन गरेको आरोपमा अफगानिस्तानमा २० वर्षे युद्ध (२००१-२०२१) अमेरिकाले लड्यो जसमा २ लाखभन्दा बढी अफगानी नागरिकहरूको मृत्यु भयो। ७ अक्टोबर २००१ मा अमेरिका र NATO सहयोगीहरूले अफगानिस्तानमा आक्रमण सुरु गरे। २० वर्षसम्म अशान्ति र युद्धले अफगानिस्तान ध्वस्त पार्यो र अन्ततः २०२१ मा तालिबानको सरकार फेरि सत्तामा आयो।
लिबियाः मोहम्मद गद्दाफीको शासनलाई लक्ष्य बनाइयो। २०११ मा नाटोको संलग्नतामा भएको बमबारी र गद्दाफीको हत्याले त्यस देशलाई अराजकतामा पार्यो ।
सोमालियाः अल-शबाबको राजलाई आतंकवादी समूहको आरोप लगाएर ड्रोन हमला र सैन्य हस्तक्षेप गरेर समाप्त पारियो।
यमनः हुथी विद्रोहीहरूलाई लक्षित गरियो, साउदी अरबलाई हतियार आपूर्ति गरेर गृहयुद्ध लम्बाइयो।
सीरियाः "अमेरिका विरोधी" बाथ पार्टीले शासन गरेको कारण दशकौंसम्म आर्थिक प्रतिबन्ध (Sanctions) लगाइयो तथा प्रत्यक्ष आक्रमण नगरे पनि गृहयुद्धमा हस्तक्षेप गरियो र अन्त्यमा टर्की र इजरायलको संयुक्त हस्तक्षेपमा रहिरहेको शासनलाई फालेर, अमेरिका आफैँले लगानी गरेर बनाएको अलकायदाको “पूर्व नेता” अल-जोलानीलाई कठपुतलीको रूपमा स्थापित गरी सत्ता परिवर्तन (regime change) गराउन सफल भयो। बदलामा इजरायलले ग्रेटर इजरायलका लागि सिरियाको गोलान हाइट्सको जमिन कब्जा गर्र्यो।
“इरानले परमाणु बम बनाइसक्यो र इजरायललाई ध्वस्त पारिसक्यो” भनेको २० वर्ष पछि फेरि त्यहि बहानामा इजरायलले इरानमाथि आक्रमण गर्यो।
इरानः "परमाणु कार्यक्रम" र "आतंकवाद समर्थन" को आरोपमा इरानमाथि लामो समयसम्म आर्थिक प्रतिबन्ध र साइबर हमला (Stuxnet Cyber Attack) इत्यादि लगाइँदै आएको अवस्थामा अन्ततः इजरायलले एक वर्ष अघि दमास्कस, सिरियामा स्थित इरानी दूतावासमा हमला गरेर इरानी सेनाका २ उच्च तहका सैनिक अधिकारीको हत्या गरायो। जसको जवाफस्वरूप इरानले इजरायलमाथि झण्डै ३०० वटा ड्रोन प्रहार गरेर जवाफ दियो। सो घटनाको एक वर्ष पछि र “इरानले परमाणु बम बनाइसक्यो र इजरायललाई ध्वस्त पारिसक्यो” भनेको २० वर्ष पछि फेरि त्यहि बहानामा इजरायलले इरानमाथि आक्रमण गर्यो। अमेरिका र इजरायलले इरानमा सत्ता परिवर्तन गर्न खोजेको भनेर घोषित रुपमा नै गरेर प्रयास गरे तर इरानी सेनाको कडा प्रतिकार र सरकारसँगको ऐक्यबद्धताको सामना गर्नुपरेपछि र इरानका सर्वोच्च नेता खामेनीलाई हत्या गर्न नसकेपछि तत्कालका लागि उनीहरू पछि हट्नुपर्यो।
ब्रिटिश साम्राज्यवाद र बाल्फोर घोषणापत्र: इजरायलको स्थापना र प्यालेस्टाइनी उत्पीडनमा भूमिका
१९१७ देखि १९४८ सम्म इजरायलको स्थापनामा ब्रिटिश साम्राज्यवादको ठूलो भूमिका रहेको छ। १९१७ मा बाल्फोर घोषणापत्रले आधिकारिक रूपमा प्यालेस्टाइनमा यहुदी राज्यको आधारशिला निर्माण गरेको हो। त्यतिबेला ब्रिटिशहरूले जर्मनीसँग प्रथम विश्वयुद्धमा हार्ने अवस्था थियो। त्यतिबेलामा जायोनिस्ट यहुदीहरूले ब्रिटिश राजलाई ‘अमेरिकालाई प्रथम विश्वयुद्धमा अलायन्स (allies) को पक्षमा’ युद्धमा संलग्न गराई जिताउने वाचा गरे। एकान्तवादी परराष्ट्र नीति (Isolationist) बसेको अमेरिकालाई सफलतापूर्वक युद्धमा संलग्न गराइसकेपछि ब्रिटिशले युद्ध जिते र बदलामा जायोनिस्ट यहुदीहरूले त्यतिबेला ब्रिटिश उपनिवेश अन्तर्गत रहेको प्यालेस्टाइनको भूमिलाई मागे।
इजरायलको सिर्जना १९४५ मा विश्वयुद्ध अन्त्य भएपछि मात्र भएको हो भन्नु गलत हुन्छ। इजरायलको सिर्जना १९१७ मा बाल्फोर घोषणापत्रले गरेको र १९४८ मा संयुक्त राष्ट्रसंघले आधिकारिकता दिएको हो।
१९१७ नोभेम्बर २ मा ब्रिटिश विदेश मन्त्री आर्थर बाल्फोरले यहुदी नेता लर्ड रोथ्सचाइल्डलाई पत्र लेखेर "प्यालेस्टाइनमा यहुदीहरूको लागि राष्ट्रिय घर" बनाउने प्रस्तावमा ब्रिटिश समर्थनको घोषणा गरे। त्यसैले इजरायलको सिर्जना १९४५ मा विश्वयुद्ध अन्त्य भएपछि मात्र भएको हो भन्नु गलत हुन्छ। इजरायलको सिर्जना १९१७ मा बाल्फोर घोषणापत्रले गरेको र १९४८ मा संयुक्त राष्ट्रसंघले आधिकारिकता दिएको हो। यो देशको निर्माण एक उपनिवेशी साम्राज्यले आफ्नो अधिकारक्षेत्र बाहिरको भूमि अर्को साम्राज्यवादी प्रयोजनको लागि बुझाएको हुनाले सिर्जना भएको हो। दोस्रो विश्वयुद्धको जर्मन राज्यद्वारा भएको भनिएको ‘होलोकस्ट’ (Holocaust) सँग यसको सम्बन्ध १९४८ पश्चात प्यालेस्टाइनीहरूको हत्या र हिंसा न्यायोचित ठहराउन प्रयोग हुने इमोसनल प्रोपागान्डाको रूपमा बढी छ, तर यसको असली सम्बन्ध धन, शक्ति, तेल र साम्राज्यवादसँग बढी छ।
प्यालेस्टाइनीहरूले प्रतिक्रिया स्वरूप यसलाई "आफ्नो भूमिसँग कुनै पनि सल्लाह नलिई गरिएको औपनिवेशिक षड्यन्त्र" भने। त्यसबेला प्यालेस्टाइन मा ९०% अरब (प्यालेस्टाइनी) र १०% यहुदी बसोबास थिए। प्यालेस्टाइनीहरूको आन्दोलनलाई व्यापक दमन गरियो। १९३६-१९३९ को विद्रोहमा ५,००० भन्दा धेरै प्यालेस्टाइनीहरू मारिए। अन्ततः १९४७ मा ब्रिटेनले प्यालेस्टाइन बाट हात खिच्यो र संयुक्त राष्ट्रले विभाजन (Partition Plan) पारित गर्र्यो। १९२० देखि १९४८ सम्म ४००,००० भन्दा बढी यहुदीहरू प्यालेस्टाइन मा बसाइँ सरे, जसले प्यालेस्टाइनीहरूको जमीन हडप्ने प्रक्रिया तीव्र बनायो। १९४८ को नक्बा (प्यालेस्टाइनी विस्थापन) को निम्ति ब्रिटिशहरूले प्यालेस्टाइनीहरूलाई कुनै अन्तर्राष्ट्रिय संरक्षण नदिई इजरायलको स्थापनालाई अनुमति दिए।
प्यालेस्टाइनीहरूको नरसंहारलाई "आत्मरक्षा" भन्छन् र गाजामा भइरहेको नरसंहारलाई अमेरिका तथा ब्रिटेनले निन्दा गर्न अस्वीकार गर्छन्, अझ प्रोत्साहन समेत गर्छन्। प्यालेस्टाइनीहरूको चिहानमा उनीहरू साम्राज्यवादी सहर बनाउने रणनीति बनाउँदै छन्।
आजसम्म पनि ब्रिटिश तथा अमेरिकाले इजरायललाई राजनीतिक र सैन्य सहयोग, हतियार, संयुक्त राष्ट्रमा भिटो सुरक्षा र आर्थिक सहयोग गर्छन्। प्यालेस्टाइनीहरूको नरसंहारलाई "आत्मरक्षा" भन्छन् र गाजामा भइरहेको नरसंहारलाई अमेरिका तथा ब्रिटेनले निन्दा गर्न अस्वीकार गर्छन्, अझ प्रोत्साहन समेत गर्छन्। प्यालेस्टाइनीहरूको चिहानमा उनीहरू साम्राज्यवादी सहर बनाउने रणनीति बनाउँदै छन्।
जायोनिज्म (Zionism) र प्यालेस्टाइनीहरूको हत्याको सम्बन्ध
जायोनिज्म भनेको यहुदीहरूको लागि फिलिस्तीनमा एक अलग राष्ट्र (इजरायल) को स्थापना गर्ने राजनीतिक आन्दोलन हो भन्ने बुझिन्छ। तर, जायोनिस्टहरूलाई केवल यतिले मात्र बुझ्न सकिँदैन। जायोनिस्टहरू सामान्यतया ती राजनीतिज्ञ तथा तिनीहरूलाई फन्डिङ गर्ने बिलियनेरहरू र उनीहरूले बनाएको साम्राज्यका समर्थकहरू हुन्, जसले मानवता, नैतिकता, इमानदारी, सामुदायिकता जस्ता मानवीय मूल्य-मान्यतालाई विश्वबाट मेटाएर धनको वर्चस्वमा संरचित पूर्ण नियन्त्रण र बिना कुनै बाधा अवरोधको एकाधिकारयुक्त संसार निर्माण गर्ने सपनाको डिजाइन गरेका छन्। र सो सपना पूरा गर्नका निम्ति समाजवादी वा आफ्नो नियन्त्रणमा पर्न नसकेको जुनसुकै राष्ट्रलाई दुश्मन राष्ट्रको रूपमा लिएर सो राष्ट्रमा वर्चस्वको लागि खेल खेल्छन्।
जायोनिज्मको सम्बन्ध केवल यहुदी धर्मसँग मात्र छैन। माथि उल्लेखित विचारधारा बोक्ने जुनसुकै धर्ममा रहेका मानिसहरू, जसले ‘विश्वमा रहेका सबै धर्म, जातजाति, देश, समुदायको शान्तिपूर्ण सहअस्तित्व (Peaceful Coexistence) का विरुद्ध मानवीय मूल्य-मान्यताको समाप्ति’ को विचारधारा बोक्छन्, ती सबै जायोनिस्ट हुन् र मानवताका विरोधी हुन्।
जायोनिज्म संसारलाई समाप्त पार्न सक्ने, परमाणु युद्धमा धकेल्न सक्ने एउटा अत्यन्त ठूलो मानसिक रोग पनि हो।
अमेरिकामा ६ मिलियनभन्दा बढी क्रिस्टियन जायोनिस्टहरू छन्, जसले यहुदी जायोनिस्टहरूलाई खुब समर्थन गर्छन्। इन्डियाको आरएसएसले प्रचार गर्ने ‘हिन्दु धर्म’मा पनि ‘मुस्लिम मार्न पाउनु पर्छ भन्ने’ जायोनिस्टहरूको संख्या अहिले सानो छैन। जायोनिज्म संसारलाई समाप्त पार्न सक्ने, परमाणु युद्धमा धकेल्न सक्ने एउटा अत्यन्त ठूलो मानसिक रोग पनि हो।
आप्रवासी औपनिवेशिकतावाद (Settler Colonialism) र इजरायल-फिलिस्तीन संघर्ष: नरसंहारको ऐतिहासिक जडहरू
आप्रवासी औपनिवेशिकतावाद भनेको बाहिरी समूहहरूले आदिवासी (indigenous) जनताको जमीन हडपी आफ्नो स्थायी बस्ती बसाउने प्रक्रिया हो। शान्तिपूर्वक आप्रवास र आप्रवासी औपनिवेशिकतावादमा शक्तिको प्रयोग, आदिवासीको सहमति (consent), आधिकारिकता (legitimacy), तथा नरसंहार (genocidal element) वा विस्थापन (displacement intent) छ कि छैन भन्ने कुराले फरक निर्धारण गर्न सकिन्छ।
आप्रवासी औपनिवेशिकतावादमा:
• स्थानीय जनतालाई विस्थापित वा नष्ट गरिन्छ
• उनीहरूको संस्कृति, इतिहास र अधिकार मेटाइन्छ
• नयाँ औपनिवेशिक समाज स्थापना गरिन्छ
अन्य आप्रवासी औपनिवेशिक राज्यहरूसँग इजरायलको तुलना:
१. अमेरिका र मूल निवासीहरूको नरसंहार
• १६औं-१९औं शताब्दी: युरोपेलीहरूले अमेरिकामा आएर १ करोडभन्दा बढी मूल निवासीहरू (Native Americans) लाई मारे।
• "म्यानिफेस्ट डेस्टिनी" को नाममा मूल निवासीहरूको जमीन व्यापक रूपमा कब्जा गरे।
२. अस्ट्रेलियामा आदिवासी उत्पीडन
• १७८८ देखि अस्ट्रेलियामा ब्रिटिशहरूले आदिवासीहरूको जमीन कब्जा गरे।
• "स्टोलन जेनरेशन" को नीति लिएर आदिवासी बच्चाहरूलाई जबरजस्ती हटाएर युरोपेली संस्कृति थोपर्ने काम गरे।
३. क्यानडामा रेजिडेन्शियल स्कुलहरू
१९औं-२०औं शताब्दी: आदिवासी बच्चाहरूलाई जबरजस्ती ईसाई बनाउने र आफ्नो भाषा/संस्कृति निषेध गर्ने काम सबै आप्रवासी औपनिवेशिक शक्ति तथा क्यानडाले गरेको छ।
माथि उल्लेख गरिए जस्तै, इजरायल पनि एक आधुनिक आप्रवासी औपनिवेशिक परियोजना हो। इजरायल र अन्य आप्रवासी औपनिवेशिक शक्तिहरूबीचका समानताहरू – जमीन हडप्ने रणनीति; १९४८ मा ५३० प्यालेस्टाइनी गाउँहरू नष्ट गरेको; १९६७ पछि वेस्ट बैंकमा २६० भन्दा बढी अवैध यहुदी बस्तीहरू बसालेको; जनसांख्यिकीय परिवर्तन गराई १९४८ मा ९०% रहेका प्यालेस्टाइनीहरूलाई विस्थापित गरेर २०२४ सम्ममा ५०% भन्दा धेरै यहुदी जनसंख्या पारेको; संस्कृति मेटाउने प्रयास अन्तर्गत प्यालेस्टाइनीहरूको इतिहास पाठ्यक्रमबाट हटाउने; प्यालेस्टाइनी घरहरूमा यहुदी बसोबास गर्ने; सांस्कृतिक मूल्य राख्ने जैतुनका लाखौं रूख समाप्त गरी युरोपियन मोडेलका विरुवा लगाउने; प्यालेस्टाइनीहरूको इतिहास सम्बन्धि सम्पूर्ण सामग्री सेन्सर तथा कब्जा गरेर राखेको इत्यादि बाट प्रमाणित गर्न सकिन्छ।
इजरायलले सेना प्रयोगलाई आत्मरक्षाका रूपमा जति प्रमाणित गर्न खोजेपनि, ७७ वर्षको हिंसाको श्रृंखलाले विश्व समुदायको गम्भीर ध्यान प्यालेस्टाइनी नागरिकको सुरक्षातर्फ आकर्षित भइसकेको छ।
नरसंहार सम्बन्धी महासन्धि (Genocide Convention) का अनुसार नरसंहारका चरणहरू:
० समूह पहिचान नष्ट गर्ने (प्यालेस्टाइनी राष्ट्रियतालाई सम्पूर्ण रूपमा अस्वीकार)
० जनसंख्या नियन्त्रण (गाजामा जन्मदर घटाउने तथा उन्मूलनको नीति)
० सामूहिक हत्या (२०२३-२०२४ मा ५०,०००+ र अक्टोबर ७ को घटना पछि लगातार दैनिक रूपमा प्यालेस्टाइनीहरूको हत्या)
निचोड
इतिहास आफ्नै आँखाअगाडि छ – जस्तै अमेरिकी आप्रवासी औपनिवेशका कारण मूल निवासीहरूको ९०% जनसंख्या कम भयो, अस्ट्रेलियाली आप्रवासी औपनिवेशका कारण आदिवासीहरू ३% मात्र बाँकी छन्, र प्यालेस्टाइनीहरू "सुस्त नरसंहार" (Slow Genocide) को निरन्तर सिकार हुँदैछन्। यदि इजरायल-फिलिस्तीन संघर्षलाई अन्तर्राष्ट्रिय समुदायले जडैदेखि समाप्त गर्न चाहन्छ भने, दुई-राज्य समाधानले काम गर्ने अवस्था छैन। यसको जवाफ बाल्फोरको उपनिवेशी घोषणापत्रको खारेजी, प्यालेस्टाइनी राज्यको पुनर्स्थापना, र संसारभर छरिन पुगेका प्यालेस्टाइनीहरूलाई ‘घर’ फर्कन दिने; तथा इजरायललाई सिमित भूमि प्रदान गरी अन्तर्राष्ट्रिय समुदायले सैन्य तथा अन्य कारवाही गरेर कमजोर अवस्थामा राख्नुपर्ने समाधानमा लुकेको छ।
र यदि मानवताले जायोनिज्मको समस्या समाधान गर्न चाहन्छ भने, जायोनिस्टहरू विरुद्ध लड्ने आँट गर्न थाल्नुपर्छ। किनभने जायोनिस्टहरूको निशानामा हिजो इराक थियो, लिबिया थियो, सिरिया थियो, आज इरान छ, रसिया छ, भोलि चीन हुन्छ, दक्षिण कोरिया हुन्छ। अलिकति पनि मानवता बाँकी रहेका मानिस जुनसुकै देशमा बसेपनि, उनीहरूले जायोनिज्म विरुद्धको संघर्षमा भाग लिनुपर्छ र सशक्त रूपमा आवाज उठाउनुपर्छ। चीन, रूस तथा ग्लोबल साउथका देशहरूले एक भएर उभिनुपर्छ र आ-आफ्नो “विनाश” (Doom) कुर्ने प्रवृत्तिलाई त्याग्नुपर्छ। यस सम्बन्धमा इरान र रूसले देखाएको साहसलाई मानवताले समर्थन गर्नुपर्छ।
माओले भने जस्तै, साम्राज्यवादीहरू कागजी बाघ हुन्; असली बाघको अगाडि यी टिक्दैनन्। आँट गरौं र भनौं – आप्रवासी उपनिवेशवाद र जायोनिस्ट साम्राज्यवाद गलत थियो, छ र रहनेछ। ब्रिटिश साम्राज्यवाद अन्यायी र अत्याचारी थियो, छ र रहनेछ। अमेरिकन आप्रवासीहरूले नेटिभ अमेरिकनहरू प्रति गरेको नरसंहार तथा अत्याचार गलत थियो र सधैंभरि रहनेछ। तथा आधुनिक आप्रवासी देश इजरायलले फिलिस्तिनमा गरिरहेको कब्जा, नरसंहार तथा मध्यपूर्वभरि फैलाएर राखेको आतंक गलत र सजायभागि छ र रहनेछ।
जबसम्म मानिसमा चेत रहन्छ, तबसम्म उपनिवेशवादलाई गलत र अन्यायपूर्ण ठानिनेछ। त्यसैले होला, विश्वभर धन परिचालित गरेर चेत मार्ने रणनीति लागू गरिँदैछ। अध्ययनले खोलेको चेतले नै मानवताको उद्धार गर्ने क्षमता राख्ने देखिन्छ। इतिहास र दर्शनको अध्ययन गर्नु, संस्कृति पालना गर्नु, नैतिकता राख्नु, देशभक्त हुनु, र आफूभित्रको मानवीयतालाई जिउँदो राख्नु – यी सबै कुरा प्रतिरोधको कार्य (act of resistance) हुन्, जसले जायोनिज्मलाई परास्त गर्छ। त्यसैले, अबको नेपालको शिक्षाको मोडल समेत व्यापक परिवर्तन गरी यी मूल्य-मान्यता र चेतनशील सक्षमता निर्माण गर्ने गरी बनाइनुपर्छ।

‘१२ दिन लामो’ इजरायल–इरान युद्ध साँच्चै सकिएको हो त?

अमेरिकी 'कू' को कालो इतिहास

के हुन सक्छ हर्मुजमा नाकाबन्दीले निम्त्याउने संकट ?

अमेरिकी 'डीप स्टेट', यहूदी प्रभाव र इजरायललाई अमेरिकी समर्थन

कसरी सम्भव भयो इरानभित्र मोसादको चलखेल ?

ट्रम्प र रुबियोले क्युबामाथि फन्दा कस्दै

इरानमाथि इजरायली आक्रमण

प्रतिक्रिया