विवाहको अर्थ-राजनीति

विगतमा विश्वमा विभिन्न वैवाहिक पद्धतिहरू हावी थिए । यी मध्ये केही रूपान्तरण हुँदै हालसम्म कायम छन् । केही नयाँ पद्धतिहरू जन्मने र विकास हुने क्रममा छन् । पक्कै पनि भविष्यमा यस्तो क्रम जारी रहनेछ ।

साथै, वर्तमान विश्वभित्र नै विभिन्न भूभागमा विभिन्न मुलुक, धर्माबलम्बी, सांस्कृतिक समूह र जनसमुदायहरूमा विभिन्न पद्धति अन्तर्गत वैवाहिक सम्बन्ध स्थापित गर्ने गरिन्छ । वैवाहिक सम्बन्धभित्रको घनिष्ठता, स्थायित्व 'लेनदेन' र अन्य अन्तर्क्रियाका साथै दम्पतिको बालबच्चासँगको र परिवारका अन्य सदस्य, नातागोता र मित्रगणसँगको सम्बन्ध पनि भिन्न-भिन्न रहेको पाइन्छ ।

कालान्तरमा स्थापित वैवाहिक पद्धतिको रूपान्तरण भएको छ र नयाँ पद्धतिहरू स्थापित हुँदै गएका छन् ।

फेरि, कुनै खास समाज, जनसमुदायमा समेत स्थापित वैवाहिक पद्धति स्थिर नभएको भेटिन्छ । कुनै पद्धति बढी ग्राह्य बन्दै जाने क्रममा हुन्छन् भने कुनैले क्रमशः वैधता गुमाउँदै गएका हुन्छन् । यसरी कालान्तरमा स्थापित वैवाहिक पद्धतिको रूपान्तरण भएको छ र नयाँ पद्धतिहरू स्थापित हुँदै गएका छन् ।

विवाहपद्धतिमा यस्तो भिन्नता किन छ ? स्थापित विवाहपद्धतिमा परिवर्तन किन हुन्छ ? नयाँ विवाहपद्धतिहरू किन स्थापित, वैध र मान्य हुन पुग्छन् ? के पद्धतिगत भिन्नताको पछाडि 'देवी' वा 'प्राकृतिक' कारण छ ? वा 'परम्परा' यस्तो भिन्नताको उपयुक्त र यथेष्ट व्याख्या हो ? यदि परम्परा उपयुक्त र यथेष्ट व्याख्या हो भने विवाहपद्धतिमा आएको र भविष्यमा आउने परिवर्तनको व्याख्या कसरी गर्न सकिन्छ त ?

नेपालको सन्दर्भमा सीमित हुने हो भने पनि यहाँ विभिन्न विवाहपद्धतिहरू कायम छन् । 'मागी विवाह, जसलाई परिवार र नजिकका नातागोताद्वारा रचित र संरक्षित विवाह भन्न सकिन्छ, यी मध्येको एउटा पद्धति हो । 'प्रेम' विवाह, जुन विवाह गर्ने केटा र केटीको इच्छाअनुसार हुन्छ, अर्को विवाहपद्धति हो ।

यिनका साथै पनि अन्य विशिष्ट विवाहपद्धतिहरू विद्यमान छन् । जस्तै : जारी विवाह, विधवा / विधुर विवाह बाल विवाह, श्रृंखलायुक्त विवाह, बहुविवाह, (बहुपत्नी र बहुपति प्रथा अर्न्तगत), एकल विवाह क्रमबद्ध एकल विवाह आदि आदि । यी विभन्न पद्धतिका आ-आफ्नै छुट्टै परिवेश छन् ।

'विकसित' देशहरूमा स्थापित भएको प्रेम-विवाह र 'अविकसित' देशहरूका कतिपय समुदायहरूमा हावी रहेको मागी विवाहको मान्यताले प्रशस्त कौतुहलता जन्माएको छ ।

तर यी पछिल्ला कोटीका विवाहहरूसमेत कि त 'मागी' पद्धतिअनुसार हुन्छ, कि त 'प्रेम' पद्धतिअनुसार । यसै कारणले पनि यो लेख यी दुई विवाहपद्धतिहरूमा केन्द्रित गरिएको छ । यसरी केन्द्रित हुनुका थप दुई कारणहरू पनि छन् । पहिलो 'विकसित' देशहरूमा स्थापित भएको प्रेम-विवाह र 'अविकसित' देशहरूका कतिपय समुदायहरूमा हावी रहेको मागी विवाहको मान्यताले प्रशस्त कौतुहलता जन्माएको छ । कौतुहलताको तह नाघेर मागी विवाह पुरातन परम्परावादी, असभ्य आदि विवाहपद्धति हो र प्रेम-विवाह आधुनिक, सभ्य र विकासमुखी हो भन्ने धारणा र आत्मग्लानी र आत्माभिमानबोध हामीमध्ये धेरैमा छ । यस्तो धारणाको वास्तविक जगलाई मोटो रूपमा भए पनि उधिन्नु आवश्यक भएको छ । दोस्रो विश्व लगायत नेपालका वामपन्थी र प्रगतिशील पक्ष र संगठनहरूले प्रेम विवाहको बारम्बार वकालत गर्ने गरेका छन् । यस्तो वकालतको पनि प्रारम्भिक आकलन गर्नु जरूरी भएको छ ।

मागी विवाह र सामन्तवाद

उत्पादनका साधनको स्वामित्व, उत्पादन प्रकृया र यस प्रकृया अन्तर्गतको घर परिवारभित्र लगायत जीवनयापन, मालिक- आश्रित सम्बन्ध र अन्य श्रम, अन्तरसामन्त संरचना, सामन्त र राज्यसंत्ता, अन्तर्देशीय सम्बन्ध आदि लामो कालसम्म अपेक्षाकृत रूपमा स्थिर रहे । खास गरेर सामन्त र आश्रित श्रमबीचको विभाजन राजनैतिक, आर्थिक र सांस्कृतिक तहहरूमा व्यापक, गहिरो र झण्डै अपरिवर्तनीय रह्यो । यसै विभाजनलाई वैधता दिन धर्म परम्परा', यिनमा आधारित कानूनका साथसाथै जातजातित्व, उँच-नीच, आर्य-अनार्य, स्थानीय बाहिरिया, मालिक दास-अर्धदास आदि विभेद र असमानताका झण्डै अभेद्य
पर्खालहरूको श्रृष्टि भयो । यस्ता विभेद र असमानताहरूको उद्भव दैवी र अलौकिक ठहऱ्याइयो, जसमा परिवर्तनको गुञ्जाइस अत्यन्त न्यून र अत्यन्त कठीन रह्यो । यिनै पर्खालहरूलाई सामाजिक पारिवारिक रूप दिन कुल घराना आदिको श्रृष्टि भयो । यिनै पर्खालहरूको प्रत्यक्ष सुरक्षाका लागि राज्यव्यवस्था र सैनिकहरूको पनि व्यवस्था गरियो । यीमार्फत् उत्पादनका श्रोत र आश्रित श्रममाथिको नियन्त्रणलाई प्रभावी तुल्याइयो ।

यस्तो विभेद र असमानताको व्याख्या र राजनैतिक आधार देवी र अलौकिक तहमा गरिए पनि र यस्तो विभेद र असमानता कायम राख्न विभिन्न विशिष्ट राजनैतिक, आर्थिक र सांस्कृतिक आधारशिला तयार गरी लागू गरिएपनि वैवाहिक पद्धति नियन्त्रित नतुल्याउँदा यस्तो पर्खालमा भ्वाङ पर्ने र अन्ततोगत्वा थोरै समयभित्रै यस्तो व्यवस्था ढल्ने निश्चित हुन्थ्यो । यो व्यवस्था तबमात्र चिरंजीवी हुनसक्थ्यो, जब खास-खास तहका सामन्त, खास-खास कुल / घराना, खास खास जात- जाति र उपजात-उपजाति आदिभित्र मात्र वैवाहिक सम्बन्ध सीमित गर्न सकिन्थ्यो । उत्पादनशील र अन्य संपत्तिको पुस्तैनी संरक्षण गर्न, आश्रित श्रममाथि दिगो र पुस्तैनी नियन्त्रण कायम राख्न र अन्य विभेद र असमानता अक्षुण्य राख्न 'बराबरी हैसियत' रहेकाहरूबीच नै वैवाहिकसम्बन्ध गाँसिनु अनिवार्य रह्यो । कुल घराना 'चोखो राख्न यस्तो पद्धति आवश्यक रह्यो । पारिवारिक सम्पत्ति अर्को पुस्तालाई हस्तान्तरण गर्न र सम्पत्तिको बाँडफाँड न्यून गर्न पनि यस्तो व्यवस्था आवश्यक रह्यो । समाजिक हैसियत कायम राख्न, राजनैतिक र सैनिक सुरक्षा-शक्ति संचय र बढोत्तरी गर्न पनि यस्तो व्यवस्था उपयोगी हुने भयो ।

स्वआर्जनमा नभई पुर्खौली आर्थिक सम्पत्ति, पुर्खौली राजनैतिक शक्ति र पुर्खोली सामाजिक प्रतिष्ठाको आधारमा नै आफ्नो आर्थिक, राजनैतिक र सामाजिक हैसियत तय हुने परिपाटीभित्र भावी बेहुलाले आफैं बेहुलीको चयन गर्ने अधिकार नराख्नु स्वाभाविक बन्यो ।

यी उद्देश्यहरू हासिल गर्न अन्य क्षेत्रहरूमा झैं वैवाहिक क्षेत्रमा पनि विवाह हुने बेहुला-बेहुलीको नभएर परिवारका मूली र नातागोता एवं कूलका अन्य मूलीहरूको भूमिका प्रवल रहनु र निर्णयशक्ति उनीहरूमै निहित रहनु स्वाभाविक थियो । उता स्वआर्जनमा नभई पुर्खौली आर्थिक सम्पत्ति, पुर्खौली राजनैतिक शक्ति र पुर्खोली सामाजिक प्रतिष्ठाको आधारमा नै आफ्नो आर्थिक, राजनैतिक र सामाजिक हैसियत तय हुने परिपाटीभित्र भावी बेहुलाले आफैं बेहुलीको चयन गर्ने अधिकार नराख्नु स्वाभाविक बन्यो । पुर्खौली आर्थिक र अन्य अंशमाथि दावी गर्न सक्ने अधिकारको अर्को पाटो रह्यो वैवाहिक चयनबारे को अधिकारको स्खलन । त्यस्तो अधिकार 'अंश' दिनसक्ने पारिवारिक मूलीमा निहित रह्यो ।

खास गरेर युरोपका खास मुलुकका युवराज र राजपुत्रीको विवाह अन्तर्देशीय हुनेगर्थ्यो, किनकि कुनै युवराज वा राजपुत्रीको 'समकक्षी' त्यही मुलुकभित्र पनि छ भनी स्वीकार्न कठीन हुन्थ्यो । स्वीकार्दा 'द्वैध शासन को खतरा रहन्थ्यो ।

'बराबरी हैसियत' कुलीनता, राजनैतिक शक्ति र सामाजिक प्रतिष्ठाको आर्जन र यी सबैको दिगोपनाको लागि नै सबैजसो सामन्तहरूले 'पर्खाल भित्र मात्र आफ्ना सन्तानको विवाह तय गर्ने गरेका छन् । सीता र द्रौपदीले 'स्वयंवर' त गरे, तर वरमाला लगाउन उपयुक्त ठानिएका मध्ये चुनिएका केही राजकुमार वा सो सरहका कुमारहरूमात्र निम्त्याइए । नेपालका राज खान्दानका बहिनी छोरी र छोराको विवाह नेपाल वा भारतका समकक्षी सामन्त खान्दानभित्र नै भयो । २०-३० वर्ष अघिसम्म पनि युरोपका धेरैजसो राजघरानाका व्यक्तिहरूको विवाह 'मागी' प्राणालीअन्तर्गत नै हुन्थ्यो । खास गरेर युरोपका खास मुलुकका युवराज र राजपुत्रीको विवाह अन्तर्देशीय हुनेगर्थ्यो, किनकि कुनै युवराज वा राजपुत्रीको 'समकक्षी' त्यही मुलुकभित्र पनि छ भनी स्वीकार्न कठीन हुन्थ्यो । स्वीकार्दा 'द्वैध शासन को खतरा रहन्थ्यो । त्यसैले पनि युरोपभरिका मुलुकहरूमा हाल विरलै त्यस्ता राजपरिवार होलान्, जसको नाता अन्य अन्तरर्देशीय राजपरिवारहरूसँग नगाँसिएको होस् । यी बेहुला-बेहुलीको विवाह पनि देखादेखविना, पूर्व प्रेमविना, आत्मनिर्णयविना र अभिभावकहरूको समझदारी अन्तर्गत नै हुन्थ्यो ।

सामन्तवादअन्तर्गत राजा-रजौटा, महासामन्त, जमिन्दारदेखि सम्पत्तियुक्त 'सामान्य' गृहस्थ- मालिक परिवारमा पुरूष बहुविवाहको चलन काफी मात्रामा थियो । यीमध्ये कतिपय प्रेमविवाह पनि हुन्थे । तर पहिलो आधिकारिक पूर्णवैधता प्राप्त विवाह अभिभावकहरूले नै निश्चित गर्थे । यसै विवाहअन्तर्गत प्राप्त सन्तानलाई मात्र पुर्खौली आर्थिक, राजनैतिक र सांस्कृतिक अधिकार प्राप्त हुन्थ्यो । यो दृष्टिले प्रेम विवाह अवैधानिक थियो । महारानी र ल्याइतेका 'ए-वी-सी वर्ग का नेपालका
राणासन्तानहरूबीच चर्केको द्वन्द यही बैधानिकता बारेको द्वन्द थियो । यो द्वन्द सामन्तवादको अन्त्य र पूँजीवादको विकासकालीन द्वन्द पनि थियो ।

पूँजीवाद र प्रेम विवाह

पूँजीवादलाई सामान्यतया हामी आर्थिक क्षेत्रको सीमाभित्र मात्र राखेर बुझ्ने गछौं । कहिलेकाहीँ राजनैतिक क्षेत्र र विरलै मात्र सांस्कृतिक क्षेत्रसम्म तन्काएर बुझ्ने गछौं । पूँजीवाद र संस्कृतिबीचको अन्तक्रियाको आंकलन गर्दा पनि हामी अलिक अमूर्त तहमा नै रहने गरेका छौं । यो सन्दर्भमा, के पूँजीवाद र विवाहपद्धतिबीचको अन्तर्सम्बन्धलाई मूर्त तुल्याउन सकिंदैन ?

निजी पुँजीमाथि कानूनी अधिकार अनुल्लंघनीय हुँदै गएको स्थितिमा यो व्यक्तिको पुखौली सम्पत्तिमाथिको अधिकार परिवारको मूलीको इच्छापत्रमा आधारित हुने भयो । अर्थात् त्यस्तो सम्पत्तिको हकदावी गर्न सक्ने वा हकदार हुने कुरा अनिश्चित रह्यो ।

घरपरिवारलाई उत्पादनको समेत नभएर मूलतः उपभोगको थलोको रूपमा मात्र स्थापित गर्नु नव युवाहरूलाई परिवार, इष्टमित्र, जन्मेहुर्केको समुदायबाट अलग पाठशाला, शहरबजार, व्यापारिक, औद्योगिक, सेवा प्रधान प्रतिष्ठानमा केन्द्रित पार्नु, धेरैजसो परिवार र वयस्कलाई उत्पादनका साधनविहीन श्रमिकमा परिणत गर्नु आदि पूँजीवादको सामाजिक पाटोको विशेषता रह्यो । औद्योगीकरण, शहरीकरण, बस्तु र सेवाको विनिमयकरण आदिले यी प्रकृयाहरूलाई साथ दिए । यिनै संरचना र प्रकृया अन्तर्गत त्यस्तो 'स्वतन्त्र व्यक्ति'को श्रृजना भयो, जो घर-परिवार, स्थानीय नातेदार, मित्रजन, कूल- कुटुम्ब, स्थापित मूल्यमान्यता, रीतिरिवाजबाट 'स्वतन्त्र' बन्यो । यो 'स्वतन्त्र व्यक्ति' अधिकांशतः ज्यालादारी मजदूर र रोजगारविहीन कामदारमा परिणत भयो । निजी पुँजीमाथि कानूनी अधिकार अनुल्लंघनीय हुँदै गएको स्थितिमा यो व्यक्तिको पुखौली सम्पत्तिमाथिको अधिकार परिवारको मूलीको इच्छापत्रमा आधारित हुने भयो । अर्थात् त्यस्तो सम्पत्तिको हकदावी गर्न सक्ने वा हकदार हुने कुरा अनिश्चित रह्यो । हाल नेपालमा चल्दै गरेको इच्छापत्रबारेको बहस पुर्खौली सम्पत्ति, पारिवारिकसम्बन्ध र सिंगो समाजको बढ्दो पूँजीवादीकरणका विभिन्न द्योतकहरूमध्ये एक हो ।

यस्तो आर्थिक, राजनैतिक र सांस्कृतिक आमूल परिवर्तनकारी विशिष्टता अंगाल्न थालेको समाजमा परिवार र अभिभावक- प्रधान मागी विवाह पद्धति स्वतः अवैध बन्ने क्रममा पुग्यो । विवाह अगावै शिक्षा र रोजगारीको खोजीमा घर परिवारबाट बाहिरिनुपर्ने, विवाह गरेपछि बाबुआमाको घरमा नबस्ने र उनीहरूको रेखदेख र नियन्त्रणमा नरहने, नातागोता र परिवारिक इष्टमित्र. छिमेकीबाट टाढा रहने, जीवनयापनको श्रोत गैर पारिवारिक आर्जनलाई मान्नुपर्ने, बाबुआमा, आफू जन्मेको परिवारका अन्य सदस्यहरूको बिरामी अवस्था र बृद्धावस्थामा साथै उनीहरूको आर्थिक स्थिति खराब भएको अवस्थामा हेरविचार मद्दत नगरे पनि हुने सामाजिक संरचनामा बाबुआमा र छोराछोरी दुवैका लागि मागी विवाहको आर्थिक, राजनैतिक र सांस्कृतिक सबै खाले बैधता नष्ट हुन पुग्यो ।

यस्तो स्थितिमा विवाहको 'नयाँ' पद्धतिको श्रृजना भयो- प्रेम विवाहको । जन्मेको परिवारबाट छुट्टिएको, भिन्दै इलाका, शहर र देशमा काम गर्ने र बसोबास गरेको, भविष्यमा पनि 'घर' नफर्कने, नयाँ ठाउँ, नयाँ सामाजिक सम्बन्ध स्थापित गर्नुपर्ने स्थितिमा आफ्नो वैवाहिक साथीको चयन आफैँले नै गर्नुपर्छ, वैयक्तिक प्रेमको आधारमा । यस स्थितिमा प्रेम-विवाह गर्न ऊ स्वतन्त्र हुन्छ: तर साथै यसो गर्न ऊ बाध्य पनि हुन्छ । प्रेम-विवाह नगर्न, मागी वा अन्य विवाहपद्धति अपनाउन ऊ स्वतन्त्र हुँदैन । यसरी पूँजीवादले डोयाउने, निर्देशित गर्ने एउटै मात्र विवाह पद्धति हुनसक्छ- प्रेम विवाह । सामन्तवादी अर्थ राजनीतिको वैवाहिक पाटो मागी विवाह बने पूँजीवादी अर्थराजनीतिको वैवाहिक पाटो प्रेम-विवाह बन्छ ।

समाजवादी विवाहपद्धति कस्तो हुन्छ होला ?

हालसम्म समाजवादी विवाह पद्धतिको संरचना र प्रकृयाको बारेमा प्रशस्त अन्यौल रहेको छ, यस्तो पद्धतिको रूपरेखा नै कोरिएको छैनभन्दा हुने स्थिति छ । हुन त कम खर्चिलो, तडकभडकरहित, थोरै मात्र पाहुना बोलाइएको आदि विवाहलाई प्रगतिशील र कहिलेकाहीँ समाजवादी विवाह भन्ने गरिएको पनि पाइएको छ । अर्कोतिर, मागी विवाहभन्दा प्रेम-विवाह समाजवादसम्मत वा समाजवादउन्मुख भन्ने धारणाअन्तर्गत वाम समाजवादी दल र संगठनहरूले प्रेम विवाहलाई प्रोत्साहन गर्नुपर्ने वकालत गरेको पनि पाइन्छ ।

के यी प्रारम्भिक दृष्टिकोणहरू सही छन् ? योभन्दा माथि उठेर के यी दृष्टिकोण यथेष्ट छन् ? अर्थात् कम खर्चिलो प्रेम-विवाह प्रगतिशील, अझ समाजवादी विवाह पद्धति हो ? अझ माथि विश्लेषण गरिएको पूँजीवादी प्रेम-विवाह र प्रगतिशील एवं समाजवादी प्रेम विवाहमा के अन्तर हुन्छ ? वा अन्तर नै हुँदैन ? प्रेम- विवाहपट्टिको प्रगतिशील र समाजवादी पक्षहरूको आशक्ति सामन्तवादविरोधी, कुलीनताविरोधी, 'पुर्खौली सर्वसत्तावाद' र पुर्खा र बाबुआमाको मुख ताक्ने प्रवृत्तिविरोधी करकापमा पारी विवाह गरिदिने प्रवृत्तिविरोधी, स्वआर्जन र स्वनिर्मित जीवन र भविष्यको पक्षपाती र सायद महिलाहरूको हकहितसम्मत छ । संभ्रान्तता र सायद वर्गीयताको एक हदसम्मको विरोध पनि यो वकालतमा निहित छ ।

के विवाह नितान्त रूपले बेहुला बेहुलीसँग मात्र संबन्धित छ ? के समाजवादसम्मत विवाहपद्धतिले वैवाहिक सम्बन्धलाई बढी व्यापक रूपले उत्पादन प्रकृया र अन्य सामाजिक सम्बन्धहरूसँग जोडेर हेर्नु पर्दैन ?

तर के विवाह नितान्त रूपले बेहुला बेहुलीसँग मात्र संबन्धित छ ? के समाजवादसम्मत विवाहपद्धतिले वैवाहिक सम्बन्धलाई बढी व्यापक रूपले उत्पादन प्रकृया र अन्य सामाजिक सम्बन्धहरूसँग जोडेर हेर्नु पर्दैन ? विवाहित जोडीलाई उनीहरूका बाबुआमा, नातेदार र इष्टमित्रसँग अलग्याएर नै राख्नुपर्छ ? के विवाहित जोडीको व्यापक सामाजिक उत्तरदायित्व हुँदैन ? के व्यापक आर्थिक, राजनैतिक, सांस्कृतिक प्रकृयाहरूले विवाहित जोडीको 'प्रेम'मा असर पार्दैनन् । के यी जोडी 'सामाजिक नै शून्य' मा रहन्छन् र रमाउँछन् ? के युगल प्रेम बालबच्चाको पालनपोषणको लागि पनि यथेष्ट छ ?

विघटित सोभियत संघ, जनवादी चीन, क्युवा र अन्य केही मुलुकका वैवाहिक दाम्पत्य र अन्य व्यापक सामाजिक पाटोहरू गहिरिएर खोतल्ने हो भने यीमध्ये केही प्रश्नहरूको उत्तर खोज्न केही सजिलो जरूर पर्ला । खास गरी बालबच्चाको हुर्काइमा त्यहाँ समाजवादले उल्लेख्य भूमिका खेलेकै हो । महिलाहरूको उत्थानमा पनि महत्वपूर्ण आयाम थपिएको हो । तर एकातिर प्रेम विवाह आफैँले यी दुइपक्षमा कति योगदान पुर्‍यायो वा पुऱ्याएन भन्न गाह्रो छ भने अर्कोतिर र मोटामोटी आंकलन गर्दा ती मुलुक र समाजका प्रेम-विवाह र अन्य पूँजीवादी मुलुक र समाजका प्रेमविवाहमा तात्विक अन्तर देखा पर्दैन । वैवाहिक कलह र हिंसा, पारपाचुकेको दर, अविवाहित बाल जन्मदर आदि सबै नै दुवैथरि, तर प्रेम-विवाह प्रधान, समाजमा उच्चदेखि अतिउच्च, र झण्डै समान तहका रहे । यस अर्थमा समाजवादी प्रेमविवाहको विशिष्टता खुल्न सकेको पाइएन ।

मूल्याङ्कन, २०५७ चैतमा प्रकाशित